Monday, June 10, 2019

धर्मनिरपेक्षताको राजनीति

धर्मनिरपेक्षताको राजनीति
आवश्यकता धर्मको राजनीति होइन, राजनीतिको धर्म स्थापना गर्ने हो यसले हाम्रा आन्तरिक समस्या सम्बोधन गर्न सहयोग पुर्‍याउनेछ
पुस १७, २०७५
चन्द्रदेव भट्ट
काठमाडौँ — २०६२/६३ सालपछि राजनीतिक, सामाजिक र सांस्कृतिक क्षेत्रमा नयाँ अवधारणाले प्रवेश पाएका छन् । जस्तै– नेपाल एकात्मकबाट संघात्मक, संवैधानिक राजतन्त्रबाट गणतन्त्रात्मक र राजतन्त्रात्मक हिन्दु राज्यबाट धर्म निरपेक्ष राज्य ।
यी विषय संविधानसभामा उपस्थित ९० प्रतिशतभन्दा बढी सभासदले अनुमोदन गरेका हुन् । तर केही विषय विवादको घेराबाट बाहिर आउन सकेका छैनन् । विवादित विषयमध्ये धर्म निरपेक्षता पेचिलो रूपमा देखापर्दैछ । यसको प्रत्यक्ष प्रमाण भर्खरै सम्पन्न नेपाली कांग्रेसको महासमिति बैठक हो । महासमितिमा धर्मले राम्रै रूपमा प्रवेश पायो । केही साताअघि शान्ति, विकास र जलवायु परिवर्तनको आवरणमा सम्पन्न एसिया प्यासिफिक सम्मेलनले पनि धर्मको विषयलाई राम्ररी उजागर गर्‍यो । सम्मेलनले नेपाल कम्युनिष्ट पार्टीभित्र हलचल ल्याएको छ । आम नागरिकको बुझाइ भने धर्म निरपेक्षताको आडमा मुलुकमा धर्मान्तरणका (इभान्जलिकल) गतिविधि बढाउन सम्मेलनले मलजल गरेको भन्ने रह्यो । सबै धर्मका गुरु बोलाएर सम्मेलन गरेको भए पनि एउटा धर्मको मात्र कार्यविधि र प्रक्रियामा बढी केन्द्रित भएकाले आम नागरिकले शङ्काको दृष्टिले हेर्ने नै भए । ‘होली वाइन’ को ठाउँमा पञ्चामृत पनि प्रयोग गरेको भए सम्मेलन धेरै विवादित हुँदैन थियो कि ?
मुलुक धर्म निरपेक्षतामा गएपछि धार्मिक धु्रवीकरण बढ्दै गएको छ । १०/१५ वर्षमा मुलुकमा धार्मिक यज्ञको बाढी आएको छ । यसलाई हेर्दा धार्मिक जागरण सुरुवात भएको अनुभूति गर्न सकिन्छ । यही बीचमा धर्मान्तरणका कार्यक्रम पनि बढेका छन् । यसले के सन्देश दिन्छ भने प्राग्ऐतिहासिक समयदेखि अभ्यासमा आएको धर्मको सार्थकता सकिएको पो हो कि ? यद्यपि संवैधानिक रूपमा धर्मान्तरण वर्जित छ । अहिलेको मूल प्रश्न मुलुक धर्म निरपेक्ष भएपछि किन धार्मिक रूपमा विभाजित हुँदैछ भन्ने हो । धर्म निरपेक्षताले धार्मिक सद्भाव बढाउनुपर्ने हो । एकाएक प्रतिशोधको भावना किन ? धर्मको राजनीतिले दक्षिण एसियामा राम्रै ठाउँ पाएको छ । यस क्षेत्रका धेरै राज्य धार्मिक द्वन्द्वमा फँसेका छन् र यसले फरक राजनीतिक र सामाजिक समस्या ल्याएको छ ।
नेपालमा अहिले जसरी धर्मले राजनीतिमा प्रवेश पाउँदैछ, यसले भोलि समाज कहाँ पुग्ला, त्यसै भन्न सकिने अवस्था छैन । यो आलेख धर्म निरपेक्षता के हो र यो किन विवादित हुँदैछ भन्नेमा बढी केन्द्रित रहनेछ । यसले धेरैजसो सैद्धान्तिक पक्षलाई मात्र व्याख्याको आधार बनाउनेछ । पश्चिमेली समाजमा प्रयोग गरिएको ‘सेक्युलारिजम’को समनार्थी शब्दको रूपमा धर्म निरपेक्षता शब्दलाई ल्याएको देखिन्छ ।
सेक्युलारिजमको विकासक्रम
रोमन साम्राज्यको पतनपछि युरोपमा चर्चको साम्राज्य सुरु भयो । चर्चले समाज र राज्य दुवैलाई प्रत्यक्ष नियन्त्रणमा लियो । क्रिस्चियन मान्यता अनुसार राज्य दैवी संस्थाका रूपमा लिइन्थ्यो र चर्चले पृथ्वीमा दैवीशक्तिको प्रतिनिधित्व गर्छ भन्ने अवधारणा थियो । राज्यका सम्पूर्ण क्रियाकलापमा चर्चको सल्लाह लिनु अनिवार्य मानिन्थ्यो । यसले राजनीतिज्ञ, कुलिन वर्ग, पादरी र व्यापारीबीच संघर्षको वातावरण सिर्जना हुनगयो । युरोपमा द्वन्द्व र झैझगडा सुरु भयो । चर्च र राज्यबीच देखिएको अन्तरद्वन्द्व आधुनिकता र वैज्ञानिक विकासमाथि अवरोधको रूपमा खडा हुनपुग्यो ।चर्चका पादरीहरूको राज्यमाथिको प्रत्यक्ष नियन्त्रणले शासकहरूले सम्प्रभुताको अभ्यास गर्न सकिराखेका थिएनन् । पछि धर्म सुधारकहरू विशेष गरेर मार्टिन लुथर र जोन क्यालभिनको अथक प्रयासबाट राज्यलाई चर्चबाट सम्प्रभु बनाउनुपर्छ र राज्यले गर्ने काम तथा निर्णयमा रिलिजन (चर्च) लाई अलग राख्नुपर्छ भन्ने मान्यता स्थापना भयो ।यसबाट पश्चिमेली राज्यहरूले केही हदसम्म चर्चको (धार्मिक) नियन्त्रणबाट छुटकारा पाए । यसैलाई उनीहरूले ‘सेक्युलरिजम’को संज्ञा दिए । ‘सेक्युलरिजम’को अर्थ राज्यको निर्णय प्रक्रियामा ‘रिलिजन’को हस्तक्षेप हुन हुँदैन भन्ने थियो । चर्च भनेकै ‘रिलिजन’ र ‘रिलिजन’ नै चर्च थियो । बाइबलको अन्तिम व्याख्या गर्ने अधिकार चर्चलाई मात्र थियो ।
धर्म निरपेक्षता र सेक्युलरिजम
सेक्युलरिजमको समानार्थी शब्दका रूपमा हामीले धर्म निरपेक्षतालाई प्रयोगमा ल्यायौं । हामीले न सेक्युलरिजमको नालीबेली बुझ्ने कोसिस गर्‍यौं न धर्म निरपेक्षताकै । धम निरपेक्ष शब्दलाई केलाएर हेर्ने हो भने यसको अर्थ अनर्थ हुन जान्छ । ‘धर्म’ को साधारण अर्थ ‘कर्तव्य’ हो भने ‘निरपेक्ष’को पक्ष नलिनु होइन, कर्तव्यबाट विमुख हुनु हो । कसरी व्यक्ति होस् या राज्य आफ्नो कर्तव्यबाट अलग भएर बस्न सक्छ ? धर्म निरपेक्षता शब्दलाई खप्तड स्वामीले धर्मविज्ञान भाग–४ मा राम्रोसँग व्याख्या गर्नुभएको छ । उहाँका अनुसार धर्म निरपेक्ष शब्दले भाषा र भावमा संयोजन ल्याउँदैन ।धर्म निरपेक्ष दुइटा शब्दबाट बनेको छ : धर्म र निरपेक्षता । निरपेक्ष संस्कृत शब्द ‘निरगत अपेक्षा यस्मात्’बाट आएको हो । यसको अर्थ आवश्यक नभएको हुन्छ । अर्थात् धर्म आवश्यक नभएको विषय भन्ने हुन आउँछ । सेक्युलरिजमको अर्थ राज्यको क्रियाकलापमा चर्चले प्रतिनिधित्व गर्ने रिलिजनको हस्तक्षेप हुनु हुँदैन तथा राज्यले विभिन्न रिलिजन (धर्म होइन) को बीचमा समदूरी कायम गर्नुपर्छ भन्ने हो । सेक्युलरिजमको नजिकको शब्द ‘पन्थ’ निरपेक्ष हुन जान्छ । भारतले आफ्नो संविधानको हिन्दी संस्करणमा सेक्युलरिजमलाई पन्थ निरपेक्ष भनी उल्था गरेको पाइन्छ यद्यपि बोलचालमा धर्म निरपेक्ष नै भन्ने गरिन्छ ।
धर्म र रिलिजन एउटै हुन्?
धर्म हाम्रो मौलिक शब्द हो र यसको अर्थ व्यापक छ । धर्मलाई धर्मशास्त्र तथा धर्मज्ञहरूले विभिन्न तरिकाले व्याख्या गरेको पाइन्छ । उदाहरणका लागि पद्मपुराण, भगवद्गीता, श्रीमद्भागवत, याज्ञवल्क्य, नीतिज्ञ विदुरका वचनलाई लिन सकिन्छ । सबैको निचोड व्यक्ति र राज्यले धारण गर्ने विषय नै धर्म हो । धारण गर्ने वस्तु राम्रा मूल्य–मान्यता र संस्कार हुन्, जसबाट कुनै पनि व्यक्ति विमुख हुन सक्दैन । धर्मलाई धारण गर्ने विषयहरू मनुस्मृतिको खण्ड ६ भाग ९२ मा प्रस्टसँग व्याख्या गरिएका छन् :
‘धृति: क्षमा दमोऽस्तेयं शौचमिन्द्रियनिग्रह: ।
धीर्विद्या सत्यमक्रोधो दशकं धर्मलक्षणम् ।’
अर्थात् धैर्य, क्षमा, हमेसा संयम रहनु, चोरी नगर्नु, भित्री र बाहिरी पवित्रता कायम राख्नु, इन्द्रियलाई वशमा राख्नु, सत्कर्म गर्नु, ज्ञान आर्जन गर्नु, सत्य आचरण पालना गर्नु, नरिसाउनु धर्मका दस लक्षण हुन् । रिलिजनमा इष्टदेवता हुन्छ । अन्तिम किताब (जसलाई धर्मग्रन्थ भनिन्छ) हुन्छ । निश्चित पूजा पद्धति हुन्छ । निश्चित पूजास्थल हुन्छ, जहाँ प्रत्येक व्यक्ति जान चाहन्छन् । उदाहरणका लागि क्रिस्चियानिटीमा एक इष्टदेव (जिसस क्राइष्ट), अन्तिम किताब (बाइबल), एउटा निश्चित पूजा पद्धति (आइतबार चर्च जाने) र अन्तिम ठाउँ चर्च या भ्याटिकन) । यी गुण एक ईश्वरवादी अब्राहमिक र अन्य रिलिजनमा पाइन्छन् । हिन्दु धर्ममा कुनै निश्चित देवता छैन, अन्तिम धर्मग्रन्थ छैन, अन्तिम पूजा पद्धति छैन, अन्तिम तीर्थस्थल छैन र अन्तिम अवतार पनि छैन । रिलिजनको नजिक हिन्दु धर्ममा विद्यमान विभिन्न पन्थ (जस्तै– शिवमार्गी, विष्णुमार्गी, कृष्णप्रणामी हुन) मात्र हुन आउँछन् । धर्म एउटा जीवन पद्धति हो भने रिलिजन पूजा पद्धति । धर्म र रिलिजनको यो व्यापकतालाई बिर्सेर धर्म निरपेक्ष शब्द प्रयोगमा ल्याउनु शास्त्रीय रूपमा अज्ञानताको उपज मात्र हो ।
किन विवादित धर्म निरपेक्षता?
धर्म निरपेक्षता विवादित हुनुका धेरै कारणमध्ये यसको शास्त्रीय बहस नहुनु हो । पछिल्ला वर्षहरूमा बौद्धिक छलफल गर्ने परम्परामा क्षयीकरण भएको छ । हाम्रा लागि अरूले ज्ञान उत्पादन गरिदिन्छन् । अर्थात् धैर्य, क्षमा, हमेसा संयम रहनु, चोरी नगर्नु, भित्री र बाहिरी पवित्रता कायम राख्नु, इन्द्रियलाई वशमा राख्नु, सत्कर्म गर्नु, ज्ञान आर्जन गर्नु, सत्य आचरण पालना गर्नु, नरिसाउनु धर्मका दस लक्षण हुन् । रिलिजनमा इष्टदेवता हुन्छ । अन्तिम किताब (जसलाई धर्मग्रन्थ भनिन्छ) हुन्छ । निश्चित पूजा पद्धति हुन्छ । निश्चित पूजास्थल हुन्छ, जहाँ प्रत्येक व्यक्ति जान चाहन्छन् । उदाहरणका लागि क्रिस्चियानिटीमा एक इष्टदेव (जिसस क्राइष्ट), अन्तिम किताब (बाइबल), एउटा निश्चित पूजा पद्धति (आइतबार चर्च जाने) र अन्तिम ठाउँ चर्च या भ्याटिकन) ।
यी गुण एक ईश्वरवादी अब्राहमिक र अन्य रिलिजनमा पाइन्छन् । हिन्दु धर्ममा कुनै निश्चित देवता छैन, अन्तिम धर्मग्रन्थ छैन, अन्तिम पूजा पद्धति छैन, अन्तिम तीर्थस्थल छैन र अन्तिम अवतार पनि छैन । रिलिजनको नजिक हिन्दु धर्ममा विद्यमान विभिन्न पन्थ (जस्तै– शिवमार्गी, विष्णुमार्गी, कृष्णप्रणामी हुन) मात्र हुन आउँछन् । धर्म एउटा जीवन पद्धति हो भने रिलिजन पूजा पद्धति । धर्म र रिलिजनको यो व्यापकतालाई बिर्सेर धर्म निरपेक्ष शब्द प्रयोगमा ल्याउनु शास्त्रीय रूपमा अज्ञानताको उपज मात्र हो ।
किन विवादित धर्म निरपेक्षता?
धर्म निरपेक्षता विवादित हुनुका धेरै कारणमध्ये यसको शास्त्रीय बहस नहुनु हो । पछिल्ला वर्षहरूमा बौद्धिक छलफल गर्ने परम्परामा क्षयीकरण भएको छ । हाम्रा लागि अरूले ज्ञान उत्पादन गरिदिन्छन् । यसमा आन्तरिक राजनीति र बाह्य कारण पनि छन्, जहाँ धर्मलाई सूक्ष्म तरिकाले रणनीतिक रूपमा प्रयोग गरेको देखिन्छ । आन्तरिक रूपमा हामीले केही हदसम्म यसको क्षणिक संवैधानिक समाधान गर्न सफल भए पनि बाहिरबाट सामाजिक इन्जिनियरिङ र भूराजनीतिक स्वार्थका लागि धर्मको रणनीतिक प्रयोग गर्ने परम्परा दिन–प्रतिदिन बढ्दैछ । यसले यो क्षेत्रमा अनिष्ट निम्त्याउने सम्भावना छ । संसारमा धेरैजसो क्षेत्रमा धर्मका नाममा ठूलठूला गृहयुद्ध भएको र त्यहाँको स्वरूप परिवर्तन भएको पाइन्छ । यो क्षेत्रमा त्यति ठूला द्वन्द्व भएको देखिँदैनन् र ५ हजार वर्षभन्दा पुरानो परम्परा कायम छ । अर्को कारण, पछिल्ला वर्षहरूमा विश्वभरि राष्ट्र, राष्ट्रियता, धर्म र संस्कृतिमाथि आधार बनाएर मौलाएको पहिचानको राजनीति हो । यसले अल्पसंख्यक र बहुसंख्यक (भाषा, धर्म, क्षेत्र, लिङ्ग) को बीचमा ठूलो खाडल सिर्जना गर्दैछ । नेपालमा बिस्तारै यो रोग सर्दै छ ।
अर्को महत्त्वपूर्ण तत्त्व १०–१५ वर्षमा देखिएको धर्मान्तरणको वेग हो । यो वेग मुलुक धर्म निरपेक्ष भएपछि बढ्दै गएको छ । यसको असर जसले पहिचानको सुनिश्चितता खोज्दैछन्, तिनीहरूकै पहिचान नष्ट हुने पक्का छ । अन्त्यमा, पछिल्ला वर्षहरूमा बहसमा ल्याइएका राजनीतिक अवधारणा कुनै एउटा भूगोल (क्षेत्र) को विषम राजनीतिक र सामाजिक परिस्थितिका उपज हुन्, जुन हाम्रो समाजसँंग मेल खाँदैनन् । अधिकांश राष्ट्रले यी अवधारणामार्फत निम्त्याइएका राजनीतिक र सामाजिक असरको मूल्य चुकाउनुपरेको छ । यसको उदाहरण पश्चिमी राष्ट्रहरू हुन्, जहाँ दोस्रो विश्वयुद्धपछि राष्ट्रवादलाई संवैधानिक राष्ट्रवादले विस्थापित गरे । सन् १९४५ लाई विगतको पीडा बिर्सन शून्य वर्षको संज्ञा दिए । आज पश्चिमा राष्ट्रका नागरिक रिलिजनबाट धर्मतिर लाग्दैछन् । हामी भने रिलिजनतिर फर्कदैछौं ।धर्म निरपेक्षता राजनीतिक र रणनीतिक स्वार्थका लागि प्रयोग हुनु हुँदैन । आजको आवश्यकता धर्मको राजनीति होइन, राजनीतिको धर्म स्थापना गर्ने हो । यसले हाम्रा आन्तरिक समस्या सम्बोधन गर्न सहयोग पुर्‍याउनेछ ।
प्रकाशित : कान्तिपुर, पुस १७, २०७५ ०७:५७

