Sunday, May 03, 2020

रोल्पामा बम विस्फोट : गोठाला गएका चार बालबालिकाको मृत्यु

रोल्पामा बम विस्फोट : गोठाला गएका चार बालबालिकाको मृत्यु
 १८ बैशाख २०७७ २०:२९:००
रोल्पा : रोल्पामा बम विस्फोटमा परेर चार बालबालिकाको मृत्यु भएको छ। त्रिवेणी गाउँपालिका-७ गैरीगाउँका चार बालबालिकाको बिहीबार साँझ मृत्यु भएको हो 
मृत्यु हुने बालबालिकामा १४ वर्षीय नोकिराम डाँगी, १४ वर्षीय गौरव नेपाली, ११ वर्षीया विमला खत्री र ५ वर्षीय विजय खत्री छन्। 
गाउँनजिकैको जंगलमा ग्वाला गएका उनीको विस्फोटमा परेर मृत्यु भएको हो। जिल्ला प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक चित्रबहादुर गुरुङका अनुसार चारैजनाको घटनास्थलमै मृत्यु भएको हो।
विस्फोटको ठूलो आवाज आएपछि गाउँले घटनास्थल पुगेका थिए। युद्धकालमा रहेको बम विस्फोट भएको हुनसक्ने प्रहरीले अनुमान गरेको छ। 
शव घटनास्थलमै छन्। चारै जनाको मृत्यु भएकाले विस्फोटको घटना कसरी भन्ने बारे खुल्न सकेको छैन्। बम भेटाएर खेलाउदा विस्फोट भएको हो कि भन्ने आशंका गरिएको छ। बम विस्फोट भएको घटनास्थल नजिकै अर्को एक थान बमसमेत फेला पारेको छ। 
मृत्यु हुने विमला र विजय एकै परिवारको भएको जनाइएको छ। जुगार, नुवागाउँ र होलेरी इलाका प्रहरी चौकीबाट प्रहरी घटनास्थल पुगेर अहिले घटनास्थल सिल गरिसकेको छ ।  विस्फोट नभएको बम समेत रहेकाले शव उठाउन सकिएको छैन्। रातभर प्रहरीले शवको सुरक्षा दिने भएको छ।
नेपाली सेनाको डिस्पोजल टोली शुक्रबार घटनास्थल जाने छ। नपड्किएको बम डिस्पोज गरेर मात्र शव उठाइने प्रहरीले जनाएको छ। गाउँको नजिकै विस्फोटको घटना भएको हो। तत्कालीन विद्रोही नेकपा माओवादी र शाही नेपाली सेनाबीच युद्धताका दुम्ला जंगलमा भिडन्तसमेत भएको थियो।
युद्धकै समयमा छाडिएको बेवारिसे बम विस्फोट भएको आशंका गरिएको छ। बम उनीहरुले कुल्चिएर पुड्किएको हो वा के कारणले भन्ने बारे अनुसन्धान भइरहेको छ। एकै गाउँका बालबालिकाको मृत्यु भएपछि उनका अभिभावक र आफन्तमा शोकमा डुबेका छन्। गाउँमा त्रास फैलिएको छ।

Friday, May 01, 2020

खस क्षेत्री र बाहुन बीच किन कुटुम्बेरी चल्दैन ?

खस क्षेत्री र बाहुन बीच किन कुटुम्बेरी चल्दैन ?
By: Final Truth Final Truth
आर्य भन्नाले पुरेत्याई गर्ने बाहुन बुझिन्छ र संस्कृत भाषामा ब्राम्हाण भनिन्छ । बाहुनको परिवारमा विधुवा वा कुमारी आमाबाट जन्मिएको सन्तानलाई जैसी भनिन्छ । त्यस्तै जनजाति, दलित र खस क्षेत्री महिलाबाट जन्मिएकालाई जात खसाई दिएर खत्री क्षेत्री बनाउने प्रचलन भेटिन्छ । खत्री क्षेत्रीका थरहरु बाहुन संग मिल्ने अनगिन्ती रहेका हुन्छन् ।

