Friday, June 17, 2022

२७औं विश्व आदिवासी दिवस : आदिवासी जनजातिमै छैन उत्साह

 २७औं विश्व आदिवासी दिवस : आदिवासी जनजातिमै छैन उत्साह

कान्तिपुर, श्रावण २५, २०७८गणेश राई

काठमाडौँ — २७औं विश्व आदिवासी दिवस सोमबार (अगस्त ९) मनाइँदैछ । तर काठमाडौंका सडकमा अढाई दशकअघि जस्तो परम्परागत पहिरन र गरगहना पहिरिएका आदिवासी जनजातिका जुलुस देखिएको छैन । बाजागाजा, ब्यानर र नारा कोरिएका प्लेकार्ड बोकेकाहरू भेटिएका छैनन् । पहिलो कारण, विश्वव्यापी कोरोना भाइरसको महामारी छ 

दोस्रो, नयाँ संविधान जारी भएसँगै जनजातिका माग, मुद्दा ‘पूरा भएको’ जस्तो स्थिति छ । आदिवासी दिवसलाई लिएर किन घट्यो त उत्साह ? जनजाति अगुवाहरु नेपाल आदिवासी जनजाति महासंघको नेतृत्वले व्यक्तिगत लाभका निम्ति राजनीतिक दलप्रति समर्पित भएकै परिणामस्वरुप आदिवासी दिवसप्रति चासो र उत्साह घटेको ठान्छन् । जनजाति अगुवा तथा महासंघका पूर्वमहासचिव प्राध्यापक डा. ओम गुरुङले आदिवासी दिवस मनाउन थालेपछि नेपालमा जनजातिका मुद्दा भने दरिलो बनेको बताए 

आदिवासी आन्दोलनको मुख्य सार भनेको धर्मनिरपेक्षता, पहिचान, समानुपातिक समावेशीकरण, आरक्षण प्रमुख हुन्, ती उपलब्धिको उपभोग गर्न नपाउँदै फेरि रक्षा गर्न उत्रिनुपर्ने परिस्थति सिर्जना भएको छ । त्यसमाथि महासंघको नेतृत्वमा राजनीति हाबी भयो । त्यसका कारण पनि आदिवासी दिवसलाई लिएर उत्साह नदेखिएका हो,’ गुरुङले भने 

संयुक्त राष्ट्रसंघको सन् १९९४ डिसेम्बर २३ मा बसेको महासभाले पहिलो पटक ‘९ अगस्ट’लाई ‘विश्व आदिवासी दिवस’ का रूपमा मनाउने निर्णय गरेको थियो । सन् १९८२ मा आदिवासी बारेमा उठेका सवाल सम्बोधनका निम्ति कार्यदल गठन गरेको थियो । सोही कार्यदलको पहिलो बैठक अगस्त ९ मा बसेको थियो । कार्यदलको सुझावअनुसार सोही दिनको सम्झना गर्दै यो दिवस मनाउन थालिएको हो, जुन २७ औं वर्ष पुगेको छ । नेपालका आदिवासी जनजातिले समेत १९९५ देखि यो दिवस मनाउँदै आएका छन् । राष्ट्रसंघले सन् २०२१ का निम्ति ‘नयाँ सामाजिक सम्झौताको खोजी, कोही पनि नछुटुन् आदिवासी जनजाति’ नारा तय गरेको छ आदिवासी आन्दोलनको मुख्य सार भनेको धर्मनिरपेक्षता, पहिचान, समानुपातिक समावेशीकरण, आरक्षण प्रमुख हुन्,

२०४६ सालको राजनीतिक परिवर्तनपछि बनेको संविधानले नेपालमा उत्पीडित जातजाति, भाषाभाषीहरू आफ्नो सामूहिक हक अधिकारका निम्ति संगठित हुने, मातृभाषामा पत्रपत्रिका प्रकाशन गर्ने, परम्परागत संस्कार संस्कृतिहरूको उजागर गर्ने अधिकार दिएपछि जातीय संस्थाहरु खुल्ने क्रम सुरु भयो । तिनै जातीय संस्थाहरू एकीकृत पहलमा २०४७ सालमा नेपाल आदिवासी जनजाति महासंघ गठन भयो । पछि सरकारले आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठान ऐन, २०५८ जारी गर्‍यो । सोही ऐनअनुसार ५९ थरी आदिवासी जनजातिलाई सूचीकृत भएका छन् । महासंघअन्तर्गत महिला, युवा, विद्यार्थी, पत्रकार, वकिल, चलचित्र, मजदुर र फरक क्षमता भएका शारीरिक रूपले अशक्त गरी ८ वटा महासंघीय सम्बन्धन संस्थाहरू सम्बद्ध छन् । त्यसैगरी महासंघअन्तर्गत २३ भन्दा बढी विदेश शाखाहरू क्रियाशील छन् । हाल महासंघमा ५६ आदिवासी जनजातीय सदस्य संगठनहरू आबद्ध छन् 

