Friday, February 01, 2019

लुम्बिनीमा श्रीलंकाली पञ्चै बाजा


लुम्बिनीमा श्रीलंकाली पञ्चै बाजा
कार्तिक २१, २०७५मनोज पौडेल
लुम्बिनी — बुद्धस्थल लुम्बिनी श्रीलंकाली बाजागाजाले यसरी तरंगित भइरहेको थियो, श्रीलंकाली बाहेकका आगन्तुकहरूको अनुहार कौतूहल सजिलै पढ्न सकिन्थ्यो
श्रीलंकाबाट कठिनदान पूजा गर्न आएको सयभन्दा बढी श्रद्धालुको टोलीमा यो कलाकार समूह पनि थियो श्रीलंकाली उपासक–उपासिकाहरू कलाकार समूहलाई अघि लगाउँदै सोमबार बिहान मायादेवी मन्दिर दर्शन गर्न पुगेका थिए उनीहरूसँग सानो बुद्धमूर्ति अष्टधातु थिए
आकर्षक पहिरनका कलाकारहरूको धुनमा नतानिने बुद्ध अनुयायी देखिएनन् कलाकार चार जना थिए तर, पाँच बाजा बजाएका थिए— आतत, वितत, वितत्तातल, धन र सुषिर सहनाई जस्तो सुषिरको धुन भावुक सुनिइरहेको थियो

भगवान् गौतम बुद्धको मृत्यु हुँद देवलोकमा यिनै बाजा बजाएर स्वागत गरिएको जनविश्वास छ,’ लुम्बिनी बौद्ध विश्वविद्यालयका उपप्राध्यापक श्रीवजिर प्रेमले भने, ‘त्यही भएर श्रीलंकामा यी बाजालाई धेरै सम्मान गरिन्छ।’

उपप्राध्यापक प्रेमका अनुसार श्रीलंकाको सबैभन्दा ठूलो पर्व असार पूर्णिमा क्यान्डीमा निकालिने शोभायात्रामा यिनै बाजा बजाइन्छन् ‘यी बाजा श्रीलंकामा विषेश गरी उत्सव, शुभकार्य, भोजनदान र खुसीको बेला श्रीलंकामा बजाइन्छन्,’ श्रीलंकामा पढेर आएका उनले भने, ‘नेपालमा पञ्चै बाजाजस्तै लोकप्रिय छ त्यहाँ।’

यी बाजा र बजाउने कलाकारको श्रीलंकामा धेरै माग छ,’ कोलम्बो सौन्दर्य विश्वविद्यालयका सहायक प्राध्यापक एसए रवीनन्दनले भने, ‘त्यही भएर यो पवित्र बाजासमूह भगवान् बुद्धप्रति समर्पित छ यी बाजाका धुनले खुसी, उमंग र उत्हास थप्छ।’
कलाकार एचटीएस दिसानायकेका अनुसार, बुद्धसम्बन्धी हरेक गतिविधिमा श्रीलंकामा यी बाजा बजाइन्छन् ‘भगवान् बुद्धको जन्मस्थललाई पवित्र धुनले तरंगित गर्न पाउँदा निकै खुसी छु,’ उनले भने, ‘साँच्चिकै आत्मिक शान्ति सञ्चय गरेँ।’

नव मैत्रीमहाविहारबाट बाजा बजाउँदै निस्केको र्‍याली मायादेवी मन्दिरमा पूजाआजा गरी पुष्कराणी पोखरी परिक्रमा गरेर फेरि उक्त विहारमा फर्केको थियो बुद्ध धर्मावलम्वीको महत्त्वपूर्व पर्व तीनमहिने वर्षावास हो असारदेखि असोज पूर्णिमा महिनासम्मलाई वर्षावास भनिन्छ वर्षावास सकिएको एक महिनाभित्र कठिनदान गरिन्छप्रकाशित : कार्तिक २१, २०७५ १०:३१


Societies of Nepal

 Societies of Nepal  Nepali society is incredibly diverse, shaped by over 142 distinct ethnic groups and multiple religious beliefs that oft...