Friday, February 01, 2019

सिकाली चौरको जात्रा


खोकना बस्तीबाट अलिक पर छ सिकाली (श्रीकाली) चौर टन्टलापुर घाम त्यहाँ निधारमा तिलक सिन्दुर टीका, टाउकोमा पगरी (देवगणले लगाउने विषेश किसिमको गोलाकार टोपी), शरीरमा दौरा, जामा र खाली खुट्टामा भेटिए ७४ वर्षीय पूर्णबहादुर महर्जन
उनीसँगै उस्तै गेटअपमा थिए ४५ वर्षीय भगवानदास महर्जन उनीहरू सिकाली जात्रामा देवगणहरूलाई विधिवत् भोजन गराउने चटारोमा थिए ‘हामीलाई नेपाल भाषामा चित्या: भन्छन्,’ गालाको पसिना पुछ्दै भगवानले भने, ‘अहिलेको भाषामा चाहिँ कुक

चौरमा उस्तै पहिरनमा भेटिएका ५१ वर्षीय हेराबहादुर डंगोल, ४० वर्षीय पद्मचन्द्र डंगोल, ४५ वर्षीय रामहरि महर्जन, ४२ वर्षीय बालकृष्ण महर्जन भने ‘भली’ हुन् भली अर्थात वेटर ‘मुलुकमा मल्लकालमै कुक वेटरको व्यवस्था रहेछ,’ जात्रा अवलोकनमा आएका चापागाउँका ३० वर्षीय जगतबहादुर महर्जन चकितमा परे, ‘अहिले विदेशीले नेपालीलाई शुल्क लिएर कुकको तालिम दिन्छन्।’

देवगण भोजका लागि आवश्यक खाद्यवस्तु भने खोकनाका तीन मुख्य त:गु, सलागु र ज:गु गुठीका गुठियारले बन्दोबस्त गर्ने परम्परा छ उनीहरूजस्तै चौरमा सोमबार मुकुट, कलेवर पोसाक, गरगहना लगाएर देवगणको भेषका ४६ गुठियार धार्मिक मान्यताअनुसार अश्वमेघ यज्ञमा सहभागी हुन आएका हुन् रुद्रायणी गुठीका बैदार बेखनारायण महर्जन भन्छन्, ‘चौरमा देखाइएको नृत्य देवगणहरूले यज्ञमा सती देवी होमिदा वीरभद्र र महाकाली जागी यज्ञ विध्वंस गरेको दृश्य हो।’ उनका अनुसार सबै देवीदेवताको पछाडि वीरभद्र महाकाली दौडनु भनेको लखेट्नु भन्ने बुझिन्छ ‘सप्तमीका दिन मंगलबार खोकना तल्लो लाछीस्थित मुख्य डबलीमा नाच देखाउने प्रचलन उक्त नाचलाई महालक्ष्मीले महिषासुरलाई वध गरी खुसियाली मनाएको नाच (लसता प्याख) का रूपमा लिइन्छ,’ उनले भने, ‘जुन जात्राको मुख्य रौनकका रूपमा लिइन्छ।’

चौरबाट साँझ खोकना बस्तीमा पुगेर देवगण र वीरभद्र, महाकाल, भैरव र देवताको खट देश या: नामक बाजागाजासहित नगर परिक्रमा गराउने चलन छ खोकनावासी दसैं भने मनाउँदैनन् अष्टमी, नवमी र विजयादशमीदेखि पूर्णिमासम्म खोकनामा अरू रौनक नै हुँदैन उनीहरू घटस्थापनामा जमरा पनि राख्दैनन्, दशमीमा टीका पनि लगाउँदैनन् उनीहरूले इष्ट देवताको रूपमा रुद्रायणी भवानी देवीलाई मन्ने गर्दछन् यहाँ दसंैको सट्टा स्थानीय रुद्र भवानी देवीको सिकाली जात्रा मनाउने गर्छन्

रुद्रायणी जात्रा चार दिनअघि तृतीयाबाट विधिवत् रूपमा सुरु भएको थियो जात्रा असोज शुक्ल सप्तमी अर्थात् फूलपातीसम्म चल्छ तृतीयाको दिन तगु सला गुठीका / जना कुमार केटा नुहाएर चोखो लुगा लगाई उपवास बसेका थिए (आफ्ना गुठीका मुख्य थकालीबाट पूजा सामग्री लिई बस्तीभन्दा पर सिकाली चौरस्थित सिकाली देवीलाई विधिपूर्वक नृत्य र गोप्य पूजा गर्छन् र जात्रा सुरु हुन्छ बैदार महर्जनका अनुसार ‘गुठीको गोप्य पूजा भएकाले सिकाली चौरमा अन्य मानिस, चराचुरुंगी र जीवजन्तु कोही बस्न दिँदैन।’ जात्रामा तीनै गुठीबाट एक/एकवटा राँगा बलि दिई बेलुका सिकाली देवीलाई प्रसाद चढाउने गरिन्छ अन्त्यमा गुठियारहरू संगै बसी प्रसाद खान्छन्
प्रकाशित : आश्विन ३१, २०७५ ०७:३४

Societies of Nepal

 Societies of Nepal  Nepali society is incredibly diverse, shaped by over 142 distinct ethnic groups and multiple religious beliefs that oft...