Sunday, May 17, 2020

लिपुलेकमा कूटनीतिक असफलता

लिपुलेकमा कूटनीतिक असफलता
सरकारले वक्तव्यबाजी र ‘थर्ड पर्सन नोट’ मात्र होइन, अब ओलीले नै समकक्षी मोदीलाई ‘फस्ट पर्सन नोट’ लेख्नुपर्छ, जसरी बीपीले आफ्ना भारतीय र चिनियाँ समकक्षीहरुलाई लेखेका थिए ।
वैशाख ३१, २०७७गेजा शर्मा वाग्ले
नेपाली भूमि कालापानी-लिपुलेक क्षेत्र अतिक्रमण गरी भारतद्वारा अनधिकृत रूपमा निर्मित तिब्बतको मानसरोवर जाने सडक गत शुक्रबार रक्षामन्त्री राजनाथ सिंहले भिडियो कन्फरेन्समार्फत उद्घाटन गरेपछि सात दशक पुरानो नेपाल-भारत सीमा विवाद उत्कर्षमा पुगेको छ 
गत कात्तिकमा भारतले सामरिक दृष्टिले महत्त्वपूर्ण र संवेदनशील मानिने लिम्पियाधुरा-कालापानी-लिपुलेक क्षेत्रको करिब ३८५ वर्गकिमि नेपाली भूमि आफूतिर पारेर विवादास्पद नक्सा प्रकाशित गरेपछि नै सीमा विवाद जटिल बनेको थियो । अहिले सडक नै निर्माण गर्नुले नेपालको भौगोलिक अखण्डतामाथि मात्र अतिक्रमण भएको छैन, सार्वभौमिकता र राष्ट्रिय सुरक्षाका दृष्टिले समेत गम्भीर प्रश्न खडा भएको छ 
भारतको अतिक्रमणकारी प्रवृत्तिविरुद्ध तथा भौगोलिक अखण्डता र सार्वभौमिक स्वतन्त्रताका पक्षमा यति बेला नेपालमा भावनात्मक राष्ट्रिय एकताको वातावरण सिर्जना भएको छ 
राजनीतिक दल, बौद्धिक समुदाय, नागरिक समाज सबैले एकस्वरले अतिक्रमित भूमि फिर्ता गर्न भारतसँग माग गर्दै राष्ट्रिय सीमा रक्षा गर्न सरकारलाई खबरदारी गरिरहेका छन् । सत्तारूढ र प्रतिपक्षी दुवै दलका सांसदले प्रतिनिधिसभामा संकल्प प्रस्ताव दर्ता गरेका छन् । कूटनीतिक संवादमार्फत समाधान नभए अन्तर्राष्ट्रियकरण गर्नुपर्ने उनीहरूको माग छ । परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले सोमबार भारतीय राजदूत विजयमोहन क्वात्रालाई मन्त्रालयमा बोलाएर भारतलाई कूटनीतिक नोट बुझाएका छन् र अविलम्ब वार्ताका लागि प्रस्ताव गरेका छन् । भारतीय विदेश मन्त्रालयले भने आफ्नै भूमिमा सडक निर्माण गरेको दाबी गर्दै कोरोना नियन्त्रण भएपछि वार्ता गर्न सकिने दम्भपूर्ण प्रत्युत्तर दिएको छ । त्यसैले, सन् १९५० लगायत भारतसँग भएका सबै असमान सन्धि खारेज गरी नयाँ सन्धि गर्ने तथा सीमा विवाद समाधान गरी भौगोलिक अखण्डता,
सार्वभौमिकता र स्वाधीनताको रक्षा गर्ने संकल्पका साथ प्रधानमन्त्री भएका ‘राष्ट्रवादी’ केपी ओलीलाई सीमा विवाद समाधान गर्ने जटिल चुनौती सिर्जना भएको छ 
अतिक्रमणकारी भारत
नेपाल, भारत र चीनबीच त्रिदेशीय सीमा क्षेत्रको सामरिक महत्त्व भएका कारण सन् १९६२ को चीनसँगको युद्ध अवधिमा भारतले नेपाली भूमि अतिक्रमण गरी अर्धसैनिक निकाय तैनाथ गरेको हो । सन् १८१६ मा भएको सुगौली सन्धि, नेपाल र तत्कालीन इस्ट इन्डिया कम्पनीबीच आदानप्रदान भएका दस्ताबेज र अन्तर्राष्ट्रिय कानुनद्वारा लिम्पियाधुरा, कालापानी र लिपुलेक नेपाली भूमि भएको प्रमाणित नै छ । तैपनि नेपाली भूमिमा भारतले किन भारतीय इन्डो-टिबेटन बोर्डर पुलिस तैनाथ गरी सडक निर्माण गरेको हो ? गृहमन्त्री रामबहादुर थापाले राज्य व्यवस्था समितिमा दिएको जानकारीअनुसार सडक मात्रै होइन, भारतले प्रशासनिक संरचनासमेत निर्माण गर्दै छ । यसरी नेपाली भूमिमा अर्धसैन्य निकाय तैनाथ गरी भौतिक संरचना निर्माण गर्नु भौगोलिक अखण्डता र सार्वभौमिकताको अतिक्रमण हो । यदि नेपाल अन्तर्राष्ट्रिय अदालत गयो भने यसमा भारतले के जवाफ दिन्छ ? भारतले भनेअनुसार विवादित नै हो भने पनि यस्तो क्षेत्रमा कुनै एक देशले एकलौटी सुरक्षा निकाय तैनाथ गरी भौतिक संरचना निर्माण गर्न पाइँदैन 
वास्तविकता के हो भने, उक्त क्षेत्र विवादित नभई भारतद्वारा अतिक्रमित नेपाली भूमि हो । देशको आकार र आर्थिक तथा सैन्य हैसियत समान नभए पनि सार्वभौमिकता बराबर हुन्छ । समान सार्वभौम सिद्धान्तका आधारमै दुई देशबीचको सम्बन्ध सुदृढ हुने तथ्य भारतले बुझ्नुपर्छ । नत्र, अतिक्रमणकारी प्रवृत्तिको मूल्य भारत स्वयंले चुकाउनुपर्नेछ । २०४८ पछिका सबै सरकारले सीमा विवाद र अतिक्रमणको मुद्दा निरन्तर रूपमा उठाउँदै आएकाले नेपाल-भारतबीच विगतमा भएका सबै सन्धि, सहमति र समझदारी पुनरवलोकन गरी सुझाव दिने उद्देश्यले प्रबुद्ध व्यक्ति समूह (ईपीजी) गठन गर्न भारत सहमत भएको थियो । तर प्रधानमन्त्री नरेन्द्र मोदीकै कार्यकालमा गठन गरिएको ईपीजीको प्रतिवेदन बुझ्न त भारत तयार छैन भने सीमा विवाद समाधान गर्न कसरी तयार होला ? भारतको हालसम्मको कूटनीतिक प्रवृत्ति र ब्रिटिसकालीन मनोवृत्तिका आधारमा विश्लेषण गर्दा सम्भावना क्षीण देखिन्छ 
