Sunday, December 08, 2019

सरायें नाच जोगाउने सहर


सरायें नाच जोगाउने सहर
मेरो सहर
मंसिर २१, २०७६रामचन्द्र श्रेष्ठ
६९ साल असोजमा मावली गाउँ अर्घाखाँचीको झेंडी पुग्दा भैरमको तालले रात घमाइलो बनाएको थियो । वर्षपछि निकालिएको भएकाले पनि होला गाउँको रौनक नै बेग्लै थियो 
उसो त भैरमको रौनक नै मौलिक हुन्छ नाच्नका लागि अर्को गाउँ जानु छ भने बाटोभरि कर्नाल बजाउँदै, हल्ला पिट्दै, धूलो उडाउँदै आउँछ भैरम भैरमको टोली नै ठूलो हुन्छ कालो भैरम, रातो भैरम, सेतो भैरम, डंकिनी, ताकुन्डोलीको टोली, घोडा नाच, मयूर नाच, भालु नाच, जादुगर अनि दसवटा त बाजा व्यवस्थापनको उस्तै टोली लगभग ९० जनाको विशाल जत्था लिएर हिंड्छ भैरम
भैरमसँग हुर्केका केटाकेटी वयस्क र बूढा हुँदा पनि गुरु मादलको ताल बिर्संदैनन् कृष्ण जन्माष्टमीपछि उनीहरूको कानले भैरमको ताल खोज्न थाल्छ यस्ता सांस्कृतिक कर्महरूले मान्छेको दिलमा स्मृतिको न्यानो ासो छोडेको हुँदोरहेछ मान्छे जिन्दगीको खोजीमा कहाँ–कहाँ बरालिन्छ तर उसको दिलको नासो पटक–पटक बल्झिँदोरहेछ
भैरमको रौनकमा रमाउँदारमाउँदै पनि झेंडीका नेवारहरूलाई एउटा चिन्ताको पछ्यौरीले सपक्क छोपेको थियो यो विशाल जत्था सधैं पाउन अब गाह्रो हुँदै थियो वैदेशिक रोजगारीका लागि युवाहरू परदेसिएपछि गाउँ सुनसान भइरहेको थियो कुनै बेला पाँच–पाँच जना क्षेत्रीय भलिबल खेलाडी हुर्काउने गाउँको खेलमैदानमा झार पलाइसकेको थियो त्यो साल संयोगले युवाहरू जुटे भैरम निकालियो केही नयाँ केटाहरूले नाच सिक्न पनि थाले तर गुरु मादल बजाउने कसले? निरन्तरताको प्रश्नले अत्याइरहेको थियो यसपालि अचम्मै भयो गाउँमा निरन्तरताको चिन्ता भएको भैरम यसपालि बुटवलमा नै निकालियो गत भदौ १५ देखि कात्तिक गतेसम्म बुटवल आसपासमा भैरम नाचियो त्यति मात्र होइन, अर्घाखाँचीका नेवारहरूको पहिचान बोकेको भैरम असोज ३ गते काठमाडौंमा प्रज्ञा प्रतिष्ठानको डबलीमा पनि फन्कियो भैरम बुटवलका नाच उत्सवहरूको सूची लम्ब्याउन सफल भयो भैरम मात्र होइन, बुटवलका उत्सवहरूको लर्कोमा नवीनतम परिचय बनाउन सफल भएको छ अर्को नाच सरायँ विशेषगरी गुल्मी, अर्घाखाँची, प्यूठानलगायतका गण्डकीपारिका पश्चिम पहाडमा बडादसैंपछि पूर्णिमासम्म विभिन्न कोटहरूमा सरायँ नाचिन्छ तथापि गुल्मी अर्घाखाँचीको विशेष पहिचान हो— सरायँ
सरायँ शक्तिसँग जोडिएको छ यो पहाडका विभिन्न कोटहरूसँग जोडिएको देवीको पूजा आफैंमा शक्तिको पूजा हो शक्ति र युद्धको विजयको प्रतीकस्वरूपः तरबारको प्रदर्शनसहित सरायँ नाचिन्छ अहिले बुटवलमा दसैंको टीकापछि द्वादशीको दिन जितगढीमा, त्रयोदशीमा मजुवामा र पूर्णिमामा देवीनगरमा नाचिन्छ यीमध्ये सबैभन्दा पुरानो देवीनगरको सरायँ हो, जुन २०६७ सालबाट नाच्न सुरु गरिएको हो
सरायँ र भैरम आफ्ना पहाडि गाउँबाट ओर्लेर बुटवल सहरमा स्थापित भएका छन् आखिर के बुटवलमा जसले यी चाडलाई समाहित गर्न सक्यो?

