Sunday, December 08, 2019

सरायें नाच जोगाउने सहर


सरायें नाच जोगाउने सहर
मेरो सहर
मंसिर २१, २०७६रामचन्द्र श्रेष्ठ
६९ साल असोजमा मावली गाउँ अर्घाखाँचीको झेंडी पुग्दा भैरमको तालले रात घमाइलो बनाएको थियो । वर्षपछि निकालिएको भएकाले पनि होला गाउँको रौनक नै बेग्लै थियो 
उसो त भैरमको रौनक नै मौलिक हुन्छ नाच्नका लागि अर्को गाउँ जानु छ भने बाटोभरि कर्नाल बजाउँदै, हल्ला पिट्दै, धूलो उडाउँदै आउँछ भैरम भैरमको टोली नै ठूलो हुन्छ कालो भैरम, रातो भैरम, सेतो भैरम, डंकिनी, ताकुन्डोलीको टोली, घोडा नाच, मयूर नाच, भालु नाच, जादुगर अनि दसवटा त बाजा व्यवस्थापनको उस्तै टोली लगभग ९० जनाको विशाल जत्था लिएर हिंड्छ भैरम
भैरमसँग हुर्केका केटाकेटी वयस्क र बूढा हुँदा पनि गुरु मादलको ताल बिर्संदैनन् कृष्ण जन्माष्टमीपछि उनीहरूको कानले भैरमको ताल खोज्न थाल्छ यस्ता सांस्कृतिक कर्महरूले मान्छेको दिलमा स्मृतिको न्यानो ासो छोडेको हुँदोरहेछ मान्छे जिन्दगीको खोजीमा कहाँ–कहाँ बरालिन्छ तर उसको दिलको नासो पटक–पटक बल्झिँदोरहेछ
भैरमको रौनकमा रमाउँदारमाउँदै पनि झेंडीका नेवारहरूलाई एउटा चिन्ताको पछ्यौरीले सपक्क छोपेको थियो यो विशाल जत्था सधैं पाउन अब गाह्रो हुँदै थियो वैदेशिक रोजगारीका लागि युवाहरू परदेसिएपछि गाउँ सुनसान भइरहेको थियो कुनै बेला पाँच–पाँच जना क्षेत्रीय भलिबल खेलाडी हुर्काउने गाउँको खेलमैदानमा झार पलाइसकेको थियो त्यो साल संयोगले युवाहरू जुटे भैरम निकालियो केही नयाँ केटाहरूले नाच सिक्न पनि थाले तर गुरु मादल बजाउने कसले? निरन्तरताको प्रश्नले अत्याइरहेको थियो यसपालि अचम्मै भयो गाउँमा निरन्तरताको चिन्ता भएको भैरम यसपालि बुटवलमा नै निकालियो गत भदौ १५ देखि कात्तिक गतेसम्म बुटवल आसपासमा भैरम नाचियो त्यति मात्र होइन, अर्घाखाँचीका नेवारहरूको पहिचान बोकेको भैरम असोज ३ गते काठमाडौंमा प्रज्ञा प्रतिष्ठानको डबलीमा पनि फन्कियो भैरम बुटवलका नाच उत्सवहरूको सूची लम्ब्याउन सफल भयो भैरम मात्र होइन, बुटवलका उत्सवहरूको लर्कोमा नवीनतम परिचय बनाउन सफल भएको छ अर्को नाच सरायँ विशेषगरी गुल्मी, अर्घाखाँची, प्यूठानलगायतका गण्डकीपारिका पश्चिम पहाडमा बडादसैंपछि पूर्णिमासम्म विभिन्न कोटहरूमा सरायँ नाचिन्छ तथापि गुल्मी अर्घाखाँचीको विशेष पहिचान हो— सरायँ
सरायँ शक्तिसँग जोडिएको छ यो पहाडका विभिन्न कोटहरूसँग जोडिएको देवीको पूजा आफैंमा शक्तिको पूजा हो शक्ति र युद्धको विजयको प्रतीकस्वरूपः तरबारको प्रदर्शनसहित सरायँ नाचिन्छ अहिले बुटवलमा दसैंको टीकापछि द्वादशीको दिन जितगढीमा, त्रयोदशीमा मजुवामा र पूर्णिमामा देवीनगरमा नाचिन्छ यीमध्ये सबैभन्दा पुरानो देवीनगरको सरायँ हो, जुन २०६७ सालबाट नाच्न सुरु गरिएको हो
सरायँ र भैरम आफ्ना पहाडि गाउँबाट ओर्लेर बुटवल सहरमा स्थापित भएका छन् आखिर के बुटवलमा जसले यी चाडलाई समाहित गर्न सक्यो?