खस क्षेत्री पश्चिम नेपालका खसान प्रदेशका आदिवासी जाति हुन । यस जातिलाई झर्रो क्षेत्री र खसान इलाकामा पावई खस पनि भन्ने गरिन्छ । यद्यपी खस जाति नेपाल अधिराज्यभर छरिएर रहेका छन् । खस क्षेत्रीका थरहरुः कार्की, कटुवाल, खड्का, बस्नेत, थापा, राउत, रावत, विष्ट, सिंजापति, डाँगी, बुढाथोकी, खाती, कुवँर, बोगटी, धामी, बानिया, रायमाझी, अरिरि, कठायत, खडायत, खाँड, बम, महतारा, महरा, बुढा, सेन, वर्मा, शाही आदि पाइन्छन् । यी उल्लेखित थरीहरु बाहुन हुदैन्न ।
खस र आर्य अर्थात बाहुन र क्षेत्री एकै हुन भन्ने भ्रमहरु हुनसक्छन तर बाहुन र क्षेत्रीबीच कुटुम्बेरी चल्दैन त्यसैबाट प्रष्ट हुन्छ यी दुई जाति ऐतिहासिक कालबाटै, हरेक कोणमा बेग्लाबेग्लै हुन । त्यस्तै खस क्षेत्री र खत्री क्षेत्री बीचको भिन्नतालाई पनि बुझ्न अनिवार्य हुन्छ । ‘क्षेत्री’लाई हिन्दीमा ‘क्षत्री’ लेख्ने गर्दछन् ।
को हुन खस रु 
पश्चिम नेपालको खसान क्षेत्रमा आदिमकाल देखि बसोवास गर्दै आएका प्रकृति पुजक आदिवासी खस हुन । उनीहरु ‘मष्टो’ धर्म मान्दछन । उनीहरुको पुजा गर्ने ठाँउलाई ‘थान’ भन्दछन र उनीहरुको प्राचीन भाषा ‘वाल्हीकी’ हो । उनीहरुको लिपीलाई ‘खरोष्टि’ भनिन्छ । खस राजाको दरबार जुम्लाको सिंजामा थियो । दक्षिण उत्तरप्रदेशको कन्नौजबाट आएका द्धय कान्यकुब्ज र मैथिली बाहुनहरुले खसहरुलाई हिन्दुकृत गरेका हुन । खसहरुले सुंगुर खाने गरेको इतिहास पाइन्छ । खसहरु हिन्दु नभएकोले वर्णाश्रम ब्यवस्था मान्दैन्न । तर, जनै लगाई दिएर हिन्दुकरणमा परेसंगै क्षेत्री पदवी अन्ततः जातको रुपमा स्थापित हुन पुगेको हो । घरज्वाई बस्ने, जेठाँसले अलिबढि अंश पाउने प्रथा, मष्टोलाई वलिदिने देवाली पुजा, गोठपूजा, माघी मनाउने  र टेकुवा वा नाठोको चलन खसका मौलिक संस्कृति हुन ।
खस –क्षेत्री० जाति अहिले पनि नेपालको माथिल्लो निकायमा अत्यन्तै न्यून छन् । खस –क्षेत्री० लाई नेपालका नयाँ जनजाति भन्ने गरिन्छ । बाहुन संग रङ्गरुप धेरै मिल्नाले जनजाति तथा मधेसीहरु आफूलाई शोषण गर्ने बाहुन संगै क्षेत्रीलाई पनि जोडेर गाली गर्नेगर्छन । वास्तवमा बाहुनबाट सबैभन्दा धेरै खस क्षेत्री शोषित छन् । १। आफ्नो स्थापित थरको नाम नै जात खसाईएको नाम ‘खत्री क्षेत्री’ मिसाई दिइ क्षेत्री जाति सबै दोस्रो दर्जाका हुन भन्ने भ्रम छरि जातिय अन्यायमा परयो । २। खस –क्षेत्री० को जनसंख्या लगभग १८ ५ र आर्य बाहुन० को जनसंख्या १२ ५ जोडेर राज्यवाट लिने अवसर र सुविधामा ३० ५ प्रतिशत लिने र त्यसमा सबैजसो बाहुनले मात्र उपभोग गरि खस –क्षेत्री०लाई पूर्ण शोषण गरेका छन् । त्यसै कारण संवैधानिक ब्यवस्थामा पनि ‘खस आर्य’ भनिएकोमा खस क्षेत्रीको असहमति र आपत्ति हो । खस र आर्य प्राचीन सभ्यता देखि नै विल्कुल भिन्नभिन्नै हुन ।
पहिला झनै थोरै जनसख्या रहेका बाहुन र त्यसमा पनि एकाधले मात्र अन्य जातिको विवाह गरि ‘खत्री क्षेत्री’ बनेका कति होलान अनुमान गर्न सकिन्छ । त्यसैले पश्चिम देखि पूर्व सम्म बसोबास गरेको पाइने सबैभन्दा ठूलो जनसंख्या भएका खस क्षेत्रीको सच्चा इतिहास र हैसियत खोज्न ‘खस क्षत्री एकता समाज’ क्रियाशिल भएको देखिन्छ । क्षेत्री समुदाय भित्रै यो चेतना छर्ने अभियानकोक्रममा हाल ५ वटा भन्दा बढि ‘थान’ निर्माण भईरहेको कुरा पनि आएको छ । अन्य जातिहरु शोषित भनी घोषित छन् र सरकारबाट विशेष ब्यवस्था छ । तर, लामो समय देखि हरेक हिसावमा शोषित –धार्मिक, सांस्कृतिक, राजनैतिक, जातिगत र भौगोलिक हेर्नुहोसः कर्णालीको विकास० खस जाति अझै अघोषित छन् त्यसैले अदेख्खा चरम शोषण र अतिक्रमणमा छन् । विडम्बना केही खस युवाहरु आफै यसबारे अनविज्ञ देखिन्छन् । अब खस युवाहरु स्वयं आफू माथिको शोषण विरुद्धमा किन नउठने रु
स्रोतः
(१) वराल, इन्द्रबहादुर, खस जातिको मौलिक पहिचान र आर्य सभ्यता, –फेसबुक पोष्ट 
facebook.com/thaha.rajesh/posts/1308712192504063 (1 Mar 16),
(
२) पश्चिमेसियामा कस अर्थात खस जातिको विवरण चर्चित ज्ञानकोष, पृ ९६८, १५औ संस्करण सन् १९७३ ।
(
३) योगी नरहरिनाथ, इतिहास प्रकाश, अंक २, भाग १, –वि.स. २०१३), पृ. १०९ र १४६ ।
(४)सिजापति, विपुल, को हुन खस ?

