Friday, February 01, 2019

महत्त्वहीन मुसहर !



महत्त्वहीन मुसहर !
डेटलाइन तराई
माघ १७, २०७५चन्द्रकिशोर
काठमाडौँ — दलित आन्दोलनसंँग जोडिएका सामग्री अभाव देखिन्छ विशेषगरी तिनका संघर्षको प्रारम्भिक कालका सामग्री दलितद्वारा गरिएका सभा, सम्मेलन र संघर्षका विवरण ठिकसँंग उपलब्ध छैनन् यस सम्बन्धी अध्ययन गर्दा प्राथमिक स्रोतमाथि निर्भर हुनुपर्छ
आफ्नै इतिहासहरूबाट अपरिचित हुनु बञ्चित समूहका लागि दु:खान्त हुन्छ सँंगसँंगै तिनीप्रति सार्वजनिक दृष्टिकोण निर्माण गर्नेहरूले संघर्षको निरन्तरतालाई क्रमभंग गरेर व्याख्या, विश्लेषण गरिदिन्छन् यो समस्या खासगरी मधेसी दलितहरूको सन्दर्भमा बढी देखिएको

सन्तदासको सीमावर्ती संघर्ष
उत्तर विहार (भारत) मा मुसहर आन्दोलन सन् १९३६–३८ को बीचमा उत्कर्षमा थियो, जुन अहिले प्रदेश २ को सीमाको समानान्तर भूभाग पर्छ त्यसबारे १३ सेप्टेम्बर १९३७ को विहार विधान सभामा सैयद मोहिउद्दीन अहमदले कार्यस्थगन प्रस्ताव पेस गरेका थिए

प्रस्ताव माथिको बहसमा विहारका तत्कालीन अग्ला कांग्रेसी नेताहरू श्रीकृष्ण सिंह, सच्चिदानन्द सिन्हा, चन्देश्वरप्रसाद नारायण सिन्हा, सर गणेशदत्त आदिले हिस्सा लिएका थिए त्यस आन्दोलनका अगुवा एकजना मधेसी दलित थिए मुसहर समुदायका सन्तदास भगत जो ‘दादाजी’का नामले चर्चित थिए, तिनले त्यसको नेतृत्व गरेका थिए

उनका बारेमा ‘स्टिफेन हेनिङघम’ले एक आलेखमा चर्चा गरेका छन् नेपाली समाज उनको संघर्षबाट अपरिचित थियो पारिपट्टि पनि उनका बारे खासै लेखिएको पाइँदैन त्यतिखेर विहारबाट प्रकाशन हुने केही अंग्रेजी अखबारले यिनको संघर्षबारे खबर दिने गरेका थिए त्यही हेनिङघमका लागि स्रोत सामग्री भयो छोटो समयमा प्रभावकारी भएको त्यो संघर्ष एक ठाउँबाट अर्को ठाउँमा फैलिँदै जानुको मुख्य कारण मुसहर जातिमा एक–अर्कामाझ प्रतिरोधको कम्पन सर्दै जानु हो भनी व्याख्या गरिन्छ

भनिन्छ, त्यो आन्दोलन जातीय उन्नयनदेखि सुरु भई कृषि मजदुरी बढाउने, जमिनदारको थिचोमिचो विरोध गर्ने र औपनिवेशिक भारतीय प्रहरी विरुद्ध संघर्ष गर्ने उभारका रूपमा देखापर्‍यो त्यतिखेर सवर्णहरूले यो विस्फोटलाई ‘महत्त्वहीन’, ‘मूर्ख मुसहरहरूको उपद्रव’, ‘मुसहरले पनि आन्दोलन गर्छन्?’ भनी अनेक तरिकाले खिस्सी उडाए सन्तदास भगतको आन्दोलनले देखाएको अर्को पाटो के हो भने सीमावर्ती भारतीय क्षेत्रमा जागरणका लागि नेपालको तराईबाट अनेक प्रयत्न भएका छन्, जुन इतिहासको कार्पेटमुनि लुकेको छ

