Friday, September 27, 2019

बोजो संरक्षणमा जुटे स्थानीय

वास्तवमा नेपालमा धेरै प्रकारका जडिबुटीहरूकाे खेती गर्न सकिने रहेछ । हामीले वास्ता न गरेका धेरै जडिबुटीहरू त्यसै हराएर जाँदै छन् वा चाेरी निकासी भएर विदेशमा गएका छन् । यि मध्य दुबाे, चरिअमिलाे, दतिवन, दमाइफुल, अभिजालाे, घाेडताप्रे, कुश, असुराे, सिस्नु, छिउँकेझार, धँयराे, इत्यादि धेरै जडिबुटीका बारेमा हामीलाइ थाेरै मात्र ज्ञान छ । अब यिनकाे बारेमा केही लेख्दै गर्नु पर्ने भएकाे छ । यहाँ एउटा समाचार प्रकाशित गरिएकाे छ । यहाँहरूलाइ थाहा भएकाे कुराहरू शेयर गर्नु हाेला । धन्यवाद ।

बोजो संरक्षणमा जुटे स्थानीय
वैशाख १५, २०७६, कान्तिपुर संवाददाता
सल्यान — बागचौर नगरपालिका–९, कोटमौलाको पातिहाल्नाबासीले लोपोन्मुख आयुर्वेदिक वनस्पति बोजो संरक्षण थालेका छन् । उनीहरूले जंगल र खोलाको छेउमा तारबार गरी बोजो संरक्षण थालेका हुन् ।
औषधिजन्य गुण भएको वनस्पति संरक्षण गरेर आम्दानीको गतिलो स्रोत बनाउन सकिने सोचले स्थानीयमा सक्रियता बढायो ।
सामुदायिक वन र बजार नजिकको खोल्सामा गरी करिब ४० रोपनी जग्गामा बोजो फैलिएको छ । बजारबासीले संरक्षण गरेको बोजो बिक्री गर्न तथा उखेलेर अन्यत्र लग्न प्रतिबन्ध लगाएका छन् ।
चोरी निकासीका कारण बोजो लोप हुने अवस्थामा पुगेपछि संरक्षण थालिएको स्थानीय मोहन चन्दले बताए ।‘मूल्य बढी पाइने भएकाले लुकिछिपी गरेर बोजो उखेलेर लैजाँदा लोपोन्मुख अवस्थामा पुगेको थियो,’ उनले भने, ‘अब त कसैले उखेलेर लग्यो वा बिक्री गर्न खोज्यो भने कारबाही हुन्छ, त्यसैले बोजो हराउने चिन्ता कम भएको छ ।’
स्थानीयले बोजो संरक्षण क्षेत्रलाई अहिले पर्यटकीयस्थलका रूपमा विकास गर्न खोजेका छन् । चन्दका अनुसार सल्यान र रोल्पाको सिमानामा पर्ने पातीहाल्नामा मात्र नभई रोल्पाको जिनाबाङको दुर्गा सामुदायिक वनसम्म आयुर्वेदिक वनस्पति बोजो फैलिएको छ । ‘बोजो स्वास्थ्यको लागि लाभदायक वनस्पति हो,’ उनले भने, ‘हामीले संरक्षण थालेपछि जंगल र खोल्साखाल्सीमा भरिभराउ हुन थालेको छ ।’ स्थानीयले लोपोन्मुख जडिबुटी संरक्षण थाले पनि सम्बन्धित सरकारी निकायले भने बेवास्ता गरेको स्थानीयको दुःखेसो छ ।
जिल्लामा लोप हुँदै गएका वनस्पतिलाई संरक्षण गर्नेवनस्पति कार्यालय भए पनि त्यो कपरकोटमा मात्र सीमित छ । त्यहाँका कर्मचारी संरक्षण स्थलमा नआएका स्थानीय मानबहादुरखडाले बताए । ‘बोजो सल्यानका सबै ठाउँमा लगाउन सकिन्छ, सरकार र सम्बन्धित निकायले यसबारे ध्यान दिनुपर्छ,’ उनले भने, ‘यसबाट व्यावसायिक खेती गरेमा राम्रो आम्दानी पनि हुन सक्छ ।’
चोरीनिकासी र संरक्षण अभावमा जिल्लाबाट धेरै जडिबुटी लोप हुने अवस्थामा पुगेका उनले बताए । जिल्ला वनस्पति कार्यालयले भने जिल्लाबाट लोप हुँदै गएका वनस्पतिमध्ये ३ सय बढीको संरक्षण थालिएको जनाएको छ ।
प्रकाशित : वैशाख १५, २०७६ १०:१५

किरातको इतिहास : को हुन् किरात राई ?

  किरातको इतिहास : को हुन् किरात राई ? डा. भक्त राई , लोकपाटी न्यूज ६ माघ २०७६ , सोमबार किरात शब्द अनेक जातिहरूलाई बुझाउने पुञ्ज हो। कि...