धर्मनिरपेक्षताको राजनीति
आवश्यकता धर्मको राजनीति होइन, राजनीतिको धर्म स्थापना गर्ने हो । यसले हाम्रा आन्तरिक समस्या सम्बोधन गर्न सहयोग पुर्याउनेछ ।
पुस १७, २०७५
चन्द्रदेव भट्ट
काठमाडौँ — २०६२/६३ सालपछि राजनीतिक, सामाजिक र सांस्कृतिक क्षेत्रमा नयाँ अवधारणाले प्रवेश पाएका छन् । जस्तै– नेपाल एकात्मकबाट संघात्मक, संवैधानिक राजतन्त्रबाट गणतन्त्रात्मक र राजतन्त्रात्मक हिन्दु राज्यबाट धर्म निरपेक्ष राज्य ।
यी विषय संविधानसभामा उपस्थित ९० प्रतिशतभन्दा बढी सभासदले अनुमोदन गरेका हुन् । तर केही विषय विवादको घेराबाट बाहिर आउन सकेका छैनन् । विवादित विषयमध्ये धर्म निरपेक्षता पेचिलो रूपमा देखापर्दैछ । यसको प्रत्यक्ष प्रमाण भर्खरै सम्पन्न नेपाली कांग्रेसको महासमिति बैठक हो । महासमितिमा धर्मले राम्रै रूपमा प्रवेश पायो । केही साताअघि शान्ति, विकास र जलवायु परिवर्तनको आवरणमा सम्पन्न एसिया प्यासिफिक सम्मेलनले पनि धर्मको विषयलाई राम्ररी उजागर गर्यो । सम्मेलनले नेपाल कम्युनिष्ट पार्टीभित्र हलचल ल्याएको छ । आम नागरिकको बुझाइ भने धर्म निरपेक्षताको आडमा मुलुकमा धर्मान्तरणका (इभान्जलिकल) गतिविधि बढाउन सम्मेलनले मलजल गरेको भन्ने रह्यो । सबै धर्मका गुरु बोलाएर सम्मेलन गरेको भए पनि एउटा धर्मको मात्र कार्यविधि र प्रक्रियामा बढी केन्द्रित भएकाले आम नागरिकले शङ्काको दृष्टिले हेर्ने नै भए । ‘होली वाइन’ को ठाउँमा पञ्चामृत पनि प्रयोग गरेको भए सम्मेलन धेरै विवादित हुँदैन थियो कि ?
मुलुक धर्म निरपेक्षतामा गएपछि धार्मिक धु्रवीकरण बढ्दै गएको छ । १०/१५ वर्षमा मुलुकमा धार्मिक यज्ञको बाढी आएको छ । यसलाई हेर्दा धार्मिक जागरण सुरुवात भएको अनुभूति गर्न सकिन्छ । यही बीचमा धर्मान्तरणका कार्यक्रम पनि बढेका छन् । यसले के सन्देश दिन्छ भने प्राग्ऐतिहासिक समयदेखि अभ्यासमा आएको धर्मको सार्थकता सकिएको पो हो कि ? यद्यपि संवैधानिक रूपमा धर्मान्तरण वर्जित छ । अहिलेको मूल प्रश्न मुलुक धर्म निरपेक्ष भएपछि किन धार्मिक रूपमा विभाजित हुँदैछ भन्ने हो । धर्म निरपेक्षताले धार्मिक सद्भाव बढाउनुपर्ने हो । एकाएक प्रतिशोधको भावना किन ? धर्मको राजनीतिले दक्षिण एसियामा राम्रै ठाउँ पाएको छ । यस क्षेत्रका धेरै राज्य धार्मिक द्वन्द्वमा फँसेका छन् र यसले फरक राजनीतिक र सामाजिक समस्या ल्याएको छ ।
नेपालमा अहिले जसरी धर्मले राजनीतिमा प्रवेश पाउँदैछ, यसले भोलि समाज कहाँ पुग्ला, त्यसै भन्न सकिने अवस्था छैन । यो आलेख धर्म निरपेक्षता के हो र यो किन विवादित हुँदैछ भन्नेमा बढी केन्द्रित रहनेछ । यसले धेरैजसो सैद्धान्तिक पक्षलाई मात्र व्याख्याको आधार बनाउनेछ । पश्चिमेली समाजमा प्रयोग गरिएको ‘सेक्युलारिजम’को समनार्थी शब्दको रूपमा धर्म निरपेक्षता शब्दलाई ल्याएको देखिन्छ ।
सेक्युलारिजमको विकासक्रम