मुसहरहरूका किंवदन्ती नायक दीना–भद्रीको कथाको गाथाजस्तै सन्तका कथा पनि किंवदन्ती बन्ने सम्भावनायुक्त कथा हो दीना–भद्रीको जन्म कर्मथलो पनि तराई क्षेत्र

स्थानीय प्रादेशिक सरकारको सकस
रातलाई दिन होइन भन्न तारा गनिराख्नु पर्दैन घाम लागेको छैन भन्दिए पुग्छ अहिले सञ्चालन गरिएको ‘खुला दिसामुक्त’ अभियान यस्तै एउटा कालो अभियान भएको यसले वञ्चितमा परेको समुदायको अपमान गरेको छ दाताको अह्रन–खटनमा चलाइएको यो अभियान भुइँ सतहको यथार्थभन्दा निकै टाढा

एउटा राम्रो मनसायका साथ राष्ट्रिय रूपमा सञ्चालन गरिएको अभियान भुइँ सतहको यथार्थसँंग समिप हुन नसक्दा अनेक समस्या खडा भएका छन् खुला दिसामुक्त अभियानलाई सार्थक पार्न अहिले जारी अपमानजनक शैली बदल्नुपर्छ बहुसंख्यक मुसहर भूमिहीन छन् उनीहरू अरु कसैको निजी वा सार्वजनिक जग्गा ओगटेर बसेका छन्

कतिपयसंँग घरको नाममा एककोठे फुसको छाप्रो छ मुसहर मधेसी दलितमध्ये असाध्यै वञ्चितीमा परेको जाति हो जोसँंग एउटा छाप्रोले ओगटेको जमिन छ, तिनीहरूलाई त्यहीभित्र चर्पी बनाऊ भन्दा थपिने मानसिक तनाव र स्वास्थ्य सम्बन्धी समस्याको ध्यान दिएको पाइएन यस सम्बन्धमा प्रादेशिक सरकार स्थानीय सरकारले पनि हेक्का राखेन

एक वर्ष पहिला मैले तराई मधेसका दलितका लागि खुला दिसामुक्त अभियान अन्याय बनेर आएको उल्लेख गरेका थिएँ जनजरुरत जनमानसलाई नबुझेर अभियान चलाइँदा विगतमा पनि विसंगति खडा गरेकै हो बहुतहको निर्वाचित संरचना खडा भइसके पश्चात पनि यो विषय ओझेलमा परिराख्नु दुर्भाग्य हो बितेको एक वर्षमा प्रतिनिधित्व गर्न पुगेका स्थानीय वा
प्रादेशिक प्रतिनिधिले पनि यसबारे कुरा उठाएनन् घरदैलोको सरकार भनेकै स्थानीय आवश्यकता उपादेयतालाई लिएर काम गर्ने हो

प्रतिनिधिमूलक संस्थाहरूले खुला दिसामुक्त अभियानसंँग जोडिएर मुख्यत: पाँचवटा कुरामा ध्यान दिनुपर्छ पहिलो, गाउँघरको जनसंख्या चौगुना बढेको छ त्यही अनुसार मलमूत्रको मात्रा थपिएको तर त्यसलाई व्यवस्थापन गर्ने तरिका बदलिएन दोस्रो, कति जनासँंग शौचालय छैन भनेर लेखाजोखा गर्नुपूर्व कति जनासँंग आफ्नो घडेरी छैन, हेर्नुपर्‍यो तेस्रो, अहिले जुन मोडलको चर्पी सिफारिस गरिएको छ, त्यसमा बढी पानी चाहिन्छ

मुसहरको मूलप्रवाही–करणका लागि पाँचवटा खुड्किला उक्लिनुपर्छ– सुरक्षित बसोबास, भूमिमाथि अधिकार, चर्को ब्याजबाट उन्मुक्ति, रैथाने सीप संरक्षण र सरकारी सेवामा सहज पहुँच