लिपुलेक प्रकरणमा उत्तरी छिमेकी चीन पनि जिम्मेवार छ । यदि भारत र चीनबीच लिपुलेकलाई व्यापारिक नाकाका रूपमा विकसित गर्ने सम्झौता नभएको भए सम्भवतः भारतले लिपुलेक हुँदै मानसरोवर जाने सडक निर्माण गर्ने थिएन । लिपुलेक प्रकरणमा रहस्यमय मौनताले नै चीनको दोहोरो भूमिका र अवसरवादी चरित्र उजागर गरेकाले नेपालले उत्तरी छिमेकीसित पनि उच्चस्तरीय संवाद गर्नु अपरिहार्य छ । भारतलाई जस्तै चीनलाई पनि कूटनीतिक नोट प्रेषित गर्नु आवश्यक छ । यही वास्तविकता आत्मसात् गरेर होला, नेकपाका द्वितीय अध्यक्ष पुष्पकमल दाहालले समेत चीनसँग पनि संवाद आवश्यक भएको विचार व्यक्त गरेका छन् 
अकर्मण्य सरकार
जारी विवाद जति जटिल भए पनि यदि नेपालले गम्भीर र पर्याप्त प्राविधिक गृहकार्य गरी दृढतापूर्वक भारतसँग वार्ता गर्‍यो भने समाधानको सूत्र सरल पनि हुन सक्छ । सुगौली सन्धिको धारा ५ मा काली नदी नै नेपाल-भारतको सीमा नदी भएको स्पष्ट उल्लेख छ, जुन तथ्यलाई भारतले पनि स्विकारेको छ । काली नदीको मुहानबारे सहमति भयो भने विवादको स्थायी समाधान हुनेछ 
लिम्पियाधुरा काली नदीको उद्गमस्थल भएको ऐतिहासिक दस्ताबेज र प्रमाणका आधारमा उच्च कूटनीतिक कौशलका साथ वार्ता गर्नु नेपाल सरकारको अनिवार्य राष्ट्रिय दायित्व हो 
सीमा विवाद सन्दर्भमा पर्याप्त प्रमाण नभएकाले नेपालको दाबी कमजोर भएको तर्क सरकारी अधिकारीले गर्दै आएका छन् 
तर सुगौली सन्धि र इस्ट इन्डिया कम्पनीसँग भएका पत्राचार र दस्ताबेज नै आधिकारिक प्रमाण होइनन् र ? नेपालसँग प्रमाण, अभिलेख र दस्ताबेज होइन, सरकार र उच्च राजनीतिक तहमा कूटनीतिक संवादमार्फत समस्या समाधान गर्ने राजनीतिक इच्छाशक्ति र कूटनीतिक कौशलको अभाव छ । तत्कालीन प्रधानमन्त्री बीपी कोइरालाले चीनसँग गरेको उच्चस्तरीय संवाद र कूटनीतिक कौशलबाट सरकारले शिक्षा लिन सक्छ । अहिले भारतसँग जस्तै त्यति बेला चीनसँग पनि सीमा विवाद थियो 
लामो कूटनीतिक र प्राविधिक गृहकार्य गरी ६० वर्षअघि सन् १९६० मा चीन भ्रमणका बेला माओसँग प्रत्यक्ष संवाद गरी विवाद समाधान गर्न बीपी सफल भएका थिए । बीपीको उच्च कूटनीतिक कौशलको प्रतिफलस्वरूप माओ ‘कन्भिन्स’ भएपछि सगरमाथा विवाद नेपालको प्रस्तावअनुरूप समाधान भएको थियो । बीपी-माओबीचको उक्त दुर्लभ ऐतिहासिक संवादको विस्तृत दस्ताबेज चिनियाँ परराष्ट्र मन्त्रालयद्वारा सन् २०१४ मा प्रकाशित ‘माओ त्सेतुङ अन डिप्लोमेसी’ शीर्षक पुस्तकमा प्रकाशित छ । के अहिलेका प्रधानमन्त्री बीपीबाट शिक्षा लिएर भारतसँगको विवाद समाधान गर्न अभिप्रेरित होलान् ? ओलीको कूटनीतिक शैली र परराष्ट्र मन्त्रालयको प्रवृत्तिका आधारमा विश्लेषण गर्दा यस्तो सम्भावना न्यून देखिन्छ 
सार्वजनिक खपतका लागि दलहरूले राजनीतिक मौसमअनुरूप कालापानी र नालापानीको राग अलाप्ने गर्छन् 
निर्वाचनमा भोटको खेती गर्न राष्ट्रवादको अतिरञ्जित धारावाहिक भाषण गर्छन् । सत्तामा पुगेपछि नेकपाको ‘राष्ट्रवादी’ सरकार पनि वक्तव्य र प्रतिक्रियात्मक कूटनीतिमा सीमित छ । नेपालको परराष्ट्र नीति, सीमा विवाद र कूटनीति मौसमी राष्ट्रवादको सिकार भएको छ । भारतले विवादित नक्सा प्रकाशित गरेको आठ महिना भइसक्यो तर सरकारले एउटा विज्ञप्ति प्रकाशित गरी ‘थर्ड पर्सन डिप्लोम्याटिक नोट’ पठाउनेबाहेक ठोस कूटनीतिक पहल गरेको छैन । एक इन्च भूमि पनि मिच्न नदिने घोषणा गर्दै नेपाली भूमिबाट सैन्य फौज फिर्ता लैजान ओलीले भारतलाई जंगी शैलीमा आह्वान गरेका थिए । तर अतिक्रमित भूमि फिर्ता गरी विवाद समाधान गर्न उनी यतिन्जेल कुन ‘शुभ साइत’ कुरेर बसेका हुन्, पत्तो छैन । अकर्मण्य सरकारको कूटनीतिक असफलताको योभन्दा ठोस प्रमाण अरू के हुन सक्छ !
