Thursday, August 06, 2020

किसानलाई दिएको अनुदानको ३५ प्रतिशत कर्मचारीलाई कमिसन

 कृषिमा ६ वर्षमा ६० अर्ब अनुदान: कृषि मन्त्रालयकै प्रतिवेदन भन्छ– किसानलाई दिएको अनुदानको ३५ प्रतिशत कर्मचारीलाई कमिसन

अजित अधिकारी,

नयाँ पत्रिका, २०७६ मङ्सिर ३० सोमबार ०६:३३:००

सरकारले ६ वर्षमा कृषि अनुदानमा मात्रै ६० अर्ब रुपैयाँ खर्च गरेको छ तर, त्यसले कृषि उत्पादन वृद्धिमा भने अपेक्षित योगदान गरेको छैन, उत्पादन भने मौसमकै भरमा छ आव ०७०/७१ देखि ०७५/७६ सम्म कृषि अनुदानमा सरकारी कोषको ६० अर्ब १९ करोड रुपैयाँ खर्च भएको यस अवधिमा मुख्य खाद्यान्न बालीदेखि माछा–मासुसम्मको आयात प्रतिस्थापन गरी आत्मनिर्भर हुने योजनाका साथ ठूलो मात्रामा बजेट परिचालन भयो तर, कृषिजन्य वस्तुको आयात निरन्तर बढिरहेको छ गत वर्ष एक खर्ब ९८ अर्ब रुपैयाँबराबरको कृषिउपज तथा कृषिजन्य उत्पादन आयात भएको चालू आर्थिक वर्षको चार महिनामै ६८ अर्ब २५ करोडका कृषिजन्य उत्पादन आयात भएका छन्

बर्सेनि कृषि उत्पादन वृद्धिका लागि औसतमा १० अर्ब रुपैयाँ अनुदानका लागि खर्च भइरहेको छ आर्थिक वर्ष ०७०/७१ मा आठ अर्ब ९९ करोड रुपैयाँ अनुदानमा खर्च भएको थियो सो वर्ष खाद्यान्न उत्पादन ९५ लाख ६३ हजार मेट्रिकटन भएको थियो त्यसयता निरन्तर सोही हाराहारीमा अनुदानमा खर्च भइरहे पनि उत्पादनमा खासै सुधार भएको छैन त्यसपछिको आव ०७१/७२ मा अनुदानमा १० अर्ब ७१ करोड अनुदान वितरण गरियो तर, खाद्यान्न उत्पादन घटेर ९२ लाख ६६ हजार टनमा झ-यो त्यसयता कुनै पनि वर्षमा अनुदानले उत्पादनमा सकारात्मक प्रभाव परेको देखिन्न चालू आवमा सरकारले कृषि अनुदानलाई १३ अर्ब ९१ करोड विनियोजन गरेको

ठूलो रकम उत्पादन वृद्धिमा राखेर चौधौँ योजनाले कृषि क्षेत्रको वृद्धिदर ४.७ प्रतिशत र कुल गार्हस्थ उत्पादनमा कृषि क्षेत्रको योगदान ३०.४ प्रतिशत हुने लक्ष्य राखेको थियो तर, लगानीको सही सदुपयोग हुन नसक्दा यस अवधिमा कृषि क्षेत्रको वृद्धिदर २.७ प्रतिशत मात्र भएको छ त्यसैगरी जिडिपीमा योगदान खुम्चँदै २७. प्रतिशतमा झरेको

तत्कालीन कृषि तथा पशुपक्षी विकासमन्त्री चक्रपाणि खनालले २२ असार ०७५ मा कृषि अनुदानका विषयमा छानबिन गर्न मन्त्रालयका तत्कालीन सहसचिव तेजप्रसाद सुवेदीको संयोजकत्वमा एक टोली गठन गरेका थिए सो टोलीको प्रतिवेदनले किसानका नाममा जाने अनुदानको ३५ प्रतिशत रकम कमिसनबापत कर्मचारीले नै लिने गरेको देखाएको

बर्दियामा जिल्ला कृषि विकास कार्यालयले स्थानीय सन्तोषी कृषक समूहलाई सहकारी खेती तथा साना सिँचाइ कार्यक्रमका लािग ६५ हजार रुपैयाँ नगद अनुदान दिने निर्णय गरेको थियो मन्त्रालयको टोलीले गरेको अनुगमनमा उक्त समूहले सोही शीर्षकमा जिल्ला कृषि विकास कार्यालयबाट ४२ हजार रुपैयाँ मात्र बुझिलिएको रेकर्ड राखेको भेटिएको थियो यसरी २३ हजार रुपैयाँ अर्थात् विनियोजित बजेटको ३५ प्रतिशत हुन आउने रकम कर्मचारीले कमिसन बुझेका छन् 

त्यस्तै सोही जिल्लाको सिर्जनशील कृषक समूहले एक लाख रुपैयाँका अनुदानका लागि सम्झौता गरेकोमा समूहको खातामा ७० हजार रुपैयाँ मात्र दाखिला गरेको भेटिएको थियो त्यहाँ ३० प्रतिशत कमिसन बुझाएको देखिन्छ ‘सामान्य किसानले अनुदान पाउन ठूलो लडाइँ लड्नुपर्छ, पाइहाले पनि कर्मचारीलाई नरिझाईकन सुख पाउँदैनन्,’ प्रतिवेदनले औँल्याएको छ गैरकृषकले पहुँचका अनुदानको अपचलन गर्ने गरेकाले सचेत प्रतिवेदनले देखाएको छ 

