नेपालको इतिहास, जातजाति, संस्कार, संस्कृति, भाषा, लाेकजीवनबारे लेख रचनामा बहस गर्ने मञ्च ।
Wednesday, January 16, 2019
Monday, December 31, 2018
Welcoming New Year by Gurung Community of Nepal
मृग वर्गलाई स्वागत
काठमाडौँ — गुरुङ
समुदायले पुरानो वर्ष कुकुर वर्ग ‘खि’ ल्होलाई बिदाइ गरी नयाँ वर्ष ‘फो’ ल्हो मृग
वर्गको स्वागत गरेको छ ।
‘ल्हो’ को अर्थ वर्ष र
‘सार’ को अर्थ नयाँ भएकाले वर्षफेरिने दिनलाई तमु ल्होसार भनिएको गुरुङ समुदायको
विश्वास छ ।
आफ्नो मौलिक पर्व मनाउन
राजधानीमा रहेका गुरुङहरू आइतबार टुँडिखेलमा भेला भए । मौलिक परिकार चाखे, गीत गाए, रमाए । तमु हयुल छोंज धिं गुरुङ राष्ट्रिय परिषद् ल्होछार मूल आयोजक समितिले गरेको सामूहिक ल्हासार महोत्सवमा पाकादेखि युवायुवतीसम्म सांस्कृतिक मौलिकता झल्कने पहिरन तथा भेषभूषामा
थिए । उनीहरूले विभिन्न सांस्कृतिक झाँकी समेत प्रदर्शन गरे ।
महोत्सवमा पुरुषहरू
अल्लोबाट बनेको भांग्रा र कछाडसहित आएका थिए भने महिला चाहिँ गुन्युचोली र घलेक
लगाएर । तमु संवत्अनुसार प्रत्येक पुस १५ मा ल्होसार मनाउने परम्परा रहिआएको परिषद्का अध्यक्ष रेशम
गुरुङले जनाए ।
उनका अनुसार तमु
ल्होसारले गुरुङ समुदायको भित्तेपात्रोमा नयाँ संवत् सुरु भएको संकेत गर्छ । प्राचीन तमु प्यो शास्त्रका अनुसार तमु ल्होसारका दिन तमुहरूका प्रथम महापुरुषको उत्पत्ति भएको मानिन्छ । जसअनुसार विभिन्न १२ जनावरका नामबाट १२ वर्ग
निर्धारण गरिएको हुन्छ ।
महोत्सवमा भेटिएका ६०
वर्षीय लामा इन्द्र तमुका अनुसार ल्होसारमा वर्षभरिका दु:ख पीडा भुलेर आफन्त, साथीभाइ एक ठाउँ भेला भई
मिठोमसिनो खाँदै रमाइलो गर्छन् । सेल–रोटी, तीनपाने रक्सी, ढिँडो जस्ता खाना मौलिक
खानेकुरा अन्तर्गत पर्छन् ।
सुखशान्तिको कामनागर्दै
लामाहरूले पूजापाठ गरेर पुरानो वर्षलाई बिदाइगरेपछि नयाँ वर्षलाई स्वागत गर्ने
परम्परा छ । यसपछि लामाहरूले विशेष मन्त्र जप गरिएको धागो बाँधिदिन्छन् । महिलालाई सात फेरो र पुरुषलाई नौ फेरो पहेंलो धागो घाँटीमा बाँध्ने गरिन्छ ।
‘वर्षभर सुखशान्ति होस्, फलोस्–फुलोस्, सातो नजाओस् भनेर धागो
लगाउने परम्परा बसेको हो,’ लामा इन्द्रतमुले भने ।परापूर्वकालदेखि मनाइँदै आएको पर्व नयाँ पुस्तामा हस्तान्तरण गर्ने उद्देश्यले पनि महोत्सव गरिएको परिषद् अध्यक्ष रेशम गुरुङले बताए । ‘आफ्नोपन जोगाउन खानपान, भेषभूषा तथा चाडपर्व
भावी पुस्तालाई सिकाउँदै आएका छौं,’ उनले भने ।
महोत्सव अन्तर्गतको
विशेष समारोह प्रधानमन्त्री केपी ओलीले उद्घाटन गरेका थिए । प्रधानमन्त्रीले मुलुकको सांस्कृतिक विविधता गहनाको रूपमा रहेको उल्लेख गर्दै यसलाई जर्गेना गर्न सबै लाग्नुपर्ने बताए । प्रकाशित : पुस १६, २०७५ ०९:४६
Thursday, December 20, 2018
Tuesday, December 18, 2018
Nyeku Jatra Mataya in Kathmandu, Nepal
The advent
of Janai Purnima gets the whole of Kathmandu to shine in a festive mood. Similarly, at Patan, the locals partake in a
unique procession – the Nyeku Jatra Mataya – with traditional lights as its
major highlight. Devotees of Patan take a tour of the courtyards, visiting
shrines, all over the ancient settlement during this celebration.
The term ‘mata’ means light, and
‘ya’ is derived from the term ‘yatra’. Combining both, the festival –Matya –
portrays the significance of light. It is a whole day parade that
circumambulates 1700 shrines. The blowing of the nyeku (a buffalo horn trumpet)
on regular intervals of the procession is a common practice in this
festival.
The parade comprises a throng of
devotees, who are led by a group of Gurujus – the Bajracharya priests. An
uninterrupted line is formed as the devotees travel a stagnant route, offering
rice, grains, Vermillion, butter lamps, incense, and jajankas (thread
necklace), on the way.
Elaborate orchestra comprising
local musicians, from different localities or toles, play along traditional
instruments, adding up the vigor to the long and tiresome yatra. The holy
procession is conducted in memory of the deceased that passed away during the
preceding year. Moreover, it is also carried out to cultivate peace and harmony
for mankind.