तराईकै विभिन्न क्षेत्रमा पानीको कमीले सामुदायिक जनजीवनमा बदलाव आउँदै गरेको छ यस्तोमा एउटा समस्याको खोजीमा अर्को समस्याको विजारोपण हुँदैछ चौथो, दलित बस्तीहरूमा सामुदायिक चर्पी व्यवस्था गर्ने कि? यसले कम जग्गामा गुजमुज्जिएर बसेको बस्तीका लागि यो पायक प्रबन्ध हुनसक्छ यसको निर्माण सरकारले गरिदिनुपर्छ

पाँचौं, गाईवस्तुको घट्दो संख्यासंँगै जैविक खेती कठिन हुँदै गएको छ यस अवस्थामा मानव दिसा–पिसाबलाई मलखादका रूपमा कसरी उपयोग गर्ने? त्यसको वैज्ञानिक व्यवस्थापनसँंगै आर्थिक लाभबारे पनि सोच्ने कि? आखिर पहिला पनि मधेसी समाजमा ‘टट्टीपर मिट्टी’ अर्थात त्याग गरिएको दिसा–पिसाबमाथि माटो हाल्ने चलन थियो यसले मलखादको काम पनि गथ्र्यो यसबाट कृषि लाभ पुर्‍याउने बुझाइ थियो पारम्परिक ज्ञानलाई अहिलेको व्यवस्थापनसँंग जोड्न नसक्दाको रित्तोपन अहिले देखापरेको

माटो दिवस
मुसहरहरू वर्षेनि माघ महिनामा माटो दिवस मनाएर आफ्नो जातीय एकता प्रकट गर्छन् यो प्रयासले विस्तारै एउटा संगठित प्रतिरोधी स्वरको स्वरुप ग्रहण गर्दैछ माटो दिवस मनाउनुका पछाडि उनीहरूको भूमिसंँगको सम्बन्ध सरोकार प्रकट गर्नु हो

मुसहरहरूमा विस्तारै फैलिँदै गएको प्रतिरोधी मनोविज्ञानप्रति समाजको ठूलो हिस्सा अनभिज्ञ छन् मुसहरहरूप्रति सरोकार तिनकै समुदायको विषयमात्र होइन, नत दलित आन्दोलनमा रुचि राख्नेहरूका लागि हो यो भुइँ सतहमा लोकतन्त्र पुर्‍याउने आकांक्षा राख्ने सबैको लागि हो

मुसहरहरूको खराब सामाजिक–आर्थिक दशाप्रति गोहीको आँसु बगाउने एउटा वर्ग छ, जो उसलाई फगत ‘भोट बैंक’का रूपमा हेर्छ तर पछिल्ला चुनावहरूले देखाएको तथ्य के हो भने मुसहरहरूको ठूलो हिस्साको श्रम सीपको शोषण भएजस्तै तिनको मताधिकारमाथि नवजमिनदारले कब्जा जमाउने गरेका छन् आजीविका अधिकार दुइटै कसैको बन्धकीमा अहिले पनि हो, यिनै कुरालाई सामाजिक तवरमा प्रकट गर्न ‘माटो दिवस’ निमित्त पर्व भएको छ

यो समुदाय आफ्नो नियति आफ्नो हातमा लिने रआफ्नो भविष्य स्वयं लेख्ने तत्परताको जागरण कालका रूपमा विकसित गर्न आन्तरिक संघर्षमा छ राज्यसँंगको संघर्ष छँदैछ, स्वयं समाज पनि आफैमा राज्यभन्दा कम विभेदकारी छैन, यिनीहरूका लागि मिथहरू, कल्पित स्वर्ग वा सामाजिक समता प्राप्तिको अवस्थाबाट अलग्याइएका बञ्चित समुदायआफ्नो आत्मसम्मानका साथ उठ्न जुर्मुराउँदैछन्, प्रतिक्रिया दिँदैछन्, मिथहरूलाई भत्काउँदैछन् र आफ्नो सामाजिक, धार्मिक, आर्थिक र राजनीतिक अधिकारको आयतन फराकिलो गर्न खोज्दैछन्

त्यतिखेर आफ्नै बारेमा जान्न र बताउन त्यतिकै खाँचो छ इतिहाससँंगको परिचयले वर्तमानको समीक्षा भविष्यको रेखांकन गर्न तागत प्राप्त हुन्छ राजनीतिक रूपमा यसले सम्वेदनशील र विस्फोटक अवस्थाका साथै आर्थिक रूपमा पनि एउटा शक्तिशाली कम्पन निर्माण गर्न सक्छ

