मायाजाल
कुनै पनि मुलुकको सफलता वा असफलता उसले अवलम्बन गर्ने
राजनीतिक व्यवस्थामा मात्र निहित हुँदैन । मुख्य कुरा त्यो मुलुकले अवलम्बन गर्ने राज्यसत्ताको चरित्रमा भर पर्छ ।
कान्तिपुर, फाल्गुन
२६, २०७७केशव दाहाल
सत्ता र सरकार फरक कुरा हुन् । सत्ताको एक
अंग हो
सरकार । र, सरकार सम्पूर्ण राज्यसत्ता होइन । जस्तो कि, ओली सरकारका प्रधानमन्त्री हुन् । देउवा विपक्षी
दलका नेता । नेकपाको कचिङ्गलबाट
सडकमा आइपुगेका
छन् दाहाल
र नेपालहरू, जो स्वयं विद्रोहीजस्ता देखिन्छन् । सडकमै छन् भट्टराई र यादवहरू ।
भलै, सर्वोच्च
अदालतको पछिल्लो फैसलापछि परिदृश्य अलि फेरिएको छ । सरकारलाई केन्द्रमा
राखेर हेर्दा
भने अझै
पनि ओली
एकातिर छन्, बाँकी अर्कातिर । यिनका दरबार
र सिंहासनहरू
फरक छन् । स्वार्थहरू फरक
छन् । अभीष्टहरू
फरक छन् । तर आजको
नेपाली राज्यसत्तालाई केन्द्रमा राखिहेर्दा यी सबै एक ठाउँमा छन् । यी सबै
एकै हुन् । र, हुन् नेपाली सत्ताका
संस्थापनहरू ।
राजनीतिमा सरकारको
आलोचना र राज्यसत्ताको आलोचना नितान्त फरक विषय हुन् ।
सरकारको आलोचना एउटा
तत्कालीन मुद्दा हो । राज्यसत्ताको आलोचना दीर्घकालीन ।
राजनीतिमा सरकारको आलोचना मुख्यतः
दलीय प्रतिस्पर्धा हो ।
तर सत्ताको आलोचना व्यापक
र बृहत्तर आन्दोलन ।
त्यसैले नै विशेषतः
सरकारविरोधी आन्दोलनमा सहभागी हुन्छन्
दलका कार्यकर्ताहरू ।
तर सत्ता रूपान्तरणको
आन्दोलन गर्छन् जनताले । सरकारविरोधी आन्दोलनहरू जनआन्दोलन हुँदैनन् ।
तर राज्यसत्ता बदल्ने आन्दोलनहरू
जनआन्दोलन हुन्छन् ।
विचार गरौं, भर्खरै मात्र सर्वोच्च अदालतले
संसद् पुनःस्थापना गर्नासाथ नेकपा प्रचण्ड–नेपाल समूहको आन्दोलन किन सकियो ? कांग्रेसको
प्रदर्शन किन रोकियो ? तर नागरिक आन्दोलन किन जारी छ ? किनकि
पार्टीहरू दलीय स्वार्थबाट प्रेरित थिए । तर नागरिक
आन्दोलन समग्र राज्यसत्ताको
परिवर्तन चाहन्छ ।
स्पष्ट छ, सत्ताको चरित्रलाई नखलबल्याई
गरिने बोक्रे परिवर्तन राजनीतिको मायाजाल मात्र हो ।
सत्ताको निरन्तरता
२०६२/६३ को
जनआन्दोलननेपाली राजनीतिकै सर्वाधिक हस्तक्षेपकारी आन्दोलन थियो, जसले व्यवस्था फेर्यो र संघीय
लोकतान्त्रिक गणतन्त्र स्थापना गर्यो । जनताको अपेक्षा
थियो— ‘लोकतन्त्र, न्याय, पहिचान, समानता र समृद्धिसहितको नेपाल ।’ यस्तो
नेपाल जहाँ मिलोस्
‘केटाकेटीका लागि स्कुल, युवाका
लागि काम र ज्येष्ठ नागरिकहरूका लागि आराम ।’
तर भयो के ? राजनीतिक व्यवस्था त परिवर्तन
भयो तर सत्ताको चरित्र फेरिएन । सरकार फेरियो
