Tuesday, November 29, 2022

१४ जातिको नृत्यमाथि प्रतिष्ठानको अनुसन्धान

 १४ जातिको नृत्यमाथि प्रतिष्ठानको अनुसन्धान

Naya Patrika, २०७८ चैत ७ सोमबार

लोपोन्मुख नृत्यको संरक्षण गर्दै नयाँ पिँढीलाई ती नृत्यबारे जानकारी दिने उद्देश्यसहित गण्डकी प्रज्ञा प्रतिष्ठानले प्रदेशका १४ जातिको नृत्यमाथि अनुसन्धान सुरु गरेको छ प्रतिष्ठानले उपकुलपति गोरे गुरुङको संयोजकत्वमा उपसमिति बनाएर ती नृत्यहरूको अध्ययन अनुसन्धान सुरु गरेको हो

उपकुलपति गुरुङका अनुसार थकाली, कुमाल, छन्त्याल, माझी, गुरुङ, मगर, थारू, दरै, तामाङ, दुरा, ब्राह्मण तथा क्षेत्री, नेवार, दमाईं र गन्धर्व जातिको नृत्यको अध्ययन र अनुसन्धान सुरु भएको हो जसका लागि १४ जना अनुसन्धानकर्तालाई जिम्मा दिएको

अनुसन्धानकर्ताहरूले ३० चैतभित्र अनुसन्धान प्रतिवेदनसहितको सामग्री प्रतिष्ठानमा बुझाउनुपर्ने संयोजक गुरुङले जानकारी दिए अनुसन्धानकर्ताहरूले अक्षर भिडियोमा नृत्यको आवश्यक जानकारी संकलन गरिरहेका छन् छायांकन गर्नुपर्ने नृत्यका भिडियो २३ मिनेटदेखि दुई घन्टा ५८ मिनेटसम्मका हुने गुरुङले जानकारी दिए 

गुरुङका अनुसार प्राप्त भिडियो नयाँ पिँढीलाई देखाउन प्रतिष्ठानले श्रव्यदृश्य कक्षा तयार गर्न लागेको छ प्राप्त भिडियो लाइब्रेरीमा समेत राखिनेछ 

 

२० वर्षपछि ‘भोटे मेला’

 २० वर्षपछि ‘भोटे मेला’ 

 दुर्गालाल केसी

https://saptahik.com.np/culture/2020/02/27/20200227133710 

२० वर्षअघिसम्म भोटबाट घोडालाई नुन बोकाएर ल्याई तराईमा बेच्ने ‘भोटे’हरु दाङको तुलसीपुरस्थित पर्सेनीमा भेला भएर मेला भर्थे । नुन किन्न मानिसको भीड लाग्थ्यो । मेलामा घोडादौड हुन्थ्यो । धेरै दौडनसक्ने घोडा राम्रो मूल्यमा बिक्री हुन्थ्यो । जिल्लाभर भोटे मेला चर्चित थियो ।

सडक र सहरको विकाससँगै भोटेहरु दाङतिर झर्न छोडे । मेला पनि हरायो । तर, अहिले तीनै भोटेहरुको सम्झनामा शुक्रबार भोटेमेला मनाइएको छ । शिवरात्रिको अवसर पारेर तुलसीपुर–७ स्थित कालाखोलामा आयोजना गरिएको मेलामा स्थानीयको उल्लेख्य सहभागिता थियो ।

इतिहास सम्झने प्रयास स्वरूप मेला आयोजना गरिएको तुलसीपुर उपमहानगरपालिका प्रमुख घनश्याम पाण्डेले बताए । आगामी वर्षमा पनि यस्तो मेलाको आयोजना गर्ने योजना भएको तुलसीपुर–७ का वडा अध्यक्ष टोपबहादुर केसीले बताए । २०५६ सालदेखि उक्त मेला आयोजना भएको थिएन ।

Saturday, November 19, 2022

THE MYSTERIOUS SKY CAVES OF NEPAL

 



THE MYSTERIOUS SKY CAVES OF NEPAL

THE SKY CAVES OF NEPAL, ALSO KNOWN AS THE MUSTANG CAVES, REFERS TO 10,000 ARTIFICIAL CAVES CONSTRUCTED IN THE MUSTANG DISTRICT OF NEPAL.

