Wednesday, June 12, 2019

मगर जातिको लोपोन्मुख गीति नाटक जीवैमामा / ज्यो मा रे


मगर जातिको लोपोन्मुख गीति नाटक जीवैमामा / ज्यो मा रे विषयक विचार गोष्ठी
मगर जातीको लोपोन्मुख गीति नाटक जीवैमामा ÷ ज्यो मा रे विषयक विचार गोष्ठी सहयोगी संस्था मगर सांस्कृतिक संस्था, नाईस टेलिभिजन एच डि र नेपाल प्रज्ञा प्रतिष्ठान सामाजिक शास्त्र विभाग र मगर अध्ययन केन्दको संयुक्त आयोजनामा मिति २०७५ फागुन १८ गते शनिवार प्रज्ञा प्रतिष्ठानको प्रर्वचन कक्षमा सम्पन्न भयो । कार्यक्रम प्रस्तोता मगर अध्ययन केन्द्रका सदस्य डा.मीन श्रीस हुनुहुन्थ्यो । यस कार्यक्रमको सभापतित्व मगर अध्ययन केन्द्रका अध्उक्ष डा. गाविन्दप्रसाद थापाले गर्नु भएको थियो । प्रमुख अतिथि पूर्व कुलपति वैरागी काईला हुनुहुन्थ्यो भने अतिथिहरुमा प्रा.डा.जीवेन्द्र देव गिरी, प्रा.दिनेश राज पन्त, अध्यक्ष कविराज मगर मगर सांस्कृतिक संघ, नाईस टेलिभिजनका कार्यकारी अधिकृत आर्शीवाद पुन आदि थिए । कार्यक्रम संचालक मगर अध्ययन केन्द्रका सचिव श्री प्रतिभा पुन हुनुहुन्थ्यो ।
कार्यक्रममा प्रा.दिनेश राज पन्तले स्वागत भाषण गर्दै धर्मको दृष्टिकोण र भाषाको दृष्टिकोणले नेपाल एकता भएको मुलुक हो । डा.तीर्थलाल श्रेष्ठको भनाईमा वानस्पतिक विविधता भएको देश नेपाल । यस देशको प्राचिन जाति मगर । मगर जातिको नाममा मंगोल प्रदेश भनेर विगतमा प्रसिद्धि थियो । पृथ्वी नारायण शाहले मगरातको राजा मै हूं भनेका छन् । सूरथ सिंह रानाको नाम पृथ्वी नारायण शाहले लिएका थिए । यस हिसावले मगर जातीको महत्व आफै उजागर हुन्छ । वहांले कार्यकमका प्रस्तोता डा. मीन श्रीसलाई वधाई ज्ञापन गर्नु भयो ।
१२.३० वजे प्रमुख अतिथि वैरागी काईलाले पानसमा वत्ती प्रज्वलन गरी कार्यक्रमको उद्घाटन गर्नु भयो । डा. मीन श्रीसबाट कार्यपत्र प्रस्तुत ः
गुल्मी, पाल्पा र स्याञ्जा जिल्लामा जीवै मामा भनिन्छ भने रोल्पा जिल्लामा ज्यो मा रे भनिन्छ । राप्ती र गण्डकी क्षेत्रमा अविवाहित चेलीहरुले प्रस्तुत गर्छन् । अभिनय द्धारा गीति नाटक प्रस्तुत गर्छन् । मातृसतात्मक विम्व हो यो । स्याञ्जा जिल्लामा होली पर्वमा यो गीति नाटक देखाईन्छ भने रौल्पा तिर फागुन महिना भरी नाचिन्छ । जीवैमामा जेठाज्यूलाई जेदौ भनेर ढोग गरिन्छ र त्यसैबाट जीवैमामा हुन गएंको हो भने ज्यो भनेको पिडालू र मा भनेको मासिने र रे को अर्थ गीत हुन्छ । फागुन महिना भरी नाचिने भएकोले रोपिएको पिडालु नाच्दा नाच्दै मासिने भएको हुंदा ज्यो मा रे हुन गएको हो । म्याग्दीको लेकाली भेकमा चैत्रमा भूमी पूजा गरी सके पछि कलश भिजाउने खेल हुन्छ । काली गण्डकी क्षेत्रमा श्रीपञ्चमीको अवसरमा नाचिन्छ । हाम्रा संस्कार चाडवाडमा जोडिएर आएका छन् । स्याञ्जातिर होली पर्वमा यउनाट गीति नाटक गरिन्छ, तरुल, वारा, सेलरोटी तारो हान्ने गरिन्छ । भुुगोल अनुसार फरक छ । राप्ती र गण्डकी क्षेत्रमा प्रस्तुत गर्ने शैल्ीा फरक छैन तर राप्तीमा धेरै लामो र गण्डकी क्षेत्रमा कम नाच नाचिन्छ । नाचमा मामा र भाञ्जाको खेमामा टिम वाडिन्छ । हालको अवस्थामा रोल्पामा लगभग लोप भएको अवस्था छ भने गण्डकी प्रदेशमा प्रतियोगिता गरेर जोगाउने प्रयास भएको छ ।
जीवैमामा ÷ ज्यो मा रे
लोप हुनुका कारणः
वसाई सराई । पेशामा परिवर्तन । नयां पुस्ताले ग्रहण नगर्नु ।
वचाउने तरीका
सरकारको संरक्षण नीति र कलाकारले वचाउने प्रयास गर्नु ।
प््रास्तुतकर्ता डा.मीन श्रीसले खष्मभय अष्उि बाट जीवैमामा गीति नाटक देखाउनु भयो ।
रोल्पातिर ज्यो मा रे गीति नाटकमा विवाह योग्य छोरीको नाम सुन्तली वोलाईन्छ । अन्नमो गीत गाईन्छ । खाना हुने र खाना नहुने मासुको गीत गाईन्छ । फागुन १ गते देखि गर्भ रहेको देखि जन्मेको हुर्केको, पढेको, विवाह योग्य भएपछि लगन जुरे पछि गहना पातको कुरा हुन्छ । रौल्पातिर लामालाई लगन हेराउछन् । चैत्र १ गते कार्यक्रम समाप्त हुन्छ ।
स्याञ्जा क्षेत्रको जीवैमामा दहीको ठेकी लिएर जान्छनु। स्याञ्जामा पात्रको नाम जयसरा । यस क्षेत्रमा लगन जुराउन जैसीवाहुनलाई देखाउछन् ।
डा.मीन श्रीसको प्रस्तुति पछि प्रश्नोत्तरको सेसन प्रारम्भ भएको थियो ।
रामेश्वर रावत ः गीतिनाटक हेर्दा संसारकै उत्कृष्ट । यस्तो उत्कृष्ट संस्कृती अन्य जात जातिमा विस्तार किन गरिएन ?
नन्द उप्रती ः प्रज्ञा प्रतिष्ठान र मगर अध्ययन केन्द्रको संयुक्त प्रयासमा प्रत्यक्ष प्रस्तुत गरी दिन आग्रह ।
गौै बहादुर आले ः स्याञ्जा र रोल्पामा जीवैमामा लोप हुन लागेकोमा दुःख लाग्यो । संस्कृती जोगाउन प्रयास गरी दिनु हुन ।
सुदिप सिंजाली ः गुल्मीमा संस्कृतीलाई जोगाउन कोशिष गरिएको छ । देश विदेशमा भिडियो अडियो देखाएर जोगाउने प्रयास । गुल्मीमा जीवैमामा भनिन्छ । अहिले मगर भाषामा नभएर खश भाषामा गीति नाटक मञ्चन हुन्छ । झुमा रानी पनि भनिन्छ ।
नन्द घर्ती मगर ः अमूूर्त संस्कृतीलाई जोगाउन गैर मगरले पनि कोशिस गर्नु प¥यो ।
गोविन्द क्षेत्री ः रणनीति के छ यस्तो महत्वपूर्ण संस्कृती जोगाउन ।
मीन प्रसाद वुढाथोकी ः लोप हुनबाट वचाउन सहयोगी संस्थाहरुले सहयोग गर्नु प¥यो ।
माया ठकुरी ः ठकुरीको मामा चेला, फूपु चेलामा विवाह गर्ने चलन र मगरमा पाईने चलन एउटै भएकोले सम्वन्ध के छः?
लाल बहादुर पुन ः माईक्रो ईस्युुमा रिसर्च गरेको ठीक । संस्कृती धनी गरिव भन्ने हुंदैन । प्राज्ञले वस्तु स्थिति देखाउने हो सरकारले त्यसको संरक्षण गर्ने जिम्मा लिनु पर्छ ।
विष्णु टिफा मगर ः १२ मगरात र १८ मगरातमा जीवैमामा मिल्दो रहेछ । संस्कृती जोगाउन विभिन्न जात जातीमा वृतचित्र देखाउन अनुरोध ।
राम बहादुर पहाडी ः लाहुरे मीत हुनुहुन्छ । मगरहरुको धेरै विवाहमा गएको छु । तर जीवैमामा नाचेको देखिन । त्यस कारण यो गीतिनाटक लोप भएको रहेछ ।
डा.मीन श्रीसबाट जिज्ञासाको प्रत्युत्तर
संस्कृति संरक्षण गरिनु पर्छ भन्ने व्यापक जनचासो । लाईभ प्रस्तुत हुन पाए राम्रो भन्ने धेरैको भनाई । नाईस टेलिभिजन र मगर सांस्कृतीक संघको सहयोगमा लाईभ प्रस्तुत गरिने प्रतिवद्धता ।
गुल्मीको एकसिङ्गामा मात्र जीवैमामा नाचिन्छ । सुदिप सिंह को संरक्षण प्रयासलाई तारिफ । संस्कृति भनेको जीवन शैली हो । १८औं शताव्दी सम्म पनि मामा चेली विवाहको प्रचलन थियो । व्राहमणहरुले यस्तो चलनमा रोक लगाए । ठकुरी र मगरमा अध्यावधी छ ।
रामबहादुर पहाडीले उठाएको प्रश्नमा माघ र फागुनमा देखाईने हुंदा सवै विवाहमा नदेखिएको हुन सक्छ ।
मन्तव्य
अध्यक्ष मगर सांस्कृतीक संघ, श्री कविराज मगर
२०६०।०६रोष गुमाष्ठाबाट सांस्कृतीक संघको शुरुवाट । खड्ग गर्वुजा संस्थापक अध्यक्ष । त्यसपछि कविता आले । खड्क वुढामगर । २०७३ श्रावण २१ ग्तेबाट कविराज मगर अध्यक्ष । प्रशिक्षणको क्रममा २५—२६ सांस्कृतीक पहिचान खुल्न आएको । हुर्रा नाच धनकुटामा पाईने । यस सम्वन्धमा अध्यक्षको अध्ययन र किताव प्रकाशित । यस कार्यक्रममा कलाकारको संख्या धेरै चाहिने हुंदा प्रस्तुत गर्न सकिएन ।
बैरागी काईला प्रमुख अतिथि
मगर जातिमा भएको विशेष गीति नाटक वारेमा कार्यपत्र सुन्यौ । श्रव्य दृश्य हे¥यौ । आयोजकलाई धन्यवाद । कर्म संस्कारको अध्ययनले मात्रै नेपालको जातिय संस्कृतीको वारेमा जानकारी पाईन्छ । जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानले पनि संस्कृति सम्वन्धी प्रकाशन गरेको छ । गहिरो अध्ययन भने विदेशीले मात्र गरेको भेटिन्छ । आलेख र शोध पत्र अगाडी आए राम्रो । दर्शकले हेर्ने पो नाटक । साहित्यमा तुलनात्मक अध्ययनको महत्व छ । लिम्वूमा मन परेको केटी भेटेमा घिसारेर लाने चलन छ । कति राम्रो कति नरामे । राम्रो वचाउनु पर्छ । नराम्रो छोड्नु पर्छ । सामाजिक समस्या एक अर्कामा नचिन्नु । संस्कृती जोगिए मात्र राष्ट्रियता वलियो हुन्छ ।
डा.गोविन्द प्रसाद थापाको समापन मन्तव्य
माघ १७ गते मगर अध्ययन केन्द्रको स्थापना दिवस । यही दिनको अवसरमा यो कार्यक्रम आयोजना गरिएको जानकारी गराउनु भयो । आज सांस्कृतिक पक्षलाई जोड दिंदै डा.मीन श्रीसद्धारा लोपोन्मुख जीवै मामा । ज्यो मा रे गीति नाटक प्रस्तुत । डा.मीन श्रीसज्यूले मगर संस्कृती विषयमा नै पि.एच.डि गर्नु भएको । धेरैले वेवास्ता गरेको विषयलाई मगर अध्ययन केन्द्रले आफनो अध्ययनको विषय वनाएको छ । मगरको ईतिहासमा खोज तलास गरेर द्यष्दष्यिनचबउजथ प्रकाशन गरेका छौं । भाषाविद वालकृष्ण पोख्रेलले मगरको भाषाबाट खश भाषा आएको हो भन्नु भएको छ । मगर जातिमा ३ वटा भाषा वोलिन्छ ढुट, पाङ्ग र काईके । यि तिनवटै स्थानमा बसोवास गर्ने मगरहरुको बीचको भाषा संस्कृति तथा धार्मिक रितिरिवाजका बारे आपसी सम्बन्ध र भाषाहरुको राम्रो अध्ययन गर्न बांकी छ ।
भावि दिनमा मगर अध्ययन केन्द्रले स्थलगत अध्ययनकालागी चीनको गान्सुु र भारतको सिक्कीममा जाने योजना अगाडी सारेको छ । जीवैमामा वा ज्यो मा रे मा मगरको संस्कृति मात्र हाइन नेपाल र सारा नेपालीको हो । यस्तो नाच लोप हुन लागेको छ । यसलाई जोगाउन युवा पुस्ता अगाडी आउनु पर्छ । राज्यले पनि सहयोग गर्नुपर्छ । कार्यक्रममा आफनो भेष भूषा लगाएर पनि संस्कृति जोगाउन सकिन्छ । नेपालका सबै जातजातिका भाषा र संस्कृतिलाइ सवै नेपाली र नेपालको वनाउनु पर्छ । मगर अध्ययन केन्द्रले पूर्व कूलपति वैरागी काईलाज्यको पाला देखिनै प्रज्ञा प्रतिष्ठान सित सहकार्य गर्दै आएका छौं । हाल सम्म सहकार्यमा ७ वटा कार्यक्रम आयोजना भएको छ । भाषाको जगेर्ना गर्न टोली टोली वनाएर काम गर्नु सकिन्छ । नेपाल मगर संघले विशेष पहल गर्नु जरुरी छ । रमझम र नाच गानलाई कम महत्व दिने तर ज्ञान गुणको कुरालाई वढी महत्व दिनु पर्छ । अन्त्यमा कार्यक्रम सहयोगी नाईस टेलिभिजन, मगर सांस्कृतीक संघ, सहकार्य गर्ने प्रज्ञा प्रतिष्ठानको सामाजिक शास्त्र विभाग, कार्यपत्र प्रस्तोता डा.मीन श्रीस र उपस्थित सवैमा धन्यवाद दिनु भयो । र कार्यक्रमलाई समापन गनु भयो ।
मगर जातिको लोपोन्मुख गीति नाटक जीवैमामा ÷ ज्यो मा रे विषयक विचार गोष्ठी सम्वन्धी
मगर अध्ययन केन्द्रका उपाध्यक्ष श्री गुप्त बहादुर रानाद्धारा तयार पारिएको रिपोर्ट

