Wednesday, January 16, 2019

उकालो लागे रिंगमोका भोटिया



उकालो लागे रिंगमोका भोटिया

दिलविक्रम आङ्देम्बे

रिंगमो डोल्पाको ‘से–फोक्सुन्डो' तालनजिकैको एउटा सानो गाउँ हो । गाउँमा अचेल बोन्पो धर्मावलम्बी भोटियाका ४९ घर भेटिन्छन् । ती आफूलाई लामा र बैजी जातिका भोटिया भएको बताउँछन् । बूढा र रोकायाचाहिँ भोटियाभन्दा पनि मगर र क्षेत्री थरसँग मिल्दोजुल्दो छ । त्यहाँ बसेका कतिपय बूढा र रोकायाले पुर्खा जुम्ला (सिन्जा)बाट आएको क्षेत्री भएको दाबी गर्छन् ।

 भाषा–धर्म तथा संस्कार–सस्ंकृति भने उनीहरूले भोटियाकै अपनाएका छन् । त्यसकारण रिंगमो गाउँमा बस्ने बूढा तथा रोकायाथरी परिवार दक्षिणतिरबाट त्यहाँ गई भोटियाकरण भएका मगर वा क्षेत्री हुन् ! अथवा मगर वा क्षेत्री जातिमा उकास्ने प्रक्रिया अपनाइरहेका त्यहाँकै भोटिया हुन् ! यो एउटा अध्ययनको विषय बनेको छ ।

 रिंगमोवासीको मूल पेसा कृषि हो । त्यहाँ गहुँ, आलु, फापर र तोरी खेती गरिन्छ । बर्खामा यार्सागुम्बा टिप्ने, पर्यटनको समयमा ससाना व्यापार गर्ने गर्छन् उनीहरू । वसन्त–ऋतुको आगमनसँगै रिंगमो गाउँमा खेतिपाती सुरु हुन्छ । बाली लाउनुअघि उनीहरू सामूहिक रूपमा ह्युल्सा देवताको पूजा गर्छन् । यो देवताको पूजा चैत महिनाको अन्त्यतिर गरिन्छ ।

 ह्युल्सा देवतालाई रिंगमोवासी ‘भूमे देवता' पनि भन्छन् । भोटिया भाषामा ‘ह्युल'को अर्थ ‘देवता' र ‘सा' को अर्थ ‘भूमि' (माटो) हो । उनीहरूको मान्यताअनुसार, ‘ह्युलसा देवता' मानवमात्रको नभई प्रकृति (बोटविरुवा, कीटपतंग) सबैका संरक्षक देवता हुन् । खेतबारीमा अन्नबाली लाउन माटो खनजोत गर्दा बोटविरुवा, कीटपतंग आदिको विनाश हुनसक्छ ।

 यसरी विनाश गरियो भने प्रकृति (भूमि) देवता ह्युल्सा रिसाउनेछिन् । र, असिना–बादल, खडेरीजस्ता प्रकृतिक प्रकोप निम्त्याई लाएको अन्नबाली सबै नास गर्नेछिन् । त्यसकारण माटो खनजोत गर्दा आफूले बोटविरुवा तथा कीटपतंग आदिको विनाश गरेकोमा माफी माग्न र अब लाउने बालीनालीमा कुनै पनि प्राकृतिक–प्रकोप ननिम्त्याई विनाश नगरिदिन बिन्ती गर्न उनीहरूले ह्युल्साको पूजा गरेका हुन् । देवताको थान गाउँको माथि शिरमा बनाइएको छ ।

 ह्युल्सा देवताको पूजा गर्दा प्रत्येक घरबाट चामल, छ्याङ, रक्सी उठाई सामूहिक भोज खाने चलन छ । त्यसै दिन वर्ष दिनसम्म गाउँको नेतृत्व गर्ने दुईजना व्यक्तिको चयन पनि गरिन्छ । तिनीहरूले एक वर्षसम्म गाउँमा कुनै कार्यक्रम गर्नु परेमा, भोज वा बैठक गर्नु परेमा त्यसको व्यवस्थापन गर्ने गर्छन् । कारबाई प्रक्रियाबारे निर्णय गर्ने काम गर्छन् । प्रत्येक वर्ष दुईजनाका दरले गाउँका सबै घरपरिवारबाट पालैपालो छान्दै जानुपर्छ ।

