Monday, May 23, 2022

मायाजाल

 

मायाजाल

कुनै पनि मुलुकको सफलता वा असफलता उसले अवलम्बन गर्ने राजनीतिक व्यवस्थामा मात्र निहित हुँदैन मुख्य कुरा त्यो मुलुकले अवलम्बन गर्ने राज्यसत्ताको चरित्रमा भर पर्छ

कान्तिपुर, फाल्गुन २६, २०७७केशव दाहाल

सत्ता र सरकार फरक कुरा हुन् सत्ताको एक अंग हो सरकार , सरकार सम्पूर्ण राज्यसत्ता होइन जस्तो कि, ओली सरकारका प्रधानमन्त्री हुन् देउवा विपक्षी दलका नेता नेकपाको कचिङ्गलबाट सडकमा आइपुगेका छन् दाहाल नेपालहरू, जो स्वयं विद्रोहीजस्ता देखिन्छन् डकमै छन् भट्टराई र यादवहरू

भलै, सर्वोच्च अदालतको पछिल्लो फैसलापछि परिदृश्य अलि फेरिएको छ सरकारलाई केन्द्रमा राखेर हेर्दा भने अझै पनि ओली एकातिर छन्, बाँकी अर्कातिर यिनका दरबार सिंहासनहरू फरक छन् स्वार्थहरू फरक छन् अभीष्टहरू फरक छन् तर आजको नेपाली राज्यसत्तालाई केन्द्रमा राखिहेर्दा यी सबै एक ठाउँमा छन् यी सबै एकै हुन् , हुन् नेपाली सत्ताका संस्थापनहरू

राजनीतिमा सरकारको आलोचना र राज्यसत्ताको आलोचना नितान्त फरक विषय हुन् सरकारको आलोचना एउटा तत्कालीन मुद्दा हो राज्यसत्ताको आलोचना दीर्घकालीन राजनीतिमा सरकारको आलोचना मुख्यतः दलीय प्रतिस्पर्धा हो तर सत्ताको आलोचना व्यापक बृहत्तर आन्दोलन त्यसैले नै विशेषतः सरकारविरोधी आन्दोलनमा सहभागी हुन्छन् दलका कार्यकर्ताहरू तर सत्ता रूपान्तरणको आन्दोलन गर्छन् जनताले सरकारविरोधी आन्दोलनहरू जनआन्दोलन हुँदैनन् तर राज्यसत्ता बदल्ने आन्दोलनहरू जनआन्दोलन हुन्छन् विचार गरौं, भर्खरै मात्र सर्वोच्च अदालतले संसद् पुनःस्थापना गर्नासाथ नेकपा प्रचण्ड–नेपाल समूहको आन्दोलन किन सकियो? कांग्रेसको प्रदर्शन किन रोकियो? तर नागरिक आन्दोलन किन जारी छ? किनकि पार्टीहरू दलीय स्वार्थबाट प्रेरित थिए तर नागरिक आन्दोलन समग्र राज्यसत्ताको परिवर्तन चाहन्छ स्पष्ट , सत्ताको चरित्रलाई नखलबल्याई गरिने बोक्रे परिवर्तन राजनीतिको मायाजाल मात्र हो

सत्ताको निरन्तरता

२०६२/६३ को जनआन्दोलननेपाली राजनीतिकै सर्वाधिक हस्तक्षेपकारी आन्दोलन थियो, जसले व्यवस्था फेर्‍यो र संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना गर्‍यो जनताको अपेक्षा थियो— ‘लोकतन्त्र, न्याय, पहिचान, समानता र समृद्धिसहितको नेपाल।’ यस्तो नेपाल जहाँ मिलोस् ‘केटाकेटीका लागि स्कुल, युवाका लागि काम र ज्येष्ठ नागरिकहरूका लागि आराम।’ तर भयो के? राजनीतिक व्यवस्था त परिवर्तन भयो तर सत्ताको चरित्र फेरिएन सरकार फेरियो बाँकी सबै कुरा उस्तै रहे व्यवस्था फेरियो बाँकी केही पनि फेरिएन