खस भाषालाई पुनर्जीवन

खस भाषालाई पुनर्जीवन
लेखन निर्देशिका, शब्दकोश निर्माण
२५ विद्यालयमा पाठ्यक्रम
फाल्गुन २८, २०७५एलपी देवकोटा
जुम्ला — हान भैँसी किलावानभित्त जुम्ल खाई खलंगा तल, हर्प लाछु ज्युला छुमर्के मार्सीधान...कुनै बेलाको चर्चित यो गीत अचेल त्यति बज्दैन । कार्तिवास्वार्मी– ७ का कृष्णप्रसाद देवकोटाले यो गीतमा जुम्ली सभ्यता, खस भाषाको महत्त्व र अर्थलाई पस्केका छन् । भाषा लोप हुने अवस्थामा पुगेकाले चिन्तित अगुवा यो भाषालार्ई पुनर्जीवन दिन जुर्मुराएका छन् ।
र, तयार भएको छ– खस भाषा संरक्षणका लागि लेखन निर्देशिका । शब्दकोश निर्माण पनि अन्तिम चरणमा छ । तातोपानी गाउँपालिकाले खस भाषामै आधारित पाठ्यक्रम बनाएको छ । यसै वर्षदेखि स्थानीय २५ वटा विद्यालयमा पढाउने निर्णय गरिएको छ । अगुवाहरूका अनुसार खस देउडा अहिले आधुनिक खसका रूपमा स्तरोन्नति भएको छ ।
पहिचान नै संकटमा पर्ने भएकाले भाषा जोगाउन आफूहरू क्रियाशील भएको भाषाविद् रमानन्द आचार्यले बताए । उनका अनुसार तीन दशकअघिसम्म साविक कर्णालीका पाँच र आसपासका जिल्लामा खस भाषाको वर्चस्व थियो । तत्कालीन बाइसे, चौबिसे राज्यमा खस भाषाकै प्रभाव रहेको उनको भनाइ छ । ‘१८४६ पछि कर्णालीको पहुँच केन्द्रीय सरकारबाट कमजोर हुँदा खस भाषा ओझेलमा पर्दै गएको हो,’ उनले भने ।
‘गोर्खालीले राज्य लिया, भाषा पनि लिया, खस भाषा बिगाडीकन जुम्लै पठाइदिया,’ कनकासुन्दरी–५, हाडसिँजाका ८१ वर्षीय धनलाल हमाल भन्छन्, ‘सिँजा राज्य एकीकरण भएसँगै खस भाषा पनि हराएको हो ।’ अहिले बेवारिसे अवस्थाका ढुंगे खम्बा, दबल, मुग्राहा, प्राचीन बस्तीका भग्नावशेषमा मात्र खस भाषा भेटिन्छ । जानकारहरूका अनुसार खस भाषाको उत्पत्ति सिँजाको हाटसिँजाबाट भएको हो । सिँजा राज्यसँगै खस भाषा पनि विलय भएपछि राष्ट्रिय भाषा नेपाली भएको भाषाविद् आचार्यले बताए ।
‘जुम्लाको वाडतुड गर्न राजाले सुन्योन, यै भाषाको विकास गर्न राज्यले गुन्योन,’ कनकासुन्दरी पाण्डवगुफाकी उर्मिला खत्रीले खस भाषामै भनिन्, ‘हिन्दी गीत, पूर्वेली गीत रेडियो बजाउन्छन्, पढेलेख्या भन्नयाहरू खस बोल्न लजाउँछन् ।’ उनले नेपाली भाषाकै उत्पत्ति आधार खस भाषाको संरक्षणमा सरकारी निकायले बेवास्ता गरिरहेको गुनासो गरिन् ।
स्थानीय जानकार तुला चौलागाईंले युवापुस्तामा खस भाषा हस्तान्तरण हुन नसकेको बताए । ‘खस भाषा हेला, पूर्व ठूलो मान्या,’ उनले भने, ‘खसियाका छोराछोरी खस भाषा नजान्या ।’
पहिचान जोगिने विश्वास
खस भाषाको वर्णविन्यास लेखन निर्देशिकालाई जिल्लाका भाषाविद्ले पुनरावलोकन गरी अन्तिम रूप दिइएको हो । खस भाषालाई चलनचल्तीमा ल्याउन खस भाषा, कला, संस्कृति र इतिहाससम्बन्धी जानकारको भेलाले ‘खस जुम्ली भाषा लेखनशैली’ मस्यौदा निर्माणको प्रस्ताव गरेको थियो । निर्देशिका प्रकाशनका लागि मातृभाषा केन्द्र नेपालले सहजीकरण गरेको थियो । ‘तत्कालीन कर्णाली खस राज्यभित्र बोलिने खस भाषा र जनबोलीलाई आधार बनाएर तयार पारिएको निर्देशिकाबाट सबैले सहजै खस भाषालाई प्रयोगमा ल्याउन सक्छन्,’ भाषाविद् तथा जुम्ली खस शब्दकोशका सम्पादक आचार्यले भने ।
निर्देशिकामा कर्णाली क्षेत्र र तिनको सेरोफेरोका जिल्लाको बोलचालसम्बन्धी खस भाषा समेटिएको छ । पूर्वशिक्षक, कला संस्कृति एवं खस साहित्यकार, भाषाका जानकार र पत्रकारको संलग्नतामा तयार गरिएको निर्देशिकामा यो क्षेत्रको कथ्य शब्द ‘स्ह’ को लेख्य रूप दिन नयाँ वर्णमा प्राथमिकीकरण गरिएको छ । पूर्वशिक्षक मुनिश्चन्द्र न्यौपानेले खस भाषा पूरै राष्ट्रियकरण नभए पनि नेपाली भाषाका धेरै वर्ण खस भाषाबाटै विकसित भएको बताए । ‘खस भाषामा आधारित निर्देशिकाले यहाँको पहिचान जोगाउनेछ,’ उनले भने ।
शब्दकोश लेखनमा दशक
चन्दननाथ–२ का ७२ वर्षीय आचार्य जुम्ली शब्दकोश लेखनमा व्यस्त छन् । चन्दननाथ उच्च माविका पूर्वनेपाली विषयका शिक्षकसमेत रहेका आचार्यले जुम्ली शब्दकोश लेखन अभियान थालेको झन्डै एक दशक पुगेको छ । उनले शब्दकोश प्रकाशनको अन्तिम तयारीमा पुगेको जनाए । साविक जिविसले आचार्यलाई खसिया आखर जुम्ली खस भाषाको शब्दकोश लेखन एवं सम्पादनको जिम्मेवारी दिएपछि उनी त्यसमा लागेका हुन् ।
अहिले समन्वय समितिमा रहेको खसिया आखर जुम्ली शब्दकोश तयारी कार्यालयमा उनी दैनिक उपस्थित हुन्छन् र त्यही व्यस्त रहन्छन् । नेपाली भाषाको उत्पत्ति भएको खष भाषा बोलिने क्षेत्रहरूमा कथ्य भाषाका रूपमा मात्रै रहेकाले यसलाई संरक्षण र लिपिबद्ध गर्न शब्दकोश निर्माण थालिएको हो । प्रारम्भिक चरणमा जुम्लाको चौधबिस, सिँजा, असी, पाँच सय क्षेत्र, मुगु, हुम्लाको सोरु गल्पा, कालिकोटका रासकाट र डोल्पाको तलिभोटानमा गएर शब्द संकलन गरिएको थियो । शब्दकोशमा १६ हजार बढी शब्द संकलन र सम्पादन गरिसकिएको छ ।
शब्दकोशलाई चार उपभाषिकामा विभाजन गरिएको छ । असी दराली भाषिकाभित्र असी दरा, पाँच सय दरा, सिँजा दराका भाषा राखिएको छ । त्रिविकोटी भाषिकाभित्र चौधबिस दरा र डोल्पाका भाषा छन् । रासकोटी भाषिकाभित्र कालिकोटमा बोलिन भाषा राखिएको छ भने मुहु भाषिकाभित्र मुगु र हुम्ला जिल्लाभित्र बोलिने भाषालाई समावेश गरिएको छ । आर्थिक समस्याका कारण प्रकाशनका लागि प्रेसमा पठाउन नसकिएको उनले जानकारी दिए ।
२५ विद्यालयमा खस पाठ्यक्रम
ततोपानी गाउँपालिकाले खस भाषामा आधारित स्थानीय पाठ्यक्रम तयार पारेर पहिलो चरणमा प्राथमिक तहमा लागू गर्दै छ । गाउँपालिका अध्यक्ष नवराज न्यौपानेले पाठ्यक्रममा जिल्लाका आर्थिक, सामाजिक, सांस्कृतिक, पर्यटन, वन, कृषि धार्मिक सम्पदाको चित्रण गरिएको जानकारी दिए । ‘पुर्खाहरूको गौरवगाथा पनि सहज ढंगले खस भाषामै लिपिबद्ध गरिएको छ,’ उनले भने, ‘यसै शैक्षिक सत्रदेखि पढाइ गर्ने तयारी गरिरहेका छौं । पाठ्यक्रमको ८० प्रतिशत काम सकिएको छ ।’
गाउँपालिकाभित्रका २५ विद्यालयमा यो पाठ्यक्रम लागू हुनेछ । खस भाषा संरक्षणका लागि पढाइले सहयोग पुग्ने पाठ्यक्रम निर्माण समितिका संयोजक एवं वसन्त आधारभूत विद्यालयका प्रधानाध्यापक हरिबाबु चौलागाईंले बताए । पाठ्यक्रम निर्माणमा चौलागाईंको संयोजकत्वमा पाँच सदस्यीय समिति संलग्न छ ।
चैत महिनाबाट विद्यालयमा खस भाषामा एउटा विषय पढाइने समितिले जनाएको छ । गाउँपालिकाले अतिरिक्त विषयका रूपमा नयाँ पाठ्यक्रम तयार पारेको हो । कक्षा १ देखि ३ सम्म एउटा विषय हुनेछ भने कक्षा ४ र ५ का लागि एउटै खालको पाठ्यक्रम निमाण भइरहेको छ । प्रकाशित : kantipur, फाल्गुन २८, २०७५ ०७:२६

