Monday, May 20, 2019

थरीथरी संस्कृति एउटै चाल


थरीथरी संस्कृति एउटै चाल

चैत्र २५, २०७५हरि गौतम

रुकुम पश्चिम — एकै खालका कार्यक्रम भइरहने मुसीकोटस्थित बराहटाकुरा टुँडिखेल आइतबार भने फरक देखियो स्थानीयवासी आ–आफ्ना मौलिक पोसाकमा थिए नै, प्रस्तुति पनि मौलिक थियो

जिल्लापिच्छेका आआफ्नो मौलिक संस्कृति र परम्परा झल्कने झाँकीसहित बराहटाकुरा भरिएको थियो। एक ठाउँकाले अर्को ठाउँको संस्कृतिबारे बुझ्ने र बुझाउने मौका पाए

प्रस्तुति दिन आएका त मौलिकतामा थिए नै, निम्त्याइएका अतिथि पनि भिन्न शैलीमा देखिए कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाही, प्रतिनिधिसभा सदस्य जनार्दन शर्मा, नेता मणि थापा, जनवादी गायक जीवन शर्मालाई पनि जिल्लावासीले स्थानीय वेशभूषा स्टकोट, कमिज, टोपीको साथमा छर्रा धरो हाल्न लगाए

 जिल्ला समन्वय समितिले यस्तो मौका जुराइदिएको हो बृहत् सांस्कृतिक सम्मेलन नाम दिइएको कार्यक्रममा कर्णालीका साथै नम्बर प्रदेशका जिल्लाको पनि सहभागिता रह्यो रुकुम पश्चिमका वटै स्थानीय तहका विभिन्न विधा तथा कर्णालीका केही जिल्ला तथा नम्वर प्रदेशको रुकुम पूर्वको एक/एक विधाका मौलिक संस्कृति झल्कने प्रस्तुतिसहित बराहटाकुरामा बृहत् सांस्कृतिक सम्मेलन सुरु भएको हो 

जिल्लाभित्र रहेका सबै मौलिक कला, संस्कृतिको प्रवर्द्धन, संरक्षण र प्रचारप्रसार गर्ने उद्देश्यसहित यो सम्मेलन आयोजना गरिएको हो,’ जिल्ला समन्वय समिति प्रमुख राजकुमार शर्माले भने, ‘कर्णाली प्रदेशभरका सांस्कृतिक कुराको आदानप्रदान तथा एक–अर्कालाई चिन्ने चिनाउने अपेक्षा पनि राखिएको छ।’ पौराणिक र मौलिक लोककला तथा संस्कृतिको उजागर गर्ने र त्यसको प्रचारप्रसार गरी पर्यटनको विकास गर्ने उद्देश्यले पनि सम्मेलन आयोजना गरिएको शर्माले बताए 

कला, संस्कृतिको संरक्षण, प्रवर्द्धन र प्रचार, समृद्धि र समाजवादको आधार’ नारासहित आयोजना गरिएको सम्मेलन मंगलबारसम्म चल्नेछ सम्मेलनमा जिल्लाका वटै स्थानीय तहले कला, संस्कृतिको एक/एक विधा प्रदर्शन गर्नेछन् त्यस्तै अन्य जिल्लाबाट आएका कलाकारले आफ्नो जिल्लाको मौलिक संस्कृति समेटिएको प्रस्तुति दिनेछन् जिल्ला भित्रका सिंगारु, पैसेरु, मयूर, पञ्चेबाजा, पापिनी नाच, ठाडी भाका, भूम्या, लगायतका गीत तथा नाच प्रदर्शन गरिने बताइएको छ 

कार्यक्रममा बोल्दै कर्णाली प्रदेशका मुख्यमन्त्री शाहीले परिवर्तनका लागि सांस्कृतिक सम्मेलन महत्त्वपूर्ण साबित हुने बताए ‘विकास भनेको संरचनामा मात्रै हुँदैन, होइन पनि,’ मुख्यमन्त्री शाहीले भने, ‘मान्छेको सोचमा, धारणामा, संस्कृति र संस्कारमा विकास हुनु पनि परिवर्तन हो।’ प्रदेशका सबै मौलिक परम्परा संस्कृति आदाप्रदानका लागि सांस्कृतिक सम्मेलन कोसेढुंगा साबित हुने उनले बताए

प्रकाशित : kantipur, चैत्र २५, २०७५ ०८:३३

 

Societies of Nepal

 Societies of Nepal  Nepali society is incredibly diverse, shaped by over 142 distinct ethnic groups and multiple religious beliefs that oft...