मृग वर्गलाई स्वागत

मृग वर्गलाई स्वागत
पुस १६, २०७५
कान्तिपुर संवाददाता
काठमाडौँ — गुरुङ समुदायले पुरानो वर्ष कुकुर वर्ग ‘खि’ ल्होलाई बिदाइ गरी नयाँ वर्ष ‘फो’ ल्हो मृग वर्गको स्वागत गरेको छ । ‘ल्हो’ को अर्थ वर्ष र ‘सार’ को अर्थ नयाँ भएकाले वर्षफेरिने दिनलाई तमु ल्होसार भनिएको गुरुङ समुदायको विश्वास छ ।
आफ्नो मौलिक पर्व मनाउन राजधानीमा रहेका गुरुङहरू आइतबार टुँडिखेलमा भेला भए । मौलिक परिकार चाखे, गीत गाए, रमाए । तमु हयुल छोंज धिं गुरुङ राष्ट्रिय परिषद् ल्होछार मूल आयोजक समितिले गरेको सामूहिक ल्हासार महोत्सवमा पाकादेखि युवायुवतीसम्म सांस्कृतिक मौलिकता झल्कने पहिरन तथा भेषभूषामा थिए । उनीहरूले विभिन्न सांस्कृतिक झाँकी समेत प्रदर्शन गरे ।
महोत्सवमा पुरुषहरू अल्लोबाट बनेको भांग्रा र कछाडसहित आएका थिए भने महिला चाहिँ गुन्युचोली र घलेक लगाएर । तमु संवत्अनुसार प्रत्येक पुस १५ मा ल्होसार मनाउने परम्परा रहिआएको परिषद्का अध्यक्ष रेशम गुरुङले जनाए ।
उनका अनुसार तमु ल्होसारले गुरुङ समुदायको भित्तेपात्रोमा नयाँ संवत् सुरु भएको संकेत गर्छ । प्राचीन तमु प्यो शास्त्रका अनुसार तमु ल्होसारका दिन तमुहरूका प्रथम महापुरुषको उत्पत्ति भएको मानिन्छ । जसअनुसार विभिन्न १२ जनावरका नामबाट १२ वर्ग निर्धारण गरिएको हुन्छ ।
महोत्सवमा भेटिएका ६० वर्षीय लामा इन्द्र तमुका अनुसार ल्होसारमा वर्षभरिका दु:ख पीडा भुलेर आफन्त, साथीभाइ एक ठाउँ भेला भई मिठोमसिनो खाँदै रमाइलो गर्छन् । सेल–रोटी, तीनपाने रक्सी, ढिँडो जस्ता खाना मौलिक खानेकुरा अन्तर्गत पर्छन् ।
सुखशान्तिको कामनागर्दै लामाहरूले पूजापाठ गरेर पुरानो वर्षलाई बिदाइगरेपछि नयाँ वर्षलाई स्वागत गर्ने परम्परा छ । यसपछि लामाहरूले विशेष मन्त्र जप गरिएको धागो बाँधिदिन्छन् । महिलालाई सात फेरो र पुरुषलाई नौ फेरो पहेंलो धागो घाँटीमा बाँध्ने गरिन्छ ।
‘वर्षभर सुखशान्ति होस्, फलोस्–फुलोस्, सातो नजाओस् भनेर धागो लगाउने परम्परा बसेको हो,’ लामा इन्द्रतमुले भने ।परापूर्वकालदेखि मनाइँदै आएको पर्व नयाँ पुस्तामा हस्तान्तरण गर्ने उद्देश्यले पनि महोत्सव गरिएको परिषद् अध्यक्ष रेशम गुरुङले बताए । ‘आफ्नोपन जोगाउन खानपान, भेषभूषा तथा चाडपर्व भावी पुस्तालाई सिकाउँदै आएका छौं,’ उनले भने ।
महोत्सव अन्तर्गतको विशेष समारोह प्रधानमन्त्री केपी ओलीले उद्घाटन गरेका थिए । प्रधानमन्त्रीले मुलुकको सांस्कृतिक विविधता गहनाको रूपमा रहेको उल्लेख गर्दै यसलाई जर्गेना गर्न सबै लाग्नुपर्ने बताए । प्रकाशित : पुस १६, २०७५ ०९:४६