चिताैरे रानाहरूकाे वंशावली


चिताैरे रानाहरूकाे वंशावली, शेर बहादुर रानामगर
दुई भाई गुल्मी खालीडाँडा र रेमीका बाख्रा नखाने चितौरे रानाहरुको वंशावली, २०७५नामक वंशावली केही दिन अघि मेरो हातमा आई पुगेको थियो । पुस्तकमा लेखिए अनुसार चित्तौडगढ भारतको राजस्थानमा पर्दछ । राजस्थानमा आज पनि राणाहरुको बसोवास छ । राजस्थानमा सन १५१८ ताका राजा महाराणा प्रताप सिहको राज्य थियो । पछि मुगल सम्राट अकबर बादशाहको राज्य भयो । चित्तौडका राजवंश राजस्थान छोडेर भारतको गडवाल हुदै नेपाल आएका थिए भन्ने लेखिएको छ । चितौरे राना किन भनियो भन्ने बारेमा पुस्तकमा हाम्रा पुर्खाहरु राजस्थानको चित्तौगढ भन्ने ठाउँमा हाल पनि विद्यमान छन् र चित्तौडगढबाट आएको हुनाले चित्तौरे राना भनिएको हो भनि लेखिएको छ । यहाँका चितौरे रानाहरुले बाख्राको मासु नखानुको पछाडी चित्तौडका राणा जिजु बाजेले बाख्राको दूध खाएर बाँचेका कारणले बाख्रालाई आफनो आमा सरह मान्ने भएकाले बाख्राको मासु नखाने गरेको भनिएको छ । यस पुस्तकमा नेपालका चितौरे रानाहरुको पहिलो बसोवासका रुपमा चेप्जु रानाका सन्तानहरु नेपालको गुल्मी जिल्लाको रेमी र भिरखानीमा आएर बसोवास गरेको भनि लेखिएको छ । साथै खालीडाँडाको नामाकरणकाबारेमा उक्त स्थानहरुमा तामा खानी रहेको र तामा तथा धाउँलाई धुने कामलाई खली गर्ने भन्ने गरेकाले खलीडाँडा नाम रहेको र कालान्तरमा खालीडाँडा नाम रहेको भनिएको छ । यस पुस्तकका संकलक र लेखक भारतीय सेनाका सुबेदार मेजर शेर बहादुर राना हाल सैनामैना नगरपालिका ७, देउपारमा बसोवास गर्दछन् । नाताले उनि मेरा कान्छा मामा हुनुहुन्छ ।
नेपालको धेरै जनसंख्या भएको आदिवासी जानजाति मगर हो । यस जातिको सयौं उपथर हरु रहेका छन् । त्यसमध्य राना मगर पनि एक हो । दुई भाई गुल्मी खालीडाँडा र रेमीका बाख्रा नखाने चितौरे रानाहरुको वंशावली, २०७५नामक वंशावली केही दिन अघि मेरो हातमा आई पुगेको थियो । नेपालको धेरै जनसंख्या भएको आदिवासी जनजाति मगर हो । यस जातिको सयौं उपथर हरु रहेका छन् । त्यसमध्य राना मगर पनि एक हो । यस वंशावलीले चितौरे राना मगरहरुको रीति रिवाजका बारेमा उल्लेख गरेकाे छ । उनिहरूकाे मौलिक भाषा के थियो भन्ने बारे उल्लेख गरेको भए राम्राे हुने थियाे। नेपालको जातजातिहरुको ईतिहास लेखन अधुरो रहेको अनुभव भैरहन्छ । यो वंशावलीले कालान्तरमा मगरजाति वा नेपालको ईतिहासलेखनमा टेवा पुरयाउने छ भन्ने मेरो विश्वास छ । यस बारे थप जानकारी राख्ने महानुभावज्यूहरुले केही थप्नु होला । धन्यवाद ।

'बुँख्याचा' बालकृष्ण

'बुँख्याचा' बालकृष्ण
फाल्गुन १८, २०७५डा. तीर्थबहादुर श्रेष्ठ
काठमाडौँ —  विक्रम संवत् २०३६ सालमा गठन भएको प्राज्ञ–परिषदको नवग्रहजस्ता नौजना सदस्यमध्ये भाषातर्फका एक ग्रह अनायास अस्ताए भन्ने समाचारले निकै विह्वल भएको छु  । नेपाली भाषाका भीष्मपितामह मानिने विद्वान बालकृष्ण पोखरेल अब हामीमाझ हुनुहुन्न भन्ने कुराले पिरोल्दो छ  ।
उक्त प्राज्ञ–परिषद्का नौ जना सदस्यमध्ये कुलपति कलाकार लैनसिंह बाङदेल, सदस्य सचिव प्रसिद्ध मूर्तिकार अमर चित्रकार, लोकप्रिय कवि भूपि शेरचन, विशिष्ट विद्वान नयराज पन्त, वरिष्ठ इतिहासकार ढुण्डीराज भण्डारीसमेत गरी ७ जना प्राज्ञ परलोक भइसकेका छन् आजका दिनमा ।
ती सहकर्मी र सहधर्मीहरू इहलोकबाट बिदा भएको पीडा सहनुपर्ने बाध्यता तत्कालीन उपकुलपति वर्तमान राष्ट्रकवि माधवप्रसाद घिमिरे तथा विज्ञान विधाका तत्कालीन सदस्य यस पंक्तिकारमा आइपरेको छ । यो घडीमा विद्वान बालकृष्ण पोखरेलका दिवंगत आत्मालाई चिरशान्ति मिलोस् भनी श्री परमेश्वरसँग प्रार्थना गर्दछु । र, शोकसन्तप्त परिवारजनलाई ईश्वरले धैर्यधारण गर्ने शक्ति प्रदान गरून् भनी कामना गर्दछु । एकैसाथ, श्रद्धासुमनको केही संस्मरण पनि पस्कन चाहन्छु । प्रज्ञा–प्रतिष्ठानमा को आए र को गए भन्ने कुरा गौण हो । यहाँ बसेर कसले, कस्तो योगदान पुर्‍याए भन्ने कुराको स्मरण गर्नु उचित हुन्छ । बालकृष्ण पोखरेलको सन्दर्भमा त्यो कुरा नेपाली वाङ्मयको साधना र सिर्जनामा लागेका विद्वानवर्गबाट समीक्षा हुने नै छ । उहाँले नेपाली बृहत् शब्दकोशको सम्पादनमण्डल निर्देशकका रूपमा नेपाल राजकीय प्रज्ञा प्रतिष्ठानमा बस्दा कति खट्नुभयो, कसरी खट्नुभयो—त्यसको एकमात्र दर्शक थिएँ म । मेरो विषय प्राकृतिक विज्ञान र उहाँको विषय भाषा विज्ञान । प्राकृतिक विज्ञानमा विशेषगरी मानव प्रजातिको उत्पत्ति, डार्बिनका विकासवादी सिद्धान्त तथा जीव–प्राणीका सृष्टि, विकास र भौगोलिक वितरण सम्बन्धमा उहाँ निकै गहिरो चासो राख्नुहुन्थ्यो । बेलायतको ब्रिटिस म्युजियमबाट मैले ल्याएको एउटा सानो पम्पलेट ‘पिल्टडाउन म्यान होयस्क’ उहाँलाई पढ्न दिएको थिएँ ।
मनुष्यको विकासक्रमसम्बन्धी अनुसन्धानलाई कसरी अल्मलाउने भन्ने कुचेष्टा हुन सक्छ भन्ने त्यसमा खुलासा गरेको थियो । वर्तमान मनुष्यको वंश बाँदरबाट प्रादुर्भाव भएको थियो भन्ने डार्बिनको निर्क्यौल थियो । तर, बाँदर र मनुष्य बीचमा सेतुप्राणी कस्तो होला भन्ने खोजतलास सन् १९०८ र १९१२ तिरै भएको थियो, वैज्ञानिकहरूले बेलायतको ससेक्से, पिल्टडाउन भन्ने ठाउँमा केही मानव अवशेष पनि भेट्टाएका थिए । केही मानव खप्पर, दाँत र बङ्गाराका अवशेषले मानव र बाँदरबीच सेतुप्राणीको प्रतिनिधित्व हुने प्रमाण फेला पर्‍यो तर, ती अवेशषको रासायनिक एवं रेडियोधर्मी अनुसन्धानले त्यसको पुष्टि गरेन । ती अवशेषहरू नक्कली र कृत्रिम थिए भन्ने प्रमाणित भयो । भाषा विज्ञानको क्षेत्रमा पनि बालकृष्णजी यस्तै सेतुभाषाको खोजीमा रहेछन् । मानव इतिहासमा स्थानीय बोलीचाली र त्यहाँको भूगोल र वातावरणबाट भाषाको विकास हुन्छ । जीवप्राणीको विकास सिद्धान्तमा वंश र वातावरणको भूमिका खोजेजस्तै भाषा विकासको विज्ञानमा उहाँका विचारहरू सुन्ने मौका मिलेको थियो । त्यो वर्षको मलाई राम्ररी सम्झना छ किनभने प्रसिद्ध नाटककार बालकृष्ण समको निधनमा हामी शोकसभा गर्दै थियौं प्रज्ञा–प्रतिष्ठानमा । २०३८ साउने झरीको त्यो सम्झना २०७५ फागुनमा फेरि बल्झेर आयो— अर्को बालकृष्णको निधनमा ।
जन्मनु र मर्नु प्राकृतिक नियम हो । २०७५ साल फागुन १३ गतेका अखबार, पत्रपत्रिकाले ‘बालकृष्ण पोखरेल फागुन १२ गतेका दिन अस्ताए, ८६ वर्षको उमेरमा’ भनेर खबरहरू सम्प्रेषण गरेका छन् । ठीक त्यही ८६ वर्षको उमेर काटेर २०३९ सालमा निधन भएका प्राज्ञ धनशमशेर जंगबहादुर राणका संस्मरणमा बालकृष्ण पोखरेल लेख्छन्— ‘...नेपालका प्रख्यात तान्त्रिकको चोला उठ्यो ८६ वर्षेको उमेरमा । उहाँ जन्मनुभएको थियो— संवत १९५३ मा ।’ नेपाल राजकीय प्रज्ञा–प्रतिष्ठानको रजत जयन्ती प्रकाशन मालाको १९ सौं अंकका निम्ति हामी सबै प्रज्ञा सदस्यहरू आ–आफ्ना अविस्मरणीय क्षणहरू लेख्दै थियौं । र, उहाँका अविस्मणीय क्षणमा धनशमशेरको चोला उठेको अवस्था थियो । निधन भए र चोला उठ्यो भन्नुमा कति फरक भन्ने कुरा विचार्दा आमा र माता भन्नुमा कति फरक छ भन्ने उहाँको तर्क थियो । त्यसो त झर्रो नेपालीका त उहाँ पितामह नै थिए । जगदम्बा प्रेसले २०६४ सालमा प्रकाशन गरेको ‘झर्रो शब्द्यौली’को मिठास हामीलाई प्राप्त छ ।
बालकृष्ण पोखरेल मोरङका बाहुन अनि म काठमाडौंको रैथाने नेवार । उहाँ मसँग नेवारीमा निकै ठट्टा गर्नुहुन्थ्यो । सधैं हँसिलो र सधैं ठट्यौली । टेलिफोन वार्तामा उहाँसँग फँसियो भने आधा घण्टाले पुग्दै पुग्दैनथ्यो । एक दिन ‘बुँख्याचा’ को प्रसंगमा फँसियो । नेवारी भाषामा ‘बुँ’ भनेको खेत वा बारी हुन्छ, ‘ख्याँ’ भनेको तर्साउने ख्याक र ‘चा’ जोड्छन् । रामे, श्यामे भनेझैं रामचा, श्यामचा, दाइचा, भाइचा आदि इत्यादि । अन्ततोगत्वा सबै माटोमा मिल्छ भन्ने यथार्थ बोध ‘चा’ले गराउँछ भन्ने मेरो मान्यता थियो । त्यही सन्दर्भमा मैले उहाँलाई ‘बालकृष्णचा’ पनि ठोकें । त्यही बँख्याचा (बुख्याचा) को प्रसंग जोडेर उहाँले आफ्नो निजात्मक निबन्ध २०६० सालमा ‘मैले जुलुङ्गो रोजें’ भन्ने शीर्षकमा नेराप्रप्रको समकालीन साहित्यमा प्रकाशित गर्नुभयो । त्यस निबन्धको सार बुझ्न मैले धेरैपल्ट दोहोराएर पढें । अझै बुझ्न सकेको छैन ।
बायाँबाट क्रमशः स्रष्टाहरु विजयबहादुर मल्ल, भूपि शेरचन, अमर चित्रकार, माधवप्रसाद घिमिरे, लैनसिंह बाङ्देल, ढुण्डीराज भण्डारी, डा. तीर्थबहादुर श्रेष्ठ, बालकृष्ण पोखरेल र नयराज पन्त।
बालकृष्ण पोखरेल आज हाम्रा माझ हुनुह्न्नु । उहाँको ‘चोला उठ्यो’ तर उहाँ एक अमर प्राज्ञ हुनुहुन्छ । नेपाली भाषा–इतिहासको अनुसन्धान र निरुपणमा उहाँको अद्वितीय योगदान रहेको छ । नेपाली वाङ्मयको कुनै विधालाई पनि उहाँले छोड्नुभएको छैन । छेडेरै छाडेको छ उहाँका तिखा कलमका धारले ।
बालकृष्ण पोखरेलले नेपाली वाङ्मयलाई छाडेर गएका अमूल्य धनधान्यहरू सँगाल्यो भने नेपाली बृहत् शब्दकोशदेखि बृहत् नेपाली–अंग्रेजी–नेपाली कोशलगायत झर्रो शब्द्यौली, पाँचसय वर्ष, नेपाली भाषा र साहित्य, राष्ट्रभाषा, नेपाली निर्वाचन आदि कृतिहरूले नेपाली भाषाको उर्वरा फाँटमा विशाल क्षेत्र ओगट्छ होला । यसैगरी कथा, कविता, बालकविता, उपन्यास, निबन्ध, खण्डकाव्यहरू पनि धेरै प्रकाशित छन् । विविधताको सँगालो नै बालकृष्ण पोखरेल हो भन्ने कुरा विजयबहादुर मल्ल भन्नुहुन्थ्यो । सो कुरा उहाँका लेखकीय नाम र उपनामबाट झल्कँदो रहेछ । तीमध्ये रूपावासी, वसन्त, लक्ष्मीविलास पाध्या, केकेमनुक्च्यो पोखरेल, गढतिरे साहिँलो, हिमाल पानेबराल आदि प्रचलित छन् । पोखरेल भए पनि आफ्नो निकट पुर्ख्यौली भूगोललाई स्मरण गरेर रूपावासी भन्न र भनाउन रुचाउँदथे— बालकृष्ण पोखरेल । र, सोही भूमि र भूगोलका स्मरणमा उहाँको अन्तिम कृति ‘रूपारानी’ नामक महाकाव्यलाई अधुरो नै छोडेर उहाँ जानुभयो । उहाँले सम्पन्न गर्नुभएका कृतिहरूको कीर्तिमानीका रूपमा उहाँले प्राप्त गरेका थुप्रै पुरस्कार, पदक, सम्मान, विभूषण र अभिनन्दनहरू संगृहीत हुनुपर्छ । बालकृष्ण पोखरेल एक अमर प्राज्ञ हुन् भन्ने कुरा तिनले नै बोल्नेछन् ।
विसं २०३६ सालको वैशाखमा उहाँलाई पहिलोपल्ट भेट्दा दाह्री जुँगा सफाचट चम्किलो अनुहार र हँसिलो मुद्राको सम्झना हुन्छ । प्रायः सधैं काखीमा किताब च्यापेरै हिँड्ने उहाँको बानी थियो । प्राज्ञ–परिषद्को बैठकमा बोल्दा पनि ‘म भन्न गइरहेको छु’ भन्दै आफ्नो कुरा अघि सार्ने उहाँको बानी थियो । अरूलाई निकै हँसाउने र आफू भने खित्का मात्र छोड्ने प्रकृतिका थिए— बालकृष्ण पोखरेल । प्रज्ञा–प्रतिष्ठानमा हामी सबैलाई २०४१ सालमा पुनः नियुक्तिका लागि चर्चा चल्दै गर्दा उहाँले संरक्षक राजा वीरेन्द्रछेउ दोस्रो नियुक्ति नहोस् भनेर बिन्ती गरेका रहेछन्— राजाको धनकुटा सवारीमा ।
तसर्थ २०४१ बाट उहाँ काठमाडौं छाडेर विराटनगरस्थित आफ्नै निवास तीनटोलिया बस्न थाल्नुभयो । विसं २०४६ सालपछि उहाँलाई काठमाडौंमा भेट्दा दाह्री–जुँगाले ढपक्कै छोपेको अनुहार देखेर छक्कै परेको थिएँ । त्यसपछिका दिनहरूमा उहाँको मुखारी चिह्न नै बाक्लो दाह्री–जुँगा र उही मसिनो स्वरको मिठास तथा खित्के हाँसो मेरो स्मृतिपटलमा झल्किरहन्छ । र, नेपाली वाङ्मयको फराकिलो फाँटमा ‘बुँख्याचा’ बनेर जुलुङ्गोको रूपमा ठडिरहनेछ भन्नेमा म विश्वस्त छु । मेरो विश्वास, मेरा श्रद्धाञ्जली ।
प्रकाशित : koseli, फाल्गुन १८, २०७५ १२:५५