गाउँ बोकेको सहर
बुटवलमा सरायँ नाचको विगत खोतल्दै जाँदा जितगढी सरायँ समितिका अध्यक्ष जंगबहादुर श्रीस २०६३ सालको प्रयासलाई कोट्याउँछन् त्यो साल गुल्मी धुर्कोटबाट बसाइ सरी आएका मानिसहरूले ट्राफिकचोकमा सरायँ नाच्ने प्रयास गरे तर, त्यो प्रयासले निरन्तरता पाउन सकेन कारण विविध हुन सक्छन् तर, मुख्य कारण उक्त नाचको परम्परामा हुर्केका मानिसहरूको जनसंख्या कम हुनु नै हो त्यसको केही र्षपछि २०६७ सालमा गुल्मीकै मानिसहरूको प्रयासमा देवीनगरमा सरायँ नाच सुरु भयो त्यतिबेला देवीनगरमा दसैंको बेला नौतुनवाबाट देवीको मूर्ति ल्याएर पूजा गर्ने चलन थियो दसैंपछि त्यसलाई सेलाइन्थ्यो यो पहाडको चलनभन्दा फरक थियो पहाडमा देवीको स्थायी कोट हुन्छ ती कोटको आफ्नो गुठी हुन्छ गुठी जमिनको आम्दानीले खर्चको निरन्तरता दिइरहेको हुन्छ तर, मधेसको चलनमा दसैंकी देवीको स्थायी मन्दिर हुँदैन अस्थायी मूर्ति राखिन्छ पछि त्यो सेलाइन्छ
२०६७ सालमा त्यो मूर्ति राख्न नेतृत्व गरेकाहरू गुल्मीबाट बसाइ सरी आएका मानिस थिए त्यतिबेलादेखि सरायँ व्यवस्थापनमा नेतृत्वदायी भूमिका खेल्दै आएका अर्जुन कुँवरका अनुसार, त्यस साल गुल्मी पीपलधाराबाट पाँच जना सरायँ नाच्न जान्ने मानिसलाई ल्याएर नाच सुरु गरिएको थियो अर्को वर्षदेखि यहाँकै जनशक्तिले सरायँ नाच्न सक्ने स्थिति तयार भय त्यसको दुई वर्षपछि जितगढीमा सरायँ सुरु भयो यसरी ०६३ मा असफल भएको सरायँले निरन्तरता पाउनुको कारण थियो, सरायँको पृष्ठभूमि भएका अर्घाखाँची र गुल्मीका मानिसहरूको जनसंख्या वृद्धि हुनु गुल्मी अर्घाखाँचीको सरायँमा केही भिन्नता अर्घाखाँचीमा बढी ‘वाक्खै हो’ भन्दै नाचिन्छ, जुन अलि द्रुत गतिमा हुन्छ भने गुल्मीको मन्द गतिको सरायँ नै हो तर, दुवैखाले नाच यहाँ मिश्रण भएको छ
यो मिश्रण बुटवल निर्माण प्रक्रियासँग जोडिएको छ बुटवल सहरको निर्माण बसाइसराइकै माध्यमबाट भएको हो बुटवलमा लगभग चार मुख्य चरणमा मानिसहरूको बाक्लो बसाइसराइ भएको छ सुरुआती चरणमा अहिलेको पुरानो बुटवलमा पाल्पाका नेवारहरू बसाइ सरी आएकोलाई पहिलो चरण भन्न सकिन्छ दोस्रो चरण २०२७ सालको नापीसँगै खस्यौली (तिनाउको पूर्वी भाग) मा विस्तारित बसाइसराइ हो जुन पञ्चायतकालसम्म चलिरह्यो तेस्रो बहुदलको आगमनपछि मन्द गतिमा २०५८ सम्म भइरहेको हो चौथो अलि द्रुत गतिमा विस्तारित भएको २०५८ पछि हो २०५८ पछि बसाइ सरी आउनेको संख्या बढ्न थाल्यो यसको एउटा मुख्य कारण पहाडी भेगमा भएको द्वन्द्व थियो २०६३ पछि यो क्रम झनै बढ्दै गयो बसाइ सरी आउनुका केही विशेष ारण छन् त्यसलाई बुझ्न बुटवलको अर्थ–राजनीतिलाई केलाउनुपर्छ
ठूला राजनीतिक परिवर्तन र अस्थिरताको समयमा बुटवलको जनसंख्या वृद्धि हुने गरेको छ राजनीतिक अस्थिरताको समयमा सुकुम्बासी बस्तीहरूको स्थापनामा सहज हुन थाल्यो यस्ता सुकुम्बासी बस्ती कम आय भएका मानिसलाई स्थायी घर प्रदान गर्ने थलो बने सहरमा सस्तो श्रम बेचेर डेरा गरी बसेका श्रमिकहरूले सुरुआतमा सुकुम्बासी बस्ती ओगट्न थाले ती अनेक चुनौतीहरूसँग जुधे छिमेकी पुर्जावाल बस्ती, नगरपालिकादेखि बाढीसम्मका चुनौतीसँग जुधे तिनको पछाडि भविष्यको भोट बैंकको कल्पना गरेका राजनीतिक दलहरूको स्वार्थले पनि भूमिका खेलेको थियो राजनीतिक संस्थाहरूमा रिक्तता पनि अर्को अनुकूल वातावरणको कारक थियो जब यस्ता सुकुम्बासी बस्तीले सामाजिक वैधता पाउन थाले, त्यहाँ विद्युत्, पानी पुग्न थाल्यो त्यसपछि सुरुआती चरणका मानिससँग सस्तोमा घडेरी किनिन थाले पहाडबाट आएका तर पुर्जावाल घडेरी किन्न नसक्नेका लागि यस्ता सुकुम्बासी बस्ती सहर प्रवेश गराउने माध्यम बन्न थाले
अर्कोतर्फ वैदेशिक रोजगारीका माध्यमबाट पहाडी भेगका मानिसहरूसँग केही पुँजी जम्मा भयो उनीहरूको त्यो पुँजीलाई घर–घडेरीमा खर्च गराउन पहिला नै बुटवलमा आइसकेका जग्गा दलालहरूको राम्रै समूह निर्माण भइसकेको थियो ती दलालहरूले आफ्नै गाउँठाउँका मानिसहरूलाई घरघडेरी किन्न प्रोत्साहित गर्थे यसरी आफ्नै गाउँठाउँका मानिस बसाइ सरी आउन थाले ती बुटवलको लगभग एकै क्षेत्रतिर बसाइ सरे, जसले गर्दा एक–दुई जना व्यक्ति होइन, सिङ्गो गाउँ नै बसाइ सरेर आउन थाल्यो एउटै गाउँ नातेदारको सञ्जालको कारण सामूहिकताजस्तो गाउँले भावना कायम रह्यो एउटै क्षेत्रका मानिसहरूको जनघनत्व बढ्न थालेपछि त्यसले आफ्नो पहिचान सांस्कृतिक कर्मको उत्पादन गर्न खोज्यो यहीं क्रमको सिलसिला भैरम र सरायँ हुन्

चालक शक्ति– सम्पर्क समाजहरू
सरायँ र भैरम सुरुआत हुनुको पछाडि सम्पर्क समाजहरूको प्रत्यक्ष र परोक्ष भूमिका छ बुटवलमा अनगिन्ती सम्पर्क समाजहरू छन् आफ्नो पुर्ख्यौली थलो बुटवल, रूपन्देही जोडेर बनाइएका यस्ता सम्पर्क समाजहरू बुटवलका पहिचान बनेका छन् बुटवलमा केन्द्रित भएर मानवशास्त्रबाट विद्यावारिधी शोध गरिरहेका अमृतकुमार भण्डारी विविधतायुक्त समाजमा आफ्नोपनको खोजीको क्रममा यस्ता सम्पर्क समाजहरू बन्ने बताउँछन्
भण्डारीका अनुसार, दुई कारणले सम्पर्क समाजहरू स्थापित हुन्छन् एक, नवआगन्तुकहरू बसाइ सरी आएको भूगोलमा पूर्वस्थापित समाजमा घुलमिल हुने वातावरणको खोजी गर्छन् मर्दापर्दा अन्य सांस्कृतिक कर्महरूमा पूर्वस्थापित छर–छिमेकीको साथको खोजी हुन्छ तर, नवआगन्तुकहरू पूर्वस्थापित समाजमा सजिलै घुलमिल हुन सक्दैनन् घुलनशीलताको डिग्री जति कम हुन्छ, त्यति नवआगन्तुकले आफ्नै उद्मगका मानिसहरूको खोजी थाल्छन् त्यसैले सम्पर्क समाज स्थापित हुने एउटा मुख्य कारण समाजमा घुलनशीलताको कमी हुनु हो
दोस्रो, मानिसको लगाव उद्गमस्थान हुन्छ मान्छे पुराना कुरा सम्झिरहन्छ उसको यो नस्टाल्जियाले आफ्नोपनका मानिसको खोजी गराउँछ सहयोग ऐक्यबद्धताको नाममा यस्ता सम्पर्क समाजहरू स्थापित हुन्छन् यी सम्पर्क समाजहरूले व्यक्तिलाई समाजसँग जोड्न मद्दत गर्छन् हुँदाहुँदा यस्तो दृश्य पनि देखापर्छ, मृत्युका बखत जोडिएको घरको मान्छे आइरहेको हुँदैन तर सम्पर्क समाजका मान्छेहरू जम्मा भइसक्छन्
सम्पर्क समाजहरूले समन्वय, ऐक्यबद्धता र सहयोगका साथै निरन्तरता पनि प्रदान गर्छन् आफ्नो उद्गम भेगको संस्कृतिको निरन्तरतामा यिनको जोड हुन्छ बुटवलमै भैरम सुरु गरिनुभन्दा पहिला लगातार तीन वर्षसम्म अर्घाखाँचीको झेंडी नुवाकोटको भैरम निम्त्याइएको थियो त्यसलाई संयोजन गर्ने काम सम्पर्क समाजहरूले गरेका थिए जस्तो, झेंडीको भैरमलाई ‘डिर्भना–रूपन्देही सम्पर्क समाज’ ले संयोजन गरेको थियो अहिलेको भैरम नाच ‘नेवाः समाज अर्घाखाँची–रूपन्देही’ ले नै संयोजन गरेको हो
त्यस्तै सरायँको पृष्ठभूमिका सम्पर्क समाजहरूको भूमिका भएको जितगढी सरायँ समितिका अध्यक्ष जंगबहादुर श्रीस बताउँछन् एउटै भेगका मान्छेहरूलाई भेला पार्न सम्पर्क समाजहरूले भूमिका खेल्छन् त्यस्तै अनुभव देवीनगर मन्दिर समितिका अध्यक्ष अर्जुन कुँवरको सुरुआती वर्षहरूदेखि नै सरायँलाई सफल पार्न विभिन्न सम्पर्क समाजहरूले सहयोग गरेको उनको अनुभव छ यी सम्पर्क समितिहरूको सामाजिक दायित्व हुँदाहुँदै पनि नेपथ्यमा राजनीतिक उद्देश्य हुने अनुसन्धाता अमृतकुमार भण्डारी बताउँछन् सम्पर्क समितिहरूले दलगत राजनीतिभन्दा पनि आफ्नो समुदायको नेतृत्व गर्न र कालान्तरमा त्यसबाट राजनीतिक पुँजीको निर्माण गर्न सहयोग गर्ने उनको अध्ययन रहेको छ यसरी सम्पर्क समाजहरू एउटै उद्मग भेगका समुदायको चालक शक्ति बनिरहेका छन्

