Thursday, August 06, 2020

कोइलीकै आवरणजस्तो देखिएको छ, पोसाक

 

कोइलीकै आवरणजस्तो देखिएको छ, पोसाक

कान्तिपुर, कोसेली, २०१८ श्रावण ७

कालो मखमली चौबन्दी चोलीखैरो–फुस्रे रंगको फरियाकम्मरमा कसेका छन् पटुकी । शिरदेखि आधा शरीर ढाक्ने घुमझैं लाग्ने गाढा कालो काम्लो ओढेका छन् । गहना पहिरिएका छन्नाकमा फुलीकानमा मडुवारी । गलामा भिरेका छन्चाँदीका कम्पनीप्वाँलाका माला । हातमा काँच र चाँदीका चुरासिक्काका औंठी बाला । पाउमा जुत्ता अनि मोचा । एकातिरका पाँच जना (मनबुझा धितालदुर्गालक्ष्मी धितालधनलक्ष्मी धितालराजु धिताल र सरिता धिताल) ले देउडा भाका उच्चारण थालेसँगै अर्कोतर्फका पाँच जना (मायादेवी रेग्मीभाजपुरा रोकायालक्ष्मी रोकायासरस्वती रोकाया र मनुकला राउत) ले त्यही भाका सुरिलो स्वरमा दोहोर्याभएर पाइला सारिरहेका छन् । उनीहरूको चालमा चालतालमा ताल मिल्दा दर्शकदीर्घा मन्त्रमुग्ध हुने नै भयो । लोकभाकाको लय र शब्दको अर्थ बयान गरिसाध्य छैन ।

मास्तिर डाँडा होस् या पारिको डाँडाकाँडाहरूमा हिजोअस्ति परेका हिउँ सेताम्मे देखिन्छ । यो ठिही छल्दै नराकोटस्थित गाउँपालिका कार्यालय नजिकैको फाँटमा दिदीबहिनीले देउडा गाइरहेका थिए ।........अबदेखि सिञ्जाको विकास निर्माणको निर्णय काठमाडौंले गर्दैनस्वयं सिञ्जा गाउँपालिकाले गर्दै छ ।

यही वर्ष स्थानीय सरकार बनेपछि सिञ्जा सभ्यतामा पुनर्जागरण आएको आभास मिलेको छ । जुम्ला टेक्न विगतमा हवाई मार्ग मात्र थियो भने अहिले सडकयातायात पुगेकाले जनजीवन सहज बनेको छ । सांस्कृतिक पर्यटन विकासका आधारहरू पर्याप्त बनेका छन् । राष्ट्रिय जनगणना–२०६८ को तथ्यांकअनुसार जुम्ला जिल्लाको जनसंख्या १ लाख ९ हजार छ । त्यसमा नराकोटधापा र सानीगाउँ गाविसलाई मिलाएर सिञ्जा गाउँपालिका बनेको छ भने यस गाउँपालिकाको जनसंख्या १२ हजार छ ।

खस भाषा र संस्कृतिलाई प्रवद्र्धन गर्ने लक्ष्य राखेको सिञ्जा गाउँपालिका अध्यक्ष रावलले बताएका छन् । ‘खस नेपाली भाषाको उद्गमस्थल यस ऐतिहासिक सिञ्जा गाउँपालिका क्षेत्रका विद्यालयहरूमा स्थानीय खस भाषामा अध्ययन अध्यापनका निम्ति आवश्यक पहल गर्दै छौं,’ लक्ष्य प्राप्तिका निम्ति छिमेकी गाउँपालिकासँग सहकार्य गर्ने उल्लेख गर्दै रावल भन्छन्, ‘यहाँको संस्कृतिहरूको प्रवद्र्धन गर्नेऐतिहासिकधार्मिकसांस्कृतिक थलोको संरक्षण र पर्यटकीय विकासलाई प्राथमिकतामा राखेर लागिपरेका छौं ।’ खस भाषाका अध्ययनकर्ता रमानन्द आचार्यले जिल्ला विकास समिति जुम्लाको सहयोगमा खस भाषाको शब्द संकलन गरेका छन् भने उक्त ‘खसिया आखर’ शब्दकोश प्रकाशोन्मुख छ ।

Societies of Nepal

 Societies of Nepal  Nepali society is incredibly diverse, shaped by over 142 distinct ethnic groups and multiple religious beliefs that oft...