Showing posts with label Pandemic. Show all posts
Showing posts with label Pandemic. Show all posts

Thursday, July 23, 2020

कोरोना भाइरसको रोकथामका लागी सही र प्रभावकारी ढंगले काम गर्न सकेनौ

कोरोना भाइरसको प्रकृति लाइ हामीले बुझेर पनि यसको रोकथामकालागी सही र प्रभावकारी ढंगले काम गर्न सकेनौ । यसका केही कारण हरु यी हुन ।


१. सरकारले लकडाउन भनेर बैठकबाट घोषणा गर्ने काम मात्र भयो । स्थानीय स्तरमा यसको लागी पूर्व तयारीजनचेतनाअनुगमनर तत्कालै जाँच गर्ने कर्मचारी र उपकरण उपलब्ध भएनन् ।


२. रणनीति र कार्यक्रम हरु प्रत्येक नागरिकलाइ बुझाउन सकिएन । नेपाली भाषामा मात्र टेलीफोनरेडियो र टेलीभजिन हरुले भनेका कुरा धेरै मानिसहरुले राम्रो संग बुझन सकेनन् । स्थानीय भाषमा पर्चा पम्फलेटको प्रयोग बढी नतिजामुखी हुन्थे ।


३. अपर्याप्त तयारीका बीच प्रहरी कर्मचारी लाइ मात्र सडकमा खटाएर ढुक्क बस्ने काम भयो । तर जनस्तरमा यस बारे स्थानीय संघ स्ंस्था संग हातेमालाे गर्ने काम प्रभावकारी रूपमा भएन ।


४. स्थानीय स्तरमा वडा कार्यालय हरुलाइ अग्रीम रुपमा तयार गरीने काम भएन । स्थानीय वडा कार्यालय हरुलाइ कुनै पनि तालीम वा निर्देशन दिइएन ।


५. वडा कार्यालय हरु लाइ कुनै किसीमको सुरक्षात्मक उपकरण वा सामाग्री हरु उपलब्ध गराइएन ।


६. वडा कार्यालय हरुले स्थानीय स्तरमा रहेका कयौं टोल सुधार समिति हरुसंघ संस्था हरु संग हातेमालो गर्ने रणनीति अवलम्बन गरीयन । स्थानीय वडा तथा टोल स्तरमा कार्यरत स्वास्थ्य केन्द्र हरु संग समन्वय भएन ।


७. लकडाउन गर्नु अघि यथेस्थ तयारी र सचेतना गर्न सकिएन । जसका कारण कयौं मानिसहरु शहरबाट गाउँघरमा जाँदा दुख व्यहोर्नु परयो ।


८. नागरिकले सामान्य मास्क जस्ता बस्तु पनि बजारमा पायनन् । आपतकालीन अवस्थामा कसलाइ सम्पर्क गर्ने र अस्पताल जान परेमा कसरी सेवा प्राप्त हुन्छ भन्ने यथेस्थ जानकारी छैन ।


९. दैनिक आवश्यक पर्ने खाद्य पदार्थ हरुको उचित व्यवस्थापन हुन सकेन । एक दुइ महिनाकालागी आवश्यक वस्तु हरु संग्रह गर्न नागरिकलाइ पहिलेनै मानसिक रुपमा तयार गरीएन ।


१०. अस्पतालहरुमा यथेस्थ डाक्टर तथा नर्स हरुलाइ अनुशिक्षण तथा अति आवश्यक पर्ने उपकरण र व्यक्तिगत सुरक्षा किट दिन सकिएन ।


११. राहतका लागी स्थानीय स्तरका कार्यालय हरुलाइ अग्रीम रुपमा बजेट दिइएन । समयमा नागरिक हरुले राहत पाउन सकेका छैनन् । ठुला उद्योग हरुले दिएको चन्दाको पैसा सरकारको खातामा छ तर उसका संयन्त्र सकृय छैनन् । स्थानीय संघ संस्थाहरु स्वस्फुर्त रुपमा काम गरी रहेका छन् तर उनि हरु संग पैसा छैन । जस्तै डा. महाविर पुनको राष्ट्रिय आविस्कार केन्द्र ।


१२. अत्यावश्य सेवाकालागी भन्दा यति वेला पनि ठुला वडाको पहुँचका आधारमा पास बाडने काम भयो । पासको औचित्य र गम्भीरता सिफारीश गर्नेले र पास दिने कार्यालयले बुझेनन् ।


१३ं. सरकारले कोरोनाको रोकथामकालागी नागरिक समाजमा रहेका विशेषज्ञ तथा अनुभवि हरु संग राय सल्लाह पनि लिइएन ।


१४. नागरिकका जीवन भन्दा पनि आर्थिक कारण हरु लाइ बढी महत्व दिंदा कोरोनाको संक्रमण पुनः बढेको छ ।

 


Thursday, June 18, 2020

Crossborder virus and Nepali migrant workers


Crossborder virus and Nepali migrant workers
The COVID-19 epidemic has hit countries where millions of Nepalis work
Upasana Khadka, Nepali Times, March 10, 2020
Nepal’s remittance-based economy has always been vulnerable to international upheavals like tension in West Asia, or economic downturn in Malaysia or Korea. An unexpected threat is the COVID-19 epidemic affecting countries where Nepali overseas workers are based.
The country with the second-largest burden of disease outside China is South Korea where there are about 40,000 Nepali workers. Of the 14 new cases of COVID-19 detected in the UAE this week, two were Nepalis. There are about 200,000 Nepali workers in the Emirates.
Qatar also has about 400,000 Nepali workers, and the country has now temporarily banned workers from Nepal and other countries. Qatar has so far detected 15 infected individuals. Cases have also been diagnosed in other West Asian countries with sizeable Nepali working populations: Bahrain (109), Kuwait (65), Oman (18) and Saudi Arabia (15).
Last week Kuwait imposed travel bans on Nepalis, and last week 30 Nepali workers en route to Bahrain were returned from the UAE to Nepal.
Public health experts say that workers are vulnerable because just one asymptomatic carrier of coronavirus can spread it to other workers living in crowded dorms. Some years, up to 1,000 Nepali workers in the Gulf and Malaysia have died, and this grim statistic could see an increase if the epidemic spreads.
 “There is no evidence yet that COVID-19 is present in the work camps, but all it takes is one infected individual to spread it among others, so they would need to be tested, and if they come out positive may have to be isolated,” says Sameer M Dixit, a scientist at the at the Centre for Molecular Dynamics Nepal. “Nepal itself may have infected people who are not diagnosed.”
MERS (Middle East Respiratory Syndrome) is another coronavirus epidemic in West Asia which has killed 855 and infected 2,500 people in the past eight years. Adds Dixit: “It is a pure miracle that MERS did not end up affecting Nepalis even though there was a much higher case-fatality rate of 34% compared to COVID-19.”
The epicentre of the Korea outbreak is the city of Daegu which has many Nepali workers. There have been over 7,100 cases detected, and 50 deaths so far, but the Korean public health system has made sure that the disease is contained, and Nepalis there say they feel safe.
‘Even foreigners living here illegally or without visas can get a free test without any questions,’ reads a Public Service Announcement by the South Korean government. 
“Things are pretty normal around here,” a Nepali worker who did not want to be named told us by phone. “Awareness about precautions is high among workers, and we are frequently updated by official announcements.” Nepali workers going to Korea are on a government-to-government Employment Permit Scheme (EPS) and are required to pass a Korean language test, which means they can understand the COVID-19 updates.
Nepali organisations like the Korea Sachetana Group are also active on social media, to share information and support fellow Nepalis. “Recently we arranged for masks for Nepalis who could not find them on the market,” the worker said.
 Another Nepali worker said his family back in Nepal was more worried than he was because they did not know about Korea’s strong health infrastructure. “In the media, they only hear about the infection rates and deaths going up,” he said.
 However, Nepali workers have been affected by a more general slowdown of the Korean economy, which depends on raw materials from China. Another Nepali at a small manufacturing firm says: “My work hours have been reduced, and I cannot do overtime anymore, I just earn my basic salary. But I am luckier than others who have been asked to stay home.”
The economic impact of COVID-19 is also felt back home, where the new batch of workers who completed the rigorous selection process for employment in Korea through the EPS have been asked to put off their departure until further notice. The same now applies for workers going to Qatar.
In the UAE, one Nepali worker is impressed with the strict precautions taken by the authorities there to contain the virus. “Sanitisers are available everywhere, and medical checks are conducted frequently, with quarantine facilities. And they do not distinguish between nationalities and legal status of individuals.”
With tumbling oil prices, civil aviation has been affected globally, and Nepalis employed in the tourism sector and in airport ground handling, airline food preparation, customer service and air crews could take a hit.
Workers talk of a visible slowdown in otherwise bustling Dubai. Occupancy rates in hotels are down, as are room rates. Malls and restaurants have fewer customers, and schools have been shut for four weeks.