त्यस्तै, प्रतिवेदनमा भनिएको छ, ‘कृषिको व्यवसायीकरणका लागि मूल्य शृंखलामा आधारित पूरक अनुदानमा टाठाबाठा, पहुँचवालाको हालीमुहाली छ खासगरी सरकारी निकायबाट लगानी गरिने प्रतिस्पर्धात्मक पूरक अनुदानमा ठूलो रकम पाउन सकिने र तिर्न नपर्ने भएका कारण पहुँचवालाले कार्यक्रम व्यवस्थापनमा संलग्न संयन्त्रलाई समेत अनुचित दबाब दिई पहुँच राख्ने र कर्मचारीलाई पनि अनुचित फाइदाको आश्वासनमा यस्ता प्रथाको पृष्ठपोषण गर्ने गरेका कारण खासै प्रभावकारी हुन सकेको देखिँदैन।’

प्रतिवेदनले अनुदानको सट्टा न्यून ब्याजदरमा सुलभ कृषिकर्जा उपलब्ध गराउने व्यवस्था अवलम्बन गर्नुपर्ने सुझाब दिएको छ दातृ निकायको आर्थिक सहयोगमा सञ्चालित परियोजनाले समेत कृषि क्षेत्रको विकासमा टेवा पु-याउन नसकेको प्रतिवेदनमा उल्लेख दातृ संस्थाको सहयोगमा सञ्चालित आठ आयोजनाले पछिल्लो ६ वर्षमा १९ अर्ब रुपैयाँभन्दा बढी खर्च गरिसकेका छन्

प्रतिवेदनमा स्पष्ट लेखिएको छ, ‘अनुदानसम्बन्धी कार्यविधिहरू अमूक संस्था वा व्यक्तिलाई मात्र फाइदा हुने गरी बन्ने गरेका छन्।’ टोलीले प्रतिवेदन तयार गर्ने क्रममा कोल्ड स्टोरेजको कार्यविधिलाई उदाहरण दिएको छ सो कार्यविधि चार वर्षमा चारपटक परिवर्तन गरिएको थियो ‘यसले नीतिगत अस्पष्टता थपेको छँदै , परिमार्जन भएपिच्छे कसैलाई फाइदा पु¥याएको आशंका छ,’ प्रतिवेदनमा भनिएको छ

उपकरण कर्मचारीले किन्छन्, कमिसन लिएर किसानलाई दिन्छन्
बर्दिया र उदयपुर जिल्ला कृषि विकास कार्यालयले साना सिँचाइलाई यन्त्र–उपकरण किन्न दिएको रकमबाट कर्मचारीले नै खरिद गरिदिएको भेटिएको अनुगमनका क्रममा भेटिएको थियो ‘कार्यालयले यन्त्र–उपकरण खरिद गर्न नपाइने भएकाले कर्मचारीले किसानका नाममा आफैंले यन्त्र–उपकरण खरिद गरेर दिएको भेटिएको छ,’ कार्यदलका एक सदस्यले भने, ‘किसानको नाममा यन्त्र किनिदिने र कमिसन आफूले लिने गरेको भेटियो, तर किसानलाई भने त्यस विषयमा थाहै हुँदैन।’

प्रोजेक्टकै कर्मचारी परामर्शदाता, किसानले पाउने अनुदान रकम लिएर प्रस्ताव लेख्छन् 
मन्त्रालयमातहतका विभिन्न परियोजनाका कर्मचारीले परामर्शदाताका रूपमा किसानले अनुदान पाउने परियोजनाको प्रस्ताव र प्रतिवेदन लेखिदिने गरेको खुलेको छ त्यसरी परामर्शदाताका रूपमा ती कर्मचारीले सरकारी तलबभन्दा दसौँ गुणा बढी पारिश्रमिक लिने गरेको पनि अध्ययनले भेट्टाएको कृषि अनुदान दिने कार्यालयले कर्मचारीले नै गर्न सक्ने सामान्य काम पनि परामर्शदातालाई दिई अनावश्यक खर्च गराउने गरेको महालेखापरीक्षकको कार्यालयले तयार गरेको ५६औँ प्रतिवेदनमा समेत उल्लेख छ 

दाताको १९ अर्बको बजेट : प्रस्ताव र प्रतिवेदन लेख्न मात्रै तीन अर्ब खर्च
महालेखापरीक्षकको प्रतिवेदनअनुसार मन्त्रालयमातहत वैदेशिक सहायतामा सञ्चालित नौ आयोजनाले आव ०७४/७५ सम्म १९ अर्ब १९ करोड खर्च गर्दा दुई खर्ब ७१ करोड ३५ लाख रुपैयाँ परामर्श खर्च गरेका छन् जुन खर्च रकमको १४ प्रतिशत हुन आउने रकम हो सुर्खेतमा केन्द्रीय कार्यालय राखेर सञ्चालन गरिएको उच्च मूल्य कृषिवस्तु विकास आयोजनाले त २३ प्रतिशत हुन आउने ३५ करोड १६ लाख रुपैयाँ परामर्श सेवामै खर्च गरेको छ सो आयोजनाले हालसम्म एक अर्ब ४८ करोड रुपैयाँ खर्च गरिसकेको जनाएको

