Showing posts with label Archaeology. Show all posts
Showing posts with label Archaeology. Show all posts

Saturday, November 19, 2022

THE MYSTERIOUS SKY CAVES OF NEPAL

 



THE MYSTERIOUS SKY CAVES OF NEPAL

THE SKY CAVES OF NEPAL, ALSO KNOWN AS THE MUSTANG CAVES, REFERS TO 10,000 ARTIFICIAL CAVES CONSTRUCTED IN THE MUSTANG DISTRICT OF NEPAL.

The region was formerly the Kingdom of Lo, with the capital located at Lo Manthang until the kingdom was annexed by Nepal during the 18th century AD.

The caves were carved into a steep cliff face 155 feet above the valley basin, overlooking the present-day village of Samdzong near the Kali Gandaki River in Upper Mustang.

The caves have been divided into three distinct periods of occupation, with the earliest period dating from around 1000 BC when they were used for human burials.

Some later burials, dating from the 3rd to the 8th centuries AD shows evidence that may be related to the Buddhist practice of sky burials (a funeral practice in which a human corpse is placed on a mountaintop to decompose while exposed to the elements or to be eaten by scavenging animals).

During the 10th century AD, the region saw a period of instability due to localized conflicts. Numerous dwellings were carved into the cliff face for protection, with some burial caves repurposed for habitation.

By the 12-15th century AD, the caves were used as meditation chambers, with archaeologists discovering several Buddhist paintings, sculptures, artifacts, and manuscripts containing writings from both the Bon religion and Buddhism.

Recent DNA studies have shed some light on the mystery of the first cave builders, suggesting that early inhabitants came from the East-Asian populations of the Tibetan plateau and closely resemble the genetic profile of the modern-day Sherpa and Tibetan populations that inhabit the region of Mustang today.

https://www.heritagedaily.com/2020/09/the-mysterious-sky-caves-of-nepal/134980

Sunday, March 15, 2020

हरायो मौलिकता, छैनन् बर्सादी


हरायो मौलिकता, छैनन् बर्सादी
नेपालगन्जमा कुनै बेला बर्सादीको बेग्लै महत्व थियो, आधुनिक सहरभित्र आज यो गुमनाम छ । मुगल शैलीका घर पनि यहाँ हराइसके ।
फाल्गुन २२, २०७६मधु शाहीरूपा गहतराज
(बाँके) — कुनै समय नेपालगन्जवासीलाई छाताको आवश्यकतै पर्दैनथ्यो चाहे त्यो मुसलधारे झरीको बेला होस् या टन्टलापुर घाम लाग्दा । उनीहरू घर–घरमै बनेका बर्सादीले छाताको आवश्यकता पूरा गर्थे गगनगन्जका ६० वर्षीय राजेन्द्र शर्मा सानैमा स्कुल जाँदा बर्सादीमै ओत लाग्दै घर आउने गरेको सम्झन्छन् उनले भने, ‘अचेल सामान्य बिसौनीसमेत पाउन मुस्किल छ
साहित्यकार एवं पूर्वप्राज्ञ सनत रेग्मी उतिबेला बडाहाकिम प्रकाशशमशेर राणाले बर्सादीसहितको घरको डिजाइन बनाउन लगाएको सम्झन्छन् प्रकाशशमशेर लखनउ घुम्न गएका बेला यस्ता डिजाइनका घर देखे पानीमा ओत लाग्ने टाढाबाट आउने व्यापारीलाई आश्रयसमेत हुने देखेर उनले नेपालगन्जमा यस्तै शैलीका घर बनाउन आदेश दिएको रेग्मीले सुनाए ‘बर्सादीभित्र पसल हुन्थ्यो,’ उनले भने, ‘पहाडदेखि आउने हटारू हप्तौं त्यहीँ बसेर व्यापार गर्थे

अचेल नेपालगन्ज आधुनिक सभ्यतातिर लम्किएको छ कच्ची सडक पिच भए झुप्रा घर बिल्डिङमा परिणत भएतर बर्सादीको मौलिकता आधुनिक सहरभित्र गुमनाम पुराना संरचनामा बनेका मुगल शैलीका घरसमेत हराउन थालेका छन्। संस्कृतविद् सच्चिदानन्द चौवेका विचारमा सहरको सभ्यता त्यहाँ बनेका प्राचीन भवनका शैलीले झल्काउँछ मौलिकतालाई मासेर भन्दा पनि जोगाएर आधुनिक सहर बनाउनुपर्ने हो जब सडक निर्माण गर्ने धुनमा नेपालगन्जको प्राचीन व्यापारिक बजार सदरलाइनका बर्सादी घर भताभुंग भए, त्यसपछि उनी मौन छन् भारतको लखनउदेखि मुस्लिम मिस्त्री बोलाएर घर बनाउन लगाइन्थ्यो त्यतिबेलाको मुगल शैलीका आकृति ऐतिहासिक थिए यद्यपि, आधुनिक सहरभित्र केही प्राचीन भवन भने अझै बाँकी छन्