Monday, April 06, 2020

महामारीका बेला प्रहरीले के गर्ने, के नगर्ने ?


महामारीका बेला प्रहरीले के गर्ने, के नगर्ने ?
के आफ्नो नायकत्व देखाउन अधिकार र कर्तव्यक्षेत्रबाहिर जान कुनै अधिकृतलाई छुट छ ? हिरोइजम् देखाउने र प्रचारप्रसार गर्ने तर कर्तव्यपथमा चुक्ने प्रवृत्तिलाई प्रहरी नेतृत्व र गृह प्रशासनको नेतृत्वले समयमै नियन्त्रण गरोस् ।
चैत्र २२, २०७६उत्तमकुमार कार्की
विश्व अहिले कोरोना भाइरस (कोभिड–१९) को महामारीको चपेटामा छ । ३ महिनादेखि चीनको वुहानबाट सुरु भएको महामारी आजसम्म विश्वका २०४ मुलुकमा फैलिसकेको छ । जुनबेला चीनको बुहान सहरमात्र कोरोना विरुद्धको लडाइँमा एक्लो लडिरहेको थियो त्यसबेलासम्म विश्‍व तमासे बनिरहेको थियो । आज यसले सबैलाई गाँजेपछि सबैको चेत खुलेको छ 
नेपाल पनि यसबाट अछुतो रहन सकेन र विश्वव्यापीकरण महामारीको यस लडाइँमा होमिन पुगेको छ। जुन समय नेपालले लकडाउनको घोषणा गरको थियो, त्यस समयसम्म विश्वभर लगभग २ लाख यस महामारीको चपेटामा परेका थिए भने मृतकको संख्या १३ हजार हाराहारीमा थियो।
भाग्यवश नेपालमा त्यस बेलासम्म शून्य संक्रमण थियो। नेपालमा भएको लकडाउनको ११ दिनमा संक्रमितको संख्या ९ पुगिसकेको छ भने भाग्यवश यस महामारीको कारणबाट कसैले मृत्युवरण गर्नु परेको छैन।
यही अवधिमा विश्वको तथ्यांक हेर्दा ११ दिनअघि अर्थात् २०७६ चैत १० गते २ लाख हाराहारीमा रहेको संक्रमण बढेर २१ गतेसम्म आइपुग्दा १० लाख नाघेको छ भने १३ हजार हाराहारीमा रहेको मृतकको संख्या बढेर ६० हजार नाघेको छ। झन् कहालीलाग्दो स्थिति त के छ भने विश्वको शक्तिशाली राष्ट्र संयुक्तराज्य अमेरिकामै संक्रमितको संख्या सबैभन्दा बढी २ लाख नाघेको छ।
यस आपात्कालीन घडीमा राज्यका सबै अंगलगायत सम्पूर्ण नागरिक एकजुट हुनुको विकल्प छैन र लागिपरेकै पनि छन्। नेपालमा सरकारी अंगहरुमध्ये ठूलो नेटवर्क भई समाजमा सरकारको प्रतिनिधिको रुपमा अग्रणी स्थानमा रहेको नेपाल प्रहरीको भूमिका पनि अहम् रहन्छ नै।
यस पंक्तिकारले आफ्नो जीवनको महत्वपूर्ण ३० वर्ष प्रहरी सेवामै व्यतित गर्दाको अनुभव तथा विद्यमान अवस्थामा आफूले महसुस गरेका विषयहरुलाई समेटेर यो आलेख सुझावको रूपमा प्रस्तुत गरेको छु।
यद्यपि, नेपाल प्रहरीमा सेवारत साथीहरू सक्षम, दक्ष र जानीफकार हुनुहुन्छ, तसर्थ यस पंक्तिलाई सुझाव नभएर पुनर्स्मरणको रुपमा लिन सक्नु हुनेछ।
यस किसिमको महामारीमा नेपाल प्रहरीको सदाझैं नियमित कार्यको साथै मुख्यतया तीनवटा कर्तव्य (भूमिका) हुन्छन्ः
क)   महामारीको विषयमा भएका सरकारी नीति, नियम र आदेशहरुको आफ्नो विषय र कार्यक्षेत्रभित्र रहेर कार्यान्वयन। महामारीको विषयमा क्रियाशील रहेका कानूनहरुको कार्यान्वयनसगै महामारी फैलन नदिन सरकारी तबरबाट जारी भएका नीति र आदेशहरुको तदारुकतासाथ कार्यान्वयन गर्ने तर यसोगर्दा आफ्नो कार्यक्षेत्र, अधिकार र प्रचलित नियमको त्यत्तिकै ख्याल गर्नुपर्ने हुन्छ।
यहाँ प्रचलनमा के छ भने जुन काम तोकिएका अन्य सरकारी निकायले सम्पादन गर्दैनन्, त्यी सबै कार्य नेपाल प्रहरीले गरिदेओस् भन्ने मनसाय सरकार र समाजले पनि लिएको हुन्छ। नेपाल प्रहरीका कर्मचारीले पनि यदाकदा त्यसरी कार्यक्षेत्र, अधिकार र क्षमता बाहिरको काम जिम्मा लिई गर्ने गरिन्छ जुन स्वाभाविक रुपले सफलतापूर्वक सम्पन्न हुन गाह्रो साँगुरो नै हुन्छ।
अन्ततोगत्वा नेपाल प्रहरीले नाहकमा प्रतिष्ठा गुमाउनुपर्ने हुन्छ। तसर्थ नीति, नियम र आदेशको पालना तदारूकताको साथै सतर्कतापूर्वक गर्नु पर्छ। यसो गर्दा मानवीय संवेदनाका कुरामा पनि त्यत्तिकै ध्यान पुर्‍याउनु पर्छ।
केही उदाहरण प्रस्तुत गर्न चाहान्छु:
उदाहरण १ः केही दिन पहिले दार्चुलाको सिमापारीबाट कुनै नेपाली नागरिक वैध बाटोबाट नेपाल आउन नपाएपछि आफ्नो जीउज्यानको जोखिम मोलेर महाकाली नदी पौडी खेलेर पार गरी नेपाल प्रवेश गर्छन्। नेपाल प्रहरीले निजलाई पक्राउ गरी नांगेझार पारेर बजार घुमाइन्छ। यस प्रकरणमा पक्राउ गर्ने विषयसम्म त सरकारी आदेशको पालना होला, तर के एक नेपाली नागरिक (जो अपराधी होइनन्) ले आफ्नो मुलुक फर्कन पाउने संवैधानिक हक प्रयोग गर्न खोज्दा अपराधीले भन्दा बढी अपमानित हुनुपर्ने अवस्था ठीक हो त? यहाँ प्रहरीले ध्यान दिनुपर्ने कुरा के हो भने पहिलो कुरो त पक्राउ हैन, सामाजिक दूरी कायम राख्ने र यसको लागि विदेशबाट आउनेलाई क्वारेन्टाइनमा राख्ने कुरा हो।
के कुनै व्यक्तिलाई क्वारेन्टाइनमा राख्ने, नराख्ने र त्यसको व्यवस्था गर्ने सम्पूर्ण जिम्मेवारी नेपाल प्रहरीको हो? नेपाल प्रहरीले जिम्मेवारी वहन नगरोस् भनेर कदापि भन्न खोजिएको हैन, खाली के भने यस विषयमा सम्बन्धित निकायलाई सघाउने सम्मको जिम्मेवारी मात्र नेपाल प्रहरीको हो भन्ने यस पंक्तिकारलाई लागेको छ।
दोस्रो, नांगै शहरमा घुमाउने कुरो। यो त समाज र सरकारले समेत पचाउन सक्ने कुरै भएन।
