Friday, March 13, 2020

पूर्व जोड्दै पाथीभरा महोत्सव


पूर्व जोड्दै पाथीभरा महोत्सव
फाल्गुन १०, २०७६आनन्द गौतम
ताप्लेजुङ — मेची राजमार्गलाई एउटै करिडोरमा जोड्ने उद्देश्यले पाथीभरा म्याराथन तथा मेची पर्यटन महोत्सव २०७६ शुक्रबार सुरु भएको छ सदरमुकाम फुङलिङमा पाँच दिनसम्म चल्ने महोत्सवको प्रदेश का सभामुख प्रदीप भण्डारीले उद्‌घाटन गरे
महोत्सवको शुभारम्भ बिहान कलशयात्राबाट भएको थियो सदरमुकामको तोक्मेडाँडाबाट सुरु भएको कलशयात्रा नगर परिक्रमापछि सिद्धिडाँडा पुगेर फर्किएको थियो

महोत्सव अवधिमा राष्ट्रिय तथा स्थानीय कलाकारको सांगीतिक प्रस्तुति रहने आयोजकले जनाएका छन् महोत्सवको मुख्य आकर्षण सदरमुकाम फुङलिङबाट पाथीभरा मन्दिरसम्मको खुला तथा काफ्लेपार्टीसम्मको महिला म्याराथन प्रतियोगिता रहेको यसका अलावा जंगलमा चराइने भेडाको बथान सहर ल्याउने कार्यक्रम छ पाँच सयभन्दा बढीको बथान दुई दिनसम्म सदरमुकामको तोक्मेमा राखिनेछ भेडाको गोठ फावाखोलाका कमल विष्टले ल्याउने बताएका छन्

महोत्सव अवधिमा सदरमुकामको मेवा खोला हिल रिसोर्टबाट हेलिकप्टरमा चढेर सदरमुकाम फुङलिङ परिक्रमा गर्न पाइनेछ यसका लागि हजार रुपैयाँ मात्रै शुल्क राखिएको व्यवस्थापन समितिका संयोजक सुरेश लिम्बू बताउँछन् पाथीभरा जानेले जनही १० हजार, तिम्बुङपोखरी जानेले २३ हजार र फुङफुङे झरना जानेले १२ हजार रुपैयाँ शुल्क बुझाउनुपर्नेछ यस वर्षको महोत्सवमा जिल्लाका अधिकांश निजी तथा सामुदायिक विद्यालयले संस्कृतिमा आधारित नृत्य प्रस्तुत गर्ने सांस्कृतिक उपसमितिका संयोजक युवराज गिरी बताउँछन् प्रचार संयोजक खगेन्द्र अधिकारीका अनुसार महोत्सवको प्रचार भारत चीनमा समेत गरिएको भारतको सिक्किम, दार्जिलिङ, सिलिगुडी र चीनको घुम्तीमा पुगेर पत्रकार सम्मेलन गरिएको अधिकारीले बताए

महोत्सवमा खेलकुदतर्फ पालिकास्तरीय मेयर कप भलिबल प्रतियोगिता र महिला फुटबल प्रतियोगिता आयोजना गरिँदै छ महिला फुटबलको उपाधि मैवाखोला गाउँपालिकाले जितेको भने पुरुष भलिबल १० देखि १२ गतेसम्म हुनेछ ्याराग्लाइडिङ उडानका लागि पोखराको टोली आएको छ महोत्सवकै अवसरमा अन्तर्राष्ट्रिय बुद्धिचाल प्रतियोगिता पनि हुँदै पुराना तथा लोपोन्मुख ‘पिलो फाइट’ जस्ता प्रतियोगिता रहेको सहसंयोजक मनमणि काफ्ले बताउँछन् पर्यटनमन्त्रीको गृह जिल्ला पनि भएकाले विदेशी पर्यटक भित्र्याउन थप प्रयास गर्ने आयोजकको दाबी छ महोत्सवमा छिमेकी चीनका प्रशासन प्रमुखसमेतलाई बोलाइएको थियोतर उनले कोरोना भाइरसका कारण यात्रा रद्द गरेका छन् सिक्किमका मुख्यमन्त्री पीएस गोलले समेत आउने इच्छा देखाएका थिए उनी पनि स्वास्थ्यका कारण आउन नसकेको आयोजक समितिले जनाएको छ