र बाँकी सबै
कुरा उस्तै रहे । व्यवस्था फेरियो र
बाँकी केही पनि
फेरिएन ।
जस्तो, हिजो पनि किसानहरू ठगिएका थिए र
आज पनि ठगिएकै छन् । हिजो पनि
महिलाहरू ठगिएका थिए र आज पनि ठगिएकै छन् ।
हिजो पनि मजदुरहरू
ठगिएका थिए र
आज पनि ठगिएकै
छन् ।
हिजो पनि गाउँहरू
ठगिएका थिए र
आज पनि ठगिएकै
छन् ।
हिजो एउटाले ठग्थ्यो, आज
अर्कोले । ठग्नेहरू
फेरिए ।
उनका सिन्डिकेटहरू फेरिए ।
तर ठगिनेहरू उनै रहे, जो
वर्षौंदेखि ठगिँदै थिए । व्यवस्था फेरिएर के भयो ? खेलको
नियम फेरिएन । हिजो पञ्चायतले
जनताका सपनाहरूमाथि कोर्रा बर्साउँथ्यो, आज
लोकतन्त्रले । पछिल्लो राजनीतिक परिवर्तनले न मुसहर, चमार, खत्वेहरूलाई जीवनको उज्यालो दियो, न त राजी, किसान र चेपाङहरूलाई ।
न कर्नालीको भोकमरी घट्यो
न त सुदूर
पहाडहरूमा आशाको दियो बल्यो ।
व्यवस्था फेरिनु तर
सत्ताको चरित्र उस्तै
रहनु कस्तो विरोधाभास ?
सत्ताको रंग
मदन भण्डारीको एउटा
भनाइ यहाँ निकै सान्दर्भिक हुन सक्छ । यो २०४७
कात्तिकको कुरा हो । काठमाडौंको एउटा सभामा
भण्डारीले भने, ‘हामीले राजा फाल्यौं तर
सामन्तवाद फाल्न सकेनौं भने यो परिवर्तनको कुनै अर्थ रहँदैन ।
बरू राजा रहेर
पनि सामन्तवाद फालियो भने
त्यो महत्त्वपूर्ण हुन्छ ।’
परिवर्तनको अर्थलाई स्थापित गर्ने यो
निकै सशक्त भनाइ
हो ।
जसको आशय हुन्छ—
व्यवस्था परिवर्तन भनेको कुनै
व्यक्ति वा शासकको
मात्र परिवर्तन होइन । यो उपरिसंरचनाहरूको
मात्र परिवर्तन होइन ।
राजनीतिक परिवर्तन मुख्यतः राज्यसत्ताको परिवर्तन हो ।
अन्यथा परिवर्तनको गुदी छोडेर
बोक्रामा रमाउनुको के अर्थ ?
कुनै पनि देशका
समस्याहरू राजनीतिक व्यवस्थासँग मात्र सम्बन्धित हुँदैनन् ।
त्यसले संरक्षण गरेका अनेक
संरचनागत सत्ताहरूसँग सम्बन्धित
हुन्छन् । यसको
अर्थ राजनीतिक आन्दोलनले व्यवस्था परिवर्तन गरेर मात्र
पुग्दैन ।
संरचनागत सत्ताहरूमा परिवर्तन गर्नुपर्छ ।
हामीले व्यवस्था त परिवर्तन
गर्यौं तर अनेक
सत्तालाई हल्लाउन सकेनौं ।
जस्तो, जातको सत्ता उस्तै रह्यो ।
धर्मको सत्ता उस्तै रह्यो ।
लिंगको सत्ता उस्तै
रह्यो ।
भाषाको सत्ता उस्तै
रह्यो ।
सहरको सत्ता उस्तै
रह्यो ।
सम्पत्तिको सत्ता उस्तै
रह्यो ।
२०६३ को आन्दोलनले
राजनीतिक व्यवस्था त परिवर्तन गर्यो तर आर्थिक–सामाजिक सत्ता उस्तै रह्यो ।
व्यवस्था त बदलियो
तर सत्ताको चरित्र उस्तै रह्यो ।
परिणाम, एउटा राजा फालियो तर सयौं छोटे
राजा जन्मिए । राजा जन्माउने
अनेक सत्तालाई संरक्षण गरेर एउटा
राजा फाल्नुको के अर्थ ?