 अनुदान बाँड्न एक सय १७ कार्यविधि, हरेकको फरक मापदण्ड
अनुदान वितरण गर्न हालसम्म कृषि मन्त्रालयले एक सय १७ वटा कार्यविधि तयार गरेको छ पछिल्लोपटक कृषिमा युवा कार्यक्रम सञ्चालन प्रक्रिया, २०७६ ल्याइएको छ यो कार्यविधिले ५० करोड रुपैयाँ अनुदान वितरण गर्ने जिम्मेवारी पाएको कृषि उत्पादन पशुपालनका लागि अधिकतम २० लाख रुपैयाँसम्म अनुदान दिने कार्यविधिमा उल्लेख छ
प्रत्येक कार्यविधिले अनुदान बाँड्न फरक–फरक मापदण्ड अपनाएका छन्

यति मात्र होइन, एउटै प्रकृतिको खेती र उपकरणमा २५ प्रतिशतदेखि शतप्रतिशतसम्म अनुदान दिने नीति लिइएको छ त्यस्ता कतिपय कार्यविधि कानुनविपरीत समेत रहेका राष्ट्रिय सभाअन्तर्गतको ‘प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समिति’ले जनाएको छ समितिले अध्ययन गर्नेक्रममा निर्देशिका तथा कार्यविधि कुन कानुनको कुन दफाहरू बनाइएको भनी नखुलेको तथा ऐनसँग मिल्दोजुल्दो भनी मन्त्रालयले गरेको दाबीसमेत झुटो एको समितिका सभापति रामनारायण बिडारीले बताए

३२ लाख अनुदान हत्याउन गाउँलेका २५ गाई भाडामा
चितवनको फूलबारीस्थित न्यौपाने गाई फार्मले २३ असोज ०७० मा अनुदानका लागि व्यावसायिक कृषि तथा व्यापार आयोजना (प्याक्ट) मा निवेदन दिएको थियो सो फार्मले कुल ७६ लाख रुपैयाँ लगानी गर्ने र त्यसमध्ये प्याक्टले ३२ लाख १८ हजार रुपैयाँ दिने गरी २६ मंसिर ०७३ मा सम्झौता भएको थियो

फार्मले टहरा निर्माण गरी गाउँघरबाट बटुलेर केही दिनका लागि २५–३० वटा गाई ल्याएर राख्यो त्यसको जानकारी प्याक्टलाई पनि दियो सो जानकारी पाएका प्याक्टका अधिकारीले २६ साउन ०७४ मा स्थलगत अनुगमन गर्दा गोठमा भरिभराउ गाई देखे तर, घाँसपालनलगायत अन्य काम नभएकाले तत्काल फार्मलाई अनुदान रकम भुक्तानी गर्न नसक्ने जानकारी दिए त्यसपछि फार्म सञ्चालकले प्याक्टबाट पैसा नपाएको भन्दै मन्त्रालयमा उजुरी दिए

मन्त्रालयको एक अनुगमन टोली १३ असोज ०७५ मा पुग्दा गोठ रित्तै थियो आसपासका गाउँलेलाई सोध्दा सो फार्मले केही समयका लागि २५–३० गाई ल्याएर राखेको पछि फिर्ता लगेको पत्ता लग्यो व्यावसायिक कृषि तथा व्यापार आयोजना (प्याक्ट) ले ठूला किसानकेन्द्रित गरी पाँच अर्ब रुपैयाँ ितरण गरिसकेको छ यसको प्रतिफल मूल्यांकन भएको छैन

बजार मूल्यभन्दा अनुदानको गहुँको बिउ महँगो
कृषि मन्त्रालयको अध्ययन टोलीले रुपन्देही जिल्लामा वितरण गरिएको उन्नत जातको गहुँको बिउको मूल्यबारे अध्ययन गरेको थियो अनुगमनका क्रममा सरकारले अनुदानमा वितरण गरेको गहुँको बिउको मूल्य बजारभाउभन्दा पनि महँगो भएको भेटिएको थियो टोलीको अध्ययनअनुसार रुपन्देहीको खुला बजारमा गहुँको बिउ ४५ रुपैयाँ प्रतिकिलो रहेका वेला बिउबिजन कम्पनीले सोही बिउ व्यवसायीबाट ६२ रुपैयाँ प्रतिकिलोमा किनेको थियो , सोही मूल्यमा किसानलाई बेचेको थियो 

सरकारले अनुुदानको गहुँको बिउको आव ०७०/७१ देखि वितरण गर्न थालेको हो सोभन्दा अघिल्ला वर्षमा गहुँको बिउको मूल्य भैरहवा क्षेत्रमा करिब स्थिर थियो आव ०६७/६८ मा ४३. रुपैयाँ प्रतिकिलो रहेको गहुँको बिउको मूल्य आव ०६९/७० सम्म आइपुग्दा ४४ रुपैयाँ थियो। तर, आव ०७०/७१ मा सरकारले किसानका लागि अनुदानमा गहुँको बिउ किन्न व्यवसायीबाट खरिद गर्न टेन्डर आह्वान गर्दा मूल्य बढाएर ५२ रुपैयाँ पु-याइयो त्यसपछि वर्षमा आव ०७१/७२ मा ६०, आव ०७२/७३ मा ६९.८ रुपैयाँसम्म मूल्य पु¥याइएको थियो

