Wednesday, October 16, 2019

४० वर्षपछि नवदुर्गा नाच


४० वर्षपछि नवदुर्गा नाच
आश्विन २४, २०७६कान्तिपुर संवाददाता
(ललितपुर) — ललितपुरको पाटन दरबार क्षेत्रमा ४० वर्षपछि नवदुर्गा नाच देखाइएको छ लिच्छवी राजा मानदेवका इष्टदेवता मनमानेश्वरी देवी, मल्लकालीन तलेजु भवानी देवीको जात्रा र पाटन पट्को टोल आगम घरस्थित डबलीमा नवदुर्गा नाच देखाइएको हो 
दसैंको टीकाको दिन राति १ बजे देखाइएको थियो मध्यरातमा पनि नाच हेर्न सर्वसाधरणको भीड लागेको थियो नाच प्रदर्शन गर्न मंगलबार ठेचोस्थित देवता घरबाट देवगणहरू मंगलबजार पुगेका थिए मंगलबजार प्रस्थान गर्नुअघि गुठी घरमा ११ देवगण, ३ जना नाइके, ४ जना बाजा बजाउने र अन्य गुठियार गरेर ३४ जनाले देवता घरमा भालेसहितको बलि चढाई पूजा गरेका थिए तन्त्र साधना गरिएको मोहनी सिन्ह: (कालो तिलक) लगाएका थिए पट्को टोलमा नाच प्रदर्शनपछि ललितपुर महानगरपालिका–१६ वडाध्यक्ष निर्मल रत्न शाक्य र पट्को टोल सुधार समितिका प्रतिनिधिले नवदुर्गालाई पूजा गरेका थिए

पाटन दरबारमा मनमानेश्वरी देवी र ठेचोको नवदुर्गा भवानी देवीबीच ढोगभेट गराइएको थियो मनमानेश्वरी देवीलाई भैर, काली र बाराही देवगणले फूलमाला चढाए मू छेँ आगम घरका मूल गुठीयार साम्राज्य देव श्रेष्ठका अनुसार मनमानेश्वरी देवी दुर्गा भवानीको रूप हुन् । ‘यो विजयादशमीमा दुर्गा भवानीले मानवलाई दु:ख दिने दानवको बध गरेको खुसियालीमा विजय उत्सव मनाएको हो,’ उनले भने

दसैंको अवसरमा पाटन दरबार क्षेत्रमा घटस्थापनादेखि साता दिन पाटन नकबहिलको अष्टमात्रिका नाच, विजयादशमी र कोजाग्रत पूर्णिमाको अवसरमा चार दिन ठेचोको नवदुर्गा नाच र त्यसपछि एक महिना कात्तिक नाच देखाउने परम्परा छ पाटन दरबारमा नृत्य प्रदर्शन सकेपछि एकादशीमा नवदुर्गा गुठियार सुनाकोठीस्थित कोत घरमा पुगेका थिए त्यहाँ गुठियार दुई जनाले अघि–पछि हातमा मुस्या: (चिराग) बोकेर देवगण, वाद्यवादक बीचमा राखेर सुनाकोठी परिक्रमा गरेका थिए नगर परिक्रमालाई स्थानीय भाषामा देशाच्यगु भनिन्छ

सुनाकोठी क्व: लाछी टोलको डबलीमा आइपुग्दा पूजा गर्नेको भीड लागेको थियो डबलीमा पुगेपछि सुरुमा भैरव, काली र बाराही देवगणले नृत्य प्रदर्शन गरेका थिए कुमारी देवीबाट सुनाकोठीका नाइकेलाई प्रसाद ग्रहण गराइएको थियो यो जात्राको मुख्य आकर्षण हो अन्तमा कुखुराको भाले बलि चढाई पा:ता: (एक प्रकारको चौरामा कालो जाँड राखी पिउने) लिनुपर्छ साँझ ठेचोमा पुगेर नगर परिक्रम चापागाउँ पुगेका थिए अन्तमा ठेचो तल्लो लाछीको डबलीमा नृत्य प्रदर्शन गराएपछि नाच सम्पन्न भएको थियो अब नवुदर्गा नाच चतुदर्शी कोजाग्रत पूर्णिमा पनि पाटन दरवार क्षेत्रमा नचाइन्छ गत वर्ष पाटन दरबारमा हुने २४ वर्षदेखि रोकिएको खड्ग जात्रा पुन: सञ्चालनमा आएको थियो