गाउँ बोकेको सहर
बुटवलमा सरायँ नाचको विगत खोतल्दै जाँदा जितगढी सरायँ समितिका अध्यक्ष जंगबहादुर श्रीस २०६३ सालको प्रयासलाई कोट्याउँछन् त्यो साल गुल्मी धुर्कोटबाट बसाइ सरी आएका मानिसहरूले ट्राफिकचोकमा सरायँ नाच्ने प्रयास गरे तर, त्यो प्रयासले निरन्तरता पाउन सकेन कारण विविध हुन सक्छन् तर, मुख्य कारण उक्त नाचको परम्परामा हुर्केका मानिसहरूको जनसंख्या कम हुनु नै हो त्यसको केही र्षपछि २०६७ सालमा गुल्मीकै मानिसहरूको प्रयासमा देवीनगरमा सरायँ नाच सुरु भयो त्यतिबेला देवीनगरमा दसैंको बेला नौतुनवाबाट देवीको मूर्ति ल्याएर पूजा गर्ने चलन थियो दसैंपछि त्यसलाई सेलाइन्थ्यो यो पहाडको चलनभन्दा फरक थियो पहाडमा देवीको स्थायी कोट हुन्छ ती कोटको आफ्नो गुठी हुन्छ गुठी जमिनको आम्दानीले खर्चको निरन्तरता दिइरहेको हुन्छ तर, मधेसको चलनमा दसैंकी देवीको स्थायी मन्दिर हुँदैन अस्थायी मूर्ति राखिन्छ पछि त्यो सेलाइन्छ
२०६७ सालमा त्यो मूर्ति राख्न नेतृत्व गरेकाहरू गुल्मीबाट बसाइ सरी आएका मानिस थिए त्यतिबेलादेखि सरायँ व्यवस्थापनमा नेतृत्वदायी भूमिका खेल्दै आएका अर्जुन कुँवरका अनुसार, त्यस साल गुल्मी पीपलधाराबाट पाँच जना सरायँ नाच्न जान्ने मानिसलाई ल्याएर नाच सुरु गरिएको थियो अर्को वर्षदेखि यहाँकै जनशक्तिले सरायँ नाच्न सक्ने स्थिति तयार भय त्यसको दुई वर्षपछि जितगढीमा सरायँ सुरु भयो यसरी ०६३ मा असफल भएको सरायँले निरन्तरता पाउनुको कारण थियो, सरायँको पृष्ठभूमि भएका अर्घाखाँची र गुल्मीका मानिसहरूको जनसंख्या वृद्धि हुनु गुल्मी अर्घाखाँचीको सरायँमा केही भिन्नता अर्घाखाँचीमा बढी ‘वाक्खै हो’ भन्दै नाचिन्छ, जुन अलि द्रुत गतिमा हुन्छ भने गुल्मीको मन्द गतिको सरायँ नै हो तर, दुवैखाले नाच यहाँ मिश्रण भएको छ
यो मिश्रण बुटवल निर्माण प्रक्रियासँग जोडिएको छ बुटवल सहरको निर्माण बसाइसराइकै माध्यमबाट भएको हो बुटवलमा लगभग चार मुख्य चरणमा मानिसहरूको बाक्लो बसाइसराइ भएको छ सुरुआती चरणमा अहिलेको पुरानो बुटवलमा पाल्पाका नेवारहरू बसाइ सरी आएकोलाई पहिलो चरण भन्न सकिन्छ दोस्रो चरण २०२७ सालको नापीसँगै खस्यौली (तिनाउको पूर्वी भाग) मा विस्तारित बसाइसराइ हो जुन पञ्चायतकालसम्म चलिरह्यो तेस्रो बहुदलको आगमनपछि मन्द गतिमा २०५८ सम्म भइरहेको हो चौथो अलि द्रुत गतिमा विस्तारित भएको २०५८ पछि हो २०५८ पछि बसाइ सरी आउनेको संख्या बढ्न थाल्यो यसको एउटा मुख्य कारण पहाडी भेगमा भएको द्वन्द्व थियो २०६३ पछि यो क्रम झनै बढ्दै गयो बसाइ सरी आउनुका केही विशेष ारण छन् त्यसलाई बुझ्न बुटवलको अर्थ–राजनीतिलाई केलाउनुपर्छ