शिवरात्रि तथा सेना दिवसको अवसरमा पाथीभरा देवी मन्दिर क्षेत्र संरक्षण तथा संवर्द्धन समिति र पाथीभरा क्षेत्र विकास समितिले महोत्सव आयोजना गरेका हुन् महोत्सवमा १३ जातजातिको खाद्य परिकार, औद्योगिक प्रदर्शनी, कृषि मेला प्रदर्शनी, फोटो तथा वृत्तचित्र प्रदर्शनीलगायत कार्यक्रम छन् महोत्सवमा साहित्य सम्मेलन पनि गरिँदै मेची अञ्चलका पाँचथर, इलाम र झापासम्मकाम उद्योगीले स्टल राखेका छन् पूर्वको अन्तिम तथा हिमाली जिल्ला गत वर्षदेखि कोशी राजमार्गले पनि जोडिएको यसअघि मेची राजमार्गले मात्रै जोडिएको थियो झापाको बिर्तामोड–चारआली–इलाम–पाँचथर फिदिम हुँदै ताप्लेजुङ सदरमुकाम फुङलिङ जोड्ने राजमार्ग कोसीमा जोडिएपछि मेचीको पुरानो साख जोगाउन गत वर्षदेखि महोत्सव सुरु भएको हो अघिल्लो वर्षको महोत्सव इलामले आयोजना गरेको थियो ताप्लेजुङपछि पाँचथर वा झापालाई लोगो हस्तान्तरण गरिने महोत्सव समितिका संयोजक तथा उद्योग वाणिज्य संघका जिल्ला अध्यक्ष तारानाथ घिमिरेले बताए

गृहजिल्ला भएकाले पर्यटनमन्त्री योगेश भट्टराई फागुन १० देखि १३ सम्म जिल्लामै बस्ने कार्यक्रम छ उनी काठमाडौंमा शिवरात्रि मनाएपछि गृहगाउँ मैवाखोला–३, साँघु हुँदै सदरमुकाम आउने मन्त्रीका स्वकीय सचिव प्रेम गुरागाईंले बताए

नगरपालिकामा तीन दिन बिदा
महोत्सव अवधिभर नगरपालिकाका सामुदायिक तथा संस्थागत विद्यालयमा सार्वजनिक बिदा दिइएको छ फुङलिङ नगरपालिकाका प्रमुख छत्रपति प्याकुरेलका अनुसार मेची पर्यटन महोत्सव नगरपालिकाको पर्वजस्तै भएकाले बिदा दिइएको हो ‘पाँचदिने महोत्सवको पहिलो दिन शिवरात्रि, दोस्रो दिन शनिबार भएकाले बाँकी ३ दिन पनि बिदा दिइएको हो,’ उनले भनेप्रकाशित : फाल्गुन १०, २०७६ १०:०५


सहरमा पुर्बेली देउसी


सहरमा पुर्बेली देउसी
कार्तिक ६, २०७६कान्तिपुर संवाददाता
काठमाडौँ — तिहारको रमझम देउसीभैली बिना अधुरो रहन्छ । अचेल देउसीभैलीहरु संस्थागतसमेत हुन थालेका छन् । यमपञ्चक आउन केही दिन बाँकी छँदै बुधबार राजधानीमा भोजपुरे सेवा समाजले देउसी खेल्यो 
कमलादीस्थित प्रज्ञा प्रतिष्ठानमा नाङ्लो सजाइएको थियो । वरिपरि सेलरोटी र वरिपरि सयपत्री माला, बीचमा दियो । नजिकै देउसीभैलो समूह गीत भट्याएर नाच्दै थियो । तिहारमा गाइने देउसीभैलोलाई जगेर्ना गर्न समाजले यस्तो गरेको हो 