उदाहरण २: त्यस्तै अर्को यस अवधिमा दैनिकरुपमा सुनिने लकडाउन उल्लंघन गर्ने व्यक्तिउपर गरिने भाटे कारवाहीको। यो पंक्ति टाइप गर्दैगर्दा मोरङको पथरीमा लकडाउन उल्लंघनकर्तालाई निर्घात कुटपिट गरी अस्पताल भर्ना गरिएको समाचार सुनियो। यो भाटे कारवाही कुन कानूनमा के अपराध गरेवापतको सजाया हो? मलाई थाहा छ, नेपाल प्रहरीले आफ्नो जिउज्यानको पर्वाह नगरी देशवासीको सेवामा जुटिरहेको छ। राज्यका अन्य अंगहरुभन्दा कम स्रोतसाधन र सुविधामा कुनै गुनासोबिना यस किसिमको संकटकालमा सबैभन्दा अग्रणी स्थानमा रही काम गरी आर्जन गरेको नेपाल प्रहरीको अतुलनीय योगदान र साख यस्तै किसिमका घटनाहरुबाट नधमिलियोस्, यसतर्फ सबै तह र तप्काका प्रहरी कर्मचारीहरु सजग र सचेत हुनुपर्छ।
ख)कालाबजारी विरुद्ध अनुगमन र कानूनी कारवाही। समाज संकटको घडीमा रहेका बखत केही आपराधिक तत्वहरू मौकाको फाइदा लुट्न लागिपरेकै हुन्छन्। यो मौकामा समाजमा कृत्रिम अभाव श्रृजना गरी कालोबजारी गर्ने, तस्करी गर्ने तथा मिसावट गर्ने लगायतका मुनाफाखोरहरु सक्रिय हुने गर्छन् । यी कार्य विशुद्ध आपराधिक कार्य हुन् र यस्ता गतिविधि विरुद्ध लड्नु नेपाल प्रहरीको अहम् कर्तव्य हो । हो, नेपाल प्रहरीले यस्ता अपराध विरुद्ध लड्न सरोकारवाला अन्य निकायहरुको पनि साथ र सहयोग लिनुपर्ने हुन्छ। यसको लागि दैनिक उपभोग्यवस्तुहरुको भण्डारण कहाँ, कति, कस्तो अवस्था र कसको नियन्त्रणमा छ, बिक्री बितरण के कसरी भईराखेको छ, सूचना संकलन गर्ने र सरोकारवालाहरुसँग समन्वय र सहकार्य गर्नुपर्ने हुन्छ।
ग) सरकारी वा गैरसरकारी क्षेत्रबाट उपलब्ध गराइने सेवा र आपूर्ति व्यवस्थामा सुरक्षाको दृष्टिकोणबाट सहजीकरण गर्ने। एकातिर यस्तो अवस्थामा केही हदसम्म अभाव त हुन्छ नै भने धेरै हदसम्म भण्डारमा रहेका दैनिक ऊपभोग्यवस्तुहरु बजारसम्म वा उपभोक्ताको घरदैलोसम्म पुग्न पाएको हुादैन। दैनिक मिहिनेत, मजदुरीको आधारमा जीविकोपार्जन गर्नेहरुको अवस्था नाजुक हुन्छ। सरकारको कर्तव्य हुन्छ— व्यापारी वा सरकारी भण्डारमा रहेका दैनिक उपभोग्यवस्तु बजारमा वा आवश्यकतानुसार उपभोगकर्ताको घरदैलोमा पुर्‍याइदिनु र दैनिकी चलाउन कमजोर अवस्थामा रहेका नागरिकलाई निःशुल्क उपलब्ध गराउनु।
यस्तो अवस्थामा आपूर्ति कार्यमा सुरक्षा दिने र संकटकालमा ढुवानी समेतको जिम्मेवारी वहन गर्नुपर्ने हुन्छ। तर यसको लागि सरकारसाग छुट्टै साधनस्रोतको माग राख्न हिच्किचाउनु हुादैन किनभने प्रहरीले प्रदान गर्ने नियमित सेवाको लागि उपलब्ध साधनस्रोत अन्तै मोडिदिदा प्रहरीको आधारभूत सेवामा नै नकारात्मक असर पर्ने हुन्छ। त्यस्तै आपूर्तिकर्ता र भण्डारण व्यवस्थामा पनि सुरक्षा चासो र चिन्ता त्यत्तिकै रहनुपर्छ।
त्यस्तै सेवा पुर्‍याउने निकाय र व्यक्तिहरु यस्तो अवस्थामा सुरक्षा संकटमा रहेका हुन्छन्। खासगरी स्वास्थ्यकर्मीहरु, अस्पतालहरू र औषधी उत्पादक र बितरकहरुको समेत सुरक्षाको ग्यारेन्टी लिनु र उपलब्ध गराउनु प्रहरीकै चिन्ता र चासोको विषय हो। यस बिचमा केही गलत उदाहरणहरू पनि देखिएका छन्। प्रहरी नेतृत्व र गृह प्रशासन नेतृत्वले समयमै सुधार गर्ने, गराउने विश्वाससाथ शब्द चित्र राख्दैछु।
उदाहरण ३:केही दिन पहिले कुनै प्रहरी अधिकारीले आफ्नो भौगोलिक कार्यक्षेत्र भित्रका जनताले खान पाइएन, उपचार पाइएन भने उहाँहरुलाई घरघरमा खाना र स्वास्थ्यसेवा पुर्‍याउँछु भन्नु भयो। मलाई लाग्यो नेपाल सरकारले उहाँलाई विश्वास गरेर सबै साधनस्रोत र अधिकारले सम्पन्न बनाएछ कि क्या हो?
के नेपाल प्रहरीले यत्रो विधि जिम्मेवारी पाएकै हो? के यो समेतको जिम्मेवारी वहन गर्न नेपाल प्रहरी सक्षम छ? यी जिज्ञासासहित सम्बन्धित निकायमा अनौपचारिक तवरले बुझ्दा त्यस्तो केही नभएको पाइयो। मैले खण्ड ‘क’, ‘ख’ र ‘ग’ मा उल्लेखित जिम्मेवारी नै नेपाल प्रहरीको जिम्मेवारी हो भन्ने मनशायको जवाफ पाइयो।
के आफ्नो नायकत्व देखाउन अधिकार र कर्तव्यक्षेत्रबाहिर जान कुनै अधिकृतलाई छुट छ? छैन भने यस किसिमका हिरोइजम् देखाउने र प्रचारप्रसार गर्ने तर कर्तव्यपथमा चुक्ने प्रवृत्तिलाई प्रहरी नेतृत्व र गृह प्रशासनको नेतृत्वले समयमै नियन्त्रण गरोस्। व्यक्तिगत हिरोइजम् देखाइ संगठनको साख गिराउने खेल नदोहोरियोस्, समयमै सचेत होऔं।
मैले समाचार च्यानलहरुमा देख्ने गरेको छु—सुरक्षामा खटिने प्रहरी कर्मचारीहरुले थर्मल गनको प्रयोगबाट स्क्रिनिङ गरिरहेका छन् जुन काम स्वास्थ्यकर्मी वा स्वास्थ्य प्राविधिकको हो। ती प्रहरी स्वास्थ्यकर्मी नै हुन् भने ठिकै छ, अन्यथा सुरक्षामा खटिने प्रहरीलाई थर्मल गन स्क्रिनिङको कार्य गर्नु, गराउनु व्यावसायिक हो जस्तो लाग्दैन, यसमा मैले खासै व्याख्या गर्नु छैन।
अन्तिममा यस संकटको घडीमा नेपाल प्रहरीलगायत सरकारका सबै निकाय सचेत हुनुपर्ने विषय हो– संकट पछिको संकट अर्थात् लकडाउन पछिको अवस्था। यस लकडाउन अवधिमा सबै नागरिकले आआनो ज्यानको जोखिमलाई मध्यनजर गर्दै केही समयसम्म अभावलाई झेलेर पनि बस्न सक्छ।
तर लकडाउनको अवधि लम्बिन गई लामो समयपश्चात् संकट समाधान भएपछि अर्को संकट उत्पन्न हुनसक्छ, त्यो हो चरम अभाव। यस चरम अभावबाट उत्पन्न हुनसक्ने यावत् विकृति, विसंगति र छरपष्ट अपराधलाई रोक्न पनि यही युद्धको बिचमै तयारी गर्नुपर्ने पनि आजको आवश्यकता हो (इटालीको अहिलेको अवस्थाः लुटपाटबाट हामीले समय नघर्किंदै सिक्नु पर्छ)।
यस संकटको घडीमा महायुद्ध लड्न कठिन छ, तर हाम्रो एकताले यसलाई परास्त गर्ने अवश्यम्भावी छ।
लेखक पूर्वप्रहरी नायब महानिरीक्षक हुन्।
प्रकाशित : कान्तिपुर, चैत्र २२, २०७६ १९:४९



