Friday, February 01, 2019

ब्राह्मणहरू घन्काउँदै नौमती


विवाह, व्रतबन्ध र शुभकार्यमा नौमती बाजा बजाउने पुरानो चलन हो व्यावसायिक ढंगले नौमती बाजा बजाउने समुदाय बाजा लोप हुँदै गएका बेला मकवानपुरको ग्रामीण भेगका ब्राह्मण समुदायले भने सबैको ध्यान आफूतिर तानेका छन् 
नौमती बाजा संरक्षण गर्ने उद्देश्यले मकवानपुरगढी गाउँपालिका–५, आमभन्ज्याङका ब्राह्मण समुदायले नौमती बाजा व्यावसायिक ढंगले बजाउन थालेका हुन् विवाह, व्रतबन्ध र शुभकार्यमा बजाइने सहनाई, नरसिंहा, दमाहा, ट्याम्के,झ्यालीलगायतका बाजाबजाउने गर्छन्

विगतमा बाह्मण समुदायले बाजा छुन नहुने अन्धविश्वासका कारण परियार समुुदायले मात्र सीमित पञ्चे/नौमती बाजा अचेल भने दौरासुरुवाल र इस्कोटमा ठाँटिएका आमभन्ज्याङ पेटीटोलका ब्राह्मणले घन्काउँछन् ब्राह्मण युवाहरूले २०५३ सालदेखि यदाकदा बाजा बजाउन सुरु गरेका भए पनि व्यावसायिक रूपमा बजाउन थालेको वर्ष पुगेको

सबैले उत्साह र समर्थन गरेका भए पनि अघिदेखि निरन्तरता दिन सकिएन, ५ वर्षदेखि चाहिँ बजाउँदै आइरहेका छौं,’ ५३ वर्षीय जुनाराज चौलागाईंले भने, ‘विवाहको समयमा फुर्सदै हुन्न।’
टोलीमा २९ देखि ५३ वर्षका ब्राह्मण छन् ‘पहिलेपहिलेब्राह्मणले अन्य बाजा बजाए पनि टेम्को र दमाहा बजाउन हुँदैन भन्थे, बजाइयो, केही भएको छैन,’ टोलीमा ट्याम्को बजाउने चौलागाईंले भने उनले टोलीको माग हेटौंडामा मात्र नभई सिन्धुली, चितवन, काठमाडौं र बाराबाट पनि आउने गरेको बताए

दूरी र समयको आधारमा बाजा बजाएको शुल्क १२ हजारदेखि ४० हजार रुपैयाँसम्म लिने गरेको उनले बताए टोलीले भदौदेखि २४ विवाहमा बाजा बजाइसकेको चन्द्र–सूर्य क्लबका नाममा परिचित टोलीले आम्दानीको १० प्रतिशत संस्थामा जम्मा गर्छन् भने ९० प्रतिशत बाँडेर लिन्छन् ११ सदस्यीय टोलीमा कृष्ण घिमिरे, रामकृष्ण पुडासैनी, जुनाराज चौलागार्इं, उद्धव न्यौपाने, दीपक तिमल्सिना, भरत तिमल्सिना, राम तिमल्सिना, सन्तोष पुडासैनी, लीलाराम सापकोटा, रामबहादुर थापा र सोमप्रसाद सापकोटा छन्

आफ्नो संस्कृति, परम्परा तथा बाजाको संरक्षण गर्न व्यावसायिक रूपमा बाजा बजाउन सुरु गरेको टोली सदस्य कृष्ण घिमिरले बताए। ‘विदेशी ब्यान्ड बाजाभन्दा नेपाली पहिचान झल्किएका बाजा सबैले मनपराउने भएकाले संरक्षणमा जुटेका हौं,’ घिमिरेले भने

उनले आगामी पुस्तामा बाजा र संस्कृति हस्तान्तरण गरेपछि विश्राम लिने बताएप्रकाशित : माघ १७, २०७५ १०:३८


सिकाली चौरको जात्रा


खोकना बस्तीबाट अलिक पर छ सिकाली (श्रीकाली) चौर टन्टलापुर घाम त्यहाँ निधारमा तिलक सिन्दुर टीका, टाउकोमा पगरी (देवगणले लगाउने विषेश किसिमको गोलाकार टोपी), शरीरमा दौरा, जामा र खाली खुट्टामा भेटिए ७४ वर्षीय पूर्णबहादुर महर्जन
उनीसँगै उस्तै गेटअपमा थिए ४५ वर्षीय भगवानदास महर्जन उनीहरू सिकाली जात्रामा देवगणहरूलाई विधिवत् भोजन गराउने चटारोमा थिए ‘हामीलाई नेपाल भाषामा चित्या: भन्छन्,’ गालाको पसिना पुछ्दै भगवानले भने, ‘अहिलेको भाषामा चाहिँ कुक

