Saturday, July 27, 2019

राणाशासनको वृतान्त

प्रमोदशमशेर राणा, राणाशासनको वृतान्तको १४औं श्रृँखला
सुगौलीको सन्धि भएपछि काठमाण्डौमा अङग्रेजको रेजिडेन्सी स्थापना गरी ब्रिटिश रेजिडेन्ट लदलबल यहाँ बस्ने भए । नेपालको वैदेशिक मामिलामा अङग्रेजको अङकुश लाग्यो र अबदेखि नेपालले स्वतन्त्र परराष्ट्र नीति अपनाउन नपाउने अवस्था आयो । भीमसेनथापाले मौकामा बुद्धि पुरयाएर राम्रोसंग कुटनीति गोटी चाल्न सकेको भए यसरी मात खानु पर्ने थिएन । तर उनले विपक्षीको शक्तिको लेखाजोखासमेत नगरी उल्टो गोटी चालेर युद्धमा होमिन जाँदा सुगौली सन्धिकोभार नेपालले बेहोर्नु परयो ।
सन्धि भएपछि लप्टन बोयल कार्यवाहक भई काठमाण्डौमा आए । नेपाल सरकारबाट लैनमा जगा प्राप्त गरी यिनले रजिडेनसी स्थापना गरे र सबै कुराको बन्दोबस्त मिलाईसकेपछि सन् १८१६ मा ई. गार्डनर स्थायी रजिडेन्ट नियुक्त भई यहाँ आए । यिनकै कार्यकालमा अर्का एक जना अङग्रेज ब्रायन एच. हगसन रेजिडेन्सीको तल्लो तहको अधिकृत भएर यहाँ आए । यिनी पनि केही वर्षपछि स्वदेश फर्के पछि कम्पनी सरकारले ब्रायन हगसनलाई नै रेजिडेन्ट नियुक्त गरयो । हगसन अत्यन्तै अत्साही, लगनशील, परिश्रमी र नेपाली भाषामा यिनी टाकटुक बोल्थे । त्यस बखतसम्म रेजिडेन्सीमा आउने कुनै पनि अफिसरले आफनाी पत्नी साथमा ल्याएका थिएनन् तर हगसनकी पत्नी भारतीय मूलकाी हाँदा तिनी यहीं बसेकी थिइन् । नेपालको भित्री कुरा बुझन तथा नेपालसम्बन्धी पुराना कागजपत्रहरु र पाण्डुलिपीहरु ब्टुल्न हगसन एकदम खप्पिस थिए । यिनले दरवारसमेतका केही तल्लो तहका कर्मचारीहरुलाई आर्थिक प्रलोभनको जालमा फसाएर नोपालसम्बन्धी धेरै बहुमूल्य कागजपत्र, अभिलेख, सनद सवाल आदि बटुलेको थिए । यिनी नेपालबाट फर्के पछि नेपाल सम्बन्धी सयौं मुठा काजपत्र र पाण्डुलिपीहरु बेलायतमा पुरयाएर त्यहाँका पुस्तकालयहरुमा चढाए । अहिले नेपालका पुस्तकालयहरुमा भन्दा लण्डनका पुस्तकालय र इण्डिया हाउसका कोठा हरुमा थन्किएर बसेका कागजहरु खोज्नु पर्छ ।
नेपालको आन्तरिक मामिलामा समेत हस्तक्षेप गर्लान भनेर रेजिडेन्टहरुलाई त्यस बखत जहाँ मन लाग्यो त्यहाँ जान रोक लागेको थियो । नेपाल सरकारले तोकिदिएका ठाउँभन्दा बाहिर निर्वाध रुपमा घुमफिर गर्न निषेध गरिएको थियो । कहिलेकाँही दिन बहलाउनकालागी सिकार खेल्न जान पश्चिम एक नम्बरको ककनीको जंगल यिनीहरुकालागी खुला थियो । हगसन बराबर घोडा चढेर टुँडिखेलवरपर घुम्न आउँथे । भीमसेन थापा पनि घोडा चढन रुचाउने हुँदा बिहान बेलुका घोडा चढेर यतै आउँथे र यिनीहरु दुइ जनाको बराबर यही भेट हुन्थ्यो । हगसन हिन्दी र नेपालीसमेतमा कुरा गर्न सक्ने हुँदा यिनीहरु खुलेर कुरा गर्थे । बेला मौकामा कुरा कोटयाएर मुख्तियारबाट अनेक गुह्य कुरा फुत्काउँथे । अर्काे तिर यिनले गुप्तचरहरु राखेर नेपालको भित्री कुरा बुझथे । अङग्रेज सरकारका निम्ति यिनी सफल कुटनीतिज्ञ थिए ।
साभारः राणाशासनको वृतान्त, प्रमोदशमशेर राणा

Wednesday, July 24, 2019

मुस्ताङमा याक नाच


मुस्ताङमा याक नाच
सुन्दरकुमार थकाली, मनोरञ्जन,  ०६ साउन २०७६ ११:४३:००
मुस्ताङ : शदियौंदेखि मनाइँदै आएको परम्परागत याक नाच (खिल्हा पर्व) मुस्ताङको घरपझोङ गाउँपालिका–३, स्याङगाउँमा देखाइएको छ। मुस्ताङका संघीय सांसद प्रेमप्रसाद तुलाचनले एक समारोहबीच याक नाच उद्घाटन गरे।
सांसद तुलाचनले संस्कृतिको संरक्षणले मात्रै पर्यटनको विकास हुने उल्लेख गर्दै नयाँ पुस्तालाई इतिहास संरक्षण गर्नेतर्फ लाग्न आग्रह गरे। प्रदेशका सांसद इन्द्रधारा विष्टले संस्कृति र समाजको विकासका लागि सञ्चार क्षेत्र महत्त्वपूर्ण हुने बताए। अर्का प्रदेशका सांसद महेन्द्रबहादुर थकालीले मुस्ताङमा हुने गरेका मौलिक संस्कृति र रहनसहन बचाउन सरकार र स्थानीयवासीको दायित्व भएको औंल्याए।
तीन गाउँ थकालीको मौलिक सम्भतामा आधारित खिल्हा पर्व बर्सेनि साउनमा सुरु हुन्छ। तर, तीन गाउँले मध्येकै ठिनीका थकालीले भदौमा पर्व सञ्चालन गर्छन्। हेर्दा उस्तै भए पनि ठिनी थकालीले यो पर्वको फालो भन्ने गर्छन्। स्याङ गाउँका थकाली युवाले अनियमित भइरहेको खिल्हा पर्व गत वर्षदेखि निरन्तरता दिन थालेको स्याङ गाउँ सुधार समिति थाक स्याङका अध्यक्ष सुमन थकालीले जानकारी दिए। उनका अनुसार स्याङवासीले असारको अन्तिम पूर्णिमाका अवसरमा चार दिनसम्म खिल्हा मेला सञ्चालन गर्ने गरेको बताए।
बर्सेनि असार महिनाको नौमहिने उवा बाली थन्क्याएर तीनमहिने फापर बालीको खेतमा बीउ छरेपछि पर्व मनाइने चलन रहेको स्थानीय फलेन्द्र थकालीले जानकारी दिए। उनका अनुसार खिल्हा पर्वअघि पूर्णिमाको दिन स्याउ गाउँकै ३८ सय मिटर उचाइमा रहेको चाङउई धार्मिक स्थलमा पुगेर पूजापाठ र दर्शन गरिन्छ। त्यसपछि भोलिपल्ट नजिकैको खोलातिरबाट याकको मुकुट लगाएर गाउँ भित्त्याउने चलन छ। चाङउई स्थल जाँदा पर्वमा सहभागीहरू घोडा चढेर फर्किन्छन्।
थकाली गीतकै शब्द र भाकामा आपसमा रमाइलो गर्ने पर्वको मौलिक विशेषता पनि हो। पर्वका अवसरमा परम्परागत याक नाच, जोगी नाच, विभिन्न हास्यव्यंग्यसहित बाजागाजा बजाएर मनोरञ्जन गर्ने चलन रहेको स्याङ गाउँ सुधार समितिका उपाध्यक्ष किरण थकालीले जानकारी दिए।