Monday, March 30, 2020

विगतका महामारी


विगतका महामारी
महामारीबाट सुरक्षित रहन संक्रमित मानिसलाई बस्तीबाट अलग्गै राखिन्थ्यो बाटाघाटामा भाँजो हालेर बाहिरका मानिसलाई गाउँ अथवा सहर छिर्न दिइँदैन थियो त्यस्तो प्रचलन अहिले भनिने ‘क्वारेन्टाइन’ ‘आइसोलेसन’ कै प्रतिरुप थियो 
कोसेली, चैत्र १, २०७६सुजित मैनाली
अमेरिकी लेखक जेरेड डायमन्डले आफ्नो किताब ‘द वर्ल्ड अन्टिल यस्टर्डे (२०१२)’ मा परम्परागत समाजमा मानिसको मृत्यु हुने प्रमुख चार कारणबारे चर्चा गरेका छन्– वातावरणीय समस्या, मानवीय हिंसा, सरुवा तथा परजीवी जीवाणुको संक्रमण र भोकमरी 
डायमन्डको यो किताबको उपशीर्षक ‘ह्वाट ह्वी क्यान लर्न फ्रम ट्रेडिसनल सोसाइटिज’ अर्थात् ‘परम्परागत समाजबाट हामीले के सिक्न सक्छौं’ भएबाट पनि इतिहासमा सरुवा तथा परजीवी जीवाणुले निम्त्याएको महामारीबारे अहिले चर्चा गर्नु सामयिक ठहर्छ यसै कारणले विगतको गर्तमा बिलाएका महामारीबारे चिकित्साविज्ञानदेखि समाजविज्ञानका शोधार्थीसम्मले अध्ययन गर्ने गरेका छन् विगतका महामारीसम्बन्धी विस्तृत बुझाइले हामीलाई वर्तमान भविष्यमा महामारीसँग जुध्ने क्रममा मार्गनिर्देश गर्न सक्छन्
सामाजिक आयाम
संसारका हरेक समाज महामारीको त्रासदीबाट गुज्रिएर आएका छन् तर, महामारी सबै समाजमा समान रूपले विकराल हुने गरेको चाहिँ छैन महामारीको सामाजिक पक्षबारे अध्ययन गरेका व्यक्तिहरूका अनुसार, घुमन्ते–फिरन्ते जीवनशैलीबाट मानव समाज कृषि अर्थतन्त्रतर्फ फड्किएपछि महामारी अस्तित्वमा आएको हो कृषि अर्थतन्त्रमा सबैभन्दा पहिले अग्रसर हुने समाजमा चीन, पश्चिम एसिया, युरोप आदि पर्छन् ठूला महामारीका अधिकांश घटना यी क्षेत्रमा घटेको पाइनुले कृषि अर्थतन्त्र महामारीबीच साइनो रहेको थप स्पष्ट हुन्छ
यस्तै खालको विश्लेषण गर्ने अनुसन्धातामा पर्छन्, डायमन्ड ‘द वर्ल्ड अन्टिल यस्टर्डे (२०१२) आफ्नो अर्को बहुचर्चित किताब ‘गन्स, जम्स, एन्ड स्टिलः द फेट्स अफ ह्युमन सोसाइटिज (सन् १९९७)’ मा उनले कृषियुगको आरम्भसँगै मानिसको जीवनशैलीमा आएका दुईवटा परिवर्तनले महामारी निम्त्याएको उल्लेख गरेका छन् कृषि अर्थतन्त्रसँगै आएको पहिलो परिवर्तन थियो, स्थायी तथा घना बस्तीको विकास महामारी फैलिन जनघनत्व बढी हुनु अनिवार्य हुन्छ त्यसैले पनि महामारीलाई ‘क्राउड डिजिज’ अर्थात् भीडलाई लाग्ने रोग भनिएको हो कृषि अर्थतन्त्रले ल्याएको दोस्रो परिवर्तन थियो, जनावरलाई घरपालुवा बनाउने चलनको थालनी
जनावरहरू घरपालुवा बनेपछि मानिस र जनावरबीच सम्पर्क बढ्यो यसबाट जनावरहरूलाई लाग्ने रोग मानिसमा संक्रमण भयो यसैले प्रकारान्तरमा महामारीको रूप लियो बिफर, क्षयरोग, औंलो, प्लेग, दादुरा, हैजा, फ्लु, एचआईभी एड्सजस्ता सरुवा रोग मानिसले जनावरबाटै ग्रहण गरेका हुन् पछिल्लो समय चीनको वुहानबाट फैलिएको कोरोना भाइरस पनि चमेराबाट मानिसमा सरेको बताइन्छ यस्तो खालको विश्लेषणलाई नैतिक मूल्यको कसीमा जोखेर प्रकृतिवादी, पशुअधिकारवादी र शाकाहारी भोजनका पक्षधरहरूले विमति जनाउने गरेका छन् तर, कसैले पनि वैकल्पिक अवधारणा पेस गर्न सकेका छैनन्
महामारीबाट मानव समुदायले बेहोरेका केही ठूला क्षतिबारे डायमन्डले दुवै किताबमा चर्चा गरेका छन् सन् १३४६–१३५२ तिर युरोपमा फैलिएको प्लेगको महामारीले त्यहाँको करिब एकचौथाइ जनसंख्या सखाप भएको थियो केही सहरमा ७० प्रतिशतसम्म मानिस मरेका थिए पहिलो विश्वयुद्ध अन्त्य हुँदाताका फैलिएको इन्फ्लुयेन्जाबाट झन्डै दुई करोड १० लाख मानिसको मृत्यु भएको थियो

यस्ता खालका महामारीसँग हामी पनि इतिहासदेखि नै परिचित रहँदै आएका छौं इतिहासमा हामीले महामारीको त्रासदीलाई पटक–पटक बेहोर्‍यौं, जसको प्रभाव ऐतिहासिक दस्तावेज र हाम्रो सामाजिक मनोविज्ञानमा यत्रतत्रअभिलिखित छन्
प्रकार र प्रकृति
विभिन्न वंशावली, विदेशीहरूले लेखेका नेपालसम्बन्धी विवरण, इतिहासमा गरिएका पत्राचार, लोकगीत आदिमा नेपालले विभिन्न समयमा बेहोरेको महामारीबारे प्रशस्तै उल्लेख छन् यी सन्दर्भ–सामग्रीलाई विचार्दा नेपालमा हैजा बिफरको महामारी सबैभन्दा बढ्ता फैलिएको पाइन्छ हुन भीमबहादुर पाँडेले ‘त्यस बखतको नेपाल’ को पहिलो भागमा लुतो, गानो, पिलो, आँठे, रुघाखोकी, जुका आदिलाई पनि नेपालीका प्रमुख रोग भनेका छन् तर, महामारीको रूप लिएर खासगरी काठमाडौं उपत्यकाका बासिन्दालाई त्रसित बनाइरहने रोगचाहिँ हैजा र बिफर थिए