The region was formerly the Kingdom of Lo, with the capital located at Lo Manthang until the kingdom was annexed by Nepal during the 18th century AD.

The caves were carved into a steep cliff face 155 feet above the valley basin, overlooking the present-day village of Samdzong near the Kali Gandaki River in Upper Mustang.

The caves have been divided into three distinct periods of occupation, with the earliest period dating from around 1000 BC when they were used for human burials.

Some later burials, dating from the 3rd to the 8th centuries AD shows evidence that may be related to the Buddhist practice of sky burials (a funeral practice in which a human corpse is placed on a mountaintop to decompose while exposed to the elements or to be eaten by scavenging animals).

During the 10th century AD, the region saw a period of instability due to localized conflicts. Numerous dwellings were carved into the cliff face for protection, with some burial caves repurposed for habitation.

By the 12-15th century AD, the caves were used as meditation chambers, with archaeologists discovering several Buddhist paintings, sculptures, artifacts, and manuscripts containing writings from both the Bon religion and Buddhism.

Recent DNA studies have shed some light on the mystery of the first cave builders, suggesting that early inhabitants came from the East-Asian populations of the Tibetan plateau and closely resemble the genetic profile of the modern-day Sherpa and Tibetan populations that inhabit the region of Mustang today.

https://www.heritagedaily.com/2020/09/the-mysterious-sky-caves-of-nepal/134980

हराउँदै फेरी संस्कृति


 हराउँदै फेरी संस्कृति

मंसिर २, २०७९डम्बरसिंह राई, Kantipur

खोटाङ — दिप्रुङ चुइचुम्मा–४ बतासेका ६१ वर्षीय जगतबहादुर जोगी फेरी लगाउन थालेको ४० वर्ष भयो कात्तिक, चैत र साउनमा फेरी लगाउने परम्परा छ यो बेला भैरुङ कुल देवताथानमा राखिएको बराठ बाजालाई पूजा आराधना गरेर फेरी लगाउन सुरु गरिने उनले बताए 

घरवालालाई रक्खे (रक्षा) होस्, चिताएको पुगोस्, भुत पिसाचले दुःख नदिओस् भनेर जप गरिन्छ’ जगतबहादुरले भने रातीको जपन पछि घरवालाले बिहानपख इच्छा गच्छे अनुसारको सिदा दिने चलन चामल, घिउ, नुन, तेल, पैसा दिने गरिन्छ उहिले–उहिले ओखर, कालो मास, कालो तिल, कालो धान, कालो कपडा, फलामको हतियारसहित भेटी दिने चलन भए पनि अहिले फेरिएको उनले सुनाए

उनले खोटाङको साकेला गाउँपालिकामा छ रात, दिप्रुङ चुइचुम्मामा १० रात, खोटेहाङमा ७ रात फेरी लगाउने गरेको बताए यसबाहेक अन्य जोगीले पनि फेरी लगाउँछन् भोजपुरको सिक्तेल, दावा, चिसापानीको खुटालगायतका जोगीले फेरी लगाए पनि अहिले भने कमैले मात्र यो काम गर्ने गरेको उनले बताए अहिले एकाधले यो परम्परा धानिरहेका भेटिन्छन्

जोगीलाई माग्ने ठानेर सम्मान नगरिने हुनाले कसैले चासो दिँदैनन्,’ उनले भने, ‘अब लोप भएर जाने भो।’ पृथ्वीनारायणले सूचना दिने कर्मचारीको रूपमा जोगीलाई नियुक्त गरेको र पछि संस्कृतिको रूपमा विकास भएको संस्कृतिविद् एवं मावनशास्त्री तथा समाजशास्त्री डा. विष्णु राईको भनाइ छ

प्रकाशित : मंसिर २, २०७९ ०७:५३

Friday, October 07, 2022

नेपाल-चीन सम्बन्ध बढाउने उपन्यास ‘रुइबा’

 नेपाल-चीन सम्बन्ध बढाउने उपन्यास ‘रुइबा’

