Saturday, January 11, 2020

मिललवा शराबी सैंया


मिललवा शराबी सैंया
पुस २६, २०७६ भूषिता वशिष्ठ
विवाह पञ्चमी भर्खरै सकिएको थियो । सहरबाट ध्वजा–पताका विसर्जन पनि गरिएको थिएन । तर, छोरी अन्माएर निश्चिन्त भएको घरजस्तै जनकपुर हलुंगो भएको थियो गल्ली–गल्लीमा चास्नीमा झ्वाँइऽऽय डुबाइएका घेबरको राग तिख्खर थियो सहरका कुना–कन्दरामा काई लागेका पुराना पोखरीको एक प्रकारको गन्ध व्याप्त थियो सडक चौडा नभएका पनि होइनन्, एकाध आधुनिक भवन नबनेका पनि होइनन् तर, आँतमा जनकपुर अझै पनि प्राचीन छ
यही प्राचीन सहरमा महिलाका संघर्ष–कथा सुनाउन रहिमा खातुन मञ्चमा उभिएकी छन् काई लागेको पोखरीझैँ उनको वर्ण पनि धमिलो पानीजस्तो छ त्यो धमिलो छालामा कुँदिएका गोदनाका खोप (एक प्रकारको परम्परागत ट्याटु) उनको मनभित्र चिहाउने आँखीझ्याल जस्ता लाग्छन्
आइमाईको मनभित्र के हुन्छ, कसैले जान्दैन,’ फ्रायडले भनेका थिए भलै फ्रायडले महिलालाई कटाक्ष गर्दै त्यसो भनेका थिए, यो कथन हाम्रो समयको कहालीलाग्दो यथार्थ हो आइमाईको मनभित्र के कसैलाई थाहा छैन किनभने आइमाईको भाषा हामीलाई थाहै छैन
अरू त भनौं भने पनि के भनौं, जेठही वार्ड नं ९ मा पाँच धुर जग्गा थियो, त्यो पनि बेच्नुपर्‍यो,’ रहिमा भन्दै छिन् ‘अहिले सुकुम्बासी भएर नाति–नातिना िएर बस्छु छोरी मरिहाली, ज्वाइँले अर्को बिहा गरे नाति–नातिना पढाउनैपर्‍यो, गोदना गर्न दुई–चार गाउँ जान्छु, आएको पैसाले नाति–नातिनालाई जानकी मन्दिरपछाडिको मदरसामा पठाउँछु,’ बोल्दा–बोल्दै रहिमाको गला भरिएर आयो
माफ गर्नुहोला मलाई धेरै भन्न आउँदैन बरु म एउटा गीत गाउँछु,’ भाषणमा गाँठो परेको उनको दुःख, गीतमा सलल बग्यो :
कि मिललवा हरामी सैंया
हे नशाबेमे चूर रे, हाई
मिललवा शराबी सैंया
हे घर बेचलान, घरारी बेचलान
हे बेचलान धुरैधर
थारी बेचलान, लोटा बेचलान
हे बेचलान धुरैधुर
हमरा,
मिललवा शराबी सैंया
रहिमा साठी वर्षकी भइन् उनी जन्मिनुभन्दा बाह्र वर्षअघि विसं २००४ सालमा नेपालमा महिला शिक्षाको सुरुआत भएको थियो शताब्दीयौंको दमनको कथा भन्नलाई हामीलाई सय वर्षको पनि तालिम छैन
हामी ठूला–ठूला पण्डालमा विशद पण्डितलाई शास्त्रार्थ गर्दै सोध्छौँ, के हुन् आखिर महिलाका दुःख? केही हप्ताअघि यस्तै भव्य समारोहमा तीन विदुषीलाई राखेर सोधियो, ‘तपार्इंले जीवनमा भोगेको सबैभन्दा दःुखद क्षण के थियो?’ एक विदुषीले जवाफ दिइन्, ‘अपेक्षाकृत, दक्षिण एसियामा नेपाली महिला त्यति प्रताडित छैनन्।’
सानैदेखि देश–देशान्तर डुलेकी उनले आफूले भोगेको दुःखद क्षण सम्झन सकिनन् दक्षिण एसियामा ‘अपेक्षाकृत सुखी जीवन’ बाँचिरहेकी रहिमा खातुनलाई पनि आफ्नो दुःखको कथा सुनाउन हम्मे पर्‍यो के महिलाका दुःख शब्दमा अटाउँदैनन् वा के महिलाहरू दुःखी नै छैनन्?