त्रिभुवन चोकस्थित पुरानो घर, जहाँ मुगल कलामा सन् १९५० लेखिएको छ । तस्बिर : मधु/कान्तिपुर

नेपालगन्जको अत्याधुनिक बजार त्रिभुवन चोकदेखि अलिकति भित्र जाने हो भने त्यहाँ तीनवटा प्राचीन घर छन् घरका भित्ता मुगल शैलीका बुट्टाले सजिएका छन् सन् १९५० मा बनेको यो पुरानो भवनले नेपालगन्जको प्राचीन अवशेष बाँकी रहेको महसुस गराउँछ यस घरमा वृजराज गुप्ताको चार पुस्ता समेटिएको ५२ वर्षे गुप्ताका अनुसार उनका जिजुबुबाले यही भवनमा कपडा पसल गर्थेर् रुकुम, सल्यान, रोल्पा, दाङ, धनगढी, हुम्ला, जुम्ला, दैलेखदेखि खाद्यान्न लिएर बेच्न आउने हटारु यही बर्सादीमा बस्थे हप्तौंसम्म बसेर पहाडबाट ल्याएको घिउ, मह, जडीबुटी साटेर कपडा र नुन लिएर जान्थे चार पुस्ता पुरानो घर जोगाउन उनलाई अहिले हम्मेहम्मे भएको

बाँके सन् १८५७ मा भारतको लखनउमा भएको सैनिक विद्रोह दबाउन श्री ३ महाराज जंगबहादुर राणाले ब्रिटिसलाई सहयोग गरेपछि पाएको कोसेली स्वरूपको नयाँ मुलुक हो नेपालको हुनुअघि यो ठाउँ भारतको उत्तर प्रदेशको तुलसीपुर बलरामपुरअन्तर्गत थियो अंग्रेजहरूको समयमा तुलसीपुर राज्य थियो पछि रामपुर राज्य बन्यो अड्डा कारिन्दा यहाँ आएर बस्थे अहिले त्रिभुवन चोक जहाँ , त्यहाँ तुलसीपुर स्टेटको ‘कोतवाली’ थियो गोलो परिधिमा जम्मा वटा भवन थिए साना दुई भवनमा पुलिस बस्थे बजार थिएन चौवेका अनुसार उतिबेला घर डिजाइनमा बर्सादी अनिवार्य थियो अगाडिको भागमा पानी ओत लाग्ने बर्सादी बनाएर पछाडि घर निर्माण गरिन्थ्यो

विसं २००० तिर यहाँ तीन सयजति घर थियो व्यापारका दृष्टिले त्रिभुवन चोकमात्रै थियो अन्य ठाउँ पोखरी तलाउले भरिएका थिए मारवाडी समुदाय व्यापार गर्न आएपछि यहाँको बस्ती बढ्न थालेको संस्कृतिविद् चौवेले बताए

भारतले बाँके जिल्ला नेपाललाई फिर्ता गरिदिएपछि नेपालगन्जको मुख्य बजार नै त्रिभुवन चोक बन्यो विसं १९९० मा यस चोकको नाम जुद्धशमशेर राखियो जुद्धशमशेरकै अष्टधातुको सालिक निर्माण गरियो २००७ को क्रान्तिताका आन्दोलनकारीले सालिक तोडफोड गरे ‘जुद्धशमशेरको सालिक भाँचिएर श्रीपेच भुइँमा खसेको थियो,’ संस्कृतिविद् चौवेले भने, ‘झन्डै सय तोला सुनजडित श्रीपेच केही दिन त्यहीँ रह्यो, पछि त्यो कसले लग्यो लग्यो ।’ त्यसपछि ट्राफिक चोक बनाइयो पूर्णमान आजाद श्रेष्ठ मेयर भएका बेला त्रिभुवनको सालिक राखी त्रिभुवन चोक नाम राखियो सशस्त्र द्वन्द्वका क्रममा त्रिभुवन चोक भत्काइयो अहिले यो चोक सालिकविहीन

