Monday, August 19, 2024

जसले विचार र कामको नेतृत्व गरे

 

जसले विचार र कामको नेतृत्व गरे

फाल्गुन ७, २०७६कान्तिपुर संवाददाता

काठमाडौँ — हामी जन्मेको र हुर्केको समाज अहिलेभन्दा राम्रो भएको भए कस्तो हुन्थ्यो होला? जवाफ सजिलो छ– काइदा हुन्थ्यो अहिलेभन्दा नराम्रो भएको भए नि ! भनौँ, आज भन्दा १०० वर्षअघिको आसपासको जस्तो भएको भए : जति बेला मान्छे पशुसरह किनबेच हुन्थ्यो ! पति मरेपछि पत्नीले ऊसँगै जलेर मर्नुपर्थ्यो ! जातका आधारमा अहिलेभन्दा चर्को भेदभाव थियो ! निरंकुश शासकबाट शासित हुनुपर्थ्यो ! स्वदेशमा कलेज पढ्न पाइँदैनथ्यो, आदि आदि ! 

आज त्यस्तो समाजको कल्पनै गर्न सकिँदैन यहाँ ख्याल गर्नुपर्ने कुरा के भने हामीले जुन वातावरणमा जन्मन हुर्कन पायौँ, त्यो यत्तिकै बनेको थिएन

केही मानिसले नयाँ विचार ल्याएर, त्यसलाई साकार पार्न आफ्नो ऊर्जा र शक्ति उपयोग गरेर, अथक संघर्ष गरेर, आफूले भोग्न पाउने सुखसुविधा त्यागेर र कतिले त ज्यानै दिएर हामीलाई त्यस्तो अवस्था भोग्नु नपर्ने वातावरण बनाइदिए कान्तिपुर दैनिकको २७ औं वार्षिकोत्सवमा हामीले १०० वर्षमा दिवंगत/अलप भएका केही त्यस्ता मानिसको सम्झना गरेका छौं जसका सचेत प्रयासले हाम्रो समाज अलिकति अगाडि बढ्यो, अलिक सभ्य भयो, हाम्रो चेत र सोच अलि खुला भयो यो सूची हाम्रो हाम्रा शुभचिन्तकहरूको सीमित जानकारी तथा स्रोतसाधनका आधारमा तयार भएको हो यसमा हामीले बहुचर्चितदेखि अलि कम चर्चित व्यक्तित्वसम्म समेटेका छौं

व्यक्तित्व छान्दा हामीले उनीहरूले हाम्रो समाजमा ल्याएका नयाँ विचार तथा अवधारणालाई आधार बनाएका छौं : जस्तै मौलिक हक प्राप्त गर्न राजनीतिक दलमार्फत संघर्ष गर्नुपर्छ भन्ने विचार, जुनसुकै जातजाति र लिंगको भए पनि सबैले समान हैसियतमा बाँच्न पाउनुपर्छ भन्ने विचार विचार पूर्णत: नयाँ नभए पनि समाजमा भएका क्रूर चलन हटाउन उठाइएका कदम : जस्तै दास र सती प्रथाको अन्त्य यसमा हामीले राजनीति, अध्यात्म, जातीय र लैंगिक समानता, समाजसेवा, कलासंस्कृति, साहित्य, संगीत, कूटनीति, सामाजिक सुधार, राष्ट्रियता, बौद्धिकता, भाषा आदि क्षेत्र समेटेका छौं

नयाँ विचार एक जनाबाट मात्र आउन र अभियान एक जनाबाट मात्र चलाइन सम्भव हुँदैन यी काममा धेरै जनाको भूमिका हुन्छ हामीले त्यस्ता कामको नेतृत्व जसले गरेको ऊमार्फत ती विचार काममा योगदान दिने सबैको योगदानको कदर गर्न खोजेका हौं