हुम्लाको हाल : हिउँ नपरे दुःख बढ्छ

हुम्लाको हाल : हिउँ नपरे दुःख बढ्छ

हुम्लामा पाँच वर्षअघि जस्तो हिउँ अचेल परेको छैन । शुक्रबार पातलो हिउँ पर्‌यो, बिलायो । पछिल्लो समय हिउँ परे पनि फासफुस मात्र हुन्छ, जमिन बेस्सरी भिजाउँदैन । खेतबारीमा सिँचाइको व्यवस्था छैन । दर्के झरी पनि पर्न छोडेको छ । पुसमा जति बाक्लो हिउँ पर्‌यो, हिउँदे बाली उति राम्रो हुन्छ । राम्रो बाली भएको वर्ष चार महिना मुस्किलले खान पुग्छ । बाँकी नौ महिना खाद्य संस्थान र नेपाल–चीन सीमा बजार हिल्साको खाद्यान्नको भर पर्नुपर्छ ।
पुस १४, २०७५
गंगा बीसी, जयबहादुर रोकाया
सिमकोट, हुम्ला — बारीमा गहुँ–जौ छरेको तीन महिना भइसक्यो । अझै टुसाएको छैन । हिमालमा अलिअलि मात्रै हिउँ छ । शुक्रबार पनि सिमकोट वरिपरि पातलो हिउँ पर्‌यो, बिलायो । हिउँदे बालीलाई पुग्ने जति परेन ।
हुम्लामा खेतीलाई हिउँकै भर छ । खेतबारीमा सि“चाइको व्यवस्था छैन । दर्के झरी पनि पर्न छोडेको छ । बाक्लो हिउँ परे मात्र बालीनाली फस्टाउने स्थानीय बताउँछन् । ‘बाक्लो हिउँ परेन, बारीमा गहुँ–जौ पनि उम्रेन,’ सिमकोट–७, डाँडाफायका लालबहादुर शाही भन्छन्, ‘हरियो भइसक्नुपर्ने बारी मरुभूमिजस्तो छ ।’
पाँच वर्षअघि जस्तो हिउँ अचेल परेको छैन । परे पनि फासफुस मात्र हुन्छ, जमिन बेसरी भिजाउँदैन । ‘अस्ति अलिअलि हिउँपर्‌याथ्यो, उतिबेलै बिलायो, बारी भिजेन,’ शाहीले भने । छिट्टै हिउँ नपरे यो वर्ष हिउँदे बाली नफल्ने पीर छ उनलाई । हिउँदे बाली भएन भने हुम्लीका दुःखका पहाड झन् अग्लिँदै जानेछन् ।
बारीमा अन्न फल्न कम हुँदै गएको छ । सिमकोटस्थित नेपाल खाद्य संस्थानको डिपोमा पनि भनेजति चामल पाइँदैन । बारीमा फलेन र किन्न पनि पाइएन भने हालत के होला ? डाँडाफायकी हिराकला शाहीसँग पनि यो प्रश्नको उत्तर छैन । भन्छिन्, ‘घरमा केही भए खाने, नभए भोकै बस्ने ।’
पुसमा जति बाक्लो हिउँ पर्‌यो, हिउँदे बाली उति राम्रो हुन्छ । यसभन्दा ढिला हिउँ परे, बाली सप्रिँदैन । राम्रो बाली भएको वर्ष चार महिना मुस्किलले खान पुग्छ । बाँकी नौ महिना खाद्य संस्थान र नेपाल–चीन सीमा बजार हिल्साको खाद्यान्नको भर पर्नुपर्छ ।
डाँडाफायका वडा सदस्य जयबहादुर शाहीको अनुभव छ, ‘उवा जौ, गहुँ नउम्रिँदा थप खाद्य संकट हुन्छ । केही वर्ष अघिसम्म पाँच फिट हिउँ पथ्र्यो, बालीनाली पनि राम्रो हुन्थ्यो ।’ हुम्लाका माथिल्लो भेगको बारीमा एक बाली मात्र फल्छ । पछिल्ला वर्ष झन् समस्या पर्न थालेको उनको अनुभव छ ।
जलवायु परिवर्तन भएपछि स्थानीयको जनजीवनमा प्रतिकूल असर परेको छ । समयमा हिउँ र पानी नपर्दा बाली सप्रिएको छैन । हिउँ कम परेका कारण पानीका स्रोत सुक्न थालेका छन् । गाईबस्तुका लागि जंगलमा पनि पर्याप्त घाँस छैन ।
जलवायु परिवर्तनले गर्दा हिउँ र पानी पर्ने क्रममा तलमाथि भएपछि स्थानीय सरकार र यूएनडीपीले जीविकोपार्जन सहज पार्ने उपाय खोज्न थालेका छन् । सिँचाइ नहर निर्माण गरी खेती, चिसो मौसममा ग्रिन हाउसभित्र तरकारी खेती, व्यावसायिक स्याउ खेती सुरु भएको छ । नेपाल जलवायु परिवर्तन सहयोग कार्यक्रम स्थानीय जिल्ला संयोजक दीपेश घिमिरेले हिउ“ नपरेका कारण खेतीमा परेको असर स्थानीयले बुझ्न थालेको बताए ।
‘जलवायु परिवर्तनलाई आफ्नो अनुकूल बनाउन सक्नु अहिले यहाँको चुनौती हो । यसका लागि वातावरण परिवर्तनसँगै खेतीपाती परिवर्तन गर्न आवश्यक देखिन्छ,’ उनले भने, ‘हिउँ र पानी कम पर्दा पनि उत्पादन हुने खेती लगाउन प्रयास गरेका छौं ।’
स्थानीयको सिधा बुझाइ छ, ‘हिउँ परेन भने बाली सप्रिँदैन ।’ यसैसँग जोडेर स्थानीय तहले वन जोगाउने अभियान चलाएका छन् । कम दाउरा प्रयोग हुने चुलो प्रयोग, हिमाली क्षेत्रमा वृक्षरोपण अभियान चलेको छ । यो सबै केही सुगम गाउँमा चलेको छ । सिमिकोट गाउ“पालिका–७ मा सिँचाइ कुलो निर्माण भएपछि धान उत्पादन केही बढेको उनीहरूको भनाइ छ ।
समुद्र सतहदेखि करिब २५ सय मिटर उचाइको हुम्लास्थित कर्णालीकिनार धान खेती हुने माथिल्लो भेग हो । यहाँ स्थानीय जातको धान फल्न थालेपछि त्यसले कम्तीमा केही दिन खान पुगेको छ । ‘कुलो निर्माण भएपछि धान अलि बढी फलेको छ, यसले केही दिन भए पनि स्थानीय स्वाद दिन्छ,’ स्थानीय जलबहादुर शाहीले भने ।
जल तथा मौसम विज्ञान विभागका महानिर्देशक ऋषिराम शर्माले पश्चिमी वायु नेपाल प्रवेश गर्न ढिला भएकाले हिमाली क्षेत्रमा नपर्ने र तल्लो भेगमा पानी नपर्ने बताए । ‘हिउँ पर्न कम भएको भन्नुभन्दा एउटै समयमा नपरेको हो,’ उनले भने, ‘पश्चिमी वायु नआएकाले हिमालमा हिउँ पनि कम परेको हो ।’
काठमाडौं विश्वविद्यालयका प्राध्यापक एवं वातावरणविद् रिजनभक्त कायस्थ वातावरण परिवर्तनले हिमाली क्षेत्रमा छिट्ट्रै हिउँ पग्लने अवस्था देखिएको बताए । तापक्रम बढदा सुक्खापन बढदै गएको बताउ“छन् । जसका कारण स्थानीयको जनजीवनमा असर परेको छ ।
यस्तो बेला परिवर्तित वातावरणमा अनुकूल हुने काम गर्नुपर्ने उनको सुझाव छ । ‘वातावरण परिवर्तनको असर हिमाल, पहाड, तराई सबैतिर परेको छ,’ उनले भने, ‘ती क्षेत्रमा वातावरण अनुकूल काम गर्नुपर्छ । त्यहीअनुसार खेतीपाती, रहनसहन, बासोबास गर्नु उचित हुन्छ ।’ मुख्यगरी वनजंगल वृद्धि, पानीको स्रोतको संरक्षण र सदुपयोगमा ध्यान दिनुपर्ने उनको सुझाव छ ।
कोटा छ, चामल छैन
हुम्लामा उच्च हिमाली, मध्य र बेसी गरी तीन किसिमको हावापानी पाइन्छ । हावापानीअनुसार खाद्यान्न उत्पादन पनि फरक छ । दक्षिणी भेगमा कर्णाली नदीको आसपास धान खेती हुन्छ । चैखेली सर्केघाट, ताजाकोट र अदानचुलीका तल्लो भेगमा धान खेती हुन्छ ।
हुम्लामा नेपाल खाद्य संस्थानको कार्यालय खुल्नुअघि माथिल्लो भेगका बासिन्दा यिनै बस्ती पुगेर नुनसँग साटेर चामल लैजान्थे– भेडा, च्यांग्रा, घोडामा बोकाएर । सरकारले ढुवानी अनुदान दिएर सदरमुकाममा खाद्य संस्थानबाट चामल बिक्री गर्न थालेपछि पुरानो परम्परा हराउँदै गएको छ ।
जिल्लाको मध्यभेगमा कोदो, चिनो, कागुनो, मकै, गहुँ, उवा, सिमी, मास फल्छ । माथिल्लो भेगमा गहुँ, चिनो, फापर, उत्पादन हुन्छ । जिल्लामा सिँचाइको पर्याप्त सुविधा नहुँदा धेरैजसो बस्तीमा आकाशे हिउँ–पानीको भरमा खेतीपाती हुन्छ ।
बेसीका सीमितबाहेक प्रायः सबै बस्तीमा वर्षमा एक बाली मात्र उत्पादन हुन्छ । उच्च भेगको बस्तीमा भदौमा छरेको गहुँ अर्काे साउनमा पाक्छ । यसरी वर्षमा एक बाली मात्र उत्पादन हुने भएकाले आफ्नो उत्पादनले बढीमा चार महिना पुग्ने अध्ययनले देखाएको छ ।
‘पहिलेभन्दा खडेरी बढेकाले उत्पादन कम हुन थालेको छ । स्थानीयले खेतीपातीभन्दा नगद पाउने काममा ध्यान दिएकाले पनि खेती घटेको छ,’ चंखेली गाउँपालिकाको पुमा निवासी रामचन्द्र बुढाले बताए । बाहिरबाट आयात भएको खाद्यान्न महँगो भए पनि किनेर खाने बानी परेकाले स्थानीय नगद कमाउने काममा छन् । सिमकोटमा खाद्य संस्थानको शाखा कार्यालय, सर्केघाट तथा अदानचुली गाउँपालिकामा डिपो छन् । चंखेली, ताजाकोट र नाम्खा गाउँपालिकामा बिक्री केन्द्र राखिएको छ ।
डिपो तथा बिक्री केन्द्रमा कोटा निर्धारण भए पनि अधिकांश समय चामल उपलब्ध हुँदैन । यो वर्ष ती डिपो तथा बिक्री केन्द्रमा चामल नआएको सर्केघाटमा पसल गरेका छवि बुढाले जानकारी दिए ।
‘डिपोमा चामल आएन, पसलबाट महँगो किनेर खानुपर्‌यो,’ उनले भने । सिमकोटका खाद्यान्न व्यापारी प्रकाशबहादुर शाहीका अनुसार बजारमा मसिनो चामल प्रतिकिलो एक सय ८०, मोटा चामल एक सय ३५ र गहु“को पिठोको एक सय ३५ मा बिक्री हुन्छ ।
दक्षिणी भेगका सर्केघाट र भंखेली गाउ“पालिकाका बासिन्दा मुगुको गमगढीबाट मह“गो खाद्यान्न गरेर हुम्ला लैजान्छन् । ताजाकोट र अदानचुलीका बासिन्दा बाजुराको कोल्टी पुगेर भेडा, च्यांग्रा र खच्चडबाट ढुवानी गरी ल्याउँछन् । खाद्य संस्थान शाखा कार्यालयका अनुसार संस्थानले बिक्री गर्ने सहुलियत मूल्यको जापानिज चामल प्रतिकिलो ६०, जिरा मसिना ७०, सोना मन्सुली ६१, उसिना ३५ रुपैयाँ पर्छ ।
संस्थानले कोटा निर्धाण गरेकाले भनेजति चामल किन्न पाइँदैन । सिमकोट साविकका ४, ५, ६ वडाका बासिन्दाले एक सदस्यबराबर मासिक ५ किलोका दरले चामल किन्न पाउँछन् । सिमकोट बजार क्षेत्रमा बस्ने परिवारलाई मासिक १५ किलोग्राम चामल खाद्य संस्थानबाट किन्न पाउँछन् । यसले आधा महिना पनि खान पुग्दैन ।
अहिले संस्थानको सिमकोटस्थित गोदाममा करिब एक हजार ७ सय क्विन्टल चामल छ । जरुरी कामका लागि चामल आवश्यक परे हुम्लाका प्रमुख जिल्ला अधिकारीको सिफारिस चाहिन्छ । सिमकोटमा निजी जहाज कम्पनीले नेपालगन्ज र सुर्खेतबाट चामल ल्याउँछन् । खाद्यको तल्लो भेगको डिपोमा भने मुगुको गमगढी र बाजुराबाट खच्चडले ढुवानी गर्छन् ।
भोकमरी होइन भातमरी’
हुम्ला (ख) का प्रदेशसभा सांसद एवं पूर्वमन्त्री जीवनबहादुर शाही हुम्लामा भोकमरी होइन भातमरी रहेको बताउँछन् । स्थानीय उत्पादनलाई बेवास्ता गरी चामलको पछि दर्गुदा भोकमरी भएको उनको बुझाइ छ ।
‘हुम्लामा उपभोग गर्न जान्ने हो भने खाद्यान्न प्रशस्त छ । खाद्य संस्थानले चामल बाँड्न थालेपछि बारीको खाद्यान्न उपभोग गर्ने बानी कम भयो,’ उनले कान्तिपुरसँग भने, ‘सकेसम्म आफ्नै उत्पादन खाने बानी गर्ने हो भने धेरै सहज हुन्छ ।’
सरकारले हुम्लीलाई भात खान बानी बसालेकाले परनिर्भरता बढदै गएको उनको भनाइ छ । ‘सरकारले किसानको स्थानीय उत्पादन खरिद गरी वितरण गर्ने काम गरेको भए यो अवस्था आउने थिएन,’ उनले भने, ‘भौगोलिक बनावटअनुसार कृषिको काम गर्नुपथ्र्यो ।’ कान्तिपुरसँगको कुराकानीमा धेरै स्थानीयले आफ्नो उत्पादन बढाउने र त्यसलाई उपभोग गर्ने बानी कम हुँदै गएको बताए ।
सहरी क्षेत्रमा फापर, कोदोको ढि“डो खाने बानी बढेको बेला हुम्लामा भने त्यसलाई बेवास्ता गरिएको सांसद शाहीले बताए । ‘पोषणले भरिपूर्ण स्थानीय खाद्यान्न बेवास्तामा परेको छ,’ उनले गुनासो गरे ।
ताक्लाकोट ‘कोसेली’
सिमकोट–हिल्सा सडकमा गाडी चलेपछि माथिल्लो भेगका बासिन्दा चीन–नेपाल सीमाक्षेत्र बजार ताक्लाकोटबाट मैदालगायत अन्य उपभोग्य वस्तु ल्याउँछन् । तिब्बतको ताक्लाकोटबाट ५० किलोभन्दा बढी मैदा ल्याउन पाउँदैनन् । स्थानीयवासी ती वस्तुलाई ‘ताक्लाकोटको कोसेली’ भन्छन् ।
‘ताक्लाकोटमा खाद्यान्न भनेजति किन्न पाए सस्तो पथ्र्यो,’ सिमकोट–७, धारापुरीका ७० वर्षीय नरबहादुर शाहीले भने, ‘चाइनस (चीन) ले अलिअलि मैदा र अरू खाद्यान्न मात्रै किन्न दिन्छ । थोरैथोरै गरी पुर्‌याउनुपर्छ ।’
माथिल्लो भेगमा कोकाकोला, रेडबुल, बियर, चक्लेट, बिस्कुटलगायत वस्तु ताक्लाकोटबाट आउँछ । अलिअलि सिमकोटनजिक पनि आइपुग्छ । स्थानीय प्रशासनले कर नतिरी ल्याएको भन्दै ताक्लाकोटबाट धेरै सामान ल्याउन नदिएको स्थानीयको भनाइ छ ।
हुम्लीले आफूले पालेका याक, च्यांग्रा र जडीबुटी हिल्सा हुँदै निर्यात गर्छन् । यताबाट ठूलो मात्रामा व्यापार हुँदैन । जिल्लाको उत्तरी भेगका युवा गर्मी मौसममा ताक्लाकोट काम गर्न जान्छन् । हुम्लीलाई ताक्लाकोटमा काम गर्न तिब्बतको स्थानीय सरकारले अनुमति दिएको छ ।
तराईको तरकारी हिमालतिर
हुम्लामा असारदेखि असोजसम्म तरकारी फल्छ । यो बेला बजारमा स्थानीय तरकारी आउने भएकाले केही सस्तो पर्छ । कात्तिकपछि भाउ अकासिन्छ ।
नेपालगन्ज र सुर्खेतबाट जहाज चढेर तरकारी हुम्ला पुग्छ । सिमकोट माथिल्लो बजारमा तरकारी पसल गरेका चेतनसिंह ठकुरीका अनुसार जिल्लामा तरकारी नेपालगन्ज र सुर्र्खेतबाट हवाईजहाजमा ल्याउनुपर्छ । यसरी हवाई ढुवानीबाट आउने कुनै पनि तरकारी २ सय ५० भन्दा कम मूल्यमा पाइ“दैन । काउली, टमाटरलगायत तरकारी २ सय ५० रुपैया“देखि २ सय ८० सम्म पर्छ ।
नेपालगन्जबाट सिमकोट हवाई भाडा महँगो भएको र सुर्खेतबाट ढुवानी हुँदा प्रतिकिलो १० देखि १५ रुपैया“ सस्तो हुने भएकाले तरकारीको मूल्य फरक पर्ने ठकुरीको भनाइ छ । बजारमा हवाई ढुवानीको तरकारी बिक्री र उपभोग हुन्छ । दुर्गम गाउँका बासिन्दाले सुकाएर राखेको तरकारी खानुपर्छ ।
जिल्लामा बेसीतिर गोलभेडा, बरेला, काउली, बन्दा, कर्कलो, फर्सी उत्पादन हुने गर्छ । जहाजबाट तरकारी ल्याएर बेच्ने सिमकोटमा दर्जनभन्दा बढी तरकारी पसल छन् । सबै पसलमा तरकारीको मूल्यमा एकरूपता छैन ।
उच्च भेगमा आलु चोती (स्थानीय मुला), फर्सी, काउली बन्दा उत्पादन हुन्छ । विकासे तरकारीको बीउ जिल्लामा आइपुग्नुभन्दा पहिले जिल्लामा स्थानीय जातका गोलभेडा, आलु चोती, सलगमजस्तो (कोइरो), रेला हरियो साग मात्र उत्पादन हुन्थ्यो ।
दुई दशकयता कृषिमा परिवर्तन आइरहेको छ । सरकारी र गैरसरकारी संस्थाले आधुनिक तरकारीको बीउ ल्याएर वितरण गरेपछि काउली, बन्दा, डल्ले खुर्सानी, मुलाजस्ता तरकारी केही क्षेत्रमा उत्पादन हुन्छ ।
स्थानीयले ग्रिन हाउसभित्र तरकारी फलाउन सुरु गरेका छन् । यसले थोरै भए पनि उनीहरूको भान्सामा हरियो तरकारी पाक्न थालेको छ । गाउँमा केही घरमा ग्रिन हाउसमा तरकारी खेती गरेको देखिन्छ ।
न बिजुली न दाउरा
जाडो मौसममा हुम्ला चिसिन्छ । वनजंगल कटानीमा कडाइ भएकाले दाउरा महँगो छ । स्थानीय खोलाबाट उत्पादन भएको बिजुली पर्याप्त छैन । सदरमुकाम सिमकोटमा बिजुली नपुगेर लोडसेडिङ हुन्छ । दाउराको एक भारीको आठ सय रुपैयाँ पर्छ । ‘बिजुली पर्याप्त छैन, दाउरा पनि पाउन गाह्रो छ, पाए पनि महँगो,’ सिमकोटका नोर्बु लामाले भने, ‘खाना पकाउन दाउराकै भर हो ।’ जाडोमा दाउरा बालेर ताप्ने अवस्था हुँदैन । बिजुलीबाट हिटर बाल्ने क्षमता उनीहरूको छैन । बिजुली पनि पुग्दैन ।
हिल्सा सडकको भरोसा
सिमकोटदेखि चीन सीमा हिल्सासम्म ९५ किलोमिटर लामो सडकमा गुड्ने हुम्लीको पुरानै सपना हो । अब छिट्टै त्यो सपना पूरा हुने अवस्थामा पुगेको छ ।
तीन किलोमिटर ट्र्याक खोलेपछि सिमकोट–हिल्सा सडकमा सिधै गाडी गुड्छ । यो वर्षभित्र च्याछराको तीन किलोमिटर पहरा काट्ने लक्ष्य छ । त्यसपछि तिब्बतसँग सिधा यातायात सम्बन्ध जोडिनेछ । ‘यो आर्थिक वर्षभित्र हिल्सासँग सडक जोडिन्छ,’ सडक विभागका इन्जिनियर वीरेन्द्र शाहीले भने, ‘पहरा फुटाउन विस्फोटक पदार्थ आवश्यक छ । त्यो सेनाले उपलब्ध गराउनुपर्नेछ ।’
हाल हिल्सा–सिमकोटको ७२ किलोमिटर सडक खण्डमा गाडी गुड्छन् । हिल्सादेखि केर्मी ओखरथला र सिमकोटदेखि धारापरीसम्म गाडी चल्छ । हिल्सादेखि आउने अधिकांश गाडी चिनियाँहुन् ।
सिमकोटवरिपरि गुड्नेचाहिँ काठमाडौं, नेपालगन्जबाट हेलिकप्टरले ओसारेका । आर्थिक वर्ष ५६–५७ मा साविक जिविसले आफ्नै स्रोत परिचालन गरी हिल्साबाट दक्षिण सडक खन्न सुरु गरेको थियो । जिविसले काम गरेको समयमा हिल्सादेखि दक्षिण यारी गाउँसम्म ३२ किलोमिटर ट्र्याक खोलेपछि सडक विभागले काम सुरु गरेको थियो ।
कर्णाली करिडोरअन्तर्गत पर्ने कालिकोटको खुलालुदेखि सिमकोटसम्म दुई सय ९६ किलोमिटरमध्ये करिब एक सय किलोमिटर ट्र्याक खोल्न बाँकी छ । यही गतिले काम भए अझै तीन वर्षपछि मात्र कालिकोटबाट सिमकोट सडक पुग्ने सडक विभागको अनुमान छ । कर्णाली करिडोरको ट्र्याक खोल्ने ठेक्का नेपाली सेनाले लिएको छ । kantipur प्रकाशित : पुस १४, २०७५ ०७:५२