रोमन साम्राज्यको पतनपछि युरोपमा चर्चको साम्राज्य सुरु भयो । चर्चले समाज र राज्य दुवैलाई प्रत्यक्ष नियन्त्रणमा लियो । क्रिस्चियन मान्यता अनुसार राज्य दैवी संस्थाका रूपमा लिइन्थ्यो र चर्चले पृथ्वीमा दैवीशक्तिको प्रतिनिधित्व गर्छ भन्ने अवधारणा थियो । राज्यका सम्पूर्ण क्रियाकलापमा चर्चको सल्लाह लिनु अनिवार्य मानिन्थ्यो । यसले राजनीतिज्ञ, कुलिन वर्ग, पादरी र व्यापारीबीच संघर्षको वातावरण सिर्जना हुनगयो । युरोपमा द्वन्द्व र झैझगडा सुरु भयो । चर्च र राज्यबीच देखिएको अन्तरद्वन्द्व आधुनिकता र वैज्ञानिक विकासमाथि अवरोधको रूपमा खडा हुनपुग्यो ।चर्चका पादरीहरूको राज्यमाथिको प्रत्यक्ष नियन्त्रणले शासकहरूले सम्प्रभुताको अभ्यास गर्न सकिराखेका थिएनन् । पछि धर्म सुधारकहरू विशेष गरेर मार्टिन लुथर र जोन क्यालभिनको अथक प्रयासबाट राज्यलाई चर्चबाट सम्प्रभु बनाउनुपर्छ र राज्यले गर्ने काम तथा निर्णयमा रिलिजन (चर्च) लाई अलग राख्नुपर्छ भन्ने मान्यता स्थापना भयो ।यसबाट पश्चिमेली राज्यहरूले केही हदसम्म चर्चको (धार्मिक) नियन्त्रणबाट छुटकारा पाए । यसैलाई उनीहरूले ‘सेक्युलरिजम’को संज्ञा दिए । ‘सेक्युलरिजम’को अर्थ राज्यको निर्णय प्रक्रियामा ‘रिलिजन’को हस्तक्षेप हुन हुँदैन भन्ने थियो । चर्च भनेकै ‘रिलिजन’ र ‘रिलिजन’ नै चर्च थियो । बाइबलको अन्तिम व्याख्या गर्ने अधिकार चर्चलाई मात्र थियो ।
धर्म निरपेक्षता र सेक्युलरिजम
सेक्युलरिजमको समानार्थी शब्दका रूपमा हामीले धर्म निरपेक्षतालाई प्रयोगमा ल्यायौं । हामीले न सेक्युलरिजमको नालीबेली बुझ्ने कोसिस गर्यौं न धर्म निरपेक्षताकै । धम निरपेक्ष शब्दलाई केलाएर हेर्ने हो भने यसको अर्थ अनर्थ हुन जान्छ । ‘धर्म’ को साधारण अर्थ ‘कर्तव्य’ हो भने ‘निरपेक्ष’को पक्ष नलिनु होइन, कर्तव्यबाट विमुख हुनु हो । कसरी व्यक्ति होस् या राज्य आफ्नो कर्तव्यबाट अलग भएर बस्न सक्छ ? धर्म निरपेक्षता शब्दलाई खप्तड स्वामीले धर्मविज्ञान भाग–४ मा राम्रोसँग व्याख्या गर्नुभएको छ । उहाँका अनुसार धर्म निरपेक्ष शब्दले भाषा र भावमा संयोजन ल्याउँदैन ।धर्म निरपेक्ष दुइटा शब्दबाट बनेको छ : धर्म र निरपेक्षता । निरपेक्ष संस्कृत शब्द ‘निरगत अपेक्षा यस्मात्’बाट आएको हो । यसको अर्थ आवश्यक नभएको हुन्छ । अर्थात् धर्म आवश्यक नभएको विषय भन्ने हुन आउँछ । सेक्युलरिजमको अर्थ राज्यको क्रियाकलापमा चर्चले प्रतिनिधित्व गर्ने रिलिजनको हस्तक्षेप हुनु हुँदैन तथा राज्यले विभिन्न रिलिजन (धर्म होइन) को बीचमा समदूरी कायम गर्नुपर्छ भन्ने हो । सेक्युलरिजमको नजिकको शब्द ‘पन्थ’ निरपेक्ष हुन जान्छ । भारतले आफ्नो संविधानको हिन्दी संस्करणमा सेक्युलरिजमलाई पन्थ निरपेक्ष भनी उल्था गरेको पाइन्छ यद्यपि बोलचालमा धर्म निरपेक्ष नै भन्ने गरिन्छ ।
धर्म र रिलिजन एउटै हुन् ?