 रिंगमो गाउँमा वैशाख दोस्रो हप्तातिर आलु रोप्न सुरु हुन्छ । पहिला आलु रोप्न उनीहरूलाई धेरै समय लाग्थ्यो तर पछिल्लो समयमा यार्सागुम्बा टिप्न थालेदेखि कतिपयले जग्गा बाँझै राख्न थाले । आलु रोपेपछि तोरी/फापरको खेती सुरु हुन्छ । रिंगमो गाउँमा जेठको पहिलो हप्तातिर तोरी÷फापर छरिसक्नुपर्छ । ढिलो गरिए पाक्न गाह्रो हुन्छ ।

 जेठको दोस्रो हप्तातिर उनीहरू गाउँदेखि माथि रहेको फूलबारी, पेरिकाप्वा लेक, लाप्च्या लेक आदि जग्गामा यार्सागुम्बा टिप्न जान्छन् । महिना दिन त्यहाँ बसेपछि असारको दोस्रो हप्तातिर गाउँतिर फर्किन्छन् । त्यसपछि गहुँ, आलु गोड्ने समय सुरु हुन्छ । साउन लागेपछि फेरि यार्सागुम्बा बेच्न तिब्बतको ‘क्याटोवा' क्षेत्रतिर जान्छन् । हाल रिंगमोवासीका लागि रुपैयाँपैसा आर्जन गर्ने मुख्य माध्यम यार्सागुम्बा व्यापार नै भएको छ ।

 साउन महिनामा क्याटोवा क्षेत्रतिर व्यापारीहरू निश्चित समयका लागि चाइनाबाट आई टेन्ट लाएर बसेका हुन्छन् । रिंगमोबाट क्याटोवा पुग्न खच्चरबाट तीन दिन लाग्छ । याक÷जोभासित गइयो भने सात दिन लाग्नसक्छ । त्यसपछि यार्सागुम्बा बेचेर त्यहाँबाट रुपैयाँ, दैनिक उपभोग्य वस्तु र लत्ताकपडा आदि लिएर घर फर्किन्छन् ।

 भदौ लागेपछि रिंगमो गाउँमा आलु खन्ने, गहुँ÷फापर काट्ने, तोरी उप्काउने काम सुरु हुन्छ । उनीहरूले पाकेको गहुँ, तोरी र फापरलाई काटिसकेपछि केही दिन घरको ‘थारा' (छाना) माथि सुकाएर राख्ने गर्छन् । असोज लागेपछि खनेर राखेको आलुलाई खाल्डो खनी भण्डार गर्ने, थारामाथि सुकाएको गहुँ, तोरी, फापरलाई कुटेर दाना खाटो (बाकस)मा राख्ने, त्यसको नल घाँसको लागि सुरक्षित ठाउँमा राख्ने काम गर्छन् ।

 असोज र कात्तिकतिर एक महिना से–फोक्सुन्डो तालमा आन्तरिक वा बाह्य पर्यटकको ओइरो लाग्छ । त्यस बेला केही रिंगमोवासी घरमा वा बाटोतिर ससाना होटल थाप्ने गर्छन् ।

 सबै काम सकेपछि रिंगमोवासी सामूहिक भोज खाने गर्छन् । भोजलाई उनीहरू ‘खाटुम' भन्छन् । खाटुम कात्तिकको पहिलो वा दोस्रो हप्तातिर खाने गरिन्छ । आआफ्नो घरबाट छ्याङ, रक्सी, मैदा, चिनी, चामल आदि संकलन गरी सामूहिक भोजको आयोजना गर्ने गरिन्छ । विभिन्न खेल तथा नाचगान हुन्छ । रिंगमोवासी ‘खाटुम' तीन दिनसम्म मनाउँछन् ।

