Friday, February 01, 2019

ब्राह्मणहरू घन्काउँदै नौमती


विवाह, व्रतबन्ध र शुभकार्यमा नौमती बाजा बजाउने पुरानो चलन हो व्यावसायिक ढंगले नौमती बाजा बजाउने समुदाय बाजा लोप हुँदै गएका बेला मकवानपुरको ग्रामीण भेगका ब्राह्मण समुदायले भने सबैको ध्यान आफूतिर तानेका छन् 
नौमती बाजा संरक्षण गर्ने उद्देश्यले मकवानपुरगढी गाउँपालिका–५, आमभन्ज्याङका ब्राह्मण समुदायले नौमती बाजा व्यावसायिक ढंगले बजाउन थालेका हुन् विवाह, व्रतबन्ध र शुभकार्यमा बजाइने सहनाई, नरसिंहा, दमाहा, ट्याम्के,झ्यालीलगायतका बाजाबजाउने गर्छन्

विगतमा बाह्मण समुदायले बाजा छुन नहुने अन्धविश्वासका कारण परियार समुुदायले मात्र सीमित पञ्चे/नौमती बाजा अचेल भने दौरासुरुवाल र इस्कोटमा ठाँटिएका आमभन्ज्याङ पेटीटोलका ब्राह्मणले घन्काउँछन् ब्राह्मण युवाहरूले २०५३ सालदेखि यदाकदा बाजा बजाउन सुरु गरेका भए पनि व्यावसायिक रूपमा बजाउन थालेको वर्ष पुगेको

सबैले उत्साह र समर्थन गरेका भए पनि अघिदेखि निरन्तरता दिन सकिएन, ५ वर्षदेखि चाहिँ बजाउँदै आइरहेका छौं,’ ५३ वर्षीय जुनाराज चौलागाईंले भने, ‘विवाहको समयमा फुर्सदै हुन्न।’
टोलीमा २९ देखि ५३ वर्षका ब्राह्मण छन् ‘पहिलेपहिलेब्राह्मणले अन्य बाजा बजाए पनि टेम्को र दमाहा बजाउन हुँदैन भन्थे, बजाइयो, केही भएको छैन,’ टोलीमा ट्याम्को बजाउने चौलागाईंले भने उनले टोलीको माग हेटौंडामा मात्र नभई सिन्धुली, चितवन, काठमाडौं र बाराबाट पनि आउने गरेको बताए

दूरी र समयको आधारमा बाजा बजाएको शुल्क १२ हजारदेखि ४० हजार रुपैयाँसम्म लिने गरेको उनले बताए टोलीले भदौदेखि २४ विवाहमा बाजा बजाइसकेको चन्द्र–सूर्य क्लबका नाममा परिचित टोलीले आम्दानीको १० प्रतिशत संस्थामा जम्मा गर्छन् भने ९० प्रतिशत बाँडेर लिन्छन् ११ सदस्यीय टोलीमा कृष्ण घिमिरे, रामकृष्ण पुडासैनी, जुनाराज चौलागार्इं, उद्धव न्यौपाने, दीपक तिमल्सिना, भरत तिमल्सिना, राम तिमल्सिना, सन्तोष पुडासैनी, लीलाराम सापकोटा, रामबहादुर थापा र सोमप्रसाद सापकोटा छन्

आफ्नो संस्कृति, परम्परा तथा बाजाको संरक्षण गर्न व्यावसायिक रूपमा बाजा बजाउन सुरु गरेको टोली सदस्य कृष्ण घिमिरले बताए। ‘विदेशी ब्यान्ड बाजाभन्दा नेपाली पहिचान झल्किएका बाजा सबैले मनपराउने भएकाले संरक्षणमा जुटेका हौं,’ घिमिरेले भने

उनले आगामी पुस्तामा बाजा र संस्कृति हस्तान्तरण गरेपछि विश्राम लिने बताएप्रकाशित : माघ १७, २०७५ १०:३८


Societies of Nepal

 Societies of Nepal  Nepali society is incredibly diverse, shaped by over 142 distinct ethnic groups and multiple religious beliefs that oft...