पहिचान र सामर्थ्य
पाल्पाका नेवारहरूबाट स्थापित भएको हुनाले बुटवलमा पाल्पाली नेवारहरूको सांस्कृतिक कर्महरू बढी प्रचलित छन् गाईजात्रादेखि सामूहिक बेलविवाहहरू प्रचलित छन् त्यस्तै पहाडका ब्राह्मण–क्षत्रीहरूको जनघनत्व बढ्दै जाँदा ठाउँ–ठाउँमा तीजका नाचहरू पनि प्रचलित छन् तीबाहेक बुटवल व्यापारको जगमा बसेको सहर भएकाले तिहारमा आफैं गाउनेभन्दा पनि ‘साउन्ड स्पिकर’ बजाएर नाच्ने यहाँको चलन बन्यो अर्कोतर्फ गितार ड्रमप्रतिको युवा आकर्षणसँगै कन्सर्टहरू आयोजना हुन थाले यी सबै उत्सवको बीचमा नवआगन्तुक मानिसहरूलाई आफ्नो बेग्लै पहिचानका लागि पनि मौलिक नाचहरू सुरु गर्नु आवश्यक थियो यसलाई लेखक ऋषि आजाद ‘प्रचलित संस्कृतिहरूमा नयाँ थपिएको’ उल्लेख गर्छन्
उद्मग थलोका नाचहरू सहरमा सुरु गर्नु सहज भने थिएन तर, यसको पछाडि नस्टाल्जिया जोडिएको नेतृत्वकर्ताहरूको अनुभव रहेको छ भैरम नाचको सुरुआतबारे ‘नेवाःसमाज अर्घाखाँची–रूपन्देही’ का अध्यक्ष बाबुराम श्रेष्ठ भन्छन्, ‘कर्मभूमि यहाँ भए पनि जन्मभूमिको सम्झना आइरहन्थ्यो त्यहाँको भैरम सम्झना आइरहन्थ्यो त्यो सम्झनाले नै भैरम नाच सुरु गर्न प्रेरणा दियो।’ तर, सुरु गर्न सजिलो थिएन यसका लागि आवश्यक जनशक्ति चाहिन्थ्यो बाजा बजाउन, नाच्न जान्ने मानिस चाहिन्थ्यो
भैरम नाच तान्त्रिक विद्यासँग जोडिएको छ यो कृष्णजन्माष्टमीमा भैरम जगाएर नाच्न सुरु गरेपछि कात्तिकको औंसीमा सयन गराउनुपर्छ त्यसका लागि तान्त्रिक विद्याको अभ्यासकर्ता हुनुपर्छ साथै भीमसेनको मन्दिर हुनुपर्छ यो समस्याको समाधानका लागि झेंडीका नेवारहरू ात्र पर्याप्त थिएनन् त्यसैले बुटवल आसपासमा बस्ने अर्घाखाँचीका नेवारहरूको भेलाले ‘नेवाःसमाज अर्घाखाँची–रूपन्देही’ को गठन गर्‍यो यसै क्रममा आवश्यक जनशक्ति जुट्न थाल्यो भैरम जगाउने गुरु मादलको जिम्मा बुटवलबाट लगभग बीस किलोमिटर पश्चिम बाँसगढीमा बस्ने धनप्रसाद श्रेष्ठले लिए कालो भैरम नाचे झेंडीकै गिरिराज श्रेष्ठले यस्तै यस्तै सबै जनशक्ति जुट्यो सुरुआतका लागि आर्थिक संकलन पनि उत्तिकै महत्त्वपूर्ण थियो नेवाः समाजका
मुख्य नेतृत्वकर्ताहरूले आफैं पनि लगानी गरे साथै भेटीको रूपमा पनि आर्थिक संकलन गरिएको श्रेष्ठ बताउँछन् कोठा भाडामा लिएर भीमसेनको मन्दिर पनि स्थापना भयो
सरायँलाई समन्वय गर्ने तरिका पनि यस्तै छ जितगढीको सरायँको लागि बेग्लै सरायँ समिति गठन भएको तर, यो सरायँ जितगढीमा पहिलै नै स्थापित रहेको देवीको मन्दिरसँग जोडिएको छ सरायँ समितिकै पहलमा अहिले एक करोड रुपैयाँको लगानीमा देवीको नयाँ मन्दिर निर्माण गरिएको समितिका अध्यक्ष जंगबहादुर श्रीस बताउँछन् देवीनगरको सरायँ भने अहिले पूर्णतया ‘श्री नवदुर्गा मन्दिर मूल समिति’ को मातहत मूल समितिको मातहत विभिन्न उपसमिति छन्, त्यसमध्ये एक सरायँ उपसमिति हो
सरायँ नाचसँगै जोडिएको मुख्य तप्का वाद्यवादकहरू हुन् पहाडमा गाउँका दमाई जातिले बाजा बजाउने गर्छन् बुटवल सहरले ती वाद्यवादकको ‘परम्परागत पेसा’ लाई आर्थिक उपार्जनमा बदलेको बुटवलमा विभिन्न बाजा समूहहरू स्थापित छन् सरायँ भैरममा ती वाद्यवादकहरूलाई निश्चित ज्यालामा बोलाइन्छ तर, सकेसम्म उद्गम क्षेत्र एउटै भएका बाजा समूहहरूको खोजी हुने गरिन्छ
भैरम र सरायँका नेतृत्वकर्ताहरूले आफ्ना सांस्कृतिक कर्मलाई पूर्वस्मृति (नस्टाल्जिया) र संस्कृति संरक्षणसँग जोड्छन् तर, उनीहरू यसलाई आफ्नो भेगको पहिचान भएको पनि स्विकार्छन् भैरमले सिङ्गो अर्घाखाँचीको नेवारहरूलाई जोडेको त्यो उनीहरूको पहिचान बनेको त्यस्तै सरायँले गुल्मी अर्घाखाँचीका सरायँ खेल्ने सबै जातजातिलाई जोडेको त्यो उनीहरूको पहिचान बनेको तर, उनीहरू अन्य समुदायलाई पनि आफूसँगै जोड्ने प्रयत्न गरेका छन् श्रीसका अनुसार जितगढीको सरायँले गुल्मी, अर्घाखाँची उद्गम भएका साथै अन्य पहाडी भेगका मानिसहरूलाई पनि जोडेको बताउँछन् उनका अनुसार अहिले प्यूठान, पाल्पालगायत उद्गम भएकाहरू पनि सरायँमा सहभागी हुन थालेका छन् यसको लागि उनीहरूले एउटा उपाय पनि निकालेका छन् सरायँलाई उजिरसिंहले अंग्रेजमाथि विजय प्राप्त गरेकोसँग जोडेर प्रचार गरिएको
त्यस्तै देवीनगरको सरायँ नाचपछि साँझ मन्दिरकै आयोजनामा सांस्कृतिक कार्यक्रम पनि हुन्छ समितिका अध्यक्ष अर्जुन कुँवर यसलाई सरायँमा नरमाउने मानिसहरूको लागि आयोजना गरिएको बताउँछन् भैरम समितिका अध्यक्ष श्रेष्ठले भने भैरम सबै नेपालीको सांस्कृतिक सम्पत्ति भएको जिकिर गर्छन्
एकै भेगका मानिसहरूको बढ्दो जनघनत्व, सम्पर्क समाजहरूको भूमिका र आर्थिक उपार्जनका कारण भैरम र सरायँ बुटवलका नयाँ सांस्कृतिक कर्म बनेका छन् िनले सम्बन्धित समुदायको पहिचान स्थापित गर्न महत्त्वपूर्ण भूमिका निर्वाह गरेका छन् तर भैरम सरायँ पहिचान मात्र होइनन्, सांस्कृतिक वैभव पनि हुन् अनुसन्धाता अमृत भण्डारीका अनुसार यस्ता सांस्कृतिक कर्महरूको लुप्त उद्देश्यमा सामर्थ्यको प्रदर्शन पनि हुन्छ भैरम नाच प्रस्तुत गरिरहेको अर्घाखाँचीको नेवार समुदायले पहिचान मात्र होइन कि सहरको शक्ति सम्बन्धमा आफ्नो भूमिकाको खोजी पनि गरिरहेको छ सांस्कृतिक कर्महरूले हामी पनि एउटा शक्ति हौं भन्ने अभिव्यक्त गरिरहेको हुन्छ
प्रकाशित : मंसिर २१, २०७६ ०९:३०

