महिलाले ताने रातो मच्छिन्द्रनाथको रथ
काठमाडौँ — अन्न र सहकालका देवता भनिने रातो
मस्त्येन्द्रनाथको रथयात्रा गर्ने क्रममा शुक्रबार महिलाले रथ तानेका छन् । रथ तान्ने काममा पुरुष मात्रै संलग्न हुँदै
आएपनि परम्परा जोगाउँदै महिलाले रथ तानेका हुन् । महिलाहरुले शुक्रबार बिहान ६ बजे लगनखेलमा रथ
तानेका हुन् ।
मच्छिन्द्रनाथलाई पाटन परिक्रमा गराउने क्रममा
लगनखेलको थट्टीटोलमा पुग्दा हराएको र एक जना महिलासँग रहेको थाहा पाएपछि उनलाई
पूजा गरी फर्काएको स्मरणमा एक दिन महिलाले नै रथलाई तान्ने परम्परा रहेको छ ।
त्यसैअनुरूप प्रत्येक वर्ष जावलाखेलमा
मच्छिन्द्रनाथको जात्रामा त्यो भोटो कसैको हो भनी प्रमाणसहित आउनु भन्ने तत्कालीन
राजाको आदेशअनुसार सबैलाई देखाउने परम्परा चलेको बताइन्छ ।
प्रकाशित : kantipur, जेष्ठ ३,
२०७६ ०९:४२