नेपालको इतिहासमा महामारी सबैभन्दा धेरै काठमाडौं उपत्यकामा फैलिएको पाइन्छ काठमाडौंको विगतबारे प्रशस्तै लेख्य प्रमाणहरू पलब्ध हुनु यसको प्रमुख कारण हो अर्को प्रमुख कारणचाहिँ उपत्यकाको जनघनत्व नेपालका अन्य क्षेत्रको भन्दा बढ्ता हुनु पनि हो

जयस्थिति मल्लको पालामा तयार भएको गोपालराज वंशावलीमा लिच्छवि राजाहरू अमृतदेव, अरिमल्लदेव, अभयमल्लदेव, जयदेव आदिको शासनकालमा काठमाडौंमा महामारी फैलिएको उल्लेख छ सोही वंशावलीमा विसं ११७१ तिर काठमाडौंमा ठूलो महामारी फैलिएको, यसबाट असंख्य मानिसको मृत्यु भएको र देवता स्थापना गरेपछि मात्रै महामारी रोकिएको विवरण छ संस्कृत नेवारी भाषामा लेखिएको यससम्बन्धी विवरणलाई नेपाली भाषामा अनुवाद गर्ने क्रममा वंशावलीका एक जना व्याख्याता धनवज्र वज्राचार्यले त्यतिबेला बिफरको महामारी फैलिएको भनेका छन् वंशावलीको सोही खण्डको अंग्रेजी अनुवाद गर्ने क्रममा अर्का व्याख्यता कमलप्रकाश मल्लले चाहिँ बिफरको अगाडि प्रश्नचिह्न राखेका छन् वंशावलीमा बिफरबोधक शब्द कतै छैन तर, वंशावलीका दुवै व्याख्याताले महामारी बिफरकै हो अथवा हुन सक्छ भनी दाबी र अनुमान गरेकाले र मल्लकालतिर बिफरको महामारी काठमाडौंमा फैलिरहने गरेकाले वज्राचार्य र मल्लको अनुमान अस्वाभाविक ठहर्दैन सोही वंशावलीमा विसं १३८६ को फाल्गुण शुक्लदेखि भाद्रासम्म दिनको सय जना जतिको ज्यान जाने गरी अर्को भीषण महामारी फैलिएको उल्लेख छ त्यस महामारीको नाम कनिम्रकः अर्थात् कनि–मरक भनिएको कनी–मरक भनेर कुन रोगलाई संकेत गरिएको हो भन्ने यकिन हुन सकेको छैन
काठमाडौंमा बिफरको महामारी फैलिरहन्थ्यो भन्ने कुराको संकेत यहाँका नेवारहरूले शीतलादेवीको पूजा गर्ने गरेकोबाट पनि स्पष्ट हुन्छ बिफरलाई शीतला पनि भनिन्छ बिफर निको पार्ने देवी अर्थात् शीतलादेवीको आराधना हुनुले बिफरले यहाँका मानिसमा ठूलो त्रास सिर्जना गरेको थियो भन्ने स्पष्ट हुन्छ इतिहासकार दिनेशराज पन्तले सम्पादन गरेको ‘संक्षिप्त वंशावली’ (२०६५) मा महामारी देवीबारे पनि उल्लेख
नेवारहरूमाझ शीतलादेवीप्रति समर्पित भक्ति र विरहका लोकगीत प्रशस्तै छन् प्रतापसिंह शाह, गीवार्णयुद्धविक्रम शाहलगायत राजाहरू बिफरको महामारीमा परेर मरेको, स्वामी महाराज रणबहादुर शाहले बिफर लागेका मानिसलाई काठमाडौंबाट निकाला गरेकोलगायत इतिहासका घटनाले बिफरको महामारी काठमाडौंका निम्ति कति भयावह थियो भन्ने देखाउँछ

मल्लकालताका काठमाडौंमा फैलिएको बिफरबारे सन् १७४० ताका काठमाडौं उपत्यकामा रकेका क्यापुचिन इसाई मिसनरीहरूले पनि लेखेका छन् त्यतिबेला ११ जना मिसनरी भारतबाट तिब्बत जाने क्रममा काठमाडौं आइपुगेका थिए उनीहरू काठमाडौंमा छँदै महामारी फैलियो महामारीलाई अनियन्त्रित हुन नदिन राज्यले काठमाडौंका नाकाहरू बन्द गर्‍यो नाकाहरू बन्द भएकाले मिसनरीहरूले सन् १७४० को फेब्रुअरी ६ देखि अक्टोबर ४ सम्म काठमाडौंमै रहनुपरेको थियो

त्यसपछि पनि महामारी फैलिएको बेला काठमाडौंका नाकाहरू बन्द गर्ने गरिन्थ्यो उदाहरणका लागि विसं १८६२ को चैतमा चिसापानीमा तैनाथ सुवेदार अन्त्य खवास सुवेदार निरञ्जनका नाममा जारी राजाज्ञालाई लिन सकिन्छ रेग्मी रिसर्च सिरिजमा प्रकाशित राजाज्ञाको अंग्रेजी अनुवादमा चिसापानीमा झारा प्रथाअन्तर्गत काम गरिरहेका श्रमिकहरूमाझ बिफर फैलिएको उल्लेख बिफर काठमाडौंतिर नफैलियोस् भनेर दुवै सुवेदारलाई काठमाडौं छिर्ने चिसापानी नाका बन्द गर्न आदेश दिइएको छ व्यापारीलगायतले काठमाडौं पुग्नैपर्ने भए मालमत्तासहित फर्पिङबाट नख्खु खोला हुँदै भादगाउँसम्म पुग्न अनुमति दिन, तर चित्लाङतिरबाट फर्पिङसम्म जानचाहिँ नदिन आदेश दिइएको छ राजाज्ञामा एक ठाउँ भनिएको , ‘यदि कसैलाई बिफर लागेको फेला परेमा के गर्ने, त्यस्ता मानिसलाई कहाँ राख्ने भन्ने निर्देशन चौतारिया बम शाहलाई दिई पठाएका छौं तिमीहरूले पनि सोहीबमोजिम गर्नू त्यहाँबाट महामारी फैलिएछ भने त्यसको जिम्मेवार तिमीहरू हुनेछौ होस गरेर काम गर्नू।’

त्यतिबेला बिफरसँगै हैजाको महामारीले पनि काठमाडौंसहित देशभरका मानिसलाई आक्रान्त बनाउने गर्थ्यो हैजाको महामारीबाट मानिसहरू कति भयभीत थिए भन्ने कुरा कसैलाई गाली गर्नुपर्‍यो भने ‘ए हैजा’ भन्ने शब्दावलीको प्रयोगले आजका मितिसम्म पाएको निरन्तरताले पनि देखाउँछ २०७१ सालको भूकम्पयता कसैलाई सराप्नुपर्दा जसरी ‘भुइँचालोले लग्न नसकेको’ अर्थात् ‘भुइँचालोमा मर्नुपर्ने खालको स्वभाव भएको तर दुर्भाग्यले बाँचेको’ भनिन्छ, त्यसरी नै कुनै बेला त्यस्ता मानिसलाई ‘हैजाले लग्न नसकेको’ भनिन्थ्यो यसले भुइँचालोले हामीलाई अहिले जसरी त्रस्त बनाएको , त्यसरी नै हैजाको महामारीले यहाँका मानिसलाई कुनै बेला त्रस्त बनाउथ्यो भन्ने देखाउँछ

हैजाको प्रकोपबारे पनि इतिहासमा प्रशस्तै उल्लेख छन् नेपालस्थित इस्ट इन्डिया कम्पनीका आवासीय प्रतिनिधि चार्ल्स थोरेसबीले २३ सेप्टेम्बर १८४७ मा कलकत्तास्थित माथिल्लो निकायलाई लेखेको एउटा पत्रलाई प्रतिनिधि उदाहरणका रूपमा लिन सकिन्छ पत्रमा काठमाडौंमा फैलिएको हैजाको महामारी त्यसबाट सुरक्षित रहन दरबारले चालेको कदमबारे रोचक विवरण उपलब्ध

