Thursday, January 16, 2020

तुइनकै भर


तुइनकै भर
मंसिर २१, २०७६मनोज बडू
(दार्चुला) — व्यास गाउँपालिकाको धौलाकोटभन्दा माथिको क्षेत्रबाट सदरमुकाम पुग्न महाकाली नदी तर्नुपर्ने हुन्छ नेपाल–भारत सीमा नदी महाकाली वारपार गर्नु परे स्थानीय बासिन्दालाई जोखिम मोलेर तुइन तुर्नको विकल्प छैन गर्भवतीलेसमेत तुइनबाटै वारपार गर्नुपर्ने भएकाले उनीहरूले झन् धेरै जोखिम मोल्नुपर्ने बाध्यता छ
झोलुंगे पुल निर्माण गरी तुइन विस्थापित गर्ने सरकारी घोषणा भए पनि दार्चुलाका बासिन्दाले तुइनकै भरमा खोला र नदी तर्नुपर्ने अवस्था हटेको छैन ०७२ असोजमा पहिलोपटक प्रधानमन्त्री भएका बेला केपी ओलीले वर्षभित्र देशभरका तुइन विस्थापित गर्ने निर्णय सुनाएका थिए तर उक्त निर्णय अहिलेसम्म कार्यान्वयन हुन सकेको छैन व्यास गाउँपालिकाका आधा दर्जन बढी ठाउँबाट स्थानीयले तुइनकै सहायताले महाकाली तर्दै आएका छन् विगतदेखि नै भारतीय बाटो प्रयोग गरी सदरमुकाम आउजाउ गर्ने व्यवसायीले सकसपूर्ण तुइन यात्रा गर्नुपर्ने बाध्यता कायमै छ

आफ्नै देशको बाटोबाट सदरमुकाम पुग्न २ दिन लाग्छ तुइनको सहायताले महाकाली तरेर भारतीय सडक मार्गबाट एक दिनमै सदरमुकाम पुगेर फर्किन सकिन्छ,’ व्यास गाउँपालिका २ दुम्लिङका दिपेन बुढाथोकीले भने, ‘भारतबाट गए एक दिनमै सदरमुकामको काम सकाएर घर पुगिने हुँदा जोखिम मोलेर तुइन प्रयोग गर्नुपरेको हो।’ सरकारी कामकाज गर्न सदरमुकाम आउदा होस् वा व्यास गाउँपालिकाको केन्द्र सुन्सेरासम्म जान पनि तुइन प्रयोग गर्दा छोटो समयमै आफ्नो काम सकिन्छ चाँडो गन्तव्यमा पुग्न सकिने हुँदा तुइन तरेर जोखिम मोल्नुपरेको उनले बताए

व्यास क्षेत्रका नेपालीहरूले भारतका विभिन्न ठाउँमा जान र जिल्ला सदरमुकाम पुग्न भारतको बाटो प्रयोग गरी आउन तुइनहरू बनाइएका हुन् व्यास गाउँपालिका , तिगरमा नेपाल–भारत जोड्ने झोलुंगे पुल निर्माण भए पनि त्यसभन्दा माथिल्लो क्षेत्रमा अझै तुइनबाटै आउजाउ भइरहेको छ तिग्रममा झोलुंगे पुल बनेपछि बडूगाउँ, बसेडी, तिग्रमनजिक महाकाली नदीमाथि लाग्ने तुइन विस्थापन भएका छन् यो पुलबाट व्यास गाउँपालिका वडाका बासिन्दालाई आउजाउमा सहज हुन्छ यहाँ पुल नबन्दासम्म माथिल्लो क्षेत्रमा जस्तै यहाँका स्थानीय जोखिमपूर्ण तुइन प्रयोग गर्दै आएको व्यास गाउँपालिका ६ बसेडीका रमेशराज भट्टले बताए तिग्रममा पुल बनेपछि वारिपारि गर्न सहज भएको त्यसअघि तुइनबाट खसेर धेरैले अकालमै ज्यान गुमाएको उनले बताए