संयुक्त राष्ट्रसंघको सन् १९९४ डिसेम्बर २३ मा बसेको महासभाले पहिलो पटक ‘९ अगस्ट’लाई ‘विश्व आदिवासी दिवस’ का रूपमा मनाउने निर्णय गरेको थियो । सन् १९८२ मा आदिवासी बारेमा उठेका सवाल सम्बोधनका निम्ति कार्यदल गठन गरेको थियो । सोही कार्यदलको पहिलो बैठक अगस्त ९ मा बसेको थियो । कार्यदलको सुझावअनुसार सोही दिनको सम्झना गर्दै यो दिवस मनाउन थालिएको हो, जुन २७ औं वर्ष पुगेको छ । नेपालका आदिवासी जनजातिले समेत १९९५ देखि यो दिवस मनाउँदै आएका छन् । राष्ट्रसंघले सन् २०२१ का निम्ति ‘नयाँ सामाजिक सम्झौताको खोजी, कोही पनि नछुटुन् आदिवासी जनजाति’ नारा तय गरेको छ 

०४६ सालको राजनीतिक परिवर्तनपछि बनेको संविधानले नेपालमा उत्पीडित जातजाति, भाषाभाषीहरू आफ्नो सामूहिक हक अधिकारका निम्ति संगठित हुने, मातृभाषामा पत्रपत्रिका प्रकाशन गर्ने, परम्परागत संस्कार संस्कृतिहरूको उजागर गर्ने अधिकार दिएपछि जातीय संस्थाहरु खुल्ने क्रम सुरु भयो । तिनै जातीय संस्थाहरू एकीकृत पहलमा २०४७ सालमा नेपाल आदिवासी जनजाति महासंघ गठन भयो । पछि सरकारले आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठान ऐन, २०५८ जारी गर्‍यो । सोही ऐनअनुसार ५९ थरी आदिवासी जनजातिलाई सूचीकृत भएका छन् । महासंघअन्तर्गत महिला, युवा, विद्यार्थी, पत्रकार, वकिल, चलचित्र, मजदुर र फरक क्षमता भएका शारीरिक रूपले अशक्त गरी ८ वटा महासंघीय सम्बन्धन संस्थाहरू सम्बद्ध छन् । त्यसैगरी महासंघअन्तर्गत २३ भन्दा बढी विदेश शाखाहरू क्रियाशील छन् । हाल महासंघमा ५६ आदिवासी जनजातीय सदस्य संगठनहरू आबद्ध छन् 

महासंघले गणतन्त्र, संघीयता, धर्मनिरपेक्षता, हरेक निकायमा समानुपातिक समावेशी सिद्धान्तका आधारमा राज्यबाट किनारामा पारिएका जातिलाई मूलधारमा स्थापित गर्न सकारात्मक विभेदको सिद्धान्त अपनाउनु पर्नेलगायत मुद्दा उठाउँदै आएको छ । २०६२/६३ को राजनीतिक परिवर्तनका निम्ति जनजाति महासंघको भूमिका उत्तिकै सशक्त थियो । त्यसपछि पहिलो संविधान सभा (२०६४) देखि जनजाति आन्दोलनका अगुवाहरू पन्छिए भने महासंघ हाँक्ने नेताहरू संविधानसभा सदस्य बन्ने अवसर पाए । महासंघका तत्कालीन अध्यक्ष पासाङ शेर्पा र महासचिव रामबहादुर थापामगर समानुपातिक कोटामा सभासद बने । शेर्पा एमाले र मगर माओवादी कोटाबाट छिरेका थिए 

