लोपोन्मुख
मेचे समुदायको पहिलो साहित्य सम्मेलन
काँकडभिट्टा — झापामात्रै यस्तो जिल्ला हो, जहाँ सरकारले अनुसुचित गरेका आदिवासी जनजातिमध्ये अधिकांशको
बसोबास छ । जसमा लोपोन्मुख आदिवासी मेचे पनि छन् । यो समुदायले शनिबारदेखि नेपालमा पहिलो पटक बोडो–मेचे साहित्य
सम्मेलन आयोजना गरेको छ । प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले सम्मेलन उद्घाटन गरे ।
दुई दिने महोत्सवमा मेचेहरुको पुर्ख्यौली थलो भारत असमबाट
करिव दुई सय हाराहारीमा सहभागी भएका छन् । उक्त महोत्सवमा उनीहरुले आफ्नो साहित्य
र संस्कृतिको चर्चा गर्ने मानवशास्त्री सन्तलाल मेचेले जनाए ।
मेचे सिवियारी आफातले आयोजना गरेको सम्मेलनमा उनीहरुको भाषा,
संस्कृति र रहनसहनबारे पनि बहस हुने छ । यो
समुदाय झापाको मेचीनगर, दमक,
धाइजन, ज्यामिरगढी,
चकचकी, जलथल,
भद्रपुरलगायतका स्थानमा बस्छन् । २०६८ सालको जनगणना अनुसार
मेचेहरुको जनसंख्या ४ हजार ८ सय ६७ छ ।