यस्तै हिउँदमा महाकाली
नदीमा पानीको सतह कम हुँदा धेरै समस्या नहुने भएपनि वर्षातको समयमा निकै समस्या हुने गर्छ व्यासका स्थानीयहरूले खाद्यान्न सामग्रीदेखि दैनिक उपभोग्य सबै समानहरू तुइनबाटै ढुवानी गर्ने गरेका छन् सबै सामग्रीहका लागि उनीहरू भारतकै भर पर्नुपर्ने बाध्यतामा छन् यहाँका ासिन्दा किनमेल गर्ने बजार क्षेत्रसमेत भारतनजिक पर्ने भएकाले त्यहाँबाटै सामग्रीहरू खरिद गरी तुइनबाट तार्ने गरेको स्थानीयले बताएका छन्

व्यास गाउँपालिका ४, महगाउँस्थित महाकाली नदीमाथि २ वटा तुइन लगाइएका छन् सुन्सेरा, मडगाउँ, डोकटलगायत गाउँका स्थानीयले दैनिक नेपाल–भारत आउजाउ गर्छन् त्यस्तै वडा का बासिन्दा डोकट बत्तीघाटमा तुइन लगाएर महाकाली वारिपारि गर्दै आएका छन् व्यास गाउँपालिकाका सबै वडामा / स्थानमा तुइन लगाइएका छन् वडा , , , ४ र ५ का विभिन्न ठाउँमा तुइन लगाइएको छ पहिले दुहु गाउँपालिकाका स्थानीय पनि तुइन तरेर आउजाउ गरे पनि अहिले सडक सञ्जाल जोडिएपछि तुइनको दु:ख हटेको छ

भारत निर्भरताले तुइन बाध्यता
मसिनो २/३ पाला (पाल्ता) को ग्याबिन जाली बुन्ने डोरीजस्तै तारमा बाँदरले जस्तै उल्टो गरी हिँड्नुपर्छ वारिपारि काठको खामोमा तारलाई अड्याएर ्थानीय बासिन्दा नदीमाथि तुइन लगाउँछन् कतिबेला तार चुड्छि भन्ने मन मनै डर पलाएकै हुन्छ तुइन तरेर पारि पुगेपछि ठूलो युद्ध जिते जस्तो लाग्ने गरेको व्यास गाउँपालिका नाजीकी जानकी धामी बताउँछिन्

नजिकमा बजार नभएकाले दैनिक उपभोग्य सामानदेखि अन्य आवश्यक लुगा खरिद गर्न सदरमुकामै जानै पर्ने अवस्था छ यहाँबाट सदरमुकाम पुग्न अरुलाई जस्तो सहज छैन बादरले जस्तै उल्टोगरि महाकाली माथि तुइन तरेर मात्रै सदरमुकाम पुगिन्छ व्यासका बासिन्दाले उहिल्यैदेखि खेप्दै आएको समस्या हो यो

सदरमुकाम जाने दिन नजिकै जाँदा अघिल्लो दिनदेखि नै तुइन कसरी तर्ने भन्ने पीर हुन्छ,’ धामीले भनिन्, ‘महिला भएर होला तुइन तर्न धेरै असहज हुन्छ तर तुइन नतरे बालबच्चा भोकै राख्नुपर्छ।’ घरमा लोग्ने मान्छे नहुँने महिलाहरूले सदरमुकाम आउजाउ गर्ने बाध्यता रहेको उनले सुनाइन् स्थानीयस्तरमा भरपर्दो बजार नहुँदा यहाँका बासिन्दा दैनिक उपभोग्य सामानदेखि अन्य सरसमान किन्न नजिकको सीमावर्ती भारतीय बजार र सदरमुकामै पुग्नुपर्छ भारतीय बजार जानेहरू पांगला, गस्कु, तवाघाट, जिउती, धारचुलालगायत बजार धाउने गरेको बताउँछन्

व्यासको अधिकांश भूभाग
हिमाली क्षेत्र र केही उच्च पहाडी क्षेत्रमा पर्ने हुँदा खेतीपातीबाट उब्जानी न्यून छ यहाँका बासिन्दा भारतीय बजारमा निर्भर छन् व्यासका १३ हजार बढी जनसंख्यालाई १२ महिना खान पुग्ने गरी खेतीपाती नभएको यीमध्ये प्रतिशत परिवारलाई स्थानीय उत्पादनले वर्ष भरिलाई खान पुग्दैन बाँकी जनसंख्याले सबैले भारतीय बजारको दैनिक उपभोग्य सामान खरिद गरी गुजारा चलाउँदै आएका छन्

