प्रमोदशमशेर राणा, राणाशासनको वृतान्तको १३औं श्रृँखला
अङग्रेजहरुसंग धेरै लामौ युद्ध गर्दा नेपाललाई ठुलो हानी हुनसक्छ यसैले सकभर चाँडो सुलह गर्नमै राम्रो होला भनी विभिन्न क्षेत्रका गोरखाली कमाण्डरहरुले नेपाल दरवारमा राय पठाइरहेका थिए । नेपाल दरवारमा यस विषयमा छलफल भयो र अङग्रेज कम्पनी सरकारसंग सुुलह गर्ने कुरा चलाउन अख्तियार दिई पण्डित गजराज मिश्र खटाइए । नेपाली वकील भई कामकाज गरिरहेका पण्डित मिश्रले कम्पनी बहादुरका पोलिटिकल एजेन्ट मेजर ब्राडशासंग भेट गर्न समय लिई उनीसंग सुलह गर्ने कुरा चलाए । अब नेपाली गलेछन् भन्ने ठानेर गभर्नर जनरल मोयराले सुलहकालागी चार शर्तहरु राखे । युद्धमा गोरखालीले कब्जामा लिएको सबै पहाडी प्रदेशबाट हटनुपर्ने, तराई क्षेत्रको ठुलो भूूभाग काटेर अङग्रेजलाई दिनुपर्ने, सीक्कीमतर्फ कब्जामा लिइराखेको प्रदेश पनि छोडनुपर्ने र काठमाण्डौ वृटिश रेजिडेन्ट स्थायी रुपमा राख्नै पर्ने । यी कुराहरु नेपाल सरकारले स्वीकार नगरेसम्म कुनै प्रकारको सुलह, समझौता हुन सक्दैन भनी ब्राडशाले पण्डित गजराज मिश्रलाई जवाफ दिए । यस्तो सन्धि गर्ने अख्तियारी मैले पाएको छैन भनी सबै कुरा सुनेर गजराज मिश्र काठमाण्डौ फर्के । अर्को नेपाली प्रतिनिधि बम शाहले कम्पनी सरकारका अर्का अधिकारी इ.गार्डनर संग भेट गरी पुनः वार्ता गर्न प्रस्ताव राखे । तर र्गाडनरले पनि उही पुरानो शर्त यथावतै राखे ।
गभर्नर जनरल अर्ल मोयरा काठमाण्डौ नै कब्जा गर्नुु पर्छ भनेर तातिदै जनरल अब्टरलोनीलाई काठमाण्डौ हान्ने कमाण्डर तोकी युद्धको तयारी गर्न लागे । कम्पनी सरकारको यस्तो योजना तयार भएको छ भन्ने खबर नेपालतर्फका सुराकीले काठमाण्डौमा जनकारी गराए । नेपाली वकिल चन्द्रशेखर उपाध्याय पनि दौडादौड गरी काठमाण्डौ पुुगे । अब नेपाल दरवारमा अङग्रेजको मस्यौदा सन्धिमाथि छलफल हुन थाल्यो । अङग्रेजहरुको सामरिक शक्ति कस्तो रहेछ भन्ने कुरा मुख्तियार भीमसेन थापाले बल्ल बुुझे ।
पण्डित गजराज फेरी अङग्रेजको क्याम्प पुुगी तराई प्रदेश जम्मै अङग्रेजी सरहदमा गाभ्ने कुरा नेपालले स्वीकार गर्न सक्दैन त्यसैले यो दफा हटाइ दिनुपरयो भनी आग्रह गरे । तर अङग्रेजहरु नेपालको यो प्रस्ताव स्वीकार गर्न सहमत भएनन् । गजराज फेरी काठमाण्डौ तर्फ कुुदे । नेपाल दरवारमा यस विषयमा छलफल गरी मिश्र सुुगौली पुुगे र २८.११.१८१५ मा प्रस्तावित सन्धिपत्रमा नेपालको एजेण्ट भइ उनले हस्ताक्षर गरे । ९.१२.१८१५मा कम्पनी सरकारले त्यो सन्धिपत्र अनुमोदन गरिहाल्यो । सन्धिपत्रमा राजाको लालमोहर लगाएर १५ दिन भित्र कम्पनी सरकारका प्रतिनिधि ब्राडशालाई बुुझाउनुु पर्ने शर्त पनि राखियो ।
सन्धिपत्रमा हस्ताक्षर गरी गजराज मिश्र काठमाण्डौ फर्केको १५ दिन पुुगे पछि पनि लालमोहर लागेको कागज अङग्रेजका एजेन्ट कहाँ नपुुगेपछि कम्पनी सरकारले नेपाल दरवारलाई कडा शब्दमा पत्र लेखी तुरुन्तै सन्धिपत्र अनुमोदन गरी पठाउनु होला अन्यथा वृटिश फौजले कडा हमला गर्नेछ भन्ने धम्की पनि दियो । यस्तो पत्र आए पछि पनि मुख्तियार भीमसेन थापाले अझै आलटाल गरेर झुलाएर राख्न खोजे । उता अङग्रेजी फौजले हरिहरपुुरतर्फबाट ठुलो हमला गर्दै मकवानपुुर गढी समेत कब्जा गरयो । जनरल अक्टरलोनी मकवानपुरमा आएर क्याम्प खडा गरी बसे र काठमाण्डौ हान्ने तरखरमा लागे । अब बल्ल भीमसेन थापाको होस आयो र त्यो सन्धिपत्रमा राजाको लालमोहर लगाई अनुुमोदन गरी भन्द्रशेखर उपाध्यायलाई दौडाए । ३ मार्च १८१६ मा चन्द्रशेखर उपाध्याय जनरल अब्टरलोनीको क्याम्पमा पुुगी लालमोहर लागेको सन्धिपत्र ४ मार्च १८१६ मा मकवानपुुर क्याम्पमा अक्टरलोनीको हातमा चढाए ।
साभारः राणाशासनको वृतान्त, प्रमोदशमशेर राणा