सामरिक दृष्टिले समेत संवेदनशील विवादित सीमा क्षेत्रमा राज्यको उपस्थिति किन भएन ? त्यहाँ राज्यको उपस्थिति हुन्थ्यो भने नेपाली भूमि अतिक्रमण गरी सडक बनाउन सम्भव थिएन । भारतले विवादित नक्सा जारी गरेपछि सरकारले सशस्त्र प्रहरीलाई कालापानीनिकट छाङरुमा तैनाथ गर्ने निर्णय गरेको थियो जुन आठ महिनासम्म कार्यान्वयन भएन । भौगोलिक अखण्डता र सीमा सुरक्षाजस्तो विषयमा पनि यस्तो खेलाँची गैरजिम्मेवारको पराकाष्ठा हो 
अबको विकल्प
यदि लिपुलेक लगायतका सीमा विवाद समाधान गर्न सरकार प्रतिबद्ध र इमानदार छ भने सबैभन्दा पहिले ओलीले समकक्षी मोदीसँग कूटनीतिक संवाद गर्नुपर्छ । प्रधानमन्त्रीस्तरीय उच्च कूटनीतिक संवादमार्फत समाधान गर्न निर्णायक पहल गर्नुपर्छ 
यति जटिल विषय प्रशासनिक वा प्राविधिक तहबाट समाधान हुने सम्भावनै छैन । यस्तो सम्भावना हुन्थ्यो भने अहिलेसम्म समस्या समाधान भइसक्थ्यो । विगतमा प्रशासनिक र प्राविधिक तहमा धेरै समिति, कार्यदल र संयन्त्र गठन गरिए पनि कुनै सफल भएनन् । सन् २०१४ मा भारतीय प्रधानमन्त्री मोदीको नेपाल भ्रमणका अवसरमा सीमा विवाद निरूपण गर्ने जिम्मेवारी परराष्ट्र सचिवस्तरीय समितिलाई दिइएको थियो तर ६ वर्षसम्म उक्त समितिको बैठकसम्म बस्न सकेन । भारतले पुनः प्रशासनिक वा प्राविधिक तहमै संवादको प्रस्ताव गर्न सक्छ, जुन समस्या समाधान नगर्ने उद्देश्यले कूटनीतिक छारो हाल्ने छलकपटपूर्ण प्रयास मात्रै हुनेछ । त्यसलाई नेपालले समयमै बुझेन भने अर्को कूटनीतिक गल्ती हुनेछ 
उच्चस्तरीय संवादका लागि ओलीले गरिरहेको विलम्ब रहस्यमय छ । भारतले विवादित नक्सा सार्वजनिक गरेयता ओलीले मोदीसँग सीमा सम्बन्धमा संवाद गरेका छैनन्, किन ?
सरकारले वक्तव्यबाजी र ‘थर्ड पर्सन नोट’ मात्र होइन, अब ओलीले नै समकक्षी मोदीलाई ‘फस्ट पर्सन नोट’ लेख्नुपर्छ । बीपीले पनि सीमा विवादबारे तत्कालीन भारतीय प्रधानमन्त्री जवाहरलाल नेहरू र चिनियाँ प्रधानमन्त्री चाउ एन लाईलाई ‘फस्ट पर्सन नोट’ लेखेका थिए 
भारत र चीनबीच लिपुलेकलाई व्यापारिक नाकाका रूपमा विकसित गर्ने सहमति भएपछि तत्कालीन प्रधानमन्त्री सुशील कोइरालाले कडा प्रतिवाद गर्दै भारत र चीन दुवैलाई कूटनीतिक नोट पठाएका थिए भने भारतीय प्रधानमन्त्री मोदीसँग टेलिफोन संवाद गरी असहमति व्यक्त गरेका थिए । सोही कारण सम्बन्ध चिसिएपछि मिति तय भइसकेको कोइरालाको राजकीय भारत भ्रमण स्थगन भएको थियो । अहिले त कूटनीतिक नोट मात्रै होइन, भारतका लागि नेपाली राजदूत नीलाम्बर आचार्यमार्फत नेपालले भारतलाई कूटनीतिक ‘डिमार्स’ नै पठाउनुपर्ने गम्भीर परिवेश सिर्जना भएको छ 
सरकारले अन्तर्राष्ट्रिय सम्बन्ध र सीमा तथा अन्तर्राष्ट्रिय कानुनका ज्ञाता सम्मिलित विज्ञ समूह गठन गरी अधिकारिक दस्ताबेज तयार गर्न लगाउन सक्छ । उक्त समूहले गहन अध्ययन-अनुसन्धान गरी प्रमाण र अभिलेखका आधारमा तयार गर्ने विवरणलाई संसद्मार्फत साझा सहमतिको दस्ताबेजका रूपमा स्थापित गर्न सकिन्छ । र, त्यसकै आधारमा सरकारले भारतसँग वार्ता गरेमा नेपालको क्षमता बलियो हुन सक्छ, स्वदेशभित्र विवाद पनि हुँदैन । यसै गरी, भारतीय राजनीतिक, कूटनीतिक, सरकारी अधिकारी तथा बौद्धिक समुदायसँग समेत संवाद र परामर्श गरी सीमा विवाद समाधानका दृष्टिले सकारात्मक भूमिका निर्वाह गर्न सक्षम कूटनीतिज्ञलाई ओलीले विशेष दूत नियुक्त गर्नु उपयुक्त कूटनीतिक पहल हुनेछ । कोरोना महामारीका कारण तत्काल भारतीय उच्च अधिकारीसँग प्रत्यक्ष संवाद सम्भव छैन, तर विशेष दूतले ‘भर्चुअल’ भए पनि निरन्तर संवाद गरी प्रक्रियालाई जीवित राख्नु अपरिहार्य छ । भारतले विवादित नक्सा फिर्ता लिने र सीमा विवादबारे सहमति नहुँदासम्म भौतिक संरचना निर्माण स्थगनलाई वार्ताको ‘बटमलाइन’ बनाइनुपर्छ । कूटनीतिक संवादमार्फत समस्या समाधानका लागि नेपालले अधिकतम प्रयास गर्नुपर्छ । त्यति गर्दा पनि भारत तयार भएन भने यस मुद्दालाई अन्तर्राष्ट्रियकरण गर्नुभन्दा अर्को विकल्प हुनेछैन । के त्यस्तो निर्णायक कूटनीतिक पहल गर्न प्रधानमन्त्रीले सक्लान् ? ‘राष्ट्रवादी’ ओलीको अग्निपरीक्षा भारतसँगको सीमा विवाद समाधान र कूटनीतिक कौशलको कसीमा हुनेछ प्रकाशित : कान्तिपुर, वैशाख ३१, २०७७ ०९:०१


