Friday, September 27, 2019

पारिजातका गुणहरू

पारिजात
यस बिरुवाको जातीय नाम (वैज्ञानिक) निक्टान्थस (Nyctanthus) अर्थात् निशा–पुष्प हो। यो जाई परिवारको वनस्पति हो, तर यसको पात भने कमलो र मुलायम नभई झण्डै खाक्सी जस्तै खस्रो हुन्छ। पारिजात फूलका बारे पनि रोचक पौराणिक कथाहरू सुन्न पाइन्छ। यसको सुगन्ध र रातको महकलाई लिएर कतैकतै यस फूललाई रातकी रानी पनि भन्ने चलन छ।
पारिजातको फूल महिलाको नाकको फुलीझैँ फक्रिएको हुन्छ र चाँदी जस्तै सेतो हुन्छ। फुलीको नली भने सुन्तले रंगमा अलि पहेँलो पहेँलो हुन्छ। यस फूलप्रति इन्द्र, कुवेर, कृष्ण र सत्यभामा समेत मोहित भएका शास्त्रोक्तिहरू भेटिन्छन्; तर पारिजातको दुखान्तकथा पनि कम मार्मिक छैन। पारिजातक एक राजपुत्री थिइन्। तिनको अगाध प्रेम सूर्यसँग कायम हुन्छ। पछि गएर सूर्यले तिनलाई तिरस्कार गर्छन्। प्रेमपीडामा पारिजातले आत्महत्या गर्छिन्। दाहसंस्कार हुन्छ। त्यहाँको खरानीबाट एउटा वनस्पति पैदा हुन्छ। त्यही हो, पारिजात। याे फुल चकमन्न रातमा बोटै भरी फुल्दछन्, तर सूर्योदय हुनुअगावै सबै झरी पनि हाल्छन्। शायद सूर्यलाई तिरस्कार गर्छन् यी फूलहरू। अनेक देवदेवीको प्रिय यो फूल बटुल्न साँझैदेखि पारिजातको बोटमुनितिर चोखो कपडा वा नाङ्लो ओछ्याउने प्रचलन छ। बोटबाट फूल टिप्न हुन्न, पाप लाग्छ भन्ने जनविश्वास निकै प्रबल छ। यस वनस्पतिको प्रजातीय नाम आर्वोटि्रस्टिसले पनि दुःखित वृक्ष भन्ने नै अर्थ जनाउँछ। पारिजातको पूरा नाम निक्टान्थस आर्वोटि्रस्टिस (Nyctanthes arbor-tristis)को अर्थ लगाउन थाल्यौँ भने 'रातमा फुल्ने दुःखित वृक्ष' भन्ने कुरा खुल्न आउँछ। ग्रीक भाषाको शाब्दिक संयोजनले यही भन्छ ।
पारिजातको औषधीय गुणहरू
आऊँ, महिनाबारीका बखत धेरै रगत बग्ने, घाउ, दीर्घ खालको ज्वरो, दम, कफ, कब्जियत, जोर्नी र मांशपेसी दुखेको, कपाल फुल्ने र झर्नेमा पातको रस खाइन्छ,दलिन्छ । पातलाई पानीमा हाली मधुरो आगोमा पकाई साइटिकामा दलिन्छ, खाइन्छ । पात र फूललाई तातो पानीमा हाली सुत्केरी महिलालाई ख्वाउँदा छिटो साल–नाल झर्छ । अनुहारलाई चम्किलो बनाउन यसको फूलको लेदो दलिन्छ । तालु खुइलिंदा र स्कर्भीमा बीउको धूलो दलिन्छ/खाइन्छ ।

Societies of Nepal

 Societies of Nepal  Nepali society is incredibly diverse, shaped by over 142 distinct ethnic groups and multiple religious beliefs that oft...