बुङमतीमा भैरव जात्रा
दसैंको अवसरमा बुङमतीमा भने भैरवनाथको जात्रा भएको छ घटस्थापनादेखि विधिवत् सुरु हुने जात्रा दसैको टीका भोलिपल्ट एकादशीमा गरिन्छ पुरुष भैरव (आजु) महिला भैरव (अजी) लाई सिंगारिएको खटमा राखी टोलटोल घुमाई जात्रा देखाइएको थियो

दशमीको राति बाँसको लिंगो ठड्याउने चलन पनि छ लिंगोमा एक जना मान्छे चढ्ने परम्परा जुन मान्छेलाई देवशक्तिले तानेर हनुमानका रूपमा बाँसको लिंगो चढ्न लगाउँछ भन्ने जनविश्वास त्यसैगरी घोडाको मूर्तिमा मुकुन्डो लगाएर नचाइन्छ जुन घोडालाई ब्वसल: भनिन्छ भने नाचलाई स्थानीय भाषामा ‘सल्चा प्याख’ भनिन्छप्रकाशित : आश्विन २४, २०७६ ०९:१८


Sunday, October 13, 2019

भार्सेली गोर्खागाथा र सेरोफेरो


बोम बहादुर थापा (श्रीस)ज्यूको पुस्तक भार्सेली गोर्खागाथा र सेरोफेरो मलाइ उपहार स्वरुप दिनु भएकोमा हार्दिक धन्यवाद छ । उहाँको पुस्तकमा निकै रोचक र रमाइला कुराहरु ठेट भाषामा पस्किएका रहेछन् । यस पुस्तकले नेपालको इतिहासका पुस्तकहरुमा नलेखिएका कतिपय सामाजिक घटनाहरुको उल्लेख गरिएको रहेछ, जुन प्र्रशंसनीय छ । नेपाली इतिहासमा राजा र ठुलाबडाहरुको मात्र वंशावली लेखीने प्रचलन त्यागी गाउँलेका जीवन्त कथा बस्तुहरुले इतिहासको कालखण्डलाई अझै मिहीन ढंगले बुझन मदत पुग्ने मैले विश्वास लिएको छु । यस पुस्तकबाट केही सामाग्रीहरु उद्धृत गर्दै छु ।
नेपाल एकीकरण हुनुपूर्व गण्डक क्षेत्रको मँगरात भूभाग अन्तर्गत थुप्रै भुरेटाकुरे राजा रजौटाहरु थिए । यही कालखण्डमा भार्से अर्कुलकोटमा पनि भुरे राजा थिए । पछि अर्कैलाई ल्याई राजा थापी चारकिल्ला सीमारेखा बाँधी राज्य चलाए । अर्कै कुलका राजा भएकाले पछि अर्कुलकोट भुरे राजा भनिन थालियो भन्ने जनश्रुति पाइन्छ ।....वि.स.१४९३मा गुल्मी राज्य स्थापना भई सकेको थियो । समय कालखण्डमा  अर्कुलकोट राज्य गुल्मी राज्यमा गाभिन पुग्यो । अर्कुलकोट दरवारमा रहेका खरखजाना पूर्णे बुढाले सम्भाले ।
पन्जाब राज्य इष्ट इन्डिया कम्पनी सरकारको अधीनमा गएपछि गोर्खालीहरुलाई कम्पनी सरकारले लिएर गयो । त्यसपछि कम्पनी सरकारले छुटटै गोर्खा रेजीमेन्ट खडा गरेर गोर्खालीहरु भर्ती गर्न थाल्यो । यसरी शुरु भएको गोर्खा भर्तिमा केही दशक पछि भार्सेली युवाहरुपनि गोर्खा पल्टनमा जान थालेका थिए । सन १०० तिर आइपुग्दा भार्सेलीहरु गोर्खा पल्टनमा जाने चलनले गतिलो उचाइ लिइसकेको थियो, जुन परम्परा आजसम्म चलिआएको छ ।...फौजी डकुमेन्टहरुको अध्ययन गर्दा भार्सेलीहरु गोर्खा गोर्खा भर्तीमा जान थालेको १२५ वर्षभन्दा बढी भइसकेको देखिन्छ ।
..एकताका भार्से गाउँ यस्तो लाग्थ्यो कि पुरै गाउँ एउटा पल्टन घर हो । कम्तीमा एक जना पल्टनमा नभएको कुनै घर बाँकी थिएन होला । कुनै कुनै घरमा बाउछोरा, दाजुभाइ गरी चारपाँच जनासम्म लाहुरे थिए । राणाकालीन समयमा जुत्ता लागाएर हिडन नपाउने बेलामा भार्सेलीहरु बुट जुत्ता कसेर गरपगरप हिंडथे ।
बाँकी अर्को अंशमा....प्रतिक्षा गर्नुहोला ।