धर्म हाम्रो मौलिक शब्द हो र यसको अर्थ व्यापक छ । धर्मलाई धर्मशास्त्र तथा धर्मज्ञहरूले विभिन्न तरिकाले व्याख्या गरेको पाइन्छ । उदाहरणका लागि पद्मपुराण, भगवद्गीता, श्रीमद्भागवत, याज्ञवल्क्य, नीतिज्ञ विदुरका वचनलाई लिन सकिन्छ । सबैको निचोड व्यक्ति र राज्यले धारण गर्ने विषय नै धर्म हो । धारण गर्ने वस्तु राम्रा मूल्य–मान्यता र संस्कार हुन्, जसबाट कुनै पनि व्यक्ति विमुख हुन सक्दैन । धर्मलाई धारण गर्ने विषयहरू मनुस्मृतिको खण्ड ६ भाग ९२ मा प्रस्टसँग व्याख्या गरिएका छन् :
‘धृति: क्षमा दमोऽस्तेयं शौचमिन्द्रियनिग्रह: ।
धीर्विद्या सत्यमक्रोधो दशकं धर्मलक्षणम् ।’
अर्थात् धैर्य, क्षमा, हमेसा संयम रहनु, चोरी नगर्नु, भित्री र बाहिरी पवित्रता कायम राख्नु, इन्द्रियलाई वशमा राख्नु, सत्कर्म गर्नु, ज्ञान आर्जन गर्नु, सत्य आचरण पालना गर्नु, नरिसाउनु धर्मका दस लक्षण हुन् । रिलिजनमा इष्टदेवता हुन्छ । अन्तिम किताब (जसलाई धर्मग्रन्थ भनिन्छ) हुन्छ । निश्चित पूजा पद्धति हुन्छ । निश्चित पूजास्थल हुन्छ, जहाँ प्रत्येक व्यक्ति जान चाहन्छन् । उदाहरणका लागि क्रिस्चियानिटीमा एक इष्टदेव (जिसस क्राइष्ट), अन्तिम किताब (बाइबल), एउटा निश्चित पूजा पद्धति (आइतबार चर्च जाने) र अन्तिम ठाउँ चर्च या भ्याटिकन) । यी गुण एक ईश्वरवादी अब्राहमिक र अन्य रिलिजनमा पाइन्छन् । हिन्दु धर्ममा कुनै निश्चित देवता छैन, अन्तिम धर्मग्रन्थ छैन, अन्तिम पूजा पद्धति छैन, अन्तिम तीर्थस्थल छैन र अन्तिम अवतार पनि छैन । रिलिजनको नजिक हिन्दु धर्ममा विद्यमान विभिन्न पन्थ (जस्तै– शिवमार्गी, विष्णुमार्गी, कृष्णप्रणामी हुन) मात्र हुन आउँछन् । धर्म एउटा जीवन पद्धति हो भने रिलिजन पूजा पद्धति । धर्म र रिलिजनको यो व्यापकतालाई बिर्सेर धर्म निरपेक्ष शब्द प्रयोगमा ल्याउनु शास्त्रीय रूपमा अज्ञानताको उपज मात्र हो ।
किन विवादित धर्म निरपेक्षता ?
धर्म निरपेक्षता विवादित हुनुका धेरै कारणमध्ये यसको शास्त्रीय बहस नहुनु हो । पछिल्ला वर्षहरूमा बौद्धिक छलफल गर्ने परम्परामा क्षयीकरण भएको छ । हाम्रा लागि अरूले ज्ञान उत्पादन गरिदिन्छन् । अर्थात् धैर्य, क्षमा, हमेसा संयम रहनु, चोरी नगर्नु, भित्री र बाहिरी पवित्रता कायम राख्नु, इन्द्रियलाई वशमा राख्नु, सत्कर्म गर्नु, ज्ञान आर्जन गर्नु, सत्य आचरण पालना गर्नु, नरिसाउनु धर्मका दस लक्षण हुन् । रिलिजनमा इष्टदेवता हुन्छ । अन्तिम किताब (जसलाई धर्मग्रन्थ भनिन्छ) हुन्छ । निश्चित पूजा पद्धति हुन्छ । निश्चित पूजास्थल हुन्छ, जहाँ प्रत्येक व्यक्ति जान चाहन्छन् । उदाहरणका लागि क्रिस्चियानिटीमा एक इष्टदेव (जिसस क्राइष्ट), अन्तिम किताब (बाइबल), एउटा निश्चित पूजा पद्धति (आइतबार चर्च जाने) र अन्तिम ठाउँ चर्च या भ्याटिकन) ।
यी गुण एक ईश्वरवादी अब्राहमिक र अन्य रिलिजनमा पाइन्छन् । हिन्दु धर्ममा कुनै निश्चित देवता छैन, अन्तिम धर्मग्रन्थ छैन, अन्तिम पूजा पद्धति छैन, अन्तिम तीर्थस्थल छैन र अन्तिम अवतार पनि छैन । रिलिजनको नजिक हिन्दु धर्ममा विद्यमान विभिन्न पन्थ (जस्तै– शिवमार्गी, विष्णुमार्गी, कृष्णप्रणामी हुन) मात्र हुन आउँछन् । धर्म एउटा जीवन पद्धति हो भने रिलिजन पूजा पद्धति । धर्म र रिलिजनको यो व्यापकतालाई बिर्सेर धर्म निरपेक्ष शब्द प्रयोगमा ल्याउनु शास्त्रीय रूपमा अज्ञानताको उपज मात्र हो ।
किन विवादित धर्म निरपेक्षता ?