बर्सादीसहितको सय वर्षपहिलेको घर । तस्बिर : मधु/कान्तिपुर
सालिकझैं नेपालगन्जका प्राचीन संरचना पनि गुम्दै गएकामा पाको पुस्ता चिन्तित छ नेपालगन्ज उपमहानगरपालिका–४ गगनगन्जका राजेन्द्रकुमार शर्माले केही महिनाअघि पुर्ख्यौली घर भत्काए घरको अघिल्लो भाग मुगल शैलीको थियो मसिना बुट्टाले चिटिक्क सजिएको भित्ता फाल्न उनलाई मन थिएन एकताका उनको त्यही घरको डिजाइन हेर्न पर्यटकको भीड लाग्थ्यो ‘बाजेले बनाएको घर, साह्रै ऐतिहासिक थियो,’ उनले भने, ‘टुरिस्टले फोटो खिचेर लान्थे।’ अहिले भत्काएर आधुनिक घर बनाएका छन् पुरानो आवरण जोगाइराख्न मिहिनेत लाग्छ पैसा पनि उत्तिकै खर्च हुन्छ नगरपालिकालाई शर्माले सहरको सभ्यतासँग जोडिएकाले सहयोगको अपिलसमेत गरेका थिए जवाफ सकारात्मक नपाएपछि बाध्य भएर पुर्ख्यौली घर भत्काउनुपरेको उनी सुनाउँछन् ‘रोम, रुस, इटालीजस्ता देशमा पुराना घरका संरचना सरकारले नै जोगाउँछ,’ उनले भने, ‘हामीकहाँ कसैलाई मतलब छैन।’ नेपालगन्जमा के हेर्न आउने भन्ने विषय बिस्तारै हराउँदै गएको राजेन्द्रकी छिमेकी सुनिता सुनारले बताइन्

उनको घर पनि अहिले जीर्ण छ बाजेको पालामा बाटो हिँड्ने बटुवाले समेत फर्कीफर्की घरमा नजर लगाउँथे रे त्यसको ठिक अगाडि डेढ सय वर्ष पुरानो घर , ढल्न लागेको त्यो पनि उनकै हो सुनिता अविवाहित हुन् दाजुसँग अंशबण्डा गर्दा उनको भागमा बाबाको घर पर्‍यो दुईतले पुर्ख्यौली घर उनी सम्हाल्न सक्दिनन् छतका भित्ता उक्किएका छन् नेपालगन्जको ुरानो टोल एकलैनीमा अझै पनि यस्ता सय वर्ष पुराना घरका अवशेष बाँकी नै छन्

जानकी गाउँपालिका, बनियाँगाउँमा विजय बर्माको सय वर्ष पुरानो पुर्ख्यौली घर छ विसं १८६० मा बनेको यो घरमा बेखाबखत फिल्म सुटिङ हुने गर्थ्यो अहिले यो जीर्ण बर्माका अनुसार नेपालगन्जका प्राचीन घर भारतको मुगल कलाशैलीबाट प्रभावित छन् नेपालगन्जको राज भवन, मेघालय, ओमजंग राणाहरूको कोठी, पुराना जमिनदारका केठी मुगल शैलीमा बनेका हुन् पहिलेका घरको संरचना देखाएरै पर्यटक भित्र्याउन सकिने बर्माको ठम्याइ ‘तर, सहरको मौलिकता गुम्दै छ,’ उनले भने ७८ वर्षे जगदीशप्रसाद शुक्लाका अनुसार नेपालकै पुरानो सहर नेपालगन्जमा एकातिर नेपालको मौलिकता भने अर्कोतर्फ भारतको लखनउ मुगल शैलीको प्रभाव यी दुवै सभ्यता संस्कार मिश्रित समाजलाई जोगाउन सके पर्यटकले हेर्नलायक प्रशस्त ठाउँ पाउने उनले बताए ‘पर्यटक आकर्षण गर्न यहाँको मौलिकता जोगाउनुपर्छ,’ उनले भने, ‘नभए के देखाउने पर्यटकलाई?’