कार्यक्रम भेटिएका प्राज्ञ शशी लुमुम्बूका अनुसार देउसीभैलो गीत अन्यतिरको भन्दा पूर्वको केही पृथक छ । अरुण उपत्यकाको संस्कृति होस् या मारुनी नाच, देउसीभैलीमा प्रभाव देखिन्छ । अरुण उपत्यकाकै ‘सिमल बारुलै...’ देउसीभैलो गीत त्यहाँ मात्र गाउने टिपिकल गीतको रूपमा चिनिन्छ 

भोजपुर र संखुवासभा जिल्लाको बीचमा बग्ने अरुण नदीको आसपासका जिल्लाहरुमा गाइने ऊक्त देउसीभैलो गीतले तिहार पर्वसँगै पूर्वको लय र संस्कृतिलाई बोकेको बताउँछन् कवि तथा अरुण उपत्यकाको संस्कृतिमाथि अध्ययन तथा खोज गरेका विप्लव ढकाल । ‘देउसीभैलोमा भट्याएर बीच–बीचमा सिमल बारुलै भन्दै गाउने अरुण उपत्यकाको संस्कृति हो,’ उनले भने, ‘यो पूर्वको देउसीभैलोको छुट्टै मौलिक विशेषता हो ।’

कार्यक्रममा शिवबहादुर देवकोटा, कृष्ण समीर सुवेदी, वर्त गन्धर्व, लीला राई, भीषण मुकारुङ लगायतले पुर्बेली भाका हालेर देउसीभैलो र पुर्बेली स्वादका सांगीतिक प्रस्तुति दिए । सहभागीहरुले देउसीभैलो मात्र खेलेनन्, तिहारमा परम्परागत रूपमा माग्ने ‘कात्तिके ग्रह र दान दक्षिणा’ को समेत प्रक्रिया प्रस्तुत गरे 

पूर्वकै स्रष्टा शिवबहादुरले ‘तिहारै आयो झिली र मिली...’ भन्दै संस्कृति संरक्षणको सन्देश गीतबाट दिए । ‘देउसीभैलो’ संस्कृतिसमेत नयाँ पुस्ताका लागि जोगाउनुपर्ने उनको धारणा थियो । उनको गीतमा शिखर छहारी युवा सांस्कृतिक समूहले आकर्षक नृत्यसमेत प्रस्तुत गरेका थिए 

गायिका वर्त गन्धर्वले सारंगीको धुनमा तिहारसम्बन्धी गीतसँगै ‘भोजपुर डबली...’ बोलको अर्को गीत पनि सुनाइन् । पुर्बेली भाकामै लीला राईले ‘भेटैमा भयो सोल्टिनीज्यू...’ गाएर अधिकांश दर्शकलाई मन्त्रमुग्ध बनाइन् । भीषण मुकारुङको ‘खुर्सानी डल्ले...’ गीत गाउँदा सहभागीहरुले मञ्चको अग्रभागमा नै आएर कम्मर मर्काएका थिए 

हास्यव्यंग्य कलाकारद्वय राजा राजेन्द्र पोखरेल र श्रीकृष्ण सिंखडाले राजनीतिक विषयमाथि नै क्यारिकेचर गरी व्यंग्यात्मक झँटारो हाने । राजनीतिक विसंगतिमाथि राजा राजेन्द्रले स्थानीय, प्रदेशदेखि संघीय सरकारसम्मलाई हास्यव्यंग्यको झँटारो हानिरहेका बेला प्रमुख अतिथि बनेका प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईकै गम्भीर देखिन्थे । चाडपर्वले समाजमा सद्भाव र एकताको भावना विकास गर्ने भएकाले विविधतामा एक भई त्यस्ता पर्व मनाउनुपर्ने मुख्यमन्त्री राईले सुझाव दिए प्रकाशित : कार्तिक ६, २०७६ २१:४०