चौरमा उस्तै पहिरनमा भेटिएका ५१ वर्षीय हेराबहादुर डंगोल, ४० वर्षीय पद्मचन्द्र डंगोल, ४५ वर्षीय रामहरि महर्जन, ४२ वर्षीय बालकृष्ण महर्जन भने ‘भली’ हुन् भली अर्थात वेटर ‘मुलुकमा मल्लकालमै कुक वेटरको व्यवस्था रहेछ,’ जात्रा अवलोकनमा आएका चापागाउँका ३० वर्षीय जगतबहादुर महर्जन चकितमा परे, ‘अहिले विदेशीले नेपालीलाई शुल्क लिएर कुकको तालिम दिन्छन्।’

देवगण भोजका लागि आवश्यक खाद्यवस्तु भने खोकनाका तीन मुख्य त:गु, सलागु र ज:गु गुठीका गुठियारले बन्दोबस्त गर्ने परम्परा छ उनीहरूजस्तै चौरमा सोमबार मुकुट, कलेवर पोसाक, गरगहना लगाएर देवगणको भेषका ४६ गुठियार धार्मिक मान्यताअनुसार अश्वमेघ यज्ञमा सहभागी हुन आएका हुन् रुद्रायणी गुठीका बैदार बेखनारायण महर्जन भन्छन्, ‘चौरमा देखाइएको नृत्य देवगणहरूले यज्ञमा सती देवी होमिदा वीरभद्र र महाकाली जागी यज्ञ विध्वंस गरेको दृश्य हो।’ उनका अनुसार सबै देवीदेवताको पछाडि वीरभद्र महाकाली दौडनु भनेको लखेट्नु भन्ने बुझिन्छ ‘सप्तमीका दिन मंगलबार खोकना तल्लो लाछीस्थित मुख्य डबलीमा नाच देखाउने प्रचलन उक्त नाचलाई महालक्ष्मीले महिषासुरलाई वध गरी खुसियाली मनाएको नाच (लसता प्याख) का रूपमा लिइन्छ,’ उनले भने, ‘जुन जात्राको मुख्य रौनकका रूपमा लिइन्छ।’

चौरबाट साँझ खोकना बस्तीमा पुगेर देवगण र वीरभद्र, महाकाल, भैरव र देवताको खट देश या: नामक बाजागाजासहित नगर परिक्रमा गराउने चलन छ खोकनावासी दसैं भने मनाउँदैनन् अष्टमी, नवमी र विजयादशमीदेखि पूर्णिमासम्म खोकनामा अरू रौनक नै हुँदैन उनीहरू घटस्थापनामा जमरा पनि राख्दैनन्, दशमीमा टीका पनि लगाउँदैनन् उनीहरूले इष्ट देवताको रूपमा रुद्रायणी भवानी देवीलाई मन्ने गर्दछन् यहाँ दसंैको सट्टा स्थानीय रुद्र भवानी देवीको सिकाली जात्रा मनाउने गर्छन्

रुद्रायणी जात्रा चार दिनअघि तृतीयाबाट विधिवत् रूपमा सुरु भएको थियो जात्रा असोज शुक्ल सप्तमी अर्थात् फूलपातीसम्म चल्छ तृतीयाको दिन तगु सला गुठीका / जना कुमार केटा नुहाएर चोखो लुगा लगाई उपवास बसेका थिए (आफ्ना गुठीका मुख्य थकालीबाट पूजा सामग्री लिई बस्तीभन्दा पर सिकाली चौरस्थित सिकाली देवीलाई विधिपूर्वक नृत्य र गोप्य पूजा गर्छन् र जात्रा सुरु हुन्छ बैदार महर्जनका अनुसार ‘गुठीको गोप्य पूजा भएकाले सिकाली चौरमा अन्य मानिस, चराचुरुंगी र जीवजन्तु कोही बस्न दिँदैन।’ जात्रामा तीनै गुठीबाट एक/एकवटा राँगा बलि दिई बेलुका सिकाली देवीलाई प्रसाद चढाउने गरिन्छ अन्त्यमा गुठियारहरू संगै बसी प्रसाद खान्छन्
प्रकाशित : आश्विन ३१, २०७५ ०७:३४

प्रहरी संगठन सुदृढ गर्न नयाँ ऐनको मस्यौदा तयार गरिँदैछ

  प्रहरी संगठन सुदृढ गर्न नयाँ ऐनको मस्यौदा तयार गरिँदैछ : गृहमन्त्री लेखक   आश्विन ३० , २०८१ रासस काठमाडौँ — गृहमन्त्री रमेश लेखकले न...