राजाको अलपत्र योजना

राजाको अलपत्र योजना
राजालाई दर्शनभेट पाउँ भन्ने कोही थिएनन्, कर्मचारी पनि सकेसम्म पन्छिन चाहने वातावरण थियो। राजालाई दरबारमा एक्लो परेकाले कार्यालयबाट चाँडै फिर्न मन नलाग्ने अवस्था थियो।
Kantipur, पुस १४, २०७५
‍रेवतीरमण खनाल
काठमाडौँ — छयालीस सालको राजनीतिक परिवर्तनपछि मैले संवैधानिक भएका राजा वीरेन्द्र धेरै नै एक्लो परेको अनुभव गरेंँ। संविधान निर्माण आयोग आफ्नै काममा व्यस्त थियोरु। प्रधानमन्त्री कृष्णप्रसाद भट्टराई भने अञ्चलाधीशहरूलाई खारेज गर्ने, पशुपति क्षेत्र विकास कोष तथा लुम्बिनी विकास कोष, सामाजिक कल्याण परिषद्को अध्यक्ष र अन्यत्र पनि राजसंस्थासँग नाम जोडिएका संस्थाबाट राजपरिवारका नाम हटाउने जस्ता कार्यमा सक्रिय थिए।
यता राजा संवैधानिक भएपछि मन्त्रालय, आयोगहरूका जाहेरी नआएकोले दरबारका सचिवालयहरूका जाहेरी पनि थिएनन्। दर्शनभेट पाउँ भन्ने कोही थिएनन्, कर्मचारी पनि सकेसम्म पन्छिन चाहने वातावरण थियोरु। राजालाई दरबारमा एक्लो परेकाले कार्यालयबाट चाँडै फिर्न मन नलाग्ने अवस्था थियो। सचिवालयका कर्मचारी दरबारबाट निस्केपछि समय बिताउन मलाई मंगल सदनमा अबेलासम्म राखिबक्सन्थ्यो।
यस्तैमा एकदिन राजाले आफ्नो ब्रिफकेस तथा सुरक्षित स्थानमा राखेका कागजपत्र झिकेर असान्दर्भिक भएका जति हटाउन केलाउन थालिबक्स्योरु। म पनि सहयोगी भएको थिएँ। एउटा फाइल झिकेर ‘यो योजना पनि अलपत्र पर्‌यो’ भनी छुट्टै ठाउँमा फ्यात्त राखिबक्स्यो, अरु कागज बैठकेलाई दिई श्री सदनको निश्चित ठाउँमा लगेर राख्न अह्राइबक्स्याे।
बैठके बाहिर निस्केपछि त्यो अलपत्र परेको योजना के होला भनी जिज्ञासा राखेँ। केही क्षणपछि भुइँबाट फाइल झिक भनिबक्स्यो। ‘तिमीलाई केही त थाहै छ होला, अहिले सुन्छौ भने ल सुन’ भनी त्यो फाइल दिँदै फुकाउने आदेश भयो। तीन बाई साढे दुईको टेबुलमा फिजाएँ। त्यो त नेपालको रङ्गिन नक्सा रहेछ।
‘नेपाल कृषिप्रधान, वनजङ्गल, नदीनाला, झर्ना र हिमाल–तराईको समथर रमणीय मुलुक विकासमा पूर्वबाट जति पश्चिम गयो, उति पछि परेको। मेरो पहिलो सुर्खेत भ्रमणमा तिमी र न्यायाधीश मीनबहादुरले सुनाएको बिन्तीपत्रको कुरा सम्झना आइरहन्छ,’ राजाले भनिबक्स्यो, ‘एकजनाले अर्कोसित गएकी श्रीमतीलाई पनि फर्काइपाउँ भनेको। उसलाई तिमी पनि अर्कोस“ग बिहे गर भन्दा, छोरो टुहुरो हुन्छ भनेको।’
क्षेत्रीय भ्रमण गरी उत्तरी सीमादेखि दक्षिणी सीमासम्ममा के–के सम्भावना छन् भनी अध्ययन–मनन गर्दा थाहाभएको थियो– विकासका लागि पानी, बाटो र बिजुली अत्यावश्यक हुन्रु। कुन–कुन ठाउँमा के राम्रो हुन्छ, नक्साको तल उल्लेख रहेछ।
हिमाली र उच्च पहाडी क्षेत्रमा पशुपालन (चौंरी, भेँडा–च्याङ्ग्रा, घोडा, खच्चर आदि), मध्य पहाडी क्षेत्रमा फलफूल, तरकारी, जडिबुटी आदि र तराई एवं भित्री मधेसमा खाद्यान्न उत्पादन बढाउने नीति लागु गर्ने। त्यो नीति राष्ट्रिय मूलनीति अन्तर्गतकै हो भनिबक्स्यो, ‘पूर्व मेचीदेखि पश्चिम महाकालीसम्मको हिमाली क्षेत्रको दक्षिणी पाटोको हरियाली घट्दै गएको छ, विश्वको तापमान बढ्दै गएर हिउँ पग्लेर कालापहाड बनी मरुभूमिकरण हुँदैछ, त्यसलाई रोक्ने हराभरा पार्ने।’
योजना कार्यान्वयन गर्न ठूलै जनशक्ति, धन पनि लाग्ने हु“दा कसरी सकिएला भन्ने मेरो जिज्ञासामा ‘पर्ख–पर्ख’ भनिबक्स्यो। राजाले भनिबक्स्यो, ‘विदेशीले कुनै योजना गर्छु भने भने त्यो उनकै प्राविधिक, निर्देशक आदि कर्मचारीको तलब–भत्ता र मोटर आदि सुविधामै खर्च गर्छन्, वास्तविक लगानी कम हुन्छ। नेपालीलाई सुविधाको चाहना बढाउ“छन्रु। अतः नेपाली विज्ञ प्राविधिकबाटै योजना सम्पन्न हुनेछन्।
‘रामपुर कृषि क्याम्पस र लमजुङको सुन्दर बजार क्याम्पसबाट योजनालाई चाहिने तल्लो तहको प्रविधिदेखि कृषि वैज्ञानिकसम्म उत्पादन हुनेछन्, यता सीटीईभीटीले पनि आवश्यक जनशक्ति उत्पादन गर्नेछ। वन तथा जडिबुटी, वनस्पतिविज्ञ जनशक्ति वन विज्ञान अध्ययन संस्थान हेटौंडाले उत्पादन गर्नेछ। साना जलविद्युत आयोजनामा रोनाष्टले इन्जिनियरहरू व्यवस्था गर्नेछरु। सानोतिनो विकास नेपाली किसानले गरिआएकै छन्।
पानीका निम्ति उत्तरी हिमाली क्षेत्रमा हिमताल, तलैया, झर्ना, पोखरी प्रकृतिले दिएकै छरु। हाम्रा इन्जिनियरले पाइपद्वारा त्यो पानी दक्षिणी पानीढलोमा छाडेपछि पहाड पनि रसिलो हुन्छ, फेदी–बेंँसीसम्म पानी झर्छ। त्यहाँ पोखरी वा कुलो बनाई बोटबिरुवा, जडिबुटीलाई सिंचाइ गर्न र खानेपानीको व्यवस्था हुन्छ।
नमुनाका रूपमा योजनाले गरेर देखायो भने कृषकले आफैं गर्छन्, जस्तै– पहिले मुस्ताङको मार्फामा कृषिफर्म खोली मदन राई आदि केही रामपुरका कृषिविज्ञको उत्पादनले तरकारी र बिउबिजन बनाउने, स्याउका बिरुवा उत्पादन गरी मुस्ताङ, मनाङ, डोल्पा, जुम्लासम्म वितरण गरी सिकाएपछि तीन वर्षमा फल्न थाल्यो, फाइदा भयो, किसान आफैं खेती गर्ने भए।’
राजाको फ्रान्स भ्रमणका बेला त्यहाँका नेपाली भेट्दा पासाङ खम्पाचे शेर्पा पनि रहेछन्रु। राजाबाट उनलाई तिमी यहा“ के गर्दैछौ भनी सोध्दा म वाइन कारखानामा स्याउको रक्सी बनाउने काम गर्छु भनेछन्रु। नेपालमा पनि गर्न सक्छौ भन्दा सक्छु भनेछन् र उनलाई साथै ल्याई जागिर दिई मार्फामा रक्सी कारखाना खोलेको कुरा राजाबाट थाहा भयो।
जुम्लाको गोठीचौरको भेँडी फर्ममा उन्नत जातका भेँडा पालेर त्यहा“ गाउ“लेलाई सस्तोमा व्याड थुमा बिक्री–वितरण सुरु भयोरु। महत्व नबुझेका केहीले मात्र ती व्याडका लागि लगेका थुमा पनि काटेर खाएर। त्यस्तालाई शिक्षा दिन कृषि शिक्षा प्रचार–प्रसार गर्नुपर्छ।
विस्तारै महत्व बुझ्नेछन्। केशर खेती विषयमा विदेशमा पढ्न पठाएर आएका विज्ञद्वारा डोल्पामा खेती सुरु गरियो, तर काम गर्ने विज्ञ नै अन्यत्र गएरु। केशरको राम्रो उत्पादन सुरु भएको थियोरु। त्यस्तै गुल्मीमा कफी खेती पनि राम्रै भएको थियो।’
‘सो उद्घाटनका समय सेवक पनि सवारीमै थिए“,’ मैले बिन्ती गरेँ। ‘तिमीले योजनालाई पैसाको कुरा गरेका थियौ’ भनी पुनः कुरा अगाडि बढाइबक्स्यो, ‘विश्व पर्यावरण विषयको हरारेमा भएको सम्मेलनमा साना अल्पविकसित र विकासोन्मुख राष्ट्रहरूका तर्फबाट विकसित राष्ट्रका कलकारखाना र उद्योगबाट निस्कने धुवाँ–धुलोले विश्व वातावरण बिग्रेको, त्यसको मार हामीले सहनुपरेको कुरा उठायौं।
त्यसको क्षतिपूर्ति हामीले पाउनुपर्छ, हामीले हरित ग्यास उत्पादन गर्ने, तपाईंहरूले बिगार्न हुँदैन भनेपछि विकसित राष्ट्र पनि त्यसमा सहमत भए, कोष खडा भयो। महासन्धिमा हस्ताक्षर भएकै थियोरु। त्यसपछि हामीले पनि त्यो कोषबाट पैसा पाउँछौं। त्यही पैसा यी योजनामा लगाउने सरकारले पनि थप्ने योजना छ।’
अनि तराईमा खाद्यान्न उत्पादन बढाउने कुरा भयोरु। राजाबाट भनिबक्स्यो– ‘हेर तराईको मुटु चुरे पहाड होरु। त्यो हिमालजस्तै लामो छ। त्यसमा अतिक्रमण रोक्नुपर्छरु। त्यहाँ खोरिया फाँडेर बस्ती बसेकालाई अन्यत्र जग्गा दिएर सार्नुपर्छ।
बरु त्यहाँ वर्षाको पानी जम्मा गर्ने जलाशय बनाउनुपर्छ भन्ने पनि योजनामा व्यवस्था छरु। आधारभूत आवश्यकताको योजना पनि यसैको अङ्ग हो। यो योजना राम्ररी लागु गरेपछि ६ महिना जेठदेखि मंसिरसम्म काम गरेर बाँकी समय बेकार बस्ने जनशक्ति सधैं काममा व्यस्त रहन्छरु। कामको खोजीमा दरवान, कुल्ली, लाहुरे हुन जानपर्ने छैन। एक जापानी पर्यटकले ‘तपाईंको देशका अनेक प्राकृतिक दृश्यका तस्बीर बेचेमात्र पनि पैसा कमिन्छ’ भनेका थिए।’
धैर्यपूर्वक सुनेपछि भनेंँ– सरकार वातावरण बनेछ भने थाइल्यान्डमा राजाको योजनाजस्तै यसलाई लागु गर्न सकिन्छ। राजाबाट निराशा व्यक्त भयो– नेताहरूको व्यवहारले त्यो देखाउँदैन।
राजाका त्यस्ता कुरा सुनेको मलाई आज सपनाबाट बिउँझेझैं भएको छरु। मेलम्चीको पानी तीन दशकमा पनि ल्याउन नसक्ने र मुग्लिन–चितवन मार्ग बन्दा लागेको समय देख्दा चीनबाट रेल ल्याउने, बंगालबाट पानीजहाज ल्याउने जस्ता कुराका लागि नेपालीले कति कुर्नुपर्ने होला?
लेखक राजप्रसाद सेवाका पूर्वप्रमुख सचिव हुन्।