ठूला राजनीतिक परिवर्तन र अस्थिरताको समयमा बुटवलको जनसंख्या वृद्धि हुने गरेको छ राजनीतिक अस्थिरताको समयमा सुकुम्बासी बस्तीहरूको स्थापनामा सहज हुन थाल्यो यस्ता सुकुम्बासी बस्ती कम आय भएका मानिसलाई स्थायी घर प्रदान गर्ने थलो बने सहरमा सस्तो श्रम बेचेर डेरा गरी बसेका श्रमिकहरूले सुरुआतमा सुकुम्बासी बस्ती ओगट्न थाले ती अनेक चुनौतीहरूसँग जुधे छिमेकी पुर्जावाल बस्ती, नगरपालिकादेखि बाढीसम्मका चुनौतीसँग जुधे तिनको पछाडि भविष्यको भोट बैंकको कल्पना गरेका राजनीतिक दलहरूको स्वार्थले पनि भूमिका खेलेको थियो राजनीतिक संस्थाहरूमा रिक्तता पनि अर्को अनुकूल वातावरणको कारक थियो जब यस्ता सुकुम्बासी बस्तीले सामाजिक वैधता पाउन थाले, त्यहाँ विद्युत्, पानी पुग्न थाल्यो त्यसपछि सुरुआती चरणका मानिससँग सस्तोमा घडेरी किनिन थाले पहाडबाट आएका तर पुर्जावाल घडेरी किन्न नसक्नेका लागि यस्ता सुकुम्बासी बस्ती सहर प्रवेश गराउने माध्यम बन्न थाले
अर्कोतर्फ वैदेशिक रोजगारीका माध्यमबाट पहाडी भेगका मानिसहरूसँग केही पुँजी जम्मा भयो उनीहरूको त्यो पुँजीलाई घर–घडेरीमा खर्च गराउन पहिला नै बुटवलमा आइसकेका जग्गा दलालहरूको राम्रै समूह निर्माण भइसकेको थियो ती दलालहरूले आफ्नै गाउँठाउँका मानिसहरूलाई घरघडेरी किन्न प्रोत्साहित गर्थे यसरी आफ्नै गाउँठाउँका मानिस बसाइ सरी आउन थाले ती बुटवलको लगभग एकै क्षेत्रतिर बसाइ सरे, जसले गर्दा एक–दुई जना व्यक्ति होइन, सिङ्गो गाउँ नै बसाइ सरेर आउन थाल्यो एउटै गाउँ नातेदारको सञ्जालको कारण सामूहिकताजस्तो गाउँले भावना कायम रह्यो एउटै क्षेत्रका मानिसहरूको जनघनत्व बढ्न थालेपछि त्यसले आफ्नो पहिचान सांस्कृतिक कर्मको उत्पादन गर्न खोज्यो यहीं क्रमको सिलसिला भैरम र सरायँ हुन्

चालक शक्ति– सम्पर्क समाजहरू
सरायँ र भैरम सुरुआत हुनुको पछाडि सम्पर्क समाजहरूको प्रत्यक्ष र परोक्ष भूमिका छ बुटवलमा अनगिन्ती सम्पर्क समाजहरू छन् आफ्नो पुर्ख्यौली थलो बुटवल, रूपन्देही जोडेर बनाइएका यस्ता सम्पर्क समाजहरू बुटवलका पहिचान बनेका छन् बुटवलमा केन्द्रित भएर मानवशास्त्रबाट विद्यावारिधी शोध गरिरहेका अमृतकुमार भण्डारी विविधतायुक्त समाजमा आफ्नोपनको खोजीको क्रममा यस्ता सम्पर्क समाजहरू बन्ने बताउँछन्
