Sunday, December 08, 2019

११ देशका भाषाशास्त्रीको जमघट


११ देशका भाषाशास्त्रीको जमघट
मंसिर ११, २०७६कान्तिपुर संवाददाता
काठमाडौँ — एघार देशका भाषाशास्त्री काठमाडौंमा भेला भएका छन् । 
भाषा विज्ञान समाज नेपालको ४० औं वार्षिक सम्मेलनमा त्रिभुवन विश्वविद्यालय परिसरमा भेला भएका उनीहरूले ४३ भाषाको संरक्षण र सम्बर्द्धनबारे बहस गर्नेछन् । विश्वविद्यालय अनुदान आयोगका अध्यक्ष भीमप्रसाद सुवेदीले नेपालका सबै भाषाहरू यकिन गर्न आगामी राष्ट्रिय जनगणनामा भाषाशास्त्रीले पहिल्याउन आवश्यक रहेको बताए । दुईदिने सम्मेलनमा ८२ वटा कार्यपत्र प्रस्तुत हुने समाजका अध्यक्ष भीमनारायण रेग्मीले जानकारी दिए ।

प्रकाशित : मंसिर ११, २०७६ ०८:०४


Societies of Nepal

 Societies of Nepal  Nepali society is incredibly diverse, shaped by over 142 distinct ethnic groups and multiple religious beliefs that oft...