हाम्रो जीवन अलि सरल र सजिलो बनाउन भूमिका खेल्ने मानिसको सम्झना गर्नु भनेको उनीहरूका योगदानको सम्झना गर्नु हो, उनीहरूका विचार र कामबाट प्रेरणा लिनु हो, अनि भोलिका पुस्तालाई युग सुहाउँदो अवस्थामा हुर्कने वातावरण तयार गर्नुपर्ने दायित्व बोध गर्नु हो, आज हाम्रो समाजमा भएका त्यस्ता चलन हटाउन कोसिस गर्नु हो जसका बारेमा आजभन्दा १०० वर्षपछि मानिसले सुन्दा उनीहरूको आङ जिरिङ्ग हुन्छ।यस परिशिष्टांकमा समेटिएका सबै व्यक्तित्वका बारेमा सबैको समान धारणा हुन्छ भन्ने छैन यो सूची पूर्ण भनेर पनि हामी दाबी गर्दैनौं यसमा छुटेका त्यस्ता व्यक्तित्वका बारेमा भविष्यमा हाम्रा नियमित अंकमा प्रकाशित गर्ने काम जारी रहनेछ

प्रकाशित : फाल्गुन ७, २०७६ १२:२५

Saturday, August 10, 2024

नेपालका मगर जाति

 नेपालका मगर जाति

श्रोतः https://ne.wikipedia.org/wiki/%E0%A4%AE%E0%A4%97%E0%A4%B0_%E0%A4%9C%E0%A4%BE%E0%A4%A4%E0%A4%BF

मगर जाति मुख्यतया नेपालको मध्य पहाडी भेगमा बसोबास गर्ने एक मूलबासी भूमिपुत्र हो। मूलको प्रकृति पुजक जाति हो।[१] यिनीहरू खासगरी नेपालको मध्यपश्चिमान्चल तथा पश्चिमाञ्चलका पहाडस्थित रुकुमप्युठानरोल्पापाल्पानवलपरासीको उत्तरी क्षेत्रहरू, स्याङ्जातनहुँमा आदिमकाल देखि बस्दै आएका छन्। मगर जातिको मुख्य थरहरू थापा, राना, आले, रखाल,पुन, रोका, घर्ती, बुढा ..भएपनि १६५0 भन्दा धेरै उपथरहरू मगर जातिमा पाइन्छ। खस र मगर समुदायमा पहिले पहिले बिहेवारिको चलन थियो पछि पछि खसहरू बाहुन सङ सम्पर्क बढ्दै गयो र मगरहरू गुरुङहरू सङ सम्पर्क बढ्दै गयो र अलग अलग जातिको रूपमा चिनियो यद्यपि देशको सबैजसो भागमा खसहरू सगँ मगर जातिको उपस्थिति रहेको पाइन्छ। जनसङ्ख्याको हिसाबले नेपालको तेस्रो ठूलो जाति र जनजातिहरूको हकमा प्रथम श्रेणीमा पर्ने मगर समुदाय हो। नेपालको एकिकरणमा मगरहरू को धेरै ठूलो हात छ। सहयोगी मिलनसार, सोझो, इमानदार, साहसी मगरहरू सम्बन्धि रजौटाको काल देखि प्रचलित एउटा उखानै छ "दुःख परे मगर गाँऊ तिर पस्नु"

बसोबास

सिन्धुली, स्याङ्जा, तनहुँ, गुल्मी, प्युठान, रोल्पा, सल्यान लगायतका ठाउँहरूमा प्रमुख बसोबास रहेका मगरहरू अर्घाखाँचीरूपन्देहीकाठमाडौँरामेछाप, महोत्तरी, स्याङ्जा,  पाल्पानवलपरासीम्याग्दीबाग्लुङपर्वतडोल्पाहुम्लासुर्खेतधनकुटासिन्धुलीउदयपुर  संखुवासभागोर्खा, धादिङ लगायतका क्षेत्रहरूमा पनि बसोबास गर्दछन्। मगरहरूको बसोबास स्थितिलाई नियाल्दा नेपालको साविकको (१४ अञ्चल, ७५ जिल्ला) हाल ७ प्रदेश ७७ वटै जिल्लामा बाहुल्यता रहेको सबभन्दा ठूलो संख्या भएको जनजाती हो।