Saturday, July 20, 2019

राणाशासनको वृतान्त

प्रमोदशमशेर राणा, राणाशासनको वृतान्तको १३औं श्रृँखला
अङग्रेजहरुसंग धेरै लामौ युद्ध गर्दा नेपाललाई ठुलो हानी हुनसक्छ यसैले सकभर चाँडो सुलह गर्नमै राम्रो होला भनी विभिन्न क्षेत्रका गोरखाली कमाण्डरहरुले नेपाल दरवारमा राय पठाइरहेका थिए । नेपाल दरवारमा यस विषयमा छलफल भयो र अङग्रेज कम्पनी सरकारसंग सुुलह गर्ने कुरा चलाउन अख्तियार दिई पण्डित गजराज मिश्र खटाइए । नेपाली वकील भई कामकाज गरिरहेका पण्डित मिश्रले कम्पनी बहादुरका पोलिटिकल एजेन्ट मेजर ब्राडशासंग भेट गर्न समय लिई उनीसंग सुलह गर्ने कुरा चलाए । अब नेपाली गलेछन् भन्ने ठानेर गभर्नर जनरल मोयराले सुलहकालागी चार शर्तहरु राखे । युद्धमा गोरखालीले कब्जामा लिएको सबै पहाडी प्रदेशबाट हटनुपर्ने, तराई क्षेत्रको ठुलो भूूभाग काटेर अङग्रेजलाई दिनुपर्ने, सीक्कीमतर्फ कब्जामा लिइराखेको प्रदेश पनि छोडनुपर्ने र काठमाण्डौ वृटिश रेजिडेन्ट स्थायी रुपमा राख्नै पर्ने । यी कुराहरु नेपाल सरकारले स्वीकार नगरेसम्म कुनै प्रकारको सुलह, समझौता हुन सक्दैन भनी ब्राडशाले पण्डित गजराज मिश्रलाई जवाफ दिए । यस्तो सन्धि गर्ने अख्तियारी मैले पाएको छैन भनी सबै कुरा सुनेर गजराज मिश्र काठमाण्डौ फर्के । अर्को नेपाली प्रतिनिधि बम शाहले कम्पनी सरकारका अर्का अधिकारी इ.गार्डनर संग भेट गरी पुनः वार्ता गर्न प्रस्ताव राखे । तर र्गाडनरले पनि उही पुरानो शर्त यथावतै राखे ।
गभर्नर जनरल अर्ल मोयरा काठमाण्डौ नै कब्जा गर्नुु पर्छ भनेर तातिदै जनरल अब्टरलोनीलाई काठमाण्डौ हान्ने कमाण्डर तोकी युद्धको तयारी गर्न लागे । कम्पनी सरकारको यस्तो योजना तयार भएको छ भन्ने खबर नेपालतर्फका सुराकीले काठमाण्डौमा जनकारी गराए । नेपाली वकिल चन्द्रशेखर उपाध्याय पनि दौडादौड गरी काठमाण्डौ पुुगे । अब नेपाल दरवारमा अङग्रेजको मस्यौदा सन्धिमाथि छलफल हुन थाल्यो । अङग्रेजहरुको सामरिक शक्ति कस्तो रहेछ भन्ने कुरा मुख्तियार भीमसेन थापाले बल्ल बुुझे ।
पण्डित गजराज फेरी अङग्रेजको क्याम्प पुुगी तराई प्रदेश जम्मै अङग्रेजी सरहदमा गाभ्ने कुरा नेपालले स्वीकार गर्न सक्दैन त्यसैले यो दफा हटाइ दिनुपरयो भनी आग्रह गरे । तर अङग्रेजहरु नेपालको यो प्रस्ताव स्वीकार गर्न सहमत भएनन् । गजराज फेरी काठमाण्डौ तर्फ कुुदे । नेपाल दरवारमा यस विषयमा छलफल गरी मिश्र सुुगौली पुुगे र २८.११.१८१५ मा प्रस्तावित सन्धिपत्रमा नेपालको एजेण्ट भइ उनले हस्ताक्षर गरे । ९.१२.१८१५मा कम्पनी सरकारले त्यो सन्धिपत्र अनुमोदन गरिहाल्यो । सन्धिपत्रमा राजाको लालमोहर लगाएर १५ दिन भित्र कम्पनी सरकारका प्रतिनिधि ब्राडशालाई बुुझाउनुु पर्ने शर्त पनि राखियो ।
सन्धिपत्रमा हस्ताक्षर गरी गजराज मिश्र काठमाण्डौ फर्केको १५ दिन पुुगे पछि पनि लालमोहर लागेको कागज अङग्रेजका एजेन्ट कहाँ नपुुगेपछि कम्पनी सरकारले नेपाल दरवारलाई कडा शब्दमा पत्र लेखी तुरुन्तै सन्धिपत्र अनुमोदन गरी पठाउनु होला अन्यथा वृटिश फौजले कडा हमला गर्नेछ भन्ने धम्की पनि दियो । यस्तो पत्र आए पछि पनि मुख्तियार भीमसेन थापाले अझै आलटाल गरेर झुलाएर राख्न खोजे । उता अङग्रेजी फौजले हरिहरपुुरतर्फबाट ठुलो हमला गर्दै मकवानपुुर गढी समेत कब्जा गरयो । जनरल अक्टरलोनी मकवानपुरमा आएर क्याम्प खडा गरी बसे र काठमाण्डौ हान्ने तरखरमा लागे । अब बल्ल भीमसेन थापाको होस आयो र त्यो सन्धिपत्रमा राजाको लालमोहर लगाई अनुुमोदन गरी भन्द्रशेखर उपाध्यायलाई दौडाए । ३ मार्च १८१६ मा चन्द्रशेखर उपाध्याय जनरल अब्टरलोनीको क्याम्पमा पुुगी लालमोहर लागेको सन्धिपत्र ४ मार्च १८१६ मा मकवानपुुर क्याम्पमा अक्टरलोनीको हातमा चढाए ।
साभारः राणाशासनको वृतान्त, प्रमोदशमशेर राणा

Friday, July 19, 2019

'भाषामा अराजकता चल्दैन'


'भाषामा अराजकता चल्दैन'
वैशाख २४, २०६९कान्तिपुर संवाददाता
काठमाडौ — प्रा. बालकृष्ण पोखरेल नेपाली भाषाका ज्येष्ठ-श्रेष्ठ साधक हुन् । विराटनगरमा बस्दै आएका ७९ वर्षीय पोखरेलका 'उकुसमुकुस,' 'तेस्रो एकमुखे रुद्राक्षको खोजी,' 'मलाई गयल नपार,' 'तेरा कुरा इस्' सहित भाषा-साहित्यका प्रायः सबै विधाका दर्जनौं कृति प्रकाशित छन् 'खस जातिको इतिहास' आफ्नो क्षेत्रको अहिलेसम्मकै गुरूगम्भीर कृति हो, नेपाली भाषा-साहित्यका लागि महतम उपलब्धिहो 
प्रा. बालकृष्ण पोखरेल नेपाली भाषाका ज्येष्ठ-श्रेष्ठ साधक हुन् । विराटनगरमा बस्दै आएका ७९ वर्षीय पोखरेलका 'उकुसमुकुस,' 'तेस्रो एकमुखे रुद्राक्षको खोजी,' 'मलाई गयल नपार,' 'तेरा कुरा इस्' सहित भाषा-साहित्यका प्रायः सबै विधाका दर्जनौं कृति प्रकाशित छन् 'खस जातिको इतिहास' आफ्नो क्षेत्रको अहिलेसम्मकै गुरूगम्भीर कृति हो, नेपाली भाषा-साहित्यका लागि महतम उपलब्धि हो । नेपाली भाषामा हिज्जेबारे बहस चर्किरहेका बेला उनले ललितपुरमा हालै सार्वजनिक 'नेपाली कसरी शुद्ध लेख्ने ? -हिज्जे विचार, २०६९' (नेकशुले) को अगुवाइ गरे । यही सन्दर्भमा उनीसँग कान्तिपुरका लागि पारस नेपालले गरेको कुराकानीको अंश:

नयाँ 'नेकशुले’ जारी गर्न किन आवश्यक पर्‍यो ?
पुरानो नेकशुलेलाई पुरानो भनेर, हेपेर, अहिले नेकले (नेपाली कसरी लेख्ने) मात्रै भनेर लेखकहरू जथाभावी अनेकौँ विकल्पमा जान थाले । पुरानोले कुनै भाँडभैलो मच्चाएको थिएन । कुनै पत्रिका वा समाचारपत्रले एउटा विकल्प अँगालेको थियो, अर्कोले अर्को वैकल्पिक बाटो रोजेको थियो । त्यसले नेपाली भाषा-व्याकरणमा कुनै नकारात्मक प्रभाव पारेको थिएन । तर एक-डेढ वर्ष भयो, एकाएक पाठ्यक्रम विकास केन्द्र, जनक शिक्षा सामग्री केन्द्र इत्यादिले दुईचार जनालाई नै नेपालका सर्वेसर्वा ठानेर उनीहरूको लेखन पद्धतिलाई, एउटा मात्रै विकल्पलाई आँखा चिम्लेर अँगाले । त्रिभुवन विश्वविद्यालयमा पनि ती एकथरीले गएर आक्रमण गरेर आफ्नो हिज्जे लागू गर्न बाध्य तुल्याए । कीर्तिपुरे -त्रिविका नेपाली गुरुहरू) ले नेपाल एउटा देशको मात्रै होइन, भारत, भुटान, बर्मा, हङकङ, बेलायत, अमेरिकाको भाषा बन्दै गरेको नेपाली भाषामा आफ्नो विकल्पलाई पञ्चायती व्यवस्था लादेझैँ लादे । उनीहरूले पहिले नेपाल प्रज्ञा प्रतिष्ठानउपर हमला गरे । शत प्रतिशत समर्थन त पाएनन्, तर पनि प्रज्ञा प्रतिष्ठानलाई आफ्नो घेराभित्र पार्‍यौँ भनेर मक्ख परे । अनि उनीहरूले जे लेखे तिनका एक मुठी कारिन्दाहरूले लाखौँको सङ्ख्यामा छाप्न थाले । राष्ट्रभरका छात्रछात्राहरूमाथि आफ्ना नियम लाद्न थाले । अनेकौँ मार्ग र विकल्पहरूलाई लात मारेर आफूलाई सारा नेपाली समाजको भान्से ठानेर अनर्गल चेष्टा गरे 
(
त्यसबाट आहत भएका साथीहरूलाई) मैले थामथाम-थुमथुम गर्दै आएको थिएँ 'हरेक विकल्प आदरणीय हुन्छ, माननीय हुन्छ, त्यसो हुनाले कुनै पनि विकल्पलाई हामीले थुक्नु हुँदैन, घृणा गर्नु हुँदैन, बरु हामीले सँगै बसेर प्रेमपूर्वक मनको भावना साटासाट गर्नुपर्दछ' भनेँ । बिरामी पत्नीको सेवामा लाग्नुपरेकाले तीन वर्ष म काठमाडौं आउन सकिनँ । यसपालि आएँ र नयाँ नेकशुले जारी गर्‍यौँ 

नेपाली भाषामा ह्रस्व 'इ’, 'उ’ अनि पातलो 'स’ मात्रै चलाउनुपर्छ भनेर यहाँहरूले नै झर्रोवाद आन्दोलन चलाउनुभएको थियो । नेकशुलेको नयाँ प्रस्तावनामा दीर्घ 'ई’, 'ऊ’, 'श’, 'ष’, 'स’, आगन्तुक शब्दहरूलाई तत्समवत् चलाउने कुरा गरिएको छ । आफैंले लामो समयसम्म काँध थापेको झर्रोवादलाई अब बिसाउनुभएको हो ?
हाम्रो झर्रोवाद त विशाल आन्दोलन थियो । त्यो केवल हिज्जेको होइन, व्याकरण, ध्वनिशास्त्र र ध्वनि विज्ञानको पनि आन्दोलन थियो । मान्छेलाई थाहा छैन, ध्वनिशास्त्र र ध्वनि विज्ञानमा अन्तर छ भन्ने कुरो 
झर्रोवादलाई हामीले छाड्ने कुरै छैन । भारी भए पो बिसाउनु ? त्यसले त जीउ चङ्गा बनाउँछ । नयाँ नेकशुलेलाई झर्रोवादले आशीर्वाद दिएको छ, फल, फूल भनेर । तर, विकल्पमा हिँडेकाहरूलाई यसले एउटै बाटोमा हिँड्न अनुरोध गर्नुपर्दछ । किनभने नेकशुले नेपालको एउटा संस्कृति हो । नेकशुले नेपाल राष्ट्रको मेरुदण्ड हो, ढुकढुकी हो । त्यो ढुकढुकीले संस्कृत तत्समलाई चाहिँ मुटु मानेको छ । किनभने नेपाली भाषा संस्कृतको कोखबाट जन्मेको हो । त्यसैले नेपाली भाषाले अङ्ग्रेजीबाट आएका शब्दलाई तत्समको मान्यता दिन सक्दैन । तिनलाई कसैले तत्समवत् (तत्सम सरहका) भनेछ भने आपत्ति पनि गर्दैन 
तत्सम शब्दलाई छुन झर्रोवाद पनि डराएको थियो । नयाँ अभियन्ताहरूले, कीर्तिपुरे सज्जनहरूले भने तत्समसमेतलाई पनि आक्रमण गर्ने, १४ अक्षरहरू नेपालीमा छैनन् भनेर हटाउने, कुनै खासखास पदबाट तिनलाई गलहत्याउने जुन आँट गरे, त्यो चिन्ताजनक छ । म हात जोड्छु, त्यस्तो आँट नगरौँ । पुरानो नेकशुले होस्, वा हामीले बनाएको होस् वा भविष्यमा आउने नेकशुले होस्, यसले सबैलाई सम्मान गर्नुपर्दछ । कुनै एउटा समूहलाई 'तँचाहिँ राजा' भन्न पाइँदैन । एकथरी मित्रहरूले 'तिमी श्री ५ भयौ है' भन्ने भूल गरे । नेपालभित्रका मात्र होइन, बाहिरका नेपालीहरूसमेत प्रभावित हुने किसिमबाट निर्णय गर्नु उचित होइन । नेपाली भाषालाई स्तरीकरण गर्ने भनेर २०३४-३५ सालदेखि अभियान चलाइयो, अहिले आएर त धमाधम आँखा चिम्लेर जे मन लाग्यो त्यही गर्न थालेका छन् 

हिज्जे र वर्ण विन्यासमा विवादको बीउ २०३५ सालमै रोपिएको हो भनिन्छ नि ?
ती अभियन्ताहरूले के कुरो बुझेनन् भने, नेपाली भाषा कसैको मातृभाषा होइन । त्यसबेला यसबारे कसैले अध्ययन गरिसकेका थिएनन् । एउटा कुरा हामीले बिर्सनु हुँदैन, नेपाली भाषा कसैको मातृभाषा होइन । यो नेवारको पनि भाषा हो, खसको पनि हो, गुरुङको पनि हो । नेपाली चार जात छत्तीस वर्णको साझा भाषा हो । यो गाउँगाउँमा फेरिँदै जाने भाषा होइन । खोलावारि एक रूप, खोलापारि अर्को रूप हुने भाषा होइन नेपाली । जब मैले 'खस जातिको इतिहास' को अनुसन्धान गर्न भनेर त्रिविको प्राध्यापनबाट स्वैच्छिक अवकाश लिएर कथ्य र लेख्य नेपालीबीच अन्तरका बारेमा सोच्न थालेँ, अनि छक्क परेँ, ज्यादै खित्का छाडेर हाँसेँ, रमाएँ । त्यो किनभने, कुनै पनि लेख्य भाषा कुनै जातिको कथ्य हुन सक्दैन रहेछ । कुनै तमसुकको भाषा कुनै नेपालीको घरमा बोलिन्छ र ? नेपाली कसैको मातृभाषा हो भने किन 'ह्याँ बस्नुस्' भन्छ पोखरा, 'यैँ बस्नुस्' भन्छ काठमाडौँ, 'यीँ बस्नुस्' भन्छ पूर्व ? तीन क्षेत्रमा एउटै प्रचलित शब्द 'यहीँ' का तीन रूप किन ? यो वास्तवमा भाषिकागत रूप हो । राष्ट्रिय भाषालाई कसैको मातृभाषा भन्दा त्यो भाषाको अपमान ठहरिन्छ 

उसो भए छेत्री-बाहुनको मातृभाषा के हो ?
खस कुरा । त्यही भएर त छेत्री-बाहुनले पनि आफूलाई जनजाति स्वीकार गर्नुपर्‍यो भन्दै आएको हुँ मैले । नेवार, गुरुङ जनजाति हुन् भने खस किन जनजाति होइनन् ? छेत्री-बाहुन नेवार जातिमा पनि हुन्छन् । नेपाली भाषा मगर सम्राट् नागराजको काखमा जन्मेको हो । त्यसैले नेपाली भाषा खस जातिको मात्रै होइन 