एक प्रकारले भन्ने हो भने हामी भाषाप्रति यति अभ्यस्त भैसकेका छौँ कि हामीलाई लाग्छ, भाषा मान्छेको स्वाभाविक अभिव्यक्तिको निरपेक्ष माध्यम हो तर, भाषा, कुनै शासन प्रणालीझैँ, सामूहिक व्यवस्थापनका निम्ति निर्माण गरिएको शासन प्रणालीकै अंग हो भाषा कहिल्यै पनि निरपेक्ष हुँदैन, यो सधैँ शासक वर्गको दर्शनले निर्देशित हुन्छ
हरेक शासक वर्गले भाषामार्फत् आफ्नो वैशिष्ट्य स्थापना गर्न खोज्छ जस्तै, तथाकथित उपल्ला घरानाले प्रयोग गर्ने ज्युनार, सवारी, निगाह इत्यादि स्वस्फूर्त शब्द होइनन् तिनले सामन्ती घरानाले गर्ने सामान्य क्रियाकलाप– खानु, हिँड्नु, हेर्नु इत्यादिलाई आम मान्छेको भन्दा विशिष्ट देखाउने प्रयत्न गर्छ त्यसैले एउटै भाषा बोले पनि शासक दासको भाषा फरक हुन्छ
मानवशास्त्रीहरू भन्छन्, चराचर जगत्मा मान्छे मात्र एक त्यस्तो प्राणी हो, जसले सीमित भौगोलिक एकाइभन्दा कैयौं गुणा पर रहेका मानिसलाई पनि विचारधाराका आधारमा एकत्र गर्न सक्छ यसरी भाषाका कारण धर्म, राष्ट्र र राज्यको उदय भयो यो हिसाबमा, मानव समाजको विकासको आधारशिला नै भाषा हो
अर्कोतर्फ, हरारीले भनेजस्तै, कुनै बाँदरलाई अहिले मालिकको सेवा गरे, व्रत गरे मरेपछि केरा दिन्छु भनेर लोभ्याउन सकिँदैन तर, विवेकशील प्राणी मानिएको मानिसका अधिकांश धार्मिक र राजनीतिक आस्था यस्तै लोभमा टिकेका छन् धार्मिक जिहाद, क्रान्तिकारी गुरिल्लादेखि दलितको शोषण, कुनै ठोस भौतिक आधारमा नभएर यस्तै काल्पनिक विचारको आडमा गरिन्छ त्यसकारण, भाषा नै मान्छेको शोषणको पनि प्रमुख माध्यम हो
महिलाका हकमा आएर हेर्दा, महिलाले प्रयोग गर्ने भाषा उही भए पनि उनीहरूको अभिव्यक्तिको शैली फरक छ शैली फरक भएर के भाषै फरक हुन्छ?
आधुनिक चिन्तनपद्धतिका प्रणेता हेगेलले भनेका थिए, ‘जो यथार्थ हुन्छ सो तर्कसंगत हुन्छ, जो तर्कसंगत छ सो नै यथार्थ हो।’ तसर्थ, जो वस्तुपरक छ, त्यसलाई हामीले यथार्थको संज्ञा दियौँ सत्यलाई भन्दा तथ्यलाई मान्यता दियौँ जे जति कुरा आत्मपरक छन्– गीत, कविता, भावना, विषाद इत्यादिलाई हामीले यथार्थभन्दा तल्लो दर्जा दियौँ , यो कुनै नेपाली बुद्धिजीवीको मात्र दृष्टिभ्रम होइन
पाश्चात्य समाजमा सर आइज्याक न्युटनले गुरुत्वाकर्षणको नियम पत्ता लगाएपछि अन्तरिक्षमण्डलका सबै पिण्डको दूरी, गति र त्यहाँसम्म पुग्न व्यय हुने समयको मापन गर्न सकिने भयो प्रकृतिका अभेद्य नियममाथि मानवीय तर्कशीलताको विजयले उत्साहित भएर रेने डेकार्ट भन्ने दार्शनिकले घोषणा गरे, ‘मेरो विचारशीलता नै मेरो वास्तविकता हो।’