भनिन्छ, ‘सत्तालाई स्वरूपमा मात्र हेरेर
पुग्दैन । गुणमा
हेर्नुपर्छ ।’ जस्तो, बेलायतलाई
संसदीय प्रजातन्त्रको जननी मानिन्छ । बेलायत आर्थिक–सामाजिक
रूपमा समृद्ध मुलुक
हो ।
त्यही व्यवस्था भारतमा पनि
छ ।
अन्यत्र पनि छ । के बेलायतमा
सफल संसदीय लोकतन्त्रले
भारतमा उसरी नै
न्याय गरेको छ ? छैन ।
भारतको लोकतन्त्रले त्यहाँ हुर्कंदो
शोषण, विभेद र सीमान्तीकरणलाई अझै
तोड्न सकेको छैन । किन ? किनभने
भारतको सत्तासंरचना अभिजातमुखी र विभेदपूर्ण छ ।
त्यसैले किसानहरूसँग जमिन छैन । त्यसैले महिला, दलित र गरिबहरूको जीवन कष्टकर छ ।
त्यसैले धार्मिक अल्पसंख्यकहरू विभेदमा छन् ।
त्यसैले उत्पादनसम्बन्धहरू न्यायपूर्ण छैनन् ।
परिणाम, भारतमा संसारकै सबैभन्दा गरिब
मजदुर र धनी मालिकहरू बस्छन् । भारतको अनुभवले
भन्छ— ‘लोकतन्त्र भनेको चुनाव
मात्र होइन, सत्ताको लोकतन्त्रीकरण पनि हो ।’
विषयलाई बुझ्न
अमेरिका अर्को ताजा उदाहरण हुन सक्छ । जस्तो, अमेरिकामा प्रत्यक्ष निर्वाचित
कार्यकारी प्रमुख छन्, जो
सरकारप्रमुख र राष्ट्रप्रमुख दुवै हुन् । एउटै व्यक्ति
सरकारप्रमुख र राष्ट्रप्रमुख
हुँदा पनि अमेरिकामा
स्थिरता छ ।
लोकतन्त्र छ ।
र, निरंकुशता छैन ।
किन त्यस्तो ? किनभने
राज्यसत्ताको चरित्र राजनीतिक व्यवस्थाले मात्र निर्धारण गर्दैन ।
आर्थिक–सामाजिक संरचनाहरूले पनि निर्धारण
गर्छन् ।
राजनीतिक, आर्थिक र सामाजिक संरचनाहरू
लोकतान्त्रिक हुनासाथ व्यक्ति चाहेर पनि निरंकुश हुन सक्दैन ।
जस्तो, ट्रम्प ।
तर राजनीतिक, आर्थिक र सामाजिक सत्ता निरंकुश
हुनासाथ व्यक्ति जतिसुकै लोकतान्त्रिक भए पनि काम छैन ।
सबैलाई थाहा छ—
बंगलादेशमा दुई बेगमहरू छन् जो पालैपालो सरकार र सडकको मोर्चा सम्हाल्छन् ।
के त्यसो भए
बंगाली महिलाहरू सुखी छन् ? होइन, संसारका दुःखी महिला र गरिब
कामदारहरू बंगलादेशमै बस्छन् । महिला शासक
हुँदैमा महिलाहरू समृद्ध हुन्छन्
भन्ने पनि देखिएन । उता, त्यत्रो लामो आन्दोलनबाट स्थापित
म्यान्मार सरकारले अल्पसंख्यक रोहिंग्याहरूलाई संरक्षण गर्न सकेन ।
किन यस्तो भयो ? किनभने जनतालाई सुख, समृद्धि र परिवर्तन दिने कुरा
राजनीतिक व्यवस्थाले मात्र निर्धारण गर्दैन ।
कम्युनिस्टहरूमै पनि
फरक–फरक उदाहरण छन् । चीन, क्युबा, भियतनाम, उत्तर कोरियाजस्ता मुलुकमा
भन्नका लागि उस्तै कम्युनिस्ट व्यवस्था छ ।
क्युबामा दाजुको लामो