कम उब्जानी हुने खेत भएकाले आफ्नो पुर्ख्योली खेतबाट राम्रो बाली पाएको वर्ष जेनतेन २/साढे २ महिनालाई पुग्छ,’ व्यास गाउँपालिका ४ सुन्सेराका नवराज भट्टले भने, ‘मध्यम खेत भएको परिवारले बढीमा ३ महिना खान पुग्छ बाँकी सबै परिवारले भारतीय खाद्यान्नमा भर पर्नुपर्ने बाध्यता ।’

दैनिक ज्यालादारीमा मजदुरी गर्न भारत
व्यासका अधिकांश परिवारले दैनिक ज्यालादारीमा मजदुरी गरेर घरधन्दा चलाउने गरेका छन् स्वदेशमा ज्यालादारीमा मजदुरीसमेत कम पाइने भएकाले यहाँका अधिकांश घरपरिवारबाट मजदुरी गर्न सीमावर्ती बजारहरूमा जाने गरेका व्यास गाउँपालिका मालका स्थानीय हरकसिंह कार्की बताउँछन् उनले भने, यहाँका स्थानीयले १/२ महिनाजति यार्सालगायत जडीबुटी संकलन गर्ने र बाँकी समयमा भारतमै मजदुरी गरी कमाइ गर्छन्

युवाजति भारततिर
बडुवाल टोलका कालु सुनार २८ वर्ष पुगे उनी १५ वर्षकै उमेरदेखि रोजगारीका लागि भारततिर जान थालेका हुन् गुजरातको होटेलमा काम गर्ने उनी वर्षमा एकपटक महिनादिनको बिदामा आउँछन् पारिवारिक अवस्था कमजोर भएकाले उनी कक्षामै पढाइ छाडेर छिमेकीसँगै काम खोज्दै गुजरात पुगेका हुन् मासिक हजार भारुबाट काम सुरु गरेको उनले अहिले २०/२२ हजारसम्म कमाइरहेका छन्

बडुवाल टोलका अधिकांश युवा रोजगारीका लागि भारततिरै पसेका छन् उनका अनुसार हरेक घरबाट एक/दुई जना कम्तीमा पनि भारत जाने गरेका छन् उनीहरूको पहिलो रोजाइ गुजरात नै हुने गर्छ त्यसपछि कतिपय मुम्बई पनि जाने गरेका छन् ‘मुम्बईमा पनि दोधारा–चाँदनीका धेरै युवा काम गर्छन्,’ बडुवाल टोलका लक्ष्मण पोखरेलले भने, ‘यहाँबाट गएकामध्ये धेरैले हीराको कारिगर र होटेल लाइनको काम सिकेका छन्।’

घाँस दाउरा पनि भारतबाटै
६५ वर्षीय मीना क्षत्री बिहान सबैरै उठेर गाउँलेसँगै नजिकै रहेको भारतको जंगलमा जान्छिन् वनबाट घाँस दाउरा ल्याएर दिउँसो मात्रै फर्किन्छिन् त्यसपछि खानपिनदेखि घरको अरू काम गर्छिन् खेतीपातीको समयबाहेक उनको दैनिकी यसरी नै चल्ने गरेको

