Wednesday, October 16, 2019

४० वर्षपछि नवदुर्गा नाच


४० वर्षपछि नवदुर्गा नाच
आश्विन २४, २०७६कान्तिपुर संवाददाता
(ललितपुर) — ललितपुरको पाटन दरबार क्षेत्रमा ४० वर्षपछि नवदुर्गा नाच देखाइएको छ लिच्छवी राजा मानदेवका इष्टदेवता मनमानेश्वरी देवी, मल्लकालीन तलेजु भवानी देवीको जात्रा र पाटन पट्को टोल आगम घरस्थित डबलीमा नवदुर्गा नाच देखाइएको हो 
दसैंको टीकाको दिन राति १ बजे देखाइएको थियो मध्यरातमा पनि नाच हेर्न सर्वसाधरणको भीड लागेको थियो नाच प्रदर्शन गर्न मंगलबार ठेचोस्थित देवता घरबाट देवगणहरू मंगलबजार पुगेका थिए मंगलबजार प्रस्थान गर्नुअघि गुठी घरमा ११ देवगण, ३ जना नाइके, ४ जना बाजा बजाउने र अन्य गुठियार गरेर ३४ जनाले देवता घरमा भालेसहितको बलि चढाई पूजा गरेका थिए तन्त्र साधना गरिएको मोहनी सिन्ह: (कालो तिलक) लगाएका थिए पट्को टोलमा नाच प्रदर्शनपछि ललितपुर महानगरपालिका–१६ वडाध्यक्ष निर्मल रत्न शाक्य र पट्को टोल सुधार समितिका प्रतिनिधिले नवदुर्गालाई पूजा गरेका थिए

पाटन दरबारमा मनमानेश्वरी देवी र ठेचोको नवदुर्गा भवानी देवीबीच ढोगभेट गराइएको थियो मनमानेश्वरी देवीलाई भैर, काली र बाराही देवगणले फूलमाला चढाए मू छेँ आगम घरका मूल गुठीयार साम्राज्य देव श्रेष्ठका अनुसार मनमानेश्वरी देवी दुर्गा भवानीको रूप हुन् । ‘यो विजयादशमीमा दुर्गा भवानीले मानवलाई दु:ख दिने दानवको बध गरेको खुसियालीमा विजय उत्सव मनाएको हो,’ उनले भने

दसैंको अवसरमा पाटन दरबार क्षेत्रमा घटस्थापनादेखि साता दिन पाटन नकबहिलको अष्टमात्रिका नाच, विजयादशमी र कोजाग्रत पूर्णिमाको अवसरमा चार दिन ठेचोको नवदुर्गा नाच र त्यसपछि एक महिना कात्तिक नाच देखाउने परम्परा छ पाटन दरबारमा नृत्य प्रदर्शन सकेपछि एकादशीमा नवदुर्गा गुठियार सुनाकोठीस्थित कोत घरमा पुगेका थिए त्यहाँ गुठियार दुई जनाले अघि–पछि हातमा मुस्या: (चिराग) बोकेर देवगण, वाद्यवादक बीचमा राखेर सुनाकोठी परिक्रमा गरेका थिए नगर परिक्रमालाई स्थानीय भाषामा देशाच्यगु भनिन्छ

सुनाकोठी क्व: लाछी टोलको डबलीमा आइपुग्दा पूजा गर्नेको भीड लागेको थियो डबलीमा पुगेपछि सुरुमा भैरव, काली र बाराही देवगणले नृत्य प्रदर्शन गरेका थिए कुमारी देवीबाट सुनाकोठीका नाइकेलाई प्रसाद ग्रहण गराइएको थियो यो जात्राको मुख्य आकर्षण हो अन्तमा कुखुराको भाले बलि चढाई पा:ता: (एक प्रकारको चौरामा कालो जाँड राखी पिउने) लिनुपर्छ साँझ ठेचोमा पुगेर नगर परिक्रम चापागाउँ पुगेका थिए अन्तमा ठेचो तल्लो लाछीको डबलीमा नृत्य प्रदर्शन गराएपछि नाच सम्पन्न भएको थियो अब नवुदर्गा नाच चतुदर्शी कोजाग्रत पूर्णिमा पनि पाटन दरवार क्षेत्रमा नचाइन्छ गत वर्ष पाटन दरबारमा हुने २४ वर्षदेखि रोकिएको खड्ग जात्रा पुन: सञ्चालनमा आएको थियो

बुङमतीमा भैरव जात्रा
दसैंको अवसरमा बुङमतीमा भने भैरवनाथको जात्रा भएको छ घटस्थापनादेखि विधिवत् सुरु हुने जात्रा दसैको टीका भोलिपल्ट एकादशीमा गरिन्छ पुरुष भैरव (आजु) महिला भैरव (अजी) लाई सिंगारिएको खटमा राखी टोलटोल घुमाई जात्रा देखाइएको थियो

दशमीको राति बाँसको लिंगो ठड्याउने चलन पनि छ लिंगोमा एक जना मान्छे चढ्ने परम्परा जुन मान्छेलाई देवशक्तिले तानेर हनुमानका रूपमा बाँसको लिंगो चढ्न लगाउँछ भन्ने जनविश्वास त्यसैगरी घोडाको मूर्तिमा मुकुन्डो लगाएर नचाइन्छ जुन घोडालाई ब्वसल: भनिन्छ भने नाचलाई स्थानीय भाषामा ‘सल्चा प्याख’ भनिन्छप्रकाशित : आश्विन २४, २०७६ ०९:१८


किरातको इतिहास : को हुन् किरात राई ?

  किरातको इतिहास : को हुन् किरात राई ? डा. भक्त राई , लोकपाटी न्यूज ६ माघ २०७६ , सोमबार किरात शब्द अनेक जातिहरूलाई बुझाउने पुञ्ज हो। कि...