Sunday, September 29, 2019

गन्धे झारको महत्व


गन्धे झार (Gandhe Jhar) ।
यसको बैज्ञानिक नाम Ageratum Conyzoides L. हो । यो झार हाम्रो तराइ र पहाडी खेत बारीमा सजिलै संग उम्रन्छ । धेरै गर्मी र चिसो हिमाली क्षेत्रमा पाइदैन । यसको पनि जडिबूटीमा धेरै महत्व छ । यसको प्रयोग निम्नलिखित अवस्थाहरूमा गरीन्छ ।
१.     नेपालमा यसको प्रयोग घाउ खटिरा र काटेको, घोचेको, फाटेको, च्यातिएको घाउमा रगत बगेमा यसको रस राखिन्छ ।
२.     यसको पात निचोरेर निकालेको रस एक चिम्टी खाने नूनसंग मिलाएर दुइ तिन थोपा दिनको एक पटक नाकमा हाल्नाले छारे रोग निको हुन्छ र पुनः लाग्न दिदैन ।
३.     यसको पातको रसबाट शरीरमा निस्केको डाबर, बिमिरा, खटिरा निको हुन्छ ।
४.     यसको रस खानाले घाँटीको खटीरा, पखाला र एँठन हुने जस्ता रोग निको हुन्छ ।
५.     यसको ताजा फूललाइ कुटेर मलम बनाइ लुतो भएको र बात रोगले सुनिएको ठाउँमा लगाउँदा रोग निको हुन्छ ।
६.     यसको पुरै ताजा बोटको रस कपालमा दलेर सफा गर्नाले कपाल नरम हुन्छ र सुगन्धित बनाउँछ र चायाँ हटाउँछ ।
७.     खुटटामा वा छालामा विझेको काँडामा यसको पातको मलम लगाउँदा काँडा सजिलै निस्कन्छ ।
८.     यसको ताजा रस वा सुकेको धुलोको नस लिनाले नाकबाट पानी बग्ने र पिनास निको हुन्छ ।
९.     एलर्जी भएमा पनि यसको मलमको लेप लगाउँदा निको हुन्छ ।
१०.                        जराको रस खानाले किडनीमा ढुँगा बन्न दिदैन र यदि बनेको छ भने पगाल्छ ।
११.                        पानी बग्ने घाउमा यसको जराको धुलो लगाउँदा सुकाउँछ र निको गराउँछ ।
१२.                        यसको बोटलाइ सफा गरी एक रात पानीमा डुबाएर राखी उक्त पानी पिउँदा भित्रि डाहा, पोल्ने र शरीर दुख्नबाट शीतल गराउँछ साथै शरीरको खराब बेक्टेरियालाइ भगाउँछ ।
१३.                        यसको पुरै बोट वा पातको रस निकाली पानी सित मिसाएर विहान बेलुकी सेवन गरेमा रगत सफा गर्छ, ज्वरो निको बनाउँछ र खाना पचाइ भोक जगाउँछ ।
१४.                        यसको पात, लाहुरे फूलको पात, अभिजालोको बोट, नोलेझारको पात र अदुवा सबैको बराबर मात्रा मिलाएर कुटेको रस विषालु कीरा वा सर्पले टोकेको ठाउँमा लगाउनाले विष झार्छ र विरामीलाइ अस्पतालमा पुराउन सकिन्छ ।
१५.                        यसको जरा सफा गरी कुटेर रस निकाली २० देखी २५ मिलीग्रामका दरले सेवन गर्नाले अल्सर जस्तो रोग निको गर्छ र जमेको कफ खकार पनि निकाल्छ ।
१६.                        जलेको ठाउँमा यसलाइ पिसेर लेदो बनाइ मलम लगाउँदा पोलेको डाहा मार्छ र फोहोर पानी निकालेर घाउ छिटो निको गर्छ ।

साभारः नेपालमा पाइने जडीबुटीको उपयोगिता, लेखकः रामकाजी बोहरा

Societies of Nepal

 Societies of Nepal  Nepali society is incredibly diverse, shaped by over 142 distinct ethnic groups and multiple religious beliefs that oft...