खस भाषालाई पुनर्जीवन

खस भाषालाई पुनर्जीवन
लेखन निर्देशिका, शब्दकोश निर्माण
२५ विद्यालयमा पाठ्यक्रम
फाल्गुन २८, २०७५एलपी देवकोटा
जुम्ला — हान भैँसी किलावानभित्त जुम्ल खाई खलंगा तल, हर्प लाछु ज्युला छुमर्के मार्सीधान।।।कुनै बेलाको चर्चित यो गीत अचेल त्यति बज्दैन । कार्तिवास्वार्मी– ७ का कृष्णप्रसाद देवकोटाले यो गीतमा जुम्ली सभ्यता, खस भाषाको महत्त्व र अर्थलाई पस्केका छन् । भाषा लोप हुने अवस्थामा पुगेकाले चिन्तित अगुवा यो भाषालार्ई पुनर्जीवन दिन जुर्मुराएका छन् ।
र, तयार भएको छ– खस भाषा संरक्षणका लागि लेखन निर्देशिका । शब्दकोश निर्माण पनि अन्तिम चरणमा छ । तातोपानी गाउँपालिकाले खस भाषामै आधारित पाठ्यक्रम बनाएको छ । यसै वर्षदेखि स्थानीय २५ वटा विद्यालयमा पढाउने निर्णय गरिएको छ । अगुवाहरूका अनुसार खस देउडा अहिले आधुनिक खसका रूपमा स्तरोन्नति भएको छ ।
पहिचान नै संकटमा पर्ने भएकाले भाषा जोगाउन आफूहरू क्रियाशील भएको भाषाविद् रमानन्द आचार्यले बताए । उनका अनुसार तीन दशकअघिसम्म साविक कर्णालीका पाँच र आसपासका जिल्लामा खस भाषाको वर्चस्व थियो । तत्कालीन बाइसे, चौबिसे राज्यमा खस भाषाकै प्रभाव रहेको उनको भनाइ छ । ‘१८४६ पछि कर्णालीको पहुँच केन्द्रीय सरकारबाट कमजोर हुँदा खस भाषा ओझेलमा पर्दै गएको हो,’ उनले भने ।
‘गोर्खालीले राज्य लिया, भाषा पनि लिया, खस भाषा बिगाडीकन जुम्लै पठाइदिया,’ कनकासुन्दरी–५, हाडसिँजाका ८१ वर्षीय धनलाल हमाल भन्छन्, ‘सिँजा राज्य एकीकरण भएसँगै खस भाषा पनि हराएको हो ।’ अहिले बेवारिसे अवस्थाका ढुंगे खम्बा, दबल, मुग्राहा, प्राचीन बस्तीका भग्नावशेषमा मात्र खस भाषा भेटिन्छ । जानकारहरूका अनुसार खस भाषाको उत्पत्ति सिँजाको हाटसिँजाबाट भएको हो । सिँजा राज्यसँगै खस भाषा पनि विलय भएपछि राष्ट्रिय भाषा नेपाली भएको भाषाविद् आचार्यले बताए ।
‘जुम्लाको वाडतुड गर्न राजाले सुन्योन, यै भाषाको विकास गर्न राज्यले गुन्योन,’ कनकासुन्दरी पाण्डवगुफाकी उर्मिला खत्रीले खस भाषामै भनिन्, ‘हिन्दी गीत, पूर्वेली गीत रेडियो बजाउन्छन्, पढेलेख्या भन्नयाहरू खस बोल्न लजाउँछन् ।’ उनले नेपाली भाषाकै उत्पत्ति आधार खस भाषाको संरक्षणमा सरकारी निकायले बेवास्ता गरिरहेको गुनासो गरिन् ।
स्थानीय जानकार तुला चौलागाईंले युवापुस्तामा खस भाषा हस्तान्तरण हुन नसकेको बताए । ‘खस भाषा हेला, पूर्व ठूलो मान्या,’ उनले भने, ‘खसियाका छोराछोरी खस भाषा नजान्या ।’
पहिचान जोगिने विश्वास
खस भाषाको वर्णविन्यास लेखन निर्देशिकालाई जिल्लाका भाषाविद्ले पुनरावलोकन गरी अन्तिम रूप दिइएको हो । खस भाषालाई चलनचल्तीमा ल्याउन खस भाषा, कला, संस्कृति र इतिहाससम्बन्धी जानकारको भेलाले ‘खस जुम्ली भाषा लेखनशैली’ मस्यौदा निर्माणको प्रस्ताव गरेको थियो । निर्देशिका प्रकाशनका लागि मातृभाषा केन्द्र नेपालले सहजीकरण गरेको थियो । ‘तत्कालीन कर्णाली खस राज्यभित्र बोलिने खस भाषा र जनबोलीलाई आधार बनाएर तयार पारिएको निर्देशिकाबाट सबैले सहजै खस भाषालाई प्रयोगमा ल्याउन सक्छन्,’ भाषाविद् तथा जुम्ली खस शब्दकोशका सम्पादक आचार्यले भने ।