त्यतिबेला एउटा देशको प्रमुखले अर्को देशको प्रमुखलाई लेखेको पत्रलाई खरिता भनिन्थ्यो नेपालमा सुरेन्द्रविक्रम राजा बनेपछि कलकत्तास्थित कम्पनी सरकारका गर्भनर जनरलले सुरेन्द्रविक्रम र उनका बाबु राजेन्द्रविक्रम दुवैका नाममा आवासीय प्रतिनिधि थोरेस्बीको हात लगाएर खरिता पठाएका थिए काठमाडौंमा हैजा फैलिएकाले थोरेसबीले खरिता बुझाउन पाएनन् यसबारे कलकत्तालाई जानकारी गराउन लेखिएको पत्रमा थोरेस्बीले भनेका छन्, ‘अगस्टको मध्यदेखि काठमाडौं सहरमा हैजा फैलिएको थियो र अहिले पनि अवस्था थोरबहुत उस्तै छ केही समययता त्यसको परिणाम डरलाग्दो बनेको फलस्वरूप दरबार बन्द गरिएको महाराजले दरबारभित्रै बस्ने आफ्ना अत्यन्त निकट मानिसलाई मात्र भेट्ने गरेका छन् उनीहरूलाई दरबार परिसरबाहिर निस्किन दिइँदैन सरकारका केही उच्च अधिकारीहरूले पनि महाराजलाई भेट्न पाउँछन्, तर भेट्नुअघि उनीहरूले अनिवार्य नुहाएर कपडा फेर्नुपर्छ यसकारण हामीले महाराजासमक्ष खरिता अर्पण गर्ने कार्यक्रमलाई थप केही दिन पर सार्नु आवश्यक भएको छ।’ पत्र लेखेको एक सातापछि हैजाको महामारी कम भएको आफूले सुरेन्द्रविक्रमलाई भेटेर खरिता बुझाएको थोरेस्बीले अर्को पत्रमा लेखेका छन्

विफर र हैजाबाहेक अन्य रोगको महामारी पनि काठमाडौंमा फैलिने गर्थ्यो काठमाडौंमा रहेका क्यापुचिन मिसनरीहरूले सन् १७१६ ताका काठमाडौंमा प्लेगको महामारी फैलिँदा तीन महिनाभित्र करिब २० हजार मानिस पीडित भएको लेखेका छन् लुतोले पनि नेपालीलाई सताउने गर्थ्यो भन्ने कुरा साउने संक्रान्तिलाई लुतो फाल्ने दिनका रूपमा मनाउने गरेकोबाट पनि स्पष्ट हुन्छ तर, बिफर र हैजाले इतिहासमा नेपालीलाई सबैभन्दा बढ्ता त्राहिमाम बनाउने गर्थ्यो भन्ने कुरा इतिहासका सन्दर्भ–सामग्रीहरूमा विचरण गर्दा स्पष्ट हुन्छ

सुरक्षाका उपाय
महामारी रोक्न इतिहासमा मुख्यतः दुईवटा उपाय अवलम्बन गर्ने गरिन्थ्यो पहिलो, दैवलाई खुसी पार्ने दोस्रो, सतर्कतापूर्वक सुरक्षित रहने उपाय अवलम्बन गर्ने त्यतिबेला महामारीलाई दैवी विपत्ति मानिन्थ्यो सन् १७१६ तिर काठमाडौंमा प्लेगको महामारी फैलिएको बेला यसको दोष इसाईहरूलाई दिइएको थियो अलच्छिन मानिने कालो रङको पहिरन लगाएर ‘विधर्मी’ इसाईहरूले काठमाडौंमा र्म प्रचार गरेपछि रैथाने दैव रिसाएको र महामारी फैलिएको हल्ला चलेको थियो रिसाएका दैवलाई खुसी बनाए मात्रै महामारी रोकिन्छ भन्ने जनविश्वास काठामडौंवासीमाझ बलियो भएको पाएपछि पहिरनको रङ बदल्न मिसनरीहरू बाध्य भएका थिए देवताका नाममा उपासना, जप, ध्यान, व्रत, पूजा, भाकल आदि गरेर महामारी रोक्ने प्रयास त्यतिबेला गरिन्थ्यो

यसो गर्दैगर्दा महामारीबाट सुरक्षित रहन अन्य उपाय पनि समानान्तर रूपमै अपनाउने गरिन्थ्यो यही मेसोमा संक्रमित मानिसलाई बस्तीबाट अलग्गै राखिन्थ्यो बाटाघाटामा भाँजो हालेर बाहिरका मानिसलाई गाउँ अथवा सहर छिर्न दिइँदैन थियो हैजा लागेका मानिसलाई खोला कटाएमा अथवा कुष्ठरोगीलाई बस्तीबाट टाढा राखेमा महामारी फैलिन पाउँदैन भन्ने जनविश्वास बेहारेका बूढापाका समाजमा अझै भेटिन्छन् त्यस्तो प्रचलन अहिले भनिने ‘क्वारेन्टाइन’ ‘आइसोलेसन’ कै प्रतिरूप थियो

महामारीसम्बन्धी यी विवरण अहिलेको अत्यासलाग्दो समयमा हाम्रानिम्ति मार्गदर्शक बन्न सक्छन् यसबाट हामीले महामारी समय–समयमा आउँदो रहेछ गुजि्रँदो पनि रहेछ भनि महसुस गर्नुपर्छ महामारीले मानवीय क्षति गराए पनि मानवजातिको समग्र अस्तित्वमाथि नै धावा बोल्नचाहिँ नसक्ने रहेछ भनी बुझ्नुपर्छ पछिल्लो समय चिकित्साविज्ञानले सरुवा रोगविरुद्ध हासिल गरेको अभूतपूर्व उपलब्धिले महामारीलाई हिजोको तुलनामा कम जोखिमपूर्ण बनाएको यी तथ्यलाई हेरेर हामीले संकटको यस घडीमा आत्मबल उँचो बनाउनुपर्छ

महामारी फैलिन नदिन मानिसको आन्तरिक अथवा अन्तरदेशीय आवतजावतमाथि मनासिब नियन्त्रण अथवा प्रतिबन्ध लगाउने, संक्रमण भएकाहरूलाई ‘आइसोलेसन’ मा राख्नेलगायत काम विगतदेखि नै अभ्यास हुँदै आएको रहेछ भन्ने बुझेर हामीले आवश्यक परेको खण्डमा यस्ता कार्य गर्ने/गराउने तत्परता देखाउन सक्नुपर्छ संसारभरिको महामारी नियाल्ने हो भने यसले गाउँभन्दा बढ्ता सहरलाई तारो बनाउने गरेको पाइन्छ पछिल्लो समय राज्य जनता सबैको रुझान सहरीकरणतर्फ केन्द्रित महामारीको यस घडीमा भौतिक पूर्वाधारलगायत सेवासुविधा अवसरको समुचित विकेन्द्रीकरणमार्फत गाउँलाई सुविधासम्पन्न तुल्याएर शहरको विकल्पका रूपमा प्रस्तुत गर्ने विकासको वैकल्पिक ढाँचाबारे बहस आरम्भ गर्नु पनि वाञ्छनीय हुन्छप्रकाशित : चैत्र १, २०७६ १२:२२
प्रकार र प्रकृति
विभिन्न वंशावली, विदेशीहरूले लेखेका नेपालसम्बन्धी विवरण, इतिहासमा गरिएका पत्राचार, लोकगीत आदिमा नेपालले विभिन्न समयमा बेहोरेको महामारीबारे प्रशस्तै उल्लेख छन् यी सन्दर्भ–सामग्रीलाई विचार्दा नेपालमा हैजा बिफरको महामारी सबैभन्दा बढ्ता फैलिएको पाइन्छ हुन त भीमबहादुर पाँडेले ‘त्यस बखतको नेपाल’ को पहिलो भागमा लुतो, गानो, पिलो, आँठे, रुघाखोकी, जुका आदिलाई पनि नेपालीका प्रमुख रोग भनेका छन् तर, महामारीको रूप लिएर खासगरी काठमाडौं उपत्यकाका बासिन्दालाई त्रसित बनाइरहने रोगचाहिँ हैजा र बिफर थिए