Monday, October 07, 2019

१९ वर्षपछि सल:चा नाच

१९ वर्षपछि सल:चा नाच
श्रावण २७, २०७४सुनीता साखकर्मी
काठमाडौं — भक्तपुर– २०५५ साल । मंसिरको महिना चिसिँदै थियो । सरकारले घोषणा गरेको ‘भिजिट नेपाल’ अभियानका कारण राजधानी भने तात्दै थियो । मुलुकभरका विभिन्न क्षेत्रबाट नाचगानसहितको झाँकी लिएर वसन्तपुर दरबार परिसर पुगे मध्यपुर ठिमी नगरपालिका ५ पोबु टोलका केही लोक कलाकारहरू ।
उनीहरूले ‘सल:चा प्याखं’ (घोडा चढेर नाचिने नाच) प्रस्तुत गरिरहँदा मान्छेहरूको भीड लोभलाग्दो थियो । राजकुमारको श्रीपेच र पहिरनमा सजिएका कान्छा भासिमा पहिलोपटक हजारौंको भीडमा प्रस्तुत भएका थिए । गाईजात्राको भोलिपल्टदेखि चार दिनसम्म लगातार नाचिने यो नृत्य कान्छा भासिमाले १६ वर्षको उमेरदेखि नाच्दै आएका थिए । वसन्तपुरको त्यो प्रस्तुतिपछि भने उनले नाच्न पाएनन् ।
१९ वर्षपछि आफ्नै टोलका पाँच जना नातिहरूले उनको यो सपना पूरा गर्ने भएका छन् । बुधबारदेखि यो नाच फेरि सुरु भएको छ ।
के हो सल:चा ?
लिच्छवी कालदेखि प्रचलनमा रहेको मानिने यो नाच ठिमी, पोबुका भासिमा समुदायले मात्रै नाच्दै आएका छन् । महाभारतमा कौरवहरूसँग जुवामा हारेपछि पाएको वनबास र गुप्तबास सकेर पाण्डवहरू वर्षौंपछि विजयोत्सव गर्दै घोडामा फर्किएको प्रसंगलाई यो नाचमा नाटकीय रूपमा प्रस्तुत गरिने यो लोक नृत्यका गुरु कान्छा भासिमाले बताए । उनका अनुसार गाईजात्राको भोलिपल्टदेखि चार दिन यो नृत्य निकालिन्छ । ‘पोसाकको रंगअनुसार पाण्डवको दाजुभाइ वर्गीकरण गरिएको हुन्छ,’ उनले यो नृत्यबारे भने, ‘कृत्रिम घोडामा धनुष लिएर श्रीपेचसहित कालो वस्त्रमा युधिष्ठिर, रातो वस्त्रमा भीम, नीलो वस्त्रमा अर्जुन, पहेंलो वस्त्रमा नकुल र सेतो वस्त्रमा सहदेवको रूपमा कलाकारहरूले अभिनय गर्छन् ।’
कान्छाजस्तै विकुमानले पनि यो नाच १६ वर्षको उमेरदेखि नै नाच्दै आएका थिए । उनलाई नाच्नका लागि परिवारले पनि प्रोत्साहन गर्थे । ‘नाच्न हत्तपत्त कसैले पाउँदैनथे । गुरुहरूले छानेर नाच्न लगाउनुहुन्थ्यो,’ उनले भने । उनका अनुसार घण्टाकर्णको भोलिपल्टदेखि नास दयो (नृत्यनाथ देवता) लाई तानेर प्रतिस्थापना गरी गाईजात्राको बेलुकीसम्म यो नृत्यको तयारी गरिन्छ । यसपछि खिं, टाँ, झयाली, पोङ्गालगायतका परम्परागत बाजा बजाएर गणेश, पशुपति, नृत्यनाथ, भगवती र भैरवको गीत गाइन्छ । यिनै गीतमा पाण्डवको जीवन व्याख्या पनि समेटिएको हुन्छ ।

