भोलिको पुस्ताले के हेर्ला ?
देवीदेवता राख्ने स्थान– द्य छें, विभिन्न संस्कृति मनाउन चाहिने खुला ठाउँ– ख्य:, वृद्धवृद्धालाई बसिबियाँलो गर्न बनाइएका फल्चा, लाछी, व्यवस्थित पानीका स्रोत– इनार, ढुंगेधारा, राजकुलो, यी स्रोतलाई सफा राख्न हरेक वर्ष मनाइने पर्व, सिठी नख: । उपत्यकामा अकाल पर्दा सुुरु भएको मानिने वर्षाको देवताको पूजा र यस्तै अनेक किंवदन्तीका आधारमा मनाइने चाडपर्व उपत्यकाका सांस्कृतिक सम्पदा हुन् ।
के हामी हजारौं वर्षदेखि संरक्षित उपत्यकाका यी प्राचीन सांस्कृतिक सम्पदा नयाँ पुस्तालाई हस्तान्तर गर्न सक्षम छौं ? जुन रूप र गतिमा काठमाडौं उपत्यकाका सांस्कृतिक सम्पदाहरूमाथि अतिक्रमण भइरहेको छ, जसरी यहाँका धार्मिक पीठ, खेतीयोग्य जमिन मासिंँदैछन्, यही गति कायम रहे उपत्यकाको वैभवका रूपमा रहेका नेवारी सभ्यता भावी पुस्ताले देख्न–भोग्न पाउने छैनन् ।
अर्थात भावी पुस्ताले यहाँको स्थानीय संस्कार र संस्कृति के हो ? मौलिक वास्तुकला कस्ता थिए ? सामाजिक अवस्था कस्तो थियो ? भाषा, लवाइ, खवाइ कस्ता थिए ? स्थानीय र रैथाने कृषि उपज के थिए ? कस्ता निर्माण सामग्री प्रयोग गर्थे ? भन्ने भेउ पाउने छैनन् ।
एउटा उदाहरण लिउँ– सेतो मछिन्द्रनाथको प्रांगणमा ‘द्य छें’ (देउताको घर) बन्दैछ । दिगी छें पनि भनिन्छ, यसलाई । निकै ठूलठूला पिलर, बिम राखेर भूकम्प प्रतिरोधी बन्दैछ, घर । पिलर र बिम रहेको भवनमा स्लाब ढलान गरिएको छैन । बरु बिममा चुकुल बाँधेर चौडा दलिन हालिएको छ ।
त्यसमाथि फल्याक ठोकिएको छ । सबै बिमहरूलाई फल्याकले छोप्ने कार्य चलिरहेको छ । इँटाका भित्तालाई परम्परागत टायलले छोपेर पाटी निर्माण हुँदैछ । वास्तु प्रविधिको अद्भुत प्रयोग भइरहेको छ । यसले न परम्परागत वास्तुकलालाई प्रतिनिधित्व गर्छ, न आधुनिक ।
यस्ता उदाहरण सहरभरि भेटिन्छन् । चाहे त्यो सम्पदा पुनर्निर्माण होस् वा निजी घर । परम्परागत वास्तुकला झल्किनेगरी झ्याल, ढोका, इँटाका बुट्टाहरू प्रयोग गरी बनेका यस्ता घरहरूले मौलिक वास्तुकलाको प्रतिनिधित्व पक्कै गर्दैन ।
जस्तो शिक्षा, उस्तै प्रयोग । अधिकांश नववास्तुकलाविद्हरू आधुनिक प्रविधिलाई नै सबैभन्दा उत्तम ठान्छन् । बलियो मान्छन् । उनीहरूले नपढेका होइनन्– घर निर्माणमा प्रयोग हुने निर्माण सामग्री र सीप पनि परम्परागत वास्तुकलाका अंग हुन् । वास्तुकलाका गुरुहरू भन्छन्, यी सांस्कृतिक सम्पदा उपत्यकाको प्राकृतिक वातावरणलाई ध्यानमा राखेर बनाइएका थिए । मानव निर्मित संरचना र प्राकृतिक वातावरणबीच गहिरो अन्तरसम्बन्ध थियो ।
आज हामी सहरीकरण, पूर्वाधार विकास, तीव्र आर्थिक प्रतिस्पर्धा, बजार विस्तार, ठूलठूला संरचना निर्माणको होडमा छौं । नयाँ प्रविधि र निर्माण सामग्रीको प्रयोग गरी भइरहेको यो होडले व्यापक वातावरण प्रदूषण निम्त्याएको छ । विश्वव्यापी रूपमै भइरहेका यी गतिविधिलाई संस्कृति र सम्पदा विरोधी गतिविधि मानिन्छन् ।