भण्डारीका अनुसार, दुई कारणले सम्पर्क समाजहरू स्थापित हुन्छन् एक, नवआगन्तुकहरू बसाइ सरी आएको भूगोलमा पूर्वस्थापित समाजमा घुलमिल हुने वातावरणको खोजी गर्छन् मर्दापर्दा अन्य सांस्कृतिक कर्महरूमा पूर्वस्थापित छर–छिमेकीको साथको खोजी हुन्छ तर, नवआगन्तुकहरू पूर्वस्थापित समाजमा सजिलै घुलमिल हुन सक्दैनन् घुलनशीलताको डिग्री जति कम हुन्छ, त्यति नवआगन्तुकले आफ्नै उद्मगका मानिसहरूको खोजी थाल्छन् त्यसैले सम्पर्क समाज स्थापित हुने एउटा मुख्य कारण समाजमा घुलनशीलताको कमी हुनु हो
दोस्रो, मानिसको लगाव उद्गमस्थान हुन्छ मान्छे पुराना कुरा सम्झिरहन्छ उसको यो नस्टाल्जियाले आफ्नोपनका मानिसको खोजी गराउँछ सहयोग ऐक्यबद्धताको नाममा यस्ता सम्पर्क समाजहरू स्थापित हुन्छन् यी सम्पर्क समाजहरूले व्यक्तिलाई समाजसँग जोड्न मद्दत गर्छन् हुँदाहुँदा यस्तो दृश्य पनि देखापर्छ, मृत्युका बखत जोडिएको घरको मान्छे आइरहेको हुँदैन तर सम्पर्क समाजका मान्छेहरू जम्मा भइसक्छन्
सम्पर्क समाजहरूले समन्वय, ऐक्यबद्धता र सहयोगका साथै निरन्तरता पनि प्रदान गर्छन् आफ्नो उद्गम भेगको संस्कृतिको निरन्तरतामा यिनको जोड हुन्छ बुटवलमै भैरम सुरु गरिनुभन्दा पहिला लगातार तीन वर्षसम्म अर्घाखाँचीको झेंडी नुवाकोटको भैरम निम्त्याइएको थियो त्यसलाई संयोजन गर्ने काम सम्पर्क समाजहरूले गरेका थिए जस्तो, झेंडीको भैरमलाई ‘डिर्भना–रूपन्देही सम्पर्क समाज’ ले संयोजन गरेको थियो अहिलेको भैरम नाच ‘नेवाः समाज अर्घाखाँची–रूपन्देही’ ले नै संयोजन गरेको हो
त्यस्तै सरायँको पृष्ठभूमिका सम्पर्क समाजहरूको भूमिका भएको जितगढी सरायँ समितिका अध्यक्ष जंगबहादुर श्रीस बताउँछन् एउटै भेगका मान्छेहरूलाई भेला पार्न सम्पर्क समाजहरूले भूमिका खेल्छन् त्यस्तै अनुभव देवीनगर मन्दिर समितिका अध्यक्ष अर्जुन कुँवरको सुरुआती वर्षहरूदेखि नै सरायँलाई सफल पार्न विभिन्न सम्पर्क समाजहरूले सहयोग गरेको उनको अनुभव छ यी सम्पर्क समितिहरूको सामाजिक दायित्व हुँदाहुँदै पनि नेपथ्यमा राजनीतिक उद्देश्य हुने अनुसन्धाता अमृतकुमार भण्डारी बताउँछन् सम्पर्क समितिहरूले दलगत राजनीतिभन्दा पनि आफ्नो समुदायको नेतृत्व गर्न र कालान्तरमा त्यसबाट राजनीतिक पुँजीको निर्माण गर्न सहयोग गर्ने उनको अध्ययन रहेको छ यसरी सम्पर्क समाजहरू एउटै उद्मग भेगका समुदायको चालक शक्ति बनिरहेका छन्

पहिचान र सामर्थ्य
