नेपाल-चीन
सम्बन्ध बढाउने उपन्यास ‘रुइबा’
Kantipur, आश्विन
१९, २०७९गणेश राई
काठमाडौँ — गैरआवासीय नेपाली लेखकद्वारा लेखिएको
सर्वोत्कृष्ट कृतिलाई ‘अरनिको अन्तर्राष्ट्रिय पुरस्कार’ प्रदान गरिँदै आएको छ । सन् २०२२ का निम्ति छनोटमा
परेका पाँच उत्कृष्ट कृतिमध्ये ‘रुइबा’ उपन्यास एक हो । उपन्यासकार हुन्– चेतनाथ
आचार्य, जो पत्रकार हुन् ।
बेइजिङमा रहेर पत्रकारिता गर्छन् ।
पछिल्लो कालमा लेख्नका लागि लेख्ने र पुस्तक छाप्ने
परम्परा बढेको छ । तर केका लागि, किन लेख्ने स्पष्ट भएपछि लेखिएको कृति हो– रुइबा । नेपाली चेली चीनको जेलमा सन्
२००६ अक्टोबरदेखि थुनिएका छन् ।
चीन पुग्न सजिलो छैन । चीनको जेलमै
थुनिएका मान्छेलाई अर्को नेपाली अर्थात् जेलमा बसेका मान्छेको आफन्तले भेट्न सक्ने
कुरै रहेनछ । धन्न चीनमै कार्यरत
नेपाली पत्रकार/लेखकले त्यो मौका पाएकाले लेखिएका हुन्– रुइबा । समाचार लेख्दा बढीमा हजार शब्द
हुन्थ्यो । तर सिंगो कथा उधिन्न लामै शब्द
उन्नुपर्ने हुन्छ । यसरी रुइबा ६५
हजारभन्दा बढी शब्दमा उनिएको छ ।
औपन्यासिक सूत्रमा
बााधिएको ‘रुइबा’मा न्याउलीको एकल कथामात्र छैन । सिंगो बौद्धमार्गी तामाङ जातिको भाषा, संस्कृति, लोकपरम्परा बोकेको छ । रुइबा बुद्ध धर्म र तामाङ
संस्कृतिको लुङ्दरले बेरिएको छ ।
‘रछ्छे गर ल्हापसाङकर्पो !’ अर्थात् आपतविपतको बेला उही गणेश हिमाल पुकार्ने
समुदायको प्रतिनिधित्व छ ।
देश नेपालको धादिङ जिल्लाको उत्तरी भेग रुबिभ्याली आसपासको जनजीवन छ, जसलाई ‘पाबाङ गाउा’ उपनाम दिइएको
छ । न्याउलीलाई भेट्न पत्रकार जब
जेलमा पुग्छन्,
त्यसपछि बक्न
थाल्छिन् आफ्नो कथाव्यथा ।
सररर रिठ्ठो नबिराई बहदेखि गाउँघर, गोठ, मेलापातको गोहोसम्म बक्छिन् । र भन्छिन्- ‘जसको नुन खायो
उसैको कुभलो चिताउन आमा र लामाले कहिल्यै सिकाएनन् ।’
दोर्जेकी प्रियतमा
हुन्, न्याउली । दोर्जे मामाका छोरा र न्याउली
फुफुकी छोरी । आपसमा विवाह गर्न पाउने
सामाजिक परम्परा छ, त्यही
फेरोमा दोर्जे र न्याउली पनि दाम्पत्यमा बाँधिए । दुर्गम पहाडी ग्रामीण जनजीवनको व्याख्या गरिबीबाट
सुरु हुन्छ । गरिबीसँग टाासिएका अनेक
लिखाहरू प्याट्ट–प्याट्ट कोरलिएर मान्छेका सपनाहरू तुहाइदिन्छन् ।
मायाले संसार नथाम्ने
भएपछि दोर्जे वैदेशिक रोजगारीमा जानैपर्ने बाध्यताले गाँज्यो । मेनपावरले कालोबजारी गरेपछि
छातीको कालो दाग लिएरै दोर्जे त्रिभुवन अन्तर्राष्ट्रिय विमास्थलाबाट बाहिरिए । नाबालक छोरा मंगले र गर्भवती
पत्नीलाई छोडेर हिँडेका दोर्जे मलेसिया पुगे ।
बिहे भएको तीन वर्ष नपुग्दै बाध्यताले टाढिए, दोर्जे
र न्याउली । त्यही बेलादेखि न्याउलीको