यसरी एकाकी वस्तुपरक चिन्तनको युगको सुरुआत भयो, जसलाई यदाकदा निउटोनियन–कार्टेजियन युग पनि भनिन्छ यस युगसँगै वस्तुपरक शिक्षाको थालनी भयो के भनिएको भन्दा पनि कसरी भनिएको भन्ने कुरा महत्त्वपूर्ण हुन थाल्यो लोककथा, मिथक, लोकगीत, किंबदन्ती यावत्लाई रुढीवादी र अवैज्ञानिक ठानियो भौतिक विज्ञानको अनुकरण गर्दै सामाजिकशास्त्रले पनि आफूलाई पुनः नामकरण गरेर समाजविज्ञान (सोसियल साइन्स) बनायो हामीलाई लाग्यो, मूर्त रूपमा व्यख्या गर्न सकिने वस्तु मात्र यथार्थ हुन् तर, यो परिमाणमुखी भाषा मान्छेको नैसर्गिक भाषा थिएन, आम मानिसको भाषा अझै पनि आत्मपरक नै थियो वस्तुपरक भाषाको प्रशिक्षण विद्यालयमा दिइन्थ्यो तर, नेपालमा महिलालाई ८० वर्ष अगाडिसम्म पनि शिक्षामा पहुँच थिएन महिलाका अभिव्यक्तिका शैली स्वतः रुढीवादी ुँदै गए हुँदाहुँदा, कसैले भावनात्मक रूपमा केही भन्दा, ‘के आइमाईले जस्तो कुरा गरेको’ भनेर हपारिन थालियो यसरी महिलाले आफ्नो भाषा गुमाउँदै गए केही भनिहाल्नुपरे उनीहरू सीधा भाषामा भन्दा पनि विम्बमा भन्न थाले रबिन लाकोफ भन्ने महिलावादी भाषाशास्त्रीका अनुसार, महिलाका कथनहरूमा ज्यादा विशेषण र विम्बको प्रयोग हुन्छ
उदाहरणका लागि भुवन ढुंगानाको प्रकाशोन्मुख पुस्तक ‘परित्यक्ता’ की नायिका, जो सम्बन्धको कर्मकाण्डीय यान्त्रिकताबाट दिक्क भएकी छन्, लोग्नेलाई हाकाहाकी आफ्नो विषाद भन्न सक्तिनन् उनको विषाद विम्बात्मक अन्तर्लाप भएर बग्छ–
लुगा सुकाउने डोरीमा तिम्रो र मेरो लुगा झुन्डिरहेका छन् सम्बन्धको यान्त्रिक प्रक्रियामा हामी पनि त्यसरी नै झुन्डिरहेका छौँ मेरो माथिको ब्लाउज, तिम्रो तलको पाइन्ट मानौं हामी मुर्कुट्टा हौं, बेमेल वेशभूषा लगाएर छुट्टाछुट्टै हिँडिरहेका छौँ।’
महिलाका भाषा लयालु छन्, कोमल छन् र विम्बमा जेलिएका छन ती प्रयोगशालाका भाषा होइनन् ऐलेन सिक्छु भन्छिन्, महिलाको कथा तर्कको कालो मसीले होइन, भावनाको दुधिलो मसीले लेखिन्छ त्यहाँ तर्कको धार छैन, झरनाको कोमल बहाव छ तर, झरना कोमल हुँदाहुँदै चट्टानलाई गलाउँछ सायद महिलालाई किताबी शिक्षाबाट वञ्चित राखिएर पनि होला, उनको भाषा लहरा लतिका, कुञ्ज, सरिता, छाँगा, फाँट, चराचुरुंगीलगायतका भौतिक परिवेशको लयमा रुझ्दै गयो तर, लिपिबद्ध गरिएका अक्षरमा मात्रै ज्ञान खोज्ने हाम्रो संकुचित दृष्टिले प्रकृतिको स्वाभाविक मेधालाई नजरअन्दाज गर्छ स्वाभाविक ज्ञान वा स्वको भावनाले आपुरित भाषा, अस्वाभाविक वा वस्तुपरक सिद्धान्तको चेपमा बिस्तारै निसास्सिँदै गयो