तेमालमा ल्होछार उत्सव


तेमालमा ल्होछार उत्सव

·         नमोबुद्ध संवाददाता

तेमाल–“संस्कृति हराए तेमाल जानु ।” यो उक्ति प्रचलित छ तामाङ समुदायमा । काभ्रेको मध्य पूर्वी यो थलो तामाङ आदिवासी संस्कृतिका विविध पाटोको अध्ययन अनुसन्धानस्थल त बनेको छ नै,वर्षेनी हजारौं वाह्य पर्यटकहरु समेत पाईला टेक्न आउँछन् बौद्ध गुरु ह्रेम्पोछे(पद्यसम्भव)को तपोभूमिमा ।
मंगलबार र बुधबार यिनै पाटोको चरितार्थ हुनेगरी तेमाल ०१ आधाबाट(डहुन्हान) मा ल्होछार(नयाँ वर्ष) को माहौलमा उत्सवनै चल्यो ।
चन्द्रपात्रो अनुसार २८५६(मुसा वर्ग) संवत सुरु भएको उपलक्ष्यमा स्थानिय वडा कार्यालयको सहकार्यमा तेमाल फाउण्डेशनले गरेको ‘प्रवचन,छेःवाङ तथा ल्होछार उत्सवमा सयौं स्थानिय झुमेका हुन् ।
लामा गुरु खेन्पो सोनाम ग्युर्मे जव पद्यसम्भवको तपोभूमिप्रति अहोभाग्य प्रकट गर्दै ल्होछार पर्व र आदिवासी जीवनशैलीको सम्बन्धबारे प्रकाश पार्दै गए सबै मन्त्रमुग्ध दखिए ।
खेन्पो तथा कलाकारहरुको टोलीसँगै पुगेकी थिइन् हेटौंडाकी मिना तामाङ । उनले पनि सयौं स्थानियसँगै लाइन लागेर खेन्पोको छेःवाङ लिइन् । खेन्पोबाट दुच्छे(गाईको दुध,बाह्र मसला,नरिवल,चिनीको समिश्रण) सँगै खाप्से(मौलिक परिकार) ग्रहण गरे लगत्तै उनले भनिन् –‘तामाङ सभ्यता केन्द्र तेमालमा आउन पाउँदा निकै खुसी लागिरहेको छ ।’
हातमा सेतो खादा(सुद्धताको प्रतिक) लिएर छेःवाङ ग्रहण गरेका पालिका अध्यक्ष सलाम सिं तामाङ निकै प्रफुल्लित थिए । उनले स्थानिय सरकारले सांस्कृतिक पर्यटनको अवधारणा अघि सारेकोले यसमुताबिकका काम गर्दै जाने वचन दिए । तेमालको दोर्जेडाँडामा संसारकै ठूलो दोर्जे निर्माणका साथै तामाङ संग्रहालयलाई मुर्त रुप दिने उनको प्रतिवद्धता थियो ।
आज विकसित मेसिनहरुले हाम्रो दैनिकी निकै सहज बनाएको छ तर हामीले हिजोको जीवनशैली र परम्परागत ज्ञानलाई भुल्नु भएन,यो हाम्रो पहिचान हो ।’
पालिका अध्यक्ष तामाङले भने–‘हिजोको कृषि प्रणालीमा हलो,परम्परागत प्रविधिमा ढिकी जाँतो,सांस्कृतिक चिनारी डम्फू,हाम्रा पुराना भेषभुषा सबै झल्कीने गरी ति चिजहरुको संकलन र संरक्षणका लागि तामाङ संग्रहालय बनाउँदैछौं,त्यसका लागि ४० लाख बजेट विनियोजन गरी डिपीआर सुरु गरिसकेका छौं ।’