पूर्वप्राज्ञ सनत रेग्मीले आफ्नो पुस्तक ‘सद्भावको नेपालगन्ज’ मा समेत नेपालगन्जको मौलिकता हराउँदै गएकामा चिन्ता पोखेका छन् उनका अनुसार आधुनिक सहरको विकाससँगै यहाँको मौलिकता अवशेषको रूपमा छ अटोरिक्साको भीडमा फाट्टफुट्ट टाँगा चलेको देखिन्छ खास गरी घुम्न आउने पर्यटक भारतको सीमा रुपैडियातर्फ लाग्ने पहाडिया टाँगा चढ्छन् त्यसो कुनै बेला टाँगा नै यहाँको मुख्य यातायातका साधन थिए नेपालगन्जदेखि रुपैडिया व्यापार गर्न टाँगा र एक्काको प्रयोग हुन्थ्यो रेग्मीका अनुसार राणाकालीन समयमा वर्ग विशेष अनुकूल आकर्षक घोडा ल्याइन्थ्यो बिस्तारै सडकको विकाससँगै एक्का टाँगा संस्कृति लोप हुँदै भेरी अस्पतालको छेउमा टाँगा स्टेसन नै ‘त्यहाँ अचेल रिक्साकै भरिभराउ देखिन्छ,’ रेग्मीले भने, ‘नेपालगन्ज चिनाउने टाँगा संस्कृति पनि हो यसलाई जोगाउन सके पर्यटक केन्द्र बन्ने सम्भावना ।’


अवधी जीवनशैली
नेपालगन्जको जीवनशैली, रहनसहन, भाषा, भेषभूषा र सभ्यता मूलतः अवध संस्कृतिमा केन्द्रित छ संस्कृतविद् चौवेका अनुसार अवध भनेको ‘वध’ नगर्नु हो जहाँ हिंसा हुँदैन, त्यहाँको समाज अवध हो माछामासु नखाने, धोती, कुर्ता, सारी लगाउने र कृषिमा आधारित जीवनशैली रहेको नेपालगन्ज बिस्तारै फेरिँदै छ यहाँ बोलिने अवधि भाषामा समेत मिसावट देखिन थालेको उनले बताए सयम परिवर्तनसँगै नेपालगन्ज व्यापारको केन्द्र बन्न पुग्यो जहाँ मुस्लिम समुदाय, काठमाडौंका नेवार, सुदूरपश्चिमका पहाडिया सबै आएर बसोबास गर्न थाले

जसले गर्दा भाषासँगै जीवनशैलीमै परिवर्तन देखिएको छ ‘अब शुद्ध अवधी बोल्ने कमै भेटिन्छन्,’ उनले भने, ‘जुन जहाँबाट आए त्यही भाषा बोल्छन्, मिसमास भएको छ।’ उनलाई सम्झना भएसम्म बिहेमा चार दिनसम्म वरात चल्थ्यो अहिले एकै दिनमा सकिन्छ ‘घर आँगनमा बिहे नगर्दासम्म पवित्र मानिँदैनथ्यो,’ उनले भने, ‘अचेल पार्टी प्यालेसको आकर्षण बढ्दैछ,’ उनले भने, ‘साउन महिनामा रुखभरि झुला (पिङ) हुन्थे महिलाहरू पिङ खेल्थे भने पुरुष कुस्ती खेल्थे ठूलठूला पीपलका रुखका सट्टा बिजुलीका पोलमात्रै देखिन्छन्।’

जुँगे महादेवको आकर्षण
नेपालगन्ज घुम्न आउने जो कोहीका लागि बागेश्वरी मन्दिर पहिलो रोजाइमा पर्ने गर्छ धार्मिक, सांस्कृतिक रूपमा मात्रै होइन, पर्यटकीय गन्तव्य नै बनेको छ बागेश्वरी मन्दिर पहिला खरको झुप्रोमा थियो विसं २०१८ सालमा यसलाई व्यवस्थित गरियो पुरानोलाई भत्काएर तलैपिच्छे प्यागोडा शैलीमा बनाइयो

बागेश्वरी मन्दिर पश्चिम नेपालको प्रमुख शक्तिपीठमध्येमा पर्छ मन्दिरका महन्त हरिहरनाथ योगीका अनुसार, यहाँ सतीको जिब्रो खसेकाले यो शक्तिपीठको नाम पहिला वाक्येश्वरी थियो पछि अपभ्रंश हुँदै बागेश्वरी भएको हो मन्दिर परिसर अगाडि ठूलो तलाउ तलाउका बीच भागमा जुँगा भएको खड्गेश्वर महादेवको मूर्ति छ जसलाई जुँगे महादेव भनिन्छ बागेश्वरी सबैको विश्वास आस्थाको धरोहर मानिन्छ नेपालका मात्रै होइन, बर्सेनि ठूलो संख्याका भारतीयले मन्दिरमा पूजा गर्छन् कतिपयले मन्दिरमा आएर जिब्रो चढाउँछन् विशेष गरेर नवरात्रिमा नेपाल र भारतबाट आएका दर्जनौंले जिब्रो छेड्ने गर्छन् नेपालगन्जका सूर्यलाल गुप्ता (फेटेरा) ले जिब्रो नै काटेर चढाएको महन्त योगीले सुनाए