किन रोकियो ?
‘भिजिट नेपाल’ को झाँकीमा डिकेश, कान्छा, वीरेन्द्र, विकास, प्रेम भासिमा नाचेका थिए । बिकुमानलगायत सबैलाई गुरुहरू अष्टमान र राजकुमार भासिमाले सिकाएका थिए । गुरुहरूकै नेतृत्वमा हरेक वर्ष नाच निकालिन्थ्यो । दुर्भाग्य, सोही वर्ष गुरुहरूको निधन भयो । ‘बूढा हुँदासम्म पनि गुरुहरूले नै नेतृत्व गरिरहनुभएको थियो,’ कान्छाले भने, ‘गुरु बित्नुभएपछि कसैले वास्तै गरेनन् । नयाँ पुस्ताहरू पनि सिक्छु भनेर कोही आएन ।’ तयारीका लागि पैसाको अभावले पनि नाच रोकिएको उनले खुलाए । ‘नाच्न जान्नेहरू पनि बिदेसिए,’ उनले भने, ‘पाँच जनाले नाच्ने भए पनि गीत गाउने, बाजा बजाउने, बत्ती बोक्ने, व्यवस्था मिलाउने गरी पचास/साठी जना चाहिन्छ । सरकारले पनि सहयोग गरेन ।’
अहिले सल:चा प्याखं व्यवस्थापन कमिटी बनाएरै उनीहरू लागेका छन् । नाच सिकाउँदादेखि अहिलेसम्म करिब ८ लाख रुपैयाँ खर्च भइसकेको अनुमान छ । ‘प्रत्येक परिवारबाट रकम उठाएका छौं,’ कमिटीका श्रीकृष्ण भासिमाले भने, ‘नगरपालिकाले पनि दिन्छु भनेको थियो तर अहिलेसम्म दिएको छैन ।’