२०७२ सालको महाभूकम्पले उपत्यकाका निजी घरहरू र अधिकांश सम्पदाको विनाश गर्यो । सम्पदा संरक्षणमा भूकम्प थप चुनौती बनिदियो । महाभूकम्पको पीडा आलो छँदै पूर्वाधार विकासका नाममा सम्पदा सहरहरूको अस्तित्व नै नामेट हुनेगरी तयार पारिएको पूर्वाधार विकासका बृहत आयोजनाले स्थानीयबासीलाई झन् प्रताडित बनायो ।
त्यस्तै सरकारले उपत्यकाभित्र थप दस नयाँ सहरको निर्माण गर्ने योजना बनाएको छ । यी आयोजनाहरू कार्यान्वयनमा आए उपत्यकाको सम्पदा र संस्कृति पूर्णरूपमा विलुप्त हुने सम्पदाप्रेमीहरूको दाबा छ । यस्तो समस्या हामीकहाँ मात्रै सीमित छैन । विश्वका अन्य देशमा पनि हाइवे, एक्सप्रेस वे, ड्याम निर्माणका क्रममा सम्पदा नाशिएका र अतिक्रमण भएका उदाहरणहरू थुप्रै छन् ।
सम्पदा र संस्कृतिसँगै मानव सभ्यता र सहर विकासको इतिहास पनि जोडिन्छ । ऐतिहासिक सम्पदा र संस्कृति बाँचिरह्यो भने त्यस स्थानको पहिचान र इतिहास पनि बाँचिरहन्छ । वास्तुकलाविद् मणिन्द्र श्रेष्ठ भन्छन्– ‘सडक निर्माण, जलविद्युत आयोजना निर्माण र प्रसारण लाइन निर्माण गर्दा वातावरण प्रभाव मूल्यांकन गरिन्छ । सहरको विस्तार, विकास र सडक विस्तारका योजना बनाउँदा कानुनमा रहेको ‘सम्पदा प्रभाव मूल्यांकन’को प्रावधानलाई कार्यान्वयन गर्नसके यसले सम्पदा र संस्कृतिमा पर्नसक्ने सम्भावित असर र अतिक्रमण न्यून गर्न मद्दत गर्नेछ ।’
नियमित रूपमा रेखदेख सम्पदा संरक्षणकालागि अति आवश्यक कार्य हो । लामो समयसम्म वास्ता नगर्दा सम्पदा निर्माणमा प्रयोग भएका निर्माण सामग्री जीर्ण बन्दै जाने र क्षति सोचेभन्दा बढी हुने गर्छ ।
सहरीकरण र जनसंख्या वृद्धिले उपत्यकामा बचेखुचेका खेतीयोग्य जमिन र सम्पदा नाश हुने क्रम बढेको छ ।
विकास प्रक्रियामा यस्तै हुने हो भन्ने सहरी योजनाकारको भनाइ रहे पनि सम्पदाप्रेमीहरू यसलाई विनाश ठान्छन् । यसले सम्पदाप्रेमी, स्थानीय बासिन्दा र सहरी योजनाकारहरूबीच नयाँ सहर निर्माणका विषयमा मतभिन्नता बढेको छ । सम्पदाविद्हरू भन्छन्– ‘सहरी योजनाकारहरूमा सम्पदा बचाउनुपर्छ भन्ने हेक्का निकै कम छ ।’
सहरी योजनाकारहरू भन्छन्– जग्गा नमासी सडक, बिजुली, रेल, रंगशाला आदि कुन देशमा बनेको छ र ? सम्पदाको महत्त्वनबुझ्दा यस्ता प्रश्न आउनु स्वाभाविक हो । सम्पदाहरूले भरिएको सहरको सम्बन्ध जनजीवन, रहन–सहन, संस्कृति जस्ता मानवशास्त्रीय र समाजशास्त्रीय ज्ञानहरूसँग हुन्छ । यी विषयलाई सहरी योजनाकारहरू वास्ता गर्दैनन् ।
नयाँ पुस्ताका प्राविधिकहरू सर्वसुलभ रूपमा पाइने आधुनिक प्रविधि र निर्माण सामग्रीलाई प्राथमिकता दिने गर्छन् । उनीहरू परम्परागत प्रविधि र निर्माण सामग्री प्रयोग गरी सम्पदा पुनर्निर्माण गर्न सकिन्छ भन्ने तर्कलाई समयानुकूल ठान्दैनन् । वास्तुविद् श्रेष्ठ भन्छन्– ‘हाम्रा परम्परागत निर्माण प्रविधि र सामग्री पनि हाम्रा सम्पदा हुन् । यी परम्परागत प्रविधिसँग आधुनिक इन्जिनियरिङको कुनै तुलनै हुन सक्दैन । आधुनिक प्रविधिको आफ्नो छुट्टै स्थान छ ।’