Sunday, May 03, 2020

रोल्पामा बम विस्फोट : गोठाला गएका चार बालबालिकाको मृत्यु


रोल्पामा बम विस्फोट : गोठाला गएका चार बालबालिकाको मृत्यु
 १८ बैशाख २०७७ २०:२९:००
रोल्पा : रोल्पामा बम विस्फोटमा परेर चार बालबालिकाको मृत्यु भएको छ। त्रिवेणी गाउँपालिका-७ गैरीगाउँका चार बालबालिकाको बिहीबार साँझ मृत्यु भएको हो 
मृत्यु हुने बालबालिकामा १४ वर्षीय नोकिराम डाँगी, १४ वर्षीय गौरव नेपाली, ११ वर्षीया विमला खत्री र ५ वर्षीय विजय खत्री छन्। 
गाउँनजिकैको जंगलमा ग्वाला गएका उनीको विस्फोटमा परेर मृत्यु भएको हो। जिल्ला प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक चित्रबहादुर गुरुङका अनुसार चारैजनाको घटनास्थलमै मृत्यु भएको हो।
विस्फोटको ठूलो आवाज आएपछि गाउँले घटनास्थल पुगेका थिए। युद्धकालमा रहेको बम विस्फोट भएको हुनसक्ने प्रहरीले अनुमान गरेको छ। 
शव घटनास्थलमै छन्। चारै जनाको मृत्यु भएकाले विस्फोटको घटना कसरी भन्ने बारे खुल्न सकेको छैन्। बम भेटाएर खेलाउदा विस्फोट भएको हो कि भन्ने आशंका गरिएको छ। बम विस्फोट भएको घटनास्थल नजिकै अर्को एक थान बमसमेत फेला पारेको छ। 
मृत्यु हुने विमला र विजय एकै परिवारको भएको जनाइएको छ। जुगार, नुवागाउँ र होलेरी इलाका प्रहरी चौकीबाट प्रहरी घटनास्थल पुगेर अहिले घटनास्थल सिल गरिसकेको छ ।  विस्फोट नभएको बम समेत रहेकाले शव उठाउन सकिएको छैन्। रातभर प्रहरीले शवको सुरक्षा दिने भएको छ।
नेपाली सेनाको डिस्पोजल टोली शुक्रबार घटनास्थल जाने छ। नपड्किएको बम डिस्पोज गरेर मात्र शव उठाइने प्रहरीले जनाएको छ। गाउँको नजिकै विस्फोटको घटना भएको हो। तत्कालीन विद्रोही नेकपा माओवादी र शाही नेपाली सेनाबीच युद्धताका दुम्ला जंगलमा भिडन्तसमेत भएको थियो।
युद्धकै समयमा छाडिएको बेवारिसे बम विस्फोट भएको आशंका गरिएको छ। बम उनीहरुले कुल्चिएर पुड्किएको हो वा के कारणले भन्ने बारे अनुसन्धान भइरहेको छ। एकै गाउँका बालबालिकाको मृत्यु भएपछि उनका अभिभावक र आफन्तमा शोकमा डुबेका छन्। गाउँमा त्रास फैलिएको छ।


Friday, May 01, 2020

खस क्षेत्री र बाहुन बीच किन कुटुम्बेरी चल्दैन ?


खस क्षेत्री र बाहुन बीच किन कुटुम्बेरी चल्दैन ?
By: Final Truth Final Truth
आर्य भन्नाले पुरेत्याई गर्ने बाहुन बुझिन्छ र संस्कृत भाषामा ब्राम्हाण भनिन्छ । बाहुनको परिवारमा विधुवा वा कुमारी आमाबाट जन्मिएको सन्तानलाई जैसी भनिन्छ । त्यस्तै जनजाति, दलित र खस क्षेत्री महिलाबाट जन्मिएकालाई जात खसाई दिएर खत्री क्षेत्री बनाउने प्रचलन भेटिन्छ । खत्री क्षेत्रीका थरहरु बाहुन संग मिल्ने अनगिन्ती रहेका हुन्छन् ।

खस क्षेत्री पश्चिम नेपालका खसान प्रदेशका आदिवासी जाति हुन । यस जातिलाई झर्रो क्षेत्री र खसान इलाकामा पावई खस पनि भन्ने गरिन्छ । यद्यपी खस जाति नेपाल अधिराज्यभर छरिएर रहेका छन् । खस क्षेत्रीका थरहरुः कार्की, कटुवाल, खड्का, बस्नेत, थापा, राउत, रावत, विष्ट, सिंजापति, डाँगी, बुढाथोकी, खाती, कुवँर, बोगटी, धामी, बानिया, रायमाझी, अरिरि, कठायत, खडायत, खाँड, बम, महतारा, महरा, बुढा, सेन, वर्मा, शाही आदि पाइन्छन् । यी उल्लेखित थरीहरु बाहुन हुदैन्न ।
खस र आर्य अर्थात बाहुन र क्षेत्री एकै हुन भन्ने भ्रमहरु हुनसक्छन तर बाहुन र क्षेत्रीबीच कुटुम्बेरी चल्दैन त्यसैबाट प्रष्ट हुन्छ यी दुई जाति ऐतिहासिक कालबाटै, हरेक कोणमा बेग्लाबेग्लै हुन । त्यस्तै खस क्षेत्री र खत्री क्षेत्री बीचको भिन्नतालाई पनि बुझ्न अनिवार्य हुन्छ । ‘क्षेत्री’लाई हिन्दीमा ‘क्षत्री’ लेख्ने गर्दछन् ।