जस्तो, हिजो पनि किसानहरू ठगिएका थिए र आज पनि ठगिएकै छन् हिजो पनि महिलाहरू ठगिएका थिए र आज पनि ठगिएकै छन् हिजो पनि मजदुरहरू ठगिएका थिए आज पनि ठगिएकै छन् हिजो पनि गाउँहरू ठगिएका थिए आज पनि ठगिएकै छन् हिजो एउटाले ठग्थ्यो, आज अर्कोले ठग्नेहरू फेरिए उनका सिन्डिकेटहरू फेरिए तर ठगिनेहरू उनै रहे, जो वर्षौंदेखि ठगिँदै थिए व्यवस्था फेरिएर के भयो? खेलको नियम फेरिएन हिजो पञ्चायतले जनताका सपनाहरूमाथि कोर्रा बर्साउँथ्यो, आज लोकतन्त्रले पछिल्लो राजनीतिक परिवर्तनले मुसहर, चमार, खत्वेहरूलाई जीवनको उज्यालो दियो, न त राजी, किसान र चेपाङहरूलाई कर्नालीको भोकमरी घट्यो सुदूर हाडहरूमा आशाको दियो बल्यो व्यवस्था फेरिनु तर सत्ताको चरित्र उस्तै रहनु कस्तो विरोधाभास?

सत्ताको रंग

मदन भण्डारीको एउटा भनाइ यहाँ निकै सान्दर्भिक हुन सक्छ यो २०४७ कात्तिकको कुरा हो काठमाडौंको एउटा सभामा भण्डारीले भने, ‘हामीले राजा फाल्यौं तर सामन्तवाद फाल्न सकेनौं भने यो परिवर्तनको कुनै अर्थ रहँदैन बरू राजा रहेर पनि सामन्तवाद फालियो भने त्यो महत्त्वपूर्ण हुन्छ।’ परिवर्तनको अर्थलाई स्थापित गर्ने यो निकै सशक्त भनाइ हो जसको आशय हुन्छ— व्यवस्था परिवर्तन भनेको कुनै व्यक्ति वा शासकको मात्र परिवर्तन होइ यो उपरिसंरचनाहरूको मात्र परिवर्तन होइन राजनीतिक परिवर्तन मुख्यतः राज्यसत्ताको परिवर्तन हो अन्यथा परिवर्तनको गुदी छोडेर बोक्रामा रमाउनुको के अर्थ?

कुनै पनि देशका समस्याहरू राजनीतिक व्यवस्थासँग मात्र सम्बन्धित हुँदैनन् त्यसले संरक्षण गरेका अनेक संरचनागत सत्ताहरूसँग सम्बन्धित हुन्छन् यसको अर्थ राजनीतिक आन्दोलनले व्यवस्था परिवर्तन गरेर मात्र पुग्दैन संरचनागत सत्ताहरूमा परिवर्तन गर्नुपर्छ हामीले व्यवस्था परिवर्तन गर्‍यौं तर अनेक सत्तालाई हल्लाउन सकेनौं जस्तो, जातको सत्ता उस्तै रह्यो धर्मको सत्ता उस्तै रह्यो लिंगको सत्ता उस्तै रह्यो भाषाको सत्ता उस्तै रह्यो सहरको सत्ता उस्तै रह्यो सम्पत्तिको सत्ता उस्तै रह्यो

२०६३ को आन्दोलनले राजनीतिक व्यवस्था त परिवर्तन गर्‍यो तर आर्थिक–सामाजिक सत्ता उस्तै रह्यो व्यवस्था बदलियो तर सत्ताको चरित्र उस्तै रह्यो परिणाम, एउटा राजा फालियो तर सयौं छोटे राजा जन्मिए राजा जन्माउने अनेक सत्तालाई संरक्षण गरेर एउटा राजा फाल्नुको के अर्थ?