कर्तारपुर सीमा र नेपाल



कर्तारपुर सीमा र नेपाल
कर्तारपुर–डेराबाबा सीमा–नाकाको निर्माण शिलान्यासपछि दक्षिण एसियाली मुलुकमा नयाँ आशा जागेको छ नाका सञ्चालनले नेपाललाई पनि लाभ मिल्छ 
कान्तिपुर, पुस ११, २०७५
बुद्धिनारायण श्रेष्ठ
काठमाडौँ — सन् १९४७ मा इस्ट इन्डिया कम्पनीले भारत छाड्ने क्रममा उपमहाद्वीपलाई तीन टुक्रा पारियो– हिन्दुस्तान र पाकिस्तान (पूर्वी पाकिस्तान हाल बंगलादेश समेत) । विभाजित यी दुई देशबीच २ हजार ९ सय १२ किलोमिटर लामो र्‍याडक्लिफ सीमा लाइन खिचियो । यो सीमारेखामा दुवै देश स्थिर हुनसकेको पाइँदैन ।
खासगरी काश्मिर क्षेत्रको ७ सय ४० किलोमिटर ‘लाइन अफ कन्ट्रोल’मा बेलाबखत झडप र वैमनस्यता हुने गरेको छ । इमरान खानले पाकिस्तानको प्रधानमन्त्री भएपछि वैमनस्य हटाई सीमा व्यवस्थापन गर्ने इच्छा प्रकट गरेको पाइन्छ ।
पाकिस्तान र भारतबीच रहेको कर्तारपुर–डेराबाबा सीमा–नाका खोल्ने पूर्वाधार निर्माणको इमरान खानले हालै शिलान्यास गरे । त्यस समारोहमा दुई केन्द्रीय मन्त्री र पन्जाव प्रान्तका मन्त्रीले भारतका तर्फबाट प्रतिनिधित्व गरेका थिए । यसबाट पाकिस्तान र भारतको सम्बन्ध सुधार हुने लक्षण देखिएको छ । ती दुई देशबीच सम्बन्ध सुधार भई कर्तारपुर र बाघा सीमा–नाका आपसमा खुल्दै आए नेपालले पनि व्यापार वाणिज्य फाँटमा समेत सुविधा पाउन सक्नेछ । चीनको बीआरआई परियोजनासँग सम्बन्धित पाकिस्तानको ग्वादर सामुद्रिक बन्दरगाहबाट समेत नेपालले फाइदा लिन सक्ने हुन्छ ।
पाकिस्तान–भारत सीमा–नाका
पाकिस्तान र भारतबीच चार सीमा–नाका छन् । पहिलो, बाघा–अट्टारी नाका सन् १९७० मा खुलेको थियो । यस नाका भएर जाने–आउने रेलवे लाइनले लाहोर र दिल्लीलाई जोडेको छ । यसै नाका भएर ग्रान्ड ट्रन्क रोडले एसियन हाइवे नेटवर्कलाई पनि जोडेको छ । मलेसिया, थाइल्यान्डबाट भारत भई यसै नाकाबाट दिनको करिब पाँच सय ट्रक पश्चिमको अफगानिस्तान, इरान, टर्कीतर्फ जाने गर्छ ।
बाघा–अट्टारी सीमा–नाका बिहान १० देखि ४ बजेसम्म खुल्छ । सूर्यास्त हुनुअघि यस नाकाको दुवैतर्फको दसगजा क्षेत्रमा प्रत्येक दिन करिब एक घन्टा संवेदनशील तथा रमाइलो बिटिङ द रिट्रिट कार्यक्रम गरिन्छ । त्यसपछि सीमा–नाकाको फलामेद्वार बन्द हुन्छ ।
दोस्रो सीमा–नाका गन्डासिंहवाला–हुसैनवाला हो । पाकिस्तान र भारतबीच तीन पटकको युद्धका कारण यस नाका बन्द गरिएको छ । तेस्रो नाका हो, खोक्रापार–मुनबाओ । यो नाका दुई देशबीच सन् १९६५ को युद्धपछि बन्द गरिएको थियो । फेबु्रवरी २००६ मा यसलाई पुन: सञ्चालनमा ल्याई ३१ जनवरी २०२१ सम्म खुला गर्ने सहमति गरिएको छ । दुवै देशको रेलसेवा जोडिएको यो दोस्रो नाका हो । तर यहाँबाट सातामा एकपटक मात्र रेल आउने–जाने गर्छ ।
चौथो सीमा–नाका कर्तारपुर–डेराबाबा खोल्न पूर्वाधार संरचना निर्माण कार्यको शिलान्यास कर्तारपुरमा पाकिस्तानी प्रधानमन्त्री इमरान खानले हालै गरे । भारतीय सीमावर्ती क्षेत्रको डेराबाबामा त्यसको दुई दिनअघि भारतीय उपराष्ट्रपति वेनकइह नाइडुले पूर्वाधार निर्माणको सुरुआती शिलान्यास गरेका छन् । रावी नदी किनारका दुवै सीमाञ्चल क्षेत्रमा शिख समुदायको बाहुल्य सीमावर्ती भूभागमा रहेको यो नाका खोल्न दुवैतर्फबाट शिलान्यास गरिएकाले यसबाट पाकिस्तान–भारतको आपसी सम्बन्ध सुधार हुने संकेत देखापरेको छ ।
कर्तारपुर–डेराबाबा कोरिडोर
यस कोरिडोर खोल्ने प्रयासलाई पाकिस्तान–भारत सम्बन्धको नयाँ अध्याय सुरु भएको मान्न सकिन्छ । कोरिडोरले सीमाको दुवैतिरका शिख समुदायलाई एकअर्काे देशमा सजिलै तीर्थाटन गर्न सुविधा मिल्नेछ । दुवै देशको सीमा वारपार गर्न पासपोर्ट भिसाको बदला तीर्थालुलाई सीमा वारपारको गुरुद्वारा मन्दिर जान–आउन विशेष पर्मिट दिइने शिलान्यासका समय बताइएको छ ।
शिलान्यास कार्यक्रममा पाकिस्तानी प्रधानमन्त्री खानले भनेका थिए, ‘दोस्रो विश्वयुद्धका शत्रु देश जर्मनी र फ्रान्स शान्तिपूर्ण छिमेकीका रूपमा रहेका छन् भने काश्मिरलाई लिएर तीनपटक युद्ध गरेका पाकिस्तान र भारत असल छिमेकीका रूपमा परिणत हुन किन सक्दैनन् र ? दुवै देशको राजनीतिक इच्छाशक्ति र अठोट भयो भने काश्मिर मामिलासमेत समाधान गर्न सकिन्छ । मानिस चन्द्रमामा हिँड्न सक्छ भने भारत–पाकिस्तान समस्या समाधान हुन सक्दैन र ?’ खानले भनेका थिए, ‘पाकिस्तान र भारत असल छिमेकी भएर बाँच्नुपर्छ । एकअर्कालाई दोष दिन बन्द गर्नुपर्छ । गल्ती दुवै तर्फबाट भएको हुनसक्छ । शान्तिका लागि भारत एक कदम अगाडि बढ्छ भने पाकिस्तान दुई कदम बढ्नेछ । पाकिस्तान र भारत दुवै आणविक शक्ति भएका देश हुन्, तापनि लडाइँ धान्न सक्दैनन् । यसैले मित्रतारूपी सिमाना नियमन गरिनुपर्छ, बन्द गरिनु हुँदैन (पाकिस्तान टुडे, २९ नोभेम्बर २०१८) ।
समारोहमा भारतीय खाद्यमन्त्री हरसिम्रत कौर बादलले भावुक हुँदै भनेकी थिइन्, ‘बर्लिनको पर्खाल ढल्न सक्यो भने भारत र पाकिस्तानको दुश्मनी, शत्रुता र घृणा खतम पार्न सकिन्छ । अब दूरी कम भएको छ । डेराबाबा–कर्तारपुर कोरिडोरले भारत र पाकिस्तानबीच ममता वृद्धि गर्नेछ ।’ भारत पन्जाब प्रान्तका पर्यटन तथा संस्कृतिमन्त्री नवजित सिंह सिधुले भारत–पाकिस्तान सीमा आवत–जावतका लागि खोलियो भने भारतीय मालसामान पाकिस्तानका विभिन्न भागका साथै अन्य देशमा पनि पठाउन सकिने बताएका थिए । (द न्युज, २९ नोभेम्बर २०१८) ।
क्रिकेट डिप्लोमेसी
कर्तारपुर–डेराबाबा कोरिडोर खोल्ने प्रयास थाल्ने कार्य खासगरी पाकिस्तानी प्रधानमन्त्री इमरान खानको उत्सुकतामा भएको बुझिन्छ । यसमा भारत पन्जाब प्रान्तका मन्त्री सिधुले साथ दिएको समाचार आएको छ । यी दुवै देशका पदाधिकारी आ–आफ्नो देशका नामुद क्रिकेट खेलाडी भएकाले ‘क्रिकेट डिप्लोमेसी’द्वारा आ–आफ्नो देशमा प्रभाव पारी सीमा–नाका खोल्ने प्रयास भएको छ ।
प्रधानमन्त्री खानले सीमावर्ती कार्यक्रममा आफ्नो क्रिकेट यात्राबारे भनेका छन्, ‘कुनै पनि देशमा दुई प्रकारका क्रिकेटर हुन्छन् । एक खेलाडी, जसले हारिन्छ भनेर मौका नै लिँदैनन् । अर्काे खेलाडी, जसले बुद्धिमत्तापूर्ण जोखिम मोल्छ, ऊ सधैं सफल हुन्छ ।’ आफू राजनीतिमा प्रवेश गर्दा दुई प्रकारका राजनीतिज्ञ फेला पारेको उनले बताएका छन्, ‘एक, जसले आफ्नो फाइदाका लागि सर्वसाधारणको भलाइलाई बलि दिएका थिए । अर्का व्यक्ति, जसले समाज उत्थानको विचार गरे, घृणा फैलाएनन् र मौकामा ठूला निर्णयहरू गरे । उनीहरू सफल भए ।’
अन्त्यमा,
पाकिस्तानी प्रधानमन्त्री भारतसँग तितोपना हटाउँदै शान्तिपूर्ण तरिकाले वार्ता गर्ने मनसायमा रहेको बुझिन्छ । यसले दुवै देशका जनताको आपसी सम्बन्धलाई पुनर्जीवन दिनेछ ।
कर्तारपुर–डेराबाबा सीमा–नाका खुलेपछि दक्षिण एसियाको भूराजनीतिक प्रक्षेप पथलाई पुनर्लेखन गर्नेछ भन्ने आशा गर्न सकिन्छ । यस कोरिडोरको शिलान्यासपछि दक्षिण एसियाली मुलुकमा नयाँ सम्भावनाको आशा जागेको छ ।
यसै क्रममा १९ औं सार्क सम्मेलन हुने सम्भावना बढेको छ । आपसी द्वन्द्वका कारण भारत र पाकिस्तानको मित्रता सुध्रिएन भने र दक्षिण एसियामा गहिरो शान्ति स्थापना गर्ने कार्यमा प्रतिकूल प्रभाव पारियो भने ती दुवै देश भक्षक हुन सक्छन् ।
पाकिस्तान–भारत सम्बन्ध सुमधुर हुँदै दुई देशको सीमा–नाकाबाट चल्ती–फिर्ती बढ्दै गए नेपाल पनि लाभान्वित हुनसक्छ । नेपालबाट भारतीय भूमि भई नेपाली उत्पादन सतहमार्गद्वारा पाकिस्तान तथा पश्चिमी देश पुग्नसके नेपालको निर्यातको मात्रा बढ्न जानेछ ।
चीनको बीआरआई योजनासँग जोडिने पाकिस्तानको सामुद्रिक बन्दरगाह ग्वादरबाट चीनको केरुङ हुँदै नेपालको सीमा भेट्ने सडकमार्ग तथा रेलमार्गले नेपाल र नेपालीको आर्थिक विकास गर्न मद्दत पुग्नेछ । पाकिस्तान एयरलाइन्सको हवाइजहाज भारतीय आकाश भएर नेपाल ओहोर–दोहोर हुनसके पाकिस्तान–भारतको सम्बन्ध सुध्रिँदै पाकिस्तान–नेपालको मित्रता अझ प्रगाढ हुनेछ । प्रकाशित : पुस ११, २०७५ ०८:५३