को हुन खस रु 
पश्चिम नेपालको खसान क्षेत्रमा आदिमकाल देखि बसोवास गर्दै आएका प्रकृति पुजक आदिवासी खस हुन । उनीहरु ‘मष्टो’ धर्म मान्दछन । उनीहरुको पुजा गर्ने ठाँउलाई ‘थान’ भन्दछन र उनीहरुको प्राचीन भाषा ‘वाल्हीकी’ हो । उनीहरुको लिपीलाई ‘खरोष्टि’ भनिन्छ । खस राजाको दरबार जुम्लाको सिंजामा थियो । दक्षिण उत्तरप्रदेशको कन्नौजबाट आएका द्धय कान्यकुब्ज र मैथिली बाहुनहरुले खसहरुलाई हिन्दुकृत गरेका हुन । खसहरुले सुंगुर खाने गरेको इतिहास पाइन्छ । खसहरु हिन्दु नभएकोले वर्णाश्रम ब्यवस्था मान्दैन्न । तर, जनै लगाई दिएर हिन्दुकरणमा परेसंगै क्षेत्री पदवी अन्ततः जातको रुपमा स्थापित हुन पुगेको हो । घरज्वाई बस्ने, जेठाँसले अलिबढि अंश पाउने प्रथा, मष्टोलाई वलिदिने देवाली पुजा, गोठपूजा, माघी मनाउने  र टेकुवा वा नाठोको चलन खसका मौलिक संस्कृति हुन ।
खस –क्षेत्री० जाति अहिले पनि नेपालको माथिल्लो निकायमा अत्यन्तै न्यून छन् । खस –क्षेत्री० लाई नेपालका नयाँ जनजाति भन्ने गरिन्छ । बाहुन संग रङ्गरुप धेरै मिल्नाले जनजाति तथा मधेसीहरु आफूलाई शोषण गर्ने बाहुन संगै क्षेत्रीलाई पनि जोडेर गाली गर्नेगर्छन । वास्तवमा बाहुनबाट सबैभन्दा धेरै खस क्षेत्री शोषित छन् । १। आफ्नो स्थापित थरको नाम नै जात खसाईएको नाम ‘खत्री क्षेत्री’ मिसाई दिइ क्षेत्री जाति सबै दोस्रो दर्जाका हुन भन्ने भ्रम छरि जातिय अन्यायमा परयो । २। खस –क्षेत्री० को जनसंख्या लगभग १८ ५ र आर्य बाहुन० को जनसंख्या १२ ५ जोडेर राज्यवाट लिने अवसर र सुविधामा ३० ५ प्रतिशत लिने र त्यसमा सबैजसो बाहुनले मात्र उपभोग गरि खस –क्षेत्री०लाई पूर्ण शोषण गरेका छन् । त्यसै कारण संवैधानिक ब्यवस्थामा पनि ‘खस आर्य’ भनिएकोमा खस क्षेत्रीको असहमति र आपत्ति हो । खस र आर्य प्राचीन सभ्यता देखि नै विल्कुल भिन्नभिन्नै हुन ।
पहिला झनै थोरै जनसख्या रहेका बाहुन र त्यसमा पनि एकाधले मात्र अन्य जातिको विवाह गरि ‘खत्री क्षेत्री’ बनेका कति होलान अनुमान गर्न सकिन्छ । त्यसैले पश्चिम देखि पूर्व सम्म बसोबास गरेको पाइने सबैभन्दा ठूलो जनसंख्या भएका खस क्षेत्रीको सच्चा इतिहास र हैसियत खोज्न ‘खस क्षत्री एकता समाज’ क्रियाशिल भएको देखिन्छ । क्षेत्री समुदाय भित्रै यो चेतना छर्ने अभियानकोक्रममा हाल ५ वटा भन्दा बढि ‘थान’ निर्माण भईरहेको कुरा पनि आएको छ । अन्य जातिहरु शोषित भनी घोषित छन् र सरकारबाट विशेष ब्यवस्था छ । तर, लामो समय देखि हरेक हिसावमा शोषित –धार्मिक, सांस्कृतिक, राजनैतिक, जातिगत र भौगोलिक हेर्नुहोसः कर्णालीको विकास० खस जाति अझै अघोषित छन् त्यसैले अदेख्खा चरम शोषण र अतिक्रमणमा छन् । विडम्बना केही खस युवाहरु आफै यसबारे अनविज्ञ देखिन्छन् । अब खस युवाहरु स्वयं आफू माथिको शोषण विरुद्धमा किन नउठने रु
स्रोतः
(१) वराल, इन्द्रबहादुर, खस जातिको मौलिक पहिचान र आर्य सभ्यता, –फेसबुक पोष्ट 
facebook.com/thaha.rajesh/posts/1308712192504063 (1 Mar 16),
(
२) पश्चिमेसियामा कस अर्थात खस जातिको विवरण चर्चित ज्ञानकोष, पृ ९६८, १५औ संस्करण सन् १९७३ ।
(
३) योगी नरहरिनाथ, इतिहास प्रकाश, अंक २, भाग १, –वि.स. २०१३), पृ. १०९ र १४६ ।
(४)सिजापति, विपुल, को हुन खस ?