Kantipur, आश्विन १९, २०७९गणेश राई

काठमाडौँ — गैरआवासीय नेपाली लेखकद्वारा लेखिएको सर्वोत्कृष्ट कृतिलाई ‘अरनिको अन्तर्राष्ट्रिय पुरस्कार’ प्रदान गरिँदै आएको छ । सन् २०२२ का निम्ति छनोटमा परेका पाँच उत्कृष्ट कृतिमध्ये ‘रुइबा’ उपन्यास एक हो । उपन्यासकार हुन्– चेतनाथ आचार्य, जो पत्रकार हुन् । बेइजिङमा रहेर पत्रकारिता गर्छन् 

पछिल्लो कालमा लेख्नका लागि लेख्ने र पुस्तक छाप्ने परम्परा बढेको छ । तर केका लागि, किन लेख्ने स्पष्ट भएपछि लेखिएको कृति हो– रुइबा । नेपाली चेली चीनको जेलमा सन् २००६ अक्टोबरदेखि थुनिएका छन् । चीन पुग्न सजिलो छैन । चीनको जेलमै थुनिएका मान्छेलाई अर्को नेपाली अर्थात् जेलमा बसेका मान्छेको आफन्तले भेट्न सक्ने कुरै रहेनछ । धन्न चीनमै कार्यरत नेपाली पत्रकार/लेखकले त्यो मौका पाएकाले लेखिएका हुन्– रुइबा । समाचार लेख्दा बढीमा हजार शब्द हुन्थ्यो । तर सिंगो कथा उधिन्न लामै शब्द उन्नुपर्ने हुन्छ । यसरी रुइबा ६५ हजारभन्दा बढी शब्दमा उनिएको छ 

औपन्यासिक सूत्रमा बााधिएको ‘रुइबा’मा न्याउलीको एकल कथामात्र छैन । सिंगो बौद्धमार्गी तामाङ जातिको भाषा, संस्कृति, लोकपरम्परा बोकेको छ । रुइबा बुद्ध धर्म र तामाङ संस्कृतिको लुङ्दरले बेरिएको छ । ‘रछ्छे गर ल्हापसाङकर्पो !’ अर्थात् आपतविपतको बेला उही गणेश हिमाल पुकार्ने समुदायको प्रतिनिधित्व छ । देश नेपालको धादिङ जिल्लाको उत्तरी भेग रुबिभ्याली आसपासको जनजीवन छ, जसलाई ‘पाबाङ गाउा’ उपनाम दिइएको छ । न्याउलीलाई भेट्न पत्रकार जब जेलमा पुग्छन्, त्यसपछि बक्न थाल्छिन् आफ्नो कथाव्यथा । सररर रिठ्ठो नबिराई बहदेखि गाउँघर, गोठ, मेलापातको गोहोसम्म बक्छिन् । र भन्छिन्- ‘जसको नुन खायो उसैको कुभलो चिताउन आमा र लामाले कहिल्यै सिकाएनन् ।’

दोर्जेकी प्रियतमा हुन्, न्याउली । दोर्जे मामाका छोरा र न्याउली फुफुकी छोरी । आपसमा विवाह गर्न पाउने सामाजिक परम्परा छ, त्यही फेरोमा दोर्जे र न्याउली पनि दाम्पत्यमा बाँधिए । दुर्गम पहाडी ग्रामीण जनजीवनको व्याख्या गरिबीबाट सुरु हुन्छ । गरिबीसँग टाासिएका अनेक लिखाहरू प्याट्ट–प्याट्ट कोरलिएर मान्छेका सपनाहरू तुहाइदिन्छन् 

मायाले संसार नथाम्ने भएपछि दोर्जे वैदेशिक रोजगारीमा जानैपर्ने बाध्यताले गाँज्यो । मेनपावरले कालोबजारी गरेपछि छातीको कालो दाग लिएरै दोर्जे त्रिभुवन अन्तर्राष्ट्रिय विमास्थलाबाट बाहिरिए । नाबालक छोरा मंगले र गर्भवती पत्नीलाई छोडेर हिँडेका दोर्जे मलेसिया पुगे । बिहे भएको तीन वर्ष नपुग्दै बाध्यताले टाढिए, दोर्जे र न्याउली । त्यही बेलादेखि न्याउलीको जिन्दगीमा तुषारापात सुरु भएको हो । यता न्याउलीले एक सोमबार छोरी जन्माइन् । नाम जुर्‍यो– सोममाया 