डा. तारानाथ शर्मा र तपाई, डा. कुमारबहादुर जोशी, मुकुन्दशरण उपाध्याय र कृष्णप्रसाद पराजुलीजस्ता लामो समयसम्म एकदमै फरक-फरक मत लिएर हिँडेका व्यक्तित्वहरू अहिले एक ठाउँमा आउन कसरी सम्भव भयो ?
नेपाली भाषा नेपालीमात्रको प्राण रहेछ । नेपाल राष्ट्रको मुटु यही भाषा रहेछ । नेपाली भाषा जबसम्म रहिरहन्छ, तबसम्म यस राष्ट्रमा रहेका जाति-समुदायको अस्तित्व रहन्छ । नेपालीभाषीहरूबीच फुट ल्याउन खोजिएको भेउ पाएर हामी एक ठाउँ आएका हौँ । कुनै नेपाली लेखक एक कोसको शब्दलाई पनि एउटै डिकोमुनि लेख्छु भन्ला, कुनैले चाहिँ एक बित्ताको शब्दलाई पनि अलग-अलग डिकोमा लेख्छु भन्ला । कसैले 'शहर' लेख्ला, कसैले 'सहर। यी दुवैको धारणालाई सम्मान गर्दै नेपाली भाषालाई बचाउन, बीचको बाटो पहिल्याउन हामी अगाडि सरेका हौँ । नेपाली भाषालाई फुट्न नदिन 'ललितपुर प्रस्तावना' ले ऐतिहासिक कदम चालेको छ 
परम्परालाई अपमान गर्न पाइँदैन, हत्या गर्न पाइँदैन । यो परम्परा नै हाम्रो शिरोभाग हो । कुनै-कुनै आगन्तुक शब्दहरूलाई विकल्पले दुइटै रूपमा चल्न दिनुपर्ने हाम्रो प्रस्तावना सुनेर एकजनाले 'यसबाट झन् अराजकता' आउँछ भने । तर, यो उदारताले अराजकता भित्र्याउँदैन, नेपाली भाषालाई पोषण शक्ति दिन्छ । यस्ता शब्दहरू हद्द भए पाँच सयवटा होलान् । सुदामाको एक मुठी कनिकाजस्ता यति शब्दहरूले पाँच लाख शब्द भण्डारको नेपाली भाषामा कसरी अराजकता ल्याउँछन् ? कसरी भाँडभैलो गर्छन् ? यस्तो राजनीतिक राग नअलापौँ । सुदामाको कनिका स्वीकार गर्दा कृष्णको महानता झन् बढेको होइन ? नेपाली भाषा विशुद्ध रूपमा राजमार्ग हो, हामी यसका यात्री हौँ । यसलाई गोरेटो नबनाऔँ 

नयाँ राजमार्गमा चाहिँ त्रिविका गुरुहरू सहयात्री हुन आएका छैनन् नि ?
हामीले आफूभन्दा प्रबुद्धहरूलाई सम्मान गरेका छौँ । माया गर्नुपर्नेलाई माया गरेका छौँ । कसैको मन दुखाएका छैनौँ, अनि उहाँहरू आउनुहुन्न भन्ने कुरै छैन । उहाँहरूको दिलमा पनि त नेपाली भाषाको कुभलो गरौँ भन्ने छैन नि । उहाँहरूलाई अहिले कुर्सीको गाँजाले लठ्याएको छ । कुर्सीको गाँजाको नशा लागेको मानिसले कर्तव्य-अकर्तव्य के हो भन्ने बिर्सेको हुन्छ । एकै दिनमा पाँचवटा बैठक हुन्छन्, कुन भ्याउनु, कुन भ्याउनु ? गयो, सही गर्‍यो, हिँड्यो । सही के-केमा गरिन्छ गरिन्छ । त्यसैले उहाँहरूले गरेका भाषिक कुकार्यमा उहाँहरूको प्रतिभाको दोष छैन, कुर्सीको दोष छ 

नेपालीका शिक्षकहरूले हिज्जेलाई विद्यार्थीको योग्यताको कसी मान्ने परम्परा बसाएका छन् नि ?
हिज्जे कण्ठ पारेपछि त्यसै विद्वान् भइहालिन्छ भन्ने कमजोर मानसिकताले काम गरेपछि यस्तै हुन्छ । यो ठूलो भ्रम हो, भूल हो 'भूल' लाई दीर्घ लेख्ने कि ह्रस्व लेख्ने, विद्यार्थीलाई विकल्प रोज्न दिनुपर्दछ । अर्थभेदक शब्दलाई चाहिँ नियममा बाँध्नुपर्दछ । जस्तोः 'फूल' ले देवीदेवताको पूजा गरिन्छ, 'फुल' ले पेटपूजा गरिन्छ । देवी गुह्येश्वरीलाई भने ह्रस्व पनि चढ्दछ, दीर्घ पनि चढ्दछ । अब कुनै विद्यार्थी गल्ती नै गरिहाल्यो भने पनि कठोर बन्नु हुँदैन । हिज्जेमा शत प्रतिशत गल्ती छ, तर उत्तर दिने शिल्प राम्रो छ, विषयवस्तु र पूर्वापर क्रमको ज्ञान छ, विचार प्रवाह सन्तुलित छ भने पनि त्यस्तो विद्यार्थीले 'डिस्टिङ्सन' मा उत्तीर्ण हुन पाउनुपर्दछ । हिज्जेका कारणले १० भन्दा बढी नम्बर काट्नु हुँदैन । हिज्जे शत प्रतिशत राम्रो छ, तर लेख्नुपर्ने कुराहरू शत प्रतिशत छोडेको छ भने त्यो विद्यार्थीलाई १० भन्दा बढी नम्बर दिनु हुँदैन । केही नजान्ने विद्यार्थीलाई पास गराउने गुरु पनि नरकको खाडलमा पर्दछ 

भाषा परिवर्तनशील हुन्छ भनिन्छ । त्यो परिवर्तन प्रयोगबाट हुँदै जाने हो कि कसैले नियम बनाइदिएर ?
कथ्य भाषाचाहिँ द्रुतगामी हुन्छ । कथ्य भाषामा ५० वर्षपछि कति परिवर्तन आउँछन् भनेर हामी कल्पना पनि गर्न सक्दैनौँ । लेख्य भाषाचाहिँ अड्डी लिने खालको हुन्छ, जस्तोः तमसुक वा भर्पाईको भाषा । त्यसैले लेख्य भाषा कसैको मातृभाषा हुन सक्दैन । तर लेख्य भाषाका उच्चार्य र लेख्य दुई भेद हुन्छन् । जस्तो लेखिन्छ त्यस्तो उच्चारण नहुन पनि सक्छ । जस्तोः 'कहाँ' लाई 'काँ' भनिन्छ, 'साठी' लाई नेवारहरू 'साथी' भन्छन् । लेख्य भाषालाई एउटा निश्चित स्तरमा राख्नुपर्दछ । यसका लागि शिक्षक-विद्यार्थीलाई तालिमको व्यवस्था हुनुपर्दछ । स्तरीय नेपालीमा उच्चारण, उच्चारण भेदबारे शोध हुनुपर्दछ 'कतातिर जाने ?' 'खोलाको तीर' मा 'तिर' 'तीर' को भेद उच्चारणमा पनि देखिनुपर्दछ, लेखाइमा मात्रै होइन । साहित्यिक नेपाली वा नेपालीको लेख्य भेद वा स्तरीय भाषिकाले एक शताब्दीपछि अलिकति कोल्टे फेर्ला, दिनका दिन कोल्टे फेर्ने वा फेर्न लगाउने अनुमति कसैलाई छैन । स्तरीय लेख्य परम्परा भाषिक स्वर्ग जाने बाटो हो 

तर नेपाली भाषाका अधिकतर गुरु, वैयाकरण, कोशकारहरूले हिज्जे, पद योग वा वियोगका नाममा लेख्य भाषालाई कोल्टे फर्काउन ऊर्जा लगाइरहनुको कारण के हुन सक्छ ?
तिनीहरूले नेपाली भाषालाई अझै आफ्नै घरमा बोल्ने भाषा ठानिरहेका छन् । अहिले म बोलिरहेको छु, कति मुस्किल परिरहेको छ मलाई । किनभने 'अहिले' भन्नु परिरहेको छ । स्वर मध्यगत महाप्राण ध्वनि नेपालीमा स्वतः अल्पप्राणीभूत हुने नियमका कारण 'अहिले' लाई 'ऐले' भन्ने अनुमति त म पाउँछु । बहिनी- बैनी, कहिले- कैले, पहिले- पैलेमा पनि यही नियम लागू हुन्छ, तर सबै शब्द यस्ता हुँदैनन् । अनि परेन बोल्न सकस ? कसैले बोल्दा 'घर बढार्' भन्छ भने त्यसले स्तरीय नेपाली बोल्न नजानेको बुझ्नुपर्दछ, बोल्दा 'घर बडार्' हुन्छ '' को उच्चारण किन '' भयो भन्नेबारेमा तालिम दिनुपर्दछ । खै तालिमको व्यवस्था ?