खस भाषालाई पुनर्जीवन


खस भाषालाई पुनर्जीवन
लेखन निर्देशिका, शब्दकोश निर्माण
२५ विद्यालयमा पाठ्यक्रम
फाल्गुन २८, २०७५एलपी देवकोटा
जुम्ला — हान भैँसी किलावानभित्त जुम्ल खाई खलंगा तल, हर्प लाछु ज्युला छुमर्के मार्सीधान।।।कुनै बेलाको चर्चित यो गीत अचेल त्यति बज्दैन । कार्तिवास्वार्मी– ७ का कृष्णप्रसाद देवकोटाले यो गीतमा जुम्ली सभ्यता, खस भाषाको महत्त्व र अर्थलाई पस्केका छन् । भाषा लोप हुने अवस्थामा पुगेकाले चिन्तित अगुवा यो भाषालार्ई पुनर्जीवन दिन जुर्मुराएका छन् ।
र, तयार भएको छ– खस भाषा संरक्षणका लागि लेखन निर्देशिका । शब्दकोश निर्माण पनि अन्तिम चरणमा छ । तातोपानी गाउँपालिकाले खस भाषामै आधारित पाठ्यक्रम बनाएको छ । यसै वर्षदेखि स्थानीय २५ वटा विद्यालयमा पढाउने निर्णय गरिएको छ । अगुवाहरूका अनुसार खस देउडा अहिले आधुनिक खसका रूपमा स्तरोन्नति भएको छ ।
पहिचान नै संकटमा पर्ने भएकाले भाषा जोगाउन आफूहरू क्रियाशील भएको भाषाविद् रमानन्द आचार्यले बताए । उनका अनुसार तीन दशकअघिसम्म साविक कर्णालीका पाँच र आसपासका जिल्लामा खस भाषाको वर्चस्व थियो । तत्कालीन बाइसे, चौबिसे राज्यमा खस भाषाकै प्रभाव रहेको उनको भनाइ छ । ‘१८४६ पछि कर्णालीको पहुँच केन्द्रीय सरकारबाट कमजोर हुँदा खस भाषा ओझेलमा पर्दै गएको हो,’ उनले भने ।
‘गोर्खालीले राज्य लिया, भाषा पनि लिया, खस भाषा बिगाडीकन जुम्लै पठाइदिया,’ कनकासुन्दरी–५, हाडसिँजाका ८१ वर्षीय धनलाल हमाल भन्छन्, ‘सिँजा राज्य एकीकरण भएसँगै खस भाषा पनि हराएको हो ।’ अहिले बेवारिसे अवस्थाका ढुंगे खम्बा, दबल, मुग्राहा, प्राचीन बस्तीका भग्नावशेषमा मात्र खस भाषा भेटिन्छ । जानकारहरूका अनुसार खस भाषाको उत्पत्ति सिँजाको हाटसिँजाबाट भएको हो । सिँजा राज्यसँगै खस भाषा पनि विलय भएपछि राष्ट्रिय भाषा नेपाली भएको भाषाविद् आचार्यले बताए ।
‘जुम्लाको वाडतुड गर्न राजाले सुन्योन, यै भाषाको विकास गर्न राज्यले गुन्योन,’ कनकासुन्दरी पाण्डवगुफाकी उर्मिला खत्रीले खस भाषामै भनिन्, ‘हिन्दी गीत, पूर्वेली गीत रेडियो बजाउन्छन्, पढेलेख्या भन्नयाहरू खस बोल्न लजाउँछन् ।’ उनले नेपाली भाषाकै उत्पत्ति आधार खस भाषाको संरक्षणमा सरकारी निकायले बेवास्ता गरिरहेको गुनासो गरिन् ।
स्थानीय जानकार तुला चौलागाईंले युवापुस्तामा खस भाषा हस्तान्तरण हुन नसकेको बताए । ‘खस भाषा हेला, पूर्व ठूलो मान्या,’ उनले भने, ‘खसियाका छोराछोरी खस भाषा नजान्या ।’
पहिचान जोगिने विश्वास
खस भाषाको वर्णविन्यास लेखन निर्देशिकालाई जिल्लाका भाषाविद्ले पुनरावलोकन गरी अन्तिम रूप दिइएको हो । खस भाषालाई चलनचल्तीमा ल्याउन खस भाषा, कला, संस्कृति र इतिहाससम्बन्धी जानकारको भेलाले ‘खस जुम्ली भाषा लेखनशैली’ मस्यौदा निर्माणको प्रस्ताव गरेको थियो । निर्देशिका प्रकाशनका लागि मातृभाषा केन्द्र नेपालले सहजीकरण गरेको थियो । ‘तत्कालीन कर्णाली खस राज्यभित्र बोलिने खस भाषा र जनबोलीलाई आधार बनाएर तयार पारिएको निर्देशिकाबाट सबैले सहजै खस भाषालाई प्रयोगमा ल्याउन सक्छन्,’ भाषाविद् तथा जुम्ली खस शब्दकोशका सम्पादक आचार्यले भने ।
निर्देशिकामा कर्णाली क्षेत्र र तिनको सेरोफेरोका जिल्लाको बोलचालसम्बन्धी खस भाषा समेटिएको छ । पूर्वशिक्षक, कला संस्कृति एवं खस साहित्यकार, भाषाका जानकार र पत्रकारको संलग्नतामा तयार गरिएको निर्देशिकामा यो क्षेत्रको कथ्य शब्द ‘स्ह’ को लेख्य रूप दिन नयाँ वर्णमा प्राथमिकीकरण गरिएको छ । पूर्वशिक्षक मुनिश्चन्द्र न्यौपानेले खस भाषा पूरै राष्ट्रियकरण नभए पनि नेपाली भाषाका धेरै वर्ण खस भाषाबाटै विकसित भएको बताए । ‘खस भाषामा आधारित निर्देशिकाले यहाँको पहिचान जोगाउनेछ,’ उनले भने ।
शब्दकोश लेखनमा दशक
चन्दननाथ–२ का ७२ वर्षीय आचार्य जुम्ली शब्दकोश लेखनमा व्यस्त छन् । चन्दननाथ उच्च माविका पूर्वनेपाली विषयका शिक्षकसमेत रहेका आचार्यले जुम्ली शब्दकोश लेखन अभियान थालेको झन्डै एक दशक पुगेको छ । उनले शब्दकोश प्रकाशनको अन्तिम तयारीमा पुगेको जनाए । साविक जिविसले आचार्यलाई खसिया आखर जुम्ली खस भाषाको शब्दकोश लेखन एवं सम्पादनको जिम्मेवारी दिएपछि उनी त्यसमा लागेका हुन् ।
अहिले समन्वय समितिमा रहेको खसिया आखर जुम्ली शब्दकोश तयारी कार्यालयमा उनी दैनिक उपस्थित हुन्छन् र त्यही व्यस्त रहन्छन् । नेपाली भाषाको उत्पत्ति भएको खष भाषा बोलिने क्षेत्रहरूमा कथ्य भाषाका रूपमा मात्रै रहेकाले यसलाई संरक्षण र लिपिबद्ध गर्न शब्दकोश निर्माण थालिएको हो । प्रारम्भिक चरणमा जुम्लाको चौधबिस, सिँजा, असी, पाँच सय क्षेत्र, मुगु, हुम्लाको सोरु गल्पा, कालिकोटका रासकाट र डोल्पाको तलिभोटानमा गएर शब्द संकलन गरिएको थियो । शब्दकोशमा १६ हजार बढी शब्द संकलन र सम्पादन गरिसकिएको छ ।
शब्दकोशलाई चार उपभाषिकामा विभाजन गरिएको छ । असी दराली भाषिकाभित्र असी दरा, पाँच सय दरा, सिँजा दराका भाषा राखिएको छ । त्रिविकोटी भाषिकाभित्र चौधबिस दरा र डोल्पाका भाषा छन् । रासकोटी भाषिकाभित्र कालिकोटमा बोलिन भाषा राखिएको छ भने मुहु भाषिकाभित्र मुगु र हुम्ला जिल्लाभित्र बोलिने भाषालाई समावेश गरिएको छ । आर्थिक समस्याका कारण प्रकाशनका लागि प्रेसमा पठाउन नसकिएको उनले जानकारी दिए ।
२५ विद्यालयमा खस पाठ्यक्रम
ततोपानी गाउँपालिकाले खस भाषामा आधारित स्थानीय पाठ्यक्रम तयार पारेर पहिलो चरणमा प्राथमिक तहमा लागू गर्दै छ । गाउँपालिका अध्यक्ष नवराज न्यौपानेले पाठ्यक्रममा जिल्लाका आर्थिक, सामाजिक, सांस्कृतिक, पर्यटन, वन, कृषि धार्मिक सम्पदाको चित्रण गरिएको जानकारी दिए । ‘पुर्खाहरूको गौरवगाथा पनि सहज ढंगले खस भाषामै लिपिबद्ध गरिएको छ,’ उनले भने, ‘यसै शैक्षिक सत्रदेखि पढाइ गर्ने तयारी गरिरहेका छौं । पाठ्यक्रमको ८० प्रतिशत काम सकिएको छ ।’
गाउँपालिकाभित्रका २५ विद्यालयमा यो पाठ्यक्रम लागू हुनेछ । खस भाषा संरक्षणका लागि पढाइले सहयोग पुग्ने पाठ्यक्रम निर्माण समितिका संयोजक एवं वसन्त आधारभूत विद्यालयका प्रधानाध्यापक हरिबाबु चौलागाईंले बताए । पाठ्यक्रम निर्माणमा चौलागाईंको संयोजकत्वमा पाँच सदस्यीय समिति संलग्न छ ।
चैत महिनाबाट विद्यालयमा खस भाषामा एउटा विषय पढाइने समितिले जनाएको छ । गाउँपालिकाले अतिरिक्त विषयका रूपमा नयाँ पाठ्यक्रम तयार पारेको हो । कक्षा १ देखि ३ सम्म एउटा विषय हुनेछ भने कक्षा ४ र ५ का लागि एउटै खालको पाठ्यक्रम निमाण भइरहेको छ । प्रकाशित स् पबलतष्उगच, फाल्गुन २८, २०७५ ०७स्२६

नेवार को हुन्?