दहचोक गढीको संरक्षण गर्दै नेपाली सेना


दहचोक गढीसहित ७ गढीको संरक्षण गर्दै नेपाली सेना
रातोपाटी, काठमाडौं, मसिर २८, २०७५
काठमाडौं– नेपाली सेनाले मुलुकको स्वाधीनता र अखण्डतासँग जोडिएका महत्वपूर्ण धरोहरका रुपमा रहेका गढीको पुनःनिर्माण र संरक्षणलाई प्राथमिकतामा राखेर काम गर्ने भएको छ ।  ऐतिहासिक महत्वका सातओटा गढी आगामी पाँच वर्षभित्रमा पुनःनिर्माण संरक्षण गर्ने कार्ययोजना बनाएको हो । नेपाली सेनाका प्रवक्ता गोकुल भण्डारीले  पहिलो चरणमा सिन्धुली, मकवानपुर, चिसापानी, जितपुर, नुवाकोट, हरिहरपुर र उपरदाङगढीको पुनःनिर्माण तथा पुरानो अवस्थामा ल्याउन नेपाली सेनाको प्राविधिक टोलीले काम गरिरहेको वताए । प्रवत्तmा भण्डारीले चरणबद्ध रूपमा काम जारी रहेको जानकारी दिए ।
रू. २१ करोड ५९ लाखको लागतमा सेनाले उक्त कार्य गर्नेछ । ऐतिहासिक महत्वका यस्ता गढी किल्लालगायतका संरचना र सम्पदाको पुनःनिर्माण एवम् संरक्षणले मुलुकको पर्यटन प्रवर्द्धनमा समेत महत्वपूर्ण योगदान पुग्नेछ ।ऐतिहासिक गढी पुनःनिर्माण र संरक्षण प्राथमिकतामा, अन्तर्गत ५ वर्षमा ७ ओटाको पुनःनिर्माण गरिने भएको हो । 
प्रधानमन्त्री केपी शर्मा ओली दहचोक गढीको महत्व, एेतिहासिकतालाई कायम गर्न र संरक्षणमा जोड दिँदै  नेपाली सेनालाई संरक्षणमा लाग्न जोड दिएका थिए । त्यस्तै सेनाले दहचोकको गढी संरक्षण गर्नेतर्फ पनि चासो दिएको छ । नेपाली सेनाले पुरातात्त्विक र एेतिहासिक सम्पदा बोकेको दहचोक गढी संरक्षणमा चासो देखाएको हो ।

दहचोकको सामरिक महत्व र एेतिहासलाई जिवित राख्न गढी संरक्षण गर्न लागेको एक स्रोतले बतायो । नेपाली सेनाले स्थलगत अध्ययन तथा प्राविधिक टोलीको रिपोर्ट पश्चात् वजेट निधार गर्ने तयारी रहेको छ । नेपाली सेनाले नेपालको एेतिहासिक गढी र किलामध्ये दहचोकको गढी  पनि जिउँदो इतिहास रहेको कारण संरक्षण तथा सम्बर्धन गर्न लागेको हो ।
दहचोक गढी नेपाल एकिकरणको  महत्त्वपूर्ण र गोरवको गढी मध्ये एक हो । वीर सहिद सेना नायक काजी कालु  पाँडेको  किर्तिपुरमा सहादत प्राप्ति पश्चात् दहचोकको सिरमा समाधिस्त गरिएको थियो, त्यस कारण पनि महत्त्वपूर्ण स्थान मानिन्छ दहचोक गढी । दहचोकको गढीलाई युद्ध पर्यटनमा जोडनु पर्ने विज्ञहरूको बताउँदै आईरहेका छन् । पर्यटनको राम्रो गन्तव्यको रूपमा विकास गर्न चन्द्रागिरि नगरपालिका मेयर घनश्याम गिरी आफैं लागि रहेका छन् ।  दहचोकमा अबका दिनहरूमा होटल, रेष्टुरेन्ट र पर्यटकीय पूर्वाधार तयार पार्न पर्यटन व्यवसायीहरूले चासो देखाईसकेका छन् ।  
प्रत्येक वर्ष भाद्र शुक्ल पूर्णिमाको दिन ईन्द्र दह स्नान मेला पनि लाग्दै आएको छ । दहचोकको विकासका लागि चन्द्रागिरि नगरपालिकाले भ्यु टावर,फुटटेल,विश्राम स्थलको लागि वजेट समेत  विनियोजित गरि काम अघि वढिरहेको चन्द्रागिरि नगर पालिकाका मेयर  घनश्याम गिरीले बताए ।

चन्द्रागिरि नगरपालिका युवा नेता तथा समाजसेवी देवेन्द्र प्रधानले दहचोक गढीलाई  एतिहासिक र साँस्कृतिक वनाई हामी सबैको जिम्मेवारीपन बनाउनुपर्ने बताउँछन् । उनले भने यस्ता ठाउँ यहाँमात्र होईन अन्य ठाउँहरूको पनि खोजी र एेतिहासिक सम्पदाहरूलाई जिवित राख्नुपर्ने आवश्यता छ । दहचोकको विकासका लागि स्थानीय सरोकारकर्मीहरु तीब्र रुपमा लागिरहेका छन् । तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोईरालाले दहचोकको विकासमा चासो देखाएका थिए ।

भ्रमण  वर्ष सन् ९९९८ को अवसरमा गिरिजाप्रसाद कोईरालाले दहचोकको विकासका लागि राज्यकोषबाट सहयोग प्रदान गर्ने बताएका थिए । सो पश्चात् गणतन्त्र नेपालका प्रधानमन्त्री केपि शर्मा ओली प्रत्येक वर्षको फागुन ८ गते सँधै आउने प्रतिबद्धता जाहेर गरिसकेका छन् । वि.सं. १८२० साल तिर तत्कालिन नेपालका राजा पृथ्वी नारायण शाहले नेपाल एकिकरणको शिलशिलामा काठमाडौं उपत्यका विजय गर्न आफ्ना सेनाहरु तैनाथ गर्ने उद्देश्यले निर्माण गराएको दहचोक गढी अहिले पुरै भग्नावशेषमा परिणत भएको छ । गढी भत्किएपछि अहिले यसका ऐतिहासिक दस्तावेजहरु पुरिएका मात्र छैनन्, त्यो ठाउँमा गढी थियो र भन्ने सम्मको अवस्था आएको छ