भाषा जसरी बोलिन्छ, त्यसरी लेख्नुपर्छ भन्नेहरू पनि त छन् ?
नेपाली कसैको मातृभाषा होइन भन्ने नबुझेकाहरूको बोली हो यो । पश्चिमको मान्छेले 'क्यार्ने त नि ?' भन्छ । त्यो नेपाली होइन, खसकुरा हो । रौसी (रक्सी), जाम् (जाउँ/जाऔँ), गाम (गाउँ) पनि खसकुरा नै हुन् । यस्ता शब्दहरू राखेर कसैले पत्रिका निकाल्दैमा पुस्तक छाप्दैमा ती नेपाली भाषाका हुँदैनन् 
प्रकाशित : वैशाख २४, २०६९ ०९:२१

Tuesday, July 16, 2019

राणा शासनको वृतान्त

राणा शासनको वृतान्त, प्रमोदशमशेर राणा
भारतमा विदेशी शक्तिहरूको दवदवा बढिरहेको समयमा हिमालको दक्षिणपटटिको साना साना राज्यहरू अ।पससमा लडन्त र भिडन्त गर्नैमा व्यस्त थिए । आफ्नो दक्षिण तर्फ के कसो भई रहेको छ त्यसमा यिनिहरूलाइ कुनै चासो थिएन । सन् १७४३ अप्रिल ३ मा पृथ्वीनारायण शाह गोरखाको गद्दीमा बसे । त्यसबखत गोरखा एउटा सानो राज्य थियो । अब गोरखालाई कसरी एउटा विशाल र शक्त्तिशाली बनाउन सक्छु भन्ने कुरा यिनको मनमा खेल्न थाल्यो । सर्वप्रथम आफ्नो वरपरका छिमेकी राज्यहरू र दक्षिणपटटिका भारतको परिस्थितिसमेत के कस्तो रहेछ बुझन परयो भनी यिनी काशी गए । त्यस बखत काशी नगरीमा विद्वानहरूको ठुलो जमघट हुन्थ्यो । यसका अतिरिक्त त्यहाँ शिक्षादिक्षा प्राप्त गर्न र व्यापार गर्न समेत भारतमा विभिन्न भागबाट अनगिन्ती मानिसहरू भेला हुन्थे । त्यसबखत काशी भारतको एउटा ठुलो व्यापारिक केन्द्रसमेत थियो । पैसा भए त्यहाँ नपाइने केही थिएन । अनेक प्रकारका आधुनिक हातहतियार र गोलीगटठासमेत गुप्तरूपमा बेचबिखन गर्ने सौदागरहरू त्यहाँ जम्मा हुन्थे ।
केही दिन काशी नगरीमा बसेर पृथ्वीनारायण शाहले विभन्न किसिमका मानिसहरूसंग भेटघाट गरी भारतवर्षको राजनितिक तथा सामाजिक स्थिति थोरबहुत बुझे । अवध तथा बंगालका नवावहरू, मरहठठा सरदारहरू र मुगलबादशाहसमेतको हालत खस्कदै गएको र समुद्रपारबाट आएका अंग्रेजहरु दिनदिनै बलियो हुदै गएको कुरा यिनले चाल पाए । अनि आफुसंग भएको पैसाले भ्याएसम्म हातहतियार किनेर उनी स्वदेश फर्के ।
उत्तर भारतमा समेत विदेशी शक्तिले हात फिजाउन लागेको समयमा हिमालको काखमा साना राज्यहरू आपसी कलहमा नै व्यस्त थिए । बाहिरी दुनियाँको यिनिहरूलाई केही मतलब थिएन । पृथ्वीनारायण एकजना यस्ता व्यक्ति निस्के जसले भित्र र बाहिरको कुरा थोरबहुत बुझन सके । अहिले यी साना राज्यहरूलाई एउटै धागोमा गाँसेर एउटा बृहत राष्ट्र निर्माण गर्न नसके भोलि हामीकसैको अस्तित्व रहन्न भन्ने कुरा यिनले मनन गरे । त्यस बखत काठमाण्डौमा जयप्रकाश मल्ल राजा थिए र भक्तपुर, ललितपुर र मकवानपुर छुटटा छुटटै राज्य थिए ।
अवधका नवाब बजीर बिहार प्रदेशको ठुलो भूभागलाई आफनो अधिनको प्रान्त मान्थे र त्यो भूभागबाट मालपोत तहसिल गर्न बेला बखतमा आफनो फौज समेत पठाउँथे । त्यसबखत मकवानपुरको विहार संग सिमाना जोडिएकाले मकवानपुरे राजा अवधका नवाबसंग राम्रो मित्रता राखेर बसेका थिए । सन १७६२ मा पृथ्वीनारायण शाहले मकवानपुर कब्जा गरेपछि त्यहाँका राजा भागेर बेतियामा बसे । त्यसै समयमा बंगालका नवाब मीर कासिम सदलबल त्यहाँ आइपुगेकारहेछन् । मकवानपुरे राजाले उनि संग फिराद गर्दै गोरखालीले आफनो राज्य हडपेको गाथा सुनाए । आफनो केही स्वार्थपुर्तिसमेत हुने देखेर मीर कासिमले मकवानपुरबाट गोरखालीलाई खेदनू भनि आफना करिब तिन हजार फौज पठाए । सन १७६३ जनवरीमा कासिमको फौजसंग गोरखाली सेनाको मुठभेट भयो । यो युद्धमा नवाबको फौज नराम्रोसंग हारेर हतियारसमेत फालेर भाग्यो । यो युद्धमा विजयी भएपछि गोरखाली फौजको हौसला निकै बढयो । अब काठमान्डो उपत्यका कब्जा गर्ने समय आयो भनी गोरखालीहरूले चारैतर्फबाट नाकाबन्दी गर्ने अभियान तीब्र पारे ।
श्रोतः राणाशासनको वृतान्त, प्रमोदशमशेर राणा

नाकाबन्दीबाट पीडित भएका काठमाण्डौका राजा जयप्रकाश मल्लले शत्रुको शक्ति राम्रोसंग लेखाजोखा गरी आफनो फौजी तागतले मात्र भ्याउन सकिदैन यसैले यस्तो अवस्थामा कम्पनि सरकारबाट सैनिक मद्यत प्राप्त गरेर मात्र गोरखालीलाई हटाउन सकिन्छ भन्ने विचार गरे र पटनास्थित कम्पनिका अधिकारीहरुसंग वार्तालाप गर्न आफना दूत त्यहाँ पठाए । पटनास्थित कम्पनिका अधिकारीहरुले काठमाण्डौका राजाका दूतबाट सबै बेहोरा बुझी कलकत्तास्थित गभर्नर जनरल कहाँ जाहेरी पठाए । गोरखालीहरुको नाकाबन्दीबाट तिब्बततर्फको आफनो व्यापारिक स्वार्थमा समेत केही धक्का पर्न सक्ने सम्भावना देखेर कम्पनी सरकारले गोरखालीलाई तुरुन्तै नाकाबन्दी हटाउनु अन्यथा हामी हमलासमेत गर्न सक्छौं भनी कडा चेतावनी दिए । साथै कप्तान जी.किनलक (न्। प्ष्लयिअप)को नेतृत्वमा एउटा सैनिक दललाई सिमानामा सतर्क गराएर राखे ।
किन्लकले आफना चरहरुबाट गोरखालीको सामरिक शक्ति, उपत्यकाका राजाहरुको फौजी तागत र नेपालका बाटोघाटो बारेमा यथासम्भव जानकारी प्राप्त गरे । अहिल्यै गोरखलीको वेगलाई नरोके यिनीहरुले पूरा उपत्यका चाँडै नै कब्जा गर्नेछन् भन्ने गोप्य प्रतिवेदन कलकत्ता पठाए । यिनको प्रतिवेदन प्राप्त भएपछि गभर्नरले नेपालमाथि तुरुन्त हमला गर्नू भन्ने आदेश दिए ।
सन् १७६७ जुन महिनामा दुई हजार चार सय जति फौजको नेतृत्व गर्दै कपतान किनलक नेपाल अभियानकालागी प्रस्थान गरे । जुन महिनको कडा गर्मी, त्यसमा मुसलधारै वर्षा, अनकन्टार जंगल र पहाडी बाटोको हिडाई समेतले गर्दा अंग्रेजको फौज लखतरान भइसकेको थियो । त्यसै बखत औलोको ज्वरोको प्रकोपले गर्दा धेरै सैनिक थला पर्दा किनलकले ठुलो कठिनाइको सामना गर्नु परयो । यस्तो अवस्था परेकै बखत सिन्धुलीमा गोरखाली फौजसंग घमासान युद्ध भयो । यो युद्धमा कम्पनीको फौज पराजित भयो र रहेबचेका सैनिकहरुलाई आफनो साथमा लिएर कप्तान किनलक पछि हटन बाध्य भए । त्यहाँबाट फर्कने क्रममा बारा पर्साको समथल भूमिमा पुगेपछि बल्ल यिनले विश्राम गर्न पाए र त्यहीं नै अस्थायी किल्ला बनाएर बसे ।
सिन्धुलीमा कम्पनीको सेना हारेर भाग्यो भन्ने खबर काडमाण्डौ उपत्यकामा आँधीको वेगमा पुग्यो । यो खबर सुने पछि त्यहाँका राजाहरुको मनोबल गिरयो । गोरखालीहरु भ्ने यो विजयबाट अत्यन्तै उत्साहित भए । अब काठमाण्डौ हान्ने उपयुक्त समय आयो भनी पृथ्वीनारायण शाहले निर्णय गरे । सबै कुरा ठीकठाक भएपछि सन् १७६८ सेप्टेम्बर २६ को राति इन्द्रजात्राका अवसर पारेर गोरखाली फौज काठमाण्डौ नगर भित्र पसी राजधानी कब्जा गर्न सफल भयो । राजा जयप्रकाश मल्ल आफना अनुयायीहरुलाई साथमा लिई पाटनतर्फ भागे । त्यसै राति पृथ्वीनारायण शाह हनुमानढोका अगाडी डबलीमा राखिएको सिंहासनमा बसे । गोरखालीले काठमाण्डौ कब्जा गरयो भन्ने खबर सुनेर पाटनको सरकार आत्तियो र आत्मसमर्पण गरयो । भक्तपुरले भने दुई महिना सम्म पनि पृथ्वीनारायण शाहको आधिपत्य स्वीकर गरेन । काठमाण्डौ तथा पाटनबाट भागेर गएका राजा तथा अन्य व्यक्तिहरुलाई समेत भक्तपुरका राजाले आश्रय दिए । तस स्थितिमा बल प्रयोग गरेरै भक्तपुर कब्जा गर्नुपर्ने देखी हमला गरे । मामुली संघर्षपछि त्यहाँका राजाले आत्मसमर्पण गरे । यति भएपछि पूरा उपत्यका गोरखालीको अधीनमा आयो । पृथ्वीनारायण शाहले कल्पनागरेको विशाल नेपाल अधिराज्यको जग हालियो ।

