Showing posts with label Herbal plants. Show all posts
Showing posts with label Herbal plants. Show all posts

Friday, September 27, 2019

बोजो संरक्षणमा जुटे स्थानीय

वास्तवमा नेपालमा धेरै प्रकारका जडिबुटीहरूकाे खेती गर्न सकिने रहेछ । हामीले वास्ता न गरेका धेरै जडिबुटीहरू त्यसै हराएर जाँदै छन् वा चाेरी निकासी भएर विदेशमा गएका छन् । यि मध्य दुबाे, चरिअमिलाे, दतिवन, दमाइफुल, अभिजालाे, घाेडताप्रे, कुश, असुराे, सिस्नु, छिउँकेझार, धँयराे, इत्यादि धेरै जडिबुटीका बारेमा हामीलाइ थाेरै मात्र ज्ञान छ । अब यिनकाे बारेमा केही लेख्दै गर्नु पर्ने भएकाे छ । यहाँ एउटा समाचार प्रकाशित गरिएकाे छ । यहाँहरूलाइ थाहा भएकाे कुराहरू शेयर गर्नु हाेला । धन्यवाद ।

बोजो संरक्षणमा जुटे स्थानीय
वैशाख १५, २०७६, कान्तिपुर संवाददाता
सल्यान — बागचौर नगरपालिका–९, कोटमौलाको पातिहाल्नाबासीले लोपोन्मुख आयुर्वेदिक वनस्पति बोजो संरक्षण थालेका छन् । उनीहरूले जंगल र खोलाको छेउमा तारबार गरी बोजो संरक्षण थालेका हुन् ।
औषधिजन्य गुण भएको वनस्पति संरक्षण गरेर आम्दानीको गतिलो स्रोत बनाउन सकिने सोचले स्थानीयमा सक्रियता बढायो ।
सामुदायिक वन र बजार नजिकको खोल्सामा गरी करिब ४० रोपनी जग्गामा बोजो फैलिएको छ । बजारबासीले संरक्षण गरेको बोजो बिक्री गर्न तथा उखेलेर अन्यत्र लग्न प्रतिबन्ध लगाएका छन् ।
चोरी निकासीका कारण बोजो लोप हुने अवस्थामा पुगेपछि संरक्षण थालिएको स्थानीय मोहन चन्दले बताए ।‘मूल्य बढी पाइने भएकाले लुकिछिपी गरेर बोजो उखेलेर लैजाँदा लोपोन्मुख अवस्थामा पुगेको थियो,’ उनले भने, ‘अब त कसैले उखेलेर लग्यो वा बिक्री गर्न खोज्यो भने कारबाही हुन्छ, त्यसैले बोजो हराउने चिन्ता कम भएको छ ।’
स्थानीयले बोजो संरक्षण क्षेत्रलाई अहिले पर्यटकीयस्थलका रूपमा विकास गर्न खोजेका छन् । चन्दका अनुसार सल्यान र रोल्पाको सिमानामा पर्ने पातीहाल्नामा मात्र नभई रोल्पाको जिनाबाङको दुर्गा सामुदायिक वनसम्म आयुर्वेदिक वनस्पति बोजो फैलिएको छ । ‘बोजो स्वास्थ्यको लागि लाभदायक वनस्पति हो,’ उनले भने, ‘हामीले संरक्षण थालेपछि जंगल र खोल्साखाल्सीमा भरिभराउ हुन थालेको छ ।’ स्थानीयले लोपोन्मुख जडिबुटी संरक्षण थाले पनि सम्बन्धित सरकारी निकायले भने बेवास्ता गरेको स्थानीयको दुःखेसो छ ।
जिल्लामा लोप हुँदै गएका वनस्पतिलाई संरक्षण गर्नेवनस्पति कार्यालय भए पनि त्यो कपरकोटमा मात्र सीमित छ । त्यहाँका कर्मचारी संरक्षण स्थलमा नआएका स्थानीय मानबहादुरखडाले बताए । ‘बोजो सल्यानका सबै ठाउँमा लगाउन सकिन्छ, सरकार र सम्बन्धित निकायले यसबारे ध्यान दिनुपर्छ,’ उनले भने, ‘यसबाट व्यावसायिक खेती गरेमा राम्रो आम्दानी पनि हुन सक्छ ।’
चोरीनिकासी र संरक्षण अभावमा जिल्लाबाट धेरै जडिबुटी लोप हुने अवस्थामा पुगेका उनले बताए । जिल्ला वनस्पति कार्यालयले भने जिल्लाबाट लोप हुँदै गएका वनस्पतिमध्ये ३ सय बढीको संरक्षण थालिएको जनाएको छ ।
प्रकाशित : वैशाख १५, २०७६ १०:१५