तेमालमा मात्रै पाईने भनिएको बुद्धचित्त मालाको प्रवद्र्धन र बजारिकणको नीति पनि रहेको उनले सुनाए । सामाजिक अभियन्ता इन्द्रबहादुर तामाङले हरेक समुदाय सांस्कृतिक पाटोमा सवल भएमात्र समृद्ध समाज बन्ने तर्क गरे ।
उत्सवको दोस्रो चरणमा स्टेज उक्ले सेलो गायक फूलकुमार बम्जन । ल्होछार तामाङको मौलिक पर्व रहेको उल्लेख गर्दै उनले युवा पुस्ताको ध्यान यसतर्फ जानुपर्ने भन्दै फापरे सेलोको झटारो हाने । स्टेज झर्नै लाग्दा उनलाई साथ दिन कस्सिए स्थानिय बुद्धिमाया तामाङ । यि दुईको फापरे सेलो जुहारीमा स्थानियले खुवै मनोरञ्जन लिए ।
साँझ ढल्किदै जाँदा पहिलो तामाङ र्यापरको परिचय बनाएका उत्तर लामा ‘संगुल’ ‘तेमाल तेमाल…..’ भन्दै स्टेज उक्ले,छिमेकी नमोबुद्ध नगरपालिका र पाँचखाल फेदीदेखी भेला भएका उनको फ्यानहरुको हुटिङ उस्तै थियो । र्याप शैलीका गीत भएपनि उनले डेढ दशक अघि यहि गीतमार्फत तेमालको सौन्दर्य सन्देश थप फिजाएका थिए ।
उत्सवमा चर्चित कलाकार निर्मला घिसिङ,विश्व दोङको प्रस्तुतीले स्टेज झनै तताए । स्थानिय कलाकारको रुपमा विहिन दोङ,कर्म लामा,विक्की दोङ,जेवि लामाले पनि दर्शक नचाए ।
तामाङ चलचित्र जगतमा महानायकको उपमा बनाएका अमिर दोङ,नायिका सुस्मा मोक्तान र मोनिका लामाको आकर्षक सेलो नृत्यले उत्सवमा थप उर्जा प्रवाह गर्यो ।
हामी जनप्रतिनिधिमा निर्वाचित भएपश्चात २ वर्ष भौतिक निर्माणमा लाग्यौं तर संस्कृतिसँग भावनात्मक पाटो बलियो हुदोरहेछ,यो उसको पहिचानसँग जोडिदोरहेछ,अब हाम्रो ध्यान यसतर्फ गएको छ ।’ कार्यक्रमको समापन गर्दै वडाध्यक्ष मानवहादुर श्रेष्ठले भने ।
स्थानिय तामाङ संस्कृति प्रवद्र्धनका लागि उत्सव आयोजना गरिएको तेमाल फाउण्डशेनका अध्यक्ष जगत तामाङले बताए । ल्होछार परम्परालाई स्थापित गर्न यसखाले कार्यक्रम आवश्यक रहेको फाउण्डशेनका उपाध्यक्ष सानुमान तामाङको भनाई छ ।
उत्सवमा पालिकाका प्रवक्ता ज्ञानबहादुर तामाङ,युवा नेता जेनिश लामा,हिरामान लामा,सामाजिक अभियन्ता तिर्थमान वल,दिनेश लो,मिलन लामा लगायतका अतिथिहरुको उपस्थिति थियो । मंगलबार साँझ भने स्थानियले ल्होफाङबा,दज्र्यु फरफराउनुका साथै दिपावली गरेका थिए ।
संवाददाता : नमोबुद्ध संवाददाता
४ फाल्गुन २०७६, आईतवार १६:३० मा प्रकाशित