भनिन्छ, ‘सत्तालाई स्वरूपमा मात्र हेरेर पुग्दैन गुणमा हेर्नुपर्छ।’ जस्तो, बेलायतलाई संसदीय प्रजातन्त्रको जननी मानिन्छ बेलायत आर्थिक–सामाजिक रूपमा समृद्ध मुलुक हो त्यही व्यवस्था भारतमा पनि अन्यत्र पनि के बेलायतमा सफल संसदीय लोकतन्त्रले भारतमा उसरी नै न्याय गरेको ? छैन भारतको लोकतन्त्रले त्यहाँ हुर्कंदो शोषण, विभेद र सीमान्तीकरणलाई अझै तोड्न सकेको छैन किन? किनभने भारतको सत्तासंरचना अभिजातमुखी र विभेदपूर्ण छ त्यसैले किसानहरूसँग जमिन छैन त्यसैले महिला, दलित र गरिबहरूको जीवन कष्टकर छ त्यसैले धार्मिक अल्पसंख्यकहरू विभेदमा छन् त्यसैले उत्पादनसम्बन्धहरू न्यायपूर्ण छैनन् परिणाम, भारतमा संसारकै सबैभन्दा गरिब मजदुर र धनी मालिकहरू बस्छन् भारतको अनुभवले भन्छ— ‘लोकतन्त्र भनेको चुनाव मात्र होइन, सत्ताको लोकतन्त्रीकरण पनि हो।’

विषयलाई बुझ्न अमेरिका अर्को ताजा उदाहरण हुन सक्छ जस्तो, अमेरिकामा प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुख छन्, जो सरकारप्रमुख र राष्ट्रप्रमुख दुवै हुन् एउटै व्यक्ति सरकारप्रमुख राष्ट्रप्रमुख हुँदा पनि अमेरिकामा स्थिरता लोकतन्त्र , निरंकुशता छैन किन त्यस्तो? किनभने राज्यसत्ताको चरित्र राजनीतिक व्यवस्थाले मात्र निर्धारण गर्दैन आर्थिक–सामाजिक संरचनाहरूले पनि निर्धारण र्छन् राजनीतिक, आर्थिक र सामाजिक संरचनाहरू लोकतान्त्रिक हुनासाथ व्यक्ति चाहेर पनि निरंकुश हुन सक्दैन जस्तो, ट्रम्प तर राजनीतिक, आर्थिक र सामाजिक सत्ता निरंकुश हुनासाथ व्यक्ति जतिसुकै लोकतान्त्रिक भए पनि काम छैन

सबैलाई थाहा छ— बंगलादेशमा दुई बेगमहरू छन् जो पालैपालो सरकार र सडकको मोर्चा सम्हाल्छन् के त्यसो भए बंगाली महिलाहरू सुखी छन्? होइन, संसारका दुःखी महिला र गरिब कामदारहरू बंगलादेशमै बस्छन् महिला शासक हुँदैमा महिलाहरू समृद्ध हुन्छन् भन्ने पनि देखिएन उता, त्यत्रो लामो आन्दोलनबाट स्थापित म्यान्मार सरकारले अल्पसंख्यक रोहिंग्याहरूलाई संरक्षण गर्न सकेन किन यस्तो भयो? किनभने जनतालाई सुख, समृद्धि र परिवर्तन दिने कुरा राजनीतिक व्यवस्थाले मात्र निर्धारण गर्दैन

कम्युनिस्टहरूमै पनि फरक–फरक उदाहरण छन् चीन, क्युबा, भियतनाम, उत्तर कोरियाजस्ता मुलुकमा भन्नका लागि उस्तै कम्युनिस्ट व्यवस्था छ क्युबामा दाजुको लामो शासनपछि भाइ शक्तिमा छन् उत्तर कोरियामा नाति अन्य केहीमा पार्टी नेताहरू स्वरूपमा हेर्दा सबै एकैखाले कम्युनिस्ट हुन् तर चीन विश्वकै महाशक्तिको दौडमा भियतनाम कृषि उत्पादनमा अब्बल बन्दै छ तर उत्तर कोरिया तनावमा यसर्थ कम्युनिस्टहरूबीच पनि फरक–फरक अनुभव छन् जस्तो कि, शक्तिशाली सोभियत संघ विघटन भयो तर चीनको विकासले चामोलोङ्मा छुँदै प्रश्न आउँछ, त्यसो भए फरक कहाँ छ? खासमा कुनै पनि मुलुकको सफलता वा असफलता त्यो मुलुकले अवलम्बन गर्ने राजनीतिक व्यवस्थामा मात्र निहित हुँदैन मुख्य कुरा त्यो मुलुकले अवलम्बन गर्ने राज्यसत्ताको चरित्रमा भरपर्छ