महिलाका भाषा ठोस भएनन्, हीराको पिधँमा लुकेको प्रकाशझैँ, ती अनेक कोणबाट परार्वतन भएर तिर्मिर्‍याउने सत्य भएर आए तर, रमाइलो कुरा के छ भने, विज्ञान जति विस्फारित हुँदै छ, त्यति नै आत्मपरक हुँदै छ पहिला न्युटनलाई लागेको थियो, गणितीय सूत्र थाहा भएमा प्रकृतिका सबै रहस्य जान्न सकिन्छ आधुनिक क्वान्टम मेकानिक्स भन्छ, हरेक परमाणुको गति अगम्य छ हदै भए वैज्ञानिकले शिक्षित अनुमान लगाउन सक्ला तर परमाणुले एकैसाथ कण र तरंग दुवैजस्तो व्यवहार गर्नाले, कणको भौतिक सिद्धान्तको बलमा मात्र प्रकृतिलाई बुझ्न सकिँदैन जीवन जगत्लाई बुझ्न आत्मपरक चिन्तन अनिवार्य स्पन्दनको भाषा अपरिहार्य
महिलाका दुःख बुझ्न, मातृशिशु मृत्यदरको वा कुपोषणको वा महिला शिक्षाका तथ्यांक मात्रै भरपर्दा सूचक होइनन् साँच्चै महिलालाई बुझ्न, लोकगीत सुन्नुपर्छ तिनका अनेक कोमल रेसामा जेलिएका विम्बका डल्ला फुकाएर कथ्य रच्ने रेशमकीराको आँत छाम्नुपर्छ महिलाका कुरा बुझ्न तर्कको धैर्यहीन विश्लेषण होइन, अँगेनामा बसेर दन्त्यकथा सुन्ने बालकको हार्दिकता चाहिन्छ, स्नेह चाहिन्छ, सहानुभूति चाहिन्छ
सहानुभूति भन्ने शब्द मीठो छ महिला भाषिक एकाइमा रैती समान छन् भाषाले सकेसम्म ‘आइमाईका जस्ता कुरा’ लाई परहेज गर्छ भाषाको लयमा आइमाईले पनि लोग्नेमान्छेजस्तै बोल्न सिक्नुपर्छ, किनभने भाषामा आइमाई पराई हो तर, जब भाषा सहअनुभूतिका लागि राजी हुन्छ, तब मात्र भाषा लोकतान्त्रिक बन्छ अहिले हामी महिलाका दुःख बुझ्न सैद्धान्तिक विमर्श गर्छौं, कुनै दिन हामी यी गीतहरू सुनेर सामान्यजस्ता लाग्ने विम्बका विराटतामा घोत्लिन थाल्नेछौँ :
यता जाऊँ भन्छ, उता जाऊँ भन्छ
केराको पातैले
न यता जानु, न उता जानु छोरीको जातैले
चट्ट काटी दूध आउने लहरे
पीपलु पानीमाथि...
तब मात्रै हामी ती महिलाको भाषामा कुरा गर्न सक्छौं, जसलाई शताब्दियौंं हामीले अशिक्षाको भुमरीमा होम्यौँ हामी महिलाहरूको पीडाको लेखाजेखा वैज्ञानिक भाषामा गर्न खोज्छौँ, तर यो भाषाको तालिम ती साँच्चै दुःख पाएका महिलालाई छँदै छैन यदि बुझ्नै खोज्ने हो भने हामीले पहिले महिलाको भाषाको सम्मान गर्नुपर्छ, भाषा सिक्नुपर्छ
महिलाको शब्दकोशमा दुःख नवआगन्तुक शब्द हो मेरी आमा भन्नुहुन्थ्यो, ‘छोरीमान्छे धर्ती हो जति थुके पनि, लात हाने पनि धर्ती सहिरहन्छे।’ यी कुनै विद्यालयमा पढाइने पाठ होइनन्, यी आइमाईले आइमाईलाई भित्री भान्छामा सिकाउने जीवनोपयोगी सूक्ति हुन् यही सूक्तिको आडमा आधुनिक विकासका नाममा प्रकृतिको, महिलाको, आत्मपरकताको र कोमलताको शोषण गरिएको छ मान्छे वस्तुपरक, भौतिकवादी, महत्त्वाकांक्षी र पितृसत्तात्मक भएको छ कोमल, संवेदनशील, दयालु हुन डराउँछ आखिर कोमल मन यहाँ सधैँ विक्षिप्त नै पारिएका छन् नि !