घरबारी उकास्न, साहुको ऋण फच्चे गर्न विदेश गएका दोर्जेको उता मलेसिया पुगेको केही महिनामै प्राणपखेरु उड्यो । त्यसपछि त न्याउलीको जीवनधरा हिउँले पुरियो । सेताम्मे हिउँ पन्छाउादै घामको न्यानो खोज्ने क्रममा न्याउली १६ वर्षदेखि हालसम्म चीनको जेलमा छिन् । उनलाई स्याउ न्याओ भनेर बोलाइन्छ । उनको शारीरिक रूपरंग चिनियाँजस्तै हुनु र न्याउलीको अर्थ सानी चरी हुने भएकाले उनलाई जेलभित्र ‘स्याउ न्याओ’ भनिएकी हुन् 

कारुणिक उपन्यासमा न्याउली तामाङको जीवनकथा उनिएको छ । न्याउलीको जन्म २०३७ चैतमा भएको हो । उपन्यास आत्मपरक शैलीमा लेखिएको छ । चिनियाा काउथे रेल जति द्रूत गतिमा कुद्छ, त्यत्तिकै गतिमा न्याउली अर्थात् स्याउ न्याओको आत्मकथा कुदेर पाठकको मनोआइल्यान्डमा बस्छ । चीनको सछ्वान प्रान्तको कुनै जेलमा पुर्‍याउाछ, जहाा अहिले पनि न्याउली न्यायको पर्खाइमा छिन् 

लौ हाम्रो छोरी तिम्रो हातमा सुम्पेका छा । यसको रुई (हड्डी) र थरबाहेक आपाको रगत र आमाको रगत आजुदेखि तिम्रो भोयो । यसको रुइबा (वंश) माइतीकै अधिनमा रहन्छा । कालगतिले वा आगातिले मरेमा माइतीलाई रुई फिर्ता हुनुपर्छा ।’ न्याउलीलाई दोर्जेको हात सुम्पिदा भनेका थिए, आकु र आपाग्रेनले । त्यही नामबाट उपन्यासको नाम रहेको हो– रुइबा अर्थात् वंश 

सोममायाको कथा बेग्लै छ । न्याउली दु:खको गााठो फुकाउन सानी छोरीलाई काखी च्यापेर सहर छिरिन् । विशाल काठमान्डु सहरको एउटा सानो होटल साउनीको शरण लिन पुगिन् । छुच्ची साउनीको पिटाइबाट नाबालिका सोममाया थलिइन् । ज्वरोले निस्लोट छोरी बोकेर आलापविलाप गर्दै सडकमा भौतारिरहेकी न्याउलीले त्यही होटलबाट भागेर खलासी बनेका केटो विकासलाई भेट्नु, अस्पताल पुर्‍याएर उपचार गराउनु अविष्मरणीय छ । डाक्टरी उपचारपछि छोरी तङ्ग्रिन्छे । यसपछि न्याउलीले कसैको भनाइमा बालमन्दिरमा ती नाबालिका छोरीलाई बुझाएकी हुन् । अनि फुक्काफाल बनेकी न्याउली महिला अधिकारकर्मीका रूपमा परिचित दयादिज्यू, देवीदिज्यूको उद्धारमा पर्छिन् । तिनै दिज्यूले सिकाएको सभ्यताको पाठ घोक्न खोज्दा नेता, मन्त्रीका बाहुपासमा पठाइन्छन् । उद्धारको नाममा गरिने त्यसखाले हर्कतबाट न्याउली भाग्छिन् 

न्याउली र दोर्जेका छोरा मंगले, जो पाँच वर्षको हुादा पाबाङ गाउँमै छाडिए । उनी त्यतैतिरै छन् । न्याउलीले अढाइ वर्षकी छोरी सोममायालाई बालमन्दिरमा बुझाएकी थिइन्, उनी यतिखेर जर्मनीमा कुनै विदेशी आमाको साथमा छिन् । उमेरले ४१ न्याउली चीनको जेलमा मुक्तिका दिन कुरिरहेकी छिन् । न्याय दिलाउन सछ्वान प्रान्तका वकिलद्वय मिन यी न्याउलीको पक्षमा र क्वो ली मदन तामाङको पक्षमा मुद्दा लडिरहेका छन् । न्याउली सम्भवत: सन् २०२३ मा जेलबाट छुट्ने छिन् । त्यसपछि यही संसारको कुनाकाप्चामा रुमलिरहेका न्याउली र उनका कोखेसन्तान मंगले र सोममाया आपसमा भेट गर्न/गराउन सकिनेछ । त्यतिखेर यी तीन प्राणी मरिकुच्चे जिन्दगीको चौतारामा बिसाएर अकल्पनीय विरह पोख्न सक्नेछन् । उतिबेला यो उपन्यास पढेका हामी पाठकले उही पत्रकार चेतनाथ आचार्यबाट लिखित न्याउली स्वतन्त्रताको समाचार पढ्न पाउने प्रतीक्षामा छौं 