 मंसिर लागेपछि से–फोक्सुन्डो क्षेत्रमा जाडो सुरु हुन्छ । हिउँ पर्न थाल्छ । याकबाहेक अन्य बस्तुभाउ हिउँले त्यहाँ बस्न सक्दैनन् । मंसिरदेखि चैतसम्म स्कुल पनि बन्द हुन्छ । त्यसकारण घरको महत्त्वपूर्ण सामान र हालसाल फलाएको आलु, अन्नबाली (गहुँ, तोरी, फपर) घरभित्रै थन्को गरी घरमा ताल्चा लगाएर हिँउदे जाडो छल्न उनीहरू परिवार, केटाकेटी तथा बस्तुभाउ (जोभा÷झोमा,च्यालु÷च्यांग्रा, खच्चर) लिई मंसिरतिर बेसीमा झर्छन् । केही आवश्यक बस्तु जोभा÷खच्चरलाई बोकाएर ।

 सुक्टिलामु, ज्यालस रिंगमोबासीका बेसीमा झरेर बस्ने जग्गाहरू हुन् । केही परिवारचाहिँ गाउँनजिकै पोलामतिर पनि बस्छन् । यस वर्ष भने जलवायु परिवर्तन भई फोक्सुन्डो क्षेत्रमा ढिलो जाडो आएकाले पुसको पहिलो हप्तातिरमात्र उनीहरू तलतिर झरे । हाल पोलाममा नौ परिवार, सुक्टीलामुमा पाँच परिवार र ज्यालसमा ३५ परिवार रिंगमोवासी बसेका भेटिन्छन् । याकचाहिँ माथि गाउँनजिकको जंगलतिरै छाडिराख्छन् ।

 त्यहाँ उनीहरूले याक हेर्ने केही गोठाला पनि राखेका हुन्छन् । रिंगमोवासी बेसीतिर झर्नुको कारण मानिस तथा पशु–प्राणीलाई हिउँदे जाडोबाट जोगाउनुका साथै तल्लो–क्षेत्रमा गई बर्खा टार्ने अनाज संकलन गर्नु पनि हो । सुक्टिलामु, ज्यालसतिर बस्दा डोल्पाको तल्लो क्षेत्रतिर ओर्लेर अनाज संकलन गर्न उनीहरूलाई सजिलो हुन्छ । यी ठाउँमा उनीहरू मंसिरदेखि चैतसम्म बस्छन् ।

 बेसीतिर बस्दा महिलाहरू बालबच्चा हेर्ने, भातभान्सा बनाउने, धागो कात्ने, चाङ बुन्ने काम गर्छन् । उनीहरूले बुन्ने चाङहरू ल्यु, पाखी, पउरो, झोला, छ्युवा, किटी आदि हुन् । बुनेका वस्तु तल्लो भेगका बासिन्दासँग बिक्री गर्छन् । डोल्पा क्षेत्रमा किटी (मटी) भोटिया महिलाले मात्र लाउँथे तर अचेल त्यहाँका तल्लो क्षेत्रमा बस्ने मगर, ठकुरी, क्षेत्री, दलित महिलाले समेत लाउन थालेका छन् । किटीभित्र हावा छिर्न सक्दैन र शरीर सधैं न्यानो भइरहन्छ । जाडामा यसको प्रयोग बढ्दै गएको हो ।

 चौंरी ाईको दूध दुने, दूधबाट घ्यू निकाल्ने काम पनि उनीहरू नै गर्छन् । रिंगमो गाउँमा पुरुषले दूध दुने चलन छैन । वृद्घा महिलाचाहिँ पटुका बुन्दै बस्छन् । उनीहरूले बुनेका पटुका खरिद गर्न तल तारागाउँका तराली मगरहरू आउँछन् । पटुका उनीहरू बागलुङ, रुकुम, रोल्पा आदि क्षेत्रमा लगेर बेच्छन् । युवाहरू यसरी बेसीतिर बस्दा यार्सागुम्बा बिक्रीबाट ल्याएको पैसा बोकेर खसान क्षेत्रतिर झर्छन् ।