अनुदानका कारण चाहिनेभन्दा बढी उत्पादन भएपछि चीनले अनुदान नै रोक्यो
कृषि तथा पशुपक्षी विकास मन्त्रालयले गरेको अध्ययनअनुसार लक्षितभन्दा धेरै उत्पादन भएपछि चीनले अनुदान नै रोकेको उल्लेख गरेको छ प्रतिवेदनअनुसार सन् २०१५ मा चीनले दुई सय ४८ बिलियन डलर कृषि अनुदानमा खर्च गरेको थियो सो अनुदान रकमले भटमास, मकै, उखु र कपासको उत्पादन आवश्यकताभन्दा बढी भएपछि सन् २०१६ देखि मकै उत्पादनमा अनुदान नै रोकिएको थियो

चीनले यान्त्रीकरणमा दिएको अनुदानले सफलता हासिल गर्दै सन् २०२५ सम्म कृषि फार्ममा प्रयोग हुने ६० प्रतिशत ट्र्याक्टर स्वदेशमै उत्पादन गर्न सक्षम हुने लक्ष्य लिएको छ चीनले अनावश्यक क्षेत्रमा लगानी कम गरी अति आवश्यक क्षेत्र बालीमा मात्र अनुदान केन्द्रित गरेको चीनले स्थानीय तहबाट कृषिसम्बन्धी तथ्यांक संकलन गर्छ सोही आधारमा अनुदान दिने रणनीति लिन्छ त्यहाँ खेती लगाउनुअघि नै अनुदान रकम उपलब्ध गराउने नीति लिइएको छ यसका लागि अघिल्लो वर्ष किसानले लगाएको बालीको क्षेत्रफललाई आधार मानिन्छ

 चीनको सकारात्मक उदाहरण : उत्पादन बढी भएपछि अनुदान नै रोक्नुप-यो
चीन सरकारले आफ्ना किसानका लागि दिएको अनुदानले लक्षितभन्दा धेरै उत्पादन भएपछि अनुदान नै रोकेको छ कृषि तथा पशुपक्षी विकास मन्त्रालयले गरेको अध्ययनले यो विषयलाई सकारात्मक उदाहरणका रुपमा प्रस्तुत गरेको सन् २०१५ मा चीनले दुई सय ४८ बिलियन डलर कृषि अनुदानमा खर्च गरेको थियो सो अनुदान रकमले भटमास, मकै, उखु र कपासको उत्पादन आवश्यकताभन्दा बढी भएपछि सन् २०१६ देखि मकै उत्पादनमा अनुदान नै रोकिएको थियो

चीनले यान्त्रीकरणमा दिएको अनुदानले सफलता हासिल गर्दै सन् २०२५ सम्म कृषि फार्ममा प्रयोग हुने ६० प्रतिशत ट्र्याक्टर स्वदेशमै उत्पादन गर्न सक्षम हुने लक्ष्य लिएको छ चीनले अनावश्यक क्षेत्रमा लगानी कम गरी अति आवश्यक क्षेत्र र बालीमा मात्र अनुदान केन्द्रित गरेको छ चीनले स्थानीय तहबाट कृषिसम्बन्धी तथ्यांक संकलन गर्छ सोही आधारमा अनुदान दिने रणनीति लिन्छ त्यहाँ खेती लगाउनुअघि नै अनुदान रकम उपलब्ध गराउने नीति लिइएको यसका लागि अघिल्लो वर्ष किसानले गाएको बालीको क्षेत्रफललाई आधार मानिन्छ

कारागारमा कसको शासन ?

 

कारागारमा कसको शासन?

असार २३, २०७७सम्पादकीय

तीन दशकयता मुलुकमा प्रधानमन्त्री–गृहमन्त्री बनेका प्रायः नेता आफ्नो राजनीतिक जीवनमा धेरथोर जेल बसेका छन्। यी राजनीतिज्ञहरूलाई त्यहाँभित्रको बेथिति र समस्याबारे ज्ञान भएकाले पनि हुनुपर्छ, यस अवधिमा कारागार सुधार एउटा आम एजेन्डाजस्तै बनेको छ

२०४७ सालयता यसै हेतुले कैयौं अध्ययन समिति तथा कार्यदल बनाइएका छन्। तर तिनले सरकारलाई बुझाएका प्रतिवेदनहरू त्यसै कतै थन्किने गरेका छन्। भौतिक पक्ष होस् या व्यवस्थापकीय, कारागारभित्रका समस्या वर्षौंदेखि उस्तैउस्तै छन्। कैदीको आचरण सुधारमा पनि ध्यान दिइएको छैन। कारागार व्यवस्थापन विभाग, सम्बन्धित कारागार कार्यालय र पहुँचवाला कैदी–बन्दीको मिलेमतोमा कानुनी प्रावधान मिचेरै चौकीदार, नाइके र सहनाइके छानिनु यसैको दृष्टान्त हो