पौरखी गाउँ तकसेरा

पौरखी गाउँ तकसेरा

वैशाख २३, २०७४
सुरविन्द्रकुमार पुन
एउटा निश्चित स्थानमा मिलेर बनेका समान किसिमका घरहरू । एउटा घरको छत माथिल्लो घरको आँगन । छेउबाट पारिका घरहरूमा सहजै पुग्न सकिने । खेतीयोग्य जमिनलाई साँचेर अलग्गै बसाइएका बाक्ला बस्ती । सक्रिय ग्रामीण जीवनशैली । कुनै विदेशी दातृ निकायले परिकल्पना गरेको डिजाइनमा तयार गरिएको एकीकृत बस्तीको ढाँचाजस्तो । तर बिल्कुल ‘अर्गानिक’ ।
रुकुमका उत्तरपूर्वी भेगका बस्तीका विशेषता भन्नु नै यही हो । तकसेरा गाउँ यसको एउटा उदाहरण हो । ‘उत्तरगंगा नदीको तीरैतीरको लामो हिँडाइ । टोलीमा सबै थकित थिए,’ हाल ८० वर्ष कटेका तत्कालीन बागलुङ जिल्ला सभापति कुलराज शर्मा आफ्नो विगत कोट्याए, ‘त्यो २०३१ भदौ महिनाको क्षण थियो । त्यस बेला यो बागलुङ जिल्लाअन्तर्गतको एक गाविस थियो । जुनेली साँझमा गाउँको फेदी पुग्यौं । शान्त लाग्ने गाउँ । मान्छेहरूको मन्द आवाज । कुकुरहरू भुक्दै गरेका । घरहरूमा टिलपिल टिलपिल दियालो बल्दै गरेको । हेर्दै झल्याँस्स सिंहदरबारजस्तो लाग्ने । फेदीबाट गाउँतर्फ नियाल्दा तिब्बतको राजधानी ल्हासास्थित पोताला दरबारको साँझको दृश्यजस्तो पनि देखिने । दिनभरको थकाइ गाउँको मनमोहक दृश्यले मेटाइदियो । चौतारीमा धेरैबेर बसेर गाउँतर्फ नियाल्यौं । तकसेरा भन्नेबित्तिकै म त्यो स्मरणलाई झलझली सम्झिन्छु ।’ अञ्चलाधीश मकरबहादुर बान्तवासहितको टोलीलाई अगुवाइ गर्दै बागलुङका पश्चिमी भेगको भ्रमणमा आएका थिए उनी । यिनै शर्मा पछि राष्ट्र पञ्चायत सदस्य हुँदै राजपरिषद् स्थायी सदस्य बन्न पुगे ।
हुन पनि ४ सय घरधुरीको घना आवाद रहेको यस गाउँका घरहरू पूर्णत: ढुंगा, माटो र काठले बनेका छन् । दुई तिहाइ मगर बासिन्दा रहेको यस गाउँमा कामी, दमाई र गुरुङको समेत बसोबास छ । तल्लो सेरा, उपल्लो सेरा र बाछीगाउँ तकपछिका ठूलो क्षेत्रफल ओगटेका गाउँ हुन् । समग्रमा यी गाउँ नै तकसेरा हुन् ।
तक र सेरा दुई छिमेकी गाउँ । बाक्ला बस्ती । शान्त र सौम्य परिवेश । ढोरपाटनबाट पश्चिमतर्फ बहने उत्तरगंगा नदीले छुट्याएको । स्थान र नाम फरक भए पनि यी दुई गाउँ भिन्न छैनन् । तकसेरा नाम यसैको संयुक्त रूप हो । तकमा बस्ने तकाले र सेरामा बस्ने सेराल ।
तकाले सेरालहरू आफूलाई निकै व्यस्त राख्न मन पराउँछन् । खेतीपाती र पशुपालन उनीहरूको पेसा हो । खेतीपातीमा अर्मपर्म अपनाउनु उनीहरूको सामाजिक दायित्व हो । सामूहिकतामा विश्वास गर्दा नै आफ्नो अस्तित्व रक्षा भएको उनीहरू स्विकार्छन् । अन्नबाली उत्पादनमा उनीहरू विशेष दख्खल राख्छन् । अनाज भण्डारणको शैली उदाहरणीय छ । घरको छतमा भकारी सजाएर राख्न निकै मन पराउँछन् । भकारीमा उनीहरू बर्खे बाली मकै, कोदो, फापर, आलु, तोरी राख्छन् । कसैकसैले स्याउ र फर्सी पनि राखेका हुन्छन् । शरद यामका बेला कम्तीमा पनि प्रत्येक घरमा एक बाली एक भकारी हुनु सामान्य हो । हालसम्म पनि हुने–खाने र खानदानको मापन भकारीको संख्यामा निर्धारण हुने गरेको छ । गाउँलेहरूको धारणा छ— धेरैवटा र ठूला भकारी ठड्याउनु एक प्रकारले सम्पन्नताको प्रतीक हो भने खाद्यान्न बेसाएर खानु विपन्नताको विम्ब हो ।
तकसेरालाई चिनाउन राडीपाखी (काम्लो) को उल्लेख्य भूमिका छ । कोसेलीका लागि राडीको प्रयोग गरिएका घटना कुनै कहावत वा मिथकजस्ता लाग्छन् । २०६१ साल फागुनमा तत्कालीन राजा ज्ञानेन्द्रलाई रुकुम सदरमुकाम मुसीकोटमा आयोजित नागरिक अभिनन्दनका क्रममा यहीँकै राडीको गुन्टा उपहार दिइएको थियो । त्यसयता जिल्लामा आएका केन्द्रका ‘ठूला’ पाहुनाहरूलाई जिल्लाको तर्फबाट प्रदान गरिने कोसेलीको रूपमा तकसेराको राडीपाखी उपहार दिने परम्परा अझै मौलाउँदो छ ।
तकसेरामा परम्परागत घरेलु विधिबाट राडी बुनिन्छ । यहाँ अझै पनि परम्परागत हाते कलाबाट ऊनीका राडीपाखी, फेरुवा, घुम, हार्दुला बुन्ने गरिन्छ । ऊन उत्पादनका लागि भेडाबाख्रा पाल्नु निर्विकल्प पेसा हो । यहाँको दैनिक अर्थ व्यापारलाई चलायमान बनाउन भेडाबाख्रा, ऊन, राडीपाखीको योगदान ठूलो छ । पछिल्लो समय अल्लोको धागो संकलन र बिक्री वितरणमा समेत तकसेरा कहलिएको छ । स्थानीय बासिन्दा मिहिनेती मात्रै छैनन् व्यापारमा पनि निकै खप्पिस छन् । पुसको चिसोलाई प्रवाह नगरी बास बस्दैबस्दै राडीको भारी बोकेर रिडी आइपुग्छन् । पाल्पा, गुल्मी र अर्घाखाँचीको संगमस्थल रिडीमा ‘रुकुमको काम्लो’ भनेपछि कोसेलीका लागि भए पनि किन्नेको कमी हुन्न ।
गाउँलेहरू सम्बन्ध विस्तार गर्न निकै खप्पिस छन् । फरक भूगोल, सम्प्रदायका व्यक्तिसँग नजिकिन हिच्किचाउँदैनन् । अपरिचित वा कुनै बिरानोलाई गाँस–बासको आश्रय दिनु धर्म ठान्छन् । पाहुना पाल्ने संस्कृति उनीहरूको विशिष्ट छ । पाहुनालाई गरिने आदर, सत्कार र सम्मान बडो घतलाग्दो छ । गाउँका युवाहरू विशेषगरी मीत, सम्धि–सम्धिनी लाउन रुचाउँछन् । मीत र सम्धि–सम्धिनीलाई परिवारको एउटा हिस्सा मान्छन् । संस्कृतिप्रति जिम्मेवार छन् । आधुनिक चिकित्सा प्रणालीलाई चुनौती दिने गरी अझै पनि धामीझाँक्रीबाट ओखतीमुलो गर्छन् । धामीझाँक्रीले ठम्याउने जडीबुटीमा विश्वास गर्छन् ।
झाँक्री मेला यहाँको अनौठो र रहस्यमयी संस्कार हो । प्राय: घरमूली महिला हुन्छन् । घरपरिवार महिलासित छन् । त्यस्तै पुरुषको तुलनामा महिला बढी स्वावलम्बी छन् । श्रमको निकै सम्मान गर्छन् । कामलाई सानो–ठूलो भन्दैनन् । जीवन निर्वाह गर्न र व्यापार व्यवसाय बढाउन हरेक अवसरमा संलग्न हुन आतुर हुन्छन् । पढाइलेखाइको सवालमा उनीहरू आफैंमा प्रतिस्पर्धी छन् ।
संसारका कुना–कुना नपुगेका उनीहरू छैनन् । एसियाली देशहरू त भए नै, अमेरिकालगायत युरोपेली मुलुकमा उनीहरू धेरैको संख्यामा पुगेका छन् । स्क्यान्डेभियाली, ओसिनियाली, ल्याटिन अमेरिकीजस्ता मुलुकहरूमा पनि उनीहरू नछिरेको ठाउँ छैन । खाडी मुलुक आउजाउ उनीहरूका लागि सामान्य भइसकेको छ । श्रम होस् वा विद्यार्थी भिसा उनीहरू नपुगेको बिरलै मुलुक छन् । लाहुरे संस्कृतिले पनि उनीहरू खुला भएका हुन् । ब्रिटिस र इन्डियन आर्मीलगायत सिंगापुर पुलिसमा भर्ती हुन विशेष रुचाउँछन् । फ्रेन्च आर्मीमा पनि उनीहरू संलग्नता छन् । लाहुरे संख्याको आधारमा रुकुममा तकसेरा यसै पहिलो भएको होइन । पहिलो र दोस्रो विश्वयुद्धका क्रममा गोर्खा पल्टनमा भर्ती भई लडेका युद्धका कथा वास्तवमै साहसिक र कारुणिक लाग्छन् ।
१० वर्षे सशस्त्र विद्रोहका क्रममा यस गाउँले ठूलो कहर काट्यो । यी भेगहरू माओवादीका आधार इलाकाअन्तर्गत थिए । दिनमा प्रहरी र रातभर माओवादीको तारो बन्नु त्यस बेलाको दैनिकी थियो । दुवै पक्षको हप्कीखप्की उस्तै । ‘साँच्चिकै त्यस बेलाका दमन क्षमा दिन नसकिने खालका छन्,’ तक गाउँका रासधन घर्तीमगर दु:ख पोख्छन्, ‘भनिन्छ ‘धान खाने मुसो चोट खाने भ्यागुतो’ हामीमा लागू भयो ।’ त्यति बेला केहीको संख्यामा सुरक्षाका लागि भन्दै बाहिरिए । सदरमुकाम मुसीकोट, दाङ, काठमाडौं, कपिलवस्तु, रूपन्देही, नवलपरासी, काठमाडौं झर्न थाले ।
तकसेरा आफैंमा इतिहास, संस्कृति र प्रकृतिको त्रिवणी हो । संवत् २००७ साल पछि राष्ट्रसंघबाट खटिएका टोनी हागन ढोरपाटन हुँदै उत्तरगंगा नदीको किनारको यात्रा गर्दा उनले तकसेरा गाउँ नियाल्ने मौका पाए । तकसेराको सौन्दर्यबाट मोहित बनेका यी स्विस भूगर्भविद्ले खिचेको तस्बिर देखेपछि आकर्षित बनेका राजा वीरेन्द्र यस गाउँको भ्रमण गर्न इच्छ्याएको मानिन्छ । यसमाथि पनि रुकुमको बाँफीकोट र रुकुमकोटका शाह ठकुरीहरूसँगको दरबारको निकट सम्बन्धले तकसेरातर्फ राजाको ध्यान खिचिनु असामान्य होइन । त्यसताका रुकुम बाँफीकोटका ध्रुवविक्रम शाहबाट राजा वीरेन्द्रले तकसेराको बारेमा केही जानकारीसमेत पाए । यही सेरोफेरोमा तकसेराका तत्कालीन प्रधानपञ्च बलमान पुन र धु्रवविक्रमबीच निकै राम्रो सम्बन्ध रहेको बताइन्छ । यस भेगमा विकासको पूर्वाधारको जग बसाल्न राजा वीरेन्द्रलाई नै तकसेरामा प्रत्यक्ष भ्रमण गराउन बलमान र धु्रवविक्रमले उपयुक्त सूत्र अपनाए । ध्रुवविक्रम शाह र राज खानदानबीच नजिकको सम्बन्ध रहेको थियो । धु्रवविक्रममा छोरा विवेकविक्रम शाह रानी ऐश्वर्यको एडीसी हुनु त्यसको परिणाम हो ।
परिणामत: २०४० साल माघ १३ गते तत्कालीन राजा वीरेन्द्रबाट यस गाउँमा राजकीय भ्रमण भयो । वीरेन्द्रका साथमा रानी ऐश्वर्य, प्रधानमन्त्री मरिचमान सिंह श्रेष्ठलगायत अन्य अति विशिष्ट राष्ट्रिय व्यक्तित्वहरूसमेत सोही भ्रमणमा सामेल थिए । भ्रमण क्रममा तक गाउँको परिक्रमा गर्न करिब २ किलोमिटर लामो पैदल हिँड्नुपर्ने थियो । जमिनमा फेरुवा ओछ्याइएका थिए भने त्यसमाथि राडी छपक्कै । भ्रमणताका रानी ऐश्वर्यले यस गाउँलाई निकै मन पराएकी थिइन् । केही वर्ष अन्तराल पारेर राजारानी अरू दुईपटक छड्के भ्रमणस्वरुप यही गाउँमा आएका थिए । उनीहरू तक गाउँ भ्रमण गर्दै गरेको त्यस बेलाको तस्बिर हनुमानढोका संग्रहालयको वीरेन्द्र स्मृति कक्षमा सजाएर राखिएको छ । तक र सेराका बासिन्दालाई सहज होओस् भन्ने हेतुले वीरेन्द्रले उत्तरगंगा नदीमा लामो दूरीको झोलुंगेपुल बनाउन लगाए ।
संवत् ५० को दशकसम्म यहाँ निकै विदेशी पर्यटक आउने गर्थे । यसो हुनुमा बेलायती नागरिक डेबिड वाटर्सले यहाँको मातृभाषा मगर खामबाट भाषाशास्त्रमा हासिल गरेको पीएचडी शैक्षिक उपाधिले पनि हो । त्यस्तै जर्मन मानवशास्त्री माइकल अपिजले यहाँको समाज र संस्कृतिमा गरेको व्यापक लेखन, श्रव्यदृश्यजस्ता अध्ययनले पनि विदेशी नागरिकले यहाँ घुमफिर गर्न चासो राखेका हुन् । दुर्भाग्यवश ५२ सालबाट माओवादीले जारी राखेको सशस्त्र विद्रोहको प्रभावले विदेशीले पाइला राख्न हिच्किचाए । स्थानीय जानिफकारहरूको बुझाइ छ, ‘पर्यटक संवेदनशील व्यक्ति हुन् । तिनमा नकारात्मक प्रभाव पर्दा त्यसको असर स्थानीय समुदायले दशकौंसम्म बेहोर्नुपर्ने रहेछ ।’ निर्दोष भएर पनि दोषी हुनुको बेफाइदा तकसेरावासीले बेहोर्नुपरेको तीतो यथार्थ छ ।
मुलुककै घुम्नलायक रमणीय गाउँको रूपमा स्थापित यस तकसेरा गाउँ पर्यटकीय दृष्टिले रुकुमकै बिर्सनै नसकिने आकर्षक गन्तव्यस्थल हो । तर साविकको तकसेरा गाविसबाट पुथा उत्तरगंगा गाउँपालिकामा परिणत भएपछि राज्यले झनै हेपेको उनीहरूको गुनासो छ । केन्द्र तकसेरा नभई अन्यत्र तोकिएको छ । तकसेरावासीको एउटै आवाज छ, ‘गाउँपालिका केन्द्रका लागि तकसेरा उपयुक्त थलो हो ।’ उनीहरू जिल्लादेखि केन्द्रसम्म धाइरहेका छन् । तैपनि राज्यबाट यसको कुनै सुनुवाइ भएको छैन ।
काठमाडौंमा प्रधानमन्त्री प्रचण्ड र ऊर्जामन्त्री जनार्दन शर्मालाई भेटेर आफ्नो माग राखेका छन् । गत माघमा यी दुई नेतालाई भेट्दाको प्रसंग रोचक छ । ‘गाउँपालिकाको केन्द्रको मागसँगै विकास निर्माणका फाइल पनि ल्याउनुभएको होला नि ?’ भनी सोध्दा उनीहरूको तर्क थियो, ‘हामी कुनै भिखारी होइनौं । विकास निर्माण भन्ने कुरा समयको वेगसँगै स्वतस्फूर्त समुदायले ग्रहण गर्ने चीज हो, त्यसको व्यवस्थापन हामी आफैं गर्न सक्छौं । हामीले त यहाँ सिर्फ आफ्नो अधिकार मात्र माग्न आएका हौं, मुद्दालाई तोडमरोड गर्न होइन π ’ यो सानो प्रसंगले पनि बुझ्न सकिन्छ, तकसेरा आफैंमा स्वावलम्बी ठाउँ हो, पौरखी गाउँ हो ।
प्रकाशित : वैशाख २३, २०७४ १४:०६