त्यसैगरी दोस्रो संविधान सभामा जनजाति महासंघका तत्कालीन अध्यक्ष नगेन्द्र कुमाल र महासचिव पेम्बा भोटे गुरुङ समानुपातिक सभासद बनेका थिए । कुमाललाई कांग्रेसले र भोटेलाई एमालेले सभासद बनाएको थियो । तर, जनजाति अगुवाहरु नै केही वर्षयता महासंघको भूमिका कमजोर बन्दै गएको गुनासो गर्छन् । महासंघका नेताहरुको पार्टीगत आबद्धतासँगै समग्र जनजाति आन्दोलन कमजोर बनेको जनजाति अगुवाहरु पनि स्वीर्काछन् । त्यस्तै जनजाति मुद्दालाई लिएर नेतृत्व गर्नेभन्दा दलप्रति समर्पित व्यक्तिले महासंघको नेतृत्व लिने क्रमसँगै जनजाति अभियन्ता तथा विज्ञहरू छेउलाग्न बाध्य भएको बुझाई समेत रहेको छ 

अधिकारवादी मल्ल के सुन्दर आदिवासी जनजातिका मुद्दा र आन्दोलन अन्तर्राष्ट्रियकरण हुनुलाई उपलब्धि ठान्छन् । तर, मुद्दाको उठान गर्ने जनजाति महासंघ नेतृत्वको कमजोरीका कारण मुद्दा र आन्दोलन फितलो बन्दै गएको उनले बताए । पूर्वसांसद परी थापा त राजनीतिक दलका निम्ति जनजाति महासंघ ‘गाजरको बाँसुरी’ बनेको बताउँछन् । ‘दलहरूले गणतन्त्र ल्याउने बेलामा जनजातिहरूको मुद्दालाई आत्मसात गरे । तर जब जनजातिका मुद्दालाई संवैधानिक रूपमा सम्बोधन गर्ने बेला आयो तब त्यो गाजरको बाँसुरी अर्थात् महासंघलाई बाँडीचुँडी खाइदिने गरेका छन् ।’

समाजशास्त्री चैतन्य मिश्रको ठम्याइमा हरेक समाजका सबै तहतप्का, पेसा, व्यावसाय, सामाजिक संस्था र व्यक्ति राजनीति दलमा आबद्ध हुनुपर्ने परिस्थितिले सबै क्षेत्रमा हानी भएको छ । ‘राजनीतिक पार्टीले देश चलाउनु पर्छ, तर म जस्ता प्रोफेसनल मान्छे त्योभित्र किन छिर्नु पर्ने बाध्यता सिर्जना गरे,’ उनले भने, ‘त्यस्तो स्थिति आदिवासीमा पनि भयो ।’

मिश्रको भनाइमा संविधान निर्माणका क्रममा आदिवासी जनजातिका तर्फबाट छुट्टै प्रदेशको माग अघि सारिएका कारण समग्र आन्दोलनमा नकारात्मक असर परेको हो । ‘सबै प्रदेशहरूमा विभिन्न भाषा बोल्ने, विभिन्न धर्म मान्ने, विभिन्न संस्कृति बोकेका मान्छेहरू एकै ठाउँ बस्नु पर्छ,’ छुट्टाछुट्टै आ–आफ्नो बासस्थानको दाबी जायज नहुने बताउँदै भने, ‘एकै ठाउँ बस्दा सबै जना सबैथरी बराबरी भएर बस्नु पर्छ । कसैको हैसियत न्यून, कसैको हैसियत उच्च हुनु हुँदैन ।’ तर आदिवासीको अरुभन्दा कम हुनुहुँदैन भन्नेलगायत मागहरू भने जायज रहेको समाजशास्त्री मिश्रले बताए । ‘तर हामीले छुट्टै जमिन पाउनु पर्छ । छुट्टै जंगल हाम्रो हो । छुट्टै पानी हाम्रो मात्रै हो जस्ता बढाइचढाइ गरिएका दाबीचाहिँ ठीक थिएनन्,’ उनको भनाइ छ 

तर, महासंघका अध्यक्ष जगतबहादुर बराम भने समग्र जनजाति आन्दोलन सुस्ताएको भन्ने तर्कलाई एकपक्षीय भन्दै कोरोना महामारीका बाबजुद महासंघले आफ्ना गतिविधिलाई निरन्रता दिएको दाबी गर्छन् । ‘कोरोना महामारीका बाबजुद देश–विदेशमा जनजातिका अवस्था, मुद्दाबारे भर्चुअल संवाद जारी राखेका छौं,’ अध्यक्ष बरामले भने 