निर्देशिकामा कर्णाली क्षेत्र र तिनको सेरोफेरोका जिल्लाको बोलचालसम्बन्धी खस भाषा समेटिएको छ । पूर्वशिक्षक, कला संस्कृति एवं खस साहित्यकार, भाषाका जानकार र पत्रकारको संलग्नतामा तयार गरिएको निर्देशिकामा यो क्षेत्रको कथ्य शब्द ‘स्ह’ को लेख्य रूप दिन नयाँ वर्णमा प्राथमिकीकरण गरिएको छ । पूर्वशिक्षक मुनिश्चन्द्र न्यौपानेले खस भाषा पूरै राष्ट्रियकरण नभए पनि नेपाली भाषाका धेरै वर्ण खस भाषाबाटै विकसित भएको बताए । ‘खस भाषामा आधारित निर्देशिकाले यहाँको पहिचान जोगाउनेछ,’ उनले भने ।
शब्दकोश लेखनमा दशक
चन्दननाथ–२ का ७२ वर्षीय आचार्य जुम्ली शब्दकोश लेखनमा व्यस्त छन् । चन्दननाथ उच्च माविका पूर्वनेपाली विषयका शिक्षकसमेत रहेका आचार्यले जुम्ली शब्दकोश लेखन अभियान थालेको झन्डै एक दशक पुगेको छ । उनले शब्दकोश प्रकाशनको अन्तिम तयारीमा पुगेको जनाए । साविक जिविसले आचार्यलाई खसिया आखर जुम्ली खस भाषाको शब्दकोश लेखन एवं सम्पादनको जिम्मेवारी दिएपछि उनी त्यसमा लागेका हुन् ।
अहिले समन्वय समितिमा रहेको खसिया आखर जुम्ली शब्दकोश तयारी कार्यालयमा उनी दैनिक उपस्थित हुन्छन् र त्यही व्यस्त रहन्छन् । नेपाली भाषाको उत्पत्ति भएको खष भाषा बोलिने क्षेत्रहरूमा कथ्य भाषाका रूपमा मात्रै रहेकाले यसलाई संरक्षण र लिपिबद्ध गर्न शब्दकोश निर्माण थालिएको हो । प्रारम्भिक चरणमा जुम्लाको चौधबिस, सिँजा, असी, पाँच सय क्षेत्र, मुगु, हुम्लाको सोरु गल्पा, कालिकोटका रासकाट र डोल्पाको तलिभोटानमा गएर शब्द संकलन गरिएको थियो । शब्दकोशमा १६ हजार बढी शब्द संकलन र सम्पादन गरिसकिएको छ ।
शब्दकोशलाई चार उपभाषिकामा विभाजन गरिएको छ । असी दराली भाषिकाभित्र असी दरा, पाँच सय दरा, सिँजा दराका भाषा राखिएको छ । त्रिविकोटी भाषिकाभित्र चौधबिस दरा र डोल्पाका भाषा छन् । रासकोटी भाषिकाभित्र कालिकोटमा बोलिन भाषा राखिएको छ भने मुहु भाषिकाभित्र मुगु र हुम्ला जिल्लाभित्र बोलिने भाषालाई समावेश गरिएको छ । आर्थिक समस्याका कारण प्रकाशनका लागि प्रेसमा पठाउन नसकिएको उनले जानकारी दिए ।
२५ विद्यालयमा खस पाठ्यक्रम
ततोपानी गाउँपालिकाले खस भाषामा आधारित स्थानीय पाठ्यक्रम तयार पारेर पहिलो चरणमा प्राथमिक तहमा लागू गर्दै छ । गाउँपालिका अध्यक्ष नवराज न्यौपानेले पाठ्यक्रममा जिल्लाका आर्थिक, सामाजिक, सांस्कृतिक, पर्यटन, वन, कृषि धार्मिक सम्पदाको चित्रण गरिएको जानकारी दिए । ‘पुर्खाहरूको गौरवगाथा पनि सहज ढंगले खस भाषामै लिपिबद्ध गरिएको छ,’ उनले भने, ‘यसै शैक्षिक सत्रदेखि पढाइ गर्ने तयारी गरिरहेका छौं । पाठ्यक्रमको ८० प्रतिशत काम सकिएको छ ।’
गाउँपालिकाभित्रका २५ विद्यालयमा यो पाठ्यक्रम लागू हुनेछ । खस भाषा संरक्षणका लागि पढाइले सहयोग पुग्ने पाठ्यक्रम निर्माण समितिका संयोजक एवं वसन्त आधारभूत विद्यालयका प्रधानाध्यापक हरिबाबु चौलागाईंले बताए । पाठ्यक्रम निर्माणमा चौलागाईंको संयोजकत्वमा पाँच सदस्यीय समिति संलग्न छ ।
चैत महिनाबाट विद्यालयमा खस भाषामा एउटा विषय पढाइने समितिले जनाएको छ । गाउँपालिकाले अतिरिक्त विषयका रूपमा नयाँ पाठ्यक्रम तयार पारेको हो । कक्षा १ देखि ३ सम्म एउटा विषय हुनेछ भने कक्षा ४ र ५ का लागि एउटै खालको पाठ्यक्रम निमाण भइरहेको छ । प्रकाशित स् पबलतष्उगच, फाल्गुन २८, २०७५ ०७स्२६