प्रकाशित : कान्तिपुर, मंसिर २१, २०७६ १२:४३


अझै तुइनकै भर


अझै तुइनकै भर

विकल्प नहुँदा धादिङ र गोरखाका बासिन्दा अझै तुइनमा जोखिमपूर्ण यात्रा गर्न बाध्य छन्
पुस १७, २०७३अब्दुल्लाह मियाँ
जोगीमारा (धादिङ) — धादिङ र गोरखाका स्थानीय र विद्यार्थीको पीडा झल्काउने यी प्रतिनिधि उदाहरण हुन् । पृथ्वी राजमार्गको त्रिशूली नदीमा पुल नहुँदा गोरखा र धादिङका विभिन्न गाविसका हजारौं नागरिकले अहिले पनि ओहोरदोहोर गर्न अहिले पनि तुइनकै भर पर्नुपर्छ 
  • गोरखा ताङ्लीचोक–९ का भीमबहादुर चेपाङको घरबाट धादिङतिरको पृथ्वी राजमार्गमा गाडी चलेको सर्लक्कै देखिन्छ । उनको घर र राजमार्गबीचको दूरी मुस्किलले एक सय मिटर छ । तर, त्यही राजमार्ग आइपुग्न उनले कि त एक घण्टा पैदलयात्रा गर्नुपर्छ कि जीर्ण बनेको तुइन तर्नुपर्छ 
  • गोरखा भुम्लीचोक–८ की हितमाया चेपाङ, ७ का राममाया चेपाङ र सरिता चेपाङ हरेक दिन र्‍याफ्टिङ गर्ने डुंगा चढेर गरेर धादिङतिरको जोगीमारा–९ मझिमटारस्थित शंखादेवी उच्च माविमा पढ्न आउँछन् । र्‍याफ्ट चलाउने व्यक्ति नभए वा बिरामी परे उनीहरू स्कुलै आउन सक्दैनन् । स्कुल आउनुपरे घण्टौं हिँडदै आएर तुइन तर्नुपर्छ 
  • धादिङ, सलाङ– ५ का रेवतीप्रसाद सेढाईंको बारीमा अहिले गोलभेंडा टिप्ने सिजन छ । दैनिक १० क्विन्टल गोलभेंडा बिक्रीका लागि राजमार्गको सलाङघाट ल्याउनुपर्छ । त्यत्तिका तरकारी तुइनबाटै राजमार्ग झार्न मुस्किल त छँदै छ, ज्यामी लगाउनुपर्ने भएकाले खर्च पनि बढी हुन्छ । तुइनबाहेक तरकारी तार्न अर्को विकल्प नहुँदा यहाँका बासिन्दा वर्षौंदेखि हैरान छन् 
सरकारले तुइन हटाउँछु भनेर निर्णय गरेको सुनेको थिएँ,’ सलाङ–५ का रेवतीप्रसाद सेढाईंले कान्तिपुरसित भने, ‘हामीकहाँ कहिले हट्ने हो थाहा छैन ।’ सेढाईंको घरबाट राजमार्ग करिब डेढसय मिटरको दूरीमा छ । ‘४२ वर्षदेखि यही तुइन र खिरखिरे (नाम्लोको पातोलाई फलामे लट्ठामा झुन्ड्याएर) बाट वारपार गरिरहेका छौं,’ उनले सुनाए, ‘यो पनि बिग्रिएको छ, कमजोर र बालबच्चाले वारपार गर्नै सक्दैनन् ।’
यो तुइनबाट हरेक दिन सयौं क्विन्टल तरकारी राजमार्गको सलाङघाट ल्याइन्छ । त्यो काम कम्ता जोखिमपूर्ण छैन । तरकारी बोकेको डोको र कोक्रोलाई धकेल्दा हात चरचर भएर रगताम्मे हुन्छन् । तुइन तर्ने क्रममा विगतमा कयौंले हातका औंला गुमाए भने कयौंको ज्यान नै गयो 