त्यस्तै संयुक्त राष्ट्रसंघ आदिवासी जनजातिहरूका लागि स्वेच्छिक कोष सञ्चालक समिति सदस्य देवकुमार सुनुवार तीन दशकमा नेपालका आदिवासीका निम्ति धेरै उपलब्धि हासिल भएको बताउँछन् । उनी जनजाति महासंघ स्थापना र यसले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय निकायलाई आफ्ना मुद्दाबारे जानकारी गराउन सहयोग मिलेको ठान्छन् । ‘आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठान ऐन, २०५८ जारी भई ५९ आदिवासी जनजाति सूचीकृत भएका छन्,’ समुदायमा भाषा, संस्कृतिको महत्वप्रति जनचेतना बढेको उल्लेख गर्दै सुनुवारले भने, ‘पछिल्लो पटक संविधानअनुकुल आदिवासी जनजाति आयोग गठन भएको छ । नेपाल सरकारले पक्ष राष्ट्रको हैसियतले राष्ट्रसंघको घोषणापत्रमा हस्ताक्षर गर्नुका साथै आईएलओ–१६९ अनुमोदन गरेको छ । भलै त्यसको कार्यान्वयनमा चासो देखाएको किन नहोस् ।’

प्रकाशित : श्रावण २५, २०७८ १०:०२

Monday, May 23, 2022

मायाजाल

 

मायाजाल

कुनै पनि मुलुकको सफलता वा असफलता उसले अवलम्बन गर्ने राजनीतिक व्यवस्थामा मात्र निहित हुँदैन मुख्य कुरा त्यो मुलुकले अवलम्बन गर्ने राज्यसत्ताको चरित्रमा भर पर्छ

कान्तिपुर, फाल्गुन २६, २०७७केशव दाहाल

सत्ता र सरकार फरक कुरा हुन् सत्ताको एक अंग हो सरकार , सरकार सम्पूर्ण राज्यसत्ता होइन जस्तो कि, ओली सरकारका प्रधानमन्त्री हुन् देउवा विपक्षी दलका नेता नेकपाको कचिङ्गलबाट सडकमा आइपुगेका छन् दाहाल नेपालहरू, जो स्वयं विद्रोहीजस्ता देखिन्छन् डकमै छन् भट्टराई र यादवहरू

भलै, सर्वोच्च अदालतको पछिल्लो फैसलापछि परिदृश्य अलि फेरिएको छ सरकारलाई केन्द्रमा राखेर हेर्दा भने अझै पनि ओली एकातिर छन्, बाँकी अर्कातिर यिनका दरबार सिंहासनहरू फरक छन् स्वार्थहरू फरक छन् अभीष्टहरू फरक छन् तर आजको नेपाली राज्यसत्तालाई केन्द्रमा राखिहेर्दा यी सबै एक ठाउँमा छन् यी सबै एकै हुन् , हुन् नेपाली सत्ताका संस्थापनहरू

राजनीतिमा सरकारको आलोचना र राज्यसत्ताको आलोचना नितान्त फरक विषय हुन् सरकारको आलोचना एउटा तत्कालीन मुद्दा हो राज्यसत्ताको आलोचना दीर्घकालीन राजनीतिमा सरकारको आलोचना मुख्यतः दलीय प्रतिस्पर्धा हो तर सत्ताको आलोचना व्यापक बृहत्तर आन्दोलन त्यसैले नै विशेषतः सरकारविरोधी आन्दोलनमा सहभागी हुन्छन् दलका कार्यकर्ताहरू तर सत्ता रूपान्तरणको आन्दोलन गर्छन् जनताले सरकारविरोधी आन्दोलनहरू जनआन्दोलन हुँदैनन् तर राज्यसत्ता बदल्ने आन्दोलनहरू जनआन्दोलन हुन्छन् विचार गरौं, भर्खरै मात्र सर्वोच्च अदालतले संसद् पुनःस्थापना गर्नासाथ नेकपा प्रचण्ड–नेपाल समूहको आन्दोलन किन सकियो? कांग्रेसको प्रदर्शन किन रोकियो? तर नागरिक आन्दोलन किन जारी छ? किनकि पार्टीहरू दलीय स्वार्थबाट प्रेरित थिए तर नागरिक आन्दोलन समग्र राज्यसत्ताको परिवर्तन चाहन्छ स्पष्ट , सत्ताको चरित्रलाई नखलबल्याई गरिने बोक्रे परिवर्तन राजनीतिको मायाजाल मात्र हो