Sunday, June 09, 2019

विमान अपहरणबारे अपहृत कथा


विमान अपहरणबारे अपहृत कथा

नीरज लवजू, फुर्सद,  १८ जेठ २०७६ ०८:०२:००
दुई पुस्तक
२०३० जेठ २८ गते नेपालको इतिहासमा त्यसअघि कहिल्यै नभएको एउटा घटना भयो। विराटनगरबाट काठमाडौंका लागि उडेको तत्कालीन शाही नेपाल वायुसेवा निगमको हवाईजहाज तीन जना युवाले अपहरण गरी भारतको फारबेसगन्ज पुर्‍याई विमानमा रहेको नेपाल राष्ट्र बैंकको पैसा नियन्त्रणमा लिई विमानलाई नेपालतिर फर्काइएको थियो। २०१७ पुस १ बाट थालनी भएको पञ्चायती व्यवस्था आफ्नो जवानीको उचाइमा थियो। २००७ सालको प्रजातान्त्रिक आन्दोलनमा राणाशाहीविरुद्ध जीवनमरणको संघर्षमा होमिएका नेता र दलहरू राजाको सो कदमका कारण बिलखबन्दमा परेका थिए। कोही पञ्चायतलाई नै सकारेर राजाको समर्थन गर्न थालेका थिए, कोही पञ्चायती कोपभाजनबाट जोगिन प्रवासिएका थिए भने कति नेता के गर्ने र के नगर्ने अन्योलमै अलमलिइरहेका थिए। २०१७ को पुस १ गते पक्राउ परेका तत्कालीन प्रधानमन्त्री तथा नेपाली कांग्रेसका नेता बीपी कोइराला र गणेशमान सिंहलाई २०२५ कात्तिक २४ गते सुन्दरीजलस्थित सैनिक बन्दीगृहबाट रिहा गरियो। ‘पञ्चायतभित्र गएर प्रजातान्त्रिक सुधार गर्ने’ नेका नेता सुवर्णशमशेरको नीतिअनुसार रिहाइ गरिएका उनीहरूले पञ्चायतविरुद्ध जोरी खोज्ने कुनै काम नगर्ने अपेक्षा गरिएको थियो। तर, रिहालगत्तै ‘उपचारका लागि’ बीपी भारत प्रवासिए।
सुवर्णशमशेरको पञ्चायतलाई सहयोग गर्ने नीतिप्रति असहमति राख्दै बीपीले भारतबाटै पञ्चायतविरुद्ध सशस्त्र विद्रोह गर्ने तयारी थाले। तर, पञ्चायतविरुद्ध संघर्षको थालनी गर्न उनीसँग आवश्यक पूर्वाधारको अभाव थियो। इन्दिरा गान्धी नेतृत्वको भारत सरकार पनि बीपीलाई पञ्चायतविरुद्ध लड्न खुलेर समर्थन गर्ने मनस्थितिमा थिएन। पञ्चायतभित्र प्रजातान्त्रिक सुधारको नीतिमा मतभेद राखी बीपी समूहले पञ्चायतविरुद्ध सशस्त्र संघर्षको नीति अँगालेपछि सुवर्णशमशेरले कांग्रेस र त्यसका नेताहरूलाई दिँदै आएको खर्चबर्च बन्द गरिदिए। अन्तर्राष्ट्रिय समाजवादी मञ्चका नेताहरूसमक्ष सहयोगका लागि बीपीले युरोप भ्रमण गरे। तर, जवाफमा समाजवादी नेताहरूले भने, ‘भारतले सहयोग नगरेसम्म हामी तपाईंलाई सहयोग गर्न सक्दैनौं। भारतले सहयोग गरेको अवस्थामा तपाईंलाई हाम्रो सहयोगको आवश्यकता रहनेछैन।’
त्यस्तो परिस्थितिमा नेपाली कांग्रेस बीपी समूहसामु आफ्नो अस्तित्व जोगाउने र आफ्नो राजनीतिक लाइन पुष्टि गर्ने दुवै चुनौती थियो। सशस्त्र संघर्षमा होमिन तयार युवा दस्ता भएर पनि बीपी समूहसँग त्यसको बन्दोबस्तका लागि मनग्य पूर्वाधार थिएन। खर्चबर्च जोहो गर्न बीपी समूहका नेता गिरिजाप्रसाद कोइरालाले भारतीय गुप्तचर विभाग ‘र’का प्रमुख आरएन काओसामु आग्रह गर्दा उनले ‘नेपालमा के कुनै बैंक छैन’ भनी अप्रत्यक्ष रूपमा बैंक लुट्न संकेत गरेका थिए। भारतका विभिन्न ठाउँमा रहेका सशस्त्र संघर्षका लागि तयार लडाकुहरूको शिविरमा खाना खुवाउने पैसासमेत नहुँदा पैसाको जोहो गर्ने काओको संकेतलाई पछ्याउँदै बीपी समूहले विमान अपहरणको तयारी गरेको थियो।
बीपी समूहले लिएको सशस्त्र संघर्षको नीतिको प्रचार गर्ने, संघर्षका लागि आवश्यक आर्थिक बन्दोबस्त गर्ने र पञ्चायतविरुद्ध बीपीको संघर्षको नीतिलाई अविश्वासको कोणबाट हेरिरहेको भारतीय संस्थापनलाई केही गरेर देखाउने अनि राष्ट्रिय र अन्तर्राष्ट्रिय रूपमा बीपी समूहको बलियो उपस्थिति देखाउने सोच नै विमान अपहरणका मूलभूत पृष्ठभूमि थिए।
इतिहासमा कति यस्ता घटना हुन्छन्, जुन घटनाले इतिहासमा कोशेढुंगाको काम गर्छ। अझ इतिहासको गतिलाई नै अर्को दिशातिर डोर्‍याउने गर्छ। पञ्चायतविरोधी संघर्ष र नेपाली कांग्रेसको इतिहासमा २०३० सालमा भएको विमान अपहरण एउटा त्यस्तै कोशेढुंगा थियो।
विमान अपहरण घटनाबारे अपहरणकर्ताकै भिन्नभिन्न मत आउनु इतिहास अध्येताका लागि रोचक विषय हो। गौतमको पुस्तकमा दुर्गा सुवेदीको भूमिकालाई धेरै प्रसंगमा सन्देहास्पद देखाउन खोजिएको छ भने सुवेदीको पुस्तक चाहिँ आत्मकथा हो।
त्रिभुवन विश्वविद्यालय नेपाल र एसियाली अनुसन्धान केन्द्र (सिनास)ले सो ऐतिहासिक घटनाको राजनीतिक र ऐतिहासिक महत्वलाई उजागर गर्ने हेतुले अनुसन्धानमूलक ‘नेपाली कांग्रेस र विमान अपहरण’ पुस्तक प्रकाशन गरेको छ। विमान अपहरणबारे अध्ययन अनुसन्धान र पुस्तक लेखन सहप्राध्यापक डा. बद्रीनारायण गौतमले गर्नुभएको छ।
पुस्तकमा नेपाली कांग्रेसले कुन परिस्थितिमा विमान अपहरणको निर्णय गर्‍यो, त्यसको तयारी के कसरी भएको थियो, कसरी विमान अपहरण गरिएको थियो र विमान अपहरणपछि नेपालको राजनीति र नेपाली कांग्रेसको सशस्त्र संघर्षको योजनामा के कस्तो प्रभाव पारेको थियो भन्ने प्रश्नहरूको उत्तर दिइएको छ। विराटनगरका तीन युवा दुर्गा सुवेदी, वसन्त भट्टराई र नगेन्द्र ढुंगेलले झन्डै ३० लाख भारु बोकेर काठमाडौं उडेको शानेवानिको विमान अपहरण गरेका थिए। अपहरणको समग्र नेतृत्व भने गिरिजाप्रसाद कोइरालाले गरेको र फारबेसगन्जको पुरानो विमानस्थलमा विमान अवतरण गरी राष्ट्र बैंकको पैसा नियन्त्रणमा लिई दार्जिलिङ पुगी बीपीलाई सो पैसा जिम्मा लगाइएको पुस्तकमा उल्लेख छ।
पञ्चायतविरुद्ध लड्ने नेकासम्बद्ध क्रान्तिकारी युवाहरूको त्यो साहस चढ्दो जवानीमा मस्त पञ्चायती व्यवस्थाका निम्ति ठूलो चुनौती बन्यो। सशस्त्र संघर्षको तयारी गरिरहेको बीपी समूहलाई न्यूनांकन गर्दाको गल्ती त्यसपछि पञ्चायतले महसुस गर्‍यो र भारतस्थित बीपी समूहका अड्डाहरूमा पञ्चायतले आफ्ना गुप्तचर सञ्जालको विकास गर्‍यो। त्यसैको परिणामस्वरूप ओखलढुंगा काण्डमा कांग्रेसले ठूलो क्षति भोग्नु परेको थियो।
तत्कालीन समयमा नेपालका विमानस्थलहरूको कमजोर सुरक्षा व्यवस्था र बैंकमा गोपनीयताको अव्यवस्थाको अपहरणकारीहरूले भरपूर फाइदा उठाएको देखिन्छ। बाहिरी विश्वसँग भर्खरभर्खरै मात्र खुल्दै गएको नेपाली समाजमा विमान चढ्नु व्यापक जनताको हैसियत र कल्पनाभन्दा धेरै टाढाको विषय थियो। समाजका केही धनीमानी खातापिता परिवारमा सीमित थियो— वायुसेवा। राजनीतिक उद्देश्यका लागि विमान अपहरण पनि हुनसक्छ भन्ने कुरा नेपालका सत्तासीन वर्गको कल्पनाबाहिरको विषय थियो। त्यसमाथि बीपी समूहको सशस्त्र संघर्षको नीतिलाई पञ्चायती व्यवस्थाले मत्थर बनाउने प्रयास भइरहेको अवस्थामा विमान अपहरणको घटना अनपेक्षित थियो। न अपहरणकारीसँग त्यसबारे प्रत्यक्ष वा अप्रत्यक्ष कुनै अनुभव वा ज्ञान थियो, न त विमान चालकसँग कुनै अनुभव। त्यस्तो परिस्थितिमा विमान अपहरणले पञ्चायती व्यवस्थालाई त झस्कायो नै, त्यसको राजनीतिक सन्देशले संसारभरि तरंगित बनायो। पुस्तकमा वर्णित अपहरणको तयारी र अपहरणको क्षण आजको समयमा उभिएर गम्दा ज्यादै साहसिक तर निकै सरल महसुस हुनसक्छ। के त्यस्तो विमान अपहरण आज त्यति सरलतापूर्वक सम्भव होला ?
इतिहासलाई समृद्ध बनाएको विमान अपहरणलाई पञ्चायती व्यवस्थाले राजनीतिक अभिप्रायबाट घटना मान्न तयार भएन। त्यसलाई आपराधिक कार्यका रूपमा लगातार प्रचार गरिरह्यो। त्यही बेला पञ्चायती संसद्ले विमान अपहरणलाई अपराधका रूपमा परिभाषित गर्ने कानुन बनायो। त्यसअघि नेपालमा त्यससम्बन्धी कुनै कानुन नै थिएन।
भारतमाथि कूटनीतिक दबाबमार्फत अपहरणकारीलाई सुपुर्दगी गर्न नेपाल सरकारले आग्रह गरिरह्यो। कूटनीतिक रूपमा अप्ठ्यारो अवस्थामा परेको भारत सरकारले नेपाली कांग्रेससमक्ष ‘केही लाख बाँकी राखी राष्ट्र बैंकको पैसा राखिएको बाकस कुनै रेलवे स्टेसनमा छोड्न र त्यसबापत दोब्बर पैसा दिने’ प्रस्ताव गरेको थियो। तर, बीपीले सो प्रस्ताव अस्वीकार गरी सो घटनालाई अराजनीतिक अपराध प्रमाणित गर्ने पञ्चायतको प्रयास विफल बनाएको देखिन्छ।
पञ्चायतले त्यसलाई जे नाम दिए पनि विमान अपहरण पञ्चायतविरोधी संघर्षको इतिहासको त्यो हिस्सा थियो। त्यो इतिहासको गहिराइ नाप्ने लेखक र प्रकाशक सिनासको प्रयास कदरयोग्य छ।