Thursday, March 12, 2020

कतै भेटिएको हामी नारी!!


कतै भेटिएको हामी नारी!!
फूल कुमारी पोडयाल
एउटा सुनको चुरा,सिक्री,औंठिमा मख्ख परेर पराइघर जान्छौं! घर पुग्दा कस्को गहना हुन्छ फिर्ता लान्छन,कुनै कुनै ग्यारेन्टीको हुन्छ खुइलिन्छ!! घरपरिवार ओरिपरी बसेर के के दाइजो आएछ कोट्याउन थाल्छन् !! गतिला सामान आए खुसिहुदै चलाउन लान्छन,मन नपरे मुख लोपार्दै कुरा काट्छन!!भोलिपल्ट दुल्हन फर्काउन जानेबेला हुन्छ घरदेखी चेलिबेटी काका काकी,बडौ सासुससुरा गाउले छिमेकी सबैलाई पुग्नेगरिको ढोगौनी ल्याइदिनुपर्ने लिस्ट तयार हुन्छ! सबैलाई खुसी पार्न देखासिकी गर्नै पर्यो,सकिनसकी ऋण काडेर छोरी घर पठाउन तयार गरिन्छ!! उता घरका सम्धि सम्धिनी ढोगमा पक्कै गहना आउँछ आस गरिरहेका हुन्छन्!!ऋणमाथी ऋण सम्धी सम्धिनीलाई गहना लगिदियो एस्तो जाबो ल्याइदिएका!!नलगिदियो भिखारीको छोरी उठाइएछ!!वचन गाली खादै घरगरी खानैपर्ने, बुढाले सपोर्ट गर्यो मोहोनी मन्त्र गर्छे जस्तोछ छोरो परिवर्तन भयो!!बुढाले वास्ता गरेन अलच्छिनी ब्यहोरा भएत तेस्को बुढाले माया गरिहाल्थ्योनी!!महिनौं पछि माइतगयो आमाबुबाको मन दुख्ला दुख सुनाउनुहुन्न लुटिएको खुसी समेटेर खुसी भइदिनुपर्ने !!बर्सौ पछी दिदिबहिनी भेट हुन्छ,आत मर्ने गरि दुख बिसायो अन्कमाल गरेर रोयो उस्को दुख ब्यथा पनि आफ्नै जस्तो हुन्छ!! आमाबाबुलाई नभनौ है उहाँ हरुको मन दुख्छ!! दिनबित्दै जान्छन् बुझ्ने बुढा भए जिन्दगी खुसि नबुझ्ने भए अझ बढी दु:ख!! बच्चा बच्ची हुन्छन् सासुआमालाइ बुहारीले 22 दिन सुतेर खाइ कति तनाव पकाएर खुवाउनलाई!! माइती आए बच्चा छोरी लगे दुई महिना लालन पोसण गरे घरपटिकाले केही दिनु परेन!! बुहारी माइतबाट घर फर्की के के ढोगाउने ल्याउछे कतिखेर दिन्छे, 22 दिन सुत्केरीहुदा सुतेर खाएको रिण तिर्नुपर्ने यस्तो समाज यस्तो देशमा जन्मिएकाछौ हामी!! बच्चा बड्दै जान्छ जिम्मेवारी थपिदै जान्छन्,बर्सौ कुर्दा बुढाले एउटा गहना बनाइदिन्छन बुवाआमाले मैले दिएको भनेर थाहा नहोस कसरी के भनेर लाउनुपर्ने हो आफै बिचार गर!!घरपटिका आफन्त आउछन् आफ्नै सम्झेर मानमनितो गर्नुपर्ने माइतीपटिका आए घरकाले वास्ताखोजी नगर्ने!! चाडपर्व आउँछ माइती जादैछु बुवालाइ यो लगिदिन्छु आमालाइ त्यो लगिदिउकी ५० चोटि सोचिन्छ,,परिवारमा सोध्नै पर्छ!!लगिदिन पाइयो त खुसी पर्दैन भन्ने जवाफ आए त्यो पनि सकिन्छ!! बच्चा बढ्छे ठुलो हुन्छे उस्कोपनि बिहे हुन्छ,उसलाई पनि हामिलाइ जस्तै एउटा सुनको गहनामा मक्ख पारेर पराइघर लान्छन!! दुइचारदिन पछी माइती आउछे उस्ले पनि तेस्तै भन्छे एकदम राम्रोछ घर परिवार खुसिछु म किनकि उस्लेपनि आमाको सस्कार धान्नै परेकोछ, नत्र आमाबुबाको मन दुख्छ!!हो यस्तै यस्तै अनि यस्तै हुन्छ हामी छोरी चेलीको जिन्दगी😶😊
Sub Inspector Ful Kumari Paudel in Facebook
https://www.facebook.com/anisha.paudel.376

धर्म, संस्कृति र जीवनको बहस

  धर्म , संस्कृति र जीवनको बहस अरूणा उप्रेति अनलायन खबर,   २०७७ साउन १८ गते १०:३४ ‘ नो वर्त प्लिज’ गीतको बोललाई लिएर मैले हिन्दु ‘जागर...