धर्म निरपेक्षता विवादित हुनुका धेरै कारणमध्ये यसको शास्त्रीय बहस नहुनु हो । पछिल्ला वर्षहरूमा बौद्धिक छलफल गर्ने परम्परामा क्षयीकरण भएको छ । हाम्रा लागि अरूले ज्ञान उत्पादन गरिदिन्छन् । यसमा आन्तरिक राजनीति र बाह्य कारण पनि छन्, जहाँ धर्मलाई सूक्ष्म तरिकाले रणनीतिक रूपमा प्रयोग गरेको देखिन्छ । आन्तरिक रूपमा हामीले केही हदसम्म यसको क्षणिक संवैधानिक समाधान गर्न सफल भए पनि बाहिरबाट सामाजिक इन्जिनियरिङ र भूराजनीतिक स्वार्थका लागि धर्मको रणनीतिक प्रयोग गर्ने परम्परा दिन–प्रतिदिन बढ्दैछ । यसले यो क्षेत्रमा अनिष्ट निम्त्याउने सम्भावना छ । संसारमा धेरैजसो क्षेत्रमा धर्मका नाममा ठूलठूला गृहयुद्ध भएको र त्यहाँको स्वरूप परिवर्तन भएको पाइन्छ । यो क्षेत्रमा त्यति ठूला द्वन्द्व भएको देखिँदैनन् र ५ हजार वर्षभन्दा पुरानो परम्परा कायम छ । अर्को कारण, पछिल्ला वर्षहरूमा विश्वभरि राष्ट्र, राष्ट्रियता, धर्म र संस्कृतिमाथि आधार बनाएर मौलाएको पहिचानको राजनीति हो । यसले अल्पसंख्यक र बहुसंख्यक (भाषा, धर्म, क्षेत्र, लिङ्ग) को बीचमा ठूलो खाडल सिर्जना गर्दैछ । नेपालमा बिस्तारै यो रोग सर्दै छ ।
अर्को महत्त्वपूर्ण तत्त्व १०–१५ वर्षमा देखिएको धर्मान्तरणको वेग हो । यो वेग मुलुक धर्म निरपेक्ष भएपछि बढ्दै गएको छ । यसको असर जसले पहिचानको सुनिश्चितता खोज्दैछन्, तिनीहरूकै पहिचान नष्ट हुने पक्का छ । अन्त्यमा, पछिल्ला वर्षहरूमा बहसमा ल्याइएका राजनीतिक अवधारणा कुनै एउटा भूगोल (क्षेत्र) को विषम राजनीतिक र सामाजिक परिस्थितिका उपज हुन्, जुन हाम्रो समाजसँंग मेल खाँदैनन् । अधिकांश राष्ट्रले यी अवधारणामार्फत निम्त्याइएका राजनीतिक र सामाजिक असरको मूल्य चुकाउनुपरेको छ । यसको उदाहरण पश्चिमी राष्ट्रहरू हुन्, जहाँ दोस्रो विश्वयुद्धपछि राष्ट्रवादलाई संवैधानिक राष्ट्रवादले विस्थापित गरे । सन् १९४५ लाई विगतको पीडा बिर्सन शून्य वर्षको संज्ञा दिए । आज पश्चिमा राष्ट्रका नागरिक रिलिजनबाट धर्मतिर लाग्दैछन् । हामी भने रिलिजनतिर फर्कदैछौं ।धर्म निरपेक्षता राजनीतिक र रणनीतिक स्वार्थका लागि प्रयोग हुनु हुँदैन । आजको आवश्यकता धर्मको राजनीति होइन, राजनीतिको धर्म स्थापना गर्ने हो । यसले हाम्रा आन्तरिक समस्या सम्बोधन गर्न सहयोग पुर्याउनेछ ।
प्रकाशित : कान्तिपुर, पुस १७, २०७५ ०७:५७