यसपालि भने जलवायु परिवर्तन भई सेफोक्सुन्डो क्षेत्रमा कम जाडो आएको र हिँउसमेत त्यति नपरेकाले चैत महिनाको सुरुआतमै उकालो लागे । हाल सबै परिवार माथि गाउँमा पुगिसके । भण्डार गरेको अनाज जोभा÷खच्चरलाई बोकाएर माथि लागे ।

काइगाउँ, पहाडा, लिकु, जुफाल, सुँ, कालिका, सर्मी आदि उनीहरूका खसान क्षेत्रतिर झर्ने जग्गा हुन् । त्यहाँबाट मकै, कोदो, गहुँ, उवा, सिमी, खुर्सानी किनेर जोभा÷खच्चरलाई बोकाई माथि लान्छन् । कहिलेकाहीँ चौंरीकोटसम्म पनि पुग्छन् । चौंरीकोट डोल्पा र जुम्लाको सीमा–क्षेत्रतिर पर्छ । चौंरीकोट जाँदाचाहिँ तिब्बतबाट ल्याएको भोटे–नुन लिएर जान्छन् । र, त्यसले स्थानीय त्यहाँका गुरुङ (भोटे)हरू सँग अनाज साटेर ल्याउँछन् । हाल चौंरीकोटमा एक फाक्तेन (जग) भोटेनुन लिएबापत चा फाक्तेन मकै, उवा दिने चलन छ । चौंरीकोटवासी भोटेनुनलाई चिया खान र वस्तुलाई दिन प्रयोग गर्छन् । चामल, तेल, च्युरा, मसला, साबुनचाहिँ रिंगमोवासी तल जाजरकोटको तल्लु–बगर र रुकुमको राढी–ज्युलासम्म झरेर लग्छन् ।

 घरमा जोभा÷खच्चरलाई बोकाएर अनाज ल्याउने पुरुष नभएमा त्यो काम गर्ने कुनै व्यक्तिलाई निश्चित समयका लागि निश्चित पारि श्रमिक दिई घरमा राखेका पनि हुन्छन् । हालसाल ज्यालसका कार्मा–छिरिङ बुढा (भोटिया) ले जोभा÷खच्चर खेदाई, खसान–क्षेत्रबाट अनाज ल्याउन जुम्लाको लामीडाँडा गाउँका वीरेन्द्र बोहरालाई मासिक १३ हजार दिएर राखेका छन् ।

 तलबाट खच्चर खेदाई अनाज ल्याउने कामबाहेक फुर्सदको समयमा वीरेन्द्र बोहराले बस्तुभाउ जंगल लाने पोसाउने, साँझतिर घर ल्याउने काम पनि गर्छन् । अन्य युवाले पनि खसान क्षेत्र वा चौंरीकोटबाट घर फर्किसकेपछि अथवा कुनै कारणले घरै बस्ने अवस्था भएमा तलबाट ल्याएको अनाजलाई घट्टमा लगी पिस्ने र निश्चित ठाउँमा लगी भण्डार गर्ने, बस्तुभाउलाई जंगल लाने ल्याउने, दानापानी ख्वाउने आदि काम गर्दै बस्छन् । रिंगमो गाउँमा घट्ट छैन । उवा, मकै, कोदो तलबाटै पिसेर लानुपर्छ । यसका अलावा उनीहरू फेरुवा कात्ने, छिपा बुन्ने, ताख्वा (फेरुवा कात्दा प्रयोग गरिने सामग्री) बनाउने आदि काम पनि गर्छन् । यसरी रिंगमोवासी मंसिरदेखि फागुनसम्म समय बिताउँछन् ।

