Sunday, October 13, 2019

भार्सेली गोर्खागाथा र सेरोफेरो


बोम बहादुर थापा (श्रीस)ज्यूको पुस्तक भार्सेली गोर्खागाथा र सेरोफेरो मलाइ उपहार स्वरुप दिनु भएकोमा हार्दिक धन्यवाद छ । उहाँको पुस्तकमा निकै रोचक र रमाइला कुराहरु ठेट भाषामा पस्किएका रहेछन् । यस पुस्तकले नेपालको इतिहासका पुस्तकहरुमा नलेखिएका कतिपय सामाजिक घटनाहरुको उल्लेख गरिएको रहेछ, जुन प्र्रशंसनीय छ । नेपाली इतिहासमा राजा र ठुलाबडाहरुको मात्र वंशावली लेखीने प्रचलन त्यागी गाउँलेका जीवन्त कथा बस्तुहरुले इतिहासको कालखण्डलाई अझै मिहीन ढंगले बुझन मदत पुग्ने मैले विश्वास लिएको छु । यस पुस्तकबाट केही सामाग्रीहरु उद्धृत गर्दै छु ।
नेपाल एकीकरण हुनुपूर्व गण्डक क्षेत्रको मँगरात भूभाग अन्तर्गत थुप्रै भुरेटाकुरे राजा रजौटाहरु थिए । यही कालखण्डमा भार्से अर्कुलकोटमा पनि भुरे राजा थिए । पछि अर्कैलाई ल्याई राजा थापी चारकिल्ला सीमारेखा बाँधी राज्य चलाए । अर्कै कुलका राजा भएकाले पछि अर्कुलकोट भुरे राजा भनिन थालियो भन्ने जनश्रुति पाइन्छ ।....वि.स.१४९३मा गुल्मी राज्य स्थापना भई सकेको थियो । समय कालखण्डमा  अर्कुलकोट राज्य गुल्मी राज्यमा गाभिन पुग्यो । अर्कुलकोट दरवारमा रहेका खरखजाना पूर्णे बुढाले सम्भाले ।
पन्जाब राज्य इष्ट इन्डिया कम्पनी सरकारको अधीनमा गएपछि गोर्खालीहरुलाई कम्पनी सरकारले लिएर गयो । त्यसपछि कम्पनी सरकारले छुटटै गोर्खा रेजीमेन्ट खडा गरेर गोर्खालीहरु भर्ती गर्न थाल्यो । यसरी शुरु भएको गोर्खा भर्तिमा केही दशक पछि भार्सेली युवाहरुपनि गोर्खा पल्टनमा जान थालेका थिए । सन १०० तिर आइपुग्दा भार्सेलीहरु गोर्खा पल्टनमा जाने चलनले गतिलो उचाइ लिइसकेको थियो, जुन परम्परा आजसम्म चलिआएको छ ।...फौजी डकुमेन्टहरुको अध्ययन गर्दा भार्सेलीहरु गोर्खा गोर्खा भर्तीमा जान थालेको १२५ वर्षभन्दा बढी भइसकेको देखिन्छ ।
..एकताका भार्से गाउँ यस्तो लाग्थ्यो कि पुरै गाउँ एउटा पल्टन घर हो । कम्तीमा एक जना पल्टनमा नभएको कुनै घर बाँकी थिएन होला । कुनै कुनै घरमा बाउछोरा, दाजुभाइ गरी चारपाँच जनासम्म लाहुरे थिए । राणाकालीन समयमा जुत्ता लागाएर हिडन नपाउने बेलामा भार्सेलीहरु बुट जुत्ता कसेर गरपगरप हिंडथे ।
बाँकी अर्को अंशमा....प्रतिक्षा गर्नुहोला ।

धर्म, संस्कृति र जीवनको बहस

  धर्म , संस्कृति र जीवनको बहस अरूणा उप्रेति अनलायन खबर,   २०७७ साउन १८ गते १०:३४ ‘ नो वर्त प्लिज’ गीतको बोललाई लिएर मैले हिन्दु ‘जागर...