Thursday, May 23, 2019

हामी डोल्पाली भउवा


हामी डोल्पाली भउवा
 २८ बैशाख २०७६ १२:१४:००
डोल्पा भूगोलका दृष्टिले नेपालको सबैभन्दा ठूलो जिल्ला हो। एकै जिल्लाभित्र पनि सामाजिक-सांस्कारिक अनि भाषिक र भौगोलिक विविधता छ। डोल्पाको उत्तरी भेगमा लामा खाम भाषीको बोलिन्छ भने दक्षिणमा खस। खस भाषामा बोलिने केही शब्द यहाँ संकलित छन् :  
 अगेर     अगाडि
आङ् जीउ÷    शरीर
आर्लया      भेडाको पाठा
इतिगा      धेरै
ऐति      अस्ति 
ओद्दिनु      भत्कितु वा च्यातिनु
औँठ्याइ      जिद्दी
औँठो     औँलो
कप्पल     टाउको र शिर 
कचिलो      रुझेको वा भिजेको
क्यान      किन
क्वानी      खै कुन्नी
कुर्या      बाटा वा डवरा
कैतरीरकहरी      कसरी
कैतो      कस्तो
कैर्तया      कस्तो खालको 
कोछ्या      दौरा
खत्यानो      खात वा चाङ् वा थुप्रो 
खाट्या      खाट
खोप्या      कराईं
खोब्रो     कुनो
गाबुन      गुन्यु
ग्वालो      गोठालो
घट्टाल्या     पीठो राख्ने थैलो
घट्टालो      घट्ट पिसेको हेर्ने मान्छे
घाप्चिलो      सानो ओडार
घुरो      घुँडो
चुन्या      चुहिने 
चोर्रिया     मात्तिएको
चोलो      चोली 
छकल्या      बिहान
छाछौरी      बच्चाबच्ची 
छोट्या      केटी
छोट्टी      केटी 
जात्तु      तीर्थालु
जिगलो      सुरवाल 
ज्यू     हजुर
जोइ         श्रीमति÷स्वास्नी
टुटिलो      डल्लो फोको
डाँरा      डाँडा
डाव      ठूलो खेत
त्यकनरत्यैति      त्यसलाई÷उसलाई वा त्यो÷
तलि      तल
थपर्‍याउनु     थप्पड हान्नु
थान     मन्दिर
थोलो      मुख
दिउँअ      दिउँसो
दे      खै
देउता      देवता
धऊ      हो है 
धौ      गाह्रो
नह्ट्टो      पिठ्यू र ढाड
नाक्चो      नाक
नापा      थोरै 
नानो      सानो
निजर्को     बिना झर्को वा आनन्द
नुंग्रा      नङ
पिन्यारो      पधेँरो
पअरी      पर्सि
पाटो      सानो खेत
पाङ्री      सानो ताउलो
पोइ         श्रीमान् लोग्ने
फट्टी     फटाहा
बल्द     गो
ब्याँठा र लुत्या      बाख्राको पाठा
बरु÷बज्या      हजुरबा÷हजुरआमा
बलैको     केही न कामको
बान्नो     पर्खाल भित्तो
बिली     हिजो
बिस्सिनु      आराम गर्नु वा थकाइ मार्नु
बुन      बन
भउति      धेरै 
भउवा      छोराछोरीभ
भुइँया      भुइँमा
भाउनु      जोत्नु 
भुस्या      तमाखु वा कक्कड
भोल      भोलि
मकन÷मैति      म वा मलाई 
मट      बाट
मयल     मैलो
मुन्टो      घाँटी
मुन्याउनु      घाँटी समातेर न्याक्नु
मैरो      घर भित्रको भुँइ
यइर्तया      यस्तो खालको 
यैतो      यस्तो
रुँवा      रौँरकेश
लभार्नु      ढाँट्नु
लादो      पेट÷भुँडी
साँघु      पुल
होटो      आँगन
 
 
 
नेपालभित्र बोलिने सबैजसो भाषाको यथाशक्य प्रयोग गरेर हाम्रो भाषालाई समृद्ध र विविधतामूलक बनाउने अभिप्रायमा सानो प्रयास हो, यो शब्दकोश— स्तम्भ। अंग्रेजी भाषाले संसारका विभिन्न भाषामा प्रचलित शब्दलाई आफ्नो शब्दकोशमा प्रविष्टि दिइरहेको छ। उनीहरूको शब्दकोश मोटाइरहेको छ, तर नेपालमा धेरै भाषा-भाषिका बोलिए पनि हाम्रा शब्दकोश भने पातला नै छन्। हाम्रो ‘मूलधारे’ शब्दभण्डार सीमित छ।
शब्दकोश बहुभाषिक-बहुभाषिकीय हुन सकेको छैन। हाम्रै नेपाली दाजुभाइले बोल्ने भाषालाई ‘आगन्तुक’ भनेर पढाइरहेका छौं, हामी। यस ‘शब्दकोश’ स्तम्भमा तपाईं आफ्नो समुदाय-क्षेत्रका भाषाभाषिका-बोली संकलन गरेर पठाउन सक्नुहुन्छ।


किरातको इतिहास : को हुन् किरात राई ?

  किरातको इतिहास : को हुन् किरात राई ? डा. भक्त राई , लोकपाटी न्यूज ६ माघ २०७६ , सोमबार किरात शब्द अनेक जातिहरूलाई बुझाउने पुञ्ज हो। कि...