सत्ताको निरन्तरता

२०६२/६३ को जनआन्दोलननेपाली राजनीतिकै सर्वाधिक हस्तक्षेपकारी आन्दोलन थियो, जसले व्यवस्था फेर्‍यो र संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना गर्‍यो जनताको अपेक्षा थियो— ‘लोकतन्त्र, न्याय, पहिचान, समानता र समृद्धिसहितको नेपाल।’ यस्तो नेपाल जहाँ मिलोस् ‘केटाकेटीका लागि स्कुल, युवाका लागि काम र ज्येष्ठ नागरिकहरूका लागि आराम।’ तर भयो के? राजनीतिक व्यवस्था त परिवर्तन भयो तर सत्ताको चरित्र फेरिएन सरकार फेरियो बाँकी सबै कुरा उस्तै रहे व्यवस्था फेरियो बाँकी केही पनि फेरिएन

जस्तो, हिजो पनि किसानहरू ठगिएका थिए र आज पनि ठगिएकै छन् हिजो पनि महिलाहरू ठगिएका थिए र आज पनि ठगिएकै छन् हिजो पनि मजदुरहरू ठगिएका थिए आज पनि ठगिएकै छन् हिजो पनि गाउँहरू ठगिएका थिए आज पनि ठगिएकै छन् हिजो एउटाले ठग्थ्यो, आज अर्कोले ठग्नेहरू फेरिए उनका सिन्डिकेटहरू फेरिए तर ठगिनेहरू उनै रहे, जो वर्षौंदेखि ठगिँदै थिए व्यवस्था फेरिएर के भयो? खेलको नियम फेरिएन हिजो पञ्चायतले जनताका सपनाहरूमाथि कोर्रा बर्साउँथ्यो, आज लोकतन्त्रले पछिल्लो राजनीतिक परिवर्तनले मुसहर, चमार, खत्वेहरूलाई जीवनको उज्यालो दियो, न त राजी, किसान र चेपाङहरूलाई कर्नालीको भोकमरी घट्यो सुदूर हाडहरूमा आशाको दियो बल्यो व्यवस्था फेरिनु तर सत्ताको चरित्र उस्तै रहनु कस्तो विरोधाभास?

सत्ताको रंग

मदन भण्डारीको एउटा भनाइ यहाँ निकै सान्दर्भिक हुन सक्छ यो २०४७ कात्तिकको कुरा हो काठमाडौंको एउटा सभामा भण्डारीले भने, ‘हामीले राजा फाल्यौं तर सामन्तवाद फाल्न सकेनौं भने यो परिवर्तनको कुनै अर्थ रहँदैन बरू राजा रहेर पनि सामन्तवाद फालियो भने त्यो महत्त्वपूर्ण हुन्छ।’ परिवर्तनको अर्थलाई स्थापित गर्ने यो निकै सशक्त भनाइ हो जसको आशय हुन्छ— व्यवस्था परिवर्तन भनेको कुनै व्यक्ति वा शासकको मात्र परिवर्तन होइ यो उपरिसंरचनाहरूको मात्र परिवर्तन होइन राजनीतिक परिवर्तन मुख्यतः राज्यसत्ताको परिवर्तन हो अन्यथा परिवर्तनको गुदी छोडेर बोक्रामा रमाउनुको के अर्थ?