Devotees in a large numbers from
Lalitpur, Kathmandu, Bhaktapur, Panga, Banepa, Kirtipur, Dhulikhel and other
neighboring regions gather to witness the festival. The parade follows the same
route every year. However, the starting point changes every year. The starting
point also acts as the ending point of the festival for that particular
year.
“This year, sector number five,
Bu-bahal, is hosting the jatra. The organizers take the responsibility of managing
the procession.” said Babu Raja Bajracharya, Chairman of Sector number five,
Nyeku Jatra Mataya Sanchalan Samiti. “Since there are a total of 10 sectors in
Patan, we get the opportunity to organize the festival once a decade. Each of
the committee members along with the entire locality make their best efforts to
conduct it in the grandest manner possible,” he added.
The preparation of Neyku Jatra
Mataya starts by conducting various rituals and cultural practices. Moreover,
the folk music ensemble playing Nau Baja is an inescapable element that adds a
cultural merriment to the day.
“Nau Baja is a special rendition
of folk music that consists of 19 musical instruments including dhimey, kashi
baja, dakshin Baja, naykhi, kochakhi, magakhi, mridang, damaru, joh, nagara,
khanjari, dah, sai baja, damokhi, dha, khi, basuri, and nyeku. As it is a long
musical piece, it is only carried out in special places and occasions,” says
71-year-old Nem Raj Bajracharya, member of the committee and inhabitant of the
locality.
“Nau baja is played on different
days at Kumbeshwar, Mangal Bazaar, Bungmati, Swayambhu and at different
localities during the 15-day-long stretch of the Nyeku Jatra Mataya. We are
done playing at Kumbeshwar and are planning to play it at Mangal bazaar on the
day of jatra. The ancient belief of pleasing the late king of Patan, Siddhi Nar
Singh Malla, by playing the nau baja still prevails among the majority of
inhabitants of Patan. Ganesh Puja is conducted two days after the jatra to mark
the formal closure of the festival,” he added.
As the whole day parade of Neyku
Jatra is tiring. The four-day practice of Bagghi is carried out by those who
desire to visit all the shrines that the jatra covers in a single day. “Bagghi
is an important practice of lighting butter lamps and carrying out the similar
procession. However, it is to be carried out only after midnight. In order to
deter oneself from stepping onto the shadow of the shrines appearing in the
daylight, the practice of bagghi is conducted before sunrise,” informed
65-year-old Purna Uday Bajracharya.
The belief of earning religious merits by providing financial aid or physical assistance is highly prevalent in this festival. Therefore, many devotees, in overwhelming numbers, participate through one or the other.
The belief of earning religious merits by providing financial aid or physical assistance is highly prevalent in this festival. Therefore, many devotees, in overwhelming numbers, participate through one or the other.
“Among the major five Guruju who
will be leading the Nyeku jatra, my younger brother is one of them. All of my
family members are planning to take part in the auspicious occasion,” added Nem
Raj.
“All of my family members are
eagerly looking forward to contributing their bit in the jatra. As you grow
older, the possibility of participating in the jatra seemingly decreases due to
one’s degrading health. This is why youth participation is the highest in this
tiring yet exuberant event,’ added Uday.
https://www.youtube.com/watch?v=bazUSqyCATU&feature=shareSunday, December 16, 2018
Grammar of Thulung language published
थुलुङ
भाषाको व्याकरण सार्वजनिक
काठमाडौँ — पाँचवीर थुलुङ राई लिखित ‘नाम्स्योर थुलुङ
बोक्छेम’ (सजिलो थुलुङ व्याकरण) पुस्तक सार्वजनिक गरिएको छ ।थुलुङ राई संस्कृति प्रतिष्ठानले
पुस्तक प्रकाशित गरेको हो । सोलुखुम्बुको थुलुङ दुधकोसी गाउँपालिका अध्यक्ष असिम थुलुङ
राईले काठमाडौंमा शुक्रबार आयोजित समारोहमा सार्वजनिक गरेका हुन् । ७८ वर्षीय लेखक पाँचवीर अवकाशप्राप्त शिक्षक हुन् । उनको अगुवाईमा ‘थुलुङ भाषाको शब्दकोश’ र कक्षा १ देखि ५
सम्म अनौपचारिक शिक्षाको पाठ्यपुस्तक प्रकाशित छन् ।चालू शैक्षिक सत्रबाट थुलुङ राई
बाहुल्य क्षेत्रका २२ विद्यालयमा थुलुङ भाषाको औपचारिक पठनपाठन सञ्चालनमा छ । सार्वजनिक गरिएको व्याकरण पुस्तक थुलुङ र नेपाली भाषामा
अनुवादसमेत रहेको छ । प्रमुख अतिथि रहेका अध्यक्ष राईले गाउँपालिकामा आगामी
शैक्षिक सत्रदेखि थुलुङ भाषाको शिक्षक कोटाको व्यवस्था गर्ने बताएका छन् । पुस्तकबारे किरात राई प्रज्ञा प्रतिष्ठानको कुलपति जयकुमार
राई,
डा. सुकराज राई,
थुलुङ राई संस्कृति प्रतिष्ठानको
अध्यक्ष निर्कुधन राईलगायतले चर्चा गरेका थिए ।
प्रकाशित : मंसिर २९, २०७५
१५:३८
Subscribe to:
Posts (Atom)
धर्म, संस्कृति र जीवनको बहस
धर्म , संस्कृति र जीवनको बहस अरूणा उप्रेति अनलायन खबर, २०७७ साउन १८ गते १०:३४ ‘ नो वर्त प्लिज’ गीतको बोललाई लिएर मैले हिन्दु ‘जागर...