इतिहासको भविष्य


इतिहासको भविष्य

गोविन्द न्यौपाने, फुर्सद,  ०७ मङि्सर २०७६ १२:४१:००
के इतिहासको भविष्य सकिएकै हो त ? वर्तमानका समस्यालाई ऐतिहासिक सन्दर्भसँग जोडेर विश्लेषण गर्दा वा नगर्दा ‘इतिहास’ कहाँनेर कसरी रहन्छ ? सामाजिक-राजनीतिक परिवर्तनका सन्दर्भहरूमा इतिहासलाई कहाँनेर राखेर हेर्ने ? इतिहासको ब्याज खाएर जातीय  श्रेष्ठताको गौरवगान गर्ने समूह एकातिर छ भने अर्कोतिर त्यही गौरवगानबाट पीडित ‘सबाल्ट्रन’हरूले गुमनाम इतिहासको हिसाबकिताब खोजिरहेका छन्। इतिहासको निर्माण र सभ्यताको शिलान्यासमा कसको योगदान बढी छ र ऐतिहासिक पृष्ठभूमिमा साँच्चै प्रताडित को हो त ?यो लेख यी प्रश्नहरूको घोत्ल्याइँमा केन्द्रित छ।
पक्षपातपूर्ण इतिहास लेखनमा कुनै एक समूहलाई केन्द्रित गर्दै गर्दा कुनै अर्को बहिष्कृत समूहको भूमिकालाई अस्वीकार गर्न कदापि मिल्दैन। भूमिकाहरूको विश्लेषणमा ऐतिहासिक पृष्ठभूमि र पुरातातात्विकदलिलहरूलाई केन्द्रमा राख्नु उत्तिकै जरुरी छ।
ऐतिहासिक र पुरातातात्विकदलिलहरूको आधारबाट नेपालको सन्दर्भमा को आदिवासी, को आप्रवासी छुट्ट्याउनै कठिन छ। आप्रवासी मानिएकाहरूको इतिहासको प्राचीनतालाई ऐतिहासिक र पुरातातात्विकप्रमाणहरूले जसरी प्रमाणित गरेका छन्, त्यसरी नै आदिम आदिवासीहरूको इतिहासलाई प्रागैतिहासिक आधारहरूले प्रमाणित गरेका छन्। को आदिवासी, को आप्रवासी भन्ने प्रश्नसँगै त्रिविको इतिहास विभाग स्वयं नै इतिहास हुन लागेको (भएको) सन्दर्भ सोचनीय छ। अनि यसैबीच समाजशास्त्री चैतन्य मि श्रको ‘नेपाल भन्ने देश नै नरहन सक्छ’ भन्ने अभिव्यक्ति पनि उत्तिकै त्रासदीपूर्ण छ।
इतिहासको मूल्य र मर्मलाई बेलाबेलामा परराष्ट्र मामिलामा देखा पर्ने सीमाविवादले बोधार्थ गराएको छ। विशेषगरी नेपालको मित्रराष्ट्र चीनभन्दा पनि भारतसँग पटकपटक बल्झिरहने सीमा विवादको सन्दर्भमा फेरि इतिहासको आवश्यकताको बोध भएको छ। सीमा विवादको सन्दर्भमा ऐतिहासिक नक्सा, साँधसिमानासम्बन्धी कागजपत्र र सन्धिसम्झौता अध्ययन गरेर सीमा विवादका दीर्घकालीन उपायहरू खोज्न जरुरी भइसकेको छ। तर तत्कालीन समयमा नेपालमा अभिलेख व्यवस्थापन प्रणाली अर्थात् राष्ट्रको संस्थागत सम्झना कमजोर हुँदा हालै भारत सरकारले जारी गरेको नयाँ नक्सामा कालापानी लिम्पियाधुरा हाम्रो आफ्नो हो भनी प्रमाणित गर्न इतिहासको सहायता लिनु परेको छ। अभिलेख व्यवस्थापनको वैज्ञानिक प्रणाली हामीसँग भएको भए अहिले हामीलाई तथ्य प्रमाणका आधारमा भारतसँग छलफल गर्न सहज हुन्थ्यो।
यसका बीच पनि हामीसँग भएका तथ्य, तर्क र प्रमाणहरूका आधारमा सीमाविद्, इतिहासकार र परराष्ट्रविद्हरूले भारतको दाबीलाई कमजोर बताएका छन्। वर्तमानमा भने साँधसिमानाका तत्कालीन नक्सा तथा नेपाल अंग्रेजबीच (तात्कालिक नाम इस्ट इन्डिया कम्पनी) भएका सन्धिहरूको मूल प्रति (दुवै देशका परराष्ट्रविद्, सीमाविद् तथा राजनीतिज्ञहरूबीचको कूटनीतिक छलफल) हेरेर दुई देशबीचको बल्झिरहने सीमा सम्बन्धका घाउलाई निको पार्न इतिहासतिर फर्कनुको विकल्प छैन।
इतिहास विभागमा इतिहास पढ्ने विद्यार्थीको संख्या किन कम भयो भन्ने सन्दर्भमा विभिन्न समयमा सम्बद्ध विचारकहरूले बहस छेडिरहेको देखिन्छ। देशको सबैभन्दा पुरानो विश्वविद्यालयको इतिहास विभागमा विगत तीन चार वर्षदेखि एकै जना विद्यार्थी छैनन्। शिक्षकहरूले अवकाश प्राप्त गरेपछि इतिहास विषय विभाग नै खारेज गरिने अवस्था छ (सौरभ, असंगति, २०७३ :१२)। यस परिस्थितिले इतिहास प्रेमीहरूको मनमा चिन्ता उठ्नु स्वाभाविक नै हो। सौरभले भनेझैं के अब नेपालमा इतिहास पढ्ने परम्पराको सिलसिला बन्द भएको हो त ?  इतिहास रोजगारीका निम्ति प्राप्त गरिने ज्ञान होइन भन्ने जवाफभित्रै सौरभले अनेक आशंका उठान गरेका छन्। आफ्नो पहिचान बुझ्न इतिहास बुझ्नैपर्छ। इतिहास बिर्सने व्यक्तिलाई वर्तमानले समेत चिन्दैन भन्ने इतिहास विभागका विभागीय प्रमुख शंकर थापाको भनाइ शाश्वत सत्य भए पनि हाल उनले हाँकेको इतिहास विभागमा विद्यार्थी संख्या कम हुनु दु :खद विषय हो।
समसामयिक परिस्थितिमा इतिहासको सन्दर्भलाई कसरी विश्लेषण गर्ने विषयमा सरकारले स्पष्ट नीति बनाउनै पर्छ। समसामयिक सन्दर्भमा मानविकी विषयहरूको महत्व रहँदारहँदै पनि यो विषय पढ्ने विद्यार्थीको घट्दो दरमा इतिहास विषय पृथक् छैन। मूलत : राज्यको थिंक ट्यांक नै बलियो नभइरहेको सन्दर्भमा इतिहास र इतिहासकारको हैसियत खोज्नु नै दुर्भाग्य छ। युग पाठकले भनेझैं प्रागइतिहासदेखि पौराणिक इतिहास हुँदै लिखित इतिहासको युगसम्म आइपुग्दा आफ्नो समुदायको ऐतिहासिक भूमिका खोज्ने चासोमा इतिहासको विशेष भूमिका हुन्छ। तर वर्तमान राजनीतिक घटनाक्रमहरूमा इतिहासलाई बहसको विषय नै नबनाइएको देखिन्छ। विशेषगरी त्रिभुवन विश्वविद्यालयमा इतिहासको अध्ययनमा एकसरो रटान लगाएको देखिन्छ।