आजको कुरा

दार्शनिक अभिमतले भन्छ— वस्तुको भौतिक स्वरूपले चरित्रको निर्धारण गर्दैन स्वरूपमा जतिसुकै रङरोगन गरे पनि गुण वा चरित्र पदार्थको प्रधान पक्ष हो स्वरूप सहायक यो अभिमत पदार्थमा मात्र नभई व्यक्ति स्वयं, समाज विज्ञान र राजनीतिमा पनि लागू हुन्छ आवरण हेरेर पुस्तकको चरित्र थाहा हुन्छ, न त रङ हेर्दैमा कफीको स्वाद फूलको सुगन्धले त्यसको गुण निर्धारण गर्दैन प्रश्न हामीले कत्रो आन्दोलन गर्‍यौं भन्ने होइन प्रश्न हामीले कस्तो राजनीतिक व्यवस्था ल्यायौं भन्ने होइन प्रश्न हामीले ल्याएको राजनीतिक व्यवस्थाले के बदलाव ल्यायो भन्ने हो प्रश्न हामीले हाम्रो परम्परागत सत्तालाई किन फेर्न सकेनौं भन्ने हो?

हाम्रा अगाडि अहिले दुइटा बाटा छन् पहिलो तत्कालीन राजनीतिक घटनाहरूमा रमाउने पुस को प्रतिगमन सच्चियो भनेर हर्षबढाइँ गर्ने तमासा हेर्ने पुराना दलहरूलाई गाली गर्ने उनीहरू नै एक दिन सच्चिनेछन् भनेर कामना गर्ने यो यथास्थितिको बाटो हो यो बाटोमा हिँड्दा कुनै जोखिम छैन तर सत्ताको रिवर्तन असम्भव छ

दोस्रो बाटो छ, राज्यसत्तालाई जनमुखी बनाउन निरन्तर आन्दोलन गर्ने राजनीतिक परिवर्तनलाई सत्ता संरचनाहरूसंग जोड्ने जातको सत्ता बदल्ने लिंगको सत्ता बदल्ने भाषाको सत्ता बदल्ने सम्पत्तिको सत्ता ढाल्ने यी अनेक सत्तालाई लोकतान्त्रिक, जनमुखी र न्यायपूर्ण बनाउने यो निश्चय नै अप्ठ्यारो बाटो हो तर यो परिवर्तनको बाटो हो यो सत्तालाई बदल्ने बाटो हो स्पष्ट , पटकपटक एउटै बाटो हिँडेर नयाँ गन्तव्यमा पुगिँदैन त्यसैले सत्ताको राजनीति बदलौं, धेरै पक्ष आफैं फेरिनेछन्

dahal.keshab@gmail.com

 

Sunday, May 15, 2022

कवि फैजसँग डराएको सत्ता !

 कवि फैजसँग डराएको सत्ता!

नसिरुद्दिन शाह

Naya Patrika, २०७९ बैशाख २७ मंगलबार ०६:४७:००

महिलामाथि गाडी चलाउन लगाइएको प्रतिबन्धको अवज्ञा गरेर जेल परेकी साउदी मानवअधिकारवादी अभियन्ता मनल अल–सरिफले आशाका साथ ‘वर्षा एक थोपा पानीबाट’ सुरु हुन्छ भनेकी थिइन् तर, हाम्रो मुलुकमा पहिलो थोपा अम्लवर्षाको थियो र यो वर्षा लालकृष्ण आडवाणीको घृणायुक्त ‘रथ यात्रा’मा सारथि बनेबापत नरेन्द्र मोदीलाई गुजरातका मुख्यमन्त्रीको पुरस्कार दिइएपछि बर्सेको थियो , यो वर्षाले भारतका मुसलमानमाथि परायाकरणको बाढी निम्त्याउन सुरु गर्‍यो

