Friday, February 01, 2019

बहसमा थकाली संस्कृति


बहसमा थकाली संस्कृति
काठमाडौं — यति बेला थकाली समुदायलाई बल्ल फुर्सद मिलेको छ । हरेक १२ वर्षमा मुस्ताङमा लाग्ने ल्हफेव (भगवान् उदाउने) मेला भर्खरै सकिएको छ । संसारभरबाट आफ्नो थातथलो फर्किने यो मेलाकै बीच नेपाल संगीतनाटय प्रज्ञा प्रतिष्ठानले भने बहस चलायो 
मुस्ताङकै कोबाङ, थासाङलगायतका थलोमा पुगेर थकाली संस्कृतिमाथि प्रतिष्ठानले बहस चलाएको हो । ‘पछिल्लोपटक मुस्ताङ फिल्म सुटिङको थलोको रूपमा पनि विकास हुँदै गइरहेको छ,’ मुस्ताङबाट हालै फर्किएका प्रतिष्ठानका प्राज्ञ पुष्कर गुरुङले भने, ‘तर, स्थानीय संस्कृतिमाथि खासै कुनै पनि फिल्मको विषयले छुन सकेको छैन । खाली प्रकृतिमात्रै खिचेर फर्किन्छन् धेरैजसो चलचित्रकर्मी । यस्तोमा प्रतिष्ठानले मुस्ताङको मौलिक कलाको खोजी गर्ने प्रयत्न गरेको हो ।’
मुस्ताङको कोबाङमै छायांकन गरिएको ‘कबड्डी’ र ‘कबड्डी कबड्डी’ दुवैमा समेत कलाकारको भूमिका गरेका प्राज्ञ पुष्करले क्यामेराले प्रकृति खिच्दैमा समाज र संस्कृतिको प्रवद्र्धन नहुने दाबी गरे । ‘त्यही भएर हामीले संस्कृतिको जरा खोतल्ने प्रयास थालेका हौं ।’
प्रतिष्ठानले मंगलबार ‘थकाली संस्कृति, संस्कार र प्रदर्शनकारी कला’ माथि मुस्ताङकै होटल रिभर भ्यूमा अन्तरक्रिया गरेको थियो, जसमा अर्का प्राज्ञ रमेशरञ्जन झाले ‘प्रदर्शनकारी कला’ को महत्त्व प्रस्टयाएका थिए 
कला र जीवन फरक फरक हुँदैनन्, गाउँबेसी गर्दागर्दै, कोदो र गहुँबारी गोड्दागोड्दै र पँधेरोमा पानी भर्दाभर्दै पनि शरीरले कलात्मक भाषा निर्माण गरिसकेको हुन्छ,’ उनले भने, ‘प्रतिष्ठानले यसपटक मुस्ताङको थकाली समुदायको जीवनसित जोडिएको यस्तै कलाको महत्त्वलाई प्रस्टयाउने र त्यहीअनुरूप संरक्षणको मार्गनिर्देश गर्ने कोसिस गर्‍यो ।’
उनका अनुसार कार्यक्रममा बाह्रवर्षे मेला ‘ल्हफेव’ देखि थकाली समुदायको प्राचीन प्रदर्शनकारी कलासम्म पहिल्याउने काम भयो । ‘ल्हफेव थकाली संस्कृति र समाज’ विषयक प्रस्तुतिमा वसन्त भट्टचन र विमल शेरचनले चार चन समुदायका भगवान्हरू ‘ल्ह लाङवा न्हुर्बु’, ‘ल्ह क्हाङलासिंकी कर्पो’, ‘ल्ह छुयुरिन ग्याल्मो’ र ‘ल्ह हावार्‍हाङज्युङ’ को उत्पत्ति, अर्थ र यसको सांस्कृतिक वैज्ञानिकताको पक्षमाथि प्रकाश पारेका थिए भने ‘थकाली जातिमा प्राचीन प्रदर्शनकारी कला’ माथि पूर्णप्रसाद तुलाचनले प्रस्टयाए 
यी प्रस्तुतिहरूमाथि डा. किशोर शेरचन, प्रा. सोमप्रसाद गौचन, वसन्त शेरचन, डा. ज्योति शेरचनलगायतले टिप्पणी गरे । उनीहरूले हरेक १२ वर्षमा मन्दिरबाट देउता निकालेर नुवाउने, गाउँ घुमाउने, पूजा गर्नेजस्तो संस्कृति निरन्तर अघि बढिरहेको भए पनि थाहै नपाई मौलिक शैलीमा निकै ठूलो परिवर्तन आइरहेको दाबी गरे 
आजभन्दा ३६ वर्ष अगाडिको मेला र अहिलेको मेलामा ठूलो अन्तर आइसकेको रहेछ,’ प्राज्ञ झाले भने, ‘थाहै नपाई हुने यस्तो परिर्वतनले मौलिक सांस्कृतिक पहिचानमा के कस्तो असर गरिरहेको छ भन्ने आजको ताजा बहस हो । हिमाली जिल्ला पहिलोपटक यस्तो बहस हुनुले निकै ठूलो अर्थ राख्न सक्छ ।’
कार्यक्रममा थकाली समुदायका विभिन्न कला प्रस्तुतिसमेत गरिएको प्राज्ञ झाले बताए । थकाली सेवा समितिकी अध्यक्ष कृष्णकुमारी शेरचनले पनि ल्हफेवको महत्त्वमाथि प्रकाश पारेकी थिइन् । उनले यसपटक ल्हफेवलाई नयाँ ढंगले प्रवद्र्धन गर्न कविता प्रतियोगिता, न्होकोन चोली क्हयोव त्हुर्व (फेसन सो), खुल्ला म्याराथन दौड, तारा खेललगायत कार्यक्रम पनि सम्पन्न भएको बताइन् 
प्रकाशित : माघ ४, २०७३ ०९:२८

Societies of Nepal

 Societies of Nepal  Nepali society is incredibly diverse, shaped by over 142 distinct ethnic groups and multiple religious beliefs that oft...