यसरी फेरि सुरु गरियो
नाच्न छोडेपछि भासिमा टोलका मानिस बालकुमारी, दुई पोखरी, चपाचो, भुलाङखेललगायत ठाउँमा पुगेर गाईजात्रा हेर्थे । ‘त्यहाँ निकालिने महाकाली र भैरवको नाच देख्दा आफ्नो ठाउँमा गर्न नपाउँदा मन भने अमिलो भएर आउँथ्यो,’ बिकुलाल भासिमाले भने, ‘हाम्रो आफ्नो पहिचान र गौरव नै मेटिएर जाने भएपछि हामी तातियौं ।’
त्यसपछि उनीहरूले कान्छा भासिमा अध्यक्ष रहेको ‘सिद्धिकाली भजन खल:’ मा नाचबारे छलफल चलाए । २१ जना तन्नेरी रहेको सल:चा प्याखं व्यवस्थापन कमिटी नै बनाए । ‘पाँच जनालाई एक महिना बेलुकी दैनिक पाँच घण्टा प्रशिक्षण दिएपछि नाच्न सक्ने भयौं,’ कमिटीकै धनकाजी भासिमाले भने, ‘१९ वर्षपछि हाम्रो आफ्नै नाच निकाल्यौं ।’ यसका लागि नाच र गीतको जिम्मा बिकुलालले लिएका छन् भने बाजामा कान्छा, सुर्जमान, ब्रम्हकाजी, चन्द्रकृष्ण, हीराकाजी भासिमाले लिएका छन् । गीत गाउनेहरूमा ८४ वर्षे पृथ्वीमान भासिमादेखि श्रीकृष्ण, धनकाजी, चयन्द्र, रमेश, पूर्ण बहादुर, कृष्णलगायत छन् । यस वर्ष नाच्नका लागि निखिल, सुजेन, रौनिक, क्रिस र आयुष छानिएका छन् । उनीहरू ११ देखि १४ वर्षसम्मका छन् । गु्रपमा सबैभन्दा साना ११ वर्षका क्रिस कक्षा ६ मा पढ्छन् । उनले नेवारी परम्परागत बाँसुरी बजाउनसमेत सिकेका छन् ।
प्रकाशित : कान्तिपुर, श्रावण २७, २०७४ ०९:०९

गोरखाबाट फूलपातीको डोली हनुमानढोका


गोरखाबाट फूलपातीको डोली हनुमानढोका
आश्विन १८, २०७६हरिराम उप्रेती
(गोरखा) — अघि–अघि धिमे बाजा, फूलपातीको डोलीसहितको लावालस्कर । शनिबार बिहान गोरखा दरबारमा छुट्टै चहलपहल थियो । हनुमानढोका लैजान तथा गोरखा दरबारमा भित्र्याउने फूलपाती खोजीका लागि गोरखा दरबारका कर्मचारीलाई शुक्रबारबाटै चटारो थियो । गोरखा दरबारमा चार सय वर्षअघिदेखि फूलपाती भित्र्याउने प्रचलन सुरु भएको अग्रजहरू बताउँछन् 
गोरखा दरबारबाट फूलपातीसहितको डोली शनिबार काठमाडौंस्थित हनुमानढोका पठाइयो । बाजागाजासहित डोलीमा राखेर ल्याइएको फूलपाती सतीपीपलबाट बा२०च ४३९४ नम्बरको गाडीमा राखेर काठमाडौं पठाइएको हो । पृथ्वीनारायण शाहले काठमाडौं उपत्यका विजय गरेर हनुमानढोकाबाट राजकाज सुरु गरेसँगै गोरखा दरबारबाट फूलपाती भित्र्याउने प्रचलन सुरु भएको थियो । ‘अमराई जंगलबाट आज बिहान सुसारेहरूले विशेष प्रकारको फूलपाती ल्याएपछि हनुमानढोका पठाएका छौं,’ गोरखा दरबार हेरचाह अड्डाका सूचना अधिकारी रामेश्वर कट्टेलले भने । फूलपातीको अघिल्लो षष्टीका दिन बेल निमन्त्रणा पूजा गरिन्छ । गोरखा नगरपालिका–८ चुच्चे ढुङ्गामा बलिसहित पूजा हुने भट्टराईले बताए 

दुर्गा पक्षअन्तर्गत आश्विन शुक्ल सप्तमीका दिन हिन्दु धर्मावलम्बीले घर–घरमा फूलपाती भित्र्याउँछन् । केरा, हलेदो, दारिम, अशोक, जयन्ती, माने, बेल, उखु, धानको बाला वा अन्य नयाँ पालुवा शुभसाइतको प्रतीक मानी दसैंघर वा पूजाकोठामा भित्र्याउने प्रचलन छ 