पहिला–पहिला मलाई आमाको कुरा बेतुकको लाग्थ्यो सोच्थें, यसरी सहेरचाहिँ बसिँदैन रहिमा खातुनभन्दा ठ्याक्कै आधा कान्छी छु विद्यालय गएकी छु, तर्कशील छु, उस्तै परे लैंगिक समानताका बारेमा भाषण पनि गर्न सक्छु तर, एक वर्षअघिदेखि मेरो दाहिने पातो बेस्सरी दुख्न थाल्यो अनेक डाक्टरकहाँ जाँदा पनि त्यसको शारीरिक कारण पत्ता लाग्न सकेन हरेस खाएर मनोचिकित्सककहाँ गएँ जाँच पड्तालपछि डाक्टरले भने, ‘तपाईंको दुःखाइ शारीरिक होइन, मनो–शारीरिक (साइकोसोम्याटिक) हो के तपाईंले त्यस्तो कुनै पीडा दबाएर राख्नुभएको ?’
अचानक अनेक दुर्व्यवहारका दृश्य असरल्ल बग्न थाले यति सक्षम महिला भएर पनि, स्वावलम्बी भएर पनि, शिक्षित भएर पनि किन मौन भएर ती दुर्व्यवहार सहेँ? उत्तरै आएन, आमाले भनेको सम्झिरहेँ, ‘छोरीमान्छे धर्ती हो।’
साइकोसोम्याटिक दुःखाइका अनेक कारण हुन सक्छन् तर, ज्यादातर ती व्यक्ति, जसले किटेर मलाई पीडा भयो भन्न सक्तैनन्, वा जसलाई लाग्छ– सहनु नै धर्म हो, तिनमा यो मानसिक तनाव शारीरिक पीडाको रूपमा प्रकट हुन्छ तथ्यांकहरूका अनुसार, साइकोसोम्याटिक दुखाइ ज्यादातर महिलामा देखापर्छ
महिलाको शरीरसँग गहिरो द्वन्द्वको सम्बन्ध हुन्छ आफूलाई बेतहाशा हाँस्न मन लागेको बेलामा सास रोकेर, प्रेममा जडवत् भोग्या मात्र बनेर, थकान हुँदा आराम नगरेर, गीत गाउन मन पुलकित हुँदा, पाउ नाचको थिरकनले भारी हुँदा लोकलाजले दबाएर, कसैले पिट्दा एकान्तमा आफ्नै भाग्यलाई धिक्कारेर, बलात्कृत हुँदा इतिहासको नजिर हेरेर कहालिएर चुपचाप बसेर, बिस्तारै हामी के गर्दा दुख्छ, दुखाइ के हो भन्ने कुराको ठोस अनुभव नै बिर्सिन्छौँ हाम्रा दुःख अमूर्त विम्ब बन्छन्
रहिमा खातुन गाउँछिन् :
हे घर बेचलान, घरारी बेचलान
हे बेचलान धुरैधर
थारी बेचलान, लोटा बेचलान
हे बेचलान धुरैधुर
हमरा,
मिललवा शराबी सैंया
महिलाका दुःख बुझ्न, महिलाको भाषा बुझ्नुपर्छ थाली बेचिँदा, लोटा बेचिँदा यहाँ कुनै आर्थिक कारोबार मात्रै भैरहेको छैन, धुरैधुर रहिमाको आत्मा बजारमा बेचिँदै छ घर घडेरी कुनै जेठहीको जग्गा मात्र होइन, एक–एक गर्दै रहिमाका आश्रयका जग बेचिँदै छन् हाम्रो समाजमा छोरीको घरै हुँदैन छोरीमान्छेको ृष्टि उसको अँधिया हो सीताको घर थियो रहिमाको घर
गीत गाइसकेर गोदना खोप्दै गर्दा, दुख्यो भन्ने केटीलाई सम्झाउँदै रहिमा भन्छिन्, ‘यति पनि नसहे जिन्दगी कसरी सहन्छ्यौ?’ कतिपय समुदायमा गोदनालाई महिलालाई पीडाकै प्रशिक्षण दिन थालिएको चलनका रूपमा लिन्छन् रहिमा भन्छिन्, ‘महिलालाई यति ठाउँ दुख्छ कि साँच्चै कहाँ दुखेको भन्ने पत्तो पनि हुँदैन गोदना खोप्दा दुख्न दुख्छ तर यहाँ दुखेको हो भनेर थाहा पाउँदा पनि राहत हुन्छ।’