जनसङ्ख्या

वि. सं. २०४८ सालको जनगणनाअनुसार १३ लाख ३९ हजार ३ सय ८ र वि.सं. २०५८ सालको जनगणनाअनुसार १६ लाख २२ हजार ४ सय २१ कूल जनसङ्ख्या भएका मगरहरू पूरै नेपालको जनसङ्ख्याको ७.१४% छन्। वि.सं. २०५८ को जनगणना अनुसार मगरको कुल जनसङ्ख्याको ७४.६०% [[हिन्दु धर्म|हिन्दु]] धर्म मान्दछन् र २४.४७% मगरहरू बौद्ध धर्मावलम्वी छन् <ref>[http://www.cbs.gov.np/Population/Monograph/Chapter%2003%20%20Social%20Composition%20of%20the%20Population.pdf Central Bureau of Statistics (CBS) - Nepal]</ref>

यो जातिको नेपाल एकिकरण अभियानमा अत्यन्त ठूलो भूमिका निभाएका थिए। [[लिम्बुवान]] युद्व हुदा लिम्बू सेनालाई पराजय पार्नेमा मगर सेनाको साहसलाई ठूलो भूमिका मानिन्छ। ठूला ठूला लडाईंका मोर्चाहरूमा गोर्खाली सेनाका रूपमा बहादुरी देखाउँदै यो जातिका युवाहरूले अन्य जातिसँग काँधमा काँध मिलाएर बहादुरी पूर्वक लडेर मातृभूमि नेपाललाई विदेशी शक्तिहरूबाट बचाएको इतिहास पाइन्छ। [[चित्र:Indigenous Magar girls of Nepal.JPG|thumb|नेपाली मगर केटीहरू मगर पहिरनमा]] ==प्रकार== मगर समुदाय भाषागत आधारमा चार प्रकारमा बाँडिएको छ। कालीगण्डकी पूर्वको मगर ढुट बोल्ने मगर, कालीगण्डकी पश्चिमको [[खाम भाषा|मगर खाम]] बोल्ने मगर, डोल्पा जिल्लाका मगर काइके बोल्ने मगरहरू र पोईकेसहित। गण्डकी पूर्वलाई बाह्र मगरात र पश्चिमलाई अठार मगरात भनेर चिनिन्छ। बाह्र मगरातका मगरहरूको मुख्य थर थापा, राना र आले हो। अठार मगरातका मगरहरूको मुख्य थर पुन, घर्ती, बुढा र रोका हो। यसैगरी डोल्पा क्षेत्रमा बुढा,रोका र घर्तीको बसोबास रहेको छ। यिनै सात थरका मगरहरूका १६५० भन्दा धेरै उपथरहरू रहेका छन्। [[खस]] क्षेत्री र मगर को थर मिल्दो जुल्दो हुन्छ जस्तै। थापा, बुराथोकी/बुढाथोकी, राना, खड्का, घर्ति, खप्तरी, रोका, बुढा , लामिछाने, सिन्जाली, बराल, आदि
 <ref name="">http://www.magarsangh.org.np/</ref> =<nowiki>=इतिहास==