जेलको आन्तरिक प्रशासन मानिने कैदी व्यवस्थापनसम्बन्धी दैनिक खटनपटनको जिम्मेवारी नै जघन्य अपराधमा दोषी ठहरिएका व्यक्तिहरूलाई सुम्पिँदा कारागर सुधारगृह बन्न सक्दैन। तसर्थ, कारागार व्यवस्थापन विभाग, सम्बन्धित कारागार कार्यालय र पहुँचवाला कैदी–बन्दीको मिलेमतोमा कानुनी प्रावधान उल्लंघन गर्दै चौकीदार, नाइके र सहनाइके छान्ने ‘प्रथा’ तोडिनैपर्छ। कारागार कार्यालय प्रमुखको सिफारिसमा कारागार व्यवस्थापन विभागले यी पदहरूबारे निर्णय गर्नुपर्ने व्यवस्थाको पालना हुनैपर्छ। कारागार व्यवस्थापन ऐन २०१९, नियमावली २०२० र कारागार व्यवस्थापन कार्यविधि २०७३ अनुसार सोही कारागारमा एक वर्ष बसेको, ५० प्रतिशत सजाय भुक्तान गरेको तथा नकारात्मक सूचीमा नभएकालाई मात्रै चौकीदार र मूलनाइके नियुक्त गर्न मिल्छ

लागूऔषध, बलात्कार, कर्तव्य ज्यान, भ्रष्टाचार, जासुसी, मानव बेचबिखन, संरक्षित वन्यजन्तु तस्करी, पुरातात्त्विक सम्पदा चोरीसहित १० कसुरमा कैद भुक्तान गरेकालाई आन्तरिक प्रशासनमा खटाउन पाइँदैन। तैपनि राजधानीका केन्द्रीय कारागार, डिल्लीबजार र नख्खुसहित ठूला, मध्यम र जिल्ला तहका लगभग सबै कारागारमा कानुनविपरीत कैदीलाई आन्तरिक प्रशासनमा खटाइएको छ। एकपटक आन्तरिक प्रशासनमा खटिइसकेका कैदीलाई दोहोर्‍याएर जिम्मेवारी दिन नपाइने प्रावधान पनि उल्लंघन गरिएको छ। राजविराज कारागारमा त कर्तव्य ज्यानसहितका जघन्य अपराधमा सजाय भोगिरहेका तथा भारतीय नागरिकलाई समेत कारागारभित्रको आन्तरिक प्रशासनमा नियुक्त गरिएको छ

जेलको आन्तरिक प्रशासन व्यवस्थापनमा धेरै कमजोरी भएको महसुस गर्दै कारागार व्यवस्था विभागले चौकीदार र नाइके छनोटमा जेलर र प्रमुख जिल्ला अधिकारीको सिफारिस अनिवार्य गर्न लागेको छ, तर उक्त व्यवस्थाको पनि उचित पालना भएमा मात्र समस्याको समाधान हुन सक्छ। देशभरका ७४ कारागारमा २३ हजारभन्दा बढी कैदीबन्दी छन्। दिनहुँ थपिने र कैद भुक्तान गरेर बाहिरिने क्रम चलिरहेकै हुन्छ। आपराधिक कार्यमा संलग्न ठहरिएकालाई सुधार्नका लागि कारागारमा राखिन्छ, आफ्नो अपराध कर्ममा पश्चात्ताप गरून्, चरित्र तथा आनीबानी सुधारून् र समाजमा पुनःस्थापनाका लागि योग्य बनून् भनेर। तर यही हिसाबले जेल सञ्चालन भइरहने हो भने, ती कारागार कहिल्यै सुधारगृह बन्न सक्ने देखिँदैन

जेल साँच्चिकै सुधारगृह बन्न किन जरुरी छ भने, कैद भुक्तान गरेर बाहिरिनेहरू सबै आचरण सुधारेर सामान्य जीवनमा फर्केका छैनन्। कति फेरि अपराधमै लागेका दृष्टान्त छन्, कारागारभित्रै भएको चिनजानले कतिलाई अरू अपराधको बाटोमा डोर्‍याएको छ। जेल अपराध सिक्ने पाठशाला र अरू आपराधिक सम्बन्ध विस्तार गर्ने थलो नबनोस् भनेर पनि त्यहाँको आन्तरिक प्रशासनको यो विषयलाई खेलाँचीका रूपमा लिनु हुँदैन। जेलभित्रै समयसमयमा ज्यानै लिनेसम्मका अपराध भएका छन्। गम्भीर अपराधमा परेकैलाई आन्तरिक प्रशासन सुम्पिँदा कति कारागारमा नाइकेबाटै अरू कैदीमाथि शोषण भएका उदाहरण छन्। तसर्थ, उनीहरूमाथि उचित निगरानी पनि आवश्यक देखिन्छ। गम्भीर अपराधमा कैद भुक्तान गरेकाको ‘खटनपटन’ मा कारागार बस्दा आम कैदीमा समाजमा पुनःस्थापनाका लागि आवश्यक योग्यता, नैतिकता र आत्मविश्वास विकास कसरी हुन सक्ला, गृह प्रशासन यसबारे गम्भीर बन्नैपर्छ

