Sunday, December 08, 2019

दहचोक गढीको संरक्षण गर्दै नेपाली सेना


दहचोक गढीसहित ७ गढीको संरक्षण गर्दै नेपाली सेना
रातोपाटी, काठमाडौं, मसिर २८, २०७५
काठमाडौं– नेपाली सेनाले मुलुकको स्वाधीनता र अखण्डतासँग जोडिएका महत्वपूर्ण धरोहरका रुपमा रहेका गढीको पुनःनिर्माण र संरक्षणलाई प्राथमिकतामा राखेर काम गर्ने भएको छ ।  ऐतिहासिक महत्वका सातओटा गढी आगामी पाँच वर्षभित्रमा पुनःनिर्माण संरक्षण गर्ने कार्ययोजना बनाएको हो । नेपाली सेनाका प्रवक्ता गोकुल भण्डारीले  पहिलो चरणमा सिन्धुली, मकवानपुर, चिसापानी, जितपुर, नुवाकोट, हरिहरपुर र उपरदाङगढीको पुनःनिर्माण तथा पुरानो अवस्थामा ल्याउन नेपाली सेनाको प्राविधिक टोलीले काम गरिरहेको वताए । प्रवत्तmा भण्डारीले चरणबद्ध रूपमा काम जारी रहेको जानकारी दिए ।
रू. २१ करोड ५९ लाखको लागतमा सेनाले उक्त कार्य गर्नेछ । ऐतिहासिक महत्वका यस्ता गढी किल्लालगायतका संरचना र सम्पदाको पुनःनिर्माण एवम् संरक्षणले मुलुकको पर्यटन प्रवर्द्धनमा समेत महत्वपूर्ण योगदान पुग्नेछ ।ऐतिहासिक गढी पुनःनिर्माण र संरक्षण प्राथमिकतामा, अन्तर्गत ५ वर्षमा ७ ओटाको पुनःनिर्माण गरिने भएको हो । 
प्रधानमन्त्री केपी शर्मा ओली दहचोक गढीको महत्व, एेतिहासिकतालाई कायम गर्न र संरक्षणमा जोड दिँदै  नेपाली सेनालाई संरक्षणमा लाग्न जोड दिएका थिए । त्यस्तै सेनाले दहचोकको गढी संरक्षण गर्नेतर्फ पनि चासो दिएको छ । नेपाली सेनाले पुरातात्त्विक र एेतिहासिक सम्पदा बोकेको दहचोक गढी संरक्षणमा चासो देखाएको हो ।

दहचोकको सामरिक महत्व र एेतिहासलाई जिवित राख्न गढी संरक्षण गर्न लागेको एक स्रोतले बतायो । नेपाली सेनाले स्थलगत अध्ययन तथा प्राविधिक टोलीको रिपोर्ट पश्चात् वजेट निधार गर्ने तयारी रहेको छ । नेपाली सेनाले नेपालको एेतिहासिक गढी र किलामध्ये दहचोकको गढी  पनि जिउँदो इतिहास रहेको कारण संरक्षण तथा सम्बर्धन गर्न लागेको हो ।
दहचोक गढी नेपाल एकिकरणको  महत्त्वपूर्ण र गोरवको गढी मध्ये एक हो । वीर सहिद सेना नायक काजी कालु  पाँडेको  किर्तिपुरमा सहादत प्राप्ति पश्चात् दहचोकको सिरमा समाधिस्त गरिएको थियो, त्यस कारण पनि महत्त्वपूर्ण स्थान मानिन्छ दहचोक गढी । दहचोकको गढीलाई युद्ध पर्यटनमा जोडनु पर्ने विज्ञहरूको बताउँदै आईरहेका छन् । पर्यटनको राम्रो गन्तव्यको रूपमा विकास गर्न चन्द्रागिरि नगरपालिका मेयर घनश्याम गिरी आफैं लागि रहेका छन् ।  दहचोकमा अबका दिनहरूमा होटल, रेष्टुरेन्ट र पर्यटकीय पूर्वाधार तयार पार्न पर्यटन व्यवसायीहरूले चासो देखाईसकेका छन् ।  
प्रत्येक वर्ष भाद्र शुक्ल पूर्णिमाको दिन ईन्द्र दह स्नान मेला पनि लाग्दै आएको छ । दहचोकको विकासका लागि चन्द्रागिरि नगरपालिकाले भ्यु टावर,फुटटेल,विश्राम स्थलको लागि वजेट समेत  विनियोजित गरि काम अघि वढिरहेको चन्द्रागिरि नगर पालिकाका मेयर  घनश्याम गिरीले बताए ।

चन्द्रागिरि नगरपालिका युवा नेता तथा समाजसेवी देवेन्द्र प्रधानले दहचोक गढीलाई  एतिहासिक र साँस्कृतिक वनाई हामी सबैको जिम्मेवारीपन बनाउनुपर्ने बताउँछन् । उनले भने यस्ता ठाउँ यहाँमात्र होईन अन्य ठाउँहरूको पनि खोजी र एेतिहासिक सम्पदाहरूलाई जिवित राख्नुपर्ने आवश्यता छ । दहचोकको विकासका लागि स्थानीय सरोकारकर्मीहरु तीब्र रुपमा लागिरहेका छन् । तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोईरालाले दहचोकको विकासमा चासो देखाएका थिए ।

भ्रमण  वर्ष सन् ९९९८ को अवसरमा गिरिजाप्रसाद कोईरालाले दहचोकको विकासका लागि राज्यकोषबाट सहयोग प्रदान गर्ने बताएका थिए । सो पश्चात् गणतन्त्र नेपालका प्रधानमन्त्री केपि शर्मा ओली प्रत्येक वर्षको फागुन ८ गते सँधै आउने प्रतिबद्धता जाहेर गरिसकेका छन् । वि.सं. १८२० साल तिर तत्कालिन नेपालका राजा पृथ्वी नारायण शाहले नेपाल एकिकरणको शिलशिलामा काठमाडौं उपत्यका विजय गर्न आफ्ना सेनाहरु तैनाथ गर्ने उद्देश्यले निर्माण गराएको दहचोक गढी अहिले पुरै भग्नावशेषमा परिणत भएको छ । गढी भत्किएपछि अहिले यसका ऐतिहासिक दस्तावेजहरु पुरिएका मात्र छैनन्, त्यो ठाउँमा गढी थियो र भन्ने सम्मको अवस्था आएको छ


किरातको इतिहास : को हुन् किरात राई ?

  किरातको इतिहास : को हुन् किरात राई ? डा. भक्त राई , लोकपाटी न्यूज ६ माघ २०७६ , सोमबार किरात शब्द अनेक जातिहरूलाई बुझाउने पुञ्ज हो। कि...