Sunday, December 16, 2018

Grammar of Thulung language published


थुलुङ भाषाको व्याकरण सार्वजनिक

मंसिर २९, २०७५कान्तिपुर संवाददाता

काठमाडौँ — पाँचवीर थुलुङ राई लिखित ‘नाम्स्योर थुलुङ बोक्छेम’ (सजिलो थुलुङ व्याकरण) पुस्तक सार्वजनिक गरिएको छ थुलुङ राई संस्कृति प्रतिष्ठानले पुस्तक प्रकाशित गरेको हो । सोलुखुम्बुको थुलुङ दुधकोसी गाउँपालिका अध्यक्ष असिम थुलुङ राईले काठमाडौंमा शुक्रबार आयोजित समारोहमा सार्वजनिक गरेका हुन् । ७८ वर्षीय लेखक पाँचवीर अवकाशप्राप्त शिक्षक हुन् । उनको अगुवाईमा ‘थुलुङ भाषाको शब्दकोश’ र कक्षा १ देखि ५ सम्म अनौपचारिक शिक्षाको पाठ्यपुस्तक प्रकाशित छन् चालू शैक्षिक सत्रबाट थुलुङ राई बाहुल्य क्षेत्रका २२ विद्यालयमा थुलुङ भाषाको औपचारिक पठनपाठन सञ्चालनमा छ । सार्वजनिक गरिएको व्याकरण पुस्तक थुलुङ र नेपाली भाषामा अनुवादसमेत रहेको छ । प्रमुख अतिथि रहेका अध्यक्ष राईले गाउँपालिकामा आगामी शैक्षिक सत्रदेखि थुलुङ भाषाको शिक्षक कोटाको व्यवस्था गर्ने बताएका छन् । पुस्तकबारे किरात राई प्रज्ञा प्रतिष्ठानको कुलपति जयकुमार राई, डा. सुकराज राई, थुलुङ राई संस्कृति प्रतिष्ठानको अध्यक्ष निर्कुधन राईलगायतले चर्चा गरेका थिए 
प्रकाशित : मंसिर २९, २०७५ १५:३८

किरातको इतिहास : को हुन् किरात राई ?

  किरातको इतिहास : को हुन् किरात राई ? डा. भक्त राई , लोकपाटी न्यूज ६ माघ २०७६ , सोमबार किरात शब्द अनेक जातिहरूलाई बुझाउने पुञ्ज हो। कि...