कैद भुक्तान गरी निस्केकालाई समाजमा पुनःस्थापनाका लागि योग्य बनाउन सुधार गर्नुपर्ने अरू पक्ष पनि छन्। जीर्ण भवनको मर्मत, सुत्नका लागि पलङदेखि शौचालयको उचित व्यवस्था, क्षमताअनुसार मात्र कैदी–बन्दी संख्या, निर्धारित कर्मचारी दरबन्दीजस्ता विषयमा ध्यान दिनैपर्छ। कैदी र थुनुवालाई छुट्टाछुट्टै राख्ने व्यवस्था हुनुपर्छ। सम्भव भएसम्म सीप विकास र रोजगारमूलक कार्यको अवसर प्रदान गर्नुपर्छ। कैदी–बन्दीलाई अनुशासन, आचरण र चरित्र सुधारसम्बन्धी प्रशिक्षण पनि आवश्यक पर्छ। जेललाई वास्तविक सुधार गृह बनाउन सके मात्रै कैद सजायको अर्थ रहन्छ, नत्र दण्ड–सजायको उद्देश्य नै खेर जान्छ, त्यसैले सम्बन्धित निकायले यसलाई ध्यानमा राखेर कदम चाल्नुपर्छ

प्रकाशित : कान्तिपुर, असार २३, २०७७ ०८:०७

कोइलीकै आवरणजस्तो देखिएको छ, पोसाक

 

कोइलीकै आवरणजस्तो देखिएको छ, पोसाक

कान्तिपुर, कोसेली, २०१८ श्रावण ७

कालो मखमली चौबन्दी चोलीखैरो–फुस्रे रंगको फरियाकम्मरमा कसेका छन् पटुकी । शिरदेखि आधा शरीर ढाक्ने घुमझैं लाग्ने गाढा कालो काम्लो ओढेका छन् । गहना पहिरिएका छन्नाकमा फुलीकानमा मडुवारी । गलामा भिरेका छन्चाँदीका कम्पनीप्वाँलाका माला । हातमा काँच र चाँदीका चुरासिक्काका औंठी बाला । पाउमा जुत्ता अनि मोचा । एकातिरका पाँच जना (मनबुझा धितालदुर्गालक्ष्मी धितालधनलक्ष्मी धितालराजु धिताल र सरिता धिताल) ले देउडा भाका उच्चारण थालेसँगै अर्कोतर्फका पाँच जना (मायादेवी रेग्मीभाजपुरा रोकायालक्ष्मी रोकायासरस्वती रोकाया र मनुकला राउत) ले त्यही भाका सुरिलो स्वरमा दोहोर्याभएर पाइला सारिरहेका छन् । उनीहरूको चालमा चालतालमा ताल मिल्दा दर्शकदीर्घा मन्त्रमुग्ध हुने नै भयो । लोकभाकाको लय र शब्दको अर्थ बयान गरिसाध्य छैन ।

मास्तिर डाँडा होस् या पारिको डाँडाकाँडाहरूमा हिजोअस्ति परेका हिउँ सेताम्मे देखिन्छ । यो ठिही छल्दै नराकोटस्थित गाउँपालिका कार्यालय नजिकैको फाँटमा दिदीबहिनीले देउडा गाइरहेका थिए ।........अबदेखि सिञ्जाको विकास निर्माणको निर्णय काठमाडौंले गर्दैनस्वयं सिञ्जा गाउँपालिकाले गर्दै छ ।

यही वर्ष स्थानीय सरकार बनेपछि सिञ्जा सभ्यतामा पुनर्जागरण आएको आभास मिलेको छ । जुम्ला टेक्न विगतमा हवाई मार्ग मात्र थियो भने अहिले सडकयातायात पुगेकाले जनजीवन सहज बनेको छ । सांस्कृतिक पर्यटन विकासका आधारहरू पर्याप्त बनेका छन् । राष्ट्रिय जनगणना–२०६८ को तथ्यांकअनुसार जुम्ला जिल्लाको जनसंख्या १ लाख ९ हजार छ । त्यसमा नराकोटधापा र सानीगाउँ गाविसलाई मिलाएर सिञ्जा गाउँपालिका बनेको छ भने यस गाउँपालिकाको जनसंख्या १२ हजार छ ।

खस भाषा र संस्कृतिलाई प्रवद्र्धन गर्ने लक्ष्य राखेको सिञ्जा गाउँपालिका अध्यक्ष रावलले बताएका छन् । ‘खस नेपाली भाषाको उद्गमस्थल यस ऐतिहासिक सिञ्जा गाउँपालिका क्षेत्रका विद्यालयहरूमा स्थानीय खस भाषामा अध्ययन अध्यापनका निम्ति आवश्यक पहल गर्दै छौं,’ लक्ष्य प्राप्तिका निम्ति छिमेकी गाउँपालिकासँग सहकार्य गर्ने उल्लेख गर्दै रावल भन्छन्, ‘यहाँको संस्कृतिहरूको प्रवद्र्धन गर्नेऐतिहासिकधार्मिकसांस्कृतिक थलोको संरक्षण र पर्यटकीय विकासलाई प्राथमिकतामा राखेर लागिपरेका छौं ।’ खस भाषाका अध्ययनकर्ता रमानन्द आचार्यले जिल्ला विकास समिति जुम्लाको सहयोगमा खस भाषाको शब्द संकलन गरेका छन् भने उक्त ‘खसिया आखर’ शब्दकोश प्रकाशोन्मुख छ ।