बारा पर्सामा अस्थायी किल्ला बनाएर बसेका कप्तान किलकले त्यहाँको तलहटी प्रदेशबाट मालपोत तहसीलसमेत गर्न थाले । यो तलहटी अघि मकवानपुर राज्यको थियो र त्यो राज्य नेपालमा गाभिइसकेकाले त्यहाँको पोत उठाउने अधिकार स्वतः नेपालकै भइसकेको थियो । यसैले त्यहाँको मालपोत उठाउने कुरामा अंग्रेजहरुसंग केही विवाद भयो । यसै बेला मकवानपुरका राजाका एकजना पुराना कर्मचारी पृथ्वीनारायण शाहककाँ हाजिर भई सबै कुरा विस्तारमा सुनाए । मालपोत अघिदेखी मकवानपुरले नै उठाउँथ्यो तर अवधका नवाबलाई नजराना स्वरुप एउटा हात्ती प्रत्येक वर्ष यहाँबाट पठाउने गरेको कुरा जाहेर गरे । अंग्रेजसंग कुराकानी गर्न यिनै कर्मचारीलाई आफनो गुमस्ता बनाएर पृथ्वीनारायण शाहले पटना पठाए । पटनामा यिनले त्यहाँका अधिकारीसंग कुराकानी गरेपछि पुरानो बाँकी केही पोत उठाएर अंग्रेजलाई बुझाईदिने र एउटा हात्ती पनि साविकबमोजीम दिने भन्ने निर्णय गरी यो विवाद समाधान गरियो ।
सन् १७७५ जनवरी ११का दिन राजा पृथ्वीनारायण शाहको देहावसान भयो र नियमबमोजिम जेठा छोरा प्रतापसिह शाह गद्दीमा बसे । यिनले सबै छिमेकी राष्ट्रहरुसंग सुसम्बन्ध राख्न चाहे । यसै क्रममा उत्तरतर्फको छिमेकी राष्ट्र तिब्बतमा दूतहरु पठाए । तिब्बतसंग सुसम्बन्ध कायम राख्ने उद्येश्यले सन् १७७५ मा खासामा दुवै थरीले एउटा सन्धिपत्रमा हस्ताक्षर गरे । यस पछि दुई देशमा चलनचल्ती भई राखेका सुन चाँदीका सिक्काहरुमा कमसल धातु प्रयोग नगर्ने र व्यापारिक प्रयोजनका निम्ति सुनचाँदी लिएर ओहोरदोहोर गर्ने गोसाइँ तथा अरु विदेशीहरुलाई कुती र केरुङको मार्ग मात्र प्रयोग गर्न दिइने निर्णय भयो ।
दक्षिणतर्फबाट बलिष्ठ छिमेकी कम्पनीसंग पनि अरु राम्रो सम्बन्ध राख्न नेपाल सरकारले चाह्यो । त्यस बखत सन्यासी भेषधारी उपद्रवी जमातहरुले हरिद्वार देखी लिएर नेपालको मोरङ जिल्लासम्म पनि आएर लुटमार मच्चाई जिल्ला अधिकारीलाई आच्छुआच्छु पारेका थिए । यस्ता लुटेराहरुलाई नेपालभित्र प्रवेश गर्नै दिदैनौ र कदाजित हाम्रो प्रदेशमा यिनीहरुलाई फेला पारेमा तिनीहरुलाई पक्राउ गरी कडा कारवाही गर्नेछौं भनी नेपालले कम्पनी सरकारलाई पठाउँदा उनीहरुले यो कुराको स्वागत गरे । गभर्नर जनरलले पनि नेपालसंग मित्रता बढाउन चाहेर सप्तरीदेखि मोरङसम्मका केही विवादित भूमिमा आफनो दावी छोडि दिने निर्णय गरे ।

सन् १७७५ मे २५ मा दरवारमा युवराज पैदा भए । युवराजको नाम रणबहादुर शाह राखियो । युवराज अढाइ वर्ष मात्र पुगेका बखत सन् १७७७ नभेम्वर १७ मा राजा प्रतापसिह शाहको देहवसान भयो । नियम अनुसार बालक रण बहादुर शाह राजा घोषित गरिए र उनकी माता राजेन्द्रलक्ष्मीलाई नायवी पदभार दिइयो । राज्य संचालन गर्ने कार्यमा सहयोग लिन यिनले बहादुर शाहलाई झिकाएर ल्याई प्रशासन कार्यको केही जिम्मेवारी उनलाई दिइन् । तर केही दिनमै देवर भाउजुको कुरा मिलेन र यिनले बहादुर शाहलार्य पदच्यूत गरी कैद गरिन् । तर कोमल दिल भएकी महरानीले केही दिनपछि बहादुर शाहलाई कैदबाट मुक्त गरिन् । कैदबाट मुत्m भएपछि बहादुर शाहले एउटा षडयन्त्र गरी महारानीको चालामाला ठीक छैन भन्ने अभियोगसमेत लगाएर उनीलाई बन्दी बनाई आफु देशको हर्ताकर्ता बने ।
बन्दीगुहमा राखिएकाी महारानी राजेन्द्रलाक्ष्मी त्यसै चुपलागेर कैदमा बस्ने खालकी नारी थिइनन् । यिनले कैदखानाभित्रैबाट आपना केही सहयोगीहरुसंग सम्पर्क राखी आफना ससुरा पर्ने चौतरियाहरुसंग सहयोग मागिन् । चौतरिया महोद्दामकीर्ति शाह यिनको फिराद सुनेर तुरुन्तै काठमाण्डौं आइपुगे । त्यहाँ भारदारी सभा बोलाएर महारानी निर्दोष छिन् भन्ने सावित राई उनलाई कैदबाट मुक्त गराए । महारानी छुटनासाथ बहादुर शाह लागायत यिनका विरोधीहरु यहाँबाट कुलेलम ठोकी कम्पनी सरकारको सरहदमा पसे । तर केही समयपछि महारानीलाई क्षयरोगले च्याप्दै लग्यो र यिनी चाँडै परलोक भइन् ।यस बखत पनि राजा रण बहादुर शाह नाबालककै थिए । अब देशको शासन कसरी चलाउने भन्ने विषयमा छलफल गर्न भारदारी सभा बोलाइयो । यस्तो विषम परिस्थितिमा राज्यशासन ंचलाउन बहादुर शाहलाई नै झिकाउनु पर्छ भन्ने धेरैको राय भएको हुँदा उनैलाई बोलाएर जिम्मेवारी सुम्पियो । राज्यको बागडोर आफनो हातमा पर्नासाथै यिनले आफना विपक्षी भारदारहरुको दमन गरे । यति गरेपछि राज्य विस्तार गर्छु भनी कम्मर कसेर लागे ।