फरक कोणबाट ऐतिहासिक व्याख्याको अपेक्षा खोज्ने विद्यार्थीलाई हतोत्साह गर्ने प्रवृत्ति नदेखिएको होइन। इतिहासको एकसरो रटानबाहेक फरक धारबाट इतिहासको व्याख्या गर्न नदिइनु नै इतिहास अध्ययनमा देखिएका मूल समस्याहरूमध्ये एक कारण हुन सक्छ। बदलिँदो राजनीतिक सन्दर्भहरूमा विशेष गरी पृथ्वीनारायण शाहलाई धारेहात लगाइएको देखिन्छ। तर तत्कालीन सन्दर्भमा पृथ्वीनारायण शाहको ऐतिहासिक भूमिकाको मूल्यांकन गरिएन। पृथ्वीनारायण शाहले नेपालको एकीकरण गरेका थिए कि गोरखा राज्यको विस्तार भन्ने युग पाठकको प्रश्नलाई सुन्नै नचाहने इतिहासका प्राध्यापकहरूको जमातका कारणले इतिहासको साख गिरेको सत्य स्वीकार गर्न कर लाग्छ। सुदूर इतिहास नदेख्ने कुनै पनि नागरिकले न वर्तमानको विश्लेषण गर्न सक्छ न त भविष्यको योजना नै तर्जुमा गर्न सक्छ।
सौरभ र पाठकहरूले उठाएको विषयले एकातिर नेपालमा इतिहासको अध्ययन गर्नै बिर्सने हो कि भन्ने भविष्यको डरलाग्दो संकेत गरेका छन् भने अर्कातिर नेपालको इतिहास लेखन प्रवृत्तिप्रति पनि प्रश्न गरेका छन्। मूलत : इतिहास किन पढ््ने र किन पढाउने भन्ने विषयमा सम्बन्धित पक्षहरू संवेदनशील हुनैपर्छ। पुराणकाल, लिच्छविकाल, मल्लकाल र शाहकालको एकोहोरो गाथा मात्र गाउने हो या आलोचनात्मक चेतबाट इतिहासको विवेचना गर्ने होे ?  सो विषयमा अध्येता तथा पाठक स्पष्ट निर्णयमा पुग्नैपर्छ। पत्रकार लक्ष्मण  श्रेष्ठले भनेझैं इतिहासका लागि इतिहास लेख्ने होइन कि इतिहासको प्रोजेक्सनमा समकालीन सन्दर्भलाई कसरी उठान गर्न सकिन्छ भन्ने जोडकोणलाई स्थापित गर्नु जरुरी हुन्छ। पारम्परिक विधिबाट नेपालको एकसरो इतिहास लेखिइसकेको छ।
मल्लकालमै नेपाल आउने पश्चिमी विद्वान्हरूले नेपालको इतिहास लेखनको थालनी गरेका थिए। इतिहास लेखनको इतिहास मल्लकालबाट सुरु भई राणाकालसम्म विस्तारित नै थियो। चन्द्रशमशेरले विसं १९८४÷८५ मा पर्सिभल ल्यान्डनलाई नेपाल शीर्षकको प्रशस्तीपरक इतिहास लेखाउन लगाई प्रकाशित गराएका थिए (पुरुषोत्तमशमसेर ज.ब.रा.,  श्री ३ हरूको तथ्य वृत्तान्त २०६५ दोस्रो भाग, पृष्ठ १६३)। यसभन्दा अगाडि विसं १९३७ मा भारतीय लिपि विशेषज्ञ भगवानलाल इन्द्रजीले लिच्छविकालका केहस् अभिलेखहरूको लिप्यन्तर गरी प्रकाशन गराएबाट नेपालमा अभिलेख अध्ययनको इतिहास उनीबाट सुरु भएको मान्नुपर्छ। इस्वी १८८६ मा सेसिल वेन्डालले थप चारवटा अभिलेख प्रकाशित गराएका थिए भने इस्वी १८९६ मा फुहररले लुम्बिनीस्थित अशोक स्तम्भमा रहेको अभिलेख उतार गरी आफ्नो लिपि विशेषज्ञ जर्जबुहलरलाई लिप्यान्तर गर्न पठाएका थिए।
विसं २००७ को राजनीतिक परिवर्तनसँगै इतिहासको अध्ययन र अनुसन्धानले निरन्तरता पाएको देखिन्छ। विशेष गरी इतिहासशिरोमणि बाबुराम आचार्य, पण्डित नयराज पन्त, योगी नरहरिनाथ, जनकलाल ढकाललगायतले अभिलेखहरूको अध्ययनमा जोड दिएको देखिन्छ (दिनेशचन्द्र रेग्मी, पुरालेखन र अभिलेख, २०६० पृ ३२)। विदेशीको आँखाबाट लेखिएको नेपालको इतिहास बढी भ्रमपूर्ण थियो भने लेखनको उद्देश्य स्वार्थपरक थियो भन्ने भनाइ छ। गलत इतिहास लेखनको यस प्रवृत्तिले गलत सिद्धान्त स्थापित हुने डर तत्कालीन नेपाली विद्वान्हरूमा थियो। यसै पृष्ठभूमिमा इतिहास संशोधन मण्डलको स्थापना भएको थियो। विसं २००९ मा ‘इतिहास संशोधन’ मण्डलको स्थापना भएपछि पुरातातात्विकएवं ऐतिहासिक प्रमाणबाट प्रमाणित गरी इतिहास लेखन एवं संशोधनको सुरुआत भएको देखिन्छ। विसं २०२१ देखि गौतमवज्र वज्राचार्य र महेशराज पन्तको सम्पादकत्वमा इतिहासप्रधान त्रैमासिक पत्रिका ‘पूर्णिमा’को प्रकाशनसँगै नेपालको आधिकारिक इतिहास लेखन एवं सम्पादनको थालनी भएको मानिन्छ। हालसम्म पूर्णिमाको १४४औं अंक प्रकाशित भइसकेको छ।
इतिहास लेखन र अध्ययन अत्यन्त जटिल कार्य हो। इतिहासको अध्ययनका लागि प्राचीन लिपि, भाषा, साहित्य र संस्कृतिको ज्ञान हुनुपर्छ। अभिलेखहरूमा अंकित लिपिहरूको उतार, लिप्यान्तर र भाषान्तरण गरेर तुलनात्मक विश्लेषणात्मक र वैज्ञानिक अध्ययनका लागि पर्याप्त अध्ययन, साधना र धैर्य चाहिन्छ। यस आधारमा इतिहासको गोरेटो तयार गर्न सकिन्छ। अघिल्ला पुस्ताका इतिहासकारहरूले कोरेको यसै गोरेटोले इतिहासका विभिन्न विषयमा बहस गर्ने आधार दिएको छ।
 विशेषगरी इतिहास संशोधन मण्डलका विज्ञ सदस्यहरूले इतिहास लेखनका यी ज्ञानका आधारहरूमा विशिष्टता हासिल गरेको देखिन्छ। यसकारण नेपालको इतिहास लेखनमा संशोधन मण्डलको एकाधिकारजस्तै रहनु स्वाभाविक लाग्छ। नेपालको इतिहास लेखनमा ‘इतिहास संशोधन’ मण्डलको गरिमामय स्थान छ। यसै प्रसंगमा उल्लिखित अध्ययन विविध पक्षहरूमध्ये कुनै एक पक्षमा कमजोर हुँदा समग्र इतिहासको अध्ययन गर्न सकिँदैन। वस्तुत : यी सबै विषयमा ज्ञान राखी त्यही दाँजोमा अध्ययन गर्न सक्ने दक्ष जनशक्ति त्रिभुवन विश्वविद्यालयबाट उत्पादन हुन सकेको छैन।