नेवार को हुन्?

नेवार को हुन्?
लेखक

May 1, 2020
काठमाडौं उपत्यका र उपत्यका वरिपरिका जिल्लाहरु, जसलाई नेपाल मण्डल भनिन्छ, त्यहाँका आदिवासी या मुख्य बासिन्दा नेवारहरुको बारेमा यूरोपेली तथा अन्य थुप्रैले धेरै अनुसन्धानहरु गरिसकेका छन्। यस्ता खाले अनुसन्धानहरु अहिलेसम्ममा अरु जातिहरुको भन्दा धेरै नेवारहरुबारे भएका छन्। तर अझै पनि यकिन कुराहरु स्पष्ट रुपमा थाहा हुन सकेको छैन।
नेवार जातिका विशेषता विविध
रसरर्ती हेर्दा अरु जातिहरुभन्दा नेवार जातिहरुको विशेषता फरक देखिन्छ। जस्तो
, तामाङ्ग, गुरुङ्ग, मगर, लिम्बूहरु सबै नश्लमा आधारित गति हुन्। तामाङ्गहरु सबैको एउटै रगत छ, राईहरु सबैको एकै रगत छ र त्यस्तै अरु अरुको पनि एकै नश्ल वा रगतका हुन्। त्यतिमात्र होइन, नेपाली भाषा अथवा खस भाषाभाषीहरु पनि बाहुन, क्षेत्री तथा कामी, दमाई, सार्की विभिन्न जातमा विभाजित भएता पनि उनीहरु सबै आर्य रगतका हुन्। तर नेवारहरुमा त्यस्तो छैन। कोही नेवारहरु आर्यन्, कोही नेवारहरु मङ्गोल र कोही अष्टाद्रविड नश्लका छन्। संसारका तीनवटा नश्लहरु नेवारहरुमा छन्।
हुन त ९० प्रतिशतभन्दा बढी तिब्बेत्तो वर्मन अथवा मंगोल छन्, नेवारका नब्बे प्रतिशतभन्दा बढी आदिवासी हुन् र मङ्गोल मूलका ‘तिब्बती–वर्मी समूहका’ हुन्, तर अरु आगन्तुकहरु पनि नेवार बनेका छन् ।
नश्ल मात्र होइन, धर्मको हिसावले पनि नेवारहरु थरीथरीका छन् । धर्मका हिसावले पनि अहिले नेवारहरु शैव र बौद्ध धर्म मान्नेहरु छन् । पृथ्वीनारायण शाहले उपत्यका जित्नुभन्दा पहिला शैव, बौद्ध, इस्लाम र इसाई धर्म मान्ने नेवारहरु थिए। पृथ्वीनारायण शाहले उपत्यका जितेपछि उनले इसाइहरु सबैलाई ‘देश छाडेर जानू, नजानेहरुलाई मार्नू’ भन्ने आदेश दिए। त्यसैले त्यतिबेला इसाई धर्म मान्ने सबै नेवारहरु भारत पसे, धेरैजसो बेतिया शहरमा गएर बसे। नजानेहरु सबैलाई फाँसी दिइए र मारिए। त्यसरी त्यतिबेलादेखि इसाई धर्म मान्ने नेवारहरु नै हराएर गए। अहिले फेरि इसाइ धर्म मान्ने नयाँ नेवारहरु उत्पन्न भएका छन्। नेवार मुसलमानहरु भने ज्यादै थोरै भएको हुनाले उनीहरु खस अथवा पहाडी मुसलमानहरु र तराईका मुसलमानहरुसँग मिसिन गए ।
यसरी नेवारहरुको रगत, धर्म अलगअलग रहेको छ। अनुहारै हेर्दा पनि सबै नेवारहरुको एउटै जाति छैन। कुनै नेवारहरुको नाक थेप्चो भएको अनुहार देखिन्छ, भने कुनै नेवारहरुको चुच्चो नाक देखिन्छ। त्यसकारण मेरो विचारमा नेवार भनेको कुनै एक जाति (ethnic group) समुदाय नै होइन, यो त एउटा भाषा वा जातिको समुदाय वा  (ethnic linguistic) हो । जो नेपाल भाषा बोल्छन्, उनीहरुलाई नेवार भनिन्छ।
नेपाल भाषा भनेको पुरानो किराँत भाषामा लिच्छवीहरुले बोल्ने संस्कृत मूलको भाषा मिसिएर बनेको नयाँ भाषा हो। नेपाल भाषा बन्नुभन्दा पहिला त नेवारहरुको र तामाङ्गहरुको एउटै भाषा थियो। तामाङ्गहरुले पुरानै भाषा बोलिरहे। नेवारहरु भने नयाँ भाषा बोल्न थाले ।
नेवारको श्रमिक वर्ग, जस्तो – नापित, माली, चित्रकार, नकर्मी, रञ्जितकार, तण्डुकार तथा खेती गर्ने किसानहरु, ज्यापूहरु सबै तिब्बेतो वर्मन वा मंगोल मूलका छन्। नेवारहरुमा यिनीहरुको संख्या ९० प्रतिशतभन्दा बढी छ। नेवार जातिभित्रका केही अरु परिवारहरुको उदाहरण लिऔँ। जस्तो कि, नेवारहरुमा श्रेष्ठहरु छन्। श्रेष्ठहरुमा पनि कोही आदिवासी छन् भने कोही बाहिरबाट आएका छन्।
७ सय वर्षसम्म मल्लहरुको राज्य चल्दा उनीहरुले सरकारको ठूलाठूला पदहरु अथवा भारदारहरुमा विभिन्न मानिसहरुलाई नियुक्ति गरे। उनीहरु जुनजुन पदहरुमा नियुक्त भए, त्यही पदअनुसार उनीहरुको थर निर्धारण भयो। जस्तो – मन्त्रीलाई अमात्य, सेनाको प्रमुखलाई प्रधान, राजाको ढुकुटी हेर्नेलाई राजभण्डारी, राजाको सन्तानलाई पढाउनेलाई जोशी भनियो। उनीहरुका सन्तानहरुलाई अहिले पनि अमात्य, प्रधान, राजभण्डारी र जोशी नै भनिन्छ । ती सबै भारदार समूहको सामूहिक नाम श्रेष्ठ भनिन्छ।
श्रेष्ठ भनेको एउटा जात होइन, यो त पद भयो । यो जातमा कोही मंगोल होलान्, कोही आर्यन होलान्, कोही यहाँकै आदिवासी होलान्, कोही बाहिरबाट आएका होलान्।
नेवारमा अरु विलिन हुँदै गए
एउटा उदाहरण लेऔँ। नेपालको इतिहासमा हरि सिंहदेवको नाम आउँछ। हरिसिंहदेव तिरहुतको सिमरौनगढका राजा थिए। सिमरौनगढ नेपालको बारा जिल्लामा पर्दछ। त्यँहा भएको एक आक्रमणमा उनी भागेर नेपाल उपत्यकाको भक्तपुरमा शरण लिन आउन खोजेका थिए। तर तिनी बाटैमा मरे। उनका छोराले भक्तपुरको दरवारमा शरण लिए। उनीहरुको थर राजपूत थियो। नेवारीमा ‘रा’लाई ला भनिन्छ। त्यसैले उनीहरु थर लायपू भयो। हरिसिंहदेव लायपूका सन्तानहरु श्रेष्ठमा मिल्न गए ।