उत्तरतर्फको छिमेकी राष्ट्र तिब्बतमा यसै बखत एउटा ठुलो मठमा मठाधीश खबली भयो र त्यो पदकालागी दई सम्प्रदायका लामाहरुमा ठुलोहानथाप भयो । ती दुईमध्यका एउटालाई चीनले समेत मान्यता प्रदान गरी पन्चेनलामाको नायबसमेत तोकेको रहेछ । चीनले मान्यता दिइराखेको दुम्का टुल्कु लामाको विराधी त्यसै मठमा अर्काे सम्प्रदायका लामा समर दुर्पा थिए । समर दुर्पालाई आफनो केही विशेष स्वार्थले प्रेरित भएर नेपालले समर्थन दियो । तर आफनो देशमै यिनको ठुलो विरोध हुँदा यिनि त्यहाँ टिक्न नसकेर मठको ठुलो धनराशि गुटमुटाएर आफना केही अनुयायिहरु साथमा लिई नेपालमा शरणलिन आईपुगे । नेपालले दायाँबायाँ केही विचारै नगरी यिनिहरुलाई तत्काल शरण दिई बस्ने व्यवस्थासमेत मिलाइ दियो । यो कुरामा तिब्बतसंग खटपट भयो र विवाद बढदै गई युद्ध भयो । सन् १७८८ को जुलाईमा नेपाली फौजले तिब्बतमा हमला गरी कुती कब्जा गरी दिगार्चामा पनि दखल गरयो । अर्को दलले दार्जिलिङ कब्जा गरी नेपालको सीमा टिस्टा नदीको किनारसम्म पुरयायो । यो समाचार सुनेपछि बहादुर शाह निकै खुशी भए । तर यस्तो सानो कुरामा विवाद बढाएर तिब्बतमाथि हमला गर्दा बर्को ठुलो राष्ट्र चीनको प्रतिक्रिया कस्तो होला भन्ने कुरा त्यसबदतका नेपाली प्रशासकहरुले सोच्न सकेनन् ।
तिब्बतले सकभर वार्ता गरेर विवाद सुल्झाउने चाह्यो । दुई देशका प्रतिनिधिहरुले आपसमा छलफल गरी सन् १७८९ मा केरुङमा एउटा सन्धि भयो । यो सन्धिमा तिब्बतले नेपाललाई प्रत्येक वर्ष केही चाँदी दिने र नेपाली फौज तिब्बतको भूमिबाट तुरुन्त फर्कने भन्ने भयो । यो सन्धि गर्ने तिब्बती अधिकारीहरुले सन्धिमा भएका सबै कुराको विस्तृत जानकारी दालाई लामासमेतलाई नदिएर सबै काम गुपचुपमै गरेका रहेछन् । यिनिहरुले नेपाली फौज अब तिब्बतमा कहिल्यै पस्नेछैनन् भन्ने व्यहोरा मात्र दालाई लामा र ल्हासा स्थित चीनका प्रतिनिधिलाई गराएका रहेछन् । दोस्रो वर्ष सन्धि बमोजिम नेपालले चाँदी माँग गरयो । अब चाँदी बुझाउने अवस्था परे पछि त्यहाँ खलबल भयो । अनि बल्ल तिब्बती अधिकारीहरु विवश भई यथार्थ विवरण दलाई लामामा जाहेर गर्न बाध्य भए । चाँदी बुझाउने सर्त हामीलाई मान्य हुदैन भनी दलाई लामाले अडान लिए । नेपालले सन्धि बमोजिम चाँदी हामीलाई दिनै पर्छ भनि माग गर्दै एउटा प्रतिनिधिमण्डल ल्हासामा पठायो, तर त्यो प्रतिनिधिमण्डल त्यहाँबाट खालीहात फक्र्यो । अब पुनः युद्ध होला होला जस्तो स्थिति आयो । अस अवस्थामापनि शान्तिपूर्वक विवाद टुङग्याउन तिब्बत बाट एकजना अवतारी लामाको नेतृत्वमा एउटा दूतमण्डल नेपालको सीमासम्म आएर थोरबहुत चाँदी हामी दिन्छौं र सर्तबमोजीम पुरै चाहि दिन सक्दैनौं भन्ने प्रस्ताव आख्यो । यसरी कुराकानी भइरहेकै अवस्थामा बम शाह र दामोदर पाँडेको संयुक्त नेतृत्वमा एउटा ठुलो फौज काठमाण्डौंबाट अगाडि बढी तिब्बतको टिंङग्रीमा दखल गरी त्यहाँका शाक्य लामाको एउटा ठुलो गुम्बा बब्जा गरयो । त्यहाँ बाट अघि बढदै जाँदा झुँगामा तिब्बती फौजसंग ठुलौ युद्ध भयो । झँुगाको टक्करमा नेपाली फौजको निकै क्षति भयो र बाध्य भई त्यहाँ बाट पछि हटनु परयो ।

नेपाली फौजसंग एक्लैले मुकाबिला गर्न मुश्किल परेकोले तिब्बत सरकारले आफनो छिमेकी राष्ट्र  चीनलाई गुहारयो । चीनले तुरुन्तै फौजी सहायता प्रदान गर्दै आवश्यक परेमा नेपालमाथि हमलासमेत गर्नु भन्ने आदेश दियो । नेपालमाथि कुटनितिक दबाब दिन कम्पनी सरकार र जुम्ला तथा अन्य साना राज्यहरुलाई समेत नेपाल विरुद्ध तिब्बतलाई सहयोग गर्न चीनले आग्रह गरयो । यी कुराहरु आफना चरहरुबाट थाहा  पाएपछि नेपाल दरबारमा ठुलो खैलाबैला परयो । यस्तो अवस्थामा दुश्मनहरुसंग कसरी सामना गर्ने भन्ने विषयमा छलफल गर्न भारदारी सभा बोलाएर छलफल भयो । अहिलेको परिस्थितिमा कम्पनी सरकार संग मद्दत माग्नु उचित हुनेछ भन्ने निर्णय हुँदा एउटा दूतमण्डल तुरुन्त पटनामा पठाए । पटनाका अधिकारीहरुले नेपालका दूतहरुको कुरा सुने पछि आफना मीर मुन्सीलाई नेपालमा पठाएर यथार्थ स्थिति बुझने प्रयास गरे । अंग्रेजहरुले नेपाल भित्र प्रवेश गरी कीलो गाडने ठुलो अवसर पाए । मीर मुन्सी काठमाण्डुमा आएर विभिन्न अधिकारीहरुसंग भेटघाट र कुराकानी गरेपछि नेपाल र कम्पनी सरकारबीच एउटा वाणिज्य सन्धि गर्ने प्रस्ताव आयो । यो वाणिज्य सन्धिको मस्यौदा पनि तयार भयो । यो सन्धि भएपछि अंग्रेजहरुले नेपाललाई सैनिक सहायता अवश्यै दिनेछन् भन्ने आशा तथा भरोसा बहादुर शाहले राखे । यसै विश्वासमा १ मार्च १७९२ ई.मा वाणिज्य सन्धिमा हस्ताक्षर भयो । तर चीनजस्तो शक्तिशाली राष्ट्रसंग अनायास दुश्मनी मोलेर अंग्रेजहरुले नेपाललाई किन हातहतियार दिन्थे ? उनीहरुले लोलोपोतो मात्र गरेर नेपाललाई अलमल्याएर राख्न खोजे । यसकासाथै नेपालको वास्तविक स्थिति कस्तो छ भन्ने तथ्य पत्ता लगाउन कर्णेल विलियम कर्कप्याट्र्टिको नेतृत्वमा एउटा प्राविधिक टोली पठाउन लर्ड कर्नवालिसले नेपाल दरबारसंग आग्रह गरे । उनको अनुरोध स्वीकार गरी व्रिटीस प्रतिनिधिमण्डललाई नेपाल आउन इजाजत दिइयो । तर यिनीहरुलाई सोझै राजधानीमा नल्याएर अर्कै घुमाउरो तथा विकट मार्गबाट नुवाकोट पुरयाएर त्यहीं रणबहादुर शाहसंग भेट गराउने कार्यक्रम मिलाईयो ।
उता चीनका सेनापति फु काङ आङको नेतृत्वमा अगाडि बढदै आएको चीनको फौज धैबुङसम्म आइपुगी राजधानीनै समेत दखल दिने तम्तयारीमा लागेको सूचना दरबारमा आइपुग्यो । । यी हमलावारहरुलाई त्यहाँ बाट कसरी धपाउने भन्ने रणनिति तयार गर्न दरबारमा अहोरात्र गोप्य छलफल भयो । यस्तो अपठयारो परेको बखतमा भाग्यले नेपाललाई साथ दियो । दामोदर पाण्डेसमेतको नेतृत्वमा गएको फौजले ठुलो बहादुरीकासाथ चीनको फौजसंग बेत्रावती नदीको किनारामा युद्ध गरी उनीहरुलाई हराउँदा चीनको पल्टन युद्ध मैदानबाट पछि हट्न बाध्य भयो । प्रतिकुल मौसम, हिमालयको विकट बाटो र अत्यधिक ठन्डीसमेतले गर्दा चिनीयाँ फौज अस्तव्यस्त भइसकेको थियो । चीन सरकारले पनि यथासम्भव चाँडो काम तामेल गरी फर्क भन्ने आदेश आफनो सेनापतिलाई बारम्बार पठाइरहेको थियो । यसै कारण चीनका सेनापति र नेपाली प्रतिनिधिमण्डलको भेटघाट र पत्राचार भयो । नेपाललाई जसरी पनि झुक्न लगाउँछौ भनी चीनतर्फबाट निकै करकाप भयो । नेपालले केरुङ र कुती लगायत आफुले कब्जा गरेका सवै क्षेत्र फिर्ता गर्ने, अघि तिब्बत संग गरिएको सर्तहरु खारेज गर्ने र समर टुल्कु लामालाई समेत बुझोने भन्ने सर्तहरु मानेपछि मात्र चीनले युद्धविराम गरी फर्कन मन्जुर गरयो । यसकासाथै नेपाल दरवबरबाट प्रत्येक पाँच वर्षमा एउटा शिष्टमण्डल चीनको राजधानी पठाएर चीनका बादशाहको खातिर गर्ने भन्ने कुरा पनि नेपालले स्वीकार गरयो । समर टुल्कु लामा भने आफु दुस्मनहरुका हातमा परेर सास्ती खाएर मर्नु भन्दा आफै मर्नु उत्तम छ भनेर हो कि किन हो उनको मृत्यु बडो रहस्यमय अवस्थामा नेपालमै भयो । यिनको मृत शरीरलाई समेत तिब्बतीहरुले उठाएर लगे ।
तिब्बतसंगको यो रणसङग्राम समाप्त हुन हुन लागेका बखत कर्णेल कर्कप्याट्र्टिको प्रतिनिधिमण्डल नेपालमा आइपुग्यो । नुवाकोटमा पुगेर कर्कप्याट्र्टिले रणबहादुर शाहसंग शिष्टाचार भेट गरी त्यहाँ वरिपरि घुमेर स्वदेश फर्कने क्रममा काठमाण्डौं आएर केही दिन विश्राम गरे । उनको दलले सकेसम्म र आफुले भ्याय सम्म नेपालका मुख्य मुख्य नाकाहरु त्था सामरिक महत्तवका स्थानहरुको नक्सा बनाएर स्वदेश फर्के ।
साभारः प्रमोदशमशेर राणा, राणाशासनको वृतान्त