जिन्दगीमा तुषारापात सुरु भएको हो ।
यता न्याउलीले एक सोमबार छोरी जन्माइन् ।
नाम जुर्यो– सोममाया ।
घरबारी उकास्न, साहुको ऋण फच्चे गर्न विदेश गएका
दोर्जेको उता मलेसिया पुगेको केही महिनामै प्राणपखेरु उड्यो । त्यसपछि त न्याउलीको जीवनधरा
हिउँले पुरियो । सेताम्मे हिउँ पन्छाउादै घामको
न्यानो खोज्ने क्रममा न्याउली १६ वर्षदेखि हालसम्म चीनको जेलमा छिन् । उनलाई स्याउ न्याओ भनेर
बोलाइन्छ । उनको शारीरिक रूपरंग
चिनियाँजस्तै हुनु र न्याउलीको अर्थ सानी चरी हुने भएकाले उनलाई जेलभित्र ‘स्याउ
न्याओ’ भनिएकी हुन् ।
कारुणिक उपन्यासमा
न्याउली तामाङको जीवनकथा उनिएको छ ।
न्याउलीको जन्म २०३७ चैतमा भएको हो ।
उपन्यास आत्मपरक शैलीमा लेखिएको छ ।
चिनियाा काउथे रेल जति द्रूत गतिमा कुद्छ, त्यत्तिकै
गतिमा न्याउली अर्थात् स्याउ न्याओको आत्मकथा कुदेर पाठकको मनोआइल्यान्डमा बस्छ । चीनको सछ्वान प्रान्तको कुनै
जेलमा पुर्याउाछ, जहाा
अहिले पनि न्याउली न्यायको पर्खाइमा छिन् ।
‘लौ हाम्रो छोरी तिम्रो हातमा
सुम्पेका छा । यसको रुई (हड्डी) र थरबाहेक
आपाको रगत र आमाको रगत आजुदेखि तिम्रो भोयो ।
यसको रुइबा (वंश) माइतीकै अधिनमा रहन्छा ।
कालगतिले वा आगातिले मरेमा माइतीलाई रुई फिर्ता हुनुपर्छा ।’ न्याउलीलाई दोर्जेको हात
सुम्पिदा भनेका थिए, आकु
र आपाग्रेनले । त्यही नामबाट उपन्यासको नाम
रहेको हो– रुइबा अर्थात् वंश ।
सोममायाको कथा बेग्लै
छ । न्याउली दु:खको गााठो फुकाउन
सानी छोरीलाई काखी च्यापेर सहर छिरिन् ।
विशाल काठमान्डु सहरको एउटा सानो होटल साउनीको शरण लिन पुगिन् । छुच्ची साउनीको पिटाइबाट
नाबालिका सोममाया थलिइन् ।
ज्वरोले निस्लोट छोरी बोकेर आलापविलाप गर्दै सडकमा भौतारिरहेकी न्याउलीले त्यही
होटलबाट भागेर खलासी बनेका केटो विकासलाई भेट्नु, अस्पताल पुर्याएर उपचार गराउनु अविष्मरणीय छ । डाक्टरी उपचारपछि छोरी
तङ्ग्रिन्छे । यसपछि न्याउलीले कसैको भनाइमा
बालमन्दिरमा ती नाबालिका छोरीलाई बुझाएकी हुन् । अनि फुक्काफाल बनेकी न्याउली महिला अधिकारकर्मीका
रूपमा परिचित दयादिज्यू, देवीदिज्यूको
उद्धारमा पर्छिन् ।
तिनै दिज्यूले सिकाएको सभ्यताको पाठ घोक्न खोज्दा नेता, मन्त्रीका बाहुपासमा पठाइन्छन् । उद्धारको नाममा गरिने त्यसखाले
हर्कतबाट न्याउली भाग्छिन् ।
न्याउली र दोर्जेका
छोरा मंगले,
जो पाँच वर्षको हुादा
पाबाङ गाउँमै छाडिए ।
उनी त्यतैतिरै छन् ।
न्याउलीले अढाइ वर्षकी छोरी सोममायालाई बालमन्दिरमा बुझाएकी थिइन्, उनी यतिखेर जर्मनीमा कुनै विदेशी
आमाको साथमा छिन् ।
उमेरले ४१ न्याउली चीनको जेलमा मुक्तिका दिन कुरिरहेकी छिन् । न्याय दिलाउन सछ्वान प्रान्तका
