Monday, May 20, 2019

हराउँदै लामा खाम बोली


हराउँदै लामा खाम बोली
सिमकोट — हुम्लाको उच्च हिमाली भेकमा बोलिने लामा खाम बोली भाषा जनजिब्रोबाट हराउँदै जान थालेको छ स्थानीय बासिन्दा सहरबजारतिर बसाइँ सर्नु युवापुस्तामा भाषाप्रति मोह हराउँदै जानुले यो संकटमा पर्न लागेको हो।लामा खाम हुम्लाका लामा समुदायको मातृभाषा हो
यसकोआफ्नै लिपि छैन तर, गौतम बुद्धले सुरु गरेको लिपिलाई उनीहरूले आफनो भाषाको लिपि मान्दै आएका छन् लामा सांस्कृतिक मञ्च, हुम्लाका अध्यक्ष धर्मनन्द लामा आफ्नो लिपि नहुँदा गाह्रो भएको बताउँछन् ‘हाम्रै समुदायका मान्छेहरू पनि नेपाली भाषा बोल्छन् नेपालीमै कामकाज गर्छन्,’ उनले भने, ‘आफ्नै भाषामा काम गरे पनि त्यसलाई नेपालीमा उल्था गर्नुपर्ने बाध्यता छ, यसले गर्दा मातृभाषा बिरानो हुन थालिसक्यो

नाम्खा गाउँपालिकाको पूरै क्षेत्र र सिमकोट गाउँपालिकाको वडा १ को डोजाम, वडा ३ को बरागाउँ, लिमाटाङ र चोर्पा तथा वडा ४ को बुरौंसेमा लामा खामभाषीको संख्या अधिक छ सिमकोट का वडाध्यक्ष जिङनेत लामाले उक्त वडामा लामा खाम भाषा बोल्न सक्ने स्थानीयको संख्या हजार सय ४७ रहेको बताए

त्यस्तै, डोजाममा करिब ६ सय र बुरौंसेमा करिब ७ सयको संख्यामा लामा खामभाषीको संख्या रहेको सम्बन्धित वडाका अध्यक्षहरूले जानकारी दिए नाम्खामा भने करिब हजार सय व्यक्तिलाई लामा खाम भाषा बोल्न आउने गाउँपालिका अध्यक्ष विष्णु लामाले बताए लामा खाम भाषासँग यति ठूलो संख्याको सम्बन्ध रहे पनि प्रचलनमा नरहनु संवाद गर्दा नेपाली भाषाको सहारा लिनु विडम्बना रहेको लामा सांस्कृतिक मञ्चका अध्यक्ष लामा बताउँछन्

आप्mनो क्षेत्रमा बोलिने मातृभाषाको प्रवद्र्धन गर्ने जिम्मेवारी स्थानीय तहको पनि हो यसलाई स्थानीय तहले पाठ्यक्रम बनाई लागू गर्दा भाषा संरक्षणमा टेवा पुग्न सक्छ तर, लामा खाम भाषा बोलिने क्षेत्रका विद्यालयमा यो भाषा पाठ्यपुस्तकमा समावेश छैन नाम्खा गाउँपालिका अध्यक्ष लामा यहाँको मातृभाषालाई विद्यालय तहको
पाठ्यपुस्तकमा समावेश गर्न आवश्यक भए पनि हालसम्म समावेश गर्न नसकिएको बताउँछन् ‘आगामी आवमा हामीले लामा खाम भाषालाई विद्यालयको स्थानीय पाठ्यक्रममा समावेश गर्ने सोच बनाएका छौं,’ उनले भने, ‘यसो गर्न सकियो भने मातृभाषा जोगाउन टेवा पुग्न सक्छ।’ पाठ्यक्रम बनाइहाले पनि यो भाषा पढाउने शिक्षकको भने समस्या हुने उनले बताए

सिमकोट गाउँपालिका ३, लिमाटाङका रिनजिन लामा मातृभाषाको जगेर्ना गर्न सरकार र सरोकारवालाले विशेष पहल गर्नुपर्ने बताउँछन् बेलैमा ध्यान नदिए आफ्नै भाषा भुल्ने अवस्था आउने उनको भनाइ ‘हामीभन्दा पछिल्लो पुस्तालाई बेलैमा यो भाषा सिकाउनुपर्छ,’ उनले भने, ‘पुरानो पुस्ताले भाषा बोल्दै आए नयाँले बिर्संदै जान थालेको छ।’

लामा खाम भाषा आफ्नै थलोबाट लोप मात्र हुने अवस्थामा मात्र पुगेको छैन, सरकारको आधिकारिक अभिलेखमा समेत अहिलेसम्म राखिएको छैन भाषा आयोगका अध्यक्ष लवदेव अवस्थीले स्थानीय तहका जनप्रतिनिधिले लामा खाम भाषाबारे जानकारी दिए पनि अनुसन्धान गर्न नसकिएको बताए

छपाल लामा (प्रशिक्षार्थी)
प्रकाशित : जेष्ठ १, २०७६ १०:१२


Societies of Nepal

 Societies of Nepal  Nepali society is incredibly diverse, shaped by over 142 distinct ethnic groups and multiple religious beliefs that oft...