Thursday, March 12, 2020

कतै भेटिएको हामी नारी!!


कतै भेटिएको हामी नारी!!
फूल कुमारी पोडयाल
एउटा सुनको चुरा,सिक्री,औंठिमा मख्ख परेर पराइघर जान्छौं! घर पुग्दा कस्को गहना हुन्छ फिर्ता लान्छन,कुनै कुनै ग्यारेन्टीको हुन्छ खुइलिन्छ!! घरपरिवार ओरिपरी बसेर के के दाइजो आएछ कोट्याउन थाल्छन् !! गतिला सामान आए खुसिहुदै चलाउन लान्छन,मन नपरे मुख लोपार्दै कुरा काट्छन!!भोलिपल्ट दुल्हन फर्काउन जानेबेला हुन्छ घरदेखी चेलिबेटी काका काकी,बडौ सासुससुरा गाउले छिमेकी सबैलाई पुग्नेगरिको ढोगौनी ल्याइदिनुपर्ने लिस्ट तयार हुन्छ! सबैलाई खुसी पार्न देखासिकी गर्नै पर्यो,सकिनसकी ऋण काडेर छोरी घर पठाउन तयार गरिन्छ!! उता घरका सम्धि सम्धिनी ढोगमा पक्कै गहना आउँछ आस गरिरहेका हुन्छन्!!ऋणमाथी ऋण सम्धी सम्धिनीलाई गहना लगिदियो एस्तो जाबो ल्याइदिएका!!नलगिदियो भिखारीको छोरी उठाइएछ!!वचन गाली खादै घरगरी खानैपर्ने, बुढाले सपोर्ट गर्यो मोहोनी मन्त्र गर्छे जस्तोछ छोरो परिवर्तन भयो!!बुढाले वास्ता गरेन अलच्छिनी ब्यहोरा भएत तेस्को बुढाले माया गरिहाल्थ्योनी!!महिनौं पछि माइतगयो आमाबुबाको मन दुख्ला दुख सुनाउनुहुन्न लुटिएको खुसी समेटेर खुसी भइदिनुपर्ने !!बर्सौ पछी दिदिबहिनी भेट हुन्छ,आत मर्ने गरि दुख बिसायो अन्कमाल गरेर रोयो उस्को दुख ब्यथा पनि आफ्नै जस्तो हुन्छ!! आमाबाबुलाई नभनौ है उहाँ हरुको मन दुख्छ!! दिनबित्दै जान्छन् बुझ्ने बुढा भए जिन्दगी खुसि नबुझ्ने भए अझ बढी दु:ख!! बच्चा बच्ची हुन्छन् सासुआमालाइ बुहारीले 22 दिन सुतेर खाइ कति तनाव पकाएर खुवाउनलाई!! माइती आए बच्चा छोरी लगे दुई महिना लालन पोसण गरे घरपटिकाले केही दिनु परेन!! बुहारी माइतबाट घर फर्की के के ढोगाउने ल्याउछे कतिखेर दिन्छे, 22 दिन सुत्केरीहुदा सुतेर खाएको रिण तिर्नुपर्ने यस्तो समाज यस्तो देशमा जन्मिएकाछौ हामी!! बच्चा बड्दै जान्छ जिम्मेवारी थपिदै जान्छन्,बर्सौ कुर्दा बुढाले एउटा गहना बनाइदिन्छन बुवाआमाले मैले दिएको भनेर थाहा नहोस कसरी के भनेर लाउनुपर्ने हो आफै बिचार गर!!घरपटिका आफन्त आउछन् आफ्नै सम्झेर मानमनितो गर्नुपर्ने माइतीपटिका आए घरकाले वास्ताखोजी नगर्ने!! चाडपर्व आउँछ माइती जादैछु बुवालाइ यो लगिदिन्छु आमालाइ त्यो लगिदिउकी ५० चोटि सोचिन्छ,,परिवारमा सोध्नै पर्छ!!लगिदिन पाइयो त खुसी पर्दैन भन्ने जवाफ आए त्यो पनि सकिन्छ!! बच्चा बढ्छे ठुलो हुन्छे उस्कोपनि बिहे हुन्छ,उसलाई पनि हामिलाइ जस्तै एउटा सुनको गहनामा मक्ख पारेर पराइघर लान्छन!! दुइचारदिन पछी माइती आउछे उस्ले पनि तेस्तै भन्छे एकदम राम्रोछ घर परिवार खुसिछु म किनकि उस्लेपनि आमाको सस्कार धान्नै परेकोछ, नत्र आमाबुबाको मन दुख्छ!!हो यस्तै यस्तै अनि यस्तै हुन्छ हामी छोरी चेलीको जिन्दगी😶😊
Sub Inspector Ful Kumari Paudel in Facebook
https://www.facebook.com/anisha.paudel.376

Societies of Nepal

 Societies of Nepal  Nepali society is incredibly diverse, shaped by over 142 distinct ethnic groups and multiple religious beliefs that oft...