मझिमटारस्थित शंखादेवी उच्च माविका शिक्षक तिलक चेपाङका अनुसार दुई वर्षअघि तुइन तर्ने क्रममा भुम्लीचोक–८ हिक्लुङमा दुई जनाको ज्यान गयो । रातको समयमा तुइनको कोक्रो तान्ने क्रममा चिप्लिएर दुई जना त्रिशूलीमा बेपत्ता भएका थिए । त्यसअघि सोही गाविसको हुइलिङबेंसी सबाङखोलामा ५ जना त्रिशूलीमा बेपत्ता भएका थिए । तुइनसमेत बिग्रिएर सिमलको मुढामाथि चढेर त्रिशूली नदी तर्ने क्रममा उनीहरू बेपत्ता भएका थिए । केही वर्षअघि गोरखाको चाइनाघाटबाट धादिङको चरौंदी नजिकै पृथ्वी राजमार्गतर्फ आउजाउ गर्ने तुइन छिन्दा तरकारी लिएर आउँदै गरेका पाँच जना त्रिशूलीमा बेपत्ता भएका थिए 
अहिले पनि गोरखाको भुम्लीचोक, मकैसिङ, ताङ्लीचोक र घ्याल्चोक गाविसबाट पृथ्वी राजमार्ग आउन तुइनबाहेक अर्को विकल्प छैन । हरेक दिन भुम्लीचोकका विभिन्न वडाबाट दर्जनौं विद्यार्थी तुइन र र्‍याफ्टिङको यात्रा गर्दै मझिमटारस्थित शंखादेवीमा पढ्न आउन बाध्य छन् । ‘अहिले र्‍याफ्टिङ चलाउने कम्पनीको सहारामा विद्यार्थी वारपार गर्दै आएका छन्,’ शिक्षक तिलकले भने, ‘उनीहरूले सहयोग नगर्ने हो भने यी विद्यार्थी स्कुलै आउन सक्दैनन् ।’ बर्खायाममा र्‍याफ्ट गरेर वारि आउन उनीहरूलाई मुस्किल छ । केही वर्ष अघिसम्म यी विद्यार्थी ट्युबमा चढेर वारपार गर्थे 
भुम्लीचोक, मकैसिङ, ताङ्लीचोक र घ्याल्चोकबाट राजमार्गमा जोड्न बनाइएका अधिकांश तुइन जीर्ण छन् । अधिकांश तुइन करिब १० देखि १२ वर्षअघि बनेका हुन् । मर्मतसंभार बेलैमा हुन नसक्दा अधिकांश तुइनका घिर्नी बिग्रिएका छन् भने फलामे लट्ठा कमजोर बनेका छन् । कोक्रो बस्नै नसकिने गरी भाँचिएका छन् । ‘अर्को विकल्प छैन, जीर्ण भए पनि यसैबाट ओहोरदोहोर गर्नुपर्छ,’ ८ कक्षाकी विद्यार्थी सञ्जु चेपाङले भनिन् 
शंखादेवी उमाविका प्रधानाध्यापक शिवहरि सिलवालले अधिकांश तुइन बूढाबूढी र बालबालिकाले ओहोरदोहोर गर्नै नसक्ने गरी बिग्रिएको बताए । ‘यी तुइन विस्थापित नगर्ने हो भने यहाँका जनताको जनजीवनमा कहिले पनि सुधार आउने देखिँदैन,’ उनले भने 