फोटोग्राफर नवीन बराल यो कथनसँग समर्थन राख्छन् बराल सानै हुँदा उनकी आमालाई अचम्मको व्यथा लाग्यो हाकाहाकी यहाँ दुख्यो वा यस्तो भयो भनेर बरालकी आमाले पनि भन्न सकिनन् लमजुङकै एउटा धामीलाई देखाउँदा कथित ‘बोक्सी लागेको’ ठहर गर्‍यो ‘बोक्सी’ छिमेकीमध्येकै कुनै महिला भएको ठोकुवा गरियो यसरी रोगको जरा थाहा भएपछि निदान होला भन्ने आस फर्कियो तर, दुई वर्षसम्म पनि बीसको उन्नाईस नभएपछि बरालकी आमाले आत्महत्या गरिन्
रहिमाले गीत गाइरहेकै प्रांगणमा बरालका ‘बोक्सीप्रथा’सम्बन्धी फोटाहरू पनि राखिएका थिए सिरहाको कमला नदीमा हरेक कार्तिक शुक्ल पूर्णिमाको सन्ध्यामा ‘भूत महोत्सव’ हुन्छ, जहाँ सयौं महिला ‘बोक्सी झार्न’ आउँछन् तर, बरालका फोटोमा ‘बोक्सी झार्न’ कमला नदीमा पिटिँदै, चुल्ठो लुछिइँदै गरिएका महिलाहरू जबरजस्ती ल्याइएका होइनन् उनीहरूमध्ये केही जबरजस्ती ल्याइए पनि, धेरै स्वेच्छाले आएका हुन् किन जान्छन् महिला यसरी स्वेच्छाले प्रताडित हुन?
महिलाहरूलाई सानैदेखि अनेक यौन शोषण, पीडा, अभावलाई दबाएर सधैँ आफ्नो भाग्यमा सन्तोष गर्न लगाइन्छ भाषामा गह पोख्न नसक्दा यी दमित कुण्ठा कामेर, अनर्गल बनेर गैरभाषिक भंगिमामा बग्न थाल्छन् यही कुण्ठाको ज्वरलाई नै महिलाहरू ‘बोक्सी लागेको’ ठान्छन् त्यसपछि आफू पिटिए पनि, लुछिए पनि रोग निको होला भनेर राजीखुसी सहन्छन्।’
हुन त हजारौं वर्षअघि रहिमाकै सहर जनकपुरमा, राजा जनकको सभामा गार्गीलाई याज्ञवल्क्यले, ‘तिमी धेरै पण्डित्याइँका कुरा नगर, अन्यथा यी शब्दकै भारले तिम्रो टाउको झरेर फुट्ला,’ भनेर चुप लगाएका थिए
सायद त्यसैपछि हो कि महिलाहरूको शब्दसँगको सम्बन्ध विरानो छ नीहरूका अधिकांश संवाद गैरभाषिक तलमा हुन्छन् शब्दमा पोखिँदा पनि ती भावना परोक्षमा अनेक विम्बहरूको पोकामा लुकाएर पोखिन्छन् त्यसैले महिलाका कुरा बुझ्न विश्वविद्यालयमा पढेर पुग्दैन, लोकभाषी विम्ब बुझ्नु जरुरी छ, चरम कुण्ठाले गाँजेर थरथर काँप्दै, र्‍यालसिँगान भएर भुइँमा लडीबुडीे गर्दा त्यो आङको खुम्च्याइ–तनाइको गणित बुझ्नु जरुरी छ, गोदना खोप्दाको पीडाको चस्काइ बुझ्नु जरुरी छ, कुनै निदान नभएको एकोहोरो साइकोसोम्याटिक दुःखाइको रन्को बुझ्नु जरुरी छ, मरणासन्न पिटाइ खाएपछिको टनटनको कर्कश राग बुझ्नु जरुरी छ
अर्कोचोटि कुनै महिलालाई तपाईंका दुःख के हुन् भनेर सोध्दा उनको उत्तर तपाईंको भाषामा नआएमा, अपेक्षाकृत, दक्षिण एसियामा नेपाली महिला कम प्रताडित छन् भनेर ढुक्क नहुनुस् यति बुझ्नुस्, महिलाको दुःख सुन्ने/सुनाउने भाषा हामीले सिकेकै छैनौँ हामी अपठित छौँ महिलाका सवालमा गँवार छौँ
रहिमा खातुनको पूरा गीत यहाँ सुन्न सकिन्छ :
https://www.youtube.com/watch?v=ycvDh5NMuTM&feature=youtu.be_
प्रकाशित : कान्तिपुर, कोसेली, पुस २६, २०७६ ११:०२