 तीन–तलाकको प्रतिबन्ध मात्रै नभई यसको अपराधीकरण गरेर मुसलमान पुरुष र महिलालाई छुट्याउने तीक्ष्ण योजना बनाइएको थियो , विडम्बना त्यहाँ अडिएको थियो, जहाँ मोदी मुसलमान महिलाबारे चासो राख्थे, तर मुसलमान पुरुषबारे वास्तै गर्दैनथे यो पाखण्ड अचम्मलाग्दो तब भयो, जब साहिनबागको प्रदर्शनमा सहभागी ‘बहन बेटिया’ (छोरी–चेली) ‘विदेशी’ उक्साहटमा लागेकाले गद्दार बन्न पुगे आन्दोलनरत किसानलाई ‘आन्दोलनजीवी’ परजीवी बनाउने मोदीको प्रयास भने असफल हुन पुग्यो

मोदीका दसौँ लाख समर्थकले स्वाभाविक रूपमा प्रधानमन्त्री हाल हिन्दुत्वका ठेकेदारले दैनिकजसो गर्ने बर्बरतापूर्ण उक्साहटलगायत सबै कुकृत्यका लागि जिम्मेवार नभएको र यी विषयमा टिप्पणी गर्नेछन् भन्ने अपेक्षा गर्नु हुन्न भनेर तर्क गर्न सक्छन् मुसलमानको आमसंहारको खुला आह्वानमा निन्दा छोडौँ, प्रतिक्रिया नै नदिनु प्रमाण हो र थप प्रमाण खोज्ने हो भने दुर्गन्ध माथिदेखि नै आउनेछ औरंगजेब महमुद गजनबीको निरन्तर रूपमा नाम उछालिनुको एउटै लक्ष्य छ, अर्थात् हाम्रो देशका दक्षिणपन्थी हिन्दू जनतामाझ काल्पनिक घाउको निर्माण गर्नु हुँदा–हुँदा बेलायती उपनिवेशविरुद्ध डटेर प्रतिरोध गरेका टिपु सुल्तान पनि दानवीकरणबाट अछुतो छैनन् त्यसमा ताज महल कुतुब मिनार ‘हिन्दू मन्दिर’ थिए, जसलाई मुसलमानको स्मारक बनाइयो भन्ने भाष्य त छँदै छ

फैज अहमद फैजको नज्म ‘हम देखेंगे’ जिया–उल हकको शासनकालमा लेखिएको थियो र ‘आज बाजार में’ अयुब खानको सरकारले उनलाई जेलमा हालेका वेला लेखेका थिए विद्यालयका पाठ्यपुस्तकबाट उहाँका कविता हटाइनुले कुनै पनि प्रकारको विरोध अब स्वीकार्य छैन भन्ने चिसो तथ्यलाई संकेत गर्छ हाम्रो मुलुकमा थुनिएका बुद्धिजीवी, कार्यकर्ता र शिक्षकमाझ यी कविता गुञ्जिएलान् कि भनेर डर पो पलाएको हो कि ? वा फैज पाकिस्तानी कवि हुन् भनेर प्रतिबन्ध लगाइएको हो ? फैजले बन्दै गरेको बंगलादेशको भ्रमण गर्दा घाउमा नुनचुक दल्न नभई घाउलाई निको पार्न लेखिएको ‘हम के ठेहरे अजनबी’ कविता हटाउनु पनि उदेकलाग्दो छ यी कवितालाई निषेध गर्ने शिक्षा बोर्डका योग्य अधिकारीले वास्तवमा यी कविता पढेका वा बुझेका छन् कि छैनन् भनेर गम खान्छु

विद्यालयका पाठ्यपुस्तकबाट फैजका कविता हटाइनुले कुनै पनि प्रकारको विरोध अब स्वीकार्य छैन भन्ने चिसो तथ्यलाई संकेत गर्छ

 