शासनपछि भाइ शक्तिमा
छन् ।
उत्तर कोरियामा नाति र
अन्य केहीमा पार्टी
नेताहरू ।
स्वरूपमा हेर्दा सबै
एकैखाले कम्युनिस्ट हुन् ।
तर चीन विश्वकै
महाशक्तिको दौडमा छ । भियतनाम कृषि उत्पादनमा
अब्बल बन्दै छ । तर उत्तर
कोरिया तनावमा छ । यसर्थ कम्युनिस्टहरूबीच
पनि फरक–फरक अनुभव छन् । जस्तो कि, शक्तिशाली
सोभियत संघ विघटन भयो । तर चीनको
विकासले चामोलोङ्मा छुँदै छ । प्रश्न आउँछ, त्यसो
भए फरक कहाँ छ ? खासमा कुनै पनि मुलुकको सफलता वा
असफलता त्यो मुलुकले अवलम्बन गर्ने राजनीतिक व्यवस्थामा मात्र निहित हुँदैन ।
मुख्य कुरा त्यो
मुलुकले अवलम्बन गर्ने राज्यसत्ताको
चरित्रमा भरपर्छ ।
आजको कुरा
दार्शनिक अभिमतले
भन्छ— वस्तुको भौतिक स्वरूपले चरित्रको निर्धारण गर्दैन ।
स्वरूपमा जतिसुकै रङरोगन गरे
पनि गुण वा
चरित्र पदार्थको प्रधान पक्ष हो ।
स्वरूप सहायक ।
यो अभिमत पदार्थमा
मात्र नभई व्यक्ति
स्वयं, समाज विज्ञान र राजनीतिमा पनि
लागू हुन्छ । आवरण हेरेर
न पुस्तकको चरित्र थाहा
हुन्छ, न त रङ हेर्दैमा कफीको स्वाद ।
फूलको सुगन्धले त्यसको गुण
निर्धारण गर्दैन ।
प्रश्न हामीले कत्रो
आन्दोलन गर्यौं भन्ने होइन ।
प्रश्न हामीले कस्तो
राजनीतिक व्यवस्था ल्यायौं भन्ने होइन । प्रश्न हामीले
ल्याएको राजनीतिक व्यवस्थाले के बदलाव
ल्यायो भन्ने हो । प्रश्न हामीले
हाम्रो परम्परागत सत्तालाई किन फेर्न
सकेनौं भन्ने हो ?
हाम्रा अगाडि अहिले
दुइटा बाटा छन् । पहिलो तत्कालीन राजनीतिक
घटनाहरूमा रमाउने । पुस ५
को प्रतिगमन सच्चियो भनेर हर्षबढाइँ
गर्ने ।
तमासा हेर्ने ।
पुराना दलहरूलाई गाली गर्ने
र उनीहरू नै
एक दिन सच्चिनेछन्
भनेर कामना गर्ने । यो यथास्थितिको
बाटो हो ।
यो बाटोमा हिँड्दा
कुनै जोखिम छैन । तर सत्ताको
परिवर्तन असम्भव छ ।
दोस्रो बाटो छ, राज्यसत्तालाई जनमुखी बनाउन
निरन्तर आन्दोलन गर्ने । राजनीतिक परिवर्तनलाई सत्ता र
संरचनाहरूसंग जोड्ने ।
जातको सत्ता बदल्ने । लिंगको सत्ता
बदल्ने ।
भाषाको सत्ता बदल्ने । सम्पत्तिको सत्ता ढाल्ने । यी अनेक
सत्तालाई लोकतान्त्रिक, जनमुखी र न्यायपूर्ण बनाउने ।
यो निश्चय नै
अप्ठ्यारो बाटो हो । तर यो
परिवर्तनको बाटो हो । यो सत्तालाई
बदल्ने बाटो हो । स्पष्ट छ, पटकपटक
एउटै बाटो हिँडेर नयाँ गन्तव्यमा पुगिँदैन ।
त्यसैले सत्ताको राजनीति बदलौं, धेरै पक्ष आफैं फेरिनेछन् ।
dahal.keshab@gmail.com