Monday, January 06, 2020

अझै भेटिन्छन् युद्धकालीन बम


अझै भेटिन्छन् युद्धकालीन बम
पुस १७, २०७६घनश्याम खड्का
(म्याग्दी) — सशस्त्र द्वन्द्व सकिए पनि विस्फोटका घटनाले त्रसित बनिरहेका बेनीवासी गत मंगलबार फेरि झस्किए कालीगण्डकी म्याग्दी नदी दोभानको बगरबाट विस्फोटको ठूलो आवाज आयो सेनाको श्रीबक्स गुम्म २३ नं बाहिनीको बम डिस्पोजल टोलीले बेनीको मंगलाघाट नजिकै फेला परेको मोर्टार सेल निष्क्रिय पार्दा उक्त आवाज आएको थियो 
उक्त ८१ एमएम मोर्टार सेल १६ वर्षअघि ०६० चैत ७ मा माओवादीले बेनी आक्रमण गर्दा प्रहार गरेको तर नपड्किएको सेनाले जनाएको छ ‘बेनी–बागलुङ सडक खण्डको म्याग्दी नदी पुलमुनि फेला परेको पुरानो खिया लागेको सेललाई सुरक्षित डिस्पोज गरेका छौं,’ गुल्म प्रमुख मेजर सुरेश देवकोटाले भने म्याग्दी खोलाको तटबन्धका लागि फाउन्डेसन राख्न डोजरले खाल्डो खन्दा मोर्टार भेटिएको क्षेत्रमा तत्कालीन शाही नेपाली सेनाको कालीप्रसाद गण () को ब्यारेक थियो

डोजरको दबाब सोझै मोर्टार सेलमा नपरेकाले ठूलो दुर्घटना टरेको हो ‘त्रासदीलाग्दो युद्ध सकियो भन्ने थियो तर अझै बम भेटिएपछि डर लागेको , त्यही भिडन्त भएको स्थानमै सर्‍यौं,’ मुसलमान बस्तीका रहमान खानले भने, ‘अझै यस्ता कति बम घरमुनि पुरिएका होलान्, बाटोमा कति होलान्।’ तत्कालीन माओवादीले साबिक भकिम्ली र पुलाचौरको डाँडाखेतबाट बेनीस्थित सेनाको गणलाई लक्षित गरी प्रहार गरेका पाँचवटा यस्ता मोर्टार विस्फोटन नभएको (मिसप्लेस भएको) बताएको थियो माओवादीले त्यस बेला दाबी गरेअनुसार बेनी आक्रमण क्रममा टार्गेट फेल भएको पाँचमध्येकै यो सेल एउटा हो बाँकी चार सेल बेनीवासीका लागि जोखिम बनिरहेका छन्

बेनी आक्रमणको दुई दिनपछि अर्थुंगेमा ६ वर्षीय सुजन जैसी, चैत १० गते ताकममा १२ वर्षीया गौरी गर्वुजा, ०६१ पुस १ गते निस्कोटमा नगेन्द्र र भूमिराज पुन दाजुभाइको नपड्किएको बेवारिसे बम खेलाउँदा ज्यान गएको थिए ०६२ असारमा बाबियाचौरका सुरेन्द्र खत्रीले दुवै हात गुमाए त्यसैगरी ०६७ जेठ ३१ गते साविक पिप्ले–३ घुमाउने तालमा नेपाली सेनाले भूलवश छाडेको नपड्किएको ल्यान्डमाइन विस्फोटन हुँदा सुविन्द्र शाही घाइते भए

०६७ कात्तिक १४ गते डेटोनेटर तार फेला पारी अगेनामा हाल्दा ताकमका पाँच वर्षीय बालक सुन्दर केसी घाइते भए ०६८ मा बेनीको मुसलमान बस्तीमा दर्जनभन्दा बढी ग्रिनेड फेला परेका थिए सोही वर्ष बेनीमाथिको ठूलो सल्लेरी सामुदायिक वनमा डढेलो लाग्दा दर्जनौं बम विस्फोट भए ०७० पुसमा काफलडाँडाको जंगलमा स्थानीयले फेलापारेको बेवारिसे सकेट बम भने नेपाली सेनाले निष्क्रिय पारेको थियो
प्रकाशित : पुस १७, २०७६ ०७:३०