बिरयानीको स्वाद
सीमासँग जोडिएको सहर भएर होला भारतीय परिकारको प्रभाव नेपालगन्जमा पनि देख्न पाइन्छ िरयानी नेपालगन्जको नाम चलेको परिकारमध्ये एक हो मुस्लिमहरूको मुख्य परिकारको रूपमा चिनिने बिरयानी चामल मासु मिसाएर बनाइन्छ नेपालगन्जमा मुवारक बिरयानी चर्चित बिरयानी धेरै ठाउँमा पाइने भए पनि पकाउने व्यक्तिको कौशलका आधारमा स्वाद फरक हुने गरेको गत वर्ष नेपालका लागि अमेरिकी राजदूत र्‍यान्डी बेरी नेपालगन्ज आउँदा मुवारक बिरयानीको स्वाद लिएको विषयले निकै चर्चा पायो
यो मेरो व्यवसाय मात्र होइन, नेपालगन्जलाई चिनाउने जिम्मेवारी पनि हो,’ मुबारक बिरयानीका सञ्चालक मुबारक अलि अन्सारीले भने, ‘स्वादको गुणस्तरमा कुनै कन्जुस्याइँ गर्दिनँ तेलदेखि मासु होस् वा चामल, उच्च गुणस्तरकै हुन्छ।’

रावडी
दूधबाट बनेको विशेष परिकार हो, रावडी बिलकुलै प्राकृतिक तरिकाले यो परिकार बनाइन्छ यहाँ तीन पुस्तादेखि रावडी बेच्दै आएको पाहुनाजीको पसल प्रख्यात सदरलाइनको राधाकृष्ण मन्दिरमा सचिन हलवाई रावडी बेचिरहन्छन् हिजो अनि आजको रावडीमा के फरक ? उनले सहजै जवाफ दिए, ‘हिजो पनि भैंसीकै दूधबाट बनाइन्थ्यो, आज पनि त्यही भैंसीकै दूधबाट रावडी बनाइन्छ तर मान्छे बदलिएका छन् लालची भएका छन्।’

उनका अनुसार व्यवसाय गर्नेले मिसावट गर्छन् त्यसैले स्वादको भिन्नता छुट्याउन समय लाग्दैन हजुरआमाले गरेको उनको कामलाई बुबाले पछ्याए बुबा नसक्ने भएपछि सचिन त्यो बिँडो थाम्दै छन् ‘यो हाम्रा लागि व्यवसाय मात्र होइन, पारिवारिक काम हो,’ उनले भने, ‘यो पेसा हाम्रो प्रतिष्ठासँग जोडिएको छ ेपालगन्जको पहिचानसँग जोडिएको छ।’ पहिला रावडी दुनामा बेचिन्थ्यो, अहिले प्लास्टिकको कचौरामा ‘पहिलोपटक नेपालगन्ज आएको मान्छे त्रिभुवन चोक पुगेकै हुन्छ,’ त्रिभुवन चोकका रामलखन गुप्ताले भने, ‘एक पटक रावडीको स्वाद लिएपछि जिब्रोले बिर्सिंदैन।’

हलुवा–पराठा
नेपालगन्जको अर्को लोभ्याउने गुलियो परिकार हो, हलुवा नेपालगन्ज आउनेहरू हलुवा–पराठाको स्वाद लिन नेपालगन्जको चौलिक्का चोक पुग्ने गर्छन् हलुवा पराठाका कालिगढ हुन्, हारुन शेख बम्बईबाट काम गर्न नेपालगन्ज आएका जति ठूलो ताबा त्यति नै राम्रो रोटी हुन्छ एउटा ताबामा डेढ किलो मैदाको रोटी पाक्छ साथमा सुजीको हलुवा पकाइन्छ बिस्तारै पकाउनुपर्छ एक वर्ष उनले पकाउन मात्र सिके यो अरबी परिकार भए पनि यहाँ यसको स्वाद लिनेको कमी छैन बिहान बजेदेखि साँझ बजेसम्म पसलमा भीड लाग्ने गर्छ कामदार रमजान अलिका अनुसार पहाडीहरू नै यसको स्वाद लिन आउँछन् २५ रुपैयाँमा एक सय ग्राम हलुवा–पराठा खान पाइन्छ