कुनै पनि देशका समस्याहरू राजनीतिक व्यवस्थासँग मात्र सम्बन्धित हुँदैनन् त्यसले संरक्षण गरेका अनेक संरचनागत सत्ताहरूसँग सम्बन्धित हुन्छन् यसको अर्थ राजनीतिक आन्दोलनले व्यवस्था परिवर्तन गरेर मात्र पुग्दैन संरचनागत सत्ताहरूमा परिवर्तन गर्नुपर्छ हामीले व्यवस्था परिवर्तन गर्‍यौं तर अनेक सत्तालाई हल्लाउन सकेनौं जस्तो, जातको सत्ता उस्तै रह्यो धर्मको सत्ता उस्तै रह्यो लिंगको सत्ता उस्तै रह्यो भाषाको सत्ता उस्तै रह्यो सहरको सत्ता उस्तै रह्यो सम्पत्तिको सत्ता उस्तै रह्यो

२०६३ को आन्दोलनले राजनीतिक व्यवस्था त परिवर्तन गर्‍यो तर आर्थिक–सामाजिक सत्ता उस्तै रह्यो व्यवस्था बदलियो तर सत्ताको चरित्र उस्तै रह्यो परिणाम, एउटा राजा फालियो तर सयौं छोटे राजा जन्मिए राजा जन्माउने अनेक सत्तालाई संरक्षण गरेर एउटा राजा फाल्नुको के अर्थ?

भनिन्छ, ‘सत्तालाई स्वरूपमा मात्र हेरेर पुग्दैन गुणमा हेर्नुपर्छ।’ जस्तो, बेलायतलाई संसदीय प्रजातन्त्रको जननी मानिन्छ बेलायत आर्थिक–सामाजिक रूपमा समृद्ध मुलुक हो त्यही व्यवस्था भारतमा पनि अन्यत्र पनि के बेलायतमा सफल संसदीय लोकतन्त्रले भारतमा उसरी नै न्याय गरेको ? छैन भारतको लोकतन्त्रले त्यहाँ हुर्कंदो शोषण, विभेद र सीमान्तीकरणलाई अझै तोड्न सकेको छैन किन? किनभने भारतको सत्तासंरचना अभिजातमुखी र विभेदपूर्ण छ त्यसैले किसानहरूसँग जमिन छैन त्यसैले महिला, दलित र गरिबहरूको जीवन कष्टकर छ त्यसैले धार्मिक अल्पसंख्यकहरू विभेदमा छन् त्यसैले उत्पादनसम्बन्धहरू न्यायपूर्ण छैनन् परिणाम, भारतमा संसारकै सबैभन्दा गरिब मजदुर र धनी मालिकहरू बस्छन् भारतको अनुभवले भन्छ— ‘लोकतन्त्र भनेको चुनाव मात्र होइन, सत्ताको लोकतन्त्रीकरण पनि हो।’

विषयलाई बुझ्न अमेरिका अर्को ताजा उदाहरण हुन सक्छ जस्तो, अमेरिकामा प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुख छन्, जो सरकारप्रमुख र राष्ट्रप्रमुख दुवै हुन् एउटै व्यक्ति सरकारप्रमुख राष्ट्रप्रमुख हुँदा पनि अमेरिकामा स्थिरता लोकतन्त्र , निरंकुशता छैन किन त्यस्तो? किनभने राज्यसत्ताको चरित्र राजनीतिक व्यवस्थाले मात्र निर्धारण गर्दैन आर्थिक–सामाजिक संरचनाहरूले पनि निर्धारण र्छन् राजनीतिक, आर्थिक र सामाजिक संरचनाहरू लोकतान्त्रिक हुनासाथ व्यक्ति चाहेर पनि निरंकुश हुन सक्दैन जस्तो, ट्रम्प तर राजनीतिक, आर्थिक र सामाजिक सत्ता निरंकुश हुनासाथ व्यक्ति जतिसुकै लोकतान्त्रिक भए पनि काम छैन

सबैलाई थाहा छ— बंगलादेशमा दुई बेगमहरू छन् जो पालैपालो सरकार र सडकको मोर्चा सम्हाल्छन् के त्यसो भए बंगाली महिलाहरू सुखी छन्? होइन, संसारका दुःखी महिला र गरिब कामदारहरू बंगलादेशमै बस्छन् महिला शासक हुँदैमा महिलाहरू समृद्ध हुन्छन् भन्ने पनि देखिएन उता, त्यत्रो लामो आन्दोलनबाट स्थापित म्यान्मार सरकारले अल्पसंख्यक रोहिंग्याहरूलाई संरक्षण गर्न सकेन किन यस्तो भयो? किनभने जनतालाई सुख, समृद्धि र परिवर्तन दिने कुरा राजनीतिक व्यवस्थाले मात्र निर्धारण गर्दैन