मुसहरको मूलप्रवाहीकरण
मुसहरहरूको प्राय: बसोबास प्रदेश २ भित्रै छ उनीहरूको सामाजिक, शैक्षणिक, आर्थिक, पोषणीय, राजनीतिक र धार्मिक स्थितिको अध्ययन स्थानीय तहसँंगको समन्वयमा प्रदेश २ को सरकारले गर्नुपर्छ मुसहर बस्तीको अवस्थितिले पनि तिनको सवाल सरोकारलाई परिभाषित गर्छ

मुख्य गाउँभन्दा बाहिर अवस्थित मुसहर बस्ती, सवर्णहरूको बीचको मुसहर बस्ती, मधेसकै अन्य जातिहरूसंँगको बसोबास वा पहाडी समुदायसंँगको बस्तीबीचको भिन्नता र स्वीकार्यता पनि अध्ययनको विषयबनाइनुपर्छ स्थानीय सरकारले गर्नैपर्ने गर्नैहुने काममध्ये यो प्राथमिकतामा पर्नुपर्छ

मुसहरको मूलप्रवाहीकरणका लागि कमसेकम पाँचवटाखुड्किला तत्काल उक्लिनुपर्छ पहिलो, सुरक्षित बसोबासको व्यवस्था, दोस्रो, भूमिमाथिको अधिकार, तेस्रो, चर्को ब्याजको चक्रव्यूहमा गिरहतहरूद्वारा पिल्सिएको परिस्थितिबाट उन्मुक्ति, चौथो, रैथाने सीपको संरक्षण र पाँचौं, सरकारी सेवामा सहज पहुँच यी खुड्किलामा क्रमश: उक्लिन सरकारले नसघाएसम्म यो समुदायको सशक्तीकरण हुँदैन मुसहरहरूले सरकार कहाँ हो भनेर जानेकै छैनन्? प्रादेशिक र स्थानीय सरकारलाई एकफेर फेरि ऐना नदेखाई नहुने भइसक्यो