सडक नखुल्दासम्म गोरखा–धादिङको केवलपुर–जीवनपुरबाट पैदलमार्ग हुँदै फूलपाती हनुमानढोका लाने प्रचलन थियो । ‘सडक खुलेपछि गाडी वा मोटरसाइलमा राखेर पनि पठायौं,’ उनले भने, ‘२०६७ सालपछि भने बाजागाजासहित भव्य कार्यक्रमका साथ पठाउन थालेका छौं ।’

गोरखाबाट राजधानी सरेपछि यसरी गोरखाबाट हनुमानढोका फूलपाती लाने प्रचलन अझै कायम रहेको कट्टेलले सुनाए । गोरखा दरबारका पूजारी लोकप्रसाद भट्टराई फूलपातीसहितको डोली लिएर काठमाडौं गएका छन् । ‘हनुमानढोका फूलपाती नलगी बढाइँ हुँदैन,’ उनले भने,‘यो फूलपाती हनुमानढोका पुर्‍याएर भर्पाई गरेर फर्कन्छौं ।’ हनुमानढोकामा फूलपाती भित्र्याएपछि दसैं भित्रियो भन्ने प्रचलन छ 

गोरखा दरबारबाट हनुमानढोकामा फूलपाती लैजाँदा पर्यटन प्रवर्द्घनमा पनि सघाउ पुगेको गोरखा नगरपालिकाका नगर प्रमुख राजनराज पन्तले बताए । ‘पहिले हुलाकी मार्गको प्रयोग भएर लाने प्रचलन थियो, सडक सञ्जाल खुलेसँगै गाडीको माध्यमबाट पठाउन थालिएको छ,’ पन्तले भने,‘बीचमा केही समय ब्रेक पनि भयो, यसको महत्त्व जनमानससम्म नपुगेको अवस्था थियो, अहिले सवारी साधनबाट लाँदा महत्त्व स्थापित भएको छ ।’

सडक नखुल्दासम्म गोरखादेखि धादिङको जीवनपुरसम्म गोरखा दरबारका दसैंघरका पूजारीसहित मगर जातिका ६ जनाले ल्याउने र जीवनपुरदेखि हनुमानढोकासम्म काठमाडौंबाट आएका ब्रह्माण जातिका ६ जनाले लाने परम्परा रहेको अग्रजहरू बताउँछन् 

अहिले गाडीबाट लगिने फूलपाती उच्चपदस्थ अधिकारी, गुर्जुको पल्टन, नेपाली सेनाको ब्यान्डबाजा, पन्चैबाजा र नाचगानसहितको भित्र्याइँदै आएको छ । शाहवंशीय राजाहरूले गोरखाकालीकालाई कुल देवताको रूपमा पुज्दै आएका छन् । ‘पुर्ख्यौली थलोको कुल देवतामा चढाइने फूलपाती हनुमानढोकको नवस्थापित देवतामा पनि चढाउने मान्यता शाहवंशीय राजाहरूले नै सुरु गरेका हुन्,’ हेरचाह अड्डाका प्रमुख कट्टेलले भने 
प्रकाशित : आश्विन १८, २०७६ १७:१२