युगपुरुषको भाषाधर्म

युगपुरुषको भाषाधर्म
फाल्गुन १८, २०७५गोविन्दराज भट्टराई
काठमाडौँ — २०७५ साल फागुन १२ गते आइतबारको दिन सखारै विराटनगरका साहित्यकार भाइ हरि बरालको फोन आयो— सर, एउटा दुःखद समाचार छ  । कस्तो भाइ ? बालकृष्ण गुरुले धर्ती छोड्नुभयो  ।
राति डेढ बजेदेखि तपाईंलाई फोन गरेको, बल्ल लाग्यो ।
यसो बाहिर हेरेँ, उज्यालो फाट्दै थियो अनि धेरै कुरा सम्झेँ— चार महिनाअघि सिक्किम छोरीकोमा गएको, अस्वस्थताले फर्काएको, सिलिगुडी विराटनगरका अस्पताल हुँदै काठमाडौँ नर्भिकमा ल्याएको, ब्रेन ह्याम्रेज, पक्षाघात आदि थिए । अलिक बिसेक भएर विराटनगर लगेको, त्यहाँको हस्पिटलमा राखेको, घर ल्याएको सबै त थाहा थियो । अघिल्लो दिन बिहान गुरुपुत्र साई मुनाललाई फोन गरेर सोधेको थिएँ— पिताजीलाई कस्तो छ भाइ ?
‘घरमै ल्यायौँ । रिकवर हुँदै छ । उहाँको मेमोरी बिस्तारै फर्कंदै छ...’, यस्तै कुरा भएका थिए ।
त्यही मध्यरात गुरुको महाप्रयाण मुहूर्त रहेछ ।
तीसको दशकदेखि गुरुलाई चिन्दै आएको थिएँ तर उहाँको समीप जान सक्ने आफ्नो उमेर केही थिएन । गर्दै लाँदा ५० दशकदेखि मात्र म उहाँको समीप जान सक्ने भएँ र, भएपछि धेरै निकट भएँ भन्ने लाग्न थालेको थियो । आफ्नो विलक्षण प्रतिभाले गुरुलाई नेपाली भाषाको प्राध्यापक बनायो, एकेडेमीको प्राज्ञ (फेरि आजीवन प्राज्ञ) बनायो, अनेकौँ उच्च पुरस्कार र सम्मान दिलायो साथै अद्वितीय कोटिको अनुसन्धाता पनि । उहाँका योगदानको सम्मान गर्दै विराटनगरकी स्रष्टा गंगा सुवेदी र दधिराज सुवेदीको नेतृत्वमा तयार पारिएको प्राज्ञ बालकृष्ण पोखरेल अभिनन्दन ग्रन्थ (२०६३) प्रकाशित भयो । काठमाडौँमा एक भव्य समारोह आयोजनामा गुरुको अभिनन्दन र कृति लोकार्पण सम्पन्न भए । त्यसबेलासम्म गुरुले लेख्न थालेको ५४ वर्ष भइसकेको थियो । उहाँको पाँच सय वर्ष (२०२१) हजारौँले पढेर नेपाली भाषाको अतीतको मापन गरेका छन् । उहाँको ‘राष्ट्रभाषा’ नपरेको कुनै पाठ्यक्रम छैन । उहाँका बहुप्रशंसित ‘तेस्रो एकमुखे रुद्राक्षको खोजी’ जस्तो निबन्धसंग्रह, ‘सोधाइ र जवाफ’ जस्तो कथासंग्रह, ‘सौरी’ जस्तो खण्डकाव्य अनेक पाठक, शोधार्थी र विद्यार्थीले पढेका छन् । मदन पुरस्कार विजयी ‘नेपाली भाषा र साहित्य’ एउटा क्लासिक कृति बनेको छ ।
आफ्नो विलक्षण प्रतिभा र तपस्याले यत्रो उचाइ प्राप्त गर्ने एक निरभिमानी यी विद्वान् अनन्य बहुकृतिक स्रष्टा र अनुसन्धातासमेत हुनुहुन्छ । उहाँका उपनाममा पचासजति उपन्यास छन् । तिनको चाहिँ धेरै चर्चा भएन, कारण ती सामान्य पाठकीय रुचितिर लक्षित हुन्थे ।
गुरुभिक्र तीन व्यत्तित्व थिए— एउटा स्रष्टा सर्जक अनुवादक, अर्को भाषाविद् र तेस्रो अनुसन्धाता । सर्वप्रथम उहाँले भाषामै प्रवेश गर्नुभयो । बनारस बस्दा विद्यार्थीकालमै बालकृष्ण पोखरेल, तानाशर्मा, बल्लभमणि दाहालहरूको युवा समूह मिलेर झर्रो भाषाको परिकल्पना गरे । नेपाली भाषा ज्यादा ‘क्लासिकल’ भयो भनेर जनजिब्रोबाट सरल बोली लिने, नयाँ शब्द निर्माण गर्ने मौलिक सिद्धान्त पनि स्थापित गर्ने भनी ठूलो आन्दोलन गरे— त्यसबेला नेपाली भाषाका मूल ग्रामीण शब्दहरूलाई अपहेलना गर्ने, ग्राम्यदोषको आरोप लगाउने चलन भएकाले एकातिर भाषा क्लिष्ट र दुरूह हुँदै थियो भने अर्कातिर नेपाली शब्दहरू लोप हुने डर पनि त्यत्तिकै थियो । संस्कृत, हिन्दी, उर्दू र फारसीले नेपाली भाषाको अस्तित्व धमिल्याएका दिनहरूमा झर्रोवादीहरूले एउटा घोषणापत्र लिएर बनारसबाट आन्दोलन छेडे, त्यसको प्रयोग पनि गर्दै ल्याए । त्यसबेला उनीहरूले प्रकाशित गरेको ‘नौलो पाइलो’ पत्रिकाले काम गरेको थियो । त्यसलाई ‘झर्रो नेपाली संस्कृति र साहित्यको नमुना’ भनिएको थियो । उनीहरूको एउटै लक्ष्य थियो— ‘हिन्दी र संस्कृतको उग्र प्रयोगको विरोधमा उभिएर आफ्नो शैलीलाई झर्रो विशेषताले सिँगार्ने ।’
नेपालमा चलेका भाषिक र साहित्यिक वाद र आन्दोलनमध्ये सबैभन्दा ठूलो महत्त्वको दीर्घकालसम्म आफ्नो प्रभाव र महत्त्व राख्ने आन्दोलनमा झर्रोवादी एक हो । तर, अहिले आएर त्यसको प्रधान उद्देश्यलाई विपरीत औ अनियन्त्रित मार्गतिर लगेर आफ्नो अनुकूल अपव्याख्या फैलाउनेहरू निस्के । त्यस प्रयत्नले नेपाली भाषाको स्थिर रूपलाई धेरै भड्कायो, भत्कायो । त्यो अराजक प्रयत्नबाट नेपाली भाषा बचाउन, बालकृष्ण गुरुले स्थापना गर्नुभएको ‘नेपाली बृहत् शब्दकोश’ लाई पुनःस्थापित गर्न प्रज्ञा–प्रतिष्ठानले काम गरिरहेको छ ।
झर्रोवादले आफ्नो लक्ष्य हासिल गरिसकेपछि पनि गुरुको एउटा मन सधैं भाषामै अडियो । नेपाली बृहत् शब्दकोशको नेतृत्व दिएर एउटा भाषाधर्म पूरा गर्नुभयो तर, उहाँको तृष्णा शान्त भएन र त्यसै बेलादेखि उहाँ एउटा अति ठूलो महत्त्वाकांक्षी भाषाधर्ममा लाग्नुभयो । त्यो थियो— पोखरेलको बृहत् नेपाली–अंग्रेजी–नेपाली कोश । यो द्वैभाषिक कोश निर्माण गर्नमा उहाँले ४५ वर्ष तपस्या गर्नुभयो । त्यसो त यही विराटनगरले महानन्द सापकोटा, नरेन्द्र चापागाईंजस्ता भाषा साधक, ठूला कोशकारहरू दियो तर गुरुको योगदान भिन्न छ । यो द्वैभाषिक कोश सन् १९३१ मा प्रकाशित सर राल्फ लिले टर्नरको ‘अ कम्पेरेटिव् एन्ड इटिमोलोजिकल डिक्स्नरी अव् दी नेपाली ल्याङ्गुएज’ शीर्षक द्वैभाषिक कोश निस्केको ८५ वर्षपछि प्रकाशित दोस्रो महत्त्वपूर्ण कोश हो । नेपालमा निर्मित/प्रकाशित अरू पनि द्वैभाषिक कोश छन् तर सबै तात्कालिक प्रयोक्ताका लागि बनिएका । तीभन्दामाथि यसमा चाहिँ नेपाली भाषाको आत्मा के हो र त्यसको कसरी सुरक्षा गर्नुपर्छ भन्ने चिन्ता पहिलो छ । अनि तदनुकूल यसको अंग्रेजीकरण । फेरि अन्त्यमा मूल प्रविष्टिको समानार्थी पनि दिइएको छ, त्यसैले नेपाली–अंग्रेजी–नेपाली कोश । यसको निर्माण भइसकेपछि नेपाली भाषाप्रेमले भावतिरेक भएको हृदय झुकाएर गुरुले सर राल्फ लिले टर्नर, रामचन्द्र ढुंगाना, चक्रपाणि चालिसे, पुष्करशमशेर, महानन्द सापकोटाजस्ता अग्रजप्रति शिर निहुराउँदै यो ग्रन्थ नेपाली वाङ्मयलाई अर्पण गर्नुभएको छ ।