उपत्यकाका सांस्कृतिक सम्पदाको संरक्षणको चर्चा चल्दा यसको विश्वव्यापी महत्त्व बिर्सनु हुँदैन । उपत्यकाको सम्पदा सांस्कृतिक पर्यटनका दृष्टिकोणले निकै महत्त्वपूर्ण मानिन्छ । तर पर्यटन र पर्यटकका लागि सम्पदा जोगाउनुपर्छ भन्ने तर्क गलत हो । वास्तुविद् श्रेष्ठ भन्छन्– ‘सम्पदा भनेको आफ्नो इतिहास, परम्परा र पहिचानसँग गाँसिएको कुरा हो । यसलाई पहिले आफ्नोलागि जोगाउनुपर्छ । यो चेतना नआएसम्म सम्पदा संरक्षण हुन सक्दैन ।’
नयाँ पुस्ताका वास्तुविद्हरूलाई परम्परागत प्रविधि अर्थात इँटा, माटो र काठबाट बन्ने संरचनाको महत्त्व बुझाउन अति आवश्यक भइसकेको छ । परम्परागत प्रविधिबारे ज्ञान हस्तान्तरण नहुने हो भने पारम्परिक प्राविधिक सीप लोप हुनेछ । सम्पदा संरक्षण सरकारको मात्र दायित्व पक्कै होइन । यसको संरक्षणमा सर्वसाधारणको भूमिका अहम् हुन्छ ।
रानीपोखरी, काष्ठमण्डप पुनर्निर्माणका क्रममा गैरपारम्परिक निर्माण सामग्री र प्रविधिको प्रयोग रोक्न जनस्तरबाट भएको हस्तक्षेप र विरोधले दिएको सन्देश यही हो ।
सम्पदा माथिको यो डरलाग्दो अतिक्रमण कसले रोक्ने ? नगरपालिका, स्थानीय निकाय, पुरातत्त्व जस्ता नियामक निकायको आँखा छलेर घर निर्माण त पक्कै होला । तर सम्पदा र सभ्यताको हस्तान्तरण भने रोकिनेछ । प्रकाशित : मंसिर २२, २०७५ ०८:००
जुन रूप र गतिमा काठमाडौं उपत्यकाका सांस्कृतिक
सम्पदाहरूमाथि अतिक्रमण भइरहेको छ, जसरी यहाँका धार्मिक पीठ, खेतीयोग्य
जमिन मासिंँदै छन्, यही गति कायम रहे उपत्यकाको वैभव के होला ?
काठमाडौँ — काठमाडौं उपत्यका सम्पदा सहरहरूले
धनी छ । पूर्व, पश्चिम, उत्तर, दक्षिण चारैतिर छरिएर बसेका स–साना बस्तीहरू–
हरिसिद्धि, लुभु, ठेचो, बज्रबाराही, साँखु, खोकना, टोखा, इचंगु, चाँगु, मनमैजु, धर्मस्थली, सिद्धिपुर, इन्द्रायणी, हाँडीगाउँ, बज्रबाराही
आदि सहरहरूमा मनाइने चाडपर्वहरू यहाँको मौलिक सांस्कृतिक एवं ऐतिहासिक सम्पदा हुन् ।
अर्थात् सम्पत्ति, वैभव, धन । यस अर्थले यहाँका विभिन्न सम्पदा र संस्कृति राष्ट्रिय वैभव हुन् ।
सांस्कृतिक सम्पदाले
प्राचीन मानव बस्ती,
तिनका ऐतिहासिक एवं
परम्परागत वास्तुकला,
जात्रा–पर्व, रहनसहन, संस्कार
र संस्कृति आदिलाई बुझाउँछ । प्राचीन सहर वा गाउँको बनावट, त्यहाँका
घरहरू, बाटोघाटो, गोरेटो, चोक, पाटी–पौवा, पोखरी, मानव निर्मित
थुप्रै संरचना । देवीदेवता राख्ने स्थान– द्य छें, विभिन्न संस्कृति मनाउन चाहिने खुला ठाउँ– ख्य:, वृद्धवृद्धालाई बसिबियाँलो गर्न बनाइएका फल्चा, लाछी, व्यवस्थित पानीका स्रोत– इनार, ढुंगेधारा, राजकुलो, यी स्रोतलाई सफा राख्न हरेक वर्ष मनाइने पर्व, सिठी नख: । उपत्यकामा अकाल पर्दा सुुरु भएको मानिने वर्षाको देवताको पूजा र यस्तै अनेक किंवदन्तीका आधारमा मनाइने चाडपर्व उपत्यकाका सांस्कृतिक सम्पदा हुन् ।