Saturday, December 21, 2019

अजयमेरुकोटको इतिहास हराउँदै


अजयमेरुकोटको इतिहास हराउँदै
सम्पादक on January 30, 2019, गोरखापत्र
तेह्रौ शताब्दीमा राजा नागी मल्लद्वारा डोटी राज्य सञ्चालनका लागि निर्माण गरिएको अजयमेरुकोटको इतिहास मेटिने खतरामा पुगेको छ ।
गृष्मकालीन मौसममा बस्नका लागि निर्माण भएको कोट संरक्षणका अभावमा जीर्ण बन्नुका साथै संरचनासमेत मेटिदै गइरहेको अजयमेरुकोटको अवलोकनमा निस्कने अवलोकनकर्ता बताउँछन् ।
मल्ल राजाको दरबर, रानीले रानीताल नुहाउन जाने गुफा, घोडाराख्ने तवेला, नौला, देवलको संरचना केही हराइसकेका र केही जीर्ण अवस्थामा रहेका स्थानीयवासीको भनाइ छ ।
पुराना कलाशैलीमा निर्माण गरिएका नौला, देवलको भौतिक र प्राचीन धरोहरको इतिहास मेटिँदै गइरहेको छ ।
यस भेगकै शक्तिशाली राजाका रुपमा रहेका राजा नाग मल्लले राज्य सञ्चालन गर्नका लागि निर्माण भएको कोट पर्यटकीय दृष्टिकोणले पनि महत्वपूर्ण स्थलको रुपमा रहेको स्थानीय शिक्षक हीरा सेटी बताउँछन् । आफूले पर्यटकलाई आकर्षण गर्नका लागि होमस्टे सञ्चालनमा ल्याएको भए तापनि मुख्य आकर्षण नै ओझेलमा रहेको उनले गुनासो गरे ।
यस कोटभित्र रहेको गुफा, रानीले नुहाउने पोखरी, प्राचीनशैलिका नौला, देवललाई मात्र उही आकारमा निर्माण गर्न सक्ने हो भने आन्तरिक र बाह्य पर्यटकको ओइरो लाग्ने स्थानीय बासिन्दा बताउँछन् ।
डडेल्धुरा जिल्लाको अजयमेरु गाविसस्थित अजयमेरु कोटको संरक्षण तथा सम्बद्र्धन हुन नसक्दा एकहजार ३०० वर्ष पुरानो इतिहास मेटिने अवस्थामा पुगेको हो । आठौँ शताब्दीमा निर्माण गरेको ऐतिहासिक दरबारको हाल भग्नावशेष मात्रै रहेको छ, भने उक्त क्षेत्रमा रहेका देवल जीर्ण भइसकेका छन् । जीर्ण बनेका भवनबाट १० औँ फिट लामा ढुङ्गाको मूर्ति चोरी हुन थालेको छ ।
पुरातत्व विभागले राष्ट्रिय सम्पदा सूचीमा राख्नका लागि पहल गरिरहेको जनाए पनि अजयमेरुकोटमा रहेका ऐतिहासिक र कलात्मक मूर्ति चोरी भइसकेका छन् । कोटक्षेत्रमा रहेका अधिकांंस देवल पूर्णरुपमा नष्ट भइसकेका छन् । नेपाल सरकारबाट आवश्यक बजेट नआई थोरै आउने र त्यो पनि उद्देश्यअनुसार काम नहुँने गरेको स्थानीवासीले आरोप लगाएका छन् ।
संरक्षण र सम्बद्र्धन हुन नसक्दा कोट क्षेत्रमा रहेको गुफासमेत बन्द भइसकेको छ । कोटक्षेत्रमा रहेका ऐतिहासिक पानीका नाला जीर्ण छन् । जमिन अतिक्रमण गरेर खेती गर्नाले कोटले चर्चेको भूभाग साँगुरिदै गएको छ । तत्कालीन राजाले यहीबाट नै डोटी राज्य व्यवस्था सञ्चालन गर्दै आएको भन्ने किम्बदन्ती स्थानीयस्तरमा रहेको पाइन्छ ।


Sunday, December 08, 2019

११ देशका भाषाशास्त्रीको जमघट


११ देशका भाषाशास्त्रीको जमघट
मंसिर ११, २०७६कान्तिपुर संवाददाता
काठमाडौँ — एघार देशका भाषाशास्त्री काठमाडौंमा भेला भएका छन् 
भाषा विज्ञान समाज नेपालको ४० औं वार्षिक सम्मेलनमा त्रिभुवन विश्वविद्यालय परिसरमा भेला भएका उनीहरूले ४३ भाषाको संरक्षण र सम्बर्द्धनबारे बहस गर्नेछन् विश्वविद्यालय अनुदान आयोगका अध्यक्ष भीमप्रसाद सुवेदीले नेपालका सबै भाषाहरू यकिन गर्न आगामी राष्ट्रिय जनगणनामा भाषाशास्त्रीले पहिल्याउन आवश्यक रहेको बताए दुईदिने सम्मेलनमा ८२ वटा कार्यपत्र प्रस्तुत ुने समाजका अध्यक्ष भीमनारायण रेग्मीले जानकारी दिए

प्रकाशित : मंसिर ११, २०७६ ०८:०४


Lecture to WDO. Jan 1, 2013 (Pus 17, 2069 B.S.)

  Lecture to WDO.   Jan 1, 2013 (Pus 17, 2069 B.S.) I lectured newly appointed Women Development Officers (WDO) at the Women Training Cen...