त्यसो त यस्तो नेपाली–अंग्रेजी–नेपाली कोश निर्माण गर्ने सपना पहिलोपल्ट ५६ वर्षअघि देख्नुभएको कुरा पनि त्यहाँ उल्लेख छ । यो कोश निर्माण गर्ने एउटा उद्देश्य अंग्रेजी भाषा पढेर नेपालीको उपेक्षा गर्नेहरूलाई पनि यो बोध होओस्— नेपाली भाषा कति महान् छ, हामीले यसलाई कसरी उठाउनुपर्छ भन्ने बोध होओस् भन्ने थियो । नत्र व्यावसायिक लक्ष्यको कोश निर्माण गर्दा पुगिहाल्थ्यो । यो कोश निर्माणको अर्को प्रमुख लक्ष्यचाहिँ नेपाली भाषाको स्तरीकरणमा एकरूपीकरणमा जोड थियो । अहिलेका केही भाषा मर्मज्ञहरूले नेपाली भाषा विभिन्ड्याएर गतिरुद्ध पारेको बेला यो आएको थियो ।
भाषिक स्तरीकरणका लागि गुरुका अनुसार तीनवटा स्रोतबाट यो लक्ष्य पूरा गर्नुपर्छ— तीमध्ये दुईवटा बाह्य छन्, एक आन्तरिक । अंग्रेजी र संस्कृत बाह्य स्रोत हुन् । झर्रा शब्द— आन्तरिक । यी नेपाली भाषा चढ्ने बलिया थाङ्ग्रा हुन् भन्नुभएको छ । थाङ्ग्रा पाएन भने एउटा भाषा–लहरो कसरी माथि चढ्छ ? भुइँमा घस्रेर फल्दैन, फुल्दैन । तर, नेपालीमा अतिवाद पसेको छ— संस्कृतको थाङ्ग्रो लडाएर अंग्रेजी एक्लो गाडिँदै छ । अघि नरेन्द्रमणि आदीले अंग्रेजी नेपाली साझा सक्षिप्त कोश (२०४४) मा संस्कृत र अंग्रेजी दुवैलाई बराबरी महत्त्व दिनुपर्छ भन्नुभएको थियो । महानन्द गुरुले पनि संस्कृत–प्रयोगको त्यसरी नै महत्त्व गाउनुभयो । यसबारे अरू कुनै कोशकार बोलेका छैनन् । आफ्नो कोशमा यति शब्द यति प्रविष्टिको गणनाई प्राथमिकता दिन्छन् तर, ती कुरा भाषाका आत्मा होइनन्, यसका पोषक तत्त्व होइनन् ।
केही वर्षअघि चलेको नेपाली भाषा सरलीकरण अभियानले हाम्रा यस्ता मनीषीहरूको सत्प्रयत्नलाई झन्डै मेटायो । बालकृष्ण गुरुले आफ्नो कोशको भूमिकामा भन्नुभएको छ— ऐतिहासिक भाषाविज्ञानले के देखाएको छ भने नेपाली भाषा संस्कृतबाट सिधै आएको होइन । यो त प्राचीन खस भाषाबाट पलाएको हो । म एक ऐतिहासिक भाषा वैज्ञानिकको धारणा स्विकार्छु । तापनि यो तथ्यलाई पनि स्विकार्छु कि संस्कृतको अनुपस्थितिमा नेपाली भाषा बढ्न, फुल्न–फल्न सक्तैन । हाम्रो भाषाको स्तरीकरणका लागि संस्कृत अपरिहार्य छ ।
यी दुईवटा थाङ्ग्रा (संस्कृत र अंग्रेजी) को महत्त्वबारे यस्तो धारणा राखेपछि उहाँले तेस्रो थाङ्ग्राको कुरा गर्नुभएको छ । त्यो स्रोत हो— ‘झर्रो’ शब्द । नेपाली स्तरीकरणका लागि झर्रा शब्द र प्रक्रिया सहायक स्रोत हुन् । यस सिद्धान्तले नै उहाँका कोशमा औपचारिनु, उल्थ्याउनु, असहमतिनुजस्ता प्रविष्टि रहेका छन् ।
२०७१ सालमा यो कोशको विमोचन हुने दिन आयो । यो थियो— ५६ वर्षको सपना एक मनीषीको । उहाँले मलाई निम्ता गर्नुभयो । खुसी हुँदै विराटनगर पुगेँ र आफूलाई संकोच लाग्ने एक कर्ममा सहभागी भएँ— त्यो हो प्रमुख अतिथि भई गुरुसँगै बस्ने र ग्रन्थ विमोचन गर्ने । म भाइ, छोरोसमान तर गुरुप्रेमले गर्दा यस्तै खुम्चेर रहेँ र भव्य कार्य सम्पन्न गरी फर्कें ।
यो कोश तयार नभई निकै अघिदेखि यसको अंग्रेजी पक्ष हेरिदिन मलाई भन्नुभएको थियो तर धेरै लामो समय लागेकाले प्रकाशकको धैर्य समाप्त भइसकेको थियो । त्यसपछि गुरुले भन्नुभयो, ‘अब दोस्रो संस्करण निकाल्नुभन्दा पहिला सबै गोविन्द बाबुले सुधार गरिदिनुपर्छ ।’ मैले शिरोपर गरेको थिएँ ।
म फर्केर आएँ र एउटा लामो लेख तयार पारेँ— हि हु डिभोटेड हिज होल लाइफ टु दी नेपाली ल्याङ्गुएज । यो लेखलाई त्रिविको अंग्रेजी शिक्षा विभागले एमएड पाठ्यक्रममा समावेश गरिदियो । त्यस्ता हजारौँ विद्यार्थीले गुरुलाई पढे, पढ्दै छन्, यो शब्दकोशको प्रयोग गर्दै छन्, विशेषगरी अनुवादमा ।
गुरुको दोस्रो व्यक्तित्व छ— एक अनुसन्धाताको । इतिहासविद्, प्राग्ऐतिहासिक विश्लेषकको मानवशास्त्रवेत्ताको— त्यो कुरा ‘खस जातिको इतिहास’ मा प्रतिविम्बित छ । मदनमणि दीक्षितले नयराज पन्तको ‘लिच्छवि संवत्को निर्णय’ लाई पहिलो र गुरुको ‘खस जातिको इतिहास’ लाई दोस्रो भन्नुभएको छ तर यी अलग विषय हुन् र दुवै अनुपम प्रथम ग्रन्थ हुन् । एउटा छोटो जीवनका अरू ४५ वर्ष लगाएर तयार पार्नुभएको ‘खस जातिको इतिहास’ सामान्य मानव मस्तिष्कले कल्पना गर्न नसक्ने विषय छ । २०१० सालदेखि अध्ययन र लेखन थालेर २०५५ मा प्रकाशित ८ सय पृष्ठको यो कृतिको महत्त्व आकलन गर्न नसकिने र गहिराइ छुन नसकिनेजस्तो छ । उहाँसँगको भेटमा मैले भनेको थिएँ, ‘यसको अंग्रेजी अनुवाद गर्न सके यसले विश्वस्तरका भाषाविज्ञानी, समाजशास्त्री, विद्वान् इतिहासकार— सबै आश्चर्यचकित भई गुरुको सम्मान गर्न यता धाउँथे होला ।’
अन्वेषण अध्ययन गर्दैगर्दै खस जातिलाई भूमध्य सागरभन्दा उता युरोपको आलीसम्म एसियाको पल्लो किनारा इजिप्ट, इरान, ग्रीस, मेसोपोटामियादेखि खोज्दै ल्याएर नेपाल–भारत पूर्वमा टुंगा लगाउने कत्रो खोजी अनुसन्धान, परिकल्पना, मिथक, पुराण एक अद्भुत कोसेली । भूमिकामा भन्नुभएको छ— प्रज्ञा प्रेमको भोक कहिल्यै नमेटिने वस्तु भएकैले मेरो यो कृति खसको मात्र गीत गाउन नभई मान्छे मात्रको महिमा गाउन अँगालिएको एक कुतूहल हो ।
खोजी अन्वेषणको तिर्खा कहिल्यै पूरा भएको थिएन । जब हामी विराटनगर पुग्छौँ, गुरुगृहमा भित्रिन्छौँ, सोफामा पारिपट्टि ढल्केर गुरुजी कुरा निकाल्न थाल्नुहुन्छ । अब्राहम हाम्रा पुर्खा हुन्... कुराको प्रसंग कहाँ थियो, चुँडिएर कहाँ पुग्छ, जोडिएर कहाँ पुग्छ, श्रोताले बुझ्यो बुझेन । तर, गुरुभित्रको ज्ञानको ज्वालामुखी आगो र धूवाँ निक्लिरहन्छ । कस्तो अद्भुत शक्ति, स्मृति र धैर्य प्राप्त गर्नुभएको थियो । एक अथक योद्धा एक समर्पित प्राज्ञले भाषा/व्याकरण र अनुसन्धानमा मात्र नअटाएर सिर्जनाको एक विपुल राशि उत्पन्न गर्नुभयो । गरेको गर्‍यै उहाँको अभिनन्दनग्रन्थ निस्केपछि पनि अरू एक दर्जन कृति प्रकाशित भएका छन्, अप्रकाशित र असंकलित कति होलान् ।
उहाँको ‘आस्था अनास्था आस्था’ अनेकौँ दशकको अनिर्णयपश्चात् प्रकाशित कृतिलाई उहाँले अंग्रेजी अनुवाद गर्न थाल्नुभयो र हाम्रो अन्तिम भेटमा सुनाउनुभयो, ‘अब चाराना बाँकी छ अनि अंग्रेजी हेरिमाग्न तपाईंकोमा आउँछ ।’ यस्ता धेरै धोका अड्गारा बाँकी छन् । आज पोखरेल परिवारमा हार्दिक समवेदनाका साथ गुरुको आत्माको चिरशान्तिको कामना गर्दै ‘आस्था अनास्था आस्था’ बाट एउटा श्लोक टिपेर रोकिन चाहन्छु ः
प्रकाशको गज कुरेत एक हो
बाँकी नाप त अन्धकार छ
खुसी यो पलभरको स्वागत हो
बाँकी पल ता बन्द द्वार छ ।
प्रकाशित : koseli, फाल्गुन १८, २०७५ १३:०१