‘चोखा’ पेलेर दसैं बोलाउँछन् कुमाल


चोखा’ पेलेर दसैं बोलाउँछन् कुमाल

खबर सम्पूर्ण संवाददाता प्रकाशित : शुक्रबार, अशोज १७, २०७६
धादिङ मा नेपालीको महान् चाड दसैं सुरु भइसकेको छ। ठाउँअनुसार रीतिस्थिति, रहनसहन र संस्कार फरक(फरक हुने गर्छ। यस्तै फरक विशेषतामध्ये पर्छ धादिङको त्रिपुरासुन्दरी गाउँपालिकामा बसोवास गर्ने कुमाल समुदायको ‘चोखा’ पेल्ने परम्परा।
ठूलो काठको खाँबोलाई काठकै साँचो बनाई ३४ जना मानिसले धकेलेर त्यसलाई घुमाउँछन्। खाँवो अड्याउने ठाउँमा प्वाल पारिएको मोटो र बलियो फलेकजस्तो काठ हुन्छ। त्यहाँ तिल, तोरीजस्ता तेलहन वस्तुहरू हाल्ने र घान लगाउन एक जना बस्छन्। खाँवो घुमाउनेको गतिअनुसार घान हालेर काठले नै पेलेर ‘चोखा’ निकाल्ने गरिन्छ।
दसैं, तिहार, छठजस्ता ठूला चाडपर्वमा आवश्यक पर्ने तेल परम्परागत काठे कोलमा पेलेर निकाल्ने कामलाई ‘चोखा पेल्ने’ भनिन्छ। आफ्नै बारीको तेलहन पदार्थ पेलेर शुद्ध र चोखो तरिकाले तेल निकाल्ने कामलाई उनीहरूको स्थानीय भाषामा चोखा पेल्ने भनिएको हो।
आधुनिक मेसिनमा तोरीलगायत अन्य तेलहन वस्तु पेल्दा छिटो, सस्तो र सजिलो हुने भए पनि त्यसरी पेलेर निकालिएको तेल चोखो नहुने जनविश्वास कुमाल समुदायमा छ। प्रविधिको विकाससँगै ठाउँ(ठाउँमा आधुनिक र विद्युतीय मिल स्थापना भएको छ। आधुनिक मिल स्थापनासँगै परम्परागत तेल पेल्ने प्रविधि ‘काठेकोल’ विस्थापितजस्तै भएका बेला त्रिपुरासुन्दरीको कुमाल समुदायमा भने यो प्रविधि अझै कायम छ। कुमाल समदायले गाउँघरमा तोरी, तिल, झुसेजस्ता तेलहन पदार्थ परम्परागत काठेकोलमा पेलेर तेल निकाल्ने गर्छन्।
यस्तो प्रविधि आधुनिक मिलको विकास हुनुभन्दा पहिले गाउँघरमा जताततै भेटिने भए पनि हराउँदै गएको छ। विशेष गरी बजारमा किनेको र मेसिनमा पेलेको तोरी, तिल र झुसेको तेलमा मिसावट हुने भएकाले खानभन्दा पनि पूजा(आजामा प्रयोग गर्न कोलमा पेल्ने गरिएको स्थानीय शान्ति कुमालले बताइन्।
विशेष पूजाआजामा आफ्नो घरपरिवारबाहेक कसैले छोएको तेल चल्दैन हाम्रो संस्कारमा, त्यसैले चोखो तेल बनाउन कोलमा तेल पेल्ने गर्छौं’, उनले भनिन्। उनका अनुसार विशेष पर्वका बेला धान, मकै गहँु पनि ढिकीजाँतोजस्ता परम्परागत प्रविधिबाट कुटानी(पिसानी गरिन्छ।
दराई र कुमाल जातिको बाक्लो बसोवास रहेको सल्यानटारमा एउटा मात्र काठेकोल छ। धादिङको त्रिपुरासुन्दरी गाउँपालिकाको केन्द्रसमेत रहेको सल्यानटारमा रहेको कोल पनि दसंै र कुनै विशेष पूजाआजा परेका बेला मात्रै जडान गरिन्छ। पर्व सकिएपछि फुकालेर राख्ने गरिन्छ।
काठेकोल कुनै जाति विशेषले प्रयोग गर्ने औजार मात्र नभई ऐतिहासिक, मौलिक परम्परा र संस्कृति पनि जोडिएको कुमाल समुदायका अगुवाहरूको भनाइ छ।


धर्म, संस्कृति र जीवनको बहस

  धर्म , संस्कृति र जीवनको बहस अरूणा उप्रेति अनलायन खबर,   २०७७ साउन १८ गते १०:३४ ‘ नो वर्त प्लिज’ गीतको बोललाई लिएर मैले हिन्दु ‘जागर...