नेपाली उखान छ– उपियाँ उफ्रेर जान्छ, उडुसको काल । न्याउली एक उडुस हुन् जो आदिवासीय गन्ध उनको आङमा काई परेको छ । दोर्जेलाई विदेश पठाउने सेते तामाङ, तिनका सहयोगी टिमुरेहरू समाजमा निर्धक्क छाती फुलाएर हिंडिरहेका छन् । ‘सपनामा सिन्डेले र विपनामा सेतेले बारम्बार सताउँथे । पीर बोक्ने सिन्डे र गाउँका युवा खेप्ने सेते दुवै डरलाग्दा थिए ।’ प्रसंग छ । धेरै पैसा कमाउन सकिन्छ भनेर न्याउली र मदनजस्ता निम्छरा मान्छेलाई लागूपदार्थ हिरोइन निल्न लगाएर, अझ यौनाङ्गमा राख्न लगाएर एयरपोर्टबाट छिराउँछन्, अपरिचित देशतर्फ । अन्तत: जेलको बास त्यही निरीहहरू बस्छन् । उपियाारूपी विनोदजस्ता तस्करहरू सधैं उम्किन्छन् । उफ्रेर जान्छन् । राज्यको कुनै कानुनले बाँध्न सक्दैन । उल्टै कानुन बनाउनेहरूको साथ लिएर खुलेआम भइरहन्छन् 

नेपालको भ्रष्ट राजनीति, आडम्बरको मजेत्रो ओडेर गरिएको अमानवीय कर्तुत, मानव तस्करीको जालो, सधैं दक्षिणतर्फ मात्र देख्ने आँखा उत्तरतर्फ पनि मोड्न कर लगाएको छ, कथावस्तुले । उपन्यासभित्र उपकथा धेरै छन् । मूलकथाले नेपाली समाज अझै उकालो लाग्न न्याउलीहरूको आयुले नपुग्ने स्पष्ट संकेत दिएको छ 

फिनिक्स बुक्सले २०७८ असोजमा प्रकाशित गरेको यस उपन्यास सीमित विषयमाथि गहन र मिहिन अध्ययनको निचोड हो । यसमा प्रयुक्त तामाङ मातृभाषा र नेपाली भाषालाई स्थानीय लवजमा जस्ताको तस्तै प्रयोग गरिनु मुख्य विशेषता हो । यसैगरी चिनियाँ संस्कृति, परम्परा, स्थानीय शब्दको प्रयोग उत्तिकै जीवन्त तुल्याएको छ । यद्यपि नेपाली पाठकले ती शब्दको अर्थ खुट्याउान सक्दैनन् 

साहित्यिक आधारभूमिले नेपाल–चीनबीचको सम्बन्धलाई जोडेको छ । औपन्यासिक कथावस्तु पत्रकारीय शैलीमा अभिव्यक्त भएकाले पाठकलाई प्रत्येक विषय स्पष्ट बुझेर, मनन् गराएर आँसुको संवेगमा बहाउन सफल छ । लेखक तथा उपन्यासकारको छैटौं कृति भएकाले पनि उधुमै खोट लगाउनुपर्ने ठाउँ रहेन । रुइबाले नेपाली उपन्यास साहित्यमा यस कृतिले एक आयाम थपेकोमा औधी खुसी लागेको छ 

 

किरातको इतिहास : को हुन् किरात राई ?

  किरातको इतिहास : को हुन् किरात राई ? डा. भक्त राई , लोकपाटी न्यूज ६ माघ २०७६ , सोमबार किरात शब्द अनेक जातिहरूलाई बुझाउने पुञ्ज हो। कि...