 इतिहास विषयमा स्नातकोत्तर र विद्यावारिधिको अध्ययन पूरा गरेका सयौं विद्यार्थीले नेपालको इतिहासको खोजीमा खास काम नगरेको अनुभव हुँदै आएको छ। वस्तुत : इतिहास संशोधन मण्डल र यसका सदस्यहरूले अनुसन्धान गरी प्रकाशित गरेका पुस्तकको ब्याज खाएर प्राज्ञ बनेका छन् तर साँच्चै अनुसन्धानको कसीमा संशोधन मण्डललाई चुनौती दिन सक्ने कुनै अन्वेषक वा अन्य संस्था स्थापना हुन नसकेको यथार्थ छ। हाम्रा विश्वविद्यालयबाट उच्च अंकसहित डिग्री विद्यावारिधि लिएका कसैले पनि भेटिएको शिलापत्रको अर्थ दिनु त के सन्दर्भसमेत बताउन नसक्ने अवस्था छ।
 त्रिविको संस्कृति, इतिहास तथा पुरातत्व केन्द्रीय विभागबाट अभिलेख राम्ररी उल्था गर्न, पढ्न र व्याख्या गर्नसक्ने कुनै लिपि विशेषज्ञ तयार गर्न नसकेको त्रिविप्रति संशोधन मण्डलको चिन्ता र चासो रहनु स्वाभाविक हो (महेशराज पन्त, यो भ्रम नै भ्रमको देश हो, नागरिक, २०७४।४।२९)। स्मरणीय छ, संशोधन मण्डलको साथसाथै हेमराज शाक्य, हरिराम जोशी र धनवज्र वज्राचार्यजस्ता विद्वान्हरूको प्राचीन लिपिसम्बन्धी अध्ययन र विश्लेषणमा महत्वपूर्ण योगदान छ। व्याख्या र विश्लेषणको दृष्टिकोणमा धनवज्र वज्राचार्यको लिच्छविकालका अभिलेख र मध्यकालका अभिलेख उत्कृष्ट कृति मानिन्छ।
इतिहास अनुसन्धानसम्बन्धी मूलाधार शिक्षाको यस्तो नैराश्य स्थितिमा पनि संशोधन मण्डलले कमसेकम इतिहास विधाको शाखामा मियो गाड्न सफल भयो। संशोधन मण्डलको उदय हुनुभन्दा अगाडि नेपालको इतिहासको खोजीमा गोरा साहेबहरू हावी भएका थिए। अहिले गोरा साहेबहरूले गरिरहेको प्राचीन स्थलहरूको खनन कार्यमा हाम्रो पुरातत्व विषयका अधिकारीहरू फट्के किनाराका साक्षी भएकै ढाँचामा संशोधन मण्डलपछि सरफेस आर्कियोलोजी अर्थात् जमिनमाथिको पुरातत्वको खोजीमा पनि फेरि गोरा साहेबहरूको मातहतमा नेपालको इतिहासको खोजी होला भन्ने नमीठो कल्पना गर्नु परेको छ भन्ने महेशराज पन्तको भनाइमा केही असहमति व्यक्त गर्न सकिन्छ।
नेपालको इतिहास लेखनको इतिहासमा प्रारम्भमा गोरा साहेबहरू हावी भए पनि यस किसिमको प्राज्ञिक हैकमवादलाई इतिहास संशोधन मण्डलले तोडेको सर्वस्वीकार्य यथार्थ हो। तर इतिहास अध्ययनको क्षेत्रमा विदेशी विद्वान्हरूले चासो राखी अध्ययन, अनुसन्धान गरी नेपालको इतिहासको केही पक्ष उजागर गरेपछि सो विषयप्रति स्वदेशी विद्वान्हरूको पनि ध्यान केन्द्रित भई यसै विषयमा थप खोज अनुसन्धान गर्न आँखा उघारिदिएको तथ्यलाई अस्वीकार गर्न सकिँदैन। नेपालका पछिल्ला चरणका उत्खननहरूका सन्दर्भमा महेशराज पन्तले भनेजस्तै गोरा साहेबहरूको हालीमुहाली भन्ने वाक्यांशलाई भने स्वीकार गर्नचाहिँ अलि सकिँदैन। 
उत्खननमा ठूलो बजेट र दक्ष जनशक्ति आवश्यक पर्छ। उत्खननका आधुनिक सामग्रीहरू र प्राप्त पुरातात्विक सामग्रीलाई वैज्ञानिक विधिबाट संरक्षण गर्न र तिथिमिति निर्धारणजस्ता कैयौं विषयमा हाल पनि वैदेशिक सहयोगबिना गर्न सकिएको अवस्था भने छैन। तर फट्के किनाराको साक्षी बन्नुपर्ने दिनहरू क्रमश : घट्दै गएको र पुरातत्व विभागको जनशक्तिबाट नेपालका विभिन्न स्थानहरूमा उत्खनन गरी ठूलाठूला उपलब्धिहरू क्रमश : प्राप्त गरिरहेको सत्य जगजाहेरै छ। विदेशीहरूले गर्ने उत्खननमा नेपालका पुरातत्वविद्हरूकै नेतृत्वदायी भूमिका छ। तर विगतका वर्षहरूका तुलनामा भन्दा अहिले पुरातातात्विकउत्खननबाट धेरै उपलब्धि प्राप्त भए पनि पर्याप्त जनशक्तिको अभाव महसुस गरिएको छ।
नेपालको पुरातातात्विकउत्खननका सुरुको अवस्थामा पन्तले भनेझैं नेपालका तत्कालीन पुरातत्वविद्हरू फट्के किनाराका साक्षी बने पनि हाल त्यो अवस्था विस्तारै परिवर्तन हुँदै गइरहेको छ। तारानन्द मि श्र र बाबुकृष्ण रिजालपछिका समयमा पुरातत्व विभागको जनशक्तिले किचकबध, हिलेहाङ, खपडे डाँडा, मोरङको वेतना, डोल्पाको त्रिपुरासुन्दरी, तनहुँको तनहुँसुर, दाङको दंगीशरण, नवलपरासीको पण्डितपुर, रूपन्देहीको भवानीपुर, कपिलवस्तुको दोहनी, काठमाडांैको चन्द्रागिरि, बुङ्मती, हनुमानढोकास्थित नौतले मन्दिरलगायतका कैयौं ठाउँको उत्खनन गरी उत्खनन प्रतिवेदनहरू प्रकाशित भएका छन् र हुने क्रममा छन्। यसकारण महेशराज पन्तले भनेजस्तो पुरातातात्विकउत्खननमा गोरा साहेबहरू हावी भएको भन्ने तर्कलाई अस्वीकार गर्नु  श्रेयष्कर हुन्छ। तर यो भन्दै गर्दा संशोधन मण्डलसँग पौंठेजोरी खेल्न खोजेको किमार्थ होइन भन्नेमा यो लेखका लेखक स्पष्ट छ। सूर्यलाई हत्केलाले छेक्ने कोसिस गर्ने प्रयास गरिएको होइन तर विषयलाई बहसमा ल्याउन मात्र खोजिएको हो।
समकालीन सन्दर्भमा इतिहासलाई फरक कोण र समीकरणबाट व्याख्या र विमर्श गर्ने प्रयास गरिएको देखिन्छ। अभिलेखहरूको लिप्यान्तरण र रूपान्तरण गरी प्रमाणको कसीमा घोटेर इतिहास लेखनमा संशोधन मण्डलले दिएको योगदानको माथि नै चर्चा परिसकेको छ। वस्तुत : इतिहासकारको काम त्यसको साथसाथै समकालीन सन्दर्भहरूमा तुलना गरी इतिहासवाद र हर्मेन्युटिक्स दृष्टिकोणबाट विवेचना गर्नुपर्छ। तर संशोधन मण्डलका इतिहासकारहरू प्रशस्ती गानमै रमाएको देखिन्छ भन्ने आरोप संशोधन मण्डलमाथि लागेको देखिन्छ। यस आरोपलाई संशोधन मण्डलले आफ्ना लेखहरूमर्फत खण्डन गरेको देखिन्छ। तर युग पाठकले भनेझैं वर्तमान सन्दर्भमा ‘भृकुटीको विभूति गाथा गाएर मात्र छल्ने दिन गइसकेको छ।’ आर्य सभ्यताकोे महत्व र सत्ताको बार्दलीबाट तल झर्नैपर्छ भन्ने सत्यलाई स्वीकार गर्नैपर्छ।