बाह्र मगरात राज्य र अठार मगरात राज्यमा दुई राजाहरू सबै राजाको राजा थिए र उनीहरूको राजवंशको नाम सेन/सेङ र खान/खाङ राजवंश थियो। समय बित्दै जाँदा, सेङ/सेन राजाहरू आफ्नो राज्य पाल्पाको पूर्व र दक्षिण दिशामा विस्तार गरे र खान राजाहरू भिरकोटको उत्तर र पूर्व तिर आफ्नो राज्य विस्तार गरे। पाल्पाका राजा हिन्दु धर्ममा परिवर्तन भएका पहिलो थिए र हिन्दु राजपूत राजा बने र भारतको सेन परिवारबाट उनको वंशको दाबी गरे। त्यसै गरी, भिरकोटका प्रमुख जो खान परिवारका थिए, धर्म परिवर्तन अस्वीकार गरे र एक शुद्ध मगर राजा बने। उनको नाम खान्चा खान थियो। दोस्रो राजकुमार जसको नाम मिन्चा खान थियो वा मगर भाषामा कान्छो राजा थियो, हिन्दु धर्ममा परिवर्तित भए। यस प्रकार, भिरकोटको दोस्रो राजकुमार एक हिन्दु राजपूत बने र उनको धार्मिक पुरोहितहरू उनलाई बाह्र मगरातको नुवाकोटको राजा बनाइयो। उनका जया खान, मिका खान, बिचित्रा खान, जगदेव खान र कुलमण्डन खान सन्तान थिए। यी राजाको समयदेखि, उनले खान आफ्नो परिवारको नाम जसले राजाको पद र अर्थ बोक्छ बदल्यो। भिरकोटका राजा खान्छा खानका सन्तानले हिन्दु धर्म स्वीकार गर्न अस्वीकार गरे र उनीहरूको आफ्नै जनजाति संस्कृति पालन गर्न सहमत भए, तर उनी आफ्ना सबै विषयहरू संग हिन्दु धर्म बाट यति प्रभावित भए कि सबै मगर जनजातिहरू आफ्नै जनजातिको शिक्षा लाई पछ्याउन छोडे। पुजारी र जन्म, विवाह र मृत्यु समारोह र हिन्दु धर्म मा रूपान्तरण को लागी बर्दाश्त गर्न सक्ने पाल्पा र भिरकोट को शान राजाहरू र खान राजाहरू को अदालत का अधिकारीहरू जो हिन्दु राजपूत बन्नुभयो र आफूलाई ठकुरीहरू लाई सम्मान गर्न को लागी हिन्दु पुजारीहरू को सिद्धान्त को पालन गरे। यस प्रकार, मगर राजाहरू र उनीहरूका अधिकारीहरू हिन्दु सभ्यता मा परिवर्तित भए।मगर गोरखा जिल्लाको प्रसिद्ध मनकामना मन्दिर, धरानको बुढा सुब्बा मन्दिर र स्याang्जा जिल्लाको आलमदेवी मन्दिर (नेपालका पूर्व शाह राजाहरूकी आमा देवी वा पारिवारिक देवता) का मुख्य पुजारी हुन्। मनकामना मन्दिरमा, विशेष गरी, पुजारी संत लखन थापा मगर को वंशज हुनु पर्छ, जो राम शाह को एक आध्यात्मिक मार्गदर्शक को रूप मा वर्णित छ, र उनी रानी संग एक धेरै घनिष्ठ सम्बन्ध थियो, जो देवी दुर्गा भवानी को एक अवतार मानीयो। , पार्वती का एक अवतार। [13] त्यसै गरी, भीरकोट, गहराउकोट, खिलु ,्ग, नुवाकोट, सातहुकोट, सारणकोट, ढोर, लमजुung, गोरखा कालिका, सल्यानकोट धादि alsoमा सरु, बराल, सारु, सारु, पुलामी, चुमी, दारलामी, दूधराना, भुसाल/मस्की, सरु/मगर पुजारीहरू छन्। क्रमशः राणा मगर वंश [33]

चाखलाग्दो कुरा के छ भने, कालिका का मुख्य पुजारी, लमजुung र गोरखा को राज्य को रक्षा गर्ने देवी, बोहरा मगरहरू पनि थिए; यो नोट गर्न हड्ताल छ कि कसरी मगरहरू धार्मिक कार्यहरू का प्रभारी ठकुरी शक्ति का स्रोत बाट जोडिएको छ। [१३]