चेपाङ विद्यार्थीको यही पीडा देखेर पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले २०७२ वैशाख १ गते भुम्लीचोकका २५ जना छात्रछात्राका लागि मझिमटार बजारमा होस्टल खोलिदिएका छन् । भुम्लीचोकसमेत पर्ने गोरखा १ बाट दोस्रो संविधानसभा चुनाव जितेका भट्टराईले आफ्नो क्षेत्रको विकास गर्ने क्रममा चेपाङ समुदायतर्फ ध्यान दिएका थिए । सांसदबाट राजीनामा दिइसके पनि उनको सहयोग जारी छ । होस्टलको सञ्चालक समिति सचिवसमेत रहेका शिक्षक तिलकका अनुसार २५ जना विद्यार्थीले भट्टराईकै सहयोगमा प्रतिमहिना २ हजार रुपैयाँ पनि पाउँछन् । ‘चेपाङ विद्यार्थीलाई पढ्न सहयोग पुगोस् भनेर यो होस्टल खोलिएको हो,’ उनले भने 
शिक्षक तिलकका अनुसार भुम्लीचोकको कौदीफाँटमा झोलुंगे पुल शिलान्यास त भएको छ तर काम अघि बढेको छैन । त्यो पुल बने भुम्लीचोकका बासिन्दालाई राहत पुग्ने प्रधानाध्यापक सिलवाल बताउँछन् । योबाहेक तुइन भएका अन्य ३ ठाउँमा पनि झोलुंगे पुल बनाउन सर्वेक्षण भइसकेको छ । भट्टराईकै पहलमा राजमार्गबाट भुम्लीचोक जोड्ने गरी पक्की पुलको शिलान्यास भए पनि काम अघि बढेको छैन । ठेकेदार भागेकाले काम रोकिएको स्थानीयले बताए 
धादिङ बैरेनीदेखि चितवनको फिस्लिङसम्म अहिले पनि १६ वटा तुइन नियमित चलिरहेका छन् । त्रिशूली नदीका कतिपय स्थानमा झोलुंगे पुल रहे पनि केही ठाउँमा अझै सम्म पनि जीर्ण तुइन प्रयोग गर्न सर्वसाधारण बाध्य छन् । धादिङको सलाङ–५ मजुवाटारबाट पृथ्वीराजमार्गमा पर्ने बेनीघाट मालिंगा, कुम्पुरको खरमटारबाट गजुरीको चाम्वास, पीडाको जरेबगरबाट र कुम्पुरको बगैंचा, बैरेनीको बेल्खुबाट कल्लेरीको वेलिनटार, बैरेनीकै चिरौंदीबाट कल्लेरीको राईगाउँ जोड्ने तुइन सञ्चालनमा छन् । त्यस्तै, धुषाको चरांैदी र गोरखाको घ्याल्चोक जोड्ने तुइन पनि सञ्चालमा छन् । धादिङ जिविसले पहिलो चरणमा कुम्पुरको खरमटारबाट गजुरीको चाम्वास जोड्ने तुइन हटाएर उक्त ठाउँमा पक्की पुल निर्माणका लागि १ करोड २० लाख रुपैयाँ बजेट विनियोजन गरेको थियो । अहिलेसम्म कामै अघि बढेको छैन 
हरेक दिन तुइनमा झुन्डिएर कष्टकर यात्रा गर्नेको संख्या हजारौंमा छ । धादिङ र गोरखामा मिर्मिरेदेखि सूर्यास्तसम्मै तुइनमा ओहोर–दोहोर गरेको देख्न सकिन्छ । किसानले उत्पादन गरेका तरकारीलगायत राजमार्गमा ल्याउन तुइनबाहेक विकल्प छैन । ‘गाउँमा बाटो पुगे पनि राजमार्ग जोड्ने पुल नहुँदा तुइनबाटै तरकारी तार्नुपरेको छ,’ सलाङ ५ का सीताराम थापा मगरले भने, ‘पुल भए सजिलोसित आउजाउ गर्न सकिन्थ्यो । आम्दानी पनि बढाउन सकिन्थ्यो ।’