झर्रोवाद: हिजो र आज

झर्रोवाद: हिजो र आज
फाल्गुन १८, २०७५बालकृष्ण पोखरेल
काठमाडौँ — यसभन्दा अगाडि झर्रो शब्दलाई लिएर केवल छेत्रीहरू मात्रै घमण्ड गर्थे  । मठ्याहा छेत्रीहरूबाट आफूलाई अलग राख्न एकथरी चोखा भनाउँदा छेत्रीहरू आफूलाई ॅझर्रो’ भन्ने गर्थे  ।
ॅनौलो पाइलो’ र उपर्युक्त अन्य ६ पत्रिकाका लेखकहरूले हिन्दी र संस्कृतको उग्र प्रयोगको विरोधमा उभिएको आफ्नो शैलीलाई पनि यसै 'झर्रो' विशेषणले सिङारे । यसरी नेपाली भाषामा झर्रोवादको जन्म भयो ।
जब संवत् २०१३ मा बनारसका तन्नेरी नेपाली विद्यार्थीहरूले नेपाली भाषाको भविष्यतर्फ ध्यान दिए उनीहरूको सातोपुत्लो उड्यो । उनीहरूले नेपाली भाषा हिन्दीका शब्द, वाक्य एवं उच्चारण पद्धतिबाट झन्झन् धेर प्रभावित हुँदै गएको देखे । स्वदेशमा विश्वविद्यालय नभएकाले भारतका विश्वविद्यालयहरूमा पढ्न जाने नेपाली छात्रहरू भारतको समाजमा केही महिनाभित्रै कति साह्रो रतिन्थे भने तिनीहरूलाई भारत बसुन्जेल परदेशको न्यास्रोले कहिल्यै छुँदैनथ्यो ।
जब यी छात्रहरू पढलेख गरेर नेपाल फर्कन्थे यिनीहरूको रूप रङ अर्कै हुन्थ्यो । पोसाक र आनीबानीमा मात्रै होइन, बोली र भाषामा पनि यी भारतको रङमा रङ्गिएका हुन्थे । यसरी फर्केर नेपाल आउने ‘इन्डियारिटर्न’ हरूको पारम्परिक हित्यारी–मित्यारी त प्रायः हिन्दीमै चल्थ्यो, तर जब यी नेता अथवा लेखक भएर समाजमा प्रसिद्ध हुन चाहन्थे, यिनीहरू लाजैगालै नेपाली भाषामा बोल्न र लेख्न बाध्य हुन्थे र नेपाली भाषाले एउटा अड्बाङ्गे रूप पाउन लाग्यो, जो झन्डै यस प्रकारको हुन्थ्यो— ‘अगर हामी नेपालीहरूले आफ्नो देशको तकाजामा ध्यान दिंदैनौं र देशको मागको बाबजुद हामी चल्छौं त यो जोरसँग ऐलान गर्न सकिन्छ कि हामी आदमी होइनौं बल्कि हेवान हौं ।’
अर्कोतर्फ फेरि बनारसबाट विद्या कमाएर घर फर्किएका पण्डितहरू झन्डै यसो लेख्थे— ‘उतुङ्ग हिमशैलको धबल प्रांगणमा निवास गर्दै पतितपावनी कल्मष प्रक्षालन कार्य सुसम्पन्ना सरिता वाग्वतीको पवित्रोदक पान गर्दै पर्वत चूडामणि चन्द्रागिरिको नैकट्य पाएका काष्टमण्डप निवासीहरू धन्य हुन् ।’
बनारसै पढिरहेका भए पनि ती तन्नेरी छात्रहरूले विदेशी हिन्दी र पाण्डित्यपूर्ण संस्कृतको ज्यास्ती प्रयोगले नेपाली भाषाको आफ्नोपना थिचोमिचोमा परेको देखी सहेनन् । ‘इन्डियारिटर्न’ अंग्रेजीबाजहरूले अगर, मगर, बल्कि, चूँकि, बाबजुद, जरुरत, तकाजा, आदमी, हेवान। बीसवीं, बाईसवीं, एसियाईजस्ता असंख्य हिन्दी शब्दहरूलाई ल्याएर नेपालीलाई पाहाडी हिन्दी भनेर घोषणा गर्ने पण्डाहरूलाई सजिलो तुल्याइदिएका थिए भने सयकडा उनान्सय मात्रामा तत्सम शब्द मात्रै काचर्ने संस्कृतवादी बाजेहरूले पनि ती पण्डाहरूलाई नेपाली भाषाको स्वतन्त्र अस्तित्वमा आरोप लगाउन कम सजिलो पारिदिएका थिएनन् ।
संवत् २०१३ तिर बनारसमा पढिरहेका ती नेपाली छात्रहरूले यस विषादपूर्ण झ्याउलाई उखेलेर फाल्ने अठोट गरे । विश्वविद्यालयको अध्ययनतिर भन्दा धेर समय उनीहरूले नेपाली भाषा र साहित्यको समस्यामा लगाउन लागे । फलस्वरूप ‘नौलो पाइलो’, ‘छात्र’, ‘छात्रदूत’, ‘उदय’, ‘दीपक’ र ‘सन्देश’ नाउँका सात पत्रिकाहरूमा ती छात्रहरूका असन्तोषपूर्ण आवाजहरू प्रकाशित हुन लागे । यी पत्रिकाहरूमध्ये ‘नौलो पाइलो’ त ती छात्रहरूको एक प्रकारको मुखपत्र नै थियो, किनभने यसमा लेखिएको थियो, ‘झर्रो नेपाली संस्कृति र साहित्यको नमुना ।’ यसभन्दा अगाडि झर्रो शब्दलाई लिएर केवल छेत्रीहरू मात्रै घमण्ड गर्थे । मठ्याहा छेत्रीहरूबाट आफूलाई अलग राख्न एकथरी चोखा भनाउँदा छेत्रीहरू आफूलाई ‘झर्रो’ भन्ने गर्थे । ‘नौलो पाइलो’ र उपर्युक्त अन्य ६ पत्रिकाका लेखकहरूले हिन्दी र संस्कृतको उग्र प्रयोगको विरोधमा उभिएको आफ्नो शैलीलाई पनि यसै ‘झर्रो’ विशेषणले सिङारे । यसरी नेपाली भाषामा झर्रोवादको जन्म भयो । ‘इन्डियारिटर्न’ बाज र ‘बनारसरिटर्न’ बाजेहरू झर्रोवादको जन्मले गर्दा चिन्तित भए । उनीहरूले झर्रोवादलाई अपरिपक्व मथिङ्गलको तुजुक ठहर्‍याउने चेष्टा गरे । के कुरो यहाँ भनिरहनु नपर्ला भने, बाज र बाजे दुवैथरीलाई आक्रमण गरेबापत झर्रोवादले समर्थन कसैबाट पाएन । बरु यसले भर्त्सना र गाली मात्रै सुन्नुपर्‍यो । झर्रोवादले बाज र बाजे श्रेणीमध्ये कुनैमा नपर्ने केही नेपाली साहित्यिकहरूका दोषहरूलाई लिएर पनि आलोचना गरेको थियो । यसैले ती पनि झर्रोवादका विरोधी नै भए ।
यसरी ठूलाबडाको उपेक्षाको पात्र भएर पनि झर्रोवाद ओइलाएन । यसले साहित्यिक समाजमा हाहाकार ल्याइपुर्‍यायो । नेपाली भाषाको समस्यामा सोच्न यसले धेरैलाई हुटहुटी लगायो । भाषाको नाउँमा ‘भ’ पनि नजान्नेहरू पनि आफूलाई समाल्न नसकी यस कोलाहलमा भाग लिन जुर्मुराए । नेपाली भाषा–संसारमा चिन्तनको सूत्रपात भयो । तर्कका लागि पेस गर्नेहरू पनि कम थिएनन् । तैपनि ‘नहुनुभन्दा कानु मामा जाती’ भन्ने उखान चरितार्थ हुँदो थियो । समाजमा धेरै कुरा यस्ता हुन्छन् जो विद्वतवर्गबाट सर्दै शिक्षक–मण्डलीमा पुग्छन् र त्यसपछि मात्रै छात्र–संसारमा पुग्छन् । तर झर्रोवादचाहिं छात्र–संसारमा नै जन्म्यो, पछिबाट मात्रै यसलाई शिक्षक र विद्वान्हरूले चिने । सम्भतः छात्रहरूको मथिङ्गलको उप्जा भएकाले नै झर्रोवादले यसरी लाञ्छित र अपमानित हुनुपरेको होला ।
हुन त परिवर्तनशील संसारको वस्तुको नाताले भाषा पनि सधैं एकै अवस्थामा रहिरहन सक्दैन । यसले बेलाबखतमा काँचुली नफेरी धरै पाउन्न । तर, संवत् २०१३ भन्दा पहिलेको नेपाली भाषा र आजको नेपाली भाषालाई कसैले दाँज्यो भने ऊ के निर्क्योलमा पुग्नेछ भने यी सात वर्षहरूमा जे–जति परिवर्तन नेपाली भाषामा आयो त्यसको मात्रालाई लर्तरो ढकले जोख्न सकिने छैन । सात वर्षपहिलेको रोगी नेपाली भाषालाई आज हामी एकदम सारसौंदो हालतमा देख्दैछौं । सात वर्षअगाडि पराईको मुखमा परेर पच्नपच्न आँटिसकेको नेपाली भाषा आज कतिसम्म बलियो भइसकेको छ भने पराईको मुखको गाँस हुने परिस्थिति अब अतीतको वस्तु भइसकेको छ । हुन पनि आज नेपाली भाषा ‘इन्डिया–रिटर्न’ बाज र ‘बनारस–रिटर्न’ बाजेहरूको चटक हेर्न गुजुम्म उभिने मूर्खहरूको भाषा मात्र नभएर आफ्नै माटोमा शिक्षित भएका चेतनशील हिमालीहरूको भाषा हुन पुगेको छ । हुन सक्छ, यस परिवर्तनको प्रमुख कारण शिक्षाको प्रचार हो, तर के कुरालाई पनि लुकाउन उचित नहोला भने यस परिवर्तनलाई यति चाँडै सार्थकता प्रदान गर्न झर्रोवादको पनि चानचुने योगदान छैन । यस सत्यलाई अरूले भन्दा एकेडेमीका उपकुलपति बालचन्द्र शर्माले मानेझैं छ ।
झर्रोवादले नेपाली भाषालाई बरालिन नदिएर जोगाएको हो तापनि परम्परागत बाजे–शैली र सात सालपछि ढुसी पलाएझैं पलाएको बाज–शैलीका अनुयायीहरूले यसलाई उल्लीबिल्ली मात्रै गरे । आफ्नो भाषाको सेवा गरेबापत झर्राहरूले ‘टर्रो’ को संज्ञा पाए । कहाँसम्म भने एउटा पत्रिकामा व्यंग्यस्तम्भको नाउँ नै ‘झर्रोटर्रो’ राखियो । पहिले यस स्तम्भको उद्देश्य थियो— झर्रोवादलाई टर्रो घोषित गर्नु । आज दुई जना झर्रोवादीहरू यस पत्रिकाको सल्लाहकारमण्डलमा छन् । तापनि ‘झर्रोटर्रो’ भन्ने उक्त स्तम्भले झर्रोवादप्रति काठमाडौंका मानिसको प्रतिक्रियाको सम्झना दिन्छ । आज निक्लने अधिकांश पत्रपक्रिकाहरू बाज र बाजे–शैलीदेखि मुत्त भइसकेका छन् । हुन त बिग्रनु जति सजिलो हुन्छ त्यति सजिलो सप्रनुहुन्न, र त यी पत्रपत्रिकाहरूमा पनि एकरूपता कायम हुन सकेको छैन । तैपनि झट्टै नै हाम्रा लेखकहरू आफ्नो भाषाको स्वभावलाई चिन्न बानी पार्नेछन् भन्ने कुरामा केही शंका छैन ।
झर्रोवाद आजभन्दा सात वर्ष पहिले उरालिइरहेका बाजे र बाजहरूलाई तहमा ल्याउन ज्यादै उपयोगी ‘वाद’ थियो । नेपाली भाषाका शब्दहरू गाउँले शब्द हुन् र तिनको साटो संस्कृत र हिन्दीबाट सापट लिए मात्र उच्च भावको अभिव्यञ्जना हुन सक्छ भन्नेहरूलाई मुखभरिको जवाफ दिनलाई झर्रोवादले पनि बाध्य भएर एउटा उग्र बाटो पक्रिनुपरेको थियो । यसबाट जाहेर हुन्छ— बाजवाद र बाजेवादसरह झर्रोवाद पनि एउटा उग्रवाद नै थियो । उग्र नभईकन कट्टर बाज र बाजेहरूलाई तह लगाउन नसकिने देखिएबाट नै झर्रोवादले उग्र काम जिम्मा लिएको हो । हुन त झर्रोवादीहरूले विभिन्न स्रोतबाट शब्द सापट लिने कुरालाई सैद्धान्तिक दृष्टिले विरोध गरेका छैनन्, केवल आफूसँग भएका शब्दहरूलाई पनि साहित्यमा प्रयोग गर्न थालौं भन्ने मात्रै उनीहरूले भनेको पाइन्छ, तैपनि उनीहरूले लेखेका कथा, कविता र निबन्धमा चाहिँ तत्समविरोधी भावना अनि विदेशी स्रोतबाट आएका शब्दहरूका विरोधमा चिम्टे नीति पाइन्छ । उदाहरणार्थ, ‘मानव सभ्यताप्रेमी प्राणी हो’ भनेर लेख्नुपरे कुनै झर्रोवादी यसो लेख्थ्यो, ‘मानिस साभालुपनारोजुवा जनावर हो ।’ हुन त आज छर्लङ्ग्याउनु, छर्लङ्ग्याइ, गहकजस्ता शब्दहरू ज्यादै लोकप्रिय भइसकेका छन् तर ‘छर्लङ्ग, अव्यय र ‘गहकिलो’ विशेषणबाट कुँदिएका कृत्रिम शब्द हुन् भन्ने कुरा हामीमध्ये कमैलाई थाहा होला । वास्तवमा स्पष्ट गर्नु, स्पष्टकरण र वजनजस्ता शब्दहरूलाई हुन्याउने उद्देश्यले यिनको निर्माण झर्रोवादअन्तर्गत भएको हो ।