यो प्रतिबन्धको सुरुवात आइआइटी कानपुरका प्राध्यापकले ‘सब ताज उछाले जाएंगे, सब बुथ उखाडे जाएंगे’ पंक्तिले गजनवीको स्तूतिगान गर्‍यो भनेर आपत्ति व्यक्त गरेदेखि सुरु भएको हो, (उसो त नज्म दक्षिणपन्थी भड्काउको सिकार बन्न थालिसकेको थियो) बिम्बको संकुचित एवं संकीर्ण बुझाइ भएका व्यक्तिले आइआइटी वा भनौँ कुनै पनि अन्य शैक्षिक संस्थामा कसरी अध्यापन गर्न सक्छन् ? सबैभन्दा ठूलो विडम्बना के रह्यो भने ‘हम देखेंगे’लाई पाकिस्तानका दक्षिणपन्थीले मुसलमानविरोधी नज्मका रूपमा लिन्थे अत्यधिक भयका साथ कुनै दिन उर्दूलाई विदेशी वा मुसलमानको भाषाका रूपमा तोकेर फैजको कविता–साहित्य वा कुनै अन्य उर्दू कविता–साहित्यलाई नै मुलुकमा पूर्ण रूपमा प्रतिबन्ध लगाइन बेर छैन हतारोमा भारतका मुसलमानको विगतका सबै अवशेष मेटाउने प्रयास भइरहेको छ, जब कि हाम्रा प्रधान सेवक लालकिल्लाको पर्खालबाट राष्ट्रलाई सम्बोधन गर्छन् लालकिल्ला निःसन्देह ‘हिन्दू शासक’द्वारा स्थापना गरिएको थियो अरे यसमा आक्रमणकारी मुगलले ‘झुटो’ श्रेय लिने गरेका छन् रे! 

यसका साथै वास्तवमा हामीलाई लुटेको मुलुकका प्रधानमन्त्रीलाई उत्साहपूर्वक स्वागत गरिन्छ र अँगालो हालिन्छ र ती व्यक्ति मोदीका ‘खास दोस्त’ (विशेष मित्र) हुन्, जुन कुनै वेला डोनाल्ड ट्रम्प र नवाज सरिफ पनि हुने गरेका थिए बोरिस जोनसन आफ्नो विकृत कपालको त्यान्द्रोसँगै मुलुकको प्रधानमन्त्री पदमा टाँसिएका छन् भने ट्रम्प जेल जाने अवस्थामा छन् मोदीसँग हातमा हात मिलाएर हिँड्ने अर्को अन्तर्राष्ट्रिय नेताको भविष्यलाई लिएर कोही चिन्तित हुन सक्छ के ती व्यक्ति भ्लादिमिर पुटिन हुन सक्छन् ? केही समयअघि एउटा हाजिरी जवाफ कार्यक्रममा कुनै पनि प्रतियोगीले ‘सारे जहाँ से अच्छा हिन्दुस्तान हमारा’का लेखक वा ‘इन्कलाब जिन्दावाद’को नारा धन्काउने लेखकको नाम बताउन सकेनन्

फारसी नाम भएका सहरको हिन्दीकरणसँगै ‘प्राचीन भारतका वैदिक वैज्ञानिकहरू’ जस्ता सामग्रीको प्रसार, राइट ब्रदर्सभन्दा शताब्दीयौँ अगाडि हामीसँग विमान थिए भन्ने दाबी, आइभिएफबाट सय कौरवको जन्म भयो र भगवान् गणेशको टाउकामा हात्तीको टाउको प्लास्टिक सर्जरी गरेर राखिएको थियो भन्ने दाबी छरपस्ट छन् वास्तवमा भविष्यमा इतिहासका पुस्तक लगभग निश्चित रूपमा किंवदन्तीभन्दा भिन्न हुनेछैनन्, जसले हामीलाई संसारको हाँसोको पात्र मात्र बनाउने छ हाम्रो मुलुकको इतिहासमा लगभग सय यस्ता वर्ष पक्कै हुनेछन्, जब केही पनि भएको थिएन वा मुसलमान आक्रमणकारीले भारतको हिन्दू आबादीमा विनाश मच्चाएकै मन्दिरलाई मस्जिदमा रूपान्तरणका लागि हो भनेर लेखिने वा लेखाइनेछ वास्तवमा ‘खुन के धब्बे धुलेंगे कितनी बरसातोके बाद ?’ (रगतका टाटा कति वर्षा भएपछि पखालिनेछ ?)
द इन्डियन एक्सप्रेसबाट