धर्म

मगर जाति प्रकृति पुजक हुन्, अधिकांश मगरहरू एक किसिमको तिब्बती बौद्ध धर्मको अनुसरण गर्दछन्, लामा गुरु पुरोहितको रूपमा हुन्छन्। धार्मिक पदानुक्रम गठन। बौद्ध धर्म दक्षिणी जिल्लाहरूमा पनि संस्कृतिको एक महत्वपूर्ण हिस्सा रहेको छ, जहाँ मगरहरू हिन्दु धर्मको एक समिश्रित रूप हो कि हिन्दु परम्पराहरू संग पहिले प्राकृत र बौद्ध अनुष्ठान को संयोजन गरीएको छ। प्रकृतिपूजक विश्वास प्रणाली को हिस्सा बनेको छ; उनकी धामी (विश्वास नीलो या एक प्रकार का जादूगर) को भनिन्छ र उनकी झाँकरी (विश्वास निको पार्ने वा शमन को एक अन्य प्रकार) मगरहरूको परम्परागत आध्यात्मिक र सामाजिक नेता थिए। [34] मगरहरूको पुरोहितलाई भुषाल/वापा भनिन्छ, जसले धार्मिक गतिविधिहरू गर्दछ, सामाजिक र कृषि सम्बन्धी चाडपर्वहरू को आयोजना गर्दछ, परम्परा र रीतिरिवाजहरूमा सुधार ल्याउँछ, सामाजिक र उत्पादन प्रणाली लाई सुदृढ बनाउँछ, संसाधनहरूको व्यवस्थापन गर्दछ, समस्या र विवादहरू लाई व्यवस्थित गर्दछ र मनोरन्जन को लागी गतिविधिहरू लाई व्यवस्थित गर्दछ र सामाजिक एकता कायम राख्दछ ।

भेष-भुषा‍‍

भुमिपुत्र, प्रकृति पुजक मगरहरू पुरुषहरूले पहिरन भोटो–कछाडसँगै निलो पटुकी र भाङ्ग्रा, शीरमा टोपी वा फेटा र महिलाहरूले मखमली चोली, छिट्को गुन्यु, टिकिस, पहेँलो/निलो पटुकी, गलामा पहेँलो/हरियो पोते साथैमा कण्ठमाला/मुगामाला, शिरमा शिरफूल, कानमा माडवारी/ढुंग्री, नाकमा बुलाकी आदि लगाउने गर्छन्।

भाषा

आकर्षक विशेषता भएका मगरहरू आफ्नै भाषा बोल्दछन्। भोट–बर्मेली भाषा अन्ततर्गत पर्ने मगरहरूको भाषालाई ढुट, खाम/पाङ र काईके गरी ३ भागमा वर्गिकरण गरिएको छ। तिनै थरिका भाषालाई मगर भाषा भनिन्छ। आफ्नै मगर भाषा का अलावा नेपाली भाषा पनि बोल्दछन्।

लिपि

मगर जातिको आफ्नै लिपि रहेको छ जसलाई "अक्खारिक" लिपि भनिन्छ ।

संवत्

हरेक माघ १ गते बाट नयाँ मगर संवत् सुरु हुन्छ जसलाई मिनाम ल्हेसको रुपमा भव्यताको साथ मनाउने गर्दछन् ।

चाड पर्व

मगरहरू आफ्नै मौलिक संस्कृतिमा रमाउने गर्दछन मुख्य चाडहरु मिनाम ल्हेस माघे सङ्क्रान्ति(चेली पुज्ने), चन्डी पूर्णिमा, भुमे/भुम्या/भूँयार, राके तिवार, चैते दशै हो साथै दशै, तिहार जस्ता पर्वहरू पनि धुमधामले मनाउने गर्दछन्।

प्रमुख नाच

१. हुर्रा

हुल भनेको समुह हो । राहा भनेको आयो हो ।

पूर्व, धनकुटा, सुनसरी, मोरङ, झापा, उदयपुर

२. काट ओहोरा कानराहा-कौराह-कौरा

(तनहुँ पाल्पा, गोर्खा, स्याङ्जा, नवलपुर, नवलपरासी, चितवन, रुपन्देही)

३.जिवै मामा/ज्यो मारे

(रुकुम, रोल्पा, गुल्मी, स्याङ्जा, पाल्पा)

४. नचरा,

६..पैस्यारु, ५.टप्पा,६.मारुनी, ७.मयुर, ८.सारङ्ग्या, ९.हुर्रा,१०.पाङ्दुरे, ११.झाम्रे, १२.झपा,

७. रोदि, १४.जुयी, १५.वजाँरे ,

८ .डिग्रे, थकाने, फाक, झोल्यानि, नानिला, झाक्रि, (पुर्वी रुकुम)