झर्रोवादको आरम्भ निम्नलिखित सिद्धान्तको थियो–
१. ग्रामीण अथवा सदरिया भन्ने भेद ल्याएर गाउँमा प्रचलित शब्दहरूलाई घृणा गर्नुको मतलब नेपाली भाषालाई आफ्नो खुट्टामा उभिन नदिनु हो । नेपालीझैं शततः गाउँलेहरूको काखका हुर्किएको भाषाले ग्राम्य–दोष एवं ग्रामीणता भनेर गजक्क पर्न सुहाउन्न ।
२. सापट लिनु अनुचित होइन तर ज्यास्ति सापट लिनुचाहिं राम्रो होइन ।
३. नेपालीकी जननी संस्कृत हो भन्दैमा शब्दकोशका जम्मै शब्दहरूलाई नेपाली भाषामा प्रयोग गर्न हुन्छ भन्ने धारणा अनुचित हो ।
४. देशमा अनेक नागरिक हुन्छन् । त्यसैगरी भाषामा पनि अनेक शब्द हुन्छन् । यी शब्द हुन् भाषा–संसारका नागरिक । चाहे विश्वको कुनै कुनाबाट आएको मानिस होस्, नेपालको नागरिक भएपछि त्यसले नेपाली ऐन मान्नैपर्छ, त्यसैगरी चाहे संस्कृतबाट आएको शब्द होस् चाहे अंग्रेजीबाट, त्यसको ‘स्पेलिङ’ अन्य नेपाली शब्दहरूको आधारमा ढालिनुपर्छ ।
५. कुनै छिमेकमा एकभन्दा धेरै भाषा बोलिन्छन् भने तिनको बीचमा अनेकौं समानता औ साझा बेहोराहरू हुनु अवश्यम्भावी छ । यस्ता साझा बेहोराहरूको महत्त्व मनग्गे बेसी हुन पनि सक्छ, तापनि यी साझा बेहोरालाई लिएर छिमेकको कुनै पनि भाषाले पेवापन अनुभव गर्न सक्दैन । उदाहरणार्थ, हामी संस्कृतबाट लिइएका तत्सम शब्द, अरबेली–फार्सेलीबाट अनि अंग्रेजीबाट आएका सापट शब्दहरूलाई लिन सक्छौं । यी शब्द नेपाली, हिन्दी, बंगाली, मराठी इत्यादि सबै भाषाका साझा शब्द हुन् । यी साझा शब्दहरूको आफ्नै प्रकारको महत्त्व हुन्छ तापनि यिनले भाषाको अंग पूरा गर्दैनन् । भाषाको अंग त्यस बेला मात्रै पूरा हुन्छ जब त्यसको वैयक्तिकताको पनि कदर हुन्छ । कुनै भाषाको पेवा बेहोरा नै त्यस भाषाको व्यक्तित्व हो । त्यसैले पेवा बेहोरालौ पाखे र गाउँलेको संज्ञा दिनु उचित होइन ।
यिनै थिए झर्रोवादका केही गन्थन । यी गन्थनलाई कार्यरूपमा ल्याउन झर्राहरूले तलका उपायहरू अङालेका थिए ः–
(क) इतिहासका पानाबाट मृतप्रायः शब्दहरूलाई लिनु अनि तिनलाई लोकप्रियता दिने चेष्टा गर्नु ।
(ख) पूर्व र पश्चिमका स्थानीय नेपाली भाषिकाहरूबाट शब्द बटुलेर अभावको पूर्ति गर्नु ।
(ग) नेपाली शब्दहरूको आधारमा कृत्रिम पद्धतिबाट शब्द निर्माण गरेर अभावको पूर्ति गर्नु ।
(घ) संस्कृतबाटै हिन्दी इत्यादिसित नमिल्ने किसिमले शब्द निर्माण गरेर अभाव टार्नु ।
(ङ) स्पेलिङलाई सकेसम्म सजिलो पार्नु ।
(च) नेपाली तद्धितपुछ्रे र कृत्पपुछ्रे प्रत्ययहरूको चलन बढाउनु ।
झर्रोवादले अङालेका यी उपायहरूमध्ये पहिलो (क) र चौथो (घ) ठीकठीकैका भएकाले तिनलाई लिएर हल्ला मच्चिएन तर बाँकी चारलाई लिएर चाहिँ ठूलो हल्ला मच्चियो । यिनमध्ये तेस्रो (ग) को त अति नै निन्दा भयो । हुन त यस उपायअन्तर्गत जन्माइएका थुप्रै शब्दहरू नेपाली भाषामा प्रचलित पनि भए (जस्तै ः छर्लङ्ग्याउनु, गहक इत्यादि), तर आज झर्रोवादीहरूले गाली सुन्नुपरेको सबैभन्दा ठूलो कारण हो— यही तेस्रो (ग) उपाय ।
दोस्रो उपाय (ख) लाई धेरैले समर्थन गर्दै आएका छन् । तापनि कसैकसैले चाहिँ यसलाई साहित्यमा पाखेपन ल्याउने उपाय पनि भनेका छन् । हालै एक जना अर्थशास्त्री गोविन्दप्रसाद लोहोनीले पनि यस प्रकारको विचार व्यक्त गरेको पाइयो । हुन पनि अर्थशास्त्र र यस्तै अन्य असम्बन्धित विषयका विशेषज्ञहरू नै झर्रोवादको यस उपायका विरोध भई आएका छन् । तर ज्ञातव्यचाहिँ के हो भने यो उपाय झर्रोवादको सबैभन्दा राम्रो उपाय थियो ।
पाँचौं उपाय (ङ) झर्रोवादको मौलिक खोजी होइन । झर्रोवाद जन्मनुभन्दा अगावै महानन्द सापकोटाज्यूले यतातिर औंलो तेर्साइसक्नुभएको थियो । आज सबैभन्दा ठूलो सफलता यसै उपायले पाएको छ ।
झर्रोवाद एउटा उग्रवाद थियो भनेर भनिसकिएको छ । यी उपायहरू अभाव–पूर्तिका साधन मात्रै थिए, नयाँ भाषा जन्माउने मूलमन्त्रचाहिँ थिएनन्, तापनि आफ्ना उग्र प्रतिद्वन्द्वी बाज र बाजेहरूलाई परास्त पार्नका लागि व्यक्त झर्रोवादीहरूले यस कुरालाई बिर्से । यसैले उनीहरू यी पाँच उपायहरूलाई मूलमन्त्रझैं मान्न लागे । तत्सम भएको अपराधमा या विदेशी स्रोतबाट आएको अपराधमा उपयोगीभन्दा उपयोगी शब्दहरूले पनि झर्रोवादीहरूका रचनामा प्रवेश पाउन छोडे । यस्तै अरू पनि त्रुटि झर्रोवादका समर्थकहरूले गरे । यसैले अब नेपाली भाषाका प्रेमीहरूले भाषालाई लिएर कोलाहल सुने उनीहरूले बाज र बाजेका साथै झर्रोवादीहरूलाई पनि दोषी पाए । त्यसैले आजभोलि हामी झर्रोवादलाई लिएर कम कानेखुसी सुन्दैनौं ।
आज कार्यरूपमा सबै सप्रिसकेका छैनन् तापनि के कुरोचाहिं सबैछेउ जाहेर भइसकेको छ भने बाज र बाजे दुवैथरी नेपाली भाषाका हितु होइनन् । किनभने यिनले गर्दा हाम्रो भाषाको स्वाभिमान खल्बलिएको थियो । यिनको विरोधमा जन्मिएको उग्रवादी झर्रोवादलाई आज भलै जस्ताको तस्तो अनुकरण गर्न नसकियोस्, भलै यसमा समयजनित केही विरामहरू टुप्लुकिऊन् तर यसको जगमा आफ्नोपनाप्रति प्रेम र अभिमान भएकाले यसको इतिहासलाई ठट्टामा उडाउन निस्स्यै सकिन्न । अर्को भाषामा, यो जतिसुकै उग्र होस्, यसलाई बाजे र बाजहरूको हाराहारी राख्न सकिन्न । बाजे र बाजहरू प्रतिवादी हुन् भने झर्रोवाद वादी हो, बाजे र बाजहरू आक्रामक तत्त्व हुन् भने झर्रोवाद प्रतिरक्षात्मक तत्त्व हो । झर्रोवाद र बाजे–बाजवादमा यही अन्तर छ ।
आज हामीहरूले आफ्नो भाषाको समस्या प्रायः बुझिसकेका छौं । कुन बाटो हिँड्दा सप्रिने सम्भावना छ र कुन बाटो हिँड्दा बिग्रने सम्भावना छ— हामीले बुझिसकेका छौं । अब हामीलाई बराल्न बाजे र बाजहरूको संयुक्त हमलाले पनि सक्ने छैन । यस हालतमा अब झर्रोवादझैं उग्रवादी स्कुलको चासो छ–छैन यसतर्फ हामीले सोच्नु असल छ । नभन्दै हाम्रा दुस्मन बाज र बाजेहरूको अस्तित्व अर्थहीन भइसकेकाले अब हामीलाई कुनै पनि उग्र नीति चासोपर्दो छैन । म आफैं पनि झर्रोंवादी परिपाटीको एक जना विद्यार्थी हुँ तापनि म अब के कुरो स्वीकार गर्न चाहन्छु भने सात वर्षसम्म लगातार बाज र बाजेहरूसँग लाप्पा खेलेर झर्रोवादले आफ्नो लक्ष्य पूरा गरिसकेको छ । उसले नेपाली लेखकहरूलाई कुनै पनि आक्रामक तत्त्वहरूदेखि सतर्क रहनुपर्छ भनेर जनाउ दिइसकेको छ । यसकारण अब उसले अझै पनि आफ्नो उग्रवादी बेहोरालाई कायम राख्नु नकारात्मक बाटोमा हिंड्नु हो । अब पनि झर्रोवादले आफ्नो उग्र स्वभाव अङालिरहन्छ भने त्यो उसको ढिपी मानिनेछ ।
तर जो अझै झर्रोवादलाई नचिनीकनै र त्यसको अध्ययन नगरीकनै त्यसलाई ठट्टाको विषय तुल्याउँछन्, तिनको मूर्खतामा अझै पनि झर्रोवाद हाँस्न सक्छ । झर्रोवादको आङबाट ‘उग्र’ विशेषण हटाइदिने हो भने यसका सिद्धान्त र उपाय अझै पनि उत्कृष्ट ठहरिन सक्छन् । भलै ‘उग्र’ विशेषणले विहीन भएपछि झर्रोवादको नाममा टाँसिएको ‘झर्रो’ शब्दको उपयोगिता नरहला, तापनि यसका सिद्धान्त र उपायहरूको उपादेयता कत्ति कम हुने छैन । ज्ञातव्य के छ भने झर्रोवाद केवल कार्यनीतिमा मात्र उग्र थियो, सिद्धान्त र उपायमा उग्र थिएन । यसका सिद्धान्त र उपायहरू अझै उपादेय किन हुन सक्छन् भने तिनको निर्माण भुइँफुट्टा काइदाले भएको नभएर पुष्करशमशेर, बालकृष्ण सम र महानन्द सापकोटाका वाणीहरूलाई आधार मानेर भएको हो । यिनमा पनि पुष्करशमशेर र महानन्दलाई त झर्रोवाद आदिगुरु नै मान्छ । के पनि यहाँनिर प्रस्ट हुनुपरेको छ भने यो त्रुटिपक्षलाई लिएर चाहिँ कसैको समर्थन गर्दैन । यसले आफ्नै त्रुटिलाई पनि लाजवश लुकाउन मन पराउन्न ।
अन्तमा म दुई सुझाउ दिन चाहन्छु । भलै झर्रोवाद भन्ने संज्ञाको अस्तित्वमा बाधा परोस्, झर्रोवादीहरूले ‘आफ्नो उग्र बाटो त्याग्नैपर्छ । । ‘उग्र’ विशेषणलाई आफलेर बाँकी झर्रोवादलाई अरूले पनि अङाल्नैपर्छ ।
(गद्य साहित्यतर्फ २०२१ सालमा मदन पुरस्कार प्राप्त कृति ‘नेपाली भाषा र साहित्य’ बाट साभार गरिएको हो यो कृति २०२१ साल भदौमा ‘पहिलो बाजी’ रत्न पुस्तक भण्डारबाट प्रकाशित भएको थियो)
प्रकाशित : फाल्गुन १८, २०७५ १२:५९