Monday, August 03, 2020

The story of Seto Machhindranath: Kathmandu’s God of rain


The story of Seto Machhindranath: Kathmandu’s God of rain

Shashwat Pant, March 22nd, Thursday, 2018 11:30 AM
https://onlinekhabar.com

Ram Kaji Shrestha, 49, is making sure the chariot of Seto Machindranath, a deity worshiped by Hindus as the god of rain and Buddhists as Awalokiteshwor, is ready by Sunday.
He has been volunteering to build the chariot which stands high at Durbar Marg for the last decade. He does this because he feels the good deed will grant him happiness in life. “My father used to do it too. He always told me that if we help build the chariot good things will happen to us and we will live longer and if I look back I think he was right as he lived for 93 years,” says Shrestha.
The chariot is prepared by the members of the guthi about 10 days before the festival. Shrestha along with eight other members of the guthi are building the chariot. “For building the chariot, we will all receive the blessing of Jana Baha Dyah (Seto Machindranath) who has been looking after us and our family for generations,” he adds as he observes others to make sure that there are no problems with the 30-foot-high chariot.
There are numerous myths as to why the festival is celebrated. For many, the celebration simply marks the end of winter and beginning of the spring and rainy seasons. Locals at Jana Bahal, the temple where the idol of Seto Machindranath is kept, have their own stories. One of the most popular myths has to do with Yamaraj, the god of death and his visit to Swyambhunath.
According to the myth, Lord Seto Machhindranath appeared in a pond near present-day Ranipokhari, during the reign of Yaksha Malla. Here’s how the story goes: having heard a lot about Swayambhunath and its mystical powers Yamaraj came to visit the holy place so he too could go to heaven one day. As he was returning back, the king, with help from his tantric priest, captured the god of death and demanded that he make him immortal in return for his freedom. A mortal god himself, Yamraj told the king that he couldn’t give anyone that power. The king didn’t let him go. Yamraj summoned Lord Arya Awalokiteshwor, a manifestation of Bodhisattva, to free him from the king.
The lord, white in colour, emerged the water and told the king that neither Yamaraj nor he could grant him immortality. The lord also told him to build a temple where the Kalmati and Bagmati rivers met. “Anyone who visits the temple will live a long life, that’s all I can do,” the lord is said to have told the king, who had no other option but to free Yamaraj.
He also told the king to organise a ratha yatra every year for three days starting from Chaitra Sukla Ashtami (this Sunday) so that he could go to the houses of those people who cannot move, because of disability or stay longer in their houses and to bless them. Ever since then, the procession takes place every year from the same place where the lord presented himself to King Yaksha Malla.
The Chariot
During the festival, the idol of Seto Machhindranath is removed from his temple at Jana Baha and carried in a palanquin to Durbar Marg from where the actual procession starts. There it is installed in the car built in the shape of a tower on wheels.
The four huge wheels of the chariot, each represents separate avatars of Bhairav. The chariot has 10 storeys, which are believed to be the houses of lords Indra, Barun, Kuber, Agni, Nairithya, Bayubya, Bramha, Mahadev, and Narayan, respectively.
The idol of Seto Machindranath is perched on the first storey of the chariot. The section, decorated with precious stones, is supposed to be guarded by two other idols of two avatars of Goddess Tara.
The procession
As the image is placed on the chariot, musicians play their long trumpets to announce the installation. A ceremonial guard of honour is then given by soldiers dressed in ancient uniforms who perform rifle salute with their muskets.
The crowd then pulls the chariot through central Kathmandu accompanied by musical bands.
The Route
On the first day, the chariot is pulled from Jamal, Durbar Marg through Bhotahiti to Asan where it makes an overnight halt. The next day, the chariot is taken to Indra Chok and Kathmandu Durbar Square where it makes its second stop.
On the third day, it is pulled through Maru and Chikan Mugal to Lagan at the southern end of the historic section of Kathmandu. There the procession ends after the chariot makes three rounds of the temple housing the mother of Janabaha Dyo.
Worshippers bring trays of offerings and light rows of butter lamps to honour the deity wherever the chariot stops.
On the fourth day, after a special puja, the idol is carried back to the temple. The chariot is disassembled and the parts stored for next year.