मल्ल राजा भुपतिन्द्र मल्लको समयमा भारतको गुजरातबाट एकथरि वैद्यहरु आएका थिए। उनीहरु दरवारमा गएर राजाको वैद्यको रुपमा काम गर्न थालेकाले उनीहरुलाई राजवैद्य भन्न थालियो। तिनीहरुसँगै आएका वैद्यहरु तर राजदरवार नपुगेकाहरु श्रेष्ठ नभई अरु जातमा विलिन भए। बाहुनहरुमा पनि बाहिरबाट आएका देवकोटा, रिमाल, आचार्य, सुवेदी, यी विभिन्न थरका उपाध्याय ब्राम्हणहरु ६/७ सय वर्ष पहिले नेपाल उपत्यकामा आएर बसेकाहरुले नेवारी बोले, उनीहरुलाई राजउपाध्याय भनिन्छन् वा नेवारबाहुन पनि भनिन्छ।
त्यस्तै, तराईबाट पनि तिरहुते ‘झा, ओझा मिश्र थरका’ बाहुनहरु पनि यहाँ आएर नेवाल भाषा बोलेर नेवार बाहुन बने। यसरी ८/९ सय वर्षपहिले आएर काठमाडौं उपत्यकामा बसेर नेवाल भाषा बोलेपछि उनीहरुलाई नेवार भन्न थालियो । यसरी नेवारहरुको संरचनाको हिसावले हेर्ने हो भने विभिन्न ठाउँहरुबाट आएका र विभिन्न जातिका मानिसहरु एक आपसमा विलय भएर बनेको जाति हो नेवार।
संस्कृतिकै हिसावले हेर्ने हो भने पनि नेवारहरुको संस्कृति विश्वकै संस्कृतिभन्दा अगाडि देखिन्छ। यहाँका कला र कलाकारका बारेमा रुसका एकजना ठूला इतिहासकार डा. बन्दरेब्स्कीले भनेका छन्– “विश्वमा पुनर्जागरण सबभन्दा पहिला इटालीमा आएको भनिन्छ, तर यो कुरा गलत हो। त्यहाँ पन्ध्रौँ शताब्दीमा पुनर्जागरण आएको थियो, नेपालमा एघारौं शताब्दीमा नै ठूलाठूला विश्वप्रशिद्ध मन्दिर र चित्रहरु बनाइसकेका थिए ।”
त्यस्तै गरेर, मल्लकालमा यहाँ आयुर्वेदमा पनि ठूलो विकास भएको थियो। यो कुरा कोरियामा पनि उल्लेखित छ। ती पुस्तकहरुमा नेपालको ठूलो राजवैद्यले बनाएको औषधीको बारेमा चर्चा गरिएको छ। यसरी एकपटक मल्लकालमा नेवारहरु निक्कै धेरै विकसित भएका थिए र विश्वमै प्रशिद्धि कमाएका थिए ।
नेवारहरु आदिवासी हुन् कि होइनन्
अब नेवारहरु आदिवासी हुन् कि होइनन् भन्ने बारेमा कुरा गरौं ! मेरो विचारमा नेवारहरु आदिवासी नै हुन्। किनभने ९० प्रतिशतभन्दा बढी नेवारहरु आदिवासी नै हुन् । अरु बाँकी प्रतिशतमात्रै पछि बाहिरबाट आएका हुन् । यसरी मिसिने कुरा त जुन जातिमा पनि हुनसक्छ। आदिवासी भन्नेबित्तिकै नेवारहरु शुरुदेखि नै नेपालमा बसेका हुन् त भन्ने प्रश्न पनि उठ्न सक्छ। संसारमा शुरुदेखि बसेका त कोही पनि छैनन् होला। मानव जातिको उत्पति नै कोही चीनमा, कोही अफ्रिकामा भएको भनिन्छ ।
उनीहरु नै संसारभरि फैलिएका हुन्। त्यसैले आदिवासी भनेर तिनीहरुलाई भनिन्छ, जुन जातिहरु शासक जातिभन्दा पहिला आएर बसेका हुन्। अहिले नेपालका शासक जाति ‘नेपाली वा खस भाषा बोल्ने बाहुन क्षेत्री ठकुरी’ हुन् । उनीहरु ४/५ सय वर्ष पहिले आएका हुन् भने नेवारहरु त्योभन्दा पहिला नै आएका हुन् । त्यसैले नेवारहरुलाई आदिवासी भन्नुपर्छ ।
नेवारहरु जनजाति हुन् कि होइनन्
अर्को, नेवारहरु जनजाति हुन् कि होइनन् भन्ने बारेमा पनि विवाद छ। नेपाल प्रज्ञा प्रतिष्ठानले निकालेको नेपाली बृहद शब्दकोषमा जनजातिको परिभाषा ‘जंगल फाँडेर खनीखोस्री खाने, नागा, कोचे, कुसुन्डाजस्ता शिक्षा आदिमा पछिपरेका, नजिकको परिवेशसँग पनि प्रभावित नभएका पछौटे जाति’ भनेर दिइएको छ । यो परिभाषाअन्तर्गत नेवारहरु पर्दैनन्। यो परिभाषाअनुसार नेवारहरुलाई जनजाति भनियो भने नेवारहरुको बेइज्जत हुन्छ भन्न थालियो ।
अन्तर्राष्ट्रिय श्रम संगठनले जनजातिको परिभाषा ‘देशको मुख्य शासक जाति जुन छ, त्यो जातिभन्दा अलग्गै भिन्दै भाषा, धर्म संस्कृति भएको जातिलाई जनजाति भनिन्छ’ भनेर दिएको छ। किनभने शासक जातिको भन्दा अलग्गै भाषा, धर्भ र संस्कृति उत्पीडित हुने गर्छ । नेवारहरुको भाषा कति उत्पीडित छ भन्ने कुरा त विगतमा मूल्यांकनमा आइसकेको छ । त्यसकारण यो परिभाषाअनुसार नेवारहरु जनजाति नै हुन् भन्ने मलाई लाग्छ ।
यदि नेवारहरु जनजाति हुन् भने मैथिलीहरु किन जनजाति होइनन् भन्ने प्रश्न पनि उठ्न सक्छ। मैथिलीहरुको भाषा अलग्गै भएता पनि उनीहरु हिन्दू धर्म र आर्य संस्कृतिका हुन्। उनीहरुको धर्म र संस्कृति शासकहरुको धर्म र संस्कृतिसँग मिल्छ। त्यसैले उनीहरु जनजाति भएनन् । शासकहरुको धर्म र संस्कृतिभन्दा अलग्गै धर्म र संस्कृति भएकालाई जनजाति भन्ने अर्थमा नेवारहरु जनजाति नै हुन्।
एकपटक शासक भइसकेका नेवारहरु कसरी जनजाति हुनसक्छन् भन्ने प्रश्न पनि उठ्न सक्छ। तर नेवारहरु कहिले पनि शासक जाति भएका छैनन्। मल्ल राजाहरुलाई नेवार राजा भनिए तापनि उनीहरु नेवारहरु नै होइनन्, ठकुरीहरु हुन्। नेपाल भाषा बोलेर शासकहरु नेवार भएका थिए। उनीहरु शासक छँदा नेवारहरु अलग्गै थिए। पृथ्वीनारायण शाहले मल्लहरुको राज्य खोसेपछि मात्र मल्लहरु नेवारसँग मिल्न गएका थिए ।
(यो लेख र फोटो के. के. मल्लले कहिं भेटाएको हुँ  भनेर फेसबुकमा राख्नु भएको रहेछ। त्यसैमा उहाँले लेख्नु भएको छ “नेवार को हुन् भन्ने विषयमा प्रा. माणिकलाल श्रेष्ठले पनि लेख्नुभएको मलाई थाहा छ।” हामीलाई यहाँ भएका केही सूचनाहरुबारे छलफलमा आउन् भनेर यहाँ राखेका छौं-सम्पादक)