दिवस तथा उत्सव

मगर समुदायले फागुन २ गते नेपालको प्रथम शहिद लखन थापा मगर स्मृति दिवस, साउन ५ गते स्वर्गीय गायक अरुण थापा स्मृति दिवस साथै फागुन १५ गते मगर दिवस भव्यताको साथमा मनाउदै आइरहेको छ।

Sunday, August 04, 2024

नेपालको मध्यकालीन इतिहास

 नेपालको मध्यकालको इतिहास

मध्यकाल

वि.स. ९३६ मा ‘नेपाल संवत्’ सुरू भएपछि नेपालको इतिहासमा ‘मध्यकाल’ प्रारम्भ भएको मानिएको छ । वि.स ९३६ देखि नेपालको एकीकरण भएको अवधि १८२५ सम्म र लिच्छविकालको समाप्तिपछि र मल्लको पतन हुनुअघिसम्मको ९०० वर्ष लामो समयलाई नेपालको इतिहासमा मध्यकाल भनिन्छ । वास्तवमा मध्यकाल भन्नाले नेपालको सन्दर्भमा ‘मल्लकाल’ को रूपमा अध्ययन गर्ने प्रचलन छ । यस कालका केही शताब्दीसम्म नेपाल पहिलाको लिच्छवि राज्यजत्रै विशाल रहेको तर पछि क्रमशः ठाउँठाउँमा साना स्वतन्त्र राज्यहरू बनेका देखिन्छन् । बीचबीचमा एकीकरणको पुन प्रयास र विस्तार पनि भएको थियो । तसर्थ मध्यकालीन नेपालको भौगोलिक स्थिति कहिले एकीकृतकहिले विखण्डितकहिले विस्तारित र कहिले सङ्कुचित भएको पाइन्छ ।

मल्ल वंशको परिचय

तेह्रौँ शताब्दीको आरम्भदेखि नेपाल उपत्यकामा मल्लहरूको शासन व्यवस्था कायम भएको मानिन्छ । साथैयस वंशका पहिलो शासक भनेर अरिमल्लको नाम लिने चलन छ । तथापि अरि मल्लभन्दा धेरै अगाडिदेखि शासनमा मल्लहरूको सक्रियता थियो । अरिमल्लभन्दा एक शताब्दीअघिदेखि नै मल्लहरू कुनै न कुनै रूपमा शासनमा सक्रिय भएको कुरा गोपाल राजवंशावली तथा केही अभिलेखहरूमा समेत पाइन्छ । मल्लहरू प्राचीन जाति मानिन्छन् । प्राचीन संस्कृत वाङ्मयहरूमा मल्लहरूको उल्लेख विशिष्ट वर्गका क्षेत्रीयको रूपमा गरिएको छ । महाभारतविभिन्न बौद्ध साहित्यहरूमनुस्मृति तथा अन्य विभिन्न पुराणमा मल्लहरूको सन्दर्भ पाउन सकिन्छ । महाभारतमा कोसलहरूको साथमा मल्लहरूको पनि समान चर्चा गरिएको पाइन्छ । मार्कण्डेय पुराणमा मिथिलाका विदेहहरूसँग मल्लहरू दाँजिएका छन् ।

पाचौँछैठौँ शताब्दी ई.पू. का सङ्गठित गणराज्यको सञ्चालन गरेर बसेका धेरै राजवंशहरू पछि क्रमशः राजतन्त्रात्मक शासनअन्तर्गत चलेका राज्यहरूको साम्राज्य विस्तारको चपेटामा परेर नेपालको भूभागमा पसेका उदाहरणहरू विभिन्न प्राचीन श्रोतहरूले दिएका छन् । लिच्छविकोलीयशाक्यमल्ल आदि सबै नै नेपालमा शरणार्थी रूपमा पसेका थिए । शाक्यहरू ललितपुर क्षेत्रमा बसेका थिए भने कोलियहरू कान्तिपुर (आजको केलटोल) मा बसोबास गर्दथे । त्यस्तैमल्लहरूले सुरूमा गण्डकी क्षेत्रमा र पछि उपत्यकामा कतै न कतै बसोबास गरेको पाइन्छ ।

