Thursday, May 23, 2019

भाषा अर्थात् क्हे-क्युई


भाषा अर्थात् क्हे-क्युई
छम गुरुङ
फुर्सद
 १४ बैशाख २०७६ १२:३२:००
नेपालभित्र बोलिने सबैजसो भाषाको यथाशक्य प्रयोग गरेर हाम्रो भाषालाई समृद्ध र विविधतामूलक बनाउने अभिप्रायमा सानो प्रयास हो, यो शब्दकोश- स्तम्भ।
अंग्रेजी भाषाले संसारका विभिन्न भाषामा प्रचलित शब्दलाई आफ्नो शब्दकोशमा प्रविष्टि दिइरहेको छ। उनीहरूको शब्दकोश मोटाइरहेको छ, तर नेपालमा धेरै भाषा-भाषिका बोलिए पनि हाम्रा शब्दकोश भने पातला नै छन्। हाम्रो ‘मूलधारे’ शब्दभण्डार सीमित छ।
नेपालमा गुरुङ (तमु) जातिको खास रैथाने क्षेत्र गण्डक हो। गण्डक आसपासका जिल्ला, प्रायः देशैभर र बाहिरसमेत संसारका कुनाकुनामा गुरुङ बसोबास गर्दै आएका छन्। ऐतिहासिक आदिथलो भने क्होल-साेंथर हो, यो अन्नपूर्ण हिमशृंखलाको काखमा पर्छ। 
यो जाति (राष्ट्र)को सभ्यता आरम्भ ह्वाङ्हो नदी सभ्यताबाट भएको लगभग सबै विद्वान्हरूको मत छ। विभेदकारी नीतिका साथै तीव्र भूमण्डलीकरणका कारण यो समुदायमा पनि भाषा, संस्कृति, कला-साहित्य धरापमा पर्दै गएको छ। भाषा नै कुनै पनि जातिको खास आधार हो। संसारका हजारौं भाषाको जति मूल्य छ, गुरुङ भाषाको मूल्य पनि बराबर छ। 
एकै समुदायभित्र पनि भूगोलको दूरी र ऐतिहासिक बसाइसँगै भाषामा अलिअलि फरक पर्दै जानु स्वाभाविक हो। भाषाका दृष्टिले तमु समुदाय निकै सम्पन्न रहे पनि यसको अध्ययन-अनुसन्धान र प्रकाशन पर्याप्त हुन सकेको पाइँदैन। 
राज्य वा शासक वर्गले एकात्मक जातीय राज्य प्रणाली अवलम्बन गर्नु, एकल भाषा-संस्कृतिको पक्षपोषण, लाहुरे लडाकु संस्कृति लादिदिनु, उचित साहित्यिक र शैक्षिक-पाठ्यक्रमिक वातावरणको अभाव हुनु, पठन-लेखन संस्कृतिको अभाव हुनु, प्रकाशन प्रसारण गर्ने स्थान र वातावरण त्यति सजिलै उपलब्ध नहुनु तथा सरकारी तवरबाटै प्रोत्साहनको अभाव हुनु आदि हुन्। 
गुरुङ भाषाका केही शब्द र तिनका अर्थ :
स्योबो/छ्याजलो/फ्यो  -   नमस्ते
म्ही   -  मान्छे
तीस्या-खत्र्या   - एकै छिन
खेम्च्ये/खिजे -     छिमेकी
प्वो/ताँ   -  कुरो
पोख्र  -   पोखरा
मार  -   सुन
खी   -  पैंचो
क्यु  -   पानी
     -माटो/पृथ्वी/दाँत
कू   -  छाती/नौ
क्रोब/ङुँ  -   रुनु
दो/आरे   -  छैन
च्ह-च्हमी -    छोराछोरी
धीं/किम्  -   घर
घोदा  -   मानिस मरेको ठाउँमा जानु
पाह/च्यि    - रक्सी
प्वा भुटेको  -   अन्न
कुन्दो   -  महिना र बाख्रा
त्हार्बु   - भेडाको मही सुकाएर बनाएको रोटी
नुलुलु/धेम्पो  -   काम ढिलो गर्ने
प्रो  -   बिहे नगरी जन्माएको बच्चा
प्ह्री  -   अक्षर
फयाँ    - लक्ष्यमा नपुगी अन्त जानु
मी   -  आगो
क्हे/क्युई    - भाषा
ह्यूल   -  देश
स्योंली  -   मन्त्री
लू/प्लु  -   बीउ
पादे/क्हइडु    - गुन्द्रुक
छों/छोङ  -   व्यापार
म्हुइसा/मुन्दम -    अँध्यारो
स्यार्बु/क्येपो   -  कटुवाल
पोलो/च्येर  -   सिस्नु
  -   नाक
कुनी/कुन्दी    - ढिकी
के  -   भारत
कोएँ/क्वोला  -   लुगा
नरे/नाङ्रे   -  कोदो
सिब मर्नु/   - मृत्यु
सङ्ली/सङ्गु    - भूकम्प
चान्दी/खाँयी - सकियो/ समाप्त
छम गुरुङ समाजशास्त्रमा स्नात्कोत्तर तहमा अध्ययनरत छन् ।


Societies of Nepal

 Societies of Nepal  Nepali society is incredibly diverse, shaped by over 142 distinct ethnic groups and multiple religious beliefs that oft...