Friday, March 13, 2020

कालो उन्यूमा भेटियो अल्जाइमरको औषधीय गुण


नेपालमा पाइने कालो उन्यूमा भेटियो अल्जाइमरको औषधीय गुण
कान्तिपुर, पुस ५, २०७६गोविन्द पोखरेल
काठमाडौँ — नेपालमा पाइने कालो उन्यूमा अल्जाइमर रोगका लागि उपयुक्त हुने कम्पाउन्ड भेटिएको छ । कालो उन्यूमा हुने औषधीय गुण पहिलो पटक गरिएको अनुसन्धानबाट पत्ता लागेको हो 
यसै साता त्रिभुवन विश्वविद्यालय वनस्पति शास्त्र केन्द्रीय विभागका पीएचडी स्कलर श्यामशरण श्रेष्ठको ‘मोलिक्युल्स’ नामक अन्तर्राष्ट्रिय वैज्ञानिक जर्नलमा प्रकाशित अनुसन्धानमा कालो उन्यूमा विशेष गरी पेन्क्रियाटिक क्यान्सर र पाठेघरको क्यान्सरको औषधिका लागि उपयुक्त हुने ‘प्रोसाइनिडिन’ नामक कम्पाउण्ड भेटिएको उल्लेख छ।
उन्यूमा भएका एन्टिअक्सिडेन्टहरु मेटाबोलिक रोगहरुको लागि पनि उपयुक्त हुने अनुसन्धानको निष्कर्ष छ।

काठमाडौंको दक्षिणकालीबाट संकलन गरिएको नमुनाबाट कालो उन्यूले पहिलो पटक अन्तर्राष्ट्रिय पहिचान प्राप्त गर्न सफल भएको अनुसन्धानकर्ता श्रेष्ठले कान्तिपुरलाई बताए।

अनुसन्धानलाई डिपार्टमेन्ट अफ फार्मास्युटिकल तथा फार्माकोलोजिकल साइन्सेस, इटालीको पाडोभा विश्वविद्यालयले प्रत्यक्ष रुपमा सहयोग गरेको श्रेष्ठले बताए।

श्रेष्ठले त्रिविका प्राध्यापकहरु संगिता राजभण्डारी, दिपकराज पन्त र पाडोभा विश्वविद्यालयका प्राध्यापक स्टेफानो डालआक्वाको सुपरिवेक्षणमा गरेको अनुसन्धान हालसम्मकै विस्तृत रहेको दाबी गरे।

नेपालमा २ सय ९३ प्रजातिका उन्यूहरु पाइन्छन्। कालो उन्यूको वैज्ञानिक नाम ‘टेक्टेरिया कोडूनाटा’ हो। ३० देखि सय सेन्टिमिटरसम्म उचाइ हुने उन्यू ५ सयदेखि २५ सय मिटरसम्मको उचाइ भएको घना जंगलमा पाइन्छन्।

कालो उन्यू परम्परागत औषधिको रुपमा प्रयोग हुँदै आएपनि यसमा पाइने रसायनहरुको बारेमा यसअघि वृस्तुत अनुसन्धान भएको थिएन। गाउँघरमा कालो उन्यूलाई पेटको दुखाइ, झाडापखाला, जन्डिस जस्ता रोगहरु लाग्दा प्रयोग गरिन्छ। यस्तै, काटेको ठाउँमा यसको पात पिँधेर मल्हमको रुपमा पनि प्रयोग हुन्छ।प्रकाशित : पुस ५, २०७६ १६:२८


Societies of Nepal

 Societies of Nepal  Nepali society is incredibly diverse, shaped by over 142 distinct ethnic groups and multiple religious beliefs that oft...