Wednesday, April 29, 2020

बिर्सेको अनुहार

बिर्सेको अनुहार
·          गीतारानी बलाल, २०७७ बैशाख १५
विहेको चार दिनपछि मलाई छाडेर उनी जम्मू कास्मीर लाहुर गए । विहे ताका मेरो उमेर १८ थियो । उनी २३ वर्ष पूरा भइसकेका थिए । हाम्रो विहे भएको साल २०६० हो । मलाई विहे गर्दा उनी लाहुरे भएको करिव पाँच वर्ष पुगिसकेको थियो । विहे हुँदा एसएलसी दिएर बसेकी थिएँ । कक्षा १० को टेष्ट परीक्षामा राम्रै अंकल ल्याएर पास भएकी म एसएलसीको नतीजामा आलु खाएँ । पीरले पखेटा हाल्यो । उता स्वामी घर नहुने यता नतीजा आलु ! कहाँ गएर के गरुँ जस्तै लाग्यो । साथीहरु समेत अचम्म परे ।
मैले तल्लो सिद्धबाबामा उनको हातबाट सिन्दूर भरेकी हुँ । यो कहानी पनि बहुत लामो र रोचक छ । कुनै दिन अतीतका कथा लेखें भने पूरै लेख्नु पर्ला जस्तो लागेको छ । हामी जनजातिको विहे संस्कार समेत अनौठो नै मान्नुपर्छ । भगाउने,ढोगभेट गर्ने अनेक अनेक । मलाई घरपरिवारको जिम्मा छाडेर उनी लाहुर गएपछि बिरानो लाग्नु अस्वभाविक थिएन । वनमा माहारा(गोठाला) जानु,घाँस,दाउरा गर्नु र मेलापात गर्नु मेरा दैनिकी नै थिए । माहारा जाँदा पात बजाउँदै विरहका गीत गाइन्थ्यो । उकाली आरोली गर्दै गाईबस्तुका पछाडि लाग्दा जीवन के हो के हो जस्तो लाग्थ्यो । दिनभरिको थकाई,साँझको घरधन्दा,सासुससुराको स्याहार सुसार लाहुरेलाई बिर्सिने बाटा थिए । लाहुरेको याद मनमा आँधीबेहरी बनेर मडारिन्थ्यो । आँसुका खहरे सिरानीमा बग्थे । लाहुरेसँगको माया पिरिम,भविष्यको सपना सोच्दा नसोच्दै रातले कोल्टे फेरेको थाहै हुन्थेन । धेरै रातहरु उनकै सम्झनामा जाग्राम बस्थे ।
महिनामा तीन चारवटा रजिष्ट्री चिठ्ठी आउँथे । घरका लागि र मेरा लागि छुट्टा छुट्टै । चिठ्ठीमा उही मायाका कुरा हुन्थे । उनले मलाई सानै देखेर होला कति धेरै सम्झाएर मनका कुरा बुझ्ने गरी लेख्थे । घर व्यवहारका कुरा र सासुससुरालाई गर्नुपर्ने मानसम्मानका कुरा अनि आफन्तीहरुप्रति गर्ने व्यवहार समेत उल्लेख गर्थे । मलाई लाग्थ्यो चिठ्ठी नै मेरा उनी हुन् । हुन त उनले विहे नहुँदै पनि स्कूल पढ्ने ताका मलाई खुब चिठ्ठी पठाउँथे । हाम्रो मायाको साहारा नै चिठ्ठी थियो । हाम्रो पिरतीको डोरी नै चिठ्ठी थियो । राम्रा अक्षरमा लेखिएका चिठ्ठीले मेरो मन खिचेको थियो ।
घरिघरि माइती घरमा जान मन लाग्थ्यो तर लाहुरेबिना एक्लै जान मन लादैनथ्यो । आमाबाबा,दिदीबहिनी र भाइका यादहरु एकोहोरो मनमा आउँदा वनकै चरासँगै गीत गाएर भुलेकी हुन्थें । स्कूलका साथीहरु नाचेका,हाँसेका र आपूmहरुले गरेका बिठ्याइँहरु सम्झेर कहिलेकाँही रन वन एक्लै हाँस्थें । लाहुरेका चिठ्ठीमात्र होइन फोन समेत आउँथ्यो । हाम्रो घर गाउँमा पथ्र्यो । पूर्तिघाट बजारमा एउटा टेलीफोन आइपुगेको थियो । फोन गर्न पालो कुर्नुपथ्र्यो । ससुराको साथ लागेर टेलीफोनमा बात मार्न गइन्थ्यो । उनले सञ्चो विसञ्चो सोथ्थे । उत्तर दिन नभ्याउँदै भक्कानिएर रुन मन लाग्थ्यो । तर छेवैमा ससुरा,अरु मानिसहरु समेत हुने भएको हुँदा आँखैमा आँसु लुकाएर बोल्दा बोल्दैको फोन ससुरालाई दिन्थें ।
गाउँमा माओवादीको चलखेल थियो । युद्धका कुराहरु सुनिन्थे । कहिलेकाँही त हामीलाई पनि लैजान क्या हो उनीहरुले भन्ने मनमनै डर लाग्थ्यो । घरिघरि पापी मनले सोच्थ्यो–लाहुरेसँग भेट नुहँदै माओवादीहरुले लगे भने कसरी भेट होला र हाम्रो ? यतिकै त होला नि भेटघाट अनि कसरी होला र सुन्दर सपनाका रहरहरु पूरा गर्न ? यीनै कुराहरुले मनमा हुँडुरी खेल्थे । उनीहरु जनताका लागि लडेका भन्थे । हाम्रा गाउँतिर आउँदा डराएरै पनि भात पकाएर खुवाउनु पथ्र्यो । गाउँकै स्कूलबाट कम्पार्टमेन्टमा एसएलसी पास गरें । क्याम्पस पढ्ने रहर थियो । रहर त हामी गाउँमा बस्ने बुहारीहरुका लागि जहर जस्तै ठान्थें । स्कूलले दिएका माक्र्ससीट र प्रमाण–पत्र हेरेर मन बुझाउनु पथ्र्यो ।