 

Sunday, May 01, 2022

२२ सय वर्ष पुरानो इतिहासको साक्षी बनेको पेन्टिङ


मौर्य सम्राट अशोकले करिब २२ सय वर्षअघि लुम्बिनी आएर आफ्नो नाउँको स्तम्भ ठड्याउँदै यो ठाउँलाई गौतम बुद्धको जन्मस्थलका रूपमा चिनाएका थिए। चित्रकार हरिप्रसाद शर्माले बनाएको योसहित अन्य पेन्टिङहरू हामीले यहाँ उनकै अनुमतिमा प्रकाश

२२ सय वर्ष पुरानो इतिहासको साक्षी बनेको पेन्टिङ


सेतो पाटी, आइतबार, वैशाख १८, २०७९

आजभन्दा २२ सय वर्षअघि कुनै एक खास दिनमा तपाईं लुम्बिनी पुग्नु हुन्थ्यो भने एउटा यस्तो इतिहासको साक्षी बन्नु हुन्थ्यो, जसले आजपर्यन्त संसारको ध्यान खिच्दै आएको छ।

त्यो खास दिन वैशाख पूर्णिमा पनि हुन सक्छ! अर्थात्, आजकै दिन!

तपाईंले त्यस दिन बिहानैदेखि लुम्बिनीको घना जंगलमा बौद्ध भिक्षुहरूको मन्त्रोचरण सुन्नु हुन्थ्यो। पहेँलो चिवर धारण गरेका भिक्षुहरूको चहलपहल देखेर उत्साहित हुँदै नजिक जान खोज्नु हुन्थ्यो।

जसै तपाईंका पाइला भिक्षुहरूको जमघटतिर बढ्थ्यो, एक शाही सुरक्षा गार्ड तपाईंको बाटो छेक्न आइपुग्थ्यो। अनि बल्ल तपाईं चाल पाउनु हुन्थ्यो, त्यो जमघटमा कुनै भारतीय साम्राज्यको विशाल सैनिक फौजले पहरा दिइरहेको छ।

तपाईं मुख बिगार्दै दुई–चार पाइला पछाडि सार्नु हुन्थ्यो। तर, मनको कौतूहल थाम्न नसकेर बाँदरझैं घना वृक्षको लहराभित्र लुसुक्क लुक्नु हुन्थ्यो। वा, सर्पझैं हाँगाभित्र हराएर त्यहाँको गतिविधि नियाल्न थाल्नु हुन्थ्यो।

एकछिन त डराउनु पनि हुन्थ्यो होला — कतै कपिलवस्तुमा धावा बोलिएको त होइन! कतै म झुक्किएर लडाइँको मैदानमा त आइपुगिनँ!

फेरि आफ्नै मन थुम्थुम्याउनु हुन्थ्यो — लडाइँ त हुनै सक्दैन! रणभूमिमा भिक्षुहरूको के काम!

तपाईं रूखको हाँगामा हात गाँठो पारेर आफ्नो व्यग्र मन बेस्कन बाँध्नु हुन्थ्यो।

मध्याह्नसम्म गुप्त–दर्शक बनेर बसेपछि दर्जनौं बग्गी एकसाथ दौडिएजस्तो घडक–घडक आवाजले रूखका हाँगाबिँगा, झाडी–बुट्टयान, फूलपात थरथर थर्कन थाले।

आवाज नजिक आएपछि थाहा भयो, ती बग्गी होइन रहेछन्। ती त राँगो–गाडाहरू पो रहेछन्।

दर्जनौं राँगाको लश्कर तपाईं अचम्म मान्दै क्वारक्वार्ती हेर्नु हुन्थ्यो। गाडामा लादिएको अजंग स्तम्भ देखेर त तपाईंको मनै कहालिन्थ्यो।

के हो यो स्तम्भ? को हुन् यिनीहरू? के गर्न आएका हुन्?