प्रकाशित : माघ १७, २०७५ ०८:३४


बहसमा थकाली संस्कृति


बहसमा थकाली संस्कृति
काठमाडौं — यति बेला थकाली समुदायलाई बल्ल फुर्सद मिलेको छ । हरेक १२ वर्षमा मुस्ताङमा लाग्ने ल्हफेव (भगवान् उदाउने) मेला भर्खरै सकिएको छ । संसारभरबाट आफ्नो थातथलो फर्किने यो मेलाकै बीच नेपाल संगीतनाटय प्रज्ञा प्रतिष्ठानले भने बहस चलायो 
मुस्ताङकै कोबाङ, थासाङलगायतका थलोमा पुगेर थकाली संस्कृतिमाथि प्रतिष्ठानले बहस चलाएको हो । ‘पछिल्लोपटक मुस्ताङ फिल्म सुटिङको थलोको रूपमा पनि विकास हुँदै गइरहेको छ,’ मुस्ताङबाट हालै फर्किएका प्रतिष्ठानका प्राज्ञ पुष्कर गुरुङले भने, ‘तर, स्थानीय संस्कृतिमाथि खासै कुनै पनि फिल्मको विषयले छुन सकेको छैन । खाली प्रकृतिमात्रै खिचेर फर्किन्छन् धेरैजसो चलचित्रकर्मी । यस्तोमा प्रतिष्ठानले मुस्ताङको मौलिक कलाको खोजी गर्ने प्रयत्न गरेको हो ।’
मुस्ताङको कोबाङमै छायांकन गरिएको ‘कबड्डी’ र ‘कबड्डी कबड्डी’ दुवैमा समेत कलाकारको भूमिका गरेका प्राज्ञ पुष्करले क्यामेराले प्रकृति खिच्दैमा समाज र संस्कृतिको प्रवद्र्धन नहुने दाबी गरे । ‘त्यही भएर हामीले संस्कृतिको जरा खोतल्ने प्रयास थालेका हौं ।’
प्रतिष्ठानले मंगलबार ‘थकाली संस्कृति, संस्कार र प्रदर्शनकारी कला’ माथि मुस्ताङकै होटल रिभर भ्यूमा अन्तरक्रिया गरेको थियो, जसमा अर्का प्राज्ञ रमेशरञ्जन झाले ‘प्रदर्शनकारी कला’ को महत्त्व प्रस्टयाएका थिए 
कला र जीवन फरक फरक हुँदैनन्, गाउँबेसी गर्दागर्दै, कोदो र गहुँबारी गोड्दागोड्दै र पँधेरोमा पानी भर्दाभर्दै पनि शरीरले कलात्मक भाषा निर्माण गरिसकेको हुन्छ,’ उनले भने, ‘प्रतिष्ठानले यसपटक मुस्ताङको थकाली समुदायको जीवनसित जोडिएको यस्तै कलाको महत्त्वलाई प्रस्टयाउने र त्यहीअनुरूप संरक्षणको मार्गनिर्देश गर्ने कोसिस गर्‍यो ।’
उनका अनुसार कार्यक्रममा बाह्रवर्षे मेला ‘ल्हफेव’ देखि थकाली समुदायको प्राचीन प्रदर्शनकारी कलासम्म पहिल्याउने काम भयो । ‘ल्हफेव थकाली संस्कृति र समाज’ विषयक प्रस्तुतिमा वसन्त भट्टचन र विमल शेरचनले चार चन समुदायका भगवान्हरू ‘ल्ह लाङवा न्हुर्बु’, ‘ल्ह क्हाङलासिंकी कर्पो’, ‘ल्ह छुयुरिन ग्याल्मो’ र ‘ल्ह हावार्‍हाङज्युङ’ को उत्पत्ति, अर्थ र यसको सांस्कृतिक वैज्ञानिकताको पक्षमाथि प्रकाश पारेका थिए भने ‘थकाली जातिमा प्राचीन प्रदर्शनकारी कला’ माथि पूर्णप्रसाद तुलाचनले प्रस्टयाए 
यी प्रस्तुतिहरूमाथि डा. किशोर शेरचन, प्रा. सोमप्रसाद गौचन, वसन्त शेरचन, डा. ज्योति शेरचनलगायतले टिप्पणी गरे । उनीहरूले हरेक १२ वर्षमा मन्दिरबाट देउता निकालेर नुवाउने, गाउँ घुमाउने, पूजा गर्नेजस्तो संस्कृति निरन्तर अघि बढिरहेको भए पनि थाहै नपाई मौलिक शैलीमा निकै ठूलो परिवर्तन आइरहेको दाबी गरे 
आजभन्दा ३६ वर्ष अगाडिको मेला र अहिलेको मेलामा ठूलो अन्तर आइसकेको रहेछ,’ प्राज्ञ झाले भने, ‘थाहै नपाई हुने यस्तो परिर्वतनले मौलिक सांस्कृतिक पहिचानमा के कस्तो असर गरिरहेको छ भन्ने आजको ताजा बहस हो । हिमाली जिल्ला पहिलोपटक यस्तो बहस हुनुले निकै ठूलो अर्थ राख्न सक्छ ।’
कार्यक्रममा थकाली समुदायका विभिन्न कला प्रस्तुतिसमेत गरिएको प्राज्ञ झाले बताए । थकाली सेवा समितिकी अध्यक्ष कृष्णकुमारी शेरचनले पनि ल्हफेवको महत्त्वमाथि प्रकाश पारेकी थिइन् । उनले यसपटक ल्हफेवलाई नयाँ ढंगले प्रवद्र्धन गर्न कविता प्रतियोगिता, न्होकोन चोली क्हयोव त्हुर्व (फेसन सो), खुल्ला म्याराथन दौड, तारा खेललगायत कार्यक्रम पनि सम्पन्न भएको बताइन् 
प्रकाशित : माघ ४, २०७३ ०९:२८