गाउँबाट राजमार्ग नजिकै भएकाले जोखिम मोलेरै भए पनि यहाँका किसानले आफ्नो उपज तुइन र खिरखिरेबाट तारिरहेका छन् । ‘यहीं नजिकै पुल बनाउने भनेर खाल्डो खनेको धेरै भइसक्यो,’ मगरले भने, ‘खै किन हो काम बन्द भएको थाहा छैन ।’
जिविस चितवन, गोरखा र धादिङले तुइन विस्थापित गर्न हरेक वर्ष बजेट विनियोजन गर्ने गरेका छन् । तर, अहिलेसम्म एउटै पुल बनेका छैनन् । मुग्लिङ–नारायणगढ खण्डबाट तनहुँ जोड्ने विभिन्न गाविसमा पनि तुइन चलिरहेका छन् । दासढुंगामा पक्की पुल बनिसकेकाले त्यसक्षेत्रका केही तुइन विस्थापित भएको सरकारी अधिकारी बताउँछन् 
केपी ओली नेतृत्वको सरकारले २०७२ असोज २५ मा दुई वर्षभित्र देशभरका तुइन विस्थापित गरी झोलुंगे पुल निर्माण गर्ने निर्णय गरेको थियो । संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयका अनुसार ओलीले घोषणा गर्दा देशभर १ सय ७१ तुइन थिए । घोषणापछि गत आर्थिक वर्षदेखि स्थानीय विकास मन्त्रालयले तुइन विस्थापित गरी त्यही ठाउँ वा नजिकै झोलुंगे पुल निर्माण गर्न अलग्गै बजेट विनियोजन गर्न थालेको छ । मन्त्रालयअन्तर्गतको स्थानीय पूर्वाधार विकास तथा कृषि सडक विभाग (डोलिडार) का महानिर्देशक रामकृष्ण सापकोटाका अनुसार विभिन्न जिल्लाका तुइन विस्थापित गरी झोलुंगे पुल बनाउन चालु आर्थिक वर्षमा एक अर्बभन्दा बढी रकम छुट्याइएको थियो । घोषणापछि अहिलेसम्म जम्मा ८ वटा तुइन विस्थापित भइसकेको महानिर्देशक सापकोटाले सुनाए । ओलीको घोषणापछि स्थानीय विकास मन्त्रालय र डोलिडारले देशभरका तुइनको संख्या र तिनको अवस्थाबारे विस्तृत अध्ययन गरेको थियो । १ सय ७१ मध्ये भौगोलिक बनावटलगायत अन्य कारणले २९ वटा तुइन विस्थापित गर्नै नसकिने देखिएकाले १ सय ४५ वटालाई आधार मानेर झोलुंगे पुल निर्माण अघि बढाइएको महानिर्देशक सापकोटाले बताए 
कतिपय ठाउँमा भू–बनोटका कारण पनि विस्थापित गर्न नसकिने देखियो,’ सापकोटाले थपे, ‘धेरै ठाउँमा स्थलगत अध्ययन र विस्तृत आयोजना प्रतिवेदन (डीपीआर) बनाउने काम भइरहेको छ ।’ कतिपय स्थानमा परामर्शदाताले काम अघि बढाएको र कहीं झोलुंगे पुल डिभिजनले नयाँ पुलको डिजाइनको काम अघि बढाइरहेको हुनाले ठ्याक्कै विस्थापित भइसकेको जनताले नदेखेको उनले प्रस्ट्याए । ‘धेरै ठाउँमा विस्थापन प्रक्रिया अघि बढेको छ,’ उनले भने, ‘देखिने नै गरी रिजल्ट आउन त समय लाग्छ ।’
स्थानीय विकास मन्त्रालयका प्रवक्ता केदारनाथ शर्माले २०७४ असोजभित्रमा विस्थापित गर्ने लक्ष्यअनुसार काम अघि बढाउन विभागलाई निर्देशन दिइसकेको र त्यसैअनुसार काम भइरहेको दाबी गरे । उनले भने, ‘४० वटा तुइन विस्थापित गर्न ४० ठाउँमा झोलुंगे पुल बनिरहेका छन्,’ उनले भने, ‘अर्को आर्थिक वर्षमा अरू तुइन विस्थापित हुने गरी झोलुंगे पुल बन्नेछन् ।’
डोलिडारले १२० मिटरभन्दा सानो झोलुंगे पुल बनाउने जिम्मा सम्बन्धित जिल्ला विकास समितिलाई दिने गरेको छ । त्यो भन्दा लामो झोलुंगे पुल चाहिँ डोलिडारकै झोलुंगे पुल डिभिजनले बनाउने गरेको छ । भेरी नदीका तुइन भने विस्थापित गर्न असम्भव देखिएको सापकोटाले जनाए । ती क्षेत्रमा अत्यधिक लामा पुल बनाउनुपर्ने भएकाले तत्काल तुइन हटाउन सम्भव नदेखिएको हो 
धेरै तुइन भएको धादिङ–३ का सांसद राजेन्द्रप्रसाद पाण्डेले बैरेनीदेखि मलेखु रिचोकटारसम्मका तुइन विस्थापित गर्न ६ वटा मोटरेबल पुल र तीन वटा झोलुंगे पुल निर्माणका क्रममा भएको र एक वर्षपछि परिणाम देख्न सकिने बताए । ‘केही पुलको टेन्डर भइसकेको छ,’ उनले भने, ‘केही सर्वेक्षणका क्रममा छन् ।’ मोटरेबल पुलका लागि भौतिक पूर्वाधार मन्त्रालय र झोलुंगे पुलका लागि स्थानीय विकास मन्त्रालयबाट पहलकदमी गरी बजेट विनियोजन गरेको उनले बताए । ‘पुल बन्ने हो भने तरकारी उत्पादन पनि बढ्छ,’ उनले भने, ‘त्यसले स्थानीयको जीवनस्तर पनि बदलिन्छ ।’
प्रकाशित : कान्तिपुर, पुस १७, २०७३ ०८:२५


धर्म, संस्कृति र जीवनको बहस

  धर्म , संस्कृति र जीवनको बहस अरूणा उप्रेति अनलायन खबर,   २०७७ साउन १८ गते १०:३४ ‘ नो वर्त प्लिज’ गीतको बोललाई लिएर मैले हिन्दु ‘जागर...