राजनीति, विद्रोह र सत्ता

राजनीति, विद्रोह र सत्ता
फाल्गुन २६, २०७५कृष्ण खनाल
काठमाडौँ — राजनीतिमा असम्भव र अस्वाभाविक केही पनि छैन । हिजोका विद्रोही आज सत्तामा छन्, प्रधानमन्त्री केपी शर्मा ओली हुन् वा सत्तारूढ दल नेकपा अर्का अध्यक्ष पुष्पकमल दाहाल । कांग्रेस पनि कुनै बेला विद्रोहमै थियो । त्यही बाटाबाट सत्तामा पुग्यो । विद्रोह र सक्ता राजनीतिका घामछाया हुन् ।
गत शुत्रबार ओली र दाहाल दुवैको उपस्थितिमा अर्का विद्रोही सीके राउतले एउटा सम्झौता गरे, दुवैसँग हात मिलाए । झन्डै एक दशकदेखि मधेसको राजनीतिलाई बेग्लै धारमा तरंगित गर्दै काठमाडौंका सत्ताधारीलाई राष्ट्रियविखण्डनको हाउगुजी अलाप्ने तम्तयारी मसला थियो सीके राउतको ‘स्वतन्त्र मधेस’को अस्त्र । उनले हतियार बोकेका थिएनन् तर उनको त्यो अस्त्र भने अर्कोलाई भय देखाउन सबैका लागि उपयोगी थियो । अर्को कुनै दिन अर्का विद्रोही नेक्रवित्रम चन्दसँग यसैगरी अर्को सम्झौता हुँदा आश्चर्य मान्नु पर्दैन । आखिर त्यो पनि अपेक्षित कुरा नै हो ।
सरकार–राउत सहमतिका ११ बुँदामा के के लेखिएका छन् वा लेखिएनन्, त्यो मेरो धेरै चासोको विषय होइन । यो सहमतिका तीनवटा कुरा महत्त्वपूर्ण छन् । पहिलो, सीके राउतले ‘स्वतन्त्र मधेस गठबन्धन’का नाममा चलाएका गतिविधिको अन्त्य भयो । उनले अब संवैधानिक प्रक्रियाभित्रको राजनीति गर्ने भए ।
दोस्रो, सरकारले पनि विगत गतिविधिका आधारमा उनी र उनका नाममा परिचालित कसैमाथि कुनै कारबाही नगर्ने भयो । तेस्रो, लोकतन्त्रको विधि, सिद्धान्त र मान्यताको सरकारले पुनरुक्ति गर्‍यो, उनले स्वीकारोक्ति । पहिलो र दोस्रो सीके राउतको सोच र गतिविधिले उत्पादन गरेको कुरा हो । तेस्रो कुरा थप महत्त्वको विषय हो । सहमतिका पहिलो तीन बुँदा यसैका लागि खर्चिएका छन् । ‘शान्तिपूर्ण लोकतान्त्रिक बाटो र जनतामा निहित सार्वभौम अधिकारको प्रयोग गर्दै असन्तुष्टिलाई जनअभिमतमा आधारित लोकतान्त्रिक विधिबाट समाधान’ गर्ने कुरा उल्लेख भएका छन् ।
सहमतिमा प्रयुक्त शब्दावलीलाई आआफ्नो अनुकूल व्याख्या गर्ने सुविधामा छाडिएको छ । खासगरी ‘जनतामा निहित सार्वभौमसत्ता’ र ‘जनअभिमतमा आधारित लोकतान्त्रिक विधि’ भन्ने शब्दावलीलाई जति फराकिलो व्याख्या गरे पनि हुन्छ । सहमतिपत्र आदानप्रदान सँगसँगै आएका सरकारी पक्ष र राउतका अभिव्यक्तिले यही पुष्टि गर्छन् । राउत पक्षले यसलाई जनमत संग्रहमा जाने बाटो खोलिदिएको भनेर व्याख्या गरेको छ भने प्रधानमन्क्रीले ‘देश टुत्र्याउने कुरा आजबाट समाप्त भयो’ भनेर दाबी गरेका छन् । मुख्य कुरा के हो भने सहमतिपछि प्रधानमन्त्री ओली र सीके राउत एकै ठाउँमा उभिन पुगेका छन्, एकअर्काको प्रशंसा गर्दै । मधेसको राजनीतिक सन्दर्भमा संविधानले हासिल गरेको यो थप माइलेज हो ।
लोकतन्त्रले राज्य पक्ष होस् वा विद्रोही कसैबाट पनि हिंसा र बल प्रयोगलाई स्वीकार गर्दैन । बरु विकल्पमा जनमत संग्रहको अभ्यासका लागि ठाउँ दिन्छ । सरकारका नीति र कामका विषयमा मात्र होइन, राष्ट्रिय विखण्डनका मागलाई समेत शान्तिपूर्ण एवं लोकतान्त्रिक विधिबाट सम्बोधन र निकास दिने प्रक्रियाका रूपमा यसलाई अपनाइएको छ ।
क्यानडामा फ्रेन्च भाषी क्युबेक प्रान्त, बेलायतमा स्कटल्यान्डमा भएका जनमत संग्रह यसका केही दृष्टान्त हुन् । त्यहाँ क्युबेक वा स्कटिस पृथक्तावादका पक्षमा बहुमत मतदान भएको भए शान्तिपूर्ण लोकतान्क्रिक विधिबाट क्यानाडा र बेलायत टुत्रिने थिए । लोकतन्त्रको यस्तो अभ्यास अन्यत्र बिरलै पाइन्छ ।
सरकार–राउत सहमतिमा प्रयुक्त शब्दावलीमा टेकेर एउटा बहस प्रारम्भ गर्न सकिन्छ । ‘जनअभिमतमा आधारित लोकतान्त्रिक विधि’ भनेको के हो ? सहमतिमा तराई–मधेसलगायत देशका कतिपय स्थानमा रहेका असन्तुष्टिलाई यो विधिबाट समाधान गर्न सहमत भएको उल्लेख छ । यसले भूगोलकेन्द्री एउटा ठाउँलाई आकर्षित गरेको प्रस्ट हुन्छ ।
तसर्थ यसका आधारमा मधेसको विषयलाई जनमत संग्रहमा लैजाने कुरालाई सिद्धान्ततः स्वीकार गरिएको छ भन्दा कुनै अन्यथा मान्नु पर्दैन साथै संविधानले पनि राष्ट्रिय महत्त्वका विषयमा जनमत संग्रहबाट निर्णय लिन सकिनेछ भनेर उल्लेख गरेको छ ।
सकारात्मक रूपमा यसको उपयोग गर्ने हो भने मधेसलाई अरू समेट्न यसले महत्त्वपूर्ण आधार दिन्छ । आवश्यक परे संविधानले निर्धारण गरेको प्रक्रियाबाट जनमत संग्रहसम्म पुग्न पनि सकिएला तर मलाई लाग्दैन, यो सहमतिले हाम्रो लोकतन्त्रलाई त्यति फराकिलो आयाम दिएको छ ।
यो सहमतिले तत्कालका लागि सीके राउतको राजनीतिलाई एउटा बिसौनी दिएको छ, त्यस्तै सरकारमा बस्नेका लागि उपलब्धिको प्रचार मसला पनि तर यसबाट मधेसमापृथक्ताको सोच अन्त्य भयो भनी बुझ्नु पर्याप्त हुँदैन । यो सोचको स्रोत न सीके राउत हुन्, न उनीसँगै सकिन्छ नै । यो त प्रवृत्ति हो, जुन बेलाबखत मधेसको राजनीतिमा देखिँदै आएको छ । मूलतः पहिचानको राजनीतिसँग सम्बन्धित कुरा हो यो साथै भूराजनीतिक उपयोगको अस्त्र पनि । अनुकूल भएका बेला यो स्वर अलि चर्को हुन्छ, सुनिन्छ । प्रतिकूल अवस्थामा यो आफैं खुम्चिएर दबिएर बस्छ । यसैका आधारमा कुनै राष्ट्र बलियो छ वा विखण्डन हुने भयो भनेर स्वर मच्चाउनु आवश्यक छैन ।
सीके राउत प्रकरणको एउटा विशेषता के हो भने उनी स्वतन्त्र मधेसको कुरा गरे पनि देशबाट पलायन भएनन्, हतियार उठाएनन् । उनका गतिविधि वैचारिक अभिमत निर्माण र परिचालनमा केन्द्रित थियो । यद्यपि राज्य पक्षका लागि यो भयावह र अकल्पनीय सोच थियो तर लोकतन्त्रमा यस्ता सोच आउँछन्, केही वैचारिक मन्थन हुँदैमा वा त्यो विचारको केही परिचालन हुँदैमा देशै विखण्डन हुने भयो, अलगथलग हुने भयो भनेर भयग्रस्त हुनु पनि आवश्यक छैन । संवैधानिक प्रणाली र शासकीय व्यवहार जति लोकतान्त्रिक बन्दै जान्छ, उति यस्ता प्रवृत्ति र स्वरलाई थेग्ने क्षमता पनि बढ्छ । तसर्थ हाम्रो मुख्य चुनौती भनेको लोकतान्त्रिक प्रणाली र अभ्यासको निरन्तरता एवं सुदृढीकरण हो ।
जातीय, क्षेत्रीय विविधता भएको देशको राजनीतिमापृथक्तावादी सोचले ठाउँ लिन खोज्नु अन्यथा पनि होइन । मुख्य कुरा यसको सम्बोधन र व्यवस्थापन कसरी गर्ने भन्ने हो । संघीयता त्यस्तो राजनीतिक प्रविधि हो, जसका माध्यमबाट यसको व्यवस्थापन गर्न सकिन्छ, विश्वमा भइराखेका पनि छन् ।
यसले स्वायत्तता र पहिचानको आकांक्षालाई सकारात्मक रूपमा खेल्ने र हुर्कने ठाउँ दिन्छ, विखण्डनको भित्तासम्म पुग्न दिँदैन । यो सहमतिको मुख्य आधार पनि त्यहीँ देखिन्छ । अहिले हाम्रा लागि संघीयताको स्वस्थ अभ्यास र विश्वसनीय संघीय राजनीतिक संस्कार निर्माण सबैभन्दा महत्त्वपूर्ण कुरा हुन् । हाम्रो संघीय यात्राको स्वरूप निर्धारणको मुख्य कडी संघीय सरकार र प्रदेश, त्यसमा पनि प्रदेश–२ बीच विकसित हुने आपसी विश्वास र सहकार्य हो ।
सीके राउत भोलिको राजनीतिमा कहाँ पुग्छन्, के गर्छन्, त्यो ठूलो कुरा भएन । उनले निर्माण गरेको वैचारिक मत सधैं उनकै पछि लाग्छ भन्ने जरुरी पनि छैन । उनी आफैं हिजोभन्दा पृथक् सैद्धान्तिक बिसौनीमा आइपुगेका छन् । सत्ताको फेरो समातेर मूलधारमा पुग्छन् वा अरू सीमान्तमा धकेलिन्छन्, समयले नै बताउला तर शान्तिपूर्ण र लोकतान्त्रिक बाटाबाट राजनीति गर्ने उनको चाहना भने सराहनायोग्य नै मान्नुपर्छ ।
नेपालको चालु राजनीतिलाई हेर्दा मुद्दा उठाउन, आन्दोलन गर्न र सहमतिमा पुग्न धेरै कठिन देखिन्न, जति त्यसपछिको विश्वनीयता जोगाउन र व्यवस्थापन गर्न उत्तिकै चुनौती छ । तत्कालीन माओवादीसँग भएको शान्तिसम्झौता यसको एउटा ज्वलन्त उदाहरण हो । माओवादी विद्रोहकै पुरानो विरासत बोकेर अहिले नेक्रवित्रम चन्द समूह अघि बढेको छ ।
यो विद्रोहको निरन्तरता हो वा आन्तरिक व्यवस्थापनमा भएका कमजोरीको उपज ? के उनीसँग अर्को शान्तिसम्झौता सम्भव छ ? के उनको विकल्प भनेको प्रतिष्ठा जोगाउने लेनदेन मात्र हो ? हामी पनि भित्रसम्म पुगेर छुट्याउने प्रयत्न गर्दैनौं । यस्तै, यो सहमतिपछि सरकारको त एउटा काम सकियो । अब उपलब्धिको बखानमा नै ऊ रमाउँछ तर सीके राउतका चुनौती भने कम छैनन् । लोकतान्त्रिक विधि र जनतामा निहित सार्वभौम अधिकारजस्तो धारिलो शब्दावली प्रयोग जता पनि गर्न सकिन्छ ।
मधेसको मामिलामा सरकार जनमत संग्रह गर्न तयार भयो भनेर आत्मगत प्रचारबाजीको राजनीतिमा उनी अलमलिने हुन् वा मूलधारको राजनीतिमा समाहित हुने ? फेरि, मूलधारको राजनीति भनेको के हो ? सत्तारूढ दलसँगको सहयात्रा हो वा मधेसकै मुद्दामा केन्द्रित भएर अर्को एउटा क्षेत्रीय दल बन्न प्रयत्न गर्ने ? यो द्वन्द्व नै अब उनको राजनीतिक नियति हो । सहमतिले उनले उठाएको गन्तव्य उल्टाएको छ । मुद्दाका प्रकृति मिल्लान् तर अबको राजनीतिक यात्रा उनले नयाँ सिराबाट प्रारम्भ गर्नुपर्ने हुन्छ । अन्यथा उनको यो प्रकरण मधेस राजनीतिको एउटा फुटनोट सन्दर्भमा सीमित हुनेछ ।
सीके राउतले उठाएको विखण्डनको मुद्दाले एउटा पाठ भने राम्रैसँग सिकाएको छ । यो विषय सीमित युवाबीच क्षणिक रूपमा भावना परिचालनको सजिलो औजार त बनाउन सकिएला तर यो केटाकेटीको रहरमा सीमित हुने सम्भावना पनि उत्तिकै रहेछ । त्यसको धार कति कामयावी बनाउन सजिलो रहेनछ । विखण्डनको कोरा हाइपोथेसिस त बनाउन सकिन्छ, केही भेरिएबल जोडजाड पनि गर्न सकिएला तर टेस्ट गर्ने प्रयोगशाला रहेनछ । सीके राउत प्रकरण यहाँको भूराजनीति, सामरिक अवस्थिति र कम्तीमा पनि दक्षिण एसियाली राजनीतिक सीमांकन नबुझी गरिने एउटा अपरिपक्व सोचको परिणाम हो भन्ने पुष्टि भएको छ ।
प्रकाशित : कान्तिपुर, फाल्गुन २६, २०७५ ०७:४६

धर्म, संस्कृति र जीवनको बहस

  धर्म , संस्कृति र जीवनको बहस अरूणा उप्रेति अनलायन खबर,   २०७७ साउन १८ गते १०:३४ ‘ नो वर्त प्लिज’ गीतको बोललाई लिएर मैले हिन्दु ‘जागर...