पारिजातका गुणहरू

पारिजात
यस बिरुवाको जातीय नाम (वैज्ञानिक) निक्टान्थस (Nyctanthus) अर्थात् निशा–पुष्प हो। यो जाई परिवारको वनस्पति हो, तर यसको पात भने कमलो र मुलायम नभई झण्डै खाक्सी जस्तै खस्रो हुन्छ। पारिजात फूलका बारे पनि रोचक पौराणिक कथाहरू सुन्न पाइन्छ। यसको सुगन्ध र रातको महकलाई लिएर कतैकतै यस फूललाई रातकी रानी पनि भन्ने चलन छ।
पारिजातको फूल महिलाको नाकको फुलीझैँ फक्रिएको हुन्छ र चाँदी जस्तै सेतो हुन्छ। फुलीको नली भने सुन्तले रंगमा अलि पहेँलो पहेँलो हुन्छ। यस फूलप्रति इन्द्र, कुवेर, कृष्ण र सत्यभामा समेत मोहित भएका शास्त्रोक्तिहरू भेटिन्छन्; तर पारिजातको दुखान्तकथा पनि कम मार्मिक छैन। पारिजातक एक राजपुत्री थिइन्। तिनको अगाध प्रेम सूर्यसँग कायम हुन्छ। पछि गएर सूर्यले तिनलाई तिरस्कार गर्छन्। प्रेमपीडामा पारिजातले आत्महत्या गर्छिन्। दाहसंस्कार हुन्छ। त्यहाँको खरानीबाट एउटा वनस्पति पैदा हुन्छ। त्यही हो, पारिजात। याे फुल चकमन्न रातमा बोटै भरी फुल्दछन्, तर सूर्योदय हुनुअगावै सबै झरी पनि हाल्छन्। शायद सूर्यलाई तिरस्कार गर्छन् यी फूलहरू। अनेक देवदेवीको प्रिय यो फूल बटुल्न साँझैदेखि पारिजातको बोटमुनितिर चोखो कपडा वा नाङ्लो ओछ्याउने प्रचलन छ। बोटबाट फूल टिप्न हुन्न, पाप लाग्छ भन्ने जनविश्वास निकै प्रबल छ। यस वनस्पतिको प्रजातीय नाम आर्वोटि्रस्टिसले पनि दुःखित वृक्ष भन्ने नै अर्थ जनाउँछ। पारिजातको पूरा नाम निक्टान्थस आर्वोटि्रस्टिस (Nyctanthes arbor-tristis)को अर्थ लगाउन थाल्यौँ भने 'रातमा फुल्ने दुःखित वृक्ष' भन्ने कुरा खुल्न आउँछ। ग्रीक भाषाको शाब्दिक संयोजनले यही भन्छ ।
पारिजातको औषधीय गुणहरू
आऊँ, महिनाबारीका बखत धेरै रगत बग्ने, घाउ, दीर्घ खालको ज्वरो, दम, कफ, कब्जियत, जोर्नी र मांशपेसी दुखेको, कपाल फुल्ने र झर्नेमा पातको रस खाइन्छ,दलिन्छ । पातलाई पानीमा हाली मधुरो आगोमा पकाई साइटिकामा दलिन्छ, खाइन्छ । पात र फूललाई तातो पानीमा हाली सुत्केरी महिलालाई ख्वाउँदा छिटो साल–नाल झर्छ । अनुहारलाई चम्किलो बनाउन यसको फूलको लेदो दलिन्छ । तालु खुइलिंदा र स्कर्भीमा बीउको धूलो दलिन्छ/खाइन्छ ।

धर्म, संस्कृति र जीवनको बहस

  धर्म , संस्कृति र जीवनको बहस अरूणा उप्रेति अनलायन खबर,   २०७७ साउन १८ गते १०:३४ ‘ नो वर्त प्लिज’ गीतको बोललाई लिएर मैले हिन्दु ‘जागर...