पाल्पाका नेवारहरूबाट स्थापित भएको हुनाले बुटवलमा पाल्पाली नेवारहरूको सांस्कृतिक कर्महरू बढी प्रचलित छन् गाईजात्रादेखि सामूहिक बेलविवाहहरू प्रचलित छन् त्यस्तै पहाडका ब्राह्मण–क्षत्रीहरूको जनघनत्व बढ्दै जाँदा ठाउँ–ठाउँमा तीजका नाचहरू पनि प्रचलित छन् तीबाहेक बुटवल व्यापारको जगमा बसेको सहर भएकाले तिहारमा आफैं गाउनेभन्दा पनि ‘साउन्ड स्पिकर’ बजाएर नाच्ने यहाँको चलन बन्यो अर्कोतर्फ गितार ड्रमप्रतिको युवा आकर्षणसँगै कन्सर्टहरू आयोजना हुन थाले यी सबै उत्सवको बीचमा नवआगन्तुक मानिसहरूलाई आफ्नो बेग्लै पहिचानका लागि पनि मौलिक नाचहरू सुरु गर्नु आवश्यक थियो यसलाई लेखक ऋषि आजाद ‘प्रचलित संस्कृतिहरूमा नयाँ थपिएको’ उल्लेख गर्छन्
उद्मग थलोका नाचहरू सहरमा सुरु गर्नु सहज भने थिएन तर, यसको पछाडि नस्टाल्जिया जोडिएको नेतृत्वकर्ताहरूको अनुभव रहेको छ भैरम नाचको सुरुआतबारे ‘नेवाःसमाज अर्घाखाँची–रूपन्देही’ का अध्यक्ष बाबुराम श्रेष्ठ भन्छन्, ‘कर्मभूमि यहाँ भए पनि जन्मभूमिको सम्झना आइरहन्थ्यो त्यहाँको भैरम सम्झना आइरहन्थ्यो त्यो सम्झनाले नै भैरम नाच सुरु गर्न प्रेरणा दियो।’ तर, सुरु गर्न सजिलो थिएन यसका लागि आवश्यक जनशक्ति चाहिन्थ्यो बाजा बजाउन, नाच्न जान्ने मानिस चाहिन्थ्यो
भैरम नाच तान्त्रिक विद्यासँग जोडिएको छ यो कृष्णजन्माष्टमीमा भैरम जगाएर नाच्न सुरु गरेपछि कात्तिकको औंसीमा सयन गराउनुपर्छ त्यसका लागि तान्त्रिक विद्याको अभ्यासकर्ता हुनुपर्छ साथै भीमसेनको मन्दिर हुनुपर्छ यो समस्याको समाधानका लागि झेंडीका नेवारहरू ात्र पर्याप्त थिएनन् त्यसैले बुटवल आसपासमा बस्ने अर्घाखाँचीका नेवारहरूको भेलाले ‘नेवाःसमाज अर्घाखाँची–रूपन्देही’ को गठन गर्‍यो यसै क्रममा आवश्यक जनशक्ति जुट्न थाल्यो भैरम जगाउने गुरु मादलको जिम्मा बुटवलबाट लगभग बीस किलोमिटर पश्चिम बाँसगढीमा बस्ने धनप्रसाद श्रेष्ठले लिए कालो भैरम नाचे झेंडीकै गिरिराज श्रेष्ठले यस्तै यस्तै सबै जनशक्ति जुट्यो सुरुआतका लागि आर्थिक संकलन पनि उत्तिकै महत्त्वपूर्ण थियो नेवाः समाजका
मुख्य नेतृत्वकर्ताहरूले आफैं पनि लगानी गरे साथै भेटीको रूपमा पनि आर्थिक संकलन गरिएको श्रेष्ठ बताउँछन् कोठा भाडामा लिएर भीमसेनको मन्दिर पनि स्थापना भयो
सरायँलाई समन्वय गर्ने तरिका पनि यस्तै छ जितगढीको सरायँको लागि बेग्लै सरायँ समिति गठन भएको तर, यो सरायँ जितगढीमा पहिलै नै स्थापित रहेको देवीको मन्दिरसँग जोडिएको छ सरायँ समितिकै पहलमा अहिले एक करोड रुपैयाँको लगानीमा देवीको नयाँ मन्दिर निर्माण गरिएको समितिका अध्यक्ष जंगबहादुर श्रीस बताउँछन् देवीनगरको सरायँ भने अहिले पूर्णतया ‘श्री नवदुर्गा मन्दिर मूल समिति’ को मातहत मूल समितिको मातहत विभिन्न उपसमिति छन्, त्यसमध्ये एक सरायँ उपसमिति हो