नेपालको इतिहासमा महामारी सबैभन्दा धेरै काठमाडौं उपत्यकामा फैलिएको पाइन्छ काठमाडौंको विगतबारे प्रशस्तै लेख्य प्रमाणहरू उपलब्ध हुनु यसको प्रमुख कारण हो अर्को प्रमुख कारणचाहिँ उपत्यकाको जनघनत्व नेपालका अन्य क्षेत्रको भन्दा बढ्ता हुनु पनि हो

जयस्थिति मल्लको पालामा तयार भएको गोपालराज वंशावलीमा लिच्छवि राजाहरू अमृतदेव, अरिमल्लदेव, अभयमल्लदेव, जयदेव आदिको शासनकालमा काठमाडौंमा महामारी फैलिएको उल्लेख छ सोही वंशावलीमा विसं ११७१ तिर काठमाडौंमा ठूलो महामारी फैलिएको, यसबाट असंख्य मानिसको मृत्यु भएको र देवता स्थापना गरेपछि मात्रै महामारी रोकिएको विवरण छ संस्कृत नेवारी भाषामा लेखिएको यससम्बन्धी विवरणलाई नेपाली भाषामा अनुवाद गर्ने क्रममा वंशावलीका एक जना व्याख्याता धनवज्र वज्राचार्यले त्यतिबेला बिफरको महामारी फैलिएको भनेका छन् वंशावलीको सोही खण्डको अंग्रेजी अनुवाद गर्ने क्रममा अर्का व्याख्यता कमलप्रकाश मल्लले चाहिँ बिफरको अगाडि प्रश्नचिह्न राखेका छन् वंशावलीमा बिफरबोधक शब्द कतै छैन तर, वंशावलीका दुवै व्याख्याताले महामारी बिफरकै हो अथवा हुन सक्छ भनी दाबी र अनुमान गरेकाले र मल्लकालतिर बिफरको महामारी काठमाडौंमा फैलिरहने गरेकाले वज्राचार्य र मल्लको अनुमान अस्वाभाविक ठहर्दैन सोही वंशावलीमा विसं १३८६ को फाल्गुण शुक्लदेखि भाद्रासम्म दिनको सय जना जतिको ज्यान जाने गरी अर्को भीषण महामारी फैलिएको उल्लेख त्यस महामारीको नाम कनिम्रकः अर्थात् कनि–मरक भनिएको कनी–मरक भनेर कुन रोगलाई संकेत गरिएको हो भन्ने यकिन हुन सकेको छैन

काठमाडौंमा बिफरको महामारी फैलिरहन्थ्यो भन्ने कुराको संकेत यहाँका नेवारहरूले शीतलादेवीको पूजा गर्ने गरेकोबाट पनि स्पष्ट हुन्छ बिफरलाई शीतला पनि भनिन्छ बिफर निको पार्ने देवी अर्थात् शीतलादेवीको आराधना हुनुले बिफरले यहाँका मानिसमा ठूलो त्रास सिर्जना गरेको थियो भन्ने स्पष्ट हुन्छ इतिहासकार दिनेशराज पन्तले सम्पादन गरेको ‘संक्षिप्त वंशावली’ (२०६५) मा महामारी देवीबारे पनि उल्लेख

नेवारहरूमाझ शीतलादेवीप्रति समर्पित भक्ति र विरहका लोकगीत प्रशस्तै छन् प्रतापसिंह शाह, गीवार्णयुद्धविक्रम शाहलगायत राजाहरू बिफरको महामारीमा परेर मरेको, स्वामी महाराज रणबहादुर शाहले बिफर लागेका मानिसलाई काठमाडौंबाट निकाला गरेकोलगायत इतिहासका घटनाले बिफरको महामारी काठमाडौंका निम्ति कति भयावह थियो भन्ने देखाउँछ

मल्लकालताका काठमाडौंमा फैलिएको बिफरबारे सन् १७४० ताका काठमाडौं उपत्यकामा रकेका क्यापुचिन इसाई मिसनरीहरूले पनि लेखेका छन् त्यतिबेला ११ जना मिसनरी भारतबाट तिब्बत जाने क्रममा काठमाडौं आइपुगेका थिए उनीहरू काठमाडौंमा छँदै महामारी फैलियो महामारीलाई अनियन्त्रित हुन नदिन राज्यले काठमाडौंका नाकाहरू बन्द गर्‍यो नाकाहरू बन्द भएकाले मिसनरीहरूले सन् १७४० को फेब्रुअरी देखि अक्टोबर सम्म काठमाडौंमै रहनुपरेको थियो

त्यसपछि पनि महामारी फैलिएको बेला काठमाडौंका नाकाहरू बन्द गर्ने गरिन्थ्यो उदाहरणका लागि विसं ८६२ को चैतमा चिसापानीमा तैनाथ सुवेदार अन्त्य खवास र सुवेदार निरञ्जनका नाममा जारी राजाज्ञालाई लिन सकिन्छ रेग्मी रिसर्च सिरिजमा प्रकाशित राजाज्ञाको अंग्रेजी अनुवादमा चिसापानीमा झारा प्रथाअन्तर्गत काम गरिरहेका श्रमिकहरूमाझ बिफर फैलिएको उल्लेख बिफर काठमाडौंतिर नफैलियोस् भनेर दुवै सुवेदारलाई काठमाडौं छिर्ने चिसापानी नाका बन्द गर्न आदेश दिइएको छ व्यापारीलगायतले काठमाडौं पुग्नैपर्ने भए मालमत्तासहित फर्पिङबाट नख्खु खोला हुँदै भादगाउँसम्म पुग्न अनुमति दिन, तर चित्लाङतिरबाट फर्पिङसम्म जानचाहिँ नदिन आदेश दिइएको छ राजाज्ञामा एक ठाउँ भनिएको , ‘यदि कसैलाई बिफर लागेको फेला परेमा के गर्ने, त्यस्ता मानिसलाई कहाँ राख्ने भन्ने निर्देशन चौतारिया बम शाहलाई दिई पठाएका छौं तिमीहरूले पनि सोहीबमोजिम गर्नू त्यहाँबाट महामारी फैलिएछ भने त्यसको जिम्मेवार तिमीहरू हुनेछौ होस गरेर काम गर्नू।’

त्यतिबेला बिफरसँगै हैजाको महामारीले पनि काठमाडौंसहित देशभरका मानिसलाई आक्रान्त बनाउने गर्थ्यो हैजाको महामारीबाट मानिसहरू कति भयभीत थिए भन्ने कुरा कसैलाई गाली गर्नुपर्‍यो भने ‘ए हैजा’ भन्ने शब्दावलीको प्रयोगले आजका मितिसम्म पाएको िरन्तरताले पनि देखाउँछ २०७१ सालको भूकम्पयता कसैलाई सराप्नुपर्दा जसरी ‘भुइँचालोले लग्न नसकेको’ अर्थात् ‘भुइँचालोमा मर्नुपर्ने खालको स्वभाव भएको तर दुर्भाग्यले बाँचेको’ भनिन्छ, त्यसरी नै कुनै बेला त्यस्ता मानिसलाई ‘हैजाले लग्न नसकेको’ भनिन्थ्यो यसले भुइँचालोले हामीलाई अहिले जसरी त्रस्त बनाएको छ, त्यसरी नै हैजाको महामारीले यहाँका मानिसलाई कुनै बेला त्रस्त बनाउथ्यो भन्ने देखाउँछ