 फागुन महिनाको अन्त्यसँगै से–फोक्सुन्डो क्षेत्रमा जाडो कम हुन थाल्छ । स्कुल लाग्न सुरु हुन्छ । रिंगमोवासी फेरि माथि गाउँतिर फर्किन सुरु गर्छन् । सधैं चैत महिनाको दोस्रो हप्तातिरमात्र माथि फर्किने उनीहरू यसपालि भने जलवायु परिवर्तन भई से–फोक्सुन्डो क्षेत्रमा कम जाडो आएको र हिउँसमेत त्यति नपरेकाले चैत महिनाको सुरुआतमै उकालो लागे । हाल सबै परिवार माथि गाउँमा पुगिसके । भण्डार गरेको अनाज जोभा÷खच्चरलाई बोकाएर माथि लागे ।

 प्रतिघर २० देखि ३० बोरासम्म अनाज उनीहरूले माथि लगेका देखिन्छ । त्यही अनाज बर्खाभरि खाना खाने, छ्याङ खाने, रोटी खाने तथा वस्तुलाई दाना खुवाउने गर्छन् । गाउँमा सबै घरपरिवार भेला भइसकेपछि चैत महिनाको अन्त्यतिर पुनः ह्युल्सा देवताको पूजा गर्छन् । यस सालको पूजा भरखर गरे । अब उनीहरू बालीनाली लाउने कामतिर लाग्छन् ।

लेखक त्रिवि कीर्तिपुरको मानवशास्त्रका अध्येता हुन् ।


 

Monday, December 31, 2018

Welcoming New Year by Gurung Community of Nepal

मृग वर्गलाई स्वागत
काठमाडौँ — गुरुङ समुदायले पुरानो वर्ष कुकुर वर्ग ‘खि’ ल्होलाई बिदाइ गरी नयाँ वर्ष ‘फो’ ल्हो मृग वर्गको स्वागत गरेको छ 
ल्हो’ को अर्थ वर्ष र ‘सार’ को अर्थ नयाँ भएकाले वर्षफेरिने दिनलाई तमु ल्होसार भनिएको गुरुङ समुदायको विश्वास छ
आफ्नो मौलिक पर्व मनाउन राजधानीमा रहेका गुरुङहरू आइतबार टुँडिखेलमा भेला भए मौलिक परिकार चाखे, गीत गाए, रमाए तमु हयुल छोंज धिं गुरुङ राष्ट्रिय परिषद् ल्होछार मूल आयोजक समितिले गरेको सामूहिक ल्हासार महोत्सवमा पाकादेखि युवायुवतीसम्म सांस्कृतिक मौलिकता झल्कने पहिरन तथा भेषभूषामा थिए उनीहरूले विभिन्न सांस्कृतिक झाँकी समेत प्रदर्शन गरे
महोत्सवमा पुरुषहरू अल्लोबाट बनेको भांग्रा र कछाडसहित आएका थिए भने महिला चाहिँ गुन्युचोली र घलेक लगाएर तमु संवत्अनुसार प्रत्येक पुस १५ मा ल्होसार मनाउने परम्परा रहिआएको परिषद्का अध्यक्ष रेशम गुरुङले जनाए
उनका अनुसार तमु ल्होसारले गुरुङ समुदायको भित्तेपात्रोमा नयाँ संवत् सुरु भएको संकेत गर्छ प्राचीन तमु प्यो शास्त्रका अनुसार तमु ल्होसारका दिन तमुहरूका प्रथम महापुरुषको उत्पत्ति भएको मानिन्छ जसअनुसार विभिन्न १२ जनावरका नामबाट १२ वर्ग निर्धारण गरिएको हुन्छ
महोत्सवमा भेटिएका ६० वर्षीय लामा इन्द्र तमुका अनुसार ल्होसारमा वर्षभरिका दु:ख पीडा भुलेर आफन्त, साथीभाइ एक ठाउँ भेला भई मिठोमसिनो खाँदै रमाइलो गर्छन् सेल–रोटी, तीनपाने रक्सी, ढिँडो जस्ता खाना मौलिक खानेकुरा अन्तर्गत पर्छन्
सुखशान्तिको कामनागर्दै लामाहरूले पूजापाठ गरेर पुरानो वर्षलाई बिदाइगरेपछि नयाँ वर्षलाई स्वागत गर्ने परम्परा छ यसपछि लामाहरूले विशेष मन्त्र जप गरिएको धागो बाँधिदिन्छन् महिलालाई सात फेरो पुरुषलाई नौ फेरो पहेंलो धागो घाँटीमा बाँध्ने रिन्छ
वर्षभर सुखशान्ति होस्, फलोस्–फुलोस्, सातो नजाओस् भनेर धागो लगाउने परम्परा बसेको हो,’ लामा इन्द्रतमुले भने।परापूर्वकालदेखि मनाइँदै आएको पर्व नयाँ पुस्तामा हस्तान्तरण गर्ने उद्देश्यले पनि महोत्सव गरिएको परिषद् अध्यक्ष रेशम गुरुङले बताए ‘आफ्नोपन जोगाउन खानपान, भेषभूषा तथा चाडपर्व भावी पुस्तालाई सिकाउँदै आएका छौं,’ उनले भने
महोत्सव अन्तर्गतको विशेष समारोह प्रधानमन्त्री केपी ओलीले उद्घाटन गरेका थिए प्रधानमन्त्रीले मुलुकको सांस्कृतिक विविधता गहनाको रूपमा रहेको उल्लेख गर्दै यसलाई जर्गेना गर्न सबै लाग्नुपर्ने बताए प्रकाशित : पुस १६, २०७५ ०९:४६