मल्लहरूको नेपाल आगमन

उत्तर भारतमा मगधका गुप्त सम्राटको दिग्विजयले वैशालीका लिच्छविहरू त्यहाँ टिक्न नसकी काठमाडौँ उपत्यकामा आएजस्तै भारतको कुशीनगर र त्यसको छेउछाउ मूल भएका मल्लहरू पनि शरणार्थीहरूका रूपमा नेपालको गण्डकी क्षेत्रमा आएका थिए । राजल्लदेव र कठय मल्लले ललितपुरको दक्षिणमा अवस्थित चम्पागिरी (चापागाँउ) बस्ती बसाएकाले मल्लहरूले काठमाडौँमा आफ्नो राजनैतिक प्रभाव बढाउने प्रयास गरेको देखिन्छ । मानदेवद्वारा मल्ल प्रदेशमा आक्रमणको मुख्य उद्देश्य मल्लहरूको महत्वकांक्षालाई दबाउनु नै थियो । केन्द्रमा लिच्छवि शासन कमजोर हुन थालेपछि मल्लहरूको केन्द्रमा शासन गर्ने आकाक्षां बढ्यो । यसमा अरिदेव (अरि) मल्ल सफल भए । वि.स. १२१० मा जन्मेका अरिदेव वि.सं.१२५८ मा राजा भई १५ वर्ष जति राज्य गरेर वि.स. १२७४ मा देह त्याग गरे । अरि मल्ल पछि अभय मल्ल वि.सं. १२७४ मा राजा भए । उनले ३८ वर्षसम्म शासन चलाए ।

मल्ल राज्यको विभाजन

मल्लकालमा एकीकृत नेपाल उपत्यकाको राजधानी भक्तपुर थियो र राजाहरू ‘युथनिम्हम’  ‘त्रिपुर’ दरबारमा रही शासन चलाउँथे । अन्य मुलुकको आक्रमणबाट बच्न सकिने गरी चारपाटे किल्लाका रूपमा दरबार बनाएको हुन्थ्यो जसलाई स्थानीय भाषामा चौक्वाँठ भनिन्छ । नेपाल उपत्यकाको सङ्गठित मल्ल राज्यका अन्तिम मल्ल राजा यक्ष मल्ल थिए । यक्ष मल्लको शासनकालपछि नेपाल उपत्यका कान्तिपुरपाटन र भादगाउँका रूपमा विभाजित भए । कान्तिपुरमा हनुमान ढोका दरबारको निमार्ण इस्वीको बाह्रौँ शताब्दीमा राजा गुणकामदेवका पालामा भएको कुरा वशांवलीमा उल्लेख छ । प्रताप मल्लले कान्तिपुरको यस दरबारमा धेरै खण्ड र चोकहरू थपेर विशाल रूप दिएका थिए । पृथ्वीनारायण शाह कान्तिपुरको राजगद्दीमा आरूढ भएपछि केही पुरानो खण्ड र चोक हटाउनेनयाँ चोकहरू र खण्डहरू थप्ने काम भएको थियो ।