७. सन् १७९४ मा रणबहादुर शाह अठार वर्ष पुरा भई वालिग भए । राजाको उमेर पुुगे पछि नायब स्वतः खारेज हुने परम्परा हुँदा बहादुर शाह नायव पदबाट हटाइए । राजाका हातमा सम्पूर्ण राजकीय शक्ति आयो र कार्य संचालन गर्न नयाँ भारदारी गठन भयो ।
रणबहादुर शाह एकदम जिद्दी तथा उद्दण्ड स्वभावका थिए । आफनो मनमा कुनै काम गर्ने इच्छा लाग्यो कि दायाँ बायाँ केही विचारै नगरी त्यो काम गरिछाड्थे । उनलाई चाहिदो नचाहिदो कामकाज गर्न उक्साएर आफनो नीहित स्वार्थ पूर्ति गर्न चाहने भाइभारदारहरुको पनि कमी थिएन । राजराजेश्वरी र सुवर्णप्रभा दुइटी विवाहिता महारानी थिइन् र सुवर्णप्रभाबाट छोरा पनि जन्म भइसकेको थियो । रणबहादुर शाह अत्यन्त कामुक व्यक्ति थिए र सुन्दरी देखेपछि हुरुक्कै हुन्थे । एक दिन पशुपतिनाथको मन्दीरमा गएको बखत यिनको नजर त्यहाँ तीर्थ गर्न आएकी एउटी नवयौवना मैथिली विधवा ब्राह्मणीमाथि परयो । यिनलाई देख्नासाथ पहिलो नजरमै कामदेवको वाण लाग्यो । विनी विचलित भएर छटपटाउन थाले र जसरी भए पनि ती विधवालाई राजदरवारमा ल्याएर रानी बनाउँछु भनी हठ गर्न लागे । राजइच्छा भएपछि जे गरिबक्से पनि हुन्छ, विधवा हुन् वा ब्राह्मणी, केही फरक पर्दैन भनी शेरबहादुर शाह लगायत केही चौतरिया तथा भारदारहरुले राजालाई अरु उकासे । विधवा कान्तवती पनि कम हठी थिइनन् । मसंग रीतपूर्वक विवाह गरी मेरो कोखबाट भविष्यमा पैदा हुने छोरालाई गद्दीमा बसाउँछु भनी राजाले प्रतिज्ञा गर्छन् भने मात्र म उनीसंग विवाह गर्छु भन्ने सर्त राखिन् । कामान्ध भएका राजाले कान्तवतीको प्रस्ताव सहर्ष स्वीकार गरी बचन दिइहाले । अनि बल्ल कान्तवतीलाई राजी गराएर गोरखा दरवारमा लगी विवाह गरे ।
कान्तवतीसंग विवाह गरेपछि रणबहादुर शाहले आफना दुई जना महारानीहरुलाई पाखा लगाए । विधवा ब्राह्मणीसंग विवाह गरेको कुरा नरुचाएको कारणसमेतले गर्दा बहादुर शाहलाई अवकाश दिइयो । शेरबहादुर शाहसमेत अन्य केही भारदारहरुले यिनको खेदो खनी उनले अघि चीनका बादशाहलाई लेखेको एउटा पत्र अम्बानमार्फत् प्रकाशमा ल्याउसन लगाएर त्यसै कुरामा बहादुरशाहलाई अभियोग लगाई कैद गरे । सन् १७९७ जुलाई ९ मा अत्यन्तै शङकास्पद अवस्थामा यिनको मृत्यु भयो ।
सन् १७९७ अक्टोबर १ मा कान्तवतीको कोखबाट पुत्र पैदा भयो र गीर्वाणयुद्ध वीरविक्रम नामकरण गरियो र यिनलाई युवराज पदवी प्रदान गरी गद्दीको उत्तराधिकारी घोषित गरे । यिनी जन्मेको एक वर्ष पुग्दा नपुग्दै रानी कान्तवतीमा क्षयरोगको लक्षण देखा परयो । उनको उपचारकालागी धेरै वैद्य, झाँक्री, धामी आदि बोलाइए र तिनीहरुले सकेसम्म उपचार गरे तर रानीलाई केही फाइदा भएन । राजाले ठुला ठुला भाकल गरी देवदेवीको पूजाअनुष्ठानसमेत गरे गराए । तर रानीको व्यथा घटेन । अब म रहन्न भनी रानीले हरेस खाइन् र आफु जीवित छँदैमा छोरालाई गद्दीमा बसाउँछु भनी राजामाथि ठुलो दवाब दिन थालिन् । मेरो शेषपछि मेरो छोरालाई भाइ भारदारहरुले राजा हुन दिदैनन् कि भन्ने शङका उपशङका यिनको मनमा आउन थाल्यो । छोरो राजगद्दीमा बसेको हेरेरै मात्र म देहत्याग भनी यिनी हठ गर्न लागिन् । भाइ भारदारहरुले राजा र रानीको भित्री आशय बुझी युवराज गीर्वाणयुद्धलाई राजगद्दीमा अहिल्यै राखेमा हाम्रो मन्जुरी छ भनी भर्मपत्र लेखी चढाए । यति भएपछि रणबहादुर शाह योगीको भेष धारण गरी पशुपतिमा बस्छु भनी तयार भए ।
सन १७९९ मार्च २३ को शुभमुहुर्तमा गीर्वाणयुद्ध बीरविक्रम शाहलाई राजा घोषित गरी श्रीपेच पहिराइयो र जेठा महारानी राजराजेश्वरी नावब भइन् । रणबहादुर शाह गेरुवा वस्त्र लगाएर कान्तवतीका साथमा पशुपति क्षेत्रमा बस्न गए ।
साभारः राणाशासनको वृतान्त, प्रमोदशमशेर राणा

किरातको इतिहास : को हुन् किरात राई ?

  किरातको इतिहास : को हुन् किरात राई ? डा. भक्त राई , लोकपाटी न्यूज ६ माघ २०७६ , सोमबार किरात शब्द अनेक जातिहरूलाई बुझाउने पुञ्ज हो। कि...