हैजाको प्रकोपबारे पनि इतिहासमा प्रशस्तै उल्लेख छन् नेपालस्थित इस्ट इन्डिया कम्पनीका आवासीय प्रतिनिधि चार्ल्स थोरेसबीले २३ सेप्टेम्बर १८४७ मा कलकत्तास्थित माथिल्लो निकायलाई लेखेको एउटा पत्रलाई प्रतिनिधि उदाहरणका रूपमा लिन सकिन्छ पत्रमा काठमाडौंमा फैलिएको हैजाको महामारी त्यसबाट सुरक्षित रहन दरबारले चालेको कदमबारे रोचक विवरण उपलब्ध

त्यतिबेला एउटा देशको प्रमुखले अर्को देशको प्रमुखलाई लेखेको पत्रलाई खरिता भनिन्थ्यो नेपालमा सुरेन्द्रविक्रम राजा बनेपछि कलकत्तास्थित कम्पनी सरकारका गर्भनर जनरलले सुरेन्द्रविक्रम उनका बाबु राजेन्द्रविक्रम दुवैका नाममा आवासीय प्रतिनिधि थोरेस्बीको हात लगाएर खरिता पठाएका थिए काठमाडौंमा हैजा फैलिएकाले थोरेसबीले खरिता बुझाउन पाएनन् यसबारे कलकत्तालाई जानकारी गराउन लेखिएको पत्रमा थोरेस्बीले भनेका छन्, ‘अगस्टको मध्यदेखि काठमाडौं सहरमा हैजा फैलिएको थियो र अहिले पनि अवस्था थोरबहुत उस्तै छ केही समययता त्यसको परिणाम डरलाग्दो बनेको फलस्वरूप दरबार बन्द गरिएको छ महाराजले दरबारभित्रै बस्ने आफ्ना अत्यन्त निकट मानिसलाई मात्र भेट्ने गरेका छन् उनीहरूलाई दरबार परिसरबाहिर निस्किन दिइँदैन सरकारका केही उच्च अधिकारीहरूले पनि महाराजलाई भेट्न पाउँछन्, तर भेट्नुअघि उनीहरूले अनिवार्य नुहाएर कपडा फेर्नुपर्छ। यसकारण हामीले महाराजासमक्ष खरिता अर्पण गर्ने कार्यक्रमलाई थप केही दिन पर सार्नु आवश्यक भएको छ।’ पत्र लेखेको एक सातापछि हैजाको महामारी कम भएको आफूले सुरेन्द्रविक्रमलाई भेटेर खरिता बुझाएको थोरेस्बीले अर्को पत्रमा लेखेका छन्

विफर र हैजाबाहेक अन्य रोगको महामारी पनि काठमाडौंमा फैलिने गर्थ्यो काठमाडौंमा रहेका क्यापुचिन मिसनरीहरूले सन् १७१६ ताका काठमाडौंमा प्लेगको महामारी फैलिँदा तीन महिनाभित्र करिब २० हजार मानिस पीडित भएको लेखेका छन् लुतोले पनि नेपालीलाई सताउने गर्थ्यो भन्ने कुरा साउने संक्रान्तिलाई लुतो फाल्ने दिनका रूपमा मनाउने गरेकोबाट पनि स्पष्ट हुन्छ तर, बिफर र हैजाले इतिहासमा नेपालीलाई सबैभन्दा बढ्ता त्राहिमाम बनाउने गर्थ्यो भन्ने कुरा इतिहासका सन्दर्भ–सामग्रीहरूमा विचरण गर्दा स्पष्ट हुन्छ

सुरक्षाका उपाय
महामारी रोक्न इतिहासमा मुख्यतः दुईवटा उपाय अवलम्बन गर्ने गरिन्थ्यो पहिलो, दैवलाई खुसी पार्ने दोस्रो, सतर्कतापूर्वक सुरक्षित रहने उपाय अवलम्बन गर्ने त्यतिबेला महामारीलाई दैवी विपत्ति मानिन्थ्यो सन् १७१६ तिर काठमाडौंमा प्लेगको महामारी फैलिएको बेला यसको दोष इसाईहरूलाई दिइएको थियो अलच्छिन मानिने कालो रङको पहिरन लगाएर ‘विधर्मी’ इसाईहरूले काठमाडौंमा धर्म प्रचार गरेपछि रैथाने दैव रिसाएको र महामारी फैलिएको हल्ला चलेको थियो रिसाएका दैवलाई खुसी बनाए मात्रै महामारी रोकिन्छ भन्ने जनविश्वास काठामडौंवासीमाझ बलियो भएको पाएपछि पहिरनको रङ बदल्न िसनरीहरू बाध्य भएका थिए देवताका नाममा उपासना, जप, ध्यान, व्रत, पूजा, भाकल आदि गरेर महामारी रोक्ने प्रयास त्यतिबेला गरिन्थ्यो

यसो गर्दैगर्दा महामारीबाट सुरक्षित रहन अन्य उपाय पनि समानान्तर रूपमै अपनाउने गरिन्थ्यो यही मेसोमा संक्रमित मानिसलाई बस्तीबाट अलग्गै राखिन्थ्यो बाटाघाटामा भाँजो हालेर बाहिरका मानिसलाई गाउँ अथवा सहर छिर्न दिइँदैन थियो हैजा लागेका मानिसलाई खोला कटाएमा अथवा कुष्ठरोगीलाई बस्तीबाट टाढा राखेमा महामारी फैलिन पाउँदैन भन्ने जनविश्वास बेहारेका बूढापाका समाजमा अझै भेटिन्छन् त्यस्तो प्रचलन अहिले भनिने ‘क्वारेन्टाइन’ र ‘आइसोलेसन’ कै प्रतिरूप थियो

महामारीसम्बन्धी यी विवरण अहिलेको अत्यासलाग्दो समयमा हाम्रानिम्ति मार्गदर्शक बन्न सक्छन् यसबाट हामीले महामारी समय–समयमा आउँदो रहेछ गुजि्रँदो पनि रहेछ भनि महसुस गर्नुपर्छ महामारीले मानवीय क्षति गराए पनि मानवजातिको समग्र अस्तित्वमाथि नै धावा बोल्नचाहिँ नसक्ने रहेछ भनी बुझ्नुपर्छ पछिल्लो समय चिकित्साविज्ञानले सरुवा रोगविरुद्ध हासिल गरेको अभूतपूर्व उपलब्धिले महामारीलाई हिजोको तुलनामा कम जोखिमपूर्ण बनाएको यी तथ्यलाई हेरेर हामीले संकटको यस घडीमा आत्मबल उँचो बनाउनुपर्छ

महामारी फैलिन नदिन मानिसको आन्तरिक अथवा अन्तरदेशीय आवतजावतमाथि मनासिब नियन्त्रण अथवा प्रतिबन्ध लगाउने, संक्रमण भएकाहरूलाई ‘आइसोलेसन’ मा राख्नेलगायत काम विगतदेखि नै अभ्यास हुँदै आएको रहेछ भन्ने बुझेर हामीले आवश्यक परेको खण्डमा यस्ता कार्य गर्ने/गराउने तत्परता देखाउन सक्नुपर्छ संसारभरिको महामारी नियाल्ने हो भने यसले गाउँभन्दा बढ्ता सहरलाई तारो बनाउने गरेको पाइन्छ पछिल्लो समय राज्य जनता सबैको रुझान सहरीकरणतर्फ केन्द्रित महामारीको यस घडीमा भौतिक पूर्वाधारलगायत सेवासुविधा र अवसरको समुचित विकेन्द्रीकरणमार्फत गाउँलाई सुविधासम्पन्न तुल्याएर शहरको विकल्पका रूपमा प्रस्तुत गर्ने विकासको वैकल्पिक ढाँचाबारे बहस आरम्भ गर्नु पनि वाञ्छनीय हुन्छप्रकाशित : चैत्र १, २०७६ १२:२२


धर्म, संस्कृति र जीवनको बहस

  धर्म , संस्कृति र जीवनको बहस अरूणा उप्रेति अनलायन खबर,   २०७७ साउन १८ गते १०:३४ ‘ नो वर्त प्लिज’ गीतको बोललाई लिएर मैले हिन्दु ‘जागर...