सरायँ नाचसँगै जोडिएको मुख्य तप्का वाद्यवादकहरू हुन् पहाडमा गाउँका दमाई जातिले बाजा बजाउने गर्छन् बुटवल सहरले ती वाद्यवादकको ‘परम्परागत पेसा’ लाई आर्थिक उपार्जनमा बदलेको बुटवलमा विभिन्न बाजा समूहहरू स्थापित छन् सरायँ भैरममा ती वाद्यवादकहरूलाई निश्चित ज्यालामा बोलाइन्छ तर, सकेसम्म उद्गम क्षेत्र एउटै भएका बाजा समूहहरूको खोजी हुने गरिन्छ
भैरम र सरायँका नेतृत्वकर्ताहरूले आफ्ना सांस्कृतिक कर्मलाई पूर्वस्मृति (नस्टाल्जिया) र संस्कृति संरक्षणसँग जोड्छन् तर, उनीहरू यसलाई आफ्नो भेगको पहिचान भएको पनि स्विकार्छन् भैरमले सिङ्गो अर्घाखाँचीको नेवारहरूलाई जोडेको त्यो उनीहरूको पहिचान बनेको त्यस्तै सरायँले गुल्मी अर्घाखाँचीका सरायँ खेल्ने सबै जातजातिलाई जोडेको त्यो उनीहरूको पहिचान बनेको तर, उनीहरू अन्य समुदायलाई पनि आफूसँगै जोड्ने प्रयत्न गरेका छन् श्रीसका अनुसार जितगढीको सरायँले गुल्मी, अर्घाखाँची उद्गम भएका साथै अन्य पहाडी भेगका मानिसहरूलाई पनि जोडेको बताउँछन् उनका अनुसार अहिले प्यूठान, पाल्पालगायत उद्गम भएकाहरू पनि सरायँमा सहभागी हुन थालेका छन् यसको लागि उनीहरूले एउटा उपाय पनि निकालेका छन् सरायँलाई उजिरसिंहले अंग्रेजमाथि विजय प्राप्त गरेकोसँग जोडेर प्रचार गरिएको
त्यस्तै देवीनगरको सरायँ नाचपछि साँझ मन्दिरकै आयोजनामा सांस्कृतिक कार्यक्रम पनि हुन्छ समितिका अध्यक्ष अर्जुन कुँवर यसलाई सरायँमा नरमाउने मानिसहरूको लागि आयोजना गरिएको बताउँछन् भैरम समितिका अध्यक्ष श्रेष्ठले भने भैरम सबै नेपालीको सांस्कृतिक सम्पत्ति भएको जिकिर गर्छन्
एकै भेगका मानिसहरूको बढ्दो जनघनत्व, सम्पर्क समाजहरूको भूमिका र आर्थिक उपार्जनका कारण भैरम र सरायँ बुटवलका नयाँ सांस्कृतिक कर्म बनेका छन् िनले सम्बन्धित समुदायको पहिचान स्थापित गर्न महत्त्वपूर्ण भूमिका निर्वाह गरेका छन् तर भैरम सरायँ पहिचान मात्र होइनन्, सांस्कृतिक वैभव पनि हुन् अनुसन्धाता अमृत भण्डारीका अनुसार यस्ता सांस्कृतिक कर्महरूको लुप्त उद्देश्यमा सामर्थ्यको प्रदर्शन पनि हुन्छ भैरम नाच प्रस्तुत गरिरहेको अर्घाखाँचीको नेवार समुदायले पहिचान मात्र होइन कि सहरको शक्ति सम्बन्धमा आफ्नो भूमिकाको खोजी पनि गरिरहेको छ सांस्कृतिक कर्महरूले हामी पनि एउटा शक्ति हौं भन्ने अभिव्यक्त गरिरहेको हुन्छ
प्रकाशित : मंसिर २१, २०७६ ०९:३०

किरातको इतिहास : को हुन् किरात राई ?

  किरातको इतिहास : को हुन् किरात राई ? डा. भक्त राई , लोकपाटी न्यूज ६ माघ २०७६ , सोमबार किरात शब्द अनेक जातिहरूलाई बुझाउने पुञ्ज हो। कि...