वकिलद्वय मिन यी न्याउलीको पक्षमा र क्वो ली मदन तामाङको पक्षमा मुद्दा लडिरहेका
छन् । न्याउली सम्भवत: सन् २०२३ मा
जेलबाट छुट्ने छिन् ।
त्यसपछि यही संसारको कुनाकाप्चामा रुमलिरहेका न्याउली र उनका कोखेसन्तान मंगले र
सोममाया आपसमा भेट गर्न/गराउन सकिनेछ ।
त्यतिखेर यी तीन प्राणी मरिकुच्चे जिन्दगीको चौतारामा बिसाएर अकल्पनीय विरह पोख्न
सक्नेछन् । उतिबेला यो उपन्यास पढेका हामी
पाठकले उही पत्रकार चेतनाथ आचार्यबाट लिखित न्याउली स्वतन्त्रताको समाचार पढ्न
पाउने प्रतीक्षामा छौं ।
नेपाली उखान छ–
उपियाँ उफ्रेर जान्छ, उडुसको
काल । न्याउली एक उडुस हुन् जो
आदिवासीय गन्ध उनको आङमा काई परेको छ ।
दोर्जेलाई विदेश पठाउने सेते तामाङ, तिनका
सहयोगी टिमुरेहरू समाजमा निर्धक्क छाती फुलाएर हिंडिरहेका छन् । ‘सपनामा सिन्डेले र विपनामा
सेतेले बारम्बार सताउँथे ।
पीर बोक्ने सिन्डे र गाउँका युवा खेप्ने सेते दुवै डरलाग्दा थिए ।’ प्रसंग छ । धेरै पैसा कमाउन सकिन्छ भनेर
न्याउली र मदनजस्ता निम्छरा मान्छेलाई लागूपदार्थ हिरोइन निल्न लगाएर, अझ यौनाङ्गमा राख्न लगाएर
एयरपोर्टबाट छिराउँछन्, अपरिचित
देशतर्फ । अन्तत: जेलको बास त्यही
निरीहहरू बस्छन् ।
उपियाारूपी विनोदजस्ता तस्करहरू सधैं उम्किन्छन् । उफ्रेर जान्छन् ।
राज्यको कुनै कानुनले बाँध्न सक्दैन ।
उल्टै कानुन बनाउनेहरूको साथ लिएर खुलेआम भइरहन्छन् ।
नेपालको भ्रष्ट
राजनीति, आडम्बरको मजेत्रो ओडेर गरिएको
अमानवीय कर्तुत,
मानव तस्करीको जालो, सधैं दक्षिणतर्फ मात्र देख्ने
आँखा उत्तरतर्फ पनि मोड्न कर लगाएको छ, कथावस्तुले । उपन्यासभित्र उपकथा धेरै छन् । मूलकथाले नेपाली समाज अझै उकालो लाग्न न्याउलीहरूको आयुले नपुग्ने
स्पष्ट संकेत दिएको छ ।
फिनिक्स बुक्सले २०७८
असोजमा प्रकाशित गरेको यस उपन्यास सीमित विषयमाथि गहन र मिहिन अध्ययनको निचोड हो । यसमा प्रयुक्त तामाङ मातृभाषा
र नेपाली भाषालाई स्थानीय लवजमा जस्ताको तस्तै प्रयोग गरिनु मुख्य विशेषता हो । यसैगरी चिनियाँ संस्कृति, परम्परा, स्थानीय शब्दको प्रयोग उत्तिकै
जीवन्त तुल्याएको छ ।
यद्यपि नेपाली पाठकले ती शब्दको अर्थ खुट्याउान सक्दैनन् ।
साहित्यिक आधारभूमिले
नेपाल–चीनबीचको सम्बन्धलाई जोडेको छ ।
औपन्यासिक कथावस्तु पत्रकारीय शैलीमा अभिव्यक्त भएकाले पाठकलाई प्रत्येक विषय
स्पष्ट बुझेर,
मनन् गराएर आँसुको
संवेगमा बहाउन सफल छ ।
लेखक तथा उपन्यासकारको छैटौं कृति भएकाले पनि उधुमै खोट लगाउनुपर्ने ठाउँ रहेन । रुइबाले नेपाली उपन्यास
साहित्यमा यस कृतिले एक आयाम थपेकोमा औधी खुसी लागेको छ ।