उपत्यकाका मल्ल राजाहरू

कान्तिपुरका मल्ल राजाहरू

१) रत्न मल्ल                               २) सूर्य मल्ल

३) अमर मल्ल                              ४) महेन्द्र मल्ल

५) शिवसिंह मल्ल                           ६) लक्ष्मीनरसिंह मल्ल

७) प्रताप मल्ल                              ८) नृपेन्द्र मल्ल

९) पार्थिवेन्द्र मल्ल                          १०) भूपालेन्द्र मल्ल

११) भाष्कर मल्ल                           १२) जयज्जय मल्ल

१३) जयप्रकाश मल्ल

पाटनका मल्ल राजाहरू

१) रत्न मल्ल                               २) विष्णु मल्ल

३) नरसिंह मल्लपुरन्दरसिंह मल्लउद्धवसिंह मल्ल ४) हरिहरसिंह मल्ल

५) सिद्धिनरसिंह मल्ल                        ६) श्रीनिवास मल्ल

७) योगनरेन्द्र मल्ल                        ८) लोकप्रकाश मल्ल

९) इन्द्र मल्ल                            १०) महीन्द्र मल्ल

११) वीरनरसिंह मल्ल                      १२) ऋद्धिनरसिंह मल्ल

१३) भाष्कर मल्ल                         १४) योगप्रकाश मल्ल

१५) विष्णु मल्ल                          १६) राज्यप्रकाश मल्ल

१७) विश्वजित मल्ल                       १८) जयप्रकाश मल्ल

१९) रणजित मल्ल                        २०) तेजनरसिंह मल्ल

भादगाउँका मल्ल राजाहरू

१) राय मल्ल                             २) सुवर्ण मल्ल

३) प्राण मल्ल                            ४) विश्व मल्ल

५) जगज्योर्ति मल्ल                       ६) नरेन्द्र मल्ल

७) जगतप्रकाश मल्ल                      ८) जितामित्र मल्ल

९) भूपतीन्द्र मल्ल                        १०) रणजित मल्ल


मल्ल राजाहरूका मुख्य कृतिहरू

जयस्थिति मल्ल

पेसागत हकहितको संरक्षणजग्गालाई अब्बलदोयमसिम र चाहार गरी ४ भागमा विभाजनघरजमिन बेचविखन गर्न र बन्धक राख्न पनि पाइने व्यवस्थामानापाथीढक तराजुमा सुधारचारवर्ण छत्तीस जातको सामाजिक व्यवस्थाजातीय पेसा र पहिरनको व्यवस्थागोपाल राजवंशावलीको रचना

यक्ष मल्ल

भक्तपुर तौमडी टोलको मन्दिर दत्तात्रय मन्दिरयक्षश्वर मन्दिरललितपुरको भीमनाथ मन्दिर स्थापनारत्न मल्ल तामाको मुद्रा प्रचलनतलेजु मन्दिर निर्माणपशुपतिमा दक्षिणकालीसप्तर्षि र अष्टमातृकाका मूर्ति स्थापना

महिन्द्र मल्ल

उपत्यकामा चाँदीको मोहोर (महेन्द्र मल्ली) चलाएकातलेजुनजिक महेन्द्रेश्वर महादेव मन्दिर निर्माण

लक्षमी नरसिह मल्ल

नुवाकोट भैरवी मन्दिरको जिर्णोद्वार गराएर पाँचवटा सुनका गजुर चढाएकामखनको शिवालय स्थापनाकाष्ठमण्डप निर्माण,

प्रताप मल्ल

तलेजु भवानीको मन्दिरअगाडि खम्बा गाडेर सुनको मालम्वा लगाइएको धातुको सिंह स्थापना (१६९९)हनुमान ढोका दरवारको विस्तारमोहनचोकसुन्दरी चोकनासलचोकभण्डारखाल बगैँचाको निर्माणहनुमानढोकादरवारक्षेत्रमा विश्वरूपको सुनौलो मूर्ति स्थापनाहनुमानढोका बाहिर २ वटा हनुमानका मूर्ति स्थापनानासलचोकमा नृसिंहको मूर्ति स्थापनारानीपोखरी निर्माणगुहेश्वरीदक्षिणकालीको स्थापनापशुपतिमा कोटिलिङ्ग स्थापना

जय प्रकाश मल्ल

कुमारीचोक स्थापनाकुमारीको रथयात्रा आरम्भबालाजुको २२ मध्ये २१ धारा निर्माण

सिद्धिनर सिह मल्ल

पाटनको कृष्ण मन्दिर निर्माणभण्डारखालको धारा पोखरी निर्माण

जगज्योति मल्ल

भक्तपुरमा विस्केट जात्रा सुरू गरेका

भुपतिन्द्र मल्ल

भक्तपुर दरबार क्षेत्रका कलाकृति५५ झ्याले दरबारमालती चोक निर्माण ।

 

 

 

 

 

धर्म, संस्कृति र जीवनको बहस

  धर्म , संस्कृति र जीवनको बहस अरूणा उप्रेति अनलायन खबर,   २०७७ साउन १८ गते १०:३४ ‘ नो वर्त प्लिज’ गीतको बोललाई लिएर मैले हिन्दु ‘जागर...