भारतमा जन्मिएको हुँ म । बुवाआमाले कामको सिलसिलामा उतै जन्माएका हुन् हामी दिदीबहिनीहरु र भाइलाई । पहाड गुल्मी आउँदा मैले कक्षा चारमा पढ्न आइपुगेकी थिएँ । सो कक्षामा म सेकेण्ड भएकी थिएँ । त्यसपछि कहिलेपनि फस्टभन्दा तल झर्न परेन मलाई । भारतमा पढेको कारण अंग्रेजीमा मेरो दख्खल थियो । गाउँको स्कूलमा पढ्दा तल झर्न परेन ।अहिले झैं नेट इन्टरनेटको सुविधा थिएन । सामाजिक सञ्जाल र फेसबुक त कता हो कताका कुरा थिए । विहे गरेर गएपछि चिठ्ठी र फोनमा उनकै भरमा जोबान धानेर बसें । विहे गरेको चारदिनमा हिडेपछि मनमा उस्तै चिन्ता र पीर थियो । उनलाई म के गर्दै होली रनवनमा भन्ने पीर अनि मलाई उनले लाहुरमा के गर्दै होलान् भन्ने चिन्ता लागि रहन्थ्यो ।
उनी लाहुर गएपछि मैले दिनहरु त र जसोतसो काट्थे घाँसदाउरासँगै तर रात काट्न मलाई मुस्किल पथ्र्यो । उनले विहेका रात खाएका कसमलाई मनको बर्कोमा कसेर राखेकी थिएँ । उनले सुनाएका लाहुरका सुन्दर सपना टिप्ने कथाहरुलाई हृदयको तुनाले कसेकी थिएँ एकोहोरो । भविष्यका कोरा सपनाहरु साँचेर गौंदी खोला जस्तै बग्थें । खिस्स हाँस्ने लाहुरेको तस्वीर आँखामा ल्याउन खोज्थें । कहिलेकाँही जति नै बल गर्दा पनि आँखामा आउँदैनथ्यो । अनुहार बिर्सेर हैरान हुन्थ्यो । त्यो बिर्सेको अनुहार मनको एल्बमबाट फेरि खोजेर ल्याउनु प्रलय हुन्थ्यो मलाई । विहे गरेपछि जम्मा चारदिन त हो सँगै बसेका हामी । अनि कसरी सकिन्थ्यो र उनका सबै कुराको सम्झना गर्न ? अझ् उनको तस्वीर !
घरिघरि अनुहार बर्सिरहने स्वामीले सम्झनाका उपहार रुवरुप दिएका छोरा र छोरी आज मसँगै हाँसीखुसी छन् । उनी अझै लाहुर छन् । म लाहुरेनी उनकै सम्झनाम छोराछोरी र सासुका साथमा दिनरात बिताइरहेकी छु । उनले सधैं परिवारकै चिन्ता गर्छन् । साना छोरीछोरी आफ्ना साथमा नहुँदाको पीडा सधैंजसो अभिब्यक्त गरिरहन्छन् । बुढी आमाको माया खोजी रहन्छन् । लाहुरे परिवार पुगेसरि हुने भएकाले सकभर मलाई अन्तकतै नगई छोराछोरी र सासु आमाकै सेवामा रहे हुन्थ्यो भन्ने आशय प्रकट गर्छन् । मलाई भने विश्वविद्यालयको पढाई पूरा गर्ने र सरकारी जागिर खाने हुटहुटीले उचालिरहन्छ । सामाजिक सेवा मेरो सानैदेखिको रहर हो । रेडक्रस,क्लवमा सानैदेखि क्रियाशील थिएँ । अहिले म टोल विकास संस्थामा सचिव र नेपाल बलाल समाजको केन्द्रीय कोषाध्यक्षका रुपमा सार्थक रुपमा सक्रिय छु ।
म एक नेपाली नागरिक भएको हुँदा मैले आफूले जानेको ज्ञान,सीप र धारणा आफ्नै समाजलाई दिनुपर्छ भन्ने लाग्छ । जीवनको उकालो चढ्ने पहिलो खुड्किलो भनेकै सामाजिक सेवा र सकारात्मक सोच हो भन्ने मलाई लाग्ने भएको हुँदा हरदम समाज सेवामै रहने प्रण गरेकी छु । कुनै समय म कसैकी छोरी थिएँ । अहिले म बुहारी छु र श्रीमती पनि कसैको । भोलि म सासु अनि सम्धिनी हुनेछु । मेरो नाताको रुप बदलिए पनि आखिर म एक नारी हुँ । म महिला हुँ । महिला समाजमा कसरी पहिला हुन सकिन्छ वा पर्ला भन्ने विषयमा घोत्लिन मन लाग्छ र पहिला हुने अभ्यास र प्रयास समेत गदैछु । समाज विकासमा योगदान दिनुपर्छ । हामी महिलाहरु सधैंभरि चुल्हो चौकामा मात्र होेइन समाज परिवर्तनका लागि आर्थिक,सामाजिक,सांस्कृतिक र राजनीतिक क्षेत्रमा समेत नेतृत्व गर्दै अघि बढ्नुपर्छ ।
लाहुरेनी भनेर घरको चारदिवारमा मात्र हैन समाजको चारैदिशामा पुग्ने अठोट र आँट गरेकी छु ।

धर्म, संस्कृति र जीवनको बहस

  धर्म , संस्कृति र जीवनको बहस अरूणा उप्रेति अनलायन खबर,   २०७७ साउन १८ गते १०:३४ ‘ नो वर्त प्लिज’ गीतको बोललाई लिएर मैले हिन्दु ‘जागर...