कला र संस्कृतिको संरक्षणमा सांस्कृतिक संस्थान

कला र संस्कृतिको संरक्षणमा सांस्कृतिक संस्थान

रातोपाटी, काठमाडौँ - सांस्कृतिक संस्थानले विभिन्न जातजातिसंस्कृति तथा कलासँग सम्बन्धित देशका दुर्लभ नृत्यगीतसंगीतको संरक्षण गर्नाका साथै जुनसुकै बेलामा ती कला र संस्कृति प्रस्तुती गर्न सकिने जनाएको छ । 

सो संस्थानका अनुसार बज्रयान बौद्ध परम्परामा आधारित चर्या नृत्यसहित मञ्जुश्रीआर्यतारापञ्चबुद्ध तथा कुमारीभैरवकालीबज्रयोगीनीतामाङ्गसेलोसाकेलाधिमालसतारधिन्तामैसोरठीलगायत ५१ प्रकारका नृत्यगीतसंगीतलोकगीत,आदि रहेकाछन् ।

नेपालमा लोप हुन लागेको संस्कृतिनाटकनृत्य बाजा तथा गीतसंगीतको संरक्षण गर्नेखोज तथा अनुसन्धान गर्ने उद्देश्य रहेको सो संस्थानले हाल सांस्कृतिक कार्यक्रम गर्नेनाचप्रशिक्षार्थीलाई प्रशिक्षण दिनेलोपोन्मुख कलासंस्कृति तथा नाटकको अनुसन्धान तथा खोजबिन गर्ने तथा प्रशिक्षण प्राप्त विद्यार्थीलाई विभिन्न विदेशी मुलुकमा जानका लागि सिफारिश गर्ने काम गर्दै आएको छ । 

रासससँग कुरा गर्दै संस्थानका सूचना अधिकारी पवित्रा पँगेनीले संस्थानले हाल नियमित रुपमा नेपाली भाषाका नाटकनृत्यलोकगीतजस्ता कलासंस्कृतिको प्रदर्शन गर्ने गर्दै आएको बताए । यो वर्ष आफ्नै कार्यालय सांस्कृतिक संस्थानसहित गोकर्ण रिसोर्टराष्ट्रपति भवनभृकुटीमण्डपझापाको विर्तामोडकैलालीको टीकापुरजस्ता स्थानमा मादल प्रतियोगितासार्क आर्टिष्ट क्याम्पगोपाल योन्जन स्मृति कार्यक्रमगजल उत्सवनृत्य प्रशिक्षणसडक नाटक तथा किराँतेश्वर शास्त्रीय संगीत गरी कूल ६२ वटा कार्यक्रम सम्पन्न गरेको उनले बताए । 

सांस्कृतिक संस्थानमा कार्यक्रम अवलोकनका लागि आएका कर्म लामाले नेपालको कलासंस्कृति तथा दुर्लभ नाचहरुको संरक्षण गरी भावी पिँढीलाई पनि हेर्ने तथा अनुुभूत गर्ने मौका दिनु सरकार तथा कलाप्रेमीको दायित्व रहेको बताए । उनले नेपालीका अतिरिक्त अन्य भाषाका वाद्यवादनकलासंस्कृति तथा नाचलाई काठमाडौँ उपत्यकासहित विभिन्न प्रदेशमा पु¥याउनुपर्ने आवश्यकता औंल्याए । 

सो संस्थानबाट उत्पादित कलाकारहरु नाटकतर्फ घिमिरे युवराजराजन खतिवडाकृष्ण शाह यात्रीप्रदीप पुमा तथा नृत्यतर्फ सारंगा श्रेष्ठसोनी गुरुङमेनुका भण्डारी तथा बिमला श्रेष्ठ एवं संगीततर्फ खड्क बुढाशिव परियार आदिले कला सेवामा योगदान गर्दै आएका छन् । 

हाल वरिष्ठ नाटककार वीरेन्द्र हमाल र खड्क बुढाले माडल तथा पञ्चनारायण महर्जनले तबलामुनुज जोशी र शारदा सिलवालले नृत्यको प्रशिक्षण दिँदै आएका छन् । 

 


http://www.ratopati.com/story/32207

 

 


Thursday, July 23, 2020

The myths about Community Policing

On 26 May 2014, I attended an interaction program on community policing with the senior police officers at the national police academy. Community policing is based on the philosophy of cooperation and partnership. The community's interest with the police is safety and security from crimes and violence. The police's interest is to solve crime problems in society. The police cannot do this job all alone. They have to seek cooperation from community members. For this purpose, they seek help from community members. In a way, they work in partnership with the community for the desired goal. The police may use two tactics in this process: establish permanent units in the community or work with the community as and when required. In other words, they work in partnership with the community to solve a specific security or crime problem and when it is achieved, they withdraw.
There are some myths associated with community policing. These are:
-community policing solves all problems
-community policing is different police from the regular police force
-community policing is soft policing or lenient to crime and criminals
No, unfortunately all the above myths are not true. The community policing is only the strategy of the police force to solve specific crime or law and order problems.
Who funds this program? As this is a police duty to protect the community from crime and violence, it becomes the duty of government to fund the activities of all community police.
Who owns this program? The community, the whole police force, and the government must own this policing style. It should be mentioned in the law and policies of the government and police in particular.
What could be the best way to foster such policing style? The recruitment of local people for policing in their localities will be the best way to enhance this strategy. In other words, the police should be made accountable to local communities or local bodies, like village development committee and municipality.


धर्म, संस्कृति र जीवनको बहस

  धर्म , संस्कृति र जीवनको बहस अरूणा उप्रेति अनलायन खबर,   २०७७ साउन १८ गते १०:३४ ‘ नो वर्त प्लिज’ गीतको बोललाई लिएर मैले हिन्दु ‘जागर...