Thursday, December 20, 2018

The Sinja civilization at risk

संकटमा सिंजा–सभ्यता



Tuesday, December 18, 2018

Nyeku Jatra Mataya in Kathmandu, Nepal


The advent of Janai Purnima gets the whole of Kathmandu to shine in a festive mood.  Similarly, at Patan, the locals partake in a unique procession – the Nyeku Jatra Mataya – with traditional lights as its major highlight. Devotees of Patan take a tour of the courtyards, visiting shrines, all over the ancient settlement during this celebration.

The term ‘mata’ means light, and ‘ya’ is derived from the term ‘yatra’. Combining both, the festival –Matya – portrays the significance of light. It is a whole day parade that circumambulates 1700 shrines. The blowing of the nyeku (a buffalo horn trumpet) on regular intervals of the procession is a common practice in this festival. 

The parade comprises a throng of devotees, who are led by a group of Gurujus – the Bajracharya priests. An uninterrupted line is formed as the devotees travel a stagnant route, offering rice, grains, Vermillion, butter lamps, incense, and jajankas (thread necklace), on the way.

Elaborate orchestra comprising local musicians, from different localities or toles, play along traditional instruments, adding up the vigor to the long and tiresome yatra. The holy procession is conducted in memory of the deceased that passed away during the preceding year. Moreover, it is also carried out to cultivate peace and harmony for mankind. 

Devotees in a large numbers from Lalitpur, Kathmandu, Bhaktapur, Panga, Banepa, Kirtipur, Dhulikhel and other neighboring regions gather to witness the festival. The parade follows the same route every year. However, the starting point changes every year. The starting point also acts as the ending point of the festival for that particular year. 

“This year, sector number five, Bu-bahal, is hosting the jatra. The organizers take the responsibility of managing the procession.” said Babu Raja Bajracharya, Chairman of Sector number five, Nyeku Jatra Mataya Sanchalan Samiti. “Since there are a total of 10 sectors in Patan, we get the opportunity to organize the festival once a decade. Each of the committee members along with the entire locality make their best efforts to conduct it in the grandest manner possible,” he added. 

The preparation of Neyku Jatra Mataya starts by conducting various rituals and cultural practices. Moreover, the folk music ensemble playing Nau Baja is an inescapable element that adds a cultural merriment to the day. 

“Nau Baja is a special rendition of folk music that consists of 19 musical instruments including dhimey, kashi baja, dakshin Baja, naykhi, kochakhi, magakhi, mridang, damaru, joh, nagara, khanjari, dah, sai baja, damokhi, dha, khi, basuri, and nyeku. As it is a long musical piece, it is only carried out in special places and occasions,” says 71-year-old Nem Raj Bajracharya, member of the committee and inhabitant of the locality.