कम्युनिस्टहरूमै पनि फरक–फरक उदाहरण छन् चीन, क्युबा, भियतनाम, उत्तर कोरियाजस्ता मुलुकमा भन्नका लागि उस्तै कम्युनिस्ट व्यवस्था छ क्युबामा दाजुको लामो शासनपछि भाइ शक्तिमा छन् उत्तर कोरियामा नाति अन्य केहीमा पार्टी नेताहरू स्वरूपमा हेर्दा सबै एकैखाले कम्युनिस्ट हुन् तर चीन विश्वकै महाशक्तिको दौडमा भियतनाम कृषि उत्पादनमा अब्बल बन्दै छ तर उत्तर कोरिया तनावमा यसर्थ कम्युनिस्टहरूबीच पनि फरक–फरक अनुभव छन् जस्तो कि, शक्तिशाली सोभियत संघ विघटन भयो तर चीनको विकासले चामोलोङ्मा छुँदै प्रश्न आउँछ, त्यसो भए फरक कहाँ छ? खासमा कुनै पनि मुलुकको सफलता वा असफलता त्यो मुलुकले अवलम्बन गर्ने राजनीतिक व्यवस्थामा मात्र निहित हुँदैन मुख्य कुरा त्यो मुलुकले अवलम्बन गर्ने राज्यसत्ताको चरित्रमा भरपर्छ

आजको कुरा

दार्शनिक अभिमतले भन्छ— वस्तुको भौतिक स्वरूपले चरित्रको निर्धारण गर्दैन स्वरूपमा जतिसुकै रङरोगन गरे पनि गुण वा चरित्र पदार्थको प्रधान पक्ष हो स्वरूप सहायक यो अभिमत पदार्थमा मात्र नभई व्यक्ति स्वयं, समाज विज्ञान र राजनीतिमा पनि लागू हुन्छ आवरण हेरेर पुस्तकको चरित्र थाहा हुन्छ, न त रङ हेर्दैमा कफीको स्वाद फूलको सुगन्धले त्यसको गुण निर्धारण गर्दैन प्रश्न हामीले कत्रो आन्दोलन गर्‍यौं भन्ने होइन प्रश्न हामीले कस्तो राजनीतिक व्यवस्था ल्यायौं भन्ने होइन प्रश्न हामीले ल्याएको राजनीतिक व्यवस्थाले के बदलाव ल्यायो भन्ने हो प्रश्न हामीले हाम्रो परम्परागत सत्तालाई किन फेर्न सकेनौं भन्ने हो?

हाम्रा अगाडि अहिले दुइटा बाटा छन् पहिलो तत्कालीन राजनीतिक घटनाहरूमा रमाउने पुस को प्रतिगमन सच्चियो भनेर हर्षबढाइँ गर्ने तमासा हेर्ने पुराना दलहरूलाई गाली गर्ने उनीहरू नै एक दिन सच्चिनेछन् भनेर कामना गर्ने यो यथास्थितिको बाटो हो यो बाटोमा हिँड्दा कुनै जोखिम छैन तर सत्ताको रिवर्तन असम्भव छ

दोस्रो बाटो छ, राज्यसत्तालाई जनमुखी बनाउन निरन्तर आन्दोलन गर्ने राजनीतिक परिवर्तनलाई सत्ता संरचनाहरूसंग जोड्ने जातको सत्ता बदल्ने लिंगको सत्ता बदल्ने भाषाको सत्ता बदल्ने सम्पत्तिको सत्ता ढाल्ने यी अनेक सत्तालाई लोकतान्त्रिक, जनमुखी र न्यायपूर्ण बनाउने यो निश्चय नै अप्ठ्यारो बाटो हो तर यो परिवर्तनको बाटो हो यो सत्तालाई बदल्ने बाटो हो स्पष्ट , पटकपटक एउटै बाटो हिँडेर नयाँ गन्तव्यमा पुगिँदैन त्यसैले सत्ताको राजनीति बदलौं, धेरै पक्ष आफैं फेरिनेछन्

dahal.keshab@gmail.com

 

किरातको इतिहास : को हुन् किरात राई ?

  किरातको इतिहास : को हुन् किरात राई ? डा. भक्त राई , लोकपाटी न्यूज ६ माघ २०७६ , सोमबार किरात शब्द अनेक जातिहरूलाई बुझाउने पुञ्ज हो। कि...