बौद्ध, कर्णाली, किरात आदि सभ्यतासँग सहकार्य गर्नुको विकल्प छैन (पाठक, ०४३  : ८८ )। मांगेनाले उठाएको यस किसिमको सवाल्ट्रन प्रभाव केही मात्रामा संशोधन मण्डलमा देखिन्छ। यद्यपि संशोधन मण्डललाई राजाहरूको विरुदावली व्याख्यामै लागेको आरोपहरू नसुनिने होइन तर यस प्रकारका आरोपहरूलाई संशोधन मण्डलले अस्वीकार गरेको देखिन्छ। इतिहासका पुराना पात्र र तत्कालीन सन्दर्भलाई अहिलेको आँखाले हेर्ने र सराप्ने र इतिहासलाई सोही समयको विश्व सन्दर्भबाट हेर्नुपर्छ भन्ने दुवै अतिवादी सोचलाई संशोधन मण्डलले अस्वीकार गरेको देखिन्छ। हार्नेहरूको पनि इतिहास हुन्छ भन्ने ऐतिहासिक यथार्थलाई स्वीकार गर्दै तथ्य र प्रमाणका आधारमा इतिहास लेख्नुपर्छ भन्नेमा नै इतिहास संशोधन मण्डलको दृष्टिकोण रहेको देखिन्छ (महेशराज पन्त, ‘यो भ्रम नै भ्रमको देश हो’)।
ऐतिहासिक प्रमाणभन्दा पनि मिथकीय पात्रलाई पुज्ने नेपालको प्राज्ञिक परम्परामा विमति जनाउँदै बुटवल जितगढ किल्लामा अंग्रेजलाई हराउने उजिर सिंहको योगदानलाई बिर्सने तर युद्ध हारेका अमर सिंह र बलभद्र कुँवरहरूको गुणगान र तारिफ गर्ने नेपालको प्राज्ञिक परम्परामा विमति जनाएर आफूलाई सवाल्ट्रन अध्यताका रूपमा चिनाएका छन्। मुलुक गुमाउने भीमसेन थापालाई विभूषित गर्ने र मुलुक थप्ने जंगबहादुरलाई बिर्सने प्रवृत्तिले इतिहासको अवमूल्यन गरिएकोप्रति विरोध गरेर आफूलाई सवाल्ट्रन इतिहास लेखकका रूपमा प्रस्तुत गरेका छन् (ऐजन्)। तर के इतिहासको उत्खनन गर्ने क्रममा हामी इतिहास लेखिनुअघिको मिथकीय समयसँग साक्षात्कार गर्न सक्छौं त ?  (सञ्जीव उप्रेती, सिद्धान्तका कुरा, २०६८, पृ ३४) भन्ने प्रश्नलाई इतिहास लेखनमा ध्यान दिनु जरुरी छ।
इतिहासको अतिरञ्जित भाष्यहरूले नेपालको इतिहासको गलत व्याख्या हुनसक्ने सम्भावनाको वृद्धि हुँदैछ। माक्र्सवादी कोणबाट नेपालको इतिहासको पुनव्र्याख्या गर्नेहरूले ऐतिहासिक पृष्ठभूमिलाई लत्याएको देखिन्छ भने इतिहास लेखनको सोझो धार अँगाल्ने लेखकहरू पुरातन चिन्तनभन्दा माथि उठ्न सकेको देखिँदैन। सवाल्ट्रन इतिहास लेख्नेहरूले मूलधारको प्रवृत्तिलाई बेवास्ता गरेका छन् जब कि इतिहास लेखनको सोझो धारको अध्ययन नगरी सवाल्ट्रन इतिहासको अध्ययन गर्ने आधार रहँदैन अर्थात् संशोधन मण्डलको शरण नपरी सुखै छैन भन्दा अत्युक्ति नहोला। मूलधारको इतिहास लेख्ने संशोधन मण्डलले पनि पारम्परिक चिन्तनभन्दा माथि उठेर इतिहासवाद, हर्मेन्युटिक्स चिन्तन र सवाल्ट्रन आवाजहरूलाई आत्मसात् गर्नु आवश्यक नै देखिन्छ। कमलप्रकाश मल्ल, इमानसिंह चेम्जोङ, अभि सुवेदी, सञ्जीव उप्रेती, युग पाठकहरूको सवाल्ट्रन धार र मूलधार भनिने संशोधन मण्डलको धारलाई त्रिभुवन विश्वविद्यालयको समाजशास्त्र, मानवशास्त्र, इतिहास र संस्कृति तथा पुरातत्व विभागका पाठ्यक्रमहरूमा समावेश गराई बहसमा ल्याउन सके अरुण गुप्तोले भनेझैं मानविकी विषयको भविष्य उज्ज्वल छ।
इतिहास लेखनको क्रममा नेपालको इतिहास लेखनको इतिहासमा संशोधन मण्डलको योगदानलाई भविष्यले समुचित मूल्यांकन गर्ला तर संशोधन मण्डलको विरासतलाई निरन्तरता दिने पुस्ता तयार गर्न नसक्नु सरोकारवालाहरूको कमजोरीबाहेक अरू केही होइन। इतिहास अध्ययनका लागि लिपि जान्न आवश्यक छ तर त्रिवि संस्कृति तथा पुरातत्व केन्द्रीय विभागमा लिपिको पढाइ भए पनि लिपिमै विशेषज्ञता हासिल गर्न विद्यार्थीको अभिरुचि बढेको देखिँदैन। पुरातत्व विभागका लिपि विशेषज्ञ श्यामसुन्दर राजवंशीको सेवा निवृत्तिसँगै पुरातत्व विभागमा लिपि विशेषज्ञको अभाव महसुस गरिएको छ। महेशराज पन्त र दिनेशराज पन्त, काशीनाथ तमोट, दिनेशचन्द्र रेग्मी, रणहार नामक उपन्यासमा मदन पुरस्कार विजेता योगेशराज र पुरुषोत्तमलोचन  श्रेष्ठहरूको शारीरिक असमर्थतासँगै लिपि पढ्न सक्ने विशेषज्ञको अभाव हुने निश्चितप्राय : छ।
इतिहास संशोधन मण्डलको अभिप्रेरणामा अहिले केही विद्यार्थी अभिलेख अध्ययन तथा प्रकाशनका लागिपरेका छन्। यी प्रतिभाहरूलाई सम्बन्धित निकायले प्रोत्साहन दिएमा संशोधन मण्डलले निरन्तरता पाउन सक्ने बलियो सम्भावना छ। यसतर्फ कुनै ठोस कार्य गर्न सकिएन भने इतिहास संशोधन मण्डलले लगाएको ब्याज खानुबाहेक हाम्रो अर्को कुनै भूमिका हुने छैन। अनुसन्धानका नाममा संशोधन मण्डलका पुस्तकहरू साभार गर्दै आफ्नो नाममा पुस्तक प्रकाशित गरी विद्वान् कहलाउने अनुसन्धानकर्ताहरूको नियति बन्ने निश्चितप्राय : देखिन्छ।


धर्म, संस्कृति र जीवनको बहस

  धर्म , संस्कृति र जीवनको बहस अरूणा उप्रेति अनलायन खबर,   २०७७ साउन १८ गते १०:३४ ‘ नो वर्त प्लिज’ गीतको बोललाई लिएर मैले हिन्दु ‘जागर...