“Nau baja is played on different days at Kumbeshwar, Mangal Bazaar, Bungmati, Swayambhu and at different localities during the 15-day-long stretch of the Nyeku Jatra Mataya. We are done playing at Kumbeshwar and are planning to play it at Mangal bazaar on the day of jatra. The ancient belief of pleasing the late king of Patan, Siddhi Nar Singh Malla, by playing the nau baja still prevails among the majority of inhabitants of Patan. Ganesh Puja is conducted two days after the jatra to mark the formal closure of the festival,” he added.

As the whole day parade of Neyku Jatra is tiring. The four-day practice of Bagghi is carried out by those who desire to visit all the shrines that the jatra covers in a single day. “Bagghi is an important practice of lighting butter lamps and carrying out the similar procession. However, it is to be carried out only after midnight. In order to deter oneself from stepping onto the shadow of the shrines appearing in the daylight, the practice of bagghi is conducted before sunrise,” informed 65-year-old Purna Uday Bajracharya.
The belief of earning religious merits by providing financial aid or physical assistance is highly prevalent in this festival. Therefore, many devotees, in overwhelming numbers, participate through one or the other. 

“Among the major five Guruju who will be leading the Nyeku jatra, my younger brother is one of them. All of my family members are planning to take part in the auspicious occasion,” added Nem Raj.

“All of my family members are eagerly looking forward to contributing their bit in the jatra. As you grow older, the possibility of participating in the jatra seemingly decreases due to one’s degrading health. This is why youth participation is the highest in this tiring yet exuberant event,’ added Uday.
https://www.youtube.com/watch?v=bazUSqyCATU&feature=share

Sunday, December 16, 2018

Grammar of Thulung language published


थुलुङ भाषाको व्याकरण सार्वजनिक

मंसिर २९, २०७५कान्तिपुर संवाददाता

काठमाडौँ — पाँचवीर थुलुङ राई लिखित ‘नाम्स्योर थुलुङ बोक्छेम’ (सजिलो थुलुङ व्याकरण) पुस्तक सार्वजनिक गरिएको छ थुलुङ राई संस्कृति प्रतिष्ठानले पुस्तक प्रकाशित गरेको हो । सोलुखुम्बुको थुलुङ दुधकोसी गाउँपालिका अध्यक्ष असिम थुलुङ राईले काठमाडौंमा शुक्रबार आयोजित समारोहमा सार्वजनिक गरेका हुन् । ७८ वर्षीय लेखक पाँचवीर अवकाशप्राप्त शिक्षक हुन् । उनको अगुवाईमा ‘थुलुङ भाषाको शब्दकोश’ र कक्षा १ देखि ५ सम्म अनौपचारिक शिक्षाको पाठ्यपुस्तक प्रकाशित छन् चालू शैक्षिक सत्रबाट थुलुङ राई बाहुल्य क्षेत्रका २२ विद्यालयमा थुलुङ भाषाको औपचारिक पठनपाठन सञ्चालनमा छ । सार्वजनिक गरिएको व्याकरण पुस्तक थुलुङ र नेपाली भाषामा अनुवादसमेत रहेको छ । प्रमुख अतिथि रहेका अध्यक्ष राईले गाउँपालिकामा आगामी शैक्षिक सत्रदेखि थुलुङ भाषाको शिक्षक कोटाको व्यवस्था गर्ने बताएका छन् । पुस्तकबारे किरात राई प्रज्ञा प्रतिष्ठानको कुलपति जयकुमार राई, डा. सुकराज राई, थुलुङ राई संस्कृति प्रतिष्ठानको अध्यक्ष निर्कुधन राईलगायतले चर्चा गरेका थिए 
प्रकाशित : मंसिर २९, २०७५ १५:३८

धर्म, संस्कृति र जीवनको बहस

  धर्म , संस्कृति र जीवनको बहस अरूणा उप्रेति अनलायन खबर,   २०७७ साउन १८ गते १०:३४ ‘ नो वर्त प्लिज’ गीतको बोललाई लिएर मैले हिन्दु ‘जागर...