Friday, March 13, 2020

सहरमा पुर्बेली देउसी


सहरमा पुर्बेली देउसी
कार्तिक ६, २०७६कान्तिपुर संवाददाता
काठमाडौँ — तिहारको रमझम देउसीभैली बिना अधुरो रहन्छ । अचेल देउसीभैलीहरु संस्थागतसमेत हुन थालेका छन् । यमपञ्चक आउन केही दिन बाँकी छँदै बुधबार राजधानीमा भोजपुरे सेवा समाजले देउसी खेल्यो 
कमलादीस्थित प्रज्ञा प्रतिष्ठानमा नाङ्लो सजाइएको थियो । वरिपरि सेलरोटी र वरिपरि सयपत्री माला, बीचमा दियो । नजिकै देउसीभैलो समूह गीत भट्याएर नाच्दै थियो । तिहारमा गाइने देउसीभैलोलाई जगेर्ना गर्न समाजले यस्तो गरेको हो 

कार्यक्रम भेटिएका प्राज्ञ शशी लुमुम्बूका अनुसार देउसीभैलो गीत अन्यतिरको भन्दा पूर्वको केही पृथक छ । अरुण उपत्यकाको संस्कृति होस् या मारुनी नाच, देउसीभैलीमा प्रभाव देखिन्छ । अरुण उपत्यकाकै ‘सिमल बारुलै...’ देउसीभैलो गीत त्यहाँ मात्र गाउने टिपिकल गीतको रूपमा चिनिन्छ 

भोजपुर र संखुवासभा जिल्लाको बीचमा बग्ने अरुण नदीको आसपासका जिल्लाहरुमा गाइने ऊक्त देउसीभैलो गीतले तिहार पर्वसँगै पूर्वको लय र संस्कृतिलाई बोकेको बताउँछन् कवि तथा अरुण उपत्यकाको संस्कृतिमाथि अध्ययन तथा खोज गरेका विप्लव ढकाल । ‘देउसीभैलोमा भट्याएर बीच–बीचमा सिमल बारुलै भन्दै गाउने अरुण उपत्यकाको संस्कृति हो,’ उनले भने, ‘यो पूर्वको देउसीभैलोको छुट्टै मौलिक विशेषता हो ।’

कार्यक्रममा शिवबहादुर देवकोटा, कृष्ण समीर सुवेदी, वर्त गन्धर्व, लीला राई, भीषण मुकारुङ लगायतले पुर्बेली भाका हालेर देउसीभैलो र पुर्बेली स्वादका सांगीतिक प्रस्तुति दिए । सहभागीहरुले देउसीभैलो मात्र खेलेनन्, तिहारमा परम्परागत रूपमा माग्ने ‘कात्तिके ग्रह र दान दक्षिणा’ को समेत प्रक्रिया प्रस्तुत गरे 

पूर्वकै स्रष्टा शिवबहादुरले ‘तिहारै आयो झिली र मिली...’ भन्दै संस्कृति संरक्षणको सन्देश गीतबाट दिए । ‘देउसीभैलो’ संस्कृतिसमेत नयाँ पुस्ताका लागि जोगाउनुपर्ने उनको धारणा थियो । उनको गीतमा शिखर छहारी युवा सांस्कृतिक समूहले आकर्षक नृत्यसमेत प्रस्तुत गरेका थिए 

गायिका वर्त गन्धर्वले सारंगीको धुनमा तिहारसम्बन्धी गीतसँगै ‘भोजपुर डबली...’ बोलको अर्को गीत पनि सुनाइन् । पुर्बेली भाकामै लीला राईले ‘भेटैमा भयो सोल्टिनीज्यू...’ गाएर अधिकांश दर्शकलाई मन्त्रमुग्ध बनाइन् । भीषण मुकारुङको ‘खुर्सानी डल्ले...’ गीत गाउँदा सहभागीहरुले मञ्चको अग्रभागमा नै आएर कम्मर मर्काएका थिए 

हास्यव्यंग्य कलाकारद्वय राजा राजेन्द्र पोखरेल र श्रीकृष्ण सिंखडाले राजनीतिक विषयमाथि नै क्यारिकेचर गरी व्यंग्यात्मक झँटारो हाने । राजनीतिक विसंगतिमाथि राजा राजेन्द्रले स्थानीय, प्रदेशदेखि संघीय सरकारसम्मलाई हास्यव्यंग्यको झँटारो हानिरहेका बेला प्रमुख अतिथि बनेका प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईकै गम्भीर देखिन्थे । चाडपर्वले समाजमा सद्भाव र एकताको भावना विकास गर्ने भएकाले विविधतामा एक भई त्यस्ता पर्व मनाउनुपर्ने मुख्यमन्त्री राईले सुझाव दिए प्रकाशित : कार्तिक ६, २०७६ २१:४०


Societies of Nepal

 Societies of Nepal  Nepali society is incredibly diverse, shaped by over 142 distinct ethnic groups and multiple religious beliefs that oft...