जलिल अहमद ३३ वर्षदेखि हलुवा–पराठा बेचिरहेका छन् उनी दैनिक १५ किलो हलुवा पराठा बिक्री गर्छन् अहिलेसम्म उनले नमिठो भयो भन्ने सुन्नुपरेको छैन माग बढ्दै गएपछि हाल नेपालगन्जको त्रिवेणी मोड, बागेश्वरी मन्दिरको चोकमा समेत बेच्न सुरु गरिएको छ

चाट
नेपालगन्ज आएका, चाट खान त्रिभुवन चोक नपुग्ने कमै होलान् के बूढा, के बच्चा सबैको रोजाइमा चाट पर्छ नेपालगन्जमा धेरैथरीका चाटको स्वाद लिन सकिन्छ चाट पसले धर्मेन्द्र लखेरका अनुसार चाटमा मसलाको जादु नै प्रमुख कुरा हो कसले कुन मसलाको प्रयोग कसरी गर्छ भन्नेमा यसको स्वाद निर्भर हुने उनले बताए

उमालेको आलुको बोक्रा ताछेर हातले चेप्टो पारी टिकिया बनाइन्छ अदुवा, हरियो खुर्सानी, सुकेको खुर्सानीको धूलो, जिरा पाउडर, चाट मसला पाउडर, हरियो धनिया, अमचुर पाउडर र नुन हालेर आलुको चाट बनाइन्छ उनी आफूले प्रयोग गर्ने मसला आफैं सिलौटामा पिसेर बनाउँछन् ग्राहकको मागअनुसार चाट खट्टो मिठो बनाइन्छ

चाट खाएपछि पानीपुरी अधिकांशको रोजाइमा पर्छ खट्टो, पिरो मन पराउनेको पहिलो रोजाइमा पर्ने पानीपुरी गहुँका स–साना पुरी बनाएर त्यसमा खट्टो, पिरो पानी हालेर बनाइन्छ एउटा व्यक्तिले कम्तीमा १० वटा पानीपुरी खाने गर्छन् त्रिभुवन चोक आसपासमा पानीपुरीको ठूलो व्यापार हुने गरेको छ

घमन्जा
यहाँको मुख्य परिकारमध्ये घमन्जा पनि एक हो जिब्रोले छुँदै यसको स्वाद मन पराउँछ ब्रेडको टिकिया, भेंडे खुर्सानी, आलु, केराउको तरकारी, काउलीको टिकियालगायत परिकार एउटै ठाउँमा राखेर खान दिइन्छ २० रुपैयाँमा पेटभरि खान पाइन्छ िहानैदेखि यसको व्यापार हुने भएकाले मजदुरी गर्ने मात्र होइन, धनाढ्यको रोजाइ पनि घमन्जा हुने गरेको छ

लस्सी
मुलुकमै गर्मी हुने दोस्रो सहरको उपाधि पाएको नेपालगन्जको लस्सीले धेरै नै राहत दिन्छ खासगरी दहीबाट उखुको जुसबाट पनि लस्सी बनाइन्छ नेपालगन्जका िभिन्न स्थानमालस्सीको व्यापार भए पनि त्रिभुवन चोकको लस्सी विशेष मानिन्छ

पान
नेपालगन्जको पानको कथा पनि बेग्लै छ यहाँ धेरै प्रकारका पानको स्वाद लिन पाइन्छ १० रुपैयाँदेखि सय रुपैयाँसम्ममा खान पाइने भएकाले साँझ परेपछि पसलमा झुम्मिनेको छुट्टै रौनक हुन्छ पानको विशेषता पनि आफ्नै यसले पाचन शक्ति बढाउँछ कब्जियत हुँदा पानको प्रयोग राम्रो मानिन्छ पानका पारखी सकिल अहमद खान पान आफैंमा औषधिको रूप भएको मान्छन् दिनमा चार पटक उनी पान खान्छन्
प्रकाशित : फाल्गुन २२, २०७६ ०८:४१


धर्म, संस्कृति र जीवनको बहस

  धर्म , संस्कृति र जीवनको बहस अरूणा उप्रेति अनलायन खबर,   २०७७ साउन १८ गते १०:३४ ‘ नो वर्त प्लिज’ गीतको बोललाई लिएर मैले हिन्दु ‘जागर...