लुम्बिनीमा श्रीलंकाली पञ्चै बाजा


लुम्बिनीमा श्रीलंकाली पञ्चै बाजा
कार्तिक २१, २०७५मनोज पौडेल
लुम्बिनी — बुद्धस्थल लुम्बिनी श्रीलंकाली बाजागाजाले यसरी तरंगित भइरहेको थियो, श्रीलंकाली बाहेकका आगन्तुकहरूको अनुहार कौतूहल सजिलै पढ्न सकिन्थ्यो
श्रीलंकाबाट कठिनदान पूजा गर्न आएको सयभन्दा बढी श्रद्धालुको टोलीमा यो कलाकार समूह पनि थियो श्रीलंकाली उपासक–उपासिकाहरू कलाकार समूहलाई अघि लगाउँदै सोमबार बिहान मायादेवी मन्दिर दर्शन गर्न पुगेका थिए उनीहरूसँग सानो बुद्धमूर्ति अष्टधातु थिए
आकर्षक पहिरनका कलाकारहरूको धुनमा नतानिने बुद्ध अनुयायी देखिएनन् कलाकार चार जना थिए तर, पाँच बाजा बजाएका थिए— आतत, वितत, वितत्तातल, धन र सुषिर सहनाई जस्तो सुषिरको धुन भावुक सुनिइरहेको थियो

भगवान् गौतम बुद्धको मृत्यु हुँद देवलोकमा यिनै बाजा बजाएर स्वागत गरिएको जनविश्वास छ,’ लुम्बिनी बौद्ध विश्वविद्यालयका उपप्राध्यापक श्रीवजिर प्रेमले भने, ‘त्यही भएर श्रीलंकामा यी बाजालाई धेरै सम्मान गरिन्छ।’

उपप्राध्यापक प्रेमका अनुसार श्रीलंकाको सबैभन्दा ठूलो पर्व असार पूर्णिमा क्यान्डीमा निकालिने शोभायात्रामा यिनै बाजा बजाइन्छन् ‘यी बाजा श्रीलंकामा विषेश गरी उत्सव, शुभकार्य, भोजनदान र खुसीको बेला श्रीलंकामा बजाइन्छन्,’ श्रीलंकामा पढेर आएका उनले भने, ‘नेपालमा पञ्चै बाजाजस्तै लोकप्रिय छ त्यहाँ।’

यी बाजा र बजाउने कलाकारको श्रीलंकामा धेरै माग छ,’ कोलम्बो सौन्दर्य विश्वविद्यालयका सहायक प्राध्यापक एसए रवीनन्दनले भने, ‘त्यही भएर यो पवित्र बाजासमूह भगवान् बुद्धप्रति समर्पित छ यी बाजाका धुनले खुसी, उमंग र उत्हास थप्छ।’
कलाकार एचटीएस दिसानायकेका अनुसार, बुद्धसम्बन्धी हरेक गतिविधिमा श्रीलंकामा यी बाजा बजाइन्छन् ‘भगवान् बुद्धको जन्मस्थललाई पवित्र धुनले तरंगित गर्न पाउँदा निकै खुसी छु,’ उनले भने, ‘साँच्चिकै आत्मिक शान्ति सञ्चय गरेँ।’

नव मैत्रीमहाविहारबाट बाजा बजाउँदै निस्केको र्‍याली मायादेवी मन्दिरमा पूजाआजा गरी पुष्कराणी पोखरी परिक्रमा गरेर फेरि उक्त विहारमा फर्केको थियो बुद्ध धर्मावलम्वीको महत्त्वपूर्व पर्व तीनमहिने वर्षावास हो असारदेखि असोज पूर्णिमा महिनासम्मलाई वर्षावास भनिन्छ वर्षावास सकिएको एक महिनाभित्र कठिनदान गरिन्छप्रकाशित : कार्तिक २१, २०७५ १०:३१


धर्म, संस्कृति र जीवनको बहस

  धर्म , संस्कृति र जीवनको बहस अरूणा उप्रेति अनलायन खबर,   २०७७ साउन १८ गते १०:३४ ‘ नो वर्त प्लिज’ गीतको बोललाई लिएर मैले हिन्दु ‘जागर...