विमान अपहरणमा संलग्न तीन युवा र अन्य सहयोगीबीच कतिपय विषयमा आएको फरक भनाइ र बुझाइको चर्चासमेत हुनुले घटनालाई पूर्णतामा बुझ्न मद्दत पुगेको छ।
यस विषयमा विमान अपहरणमा संलग्न एकजना अपहरणकारी दुर्गा सुवेदीको अलग संस्मरणात्मक पुस्तक ‘विमान विद्रोह’ प्रकाशन भएको छ। सिनासले गौतमको पुस्तक २०७४ वैशाखमा प्रकाशित भएको छ भने सुवेदीको पुस्तक २०७५ असारमा प्रकाशित भएको छ।
नेपाली कांग्रेस र विमान अपहरण’ पुस्तकमा सुवेदीबारे भिन्न टिप्पणीको प्रक्रियामा सुवेदीको सो पुस्तक प्रकाशन भएको पनि हुनसक्छ। भूमिगत अवस्थामा सबै कुरा सबैलाई थाहा नहुनु स्वाभाविक हो। सबैसँग अंश अंशमा मात्र घटना र विषयवस्तुको जानकारी हुने गर्छ। नेताका सबै योजना र सम्पर्क सबै कार्यकर्तालाई थाहा नहुनु र कार्यकर्ताले भोगेको प्रतिकूलताबारे नेतालाई पनि थाहा नहुनु स्वाभाविक हो। त्यो भूमिगतकालको अनुशासन पनि हो। त्यस्तो कालखण्डको इतिहास लेखन अझ चुनौतीपूर्ण हुने गर्छ।
कर्ताले पूर्ण मानिरहेको घटना समग्रतामा घटनाको एउटा अंश मात्र बन्दा कतिपय सन्दर्भको बुझाइ नै फरक पर्ने गर्छ। पुस्तकमा त्यस्ता धेरै प्रसंगमा यस्तो भाव अनुभव गर्न सकिन्छ।
पुस्तक विमान अपहरणमै केन्द्रित भएर पनि पञ्चायतविरोधी संघर्षको समग्रतामा सो घटनाको महत्वलाई केलाउने प्रयासले ओजिलो बनाएको छ। पुस्तक पढिसकेपछि मनमा लाग्यो— यो विषयमा किन कोही चलचित्र निर्देशकले अहिलेसम्म चलचित्र बनाएनछ ?
भनाइ भेद
विमान अपहरणसम्बन्धी २०७४ सालमा प्रकाशित डा. बद्रीनारायण गौतमको पुस्तक ‘नेपाली कांग्रेस र विमान अपहरण’ र दुर्गा सुवेदी लिखित पुस्तक ‘विमान विद्रोह’को तुलनात्मक अध्ययन गर्दा केही कुरा बाझिएको देखिन्छ। गौतमले आफ्नो पुस्तकमा विमान अपहरणमा सुवेदीको भूमिका सन्देहास्पद देखाउन प्रयास गरेका छन्। अपहरणकारीमध्येका वसन्त भट्टराईको भनाइ उद्धृत गर्दै पुस्तकमा लेखिएको छ, ‘...सबैका आँखा छलेर आफ्नो झोलाबाट पिस्तोल र ग्रिनेड निकालिसकेकाले दुर्गालाई इसारा गरी उठ्न लागेकै बेला दुर्गा सुवेदीले अत्यन्त सानो स्वरमा ‘गर्ने हो र ? ’ पो भन्यो। आशाविपरीत दुर्गाले त्यसो भनेपछि एकदमै रन्थनिएको म उत्तेजित अवस्थामा नै सिटबाट उठेर सीधा अगाडि पुगी हातमा रहेको पिस्तोल पाइलटको घाँटीमा भिडाई हालेँ।’ (पृष्ठ १०९)
तर दुर्गा सुवेदीको पुस्तकमा भने यही प्रसंगलाई यसरी प्रस्तुत गरिएको छ, ँहामी बसेको केही मिनेटमै जहाज उड्यो। जहाज उडेको पाँच मिनेटमा म सीटबाट उठेँ र वसन्तलाई भनेँ, ‘भित्र हेर्न जाने होइन ? ’ (पृष्ठ १५)
सोही घटनाबारे तेस्रो अपहरणकारी नगेन्द्र ढुंगेलको भनाइ गौतमको पुस्तकमा लेखिएको छ, ‘विमानमा सँगै बसेका वसन्त भट्टराई एवं दुर्गा सुवेदी कोशी नदी देखा पर्नासाथ आपसमा खुसखुस कुरा गर्न थाले भने म पनि सतर्क भएँ। त्यसबखत भएका कुराकानीबारे काम फत्ते भएपछि वसन्त भट्टराईसँग सोध्दा ऐन समयमा दुर्गा सुवेदीले आफूसँग काम गर्ने कि नगर्ने भनी सोधेकोले ‘नगर्ने भए हामी यहाँसम्म किन आएको हो ? ’ भन्ने जवाफ दिएको जनाएको थिए। त्यसपछि तै पनि एक पटक नगेन्द्रसँग पनि सोध्छु भन्दै दुर्गा सुवेदी उठेकाले निहुरिएर आफ्नो झोलाबाट पिस्तोल एवं ग्रिनेड झिकेका वसन्त भट्टराई जुरुक्क उठेर अघि बढे।’ (पृष्ठ १११)
त्यस्तै वसन्तकै कुरा जोड्दै गौतमको पुस्तकमा लेखिएको छ, ‘केही मिनेटभित्रै मैले यति कार्य गरेको देखेपछि आफ्नो ठाउँबाट उठेर कम्मरमुनि पाइन्ट एवं कट्टुभित्र लुकाएको पिस्तोल निकाल्न हात घुसार्दैै अगाडि बढेका दुर्गा सुवेदीलाई प्लेनको स्टुअर्टले च्याप्प समाती हाल्यो। त्यसरी समातेको देख्नासाथ नजिकै रहेका नगेन्द्र ढुंगेलले झ्याट्ट पिस्तोल निकालेर स्टुआर्टलाई देखाउँदै धकेली दिएपछि ऊ तीनचित्त भएर पछारिएकाले फुत्किएका दुर्गा सुवेदीले थरथर काम्दै अगाडि आएर को पाइलटलाई पिस्तोलद्वारा कभर गर्ने काम गरे।’ (पृष्ठ १०९)
दुर्गा सुवेदी आफ्नो पुस्तकमा लेख्छन्, ‘त्यसै बेला कसैले पछाडिबाट मेरो कठालो समाएर जोडले तान्न खोज्यो। अब ककपिटमा साँच्चिकै लडाइँ सुरु भएको थियो। फर्केर हेर्छु, ती त परिचारक रहेछन्। वसन्तलाई ठेलेर उनी पाइलटलाई छुटाउन आएका रहेछन्। तर, एकैछिनमा वसन्तले तिनलाई कठालोमा समाएर तानिहाले। उनको नजिकै ग्रिनेड लगेर वसन्तले भने, हामीले भनेको मान्ने कि यो ग्रिनेड यही खोलिदिऊँ।’ (पृष्ठ १६)
अपहरण गर्ने टोलीको नेतृत्व गरेका दुर्गा सुवेदीले विमानमा पुगिसकेपछि अपहरण गर्ने नगर्नेमा अन्यमनस्क भाव प्रकट गरे पनि विमान जब तोकिएको स्थानमा अवतरण गरेपछि सबभन्दा बढी उत्तेजित भएको गौतमको पुस्तकमा लेखिएको छ। त्यसमा लेखिएको छ, ‘फारबेसगञ्जको घाँसे मैदानमा विमान उत्रेर रोकिएपछि एकदमै हतारिएका दुर्गा सुवेदी उत्रनका लागि दगुरेकै शैलीमा ढोकामा पुगेको र बन्द ढोका खोल्न नजानेपछि लात्ताले हानेको उल्लेख पाइन्छ। ...यसरी ढोका खोल्नासाथ सिँढी झर्ने समयसम्म पनि नपर्खिकन माथिबाट फालहालेका दुर्गा सुवेदीले जमिनमा टेक्नासाथ हातको पिस्तोल नचाउँदै र विमानतर्फ ताक्दै हाहा, हुहु गरेर कराउने र विमानको चारैतिर दगुर्ने गर्न थालेपछि अब यसले पिस्तोल पड्काइहाल्छ भन्ने अन्दाज लगाएर विनोद अर्याल अगाडि बढेर उनको हातबाट पिस्तोल लिने काम गरी ठूलो अनिष्ट हुनबाट जोगाएको कुरा नगेन्द्र ढुंगेलले प्रस्ट पारेका छन्। (पृष्ठ १२३–१२४)
तर, दुर्गा सुवेदीले त्यस क्षणको वर्णन आफ्नो पुस्तकमा यसरी गरेका छन्, ‘म सिँढीबाट झर्न थालेँ। ...उनीहरूले त्यस्तो भनिरहँदा म जहाजबाट निस्किसकेको थिएँ।’ (पृष्ठ २३)
गौतमको पुस्तकको पृष्ठ ११३ मा विमान कहाँ लाने भनी मूल चालक आरके मानन्धरले सोध्दा दुर्गा सुवेदीले तिब्बत लाने भनेको प्रसंगसमेत उल्लेख छ। विमान अपहरणको सम्पूर्ण योजना र तारतम्य मिलाएका गिरिजाप्रसादले ‘अत्यन्त रुचाइएका अर्थात् मन पराइएकाले विमान अपहरण कार्यको नेता बनाइएका’ दुर्गा सुवेदीलाई विमान भारतको फारबेसगञ्जमा लानुपर्ने पूर्वजानकारी वा निर्देशन हुँदाहुँदै किन उनले विमान तिब्बतमा लाने भने, चालकले इन्धन नपुग्ने भनेकैले विमान तिब्बत गएन। कदाचित् इन्धन पुग्ने अवस्थामा के अपहृत विमान तिब्बत जाने थियो ? विमान तिब्बत गएको भए विमान अपहरणको प्रभाव कस्तो पर्ने थियो ?
बद्रीनारायण गौतमको पुस्तक पूर्णतः विमान अपहरणको घटनाबारे बहुकोणीय विश्लेषणमा आधारित पुस्तक हो। पुस्तकमा दुर्गा सुवेदीको भूमिकालाई अरू पनि केही प्रसंगमा सन्देहास्पद देखाउन खोजिएको छ। विभिन्न व्यक्तिका भनाइसमेत उद्धरण गरिएको पुस्तकमा घटनालाई पूर्णतामा बुझ्न प्रयास गरेको देखिन्छ।
अर्को पुस्तक ‘विमान विद्रोह’ दुर्गा सुवेदीका आत्मकथा हो। उनले पुस्तकमा विमान अपहरणबाहेक आफ्नो जीवनका धेरै आरोहअवरोहलाई पनि पुस्तकमा समेटेका छन्।
वैचारिक विषयमा कोही एक जनाको मतका आफ्नै व्याख्या र पृष्ठभूमि हुनु स्वाभाविक हो। भूमिगतकालमा घटनाको व्याख्यामा भिन्नता आउनु अन्यथा पनि हो। एक्लो व्यक्तिले भोगेको कुनै घटना हो भने त्यसमा भोक्ताको व्याख्या नै आधिकारिक मानिन्छ। तर, विमान अपहरण घटनाबारे विमान अपहरणका तीन जना अपहरणकर्ताकै भिन्नभिन्न मत आउनु इतिहास अध्येताका लागि रोचक विषय हो। घटनाको व्याख्यासँग मात्र नभई सन्देहसमेत जोडिएको अवस्थामा यसबारे घटनाका पात्रहरूमाथि भविष्यमा पनि प्रश्न भने जरुर उठिरहनेछ।
तथापि इतिहासको निकै संवेदनशील समयमा भएको सो विमान अपहरणले पञ्चायती व्यवस्थालाई हतास बनाउन र कमजोर तुल्याउन भूमिका खेलेको छ।
आगामी जेठ २८ गते विमान अपहरणको घटना ४६ वर्ष पुग्दै छ। ४६ वर्षअघिको त्यो इतिहासबारे निकै ढिला भए पनि केही थान पुस्तक नेपाली साहित्यको भण्डारमा थपिनु भने निकै सुखद छ। @LawojuNiraj 


धर्म, संस्कृति र जीवनको बहस

  धर्म , संस्कृति र जीवनको बहस अरूणा उप्रेति अनलायन खबर,   २०७७ साउन १८ गते १०:३४ ‘ नो वर्त प्लिज’ गीतको बोललाई लिएर मैले हिन्दु ‘जागर...