यस्ता–यस्तै प्रश्न सोच्दासोच्दै जंगलका रूखहरू फेरि किटकिट काम्न थाले। तपाईंले समातेका हाँगाहरू भुइँचालो गएझैं फट्याक–फट्याक हल्लिए। लावालश्कर हात्तीको धमधम आवाजले चकमन्न जंगल थर्कियो। अघिसम्म झाडीको आडमा चुइँक्क नबोली बसेका जनावर र पन्छीहरू डरले भागाभाग गरे।

त्यसैबीच आगमन भयो, वायुपंखी घोडाहरूको धकडक–धकडक वेगमा शाही बग्गीहरूको।

एउटा बग्गीमा भारतका मौर्यसम्राट अशोक सवार थिए, अर्कोमा उनकी महारानी — सायद पहिलो पत्नी देवी नै हुन् कि! तेस्रो र चौथो बग्गीमा भारदार र सुसारेहरू होलान्।

तपाईं यी राजा–रानीलाई सायदै चिन्नुहुन्थ्यो। सिपाहीहरूले आकाश हल्लिने गरी जयजयकार गरेर पो!

लामो रक्तपातपूर्ण युद्धपछि बौद्ध धर्मको अनुयायी बनेका चक्रवर्ती सम्राट अशोकलाई आफ्नै आँखाअगाडि देख्दा तपाईं एकछिन त हावा लागेको पातझैं फिरफिर हल्लिनुभयो होला!

ढलपल ज्यानको सन्तुलन मिलाउन खोज्दा रूखका लहरामा गोडा दधारिए होलान्! आफ्नै दाँतले किटिक्क टोकिएर ओठ रगतले लाल भयो कि!

तपाईंलाई यता आश्चर्यमा छाडेर सम्राट अशोक र महारानी देवी बग्गीबाट ओर्ले।

राजकीय पूजा–अनुष्ठान प्रारम्भ भयो। बौद्ध भिक्षुहरूले सामूहिक मन्त्रोचरण गरे। त्यही मन्त्रको भुनभुनमा शाही कामदारहरूले राँगो–गाडाबाट लगभग ५० टन वजन र ५० फिट अग्लो स्तम्भ होस्टे हैंसे गर्दै नजिकको पोखरीनिर ल्याइपुर्‍याए।

त्यहाँ पहिल्यै एउटा खाल्डो तयार थियो। कामदारहरूले स्तम्भलाई चारैतिरबाट मोटो डोरीले कसेर खुइखुइ खाल्डोमा खसाले र एकापट्टिको डोरी तिनिक्क तन्काएर स्तम्भ ठड्याए। भुइँमा माटो पुरपार पारेर बलियो गरी गाडे।

त्यसपछि स्तम्भको सिरानसम्म पुग्ने गरी काठको भर्‍याङ हालियो। अनि सुरू भयो मुख्य विधि, जसको निम्ति सम्राट अशोक स्वयं यहाँ आएका हुन्।

कामदारहरूले आफूसँगै ल्याएको घोडाको मूर्ति जुरुक्क उचालेर स्तम्भको सिरानमा प्रतिस्थापन गरे।

बौद्ध भिक्षुहरूको मन्त्रोचरणले जंगल शान्तिमय भयो। त्यसमा सम्राट अशोकको जयजयकारले शाही शान पनि थप्यो।

झन्डै २२ सय वर्षअघि कुनै एक खास दिन लुम्बिनी पुग्नु भएको भए तपाईंकै आँखासामुन्ने ठडिने त्यो स्तम्भ आजपर्यन्त ‘अशोक स्तम्भ’ का नाउँले चिनिँदै आएको छ। र, यो ठाउँलाई ‘गौतम बुद्धको जन्मस्थल’ का रूपमा संसारभरि चिनाउँदै आएको छ।

त्यस दिन इतिहासको त्यो घडीलाई रूखको लहरामा लुसुक्क लुकेर, हाँगोमा हात गाँठो पारेर आफैंले हेरेझैं क्यानभासमा उतार्ने कलाकार हुन्, हरिप्रसाद शर्मा।

 

 

 

धर्म, संस्कृति र जीवनको बहस

  धर्म , संस्कृति र जीवनको बहस अरूणा उप्रेति अनलायन खबर,   २०७७ साउन १८ गते १०:३४ ‘ नो वर्त प्लिज’ गीतको बोललाई लिएर मैले हिन्दु ‘जागर...