नेवार को हुन्?
लेखक

May 1, 2020
काठमाडौं उपत्यका र उपत्यका वरिपरिका जिल्लाहरु, जसलाई नेपाल मण्डल भनिन्छ, त्यहाँका आदिवासी या मुख्य बासिन्दा नेवारहरुको बारेमा यूरोपेली तथा अन्य थुप्रैले धेरै अनुसन्धानहरु गरिसकेका छन्। यस्ता खाले अनुसन्धानहरु अहिलेसम्ममा अरु जातिहरुको भन्दा धेरै नेवारहरुबारे भएका छन्। तर अझै पनि यकिन कुराहरु स्पष्ट रुपमा थाहा हुन सकेको छैन।
नेवार जातिका विशेषता विविध
रसरर्ती हेर्दा अरु जातिहरुभन्दा नेवार जातिहरुको विशेषता फरक देखिन्छ। जस्तो
, तामाङ्ग, गुरुङ्ग, मगर, लिम्बूहरु सबै नश्लमा आधारित गति हुन्। तामाङ्गहरु सबैको एउटै रगत छ, राईहरु सबैको एकै रगत छ र त्यस्तै अरु अरुको पनि एकै नश्ल वा रगतका हुन्। त्यतिमात्र होइन, नेपाली भाषा अथवा खस भाषाभाषीहरु पनि बाहुन, क्षेत्री तथा कामी, दमाई, सार्की विभिन्न जातमा विभाजित भएता पनि उनीहरु सबै आर्य रगतका हुन्। तर नेवारहरुमा त्यस्तो छैन। कोही नेवारहरु आर्यन्, कोही नेवारहरु मङ्गोल र कोही अष्टाद्रविड नश्लका छन्। संसारका तीनवटा नश्लहरु नेवारहरुमा छन्।
हुन त ९० प्रतिशतभन्दा बढी तिब्बेत्तो वर्मन अथवा मंगोल छन्, नेवारका नब्बे प्रतिशतभन्दा बढी आदिवासी हुन् र मङ्गोल मूलका ‘तिब्बती–वर्मी समूहका’ हुन्, तर अरु आगन्तुकहरु पनि नेवार बनेका छन् ।
नश्ल मात्र होइन, धर्मको हिसावले पनि नेवारहरु थरीथरीका छन् । धर्मका हिसावले पनि अहिले नेवारहरु शैव र बौद्ध धर्म मान्नेहरु छन् । पृथ्वीनारायण शाहले उपत्यका जित्नुभन्दा पहिला शैव, बौद्ध, इस्लाम र इसाई धर्म मान्ने नेवारहरु थिए। पृथ्वीनारायण शाहले उपत्यका जितेपछि उनले इसाइहरु सबैलाई ‘देश छाडेर जानू, नजानेहरुलाई मार्नू’ भन्ने आदेश दिए। त्यसैले त्यतिबेला इसाई धर्म मान्ने सबै नेवारहरु भारत पसे, धेरैजसो बेतिया शहरमा गएर बसे। नजानेहरु सबैलाई फाँसी दिइए र मारिए। त्यसरी त्यतिबेलादेखि इसाई धर्म मान्ने नेवारहरु नै हराएर गए। अहिले फेरि इसाइ धर्म मान्ने नयाँ नेवारहरु उत्पन्न भएका छन्। नेवार मुसलमानहरु भने ज्यादै थोरै भएको हुनाले उनीहरु खस अथवा पहाडी मुसलमानहरु र तराईका मुसलमानहरुसँग मिसिन गए ।
यसरी नेवारहरुको रगत, धर्म अलगअलग रहेको छ। अनुहारै हेर्दा पनि सबै नेवारहरुको एउटै जाति छैन। कुनै नेवारहरुको नाक थेप्चो भएको अनुहार देखिन्छ, भने कुनै नेवारहरुको चुच्चो नाक देखिन्छ। त्यसकारण मेरो विचारमा नेवार भनेको कुनै एक जाति (ethnic group) समुदाय नै होइन, यो त एउटा भाषा वा जातिको समुदाय वा  (ethnic linguistic) हो । जो नेपाल भाषा बोल्छन्, उनीहरुलाई नेवार भनिन्छ।
नेपाल भाषा भनेको पुरानो किराँत भाषामा लिच्छवीहरुले बोल्ने संस्कृत मूलको भाषा मिसिएर बनेको नयाँ भाषा हो। नेपाल भाषा बन्नुभन्दा पहिला त नेवारहरुको र तामाङ्गहरुको एउटै भाषा थियो। तामाङ्गहरुले पुरानै भाषा बोलिरहे। नेवारहरु भने नयाँ भाषा बोल्न थाले ।
नेवारको श्रमिक वर्ग, जस्तो – नापित, माली, चित्रकार, नकर्मी, रञ्जितकार, तण्डुकार तथा खेती गर्ने किसानहरु, ज्यापूहरु सबै तिब्बेतो वर्मन वा मंगोल मूलका छन्। नेवारहरुमा यिनीहरुको संख्या ९० प्रतिशतभन्दा बढी छ। नेवार जातिभित्रका केही अरु परिवारहरुको उदाहरण लिऔँ। जस्तो कि, नेवारहरुमा श्रेष्ठहरु छन्। श्रेष्ठहरुमा पनि कोही आदिवासी छन् भने कोही बाहिरबाट आएका छन्।
७ सय वर्षसम्म मल्लहरुको राज्य चल्दा उनीहरुले सरकारको ठूलाठूला पदहरु अथवा भारदारहरुमा विभिन्न मानिसहरुलाई नियुक्ति गरे। उनीहरु जुनजुन पदहरुमा नियुक्त भए, त्यही पदअनुसार उनीहरुको थर निर्धारण भयो। जस्तो – मन्त्रीलाई अमात्य, सेनाको प्रमुखलाई प्रधान, राजाको ढुकुटी हेर्नेलाई राजभण्डारी, राजाको सन्तानलाई पढाउनेलाई जोशी भनियो। उनीहरुका सन्तानहरुलाई अहिले पनि अमात्य, प्रधान, राजभण्डारी र जोशी नै भनिन्छ । ती सबै भारदार समूहको सामूहिक नाम श्रेष्ठ भनिन्छ।
श्रेष्ठ भनेको एउटा जात होइन, यो त पद भयो । यो जातमा कोही मंगोल होलान्, कोही आर्यन होलान्, कोही यहाँकै आदिवासी होलान्, कोही बाहिरबाट आएका होलान्।
नेवारमा अरु विलिन हुँदै गए
एउटा उदाहरण लेऔँ। नेपालको इतिहासमा हरि सिंहदेवको नाम आउँछ। हरिसिंहदेव तिरहुतको सिमरौनगढका राजा थिए। सिमरौनगढ नेपालको बारा जिल्लामा पर्दछ। त्यँहा भएको एक आक्रमणमा उनी भागेर नेपाल उपत्यकाको भक्तपुरमा शरण लिन आउन खोजेका थिए। तर तिनी बाटैमा मरे। उनका छोराले भक्तपुरको दरवारमा शरण लिए। उनीहरुको थर राजपूत थियो। नेवारीमा ‘रा’लाई ला भनिन्छ। त्यसैले उनीहरु थर लायपू भयो। हरिसिंहदेव लायपूका सन्तानहरु श्रेष्ठमा मिल्न गए ।
मल्ल राजा भुपतिन्द्र मल्लको समयमा भारतको गुजरातबाट एकथरि वैद्यहरु आएका थिए। उनीहरु दरवारमा गएर राजाको वैद्यको रुपमा काम गर्न थालेकाले उनीहरुलाई राजवैद्य भन्न थालियो। तिनीहरुसँगै आएका वैद्यहरु तर राजदरवार नपुगेकाहरु श्रेष्ठ नभई अरु जातमा विलिन भए। बाहुनहरुमा पनि बाहिरबाट आएका देवकोटा, रिमाल, आचार्य, सुवेदी, यी विभिन्न थरका उपाध्याय ब्राम्हणहरु ६/७ सय वर्ष पहिले नेपाल उपत्यकामा आएर बसेकाहरुले नेवारी बोले, उनीहरुलाई राजउपाध्याय भनिन्छन् वा नेवारबाहुन पनि भनिन्छ।
त्यस्तै, तराईबाट पनि तिरहुते ‘झा, ओझा मिश्र थरका’ बाहुनहरु पनि यहाँ आएर नेवाल भाषा बोलेर नेवार बाहुन बने। यसरी ८/९ सय वर्षपहिले आएर काठमाडौं उपत्यकामा बसेर नेवाल भाषा बोलेपछि उनीहरुलाई नेवार भन्न थालियो । यसरी नेवारहरुको संरचनाको हिसावले हेर्ने हो भने विभिन्न ठाउँहरुबाट आएका र विभिन्न जातिका मानिसहरु एक आपसमा विलय भएर बनेको जाति हो नेवार।
संस्कृतिकै हिसावले हेर्ने हो भने पनि नेवारहरुको संस्कृति विश्वकै संस्कृतिभन्दा अगाडि देखिन्छ। यहाँका कला र कलाकारका बारेमा रुसका एकजना ठूला इतिहासकार डा. बन्दरेब्स्कीले भनेका छन्– “विश्वमा पुनर्जागरण सबभन्दा पहिला इटालीमा आएको भनिन्छ, तर यो कुरा गलत हो। त्यहाँ पन्ध्रौँ शताब्दीमा पुनर्जागरण आएको थियो, नेपालमा एघारौं शताब्दीमा नै ठूलाठूला विश्वप्रशिद्ध मन्दिर र चित्रहरु बनाइसकेका थिए ।”
त्यस्तै गरेर, मल्लकालमा यहाँ आयुर्वेदमा पनि ठूलो विकास भएको थियो। यो कुरा कोरियामा पनि उल्लेखित छ। ती पुस्तकहरुमा नेपालको ठूलो राजवैद्यले बनाएको औषधीको बारेमा चर्चा गरिएको छ। यसरी एकपटक मल्लकालमा नेवारहरु निक्कै धेरै विकसित भएका थिए र विश्वमै प्रशिद्धि कमाएका थिए ।
नेवारहरु आदिवासी हुन् कि होइनन्
अब नेवारहरु आदिवासी हुन् कि होइनन् भन्ने बारेमा कुरा गरौं ! मेरो विचारमा नेवारहरु आदिवासी नै हुन्। किनभने ९० प्रतिशतभन्दा बढी नेवारहरु आदिवासी नै हुन् । अरु बाँकी प्रतिशतमात्रै पछि बाहिरबाट आएका हुन् । यसरी मिसिने कुरा त जुन जातिमा पनि हुनसक्छ। आदिवासी भन्नेबित्तिकै नेवारहरु शुरुदेखि नै नेपालमा बसेका हुन् त भन्ने प्रश्न पनि उठ्न सक्छ। संसारमा शुरुदेखि बसेका त कोही पनि छैनन् होला। मानव जातिको उत्पति नै कोही चीनमा, कोही अफ्रिकामा भएको भनिन्छ ।
उनीहरु नै संसारभरि फैलिएका हुन्। त्यसैले आदिवासी भनेर तिनीहरुलाई भनिन्छ, जुन जातिहरु शासक जातिभन्दा पहिला आएर बसेका हुन्। अहिले नेपालका शासक जाति ‘नेपाली वा खस भाषा बोल्ने बाहुन क्षेत्री ठकुरी’ हुन् । उनीहरु ४/५ सय वर्ष पहिले आएका हुन् भने नेवारहरु त्योभन्दा पहिला नै आएका हुन् । त्यसैले नेवारहरुलाई आदिवासी भन्नुपर्छ ।
नेवारहरु जनजाति हुन् कि होइनन्
अर्को, नेवारहरु जनजाति हुन् कि होइनन् भन्ने बारेमा पनि विवाद छ। नेपाल प्रज्ञा प्रतिष्ठानले निकालेको नेपाली बृहद शब्दकोषमा जनजातिको परिभाषा ‘जंगल फाँडेर खनीखोस्री खाने, नागा, कोचे, कुसुन्डाजस्ता शिक्षा आदिमा पछिपरेका, नजिकको परिवेशसँग पनि प्रभावित नभएका पछौटे जाति’ भनेर दिइएको छ । यो परिभाषाअन्तर्गत नेवारहरु पर्दैनन्। यो परिभाषाअनुसार नेवारहरुलाई जनजाति भनियो भने नेवारहरुको बेइज्जत हुन्छ भन्न थालियो ।
अन्तर्राष्ट्रिय श्रम संगठनले जनजातिको परिभाषा ‘देशको मुख्य शासक जाति जुन छ, त्यो जातिभन्दा अलग्गै भिन्दै भाषा, धर्म संस्कृति भएको जातिलाई जनजाति भनिन्छ’ भनेर दिएको छ। किनभने शासक जातिको भन्दा अलग्गै भाषा, धर्भ र संस्कृति उत्पीडित हुने गर्छ । नेवारहरुको भाषा कति उत्पीडित छ भन्ने कुरा त विगतमा मूल्यांकनमा आइसकेको छ । त्यसकारण यो परिभाषाअनुसार नेवारहरु जनजाति नै हुन् भन्ने मलाई लाग्छ ।
यदि नेवारहरु जनजाति हुन् भने मैथिलीहरु किन जनजाति होइनन् भन्ने प्रश्न पनि उठ्न सक्छ। मैथिलीहरुको भाषा अलग्गै भएता पनि उनीहरु हिन्दू धर्म र आर्य संस्कृतिका हुन्। उनीहरुको धर्म र संस्कृति शासकहरुको धर्म र संस्कृतिसँग मिल्छ। त्यसैले उनीहरु जनजाति भएनन् । शासकहरुको धर्म र संस्कृतिभन्दा अलग्गै धर्म र संस्कृति भएकालाई जनजाति भन्ने अर्थमा नेवारहरु जनजाति नै हुन्।
एकपटक शासक भइसकेका नेवारहरु कसरी जनजाति हुनसक्छन् भन्ने प्रश्न पनि उठ्न सक्छ। तर नेवारहरु कहिले पनि शासक जाति भएका छैनन्। मल्ल राजाहरुलाई नेवार राजा भनिए तापनि उनीहरु नेवारहरु नै होइनन्, ठकुरीहरु हुन्। नेपाल भाषा बोलेर शासकहरु नेवार भएका थिए। उनीहरु शासक छँदा नेवारहरु अलग्गै थिए। पृथ्वीनारायण शाहले मल्लहरुको राज्य खोसेपछि मात्र मल्लहरु नेवारसँग मिल्न गएका थिए ।
(यो लेख र फोटो के. के. मल्लले कहिं भेटाएको हुँ  भनेर फेसबुकमा राख्नु भएको रहेछ। त्यसैमा उहाँले लेख्नु भएको छ “नेवार को हुन् भन्ने विषयमा प्रा. माणिकलाल श्रेष्ठले पनि लेख्नुभएको मलाई थाहा छ।” हामीलाई यहाँ भएका केही सूचनाहरुबारे छलफलमा आउन् भनेर यहाँ राखेका छौं-सम्पादक)

किरातको इतिहास : को हुन् किरात राई ?

  किरातको इतिहास : को हुन् किरात राई ? डा. भक्त राई , लोकपाटी न्यूज ६ माघ २०७६ , सोमबार